स्वतन्त्र विद्यार्थी यूनियन जनसेवा बहुमुखी क्याम्पस बैदीले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने Share FacebookWhatsAppTwitterEmailViberCopy URL बिज्ञापन-AT २४ आश्विन २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर १० बैदी स्थित जनसेवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले बिजया दशमी र शुभ दीपावलीको अवसरमा मिति २०८०/०६/२७ गते क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ । बिज्ञापन-AI-AD नगद राशि १०,००० र प्रमाण पत्र प्रथम हुनेले प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमस नगद रु. ५,००० र ३,००० को साथमा प्रमाण पत्र प्राप्त गर्नेछन भने सहभागिताको निम्ति टिम दर्ता शुल्क रु. २००० (दुई हजार) लाग्ने छ । प्रतियोगितामा नेपालको भूगोल- महिला अधिकार- विज्ञान –खेलकुद- नेपलाको संबिधान तथा इतिहास सम्बन्धित प्रश्नहरु समावेश गरिने स्ववियु अध्यक्ष लक्ष्मी प्रसाद न्यौपानेले रिपोर्टिंग नेपालका सम्बाददातालाई जानकारी गराउनु भयो । बिज्ञापन-BA