बारबर्दिया नगर पालिका वडा नम्मर ५ मगरागाडी स्थित श्री सदाशिव मन्दिरमा श्री सदाशिव साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको आयोजनामा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराण शुरु भएको छ ।
सावन २१ देखि सुरुवात भयको महापुराण २८ गते सम्म हुने समितिले जानकारी गरायको छ । कार्यक्रमको उदघाटनमा बोल्दै बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले सदाशिव मन्दिर बारबर्दिया नगरपालिकाको एक प्रमुख चिनारी भएकोले संरक्षणमा विशेष ख्याल गर्नुपर्ने सुझाव दिदै बारबर्दियामा बाह्य र आन्तरीक पर्यटक भित्राउन स्थानिय सरकारले एक धार्मिक स्थल निर्माणको लागी पहल गर्न आवश्यक रहेको बताउदै पर्यटक भित्राउन सक्ने र यस स्थानको पहिचान र ईतिहास बोकेका स्थानिय स्तरका धार्मिक स्थल र भौतिक पुर्बधारहरुको अबलोकन गरि प्रबर्द्धनका निम्ति बजेटमा समेटिने बताउनुभयको छ ।
उदघाटनमा बोल्ने क्रममा मन्दिर व्यवस्थापन समितीको अध्यक्ष छेदादास थारुले मन्दिरको थप उन्नतीको लागी स्थानिय सरकार र स्थानिय बासीको सहयोग चाहिने हुँदा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको सफलताको लागी सम्पुर्ण स्थानिय भक्तजनहरुले तनमन देखी नै लाग्न आग्रह गर्नु भएकोछ ।
श्रीमद् शिव महापुराणमा मुख्य कथा वाचक श्री किशोर शरण सुबेदी द्धारा गरिनेछ । महापुराण बाट संकलित सहयोगले मन्दिरको बिकासका खर्च गरीने बताईएको छ ।
उदघाटनमा कार्यक्रम स्थल देखि कलशयात्रा निकालि शिवालयहरुको परीक्रमा गरि बबई नदी जब्दी घाटबाट पबित्र जल सदाशिव मन्दिरमा लगिएको छ ।
हाल मन्दिर रहेको स्थानमा वर्षौ पहिले वन जंगलले भरिएको थियो । जहाँ बन्जाराहरु लुकेर बस्ने गर्दथे रातिमा शंख घन्टी बजेको आवाज बन्जाराहरुले सुनेर हेर्न जाँदा शिवलिङ्घ देखिएको र ढुंगाबाट अवाज आएको भन्दै तलवार प्रहार गर्दा शिवलिङ्ग बिच भाग बाट काट्टीदा ढुङ्गा बाट रगत निस्किएको देखेपछि बन्जाराहरु भागे पछि स्थानियहरुले जानकारी पाएर हेर्न जादा शिवलिंग देखेपस्चात यसको संरक्षण गरि पुजा गर्न थालियको मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष मोहन थारुले बताउदै सदियौं पहिले भगवान शिवले यो शिवलिङ्घ आफै स्थापना गरेको हुदा धर्मावलम्बीका निम्ति यस मन्दिरको विशेष महत्व रहेको जानकारी दिनुभयो । ।
कालिखोलालगायतका स्थानमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेकोले पुन: पहिरो नआए तीन/चार घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।
शनिबारको बिहान एक हलमा हर्ष र उत्साहको वातावरण छाएको थियो। हलभरि नयाँ प्रशिक्षकहरू उत्साहित अनुहार लिएर बसेका थिए भने, विभिन्न केन्द्रका प्रशिक्षक, संयोजक, विशिष्ट अतिथि तथा समाजसेवीहरूको उपस्थितिले समारोहको महत्त्व अझ बढाएको थियो।
योग समिति नेपालले आफ्नो सातौं दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह २०८२ साल भाद्र ७ गते सम्पन्न गर्दै २१२ जना नयाँ योग प्रशिक्षकहरूलाई दीक्षित गर्यो। यस अवसरमा प्रमुख अतिथि माननीय आदेश कुमार अग्रवाल, विशिष्ट अतिथिमा नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी बाकेका धर्मराज जोशी, अतिथिमा बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी , योग समिति नेपालका सल्लाहकार एवं समाजसेवी नन्द लाल बैस्य हुनुहुन्थ्यो भने खजुरा गाउँपालिका तथा अन्य गाउँपालिका र वडा अध्यक्षहरू, योग समिति नेपालका आजीवन एवं साधारण सदस्यहरू, प्रशिक्षकहरुलगाएतको उपस्थितिमा दीक्षित कार्यक्रम सम्पन्न भएको थियो।
योग समिति नेपालले गरेको दीक्षान्त समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री आदेश कुमार अग्रवालले योगको महत्व र स्वास्थ्यप्रद प्रभावबारे विशेष रूपमा जोड दिनुभयो।
भिडियो फाइल
कार्यक्रममा मन्त्री अग्रवालले भन्नुभयो, “योग समिति नेपालले केवल बाँके जिल्लामा मात्र होइन, विभिन्न जिल्लाहरुमा योग प्रशिक्षक तयार गर्दै आएको छ । योगको माध्यमबाट हरेक घरमा सकारात्मक उर्जा पुर्याउने यो प्रयास अतुलनीय छ । म गिरिराज भट्टराईलाई आफ्नो हृदयदेखि नमन गर्दै धन्यबाद दिन चाहन्छु, जसले मानिसहरूलाई आफ्नो शरीर र मस्तिष्कलाई स्वस्थ राख्ने मार्गदर्शन दिनुभयो।”
मन्त्री अग्रवालले थप गर्नुभयो, “मैले यस अघि योग समिति नेपाललाई बचन दिएको थिएँ कि यदि जग्गाको व्यवस्था भए, म भवन निर्माणको निम्ति सहयोग गर्नेछु। त्यस अनुसार मैले १० लाख रुपैयाँको सानो सहयोगको रूपमा बजेट विनियोजन गर्दै कामको सुरुवात गरेको छु। हजुरहरूको जुन घर–घरमा योग पुर्याउने योजना छ र हरेक नेपालीको स्वास्थ्य कायम राख्ने उद्देश्य छ, त्यसलाई म पूर्ण समर्थन गर्दछु र यस प्रयासलाई तालमा ताल मिलाउँदै तपाईहरूको साथमा रहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु।”
नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले आफ्नो मन्तव्यमा योगलाई सर्वोत्कृष्ट कर्मको रूपमा वर्णन गर्दै यसको महत्व औँल्याउनु भयो ।
मानिस जन्मिसकेपछि जन्म र मृत्युको बीचमा कुनै न कुनै कर्म नगरी बस्न सक्दैन। चाहे अफिसको काम होस् चाहे घरको वा पैदल हिँडेपनि कुनै पनि कर्म बिना मानिस रहन सक्दैन। तर मानिसले गर्ने कर्ममध्ये योग सबैभन्दा सर्वोत्तम कर्म हो त्यसैले हामीले बुझ्नु जरुरी छ कि जब मानसिक र शारीरिक दुवै रुपमा हामि स्वास्थ्य हुन्छौँ, तब मात्र हामी आफ्नै घर, परिवार, देश र जनताको निम्ति प्रभावकारी कर्म गर्न सक्छौं।”
भिडियो फाइल
उहाँले थप गर्नुभयो, “शरीरको यी दुवै पक्षलाई स्वस्थ राख्न योग आवश्यक छ र घर–घरमा योग पुर्याउने अभियान यही योग समिति नेपालले गर्दै आएको छ। आजको दीक्षान्त समारोह त्यसको अभिन्न अंग हो। यसै सन्दर्भमा म योग समिति नेपाल र यसका सम्पूर्ण टिम तथा खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईलाई विशेष धन्यवाद दिन चाहन्छु।”
समारोहमा प्रमुख बिषयको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाले पनि सहयोगको प्रतिबद्धता देखाएको छ। प्रमुख प्रशान्त बिष्टले भवन निर्माणको निम्ति ६ लाख रुपैयाँ र योगका लागि आवश्यक सामाग्री खरिद तथा नयाँ केन्द्र खोल्दा आवश्यक पर्ने म्याट र सामाग्रीका लागि थप २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
उहाँले सबैको सहयोगले योग समितिको भवन निर्माण सफल होस् भन्ने कामना गर्दै आगामी दिनमा पनि सक्दो बजेट विनियोजन गर्ने बाचा गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नव–दीक्षित प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै योगको प्रभावकारिता र केन्द्रहरूको विस्तारको महत्त्वलाई औँल्याउनु भएको थियो ।
जोशीले भन्नुभयो, “योग समिति नेपालबाट आयोजित यस कार्यक्रमामा सहभागी भएर सुन्ने, हेर्ने र बोल्ने अवसर प्रदान गर्नु भएकोमा अध्यक्षसहित सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। दीक्षित हुनुभएको नवयोग प्रशिक्षक र सम्मानित प्रशिक्षकहरूले आफ्नो ज्ञान, सीप र यस क्षेत्रमा पुर्याएको योगदानले अझै सफलता चुमोस् र योगप्रति आकर्षण थप बढोस् भन्ने शुभकामना दिन्छु।”
भिडियो फाइल
उहाँले योग केन्द्रहरूको संख्या बढिरहेको र प्रशिक्षणको अवसर गाउँ–घरमा पुर्याइरहेको कुरा पनि औँल्याउनुभयो। “यदि योग प्रशिक्षक उत्पादन हुँदैनथ्यो भने सबैले सदरमुकाममै पुगेर मात्र सिक्नुपर्ने बाध्यता हुन्थ्यो। तर अब प्रशिक्षक उत्पादन र उपलब्ध भएकोले आफ्नै स्थानमै योग सिक्ने अवसर प्राप्त भएको छ। यसैले योग समितिको यो कार्य अत्यन्तै प्रशंसनीय छ र साँच्चै राम्रो कार्यक्रम भएको छ।”
प्रमुख जिल्ला अधिकारी जोशीले बाँके जिल्ला प्रशासन कार्यालयमा सुरुमा पाँच दिनको लागि सुरु गरिएको योग अभ्यास तीन महिनासम्म चल्दै कर्मचारी मित्रहरूलाई लाभान्वित बनाएको स्मरण गर्दै, आगामी दिनमा पनि यस निरन्तरतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अन्त्यमा योग समिति नेपालको उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम सफल र प्रेरणादायी भएकोमा खुशी व्यक्त गर्नुभयो।
योग समिति नेपाल का सल्लाहकार एबम समाजसेवि नन्दलाल वैश्यले योग समिति नेपाल र यसका संस्थापक खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको योगदानको उच्च प्रशंसा गर्नुभयो।
उहाँले भन्नुभयो, “आज योग समिति नेपालले जुन सम्मान दिएको छ, त्यो राज्य र नागरिकको स्वास्थ्य र जीवनको लागि गरेको योगदानको मूल्यांकन हो। आज २१२ जना दीक्षित हुनुभएको छ, जुन गर्वको कुरा हो। कुनै दिन हामी पाँच जनाले मात्र योग सुरु गरेका थियौं, तर आज यहाँसम्म पुग्न धेरैको योगदान रहेको छ, त्यसको लागि सबैलाई धन्यवाद।”
भिडियो फाइल
वैश्यले योगगुरु भट्टराईको योगदानको विशेष उल्लेख गर्दै भन्नुभयो, “हिजोको दिनमा न सरकारले न राज्यले यो योगको निम्ति कुनै सहयोग गर्यो। सबैभन्दा ठूलो योगदान योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको हो। उहाँको इमानदारी र निरन्तरताले नै आज यो सम्भव भएको हो। कुनै गुरुले आफ्नो खल्तीबाट संस्था संचालन गर्दैन, तर योग समिति नेपाल संचालन गर्दा योगगुरु भट्टराईले आफ्नो खल्तीबाट ५० हजार रुपैयाँ लगानी गरेर संस्था सञ्चालन गर्नुभयो। उहाँको योगदानको प्रशंसा गरे पनि कम हुन्छ।”
उहाँले सरकारसँग पनि आग्रह गर्नुभयो, “नेपाल सरकारले योग समिति नेपालको भवन निर्माणका निम्ति आगामी दिनमा पुग्दो बजेट लगानी गर्ने व्यवस्था गर्नुपर्छ, ताकि यसले दीर्घकालीन सेवा प्रदान गर्न सकोस्।”
शुभकामना मन्तब्य राख्ने क्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले समारोहको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष धामीले भन्नुभयो, “दीक्षित हुनुभएका योग प्रशिक्षकहरू जुन स्थानबाट सुरु गर्नुभएको छ, चाहे त्यो कर्मथलो होस् वा जन्मथलो, त्यसलाई योगमय बनाउन तपाईंहरूलाई अनुरोध गर्दछु। जहाँ कर्म गरिरहनु भएको छ, त्यस स्थानमा सकारात्मक उर्जा र स्वास्थ्य फैलाउनुहोस्।
भिडियो फाइल
उहाँले दीक्षान्त समारोहमा सहभागी प्रशिक्षकहरूको समर्पण र योगका माध्यमबाट स्वास्थ्य र सकारात्मक जीवन शैली प्रवद्र्धन गर्ने कार्यको प्रशंसा गर्दै, आगामी दिनमा पनि यस प्रयास निरन्तर जारी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
बोल्ने क्रममा बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठीले योगको महत्व र स्वास्थ्य प्रवद्र्धनमा संस्था र अध्यक्षको योगदानको प्रशंसा गर्नुभयो।
प्रमुख त्रिपाठीले भन्नुभयो, “आफ्नो व्यापार–व्यवसाय छोडेर पनि नेपाल र विश्वभरिका नागरिकको स्वास्थ्य कायम रहोस्, कसैलाई रोग नलागोस भन्ने भावना र योगदानका लागि योग समिति नेपालका अध्यक्षलाई म समान गर्न चाहन्छु। हाम्रो पालिकामा अहिले करिब ६० हजार जनसंख्या छ, जसमा हरेक दिन ३–४ जनालाई क्यान्सर, मृगौला पीडित, मधुमेह, मुटु रोग र प्रेसर जस्ता समस्या देखिन्छ। यसले मलाई धेरै चिन्तित बनाउँछ।”
भिडियो फाइल
उहाँले थप गर्नुभयो, “जब मैले महसुस गरे कि योग र ध्यानबिना स्वास्थ्य कायम राख्न सकिँदैन, त्यसपछि मैले सोचें कि हाम्रो पालिकामा पनि योगलाई स्वास्थ्यमा समाहित गर्नुपर्छ। टोल–टोलमा योग सञ्चालन गरि रोग लाग्नबाट जनतालाई बचाउनुपर्छ। विगत २–३ वर्षदेखि यो अभियान निरन्तर जारी छ र अहिले हाम्रो पालिका पूर्ण रूपमा योगमय बन्ने क्रममा छ । टोल–टोलमा योग प्रशिक्षण सञ्चालन भैरहेको छ र नयाँ प्रशिक्षक उत्पादन भइरहेका छन्।”
प्रमुख त्रिपाठीले समारोहमा उपस्थित बढैयाताल टिमको मेहनत र योगदानको पनि प्रशंसा गर्दै भन्नुभयो, “योग समिति बाट दीक्षित हुने र बिगतदेखि बढैयाताललाई योगमय बनाउन धेरै मिहिनेत गर्ने हाम्रो सिंगो टिम आज यस कार्यक्रममा उपस्थित छ। यस टिमका साथै योग समिति नेपाललाई म धेरै–धेरै धन्यवाद दिन चाहन्छु।”
उहाँले आफु पनि योग प्रशिक्षक रहेको बताउदै योगको महत्वलाई जोड दिँदै, समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक ऊर्जा फैलाउन योग प्रशिक्षणको निरन्तरतामा सबैको सहयोग आवश्यक रहेकोमा बल दिनुभयो।
अन्त्यमा सभाध्यक्ष तथा योग समिति नेपालका अध्यक्ष, खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले समापन मन्तव्य व्यक्त गर्नुभयो।
अध्यक्ष भट्टराईले भन्नुभयो, “आज यहाँ २१२ जना दीक्षित हुनुभएको छ। यो केवल एक समारोह होइन, ७ वर्षको अथक मेहेनत, समर्पण र लगनशीलताको प्रतीक हो। यस यात्रामा विभिन्न चिकित्सक, समाजसेवी र क्षेत्रमा योगदान पुर्याउने हरेक व्यक्तिको सहभागिता अमूल्य छ। प्रशिक्षक मात्र होइन, सहजीकरण गर्ने सबैले योगलाई टोल–टोल, घर–घरमा पुर्याउने जिम्मेवारी बोक्दै यहाँसम्म ल्याउन ठूलो भूमिका खेलेका छन्। आज यी प्रशिक्षकहरूले आफ्नो ज्ञान, समर्पण र आत्मबलबाट समुदायलाई सशक्त बनाउँदै छन्।”
उहाँले खजुरा र बढैयाताल गाउँपालिकामा टोल–टोलमा फैलिरहेको योग प्रशिक्षणको प्रशंसा गर्नुभयो। “योग केवल व्यायाम होइन । यो हाम्रो आन्तरिक शक्ति, मानसिक शुद्धि, शरीरको स्वास्थ्य र विचारको स्पष्टता दिन्छ। यही कारणले हरेक घरमा एक प्रशिक्षक अभियान सुरु गरेका छौं। यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभाव, प्रशिक्षक र समर्थकलाई मेरो हृदयदेखि धन्यवाद।”
गुरु भट्टराईले अझ जोड दिँदै भन्नुभयो, “स्वास्थ्य नै धन हो, शान्ति नै शक्ति हो। आउनुहोस्, हामी सबै मिलेर योग गरौं, हाम्रो घर, हाम्रो टोल, हाम्रो समाज, र अन्ततः हाम्रो राष्ट्रलाई स्वास्थ्यपूर्ण र सबल बनाऔं। यस अभियानमा समर्पित प्रमुख प्रशिक्षक, प्रशिक्षक र सदस्यहरू जसले आफ्नो समय, शक्ति र आत्मबल लगाएर हरेक ठाँउमा तालिम सञ्चालन गर्नुभएको छ, म उहाँहरूलाई सम्झिन चाहन्छु—कोही नयाँ केन्द्र खोल्न गएका, कोही सञ्चालनमा खटिएका, कोही आफ्नो केन्द्र बचाउन लागिपरेका। सम्पूर्ण साधारण सदस्य, आजीवन सदस्य, वडाका संयोजक, राष्ट्रिय र अन्तर्राष्ट्रिय संयोजकहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउनुहुने सबैलाई म आशीर्वाद र धन्यवाद दिन चाहन्छु।”
भिडियो फाइल
समारोहमा योगको बिकास र बिस्तारमा उत्कृष्ट योगदान दिनेलाई बिभिन्न विधामा सम्मानित गरि पुरुस्कार प्रदान गरिएको थियो भने उपस्थित अतिथि हरुलाई मायाको चिनो प्रदान गरिएको थियो l
योग समिति नेपालद्वारा आयोजना गरिएको सातौँ दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोहको सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी योग समिति नेपालका केन्द्रीय सचिव चिरञ्जीवी ज्ञवालीले वहन गर्नुभएको थियो। ज्ञवालीले प्रारम्भदेखि अन्त्यसम्मको सम्पूर्ण कार्यसूचीलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो
चिरञ्जीवी ज्ञवाली
अतिथि सत्कार मन्दरा शर्माले गर्नुभएको थियो भने योग समिति नेपालको उपाध्यक्ष लोक माया सुवेदीले स्वागत मन्तब्य दिनुभेयको थियो l
भिडियो फाइल
दीक्षित हुने २१२ प्रशिक्षार्थीहरुलाई बिशेष प्रशिक्षणमा टंक पौडेल, दीपक थापा, प्रेम के.सी., तालिमका प्रबक्ता सबिता शर्मा, उपाध्यक्ष निर्मला शाह, अन्तरदेशीय संयोजक प्रमोद कुमार अग्रवाल, बसन्त गौतम, सुनिता पन्थी, मेघराज बराललगायतका प्रशिक्षकहरूले सक्रिय योगदान दिनुभयो।
त्यस्तै, मुख्य प्रशिक्षकका रूपमा पुस्पा खनाल, सागर ज्ञवाली, कमला क्षेत्री, बेदबहादुर वलि, रामकुमार दहित, रामचन्द्र तिवारी, उषा नेपाल, जीव नारायण बेल्बासे, अनिता कुमारी श्रेष्ठ, भुवन श्रेष्ठ, इन्दा श्रेष्ठ, हिराधर गैरे र चक्र मल्लले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएको थियो।
दीक्षान्त समारोहमा २१२ जनालाई दीक्षित गरियो। यो अवसरमा सम्पूर्ण प्रशिक्षकहरूलाई उहाँहरूको अथक परिश्रम, समर्पण र योगदानप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै बधाई अर्पण गरिएको थियो।
दीक्षान्त समारोहको समापनपछि, योग समिति नेपालले प्रशिक्षक र दीक्षितलाई सम्मान गर्दै दोस्रो चरणको कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रमको व्यवस्था गरेको थियो।
समारोहमा उपस्थित सबैले योगको महत्व, स्वास्थ्य र समुदाय सेवा प्रतीकको रूपमा यस अभियानको प्रेरणादायी प्रभाव परेको महसुस गरेकाछन ।
आजको दिन योगमा समर्पित, प्रेरित र उत्साही अनुहारहरूको लागि मात्र होइन, सम्पूर्ण समुदाय र देशका लागि ऐतिहासिक दिन थियो ।यो समारोह केवल एक कार्यक्रम मात्र नभएर, सात वर्षको अथक प्रयास, निरन्तरताको प्रतीक र समर्पित नेतृत्वको सम्मानको अवसर थियो।
आजको कार्यक्रमको मुख्य उद्देश्य अहिलेको अस्त–व्यस्त मानव जीवनशैली, तनाव, मानसिक समस्या र नसर्ने रोगको जोखिमलाई ध्यानमा राख्दै, योगलाई घर–घरमा पुर्याउने अभियानलाई उत्साह प्रदान गर्नु थियो। विश्व स्वास्थ्य संगठनले पनि योगलाई मानव जीवनका लागि स्वस्थ जीवन यापनको प्रमुख साधनको रूपमा मान्यता दिएको छ। यही उद्देश्यका साथ योग समिति नेपालले “घर–घर, टोल–टोलमा योग” अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले ८ हजार प्रशिक्षक तयार गरी आठ लाख परिवारलाई योगमा जोड्ने लक्ष्य अघि सारेको छ। आजको दीक्षान्त समारोह पश्चात हालसम्म योग प्रशिक्षकको संख्या ५७५ पुगेको छ।
रिपोर्टिंग नेपाल-२८ श्रावण २०८०,बर्दिया , गत राती देखि परेको लगातार बर्सातका कारण बारबर्दिया नगरपालिका को विभिन्न स्थान लगायत बारबर्दिया नगरपालिका वडा नम्मर ८ को भगतपुर गाउमा बाढी पस्दा खाद्धान, लत्ताकपडा का साथै स्थानीयले पालेका केहि स्थानीयको पशु पन्छी हरु र घर बाढीले क्षती गरेको तेहाका पिडित स्थानीयले जानकारी दियका छन् | स्थानीय बासिन्दाहरु समयमै तेस स्थान छाडेको हुनाले आफ्नो ज्यान जोगाउन भने सफल भयका छन् |
बाढीका कारण तेस स्थानमा भयको क्षतिको स्थलगत विवरण जयनगर इलाका प्रहरीले लियको स्वयं बाढी ग्रस्त क्षेत्रमा उपस्थीत प्रहरी सहायक निरीक्षक खगेन्द्र के.सी. ले बताउनु भयो |
बाढीका कारण तेस स्थान डुबानमा परेको हुदा बाढी पिडित स्थानीय हाल उक्त स्थानको सिरानमा रहेको श्री सरस्वती आधारभूत विदद्यालयमा आइ बसेका छन |
१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।
बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय । ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।
किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।
भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।
मानिस एक अद्भुत प्राणी हो। उसमा हिजो आज र भोलिको विश्लेषण गर्न सक्ने चेतना छ । उसको सोचले पत्थरमा भगवान देख्छ, नदीमा दिव्यता अनुभव गर्छ, रुखमा जीवन देख्छ, र झारपातमा पनि शक्ति महसुस गर्छ। मन्दिरमा, मस्जिदमा, तिर्थमा उसको आस्था अगाध छ। तर, यही मानिसले अर्को मानिसभित्रको परमात्मा देख्न असमर्थ हुन्छ। यो विरोधाभासको जरा कहाँ छ? किन बाहिरी संसारमा परमात्माको खोज गरिरहने मानिसले आफ्नै भित्री संसारको उपेक्षा गर्छ?
यो प्रश्नले हामीलाई केवल हाम्रो धार्मिक अभ्यासमात्र होइन, जीवनको गहिरो दर्शनतर्फ पनि डोर्याउदछ ।
१. बाहिरी संसारको आकर्षण: किन मानिसलाई बाहिरै खोज्न मन लाग्छ?
मानिसले प्रकृतिमा रहेको सौन्दर्यलाई भगवानको प्रतीक मान्ने गर्छ। नदीको कलकल बग्दो आवाज, पहाडको स्थिरता, र घामजुनको प्रकाशले मानिसलाई दिव्यता महसुस गराउँछ।
तर बाहिरी संसारप्रतिको यो आकर्षणको कारण के हो?
अन्तरात्मा र बाहिरी संसारको द्वन्द्व: मानिसले बाहिरी संसारलाई देख्न, महसुस गर्न, र छुन सक्छ। तर, आत्माको खोज त्यति सजिलो छैन। यसलाई महसुस गर्न आफू भित्रै पस्नु पर्छ जुन असम्भव त छैन तर मेहनत चाहिँ अलिकति गर्नै पर्छ ।
आलस्य र सजिलो बाटोको खोजी: आत्मज्ञान र ध्यानलाई गहिरो साधना आवश्यक पर्छ तर आजको मानिसलाई सबै कुरा सर्टकट र फास्ट चाहिन्छ । प्राचीन ऋषिमुनीहरू घनघोर जङ्गलमा गएर भोक प्यास निद्रा आहार सबै त्यागेर ध्यान साधना गर्ने गर्थे। तर आजको मानिसले सजिलो बाटो खोज्दै मन्दिर, मस्जिद, गिरजा, गुम्बा र तिर्थहरू निर्माण गर्यो । आफू जस्तै आकार प्रकारको भगवान पनि बनायो अनि आफूलाई त्यसैमा सीमित गर्यो।
श्रीमद्भागवत गीता अध्याय ४ को श्लोक ३८ भन्छ: “न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।” (आत्मज्ञानभन्दा पवित्र अरू केही छैन।)
आत्मज्ञान भन्दा पवित्र साधन अर्को छैन। भगवत प्राप्तिको लागि बाहिर कतै भौँतारिनु पर्दैन, आफ्नै अन्तर्आत्माको यात्रा गरे पुग्छ । बाहिरी संसारका मठ मन्दिर र मुर्तीमा ईश्वर भेटाउन सकिन्न तर हृदय मन्दिर अवश्य भेटाउन सकिन्छ किनभने हृदय नै ईश्वरको जीवन्त र असली मन्दिर हो । आत्मज्ञान साधनाको बाटो अलिक कठिन छ त्यसैले आजको मानिस कठिन बाटोमा लाग्न चाहदैन र उपलब्धिहीन मानिस बाहिरी खोजमा नै अल्झिईरहन्छ।
२. मन्दिर र मूर्तिपूजा: परम्पराले सीमित बनाएको चेतना
बिगत केही बर्ष यता प्रादुर्भाव भएका परम्परा र संस्कृतिले मानिसलाई मन्दिर र मूर्तिपूजासँग जोडेको छ। उसलाई थाहा छ माटोढुंगाको मूर्ति बनाएर त्यसैको अगाडि गिडगिडाउनु भनेको आफ्नो चेतनालाई सीमित गर्नु हो। यो कार्य वयस्क र पौढ मानिसको धुलीमाटी खेल हो । बच्चाहरूले यहि काम गर्दा धुलीमाटी खेलको संज्ञा दिने मानिसले आफू पाको उमेरको भैसक्दा पनि त्यहि खेल खेल्न रूचाउँछ त्यसलाई ईश्वर साधनाको नाम दिन्छ ।
तर, मानिस किन यस्तो गर्छ?
परम्पराको बोझ: हामी परम्पराको पालना गर्दा उसको अर्थ बुझ्न भुल्छौं। यो कार्यले हामीलाई परमात्माको नजिक पुर्याउँछ कि टाढा लैजान्छ भन्ने तर्फ रत्तीभर पनि सोच्दैनौँ जुन बिडम्बनापूर्ण छ ।
डर र विश्वासको मिश्रण: मानिसले भगवानको शक्तिमा विश्वास गर्छ। पूजा अर्चना र आराधना नगरे अनिष्ट हुने डरले त्यसैमा आफूलाई बाँधिराख्दछ । तर, त्यो दिव्य शक्ति उसको भित्री चेतनामा छ, उसको आत्मामा निवास गर्छ र मनमन्दिरमा बिराजमान छ तर आजको मानिस यस तथ्यलाई स्वीकार्न या त झन्झट मान्छ या त आफ्नो अल्पबुध्दिको कारण लजाउँछ । भगवान श्रीकृष्णले भागवत गीताको अध्याय ७ को श्लोक २५ मा भन्नुभएको छ: नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः। मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम्॥
(म सबैको सामु स्पष्ट रूपमा देखिँदिन्, किनभने म योगमायाद्वारा आवृत छु। मूर्खहरूले मलाई अजन्मा र अविनाशी परमात्मा रूपमा चिन्दैनन्।)
यो श्लोकमा भगवान् कृष्णले आफ्नो निराकार र अलौकिक स्वरूपलाई बुझ्न र देख्न बाहिरी संसारमा होइन, आत्मज्ञानको माध्यमबाट भित्री हृदयमा दृष्टिमा केन्द्रित गर्नुपर्ने कुरा बताउनु भएको छ।
यो विश्वासको कारणले नै मानिस आफ्नो नैतिकता र जिम्मेवारी बिर्सेर बाहिरी जगतमा परमात्माको खोजी गर्छ। के मठ मन्दिरहरू निरर्थक हुन त ? होईन । मठ मन्दिरहरू निरर्थक होईनन् तर तिनको सार्थकता के हो भन्ने आजको मानिसले बिर्सिएको छ । जुन उद्देश्य राखेर मठ मन्दिरहरूको आरम्भ गरिएको थियो त्यो उद्देश्य आज हराएर गएको छ । मन्दिर प्रारम्भमा मनधीर(मन+धीर) थियो । मनलाई धीर(स्थिर) गर्ने ठाउँलाई मनधीर भनिन्थ्यो । जुन ठाउँ आएर मानिसहरू ध्यान अभ्यास गर्ने गर्थे । ध्यान अभ्यास अलिक कठिन काम भएको हुनाले मानिसले सर्टकट बाटो खोज्यो अनि एउटा कुनामा मुर्ती राखेर पुजा गर्न थाल्यो । त्यहि मनधीर कालान्तरमा बेअर्थको मन्दिर हुनपुग्यो। बेद, उपनिषद, पुराण कतै पनि ईश्वरानुभूतिको लागि मठ मन्दिर बनाउनु र पुजा गर्नु भनेर उल्लेख गरेको छैन । हुँदा हुँदा आज मठमन्दिर शोषण ठगी भ्रष्टाचार र अत्याचारको केन्द्र बन्दै गएको छ जुन बिडम्बनापूर्ण छ।
३. स्वार्थ र निर्दयता: मानिसको द्वैध चरित्र
मानव जीवनको सबभन्दा ठूलो विरोधाभास यो हो कि ऊ एकैसाथ धार्मिक र निर्दयी बन्न सक्छ। आफन्तको मृत्युमा भगवानलाई दोष दिने मानिस, आफ्नो आँगनमा निर्दोष पशुहरूको हत्या गरेर खान्छ र रमाउँछ, यो कति सम्म लज्जास्पद र बिबेकशुन्य कुरा हो ? के यहि हो त मानव हुनुको धर्म ? सबै प्राणी एउटै परमात्माका सृष्टि हुन् भन्ने तथ्य जान्दा जान्दै पनि स्वार्थवस निर्दयी र अनजान बनेर प्राणी हत्याको कुकर्म गर्न तयार हुन्छ आजको मानिस जुन अत्यन्त हृदय बिदारक र बिडम्बनापूर्ण छ ।
यो द्वैध चरित्रको कारण:
स्वार्थप्रेरित धर्म: धर्मलाई मानिसले आफ्नो सुविधा अनुसार परिभाषित गरेको छ। मानिसले आफ्नो प्रकृतिलाई बिर्सेको छ वा बुझेको छैन । मेरो शरीरको बनावट कस्तो हो भन्ने तर्फ हेक्का छैन । यथार्थमा मानव शरीर शाकाहारी प्रकृतिको छ र उसको हृदयमा परमात्मा बिराजमान हुनुहुन्छ । आफू भित्र परमात्मालाई महसुस गर्न सक्ने प्राणी मानिस मात्रै हो, अरू प्राणीमा यो सामर्थ्य छैन ।
नैतिकताको कमी: नैतिकताको पाठ पढाउन मानिस खप्पिस छ तर आफू नैतिकवान बन्न चाहदैन । समस्त प्राणी जगतमा अनैतिक प्राणी मानिस मात्र हो, अरू कुनै प्राणीमा नियम संयम र नैतिकता बिद्यमान छ । अरू कुनै प्राणीलाई पाप धर्मको मतलव छैन। भोलिको लागि सञ्चय गर्दैन, अप्राकृतिक मैथुन गर्दैन। तर मानिसका लागि यी सबै कुराहरू जायज हुन्छन् । धर्म र नैतिकताको बीच सन्तुलन कायम राख्न असफल हुँदा मानिस निर्दयी बन्छ।
हरेक वर्ष पशुबलि दिने परम्परा धार्मिक कार्य मान्नेहरू पनि छन् तर, के यो साँचो धर्म हो? पशुवलीबाट परमात्मा प्रशन्न हुन्छन् ? मानिस लगायत सबै चराचर जगत परमात्माको सृष्टि हो, उनैको सन्तान हो । आफ्नै सृष्टिका सन्तानहरू बिच काटाकाट भएको देख्दा परमात्मा खुसी हुन्छन् होला ? ईश्वरले आशीर्वाद दिन्छन् होला ? मलाई त्यस्तो लाग्दैन ।
श्रीमद्भागवत गीता अध्याय १३ श्लोक १० मा अहिंसा बारे श्रीकृष्ण यसो भन्नुहुन्छ – अहिंसा समता तुष्टिस्तपः दानं यशोऽयशः। भवन्ति भावा भगवच्छक्त्या यत्र पुण्यं धर्मोऽवधारणम्॥
(अहिंसा (हिंसा नगर्नु) परम धर्म हो, जो तप, दान, यश र समता, तुष्टि र पुण्यसँग सम्बन्धित छ।)
यस श्लोकमा भगवान् श्रीकृष्णले अहिंसालाई सर्वोत्तम धर्मका रूपमा उल्लेख गर्नुभएको छ ।
४. मानवता: सच्चा धर्मको पहिलो पाइला
मानवता भनेको केवल अरूलाई दयालु बन्नु मात्र होईन। यो एक यस्तो अवस्था हो, जहाँ मानिसले आफ्नो स्वार्थलाई त्यागेर अरूको भलो गर्ने प्रयास गर्छ। मानिसको संरक्षणमा तमाम प्राणी जगतले आफूलाई सुरक्षित महसुस गर्छ । मानवमा मानवता भएन भने उसका लागि त्यो भन्दा ठूलो अभिसाप अर्को हुन सक्दैन ।
मानवताको महत्व: जब मानिस आफ्नो आन्तरिक चेतनालाई विकसित गर्छ, ऊ भगवानलाई अरू मानिसहरूमा देख्न थाल्छ। अरू प्राणीहरूमा पनि ईश्वर देख्न थाल्छ । समग्र सृष्टिमा परमात्मा देख्न थाल्छ। मन वचन र कर्मले अर्को प्राणीलाई दुख पुर्याउनुमा पाप देख्न थाल्छ, दया करूणा र सेवाको महत्व बुझ्न थाल्छ । सेवा सहयोग र उद्धारलाई पुण्यको रूपमा लिन थाल्छ र त्यहाँ मावनताको उत्पत्ति हुन्छ ।
सम्पूर्ण पशु जगत प्रति करुणा: पशुहरू पनि मानिसको जस्तै प्राणी हुन् र उहि एक परमात्माका रचना हुन् । यस अर्थमा सबै जीवहरूमा भाइचाराको नाता सम्बन्ध छ । आफ्नै रचयिताका सन्तान भएका नाताले सबै प्राणीहरूलाई समभावले भातृत्व देख्नु मानवताको परिचय हो र तिनीहरूप्रति दयालु हुनु नै सच्चा मानवताको चिन्ह हो। सबै जीवजन्तुमा परमात्माको अंश हुने हुनाले उनिहरू सबै परमात्माका जीवन्त मन्दिर हुन् ।
छान्दोग्य उपनिषद अध्याय ३ को मन्त्र १४:१ मा भनिएको छ: “सर्वं खल्विदं ब्रह्म।” (सबै वस्तुहरू ब्रह्म हुन्।)
यसको अर्थ, प्रत्येक प्राणीमा परमात्मा छन् भन्ने हुन्छ । त्यसैले सबै प्राणीको अस्तित्वको रक्षा गर्नु र बाँच्न पाउने अधिकारको सम्मान गर्नु मानवता हो ।
५. आत्मज्ञान: शान्ति, आनन्द र मोक्षको बाटो
परमात्माको साँचो खोज बाहिरी जगतमा होइन, भित्री जगतमा हुन्छ। सबै प्राणीहरूमा परमात्माको निवास हुने भएता पनि हामीले त्यहाँ उपस्थित परमात्माको अनुभव गर्न अनुभव गर्न सक्दैनौँ, अनुमान मात्र गर्नसक्छौँ । अरू जीवसरह हामी भित्र पनि समान रूप र मात्रामा परमात्मा हुनुहुन्छ । हामीले हाम्रो हृदय मन्दिरमा बिराजमान ईश्वरको अनभव गर्न सक्छौँ । कुनै पनि काम गर्दा साधन चाहिन्छ । साधन नभई साध्य प्राप्त हुदैन । हृदय मन्दिरमा बिराजमान त्यो दिव्य ब्रह्मको अनुभव गराउने साधन आत्मज्ञान हो । भागवत गीता, उपनिषद्, र योगसूत्रहरूले आत्मज्ञानको महत्वलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन्
आत्मज्ञान कसरी प्राप्त गर्ने?
श्रीमद्भगवद्गीताको अध्याय ४ को श्लोक ३४ मा भगवान श्रीकृष्णले भन्नुभएको छ।
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया। उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः॥
(त्यो ज्ञानलाई जान, तिमी विनम्रतापूर्वक गुरुको शरणमा जाऊ, सेवा गर, र प्रष्ट प्रश्नहरू गर। तत्वदर्शी ज्ञानीहरू तिमीलाई यो आत्मज्ञान दिनुहुनेछ।)
यहाँ समयको महापुरुषलाई तत्वदर्शी गुरुको रूपमा लिन सकिन्छ जसले आत्मज्ञान दिन सकुन, आत्मज्ञानको विधि सिकाउन सकुन् ।
आत्मज्ञान प्राप्त गर्न विनय, सेवा, र जिज्ञासा अनिवार्य छ।
भगवान् श्रीकृष्णले यसमा अर्जुनलाई निर्देश गर्नुभएको छ कि आत्मज्ञान प्राप्त गर्न गुरुको मार्गदर्शन अत्यन्त आवश्यक छ। समयको महापुरूषको सान्निध्य आवश्यक छ ।
सही गुरुको मार्गदर्शनले मानिसलाई ज्ञानको मार्गमा डोर्याउँछ। आज संसारभर(११३ देश) का करोडौँ मानवहरूलाई आत्मज्ञानको विधि र प्रक्रियाको शिक्षा दिईरहनु भएका श्रीप्रेम रावत तपाईं हाम्रा लागि पनि समयको मार्गदर्शक हुन सक्नुहुन्छ । वहाँसंग आत्मज्ञान दानको लागि याचना गर्न सकिन्छ ।
भागवत गीता, उपनिषद र योगसुत्र जस्ता ग्रन्थहरूले आत्मज्ञानको महत्व स्पष्ट गर्छन्। यी ग्रन्थहरूको अध्ययनले बुझाइमा निखार ल्याउँछ ।
आत्मज्ञानका बिधिहरू प्राप्त गरिसकेपछि यसको साधना द्वारा आफ्नो मनलाई शान्त राखेर परमात्मालाई महसुस गर्ने प्रयास गर्नुपर्छ। निरन्तरको अभ्यासले यो संभव हुन्छ ।
६. मानिसबाट मानव बन्ने यात्रा
मानिस अरू प्राणी सरह एक जीवित प्राणी हो। तर मानव बन्नका लागि उसले आफ्नो सोच, व्यवहार, र कर्तव्यमा सुधार गर्नुपर्छ। आफ्नो व्यक्तिगत फाइदाभन्दा अरूको हितलाई महत्त्व दिन सक्नुपर्छ । प्रकृति र पशुप्रति करुणा भावको बिकास गर्नुपर्छ ।
धर्मको सही अर्थ बुझेर धर्मलाई परम्पराको नाममा सीमित नगरी यसको साँचो मर्मको अभ्यास गर्नुपर्छ।
७. धार्मिकता र मानवता: दुई पक्षको सन्तुलन
धार्मिकता र मानवता एक अर्काको पूरक हुन्।
धार्मिकता बाहिरी स्वरूपमा होइन, आन्तरिक सत्यमा आधारित हुनु पर्छ। मानवता मानिसको व्यवहारमा देखिनुपर्छ। जब यी दुवै पक्ष सन्तुलित हुन्छन्, तब मात्र मानिस परमात्माको सही खोजमा सफल हुन्छ। आत्मज्ञानको माध्यमबाट मानव धर्मको खोज गर्नुपर्छ । जहाँ शान्ति छ, आनन्द छ, मोक्ष र मुक्ति पनि छ ।
भगवान बाहिरी संसारमा छैनन्। उनी हरेक मानिसको आत्मामा छन्, हृदयमा छन्। आत्मज्ञान प्राप्त गरेर मात्र मानिस आफ्नो साँचो उद्देश्य पूरा गर्न सक्छ।
हामी सबैले परमात्माको सही खोज गर्नुपर्छ। बाहिरको मन्दिरभन्दा पहिले, आफ्नो आत्मा र मानवतामा भगवानको अनुभूति गर्नुपर्छ। यसरी नै शान्ति, आनन्द, र मोक्ष प्राप्त गर्न सकिन्छ।
परमात्मा- ब्रह्माण्डको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता। यी शब्दहरूले हाम्रो अस्तित्वको सबैभन्दा गहिरो सत्यलाई छुन्छन्। हामी सबै परमात्मासँग जोडिएका छौँ, यो एउटा अटल सत्य हो। तर, हामी प्रायः परमात्माको खोजी बाहिर कतै गरिरहेका हुन्छौँ। मन्दिर, मस्जिद, चर्चमा गएर, पुकार गरेर, मागेर। तर, सत्य यो हो कि परमात्मा हामी भित्रै बिराजमान हुनुहुन्छ
विश्वका विभिन्न धर्महरूले परमात्माको अवधारणालाई फरक-फरक तरिकाले व्याख्या गरेका छन्। हिन्दू धर्ममा ब्रह्मा, विष्णु, महेश्वरलाई परमात्मा मान्दछन् भने इसाई धर्ममा जिससलाई परमात्मा मान्दछन्। इस्लाम धर्ममा अल्लाहलाई परमात्माको दर्जा दिएको पाईन्छ। बौद्ध धर्ममा निर्वाणलाई परमात्मा मानिन्छ। यद्यपि, सबै धर्महरूको मूल उद्देश्य एउटै छ, त्यो हो, परमात्मासँगको मिलन।
हामी प्रायः परमात्माको खोजी बाहिर गरिरहेका हुन्छौँ। हामी मन्दिर, मस्जिद, चर्चमा जान्छौँ। हामी पूजाआजा गर्छौँ। हामी भजन किर्तन गर्छौँ। हामी तीर्थयात्रामा जान्छौँ। तर, यी सबै बाह्य क्रियाकलापहरूले हामीलाई परमात्मासँग जोड्दैनन्। परमात्मा त हामी भित्रै बस्नुहुन्छ, अन्तर हृदयमा। परमात्मालाई पाउनको लागि हामीले उहाँलाई आफू भित्र नै खोज्नुपर्छ।
जब हामी परमात्माको पुकार गर्छौँ, हामी अस्विकार गर्छौँ कि उहाँ हामी भित्र हुनुहुन्छ। हामी उहाँलाई आफूबाट टाढा छन् भन्ने ठान्छौँ। तर, जसले परमात्माको बाहिरी पुकारा मात्र गर्छ, उसका लागि त उहाँ सधैँ टाढै रहनुहुन्छ। किनभने यो सबै हाम्रो मान्यताको खेल हो। सच्चा प्रार्थना भनेको पुकार होइन र पुकारले परमात्मा प्राप्त हुदैन। सच्चा प्रार्थना मौन हुन्छ, शब्दरहित हुन्छ। जब हामी शब्दरहित हुन्छौँ, तब हामी परमात्माको निकटता अनुभव गर्न थाल्छौँ। हामीलाई केही भन्नुपर्ने आवश्यकता पर्दैन। किनकि उहाँलाई हाम्रो सबै कुरा थाहा छ, किनभने उहाँ अन्तर्यामी हुनुहुन्छ। हामीलाई थाहा नहुँदा नहुँदै उहाँ सबै कुरा बुझ्नुहुन्छ। परमात्मा हाम्रो
परमात्मा हाम्रो अन्तरतममा बस्नुहुन्छ। उहाँलाई के भन्नु? के सुझाव दिनु? हामी मन्दिर, मस्जिदमा गएर परमात्मासँग यसरी गर, उसरी गर भनेर भन्छौँ। सर्वव्यापक, अन्तरयामीलाई हामीले एउटा सानो मन्दीर भित्र कोचेर अपमान गरिरहेका छौँ । हामी मन्दिरका मुर्ती अगाडि भिखारी जस्तै बनेर बस्छौँ। परमात्माले सबै थोक दिनुभएको छ तर पनि हामीलाई पुग्दैन र मागिरहन्छौँ । हामी भन्छौँ, “मेरो पत्नी बिरामी छिन्, उनलाई निको पारिदेऊ। मेरो छोरा बेरोजगार छ, उसलाई जागिर मिलाइदेऊ।” बिमार निको पार्ने, जागिर मिलाई दिने, छोराछोरी जन्माईदिने परमात्माको काम होईन,यो त तपाईं हाम्रो काम हो । त्यसकारण यस्ता कुराहरू परमात्माले सुन्दैनन्। यस्ता कुराहरूका लागि गिडगिडाउनु बेकार छ। भागवत गीतामा बताईए अनुसार सत्कर्म गर्दै जानुस् त्यसको फल अवश्य मिल्दै जानेछ। सत्कर्मले शांति दिन्छ, आनन्द दिन्छ । हामीले परमात्मालाई सुनाउने होईन, बरु उहाँको कुरा सुन्नुपर्छ। अन्तरहृदयबाट निस्कने मधुर आवाजमा उहाँले के भनिरहनु भएकोछ, त्यो सुन्ने प्रयत्न गर्नुपर्छ । उहाँले हामीलाई दिनुपर्ने सबै कुरा पहिले नै दिइसक्नुभएको छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामीले उहाँलाई आफू भित्र नै खोज्नुपर्छ। उहाँ हामीबाट टाढा होइनन्, बरु हामी अत्यन्त नजिक हुँदा हुँदै पनि उहाँबाट टाढा छौँ।
हाम्रो कर्तव्य हो परमात्माको अनुभव गर्ने । परमात्माको दृश्य, शब्द, गन्ध र स्पर्श हामी आफैमा महसुस गर्न सक्छौँ । त्यसकारण उहाँलाई आफूभित्रै खोज्ने अभ्यास गरौँ। यसको लागि बिधि चाहिन्छ- आत्मज्ञान। भगवान श्रीकृष्णले अर्जुनलाई सिकाउनु भएको राजबिद्या। यही हाम्रो मुक्तिको मार्ग हो। आफ्नो जीवन प्रति संबेदनशील हुनुहुन्छ भने आउनुहोस् आजै देखि यो यात्रामा लागौँ।
परमात्माको कृपाको अनुभव व्यक्तिगत हुन्छ। यो अनुभन शब्दमा व्यक्त गर्न सकिदैन। यो अनुभवले हामीलाई शान्ति आनन्द र प्रेमको अनुभूति दिलाउँछ। यो अनुभवले हामीलाई जीवनको सार्थकता महसुस गराउँछ।
परमात्माको कृपा पाउनको लागि हामीले बाहिर कतै खोजिरहनु पर्दैन र बाहिर खोजेर पनि त्यो कृपा पाईदैन । उहाँ त हामी भित्रै, हाम्रै अन्तरहृदयमा बस्नुहुन्छ। हामीले आफू भित्रको आवाज सुन्न पर्छ। हामीले त्यो दृश्यको दर्शन गरौँ जो हामी भित्र नै छ। हामीले आफ्नो मन मस्तिष्क र शरीरलाई शान्त बनाउन सक्यौँ भने परमात्माको अनुभव अवश्य हुनेछ। मानव जीवनको सफलता र मोक्षको मार्ग पनि यहि नै हो।