बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा ताला बन्दि

बर्दिया l २४ भाद्र २०८१ l रिपोर्टिंग नेपाल सम्बाददाता

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाले बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालका लागि ताला लगाएको छ। बाँसगढी नगरपालिकाले विद्यार्थी बाट चर्को शुल्क उठाउने निर्णयको बिरुद्धमा तालाबन्दी गरिएको हुँदा तत्काल मागलाई सम्बोधन नगरी यसैगरी वेवास्ता गरिए संघर्षले उग्र रुप लिन गई कुनै क्षति भएमा नगरपालिका र यसका प्रमुख जिम्मेवार हुनेछन् विज्ञप्तिमा भनियको छ l

संयोजक रमिता थारुद्वारा जारी गरिएको विज्ञप्तिको पुर्ण पाठ :

” विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीका हक, हित र अधिकारका निम्ति सचेततापूर्वक अनवरत सडक संघर्षको नेतृत्व गरिरहेको कुरा सबैमा विदितै छ । हाम्रो संगठनले पछिल्लो समय भवावह स्थितिमा पुऱ्याइएको शिक्षा क्षेत्रलाई सुधार गर्ने अभियानस्वरुप Mission Everyday Season 2 अभियान सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा बाँसगढी नगरपालिकाले सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क उठाउन पाउने संविधान र जनविरोधि निर्णय गरेर अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार थोपरेको छ । उक्त प्रकारको शुल्क खारेजीका निम्ति हाम्रो संगठनले मौखिक रुपमा सचेत गराउनुको साथै यहि भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराई उक्त प्रकारको शुल्क खारेजीका निम्ति ७२ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । तर हालसम्म कुनै प्रगति नभएको देख्दा हामीलाई आश्चर्य लागेको छ र मेयरले कतै माफियाको भुमिका त निर्वाह गरिरहेका छैनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसरी सरकारी विद्यालयमा निजीकरणलाई प्रवर्धन गर्ने कुनैपनि कुरा हाम्रो संगठनलाई मान्य छैन। तत्काल उक्त प्रकारले अभिभावक माथि थोपरिएको शुल्क खारेजीको माग सहित त्यस्तो शुल्क खारेज गरी सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने अवस्था कायम नगरिंदासम्म बाँसगढी नगरपालिको शिक्षा शाखामा तालाबन्दी गरिएको व्यहोरा जानकारी गराइन्छ ” l

यस अघि पनि बाँसगढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले भ्रस्टाचार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यकर्ताले कार्यकक्षबाटै पौडेललाइ कारबाही गर्ने भन्दै तानेर बाहिर निकालेका थिए l हेर्नुहोस भिडियो l

बिज्ञापन-YM-ADCustom Text

गैडाको आक्रमणमा परेका बिदेशी पर्यटक खतरा मुक्त

बर्दिया l २३ भाद्र २०८१ l रिपोर्टिंग नेपाल सम्बाददाता

मिति २०८१ भदौ २१ गते बर्दिया रास्ट्रीय निकुञ्ज क्षेत्रमा पर्ने मधुबन नगरपालिका वडा नम्मर १ डल्ला स्थित शिब सामुदायिक वनमा पैदल सफारी जादा गैँडाको आक्रमणमा परि घाइते भएका पर्यटक अमेरिकी नागरिक MC Lendon Shawn खतरामुक्त रहेको मधुवन नगरपालिका १ का वडा अध्यक्ष मिन बहादुर थापाले जानकारी गराउनु भएको छ l

बिहान ८ बजेको समयमा वन हेरालु शेरचु चौधरी र नेचर गाईड मनमोहन चौधरीको साथमा अमेरिकी नागरिक एमसी लेन्डन शान गैडा अबलोकन गर्न वन क्षेत्रमा प्रवेश गरेका थिए l बर्दिया रास्ट्रीय निकुञ्जको डल्ला पोष्ट देखी करीब दुई सय मिटर भित्र जंगलमा  एक्कासी बच्चा सहितको गैँडा संग जम्काभेट हुँदा गैँडाले नेचर गाईड मनमोहन चौधरीलाइ र अमेरिकी नागरिकलाइ आक्रमण गरेको थियो l आक्रमणमा परेका  नेचर गाईड मनमोहन चौधरीको घटना स्थलमै मृत्यु भयको थियो भने अमेरिकी नागरिक लेन्डन शान घाइते भएका थिए l घाइते शानलाइ उपचारका लागि ठाकुरबाबा नगर अस्पताल भुरीगाउँबाट  शुक्रवारनै काठमाडौँ  लगिएको थियो । हाल घाइते शानको स्वास्थ्य स्थिति सामान्य रहेको छ l

ठाकुरबाबा नगरपालिका वडा नम्मर ९ बस्ने वर्ष ३५ का नेचर गाईड मृतक मनमोहन चौधरीको हिजो शनिवार परम्परा अनुसार दाहसंस्कार गरीएको छ । डिभिजन वन कार्यालय, बर्दिया रास्ट्रीय निकुञ्ज, मधुवन नगर पालिका १ का वडा अध्यक्ष मिन बहादुर थापा र ठाकुरबाबा नगरपालिका ९ का वडा अध्यक्ष सहितको संयुक्त टोलि शनिवार मृतकको परीवार सग भेटगरी क्रियाखर्च उपलब्ध गराएको छ भने परिवारलाई राहतको लागि ईलका प्रहरी कार्यालय ढोढरी द्धारा सर्जिमिन मुचुल्का तयार पारि  डिभिजन वन कार्यालय, बर्दियामा पेश गरी राहतका लागि पहल गर्ने मधुवन नगर पालिका वडा  १ का वडाध्यक्ष थापाले जानकारी गराउनु भएको छ  ।

बिज्ञापन-YM-ADCustom Text

बाँकेमा स्कुल बसको ठक्कर बाट १ ब्यक्ति सहित १८ बाख्राको मृत्यु

बाँके | २४ श्रावण २०८१

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले बाँकेकाे कोहलपुर ढकेरी सडक खण्ड अन्तर्गत झिझिरी नजिक ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको छ भने चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास भैरहेको छ ।

बिज्ञापन-YM-ADCustom Text

सदाशिव मन्दिरमा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराण

बर्दिया । २२ श्रावण २०८१

बारबर्दिया नगर पालिका वडा  नम्मर ५ मगरागाडी स्थित श्री सदाशिव मन्दिरमा श्री सदाशिव साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको आयोजनामा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराण शुरु भएको छ ।

सावन २१ देखि सुरुवात भयको  महापुराण २८ गते सम्म हुने समितिले जानकारी गरायको छ । कार्यक्रमको उदघाटनमा बोल्दै बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले सदाशिव मन्दिर बारबर्दिया नगरपालिकाको एक प्रमुख चिनारी भएकोले संरक्षणमा विशेष ख्याल गर्नुपर्ने सुझाव दिदै बारबर्दियामा बाह्य र आन्तरीक पर्यटक भित्राउन स्थानिय सरकारले एक धार्मिक स्थल निर्माणको लागी पहल गर्न आवश्यक रहेको बताउदै  पर्यटक भित्राउन सक्ने र यस स्थानको पहिचान र  ईतिहास बोकेका  स्थानिय स्तरका धार्मिक स्थल र भौतिक पुर्बधारहरुको अबलोकन गरि प्रबर्द्धनका निम्ति बजेटमा समेटिने बताउनुभयको छ ।

उदघाटनमा बोल्ने क्रममा मन्दिर व्यवस्थापन समितीको अध्यक्ष छेदादास थारुले मन्दिरको थप उन्नतीको लागी स्थानिय सरकार र स्थानिय बासीको सहयोग चाहिने हुँदा  साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको सफलताको लागी सम्पुर्ण स्थानिय भक्तजनहरुले तनमन देखी नै लाग्न आग्रह गर्नु भएकोछ ।

श्रीमद् शिव महापुराणमा मुख्य कथा वाचक श्री किशोर शरण सुबेदी द्धारा गरिनेछ । महापुराण बाट संकलित सहयोगले मन्दिरको बिकासका खर्च गरीने बताईएको छ ।

उदघाटनमा कार्यक्रम स्थल देखि कलशयात्रा निकालि  शिवालयहरुको परीक्रमा गरि बबई नदी जब्दी घाटबाट पबित्र जल सदाशिव मन्दिरमा लगिएको छ । 

हाल मन्दिर रहेको स्थानमा वर्षौ पहिले वन जंगलले भरिएको थियो । जहाँ बन्जाराहरु लुकेर बस्ने गर्दथे रातिमा शंख घन्टी बजेको आवाज बन्जाराहरुले सुनेर हेर्न जाँदा शिवलिङ्घ देखिएको र  ढुंगाबाट अवाज आएको भन्दै तलवार प्रहार गर्दा शिवलिङ्ग  बिच भाग बाट काट्टीदा ढुङ्गा बाट रगत निस्किएको देखेपछि बन्जाराहरु भागे पछि  स्थानियहरुले जानकारी पाएर हेर्न जादा  शिवलिंग देखेपस्चात यसको संरक्षण गरि पुजा गर्न थालियको मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष मोहन थारुले बताउदै सदियौं पहिले भगवान शिवले यो शिवलिङ्घ आफै स्थापना गरेको हुदा धर्मावलम्बीका निम्ति यस मन्दिरको विशेष महत्व रहेको जानकारी दिनुभयो ।

बिज्ञापन-YM-ADCustom Text

नहरमा डुबेर बालकको मृत्यु

बर्दिया | २२ श्रावण २०८१

दोधारा चादनी घर भै बारबर्दिया नगरपालिका  वडा नम्मर ८ भगतपुर मामाघर आएका अन्दाजी १६ बर्षका  बालकको वडा नम्मर ८ औरी अवस्थित नहरमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भयको छ ।

हिजो साझ करिब ६ बजे नहरको ढिकमा कपडा , चप्पल र साइकल राखी पौडि खेल्न नहरमा जादा नहरमा डुबेको स्थानियले जानकारी गराएका छन ।

स्थानियले शसस्त्र प्रहरी बल कतर्नियालाई जानकारी गराए पस्चात शसस्त्र प्रहरी बल कतर्नियाले खोजिकार्य जारी राख्दा साझको करिब ६ बजे डुबेका बालकलाई  करिब रातको १०:३० बजे फेला पारेकाथिए ।

पौडी खेल्न नहरमा पसेको स्थान देखि करिब ७०० मिटर तल नहरले बगाएर पुरायको शवलाइ नहरको पानी बन्द गरि पानी कम भय पस्चात शसस्त्र प्रहरीले फेला पारेका हुन ।

आमाको गर्भमै हुदा बुवा सम्पर्क बिहिन र आमा १२ बर्ष देखि सम्पर्क बिहिन भएकोले बालक साहिल सुनार प्राय भारतमा ६० बर्षिय हजुरआमाको साथमा बस्दै आएका थिए ।  हजुरआमाको साथमा नागरिकता बनाउनका निम्ति भारत बाट हजुरआमा सित मामाघर आएका बालक शाहिल सुनारको पानीमा पौडिखेल्दा हाम फाल्ने क्रममा छातिमा चोट लागेर पौडिन नसक्दा मृत्यु भयको स्थानियको भनाइ छ ।
शवलाई पोस्टमार्टमको निम्ति आज बिहान जिल्ला अस्पताल गुलरिया लगिएकोछ ।

बिज्ञापन-YM-ADCustom Text

करेलिया उपभोक्ता समितिको निर्वाचन सम्पन्न

कमल बहादुर खड्का , १९ – साउन, बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्ता समितिको आज निर्वाचन सम्पन्न भएको छ । बैशाखमा गर्नु पर्ने पुनर्गठन विविध कारण बस आज साउन १९ गते भएता पनि सफलतापुर्बक सम्पन्न भएको पुर्व अध्यक्ष खुशीराम थारुले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा राजकुमार अधिकारीले ११ मत ल्याई बिजय हुनु भएको छ भने उहाको प्रतिद्वन्दी हिम बहादुर अधिकारी ले ७ मत प्राप्त गर्नुभयको थियो ।

जम्मा १८ जना मतदाताको मत मध्ये उपाध्यक्ष पदमा देवराज खत्रीले १० मत, सचिब पदमा खुशिराम थारु ले ११ मत , कोषाध्यक्ष पदमा रुपा वौडेलले ११ मत ल्याई बिजय हुनु भएको छ ।  उपाध्यक्ष , सचिब , कोषाध्यक्ष पदको प्रतिस्पर्धामा प्रतिद्वन्दी  क्रमशः  झुपलाल अधिकारी, रामबहादुर चौधरी , सोमरानी थारुले हार बेहोर्नु परेकोछ ।

९ जना सदस्यहरु बिमा देवी सुनार , हिमानी खत्री,भुमी शर्मा ,नाथुरानी चौधरी, सुमिता चौधरी, आनन्द आचार्य, टिकारानी थारु , सुमिता थारु सर्वसम्मत छनोट भइ १३ जनाको समिती गठन गरिएको छ ।  निर्वाचन अधिकृत बारबर्दिया नगरपालिका वडा न.१ का वडा अध्यक्ष कैलासपती थारुले बिबाद रहित निर्वाचन सम्पन्न गराउनुभयको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत १९ वटा समितीमा बैशाख महिनामा पुनर्गठन गरिसक्नुपर्नेमा शिवपुर उपभोक्ता समिती र गेरुवा गाउपालिकामा पर्ने ४ वटा समिति गरि जम्मा ५ समितिमा आजका मिति सम्म पनि  पुनर्गठन हुन सकेको छैन ।
केही दिनमै बाकी रहेका समिति पनि पुर्नगठन का निम्ति अन्तिम चरणमा पुगिसकेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यक्रम अधिकृत निलकण्ठ कडेल, जनप्रतिनिधि र बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । (स्रोत :खास कुरो)

(स्रोत :खास कुरो)

बिज्ञापन-YM-ADCustom Text

एसईईको परीक्षाफल प्रकाशित, थाहा पाउनुहोस् नतिजा

१४ असार २०८१, काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । 

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउनेछन् । यस पटककाे परीक्षामा ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडड (एनजी) भएका छन् । उनीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ​एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसअन्तर्गत  सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

एसईई परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:

एसएमएसमार्फत नतिजा हेर्ने तरिका 

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् । 

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् । 

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

वेबसाइटबाट नतिजा थाहा पाउने तरिका

परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ । 

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

एनसेल एप तथा डिजिटल वालेट खल्तीबाट पनि नतिजा हेर्न सकिन्छ ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को २१ बुदे नीति हेर्नुहोस

१० असार २०८१, बर्दिया | मिति  २०८१ आषाढ ०८ गते शनिबारका दिन बारबर्दिया नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को निम्ति २१ बुदे नीति १५ औ नगर सभाले पास गरेको छ l

पूर्वाधार विकास,यातायात व्यवस्था, विद्युत, सुचना तथा संचार, व्यवस्थित बसोवास तथा भवन निर्माण लगायत बिविध क्षेत्रगत नीतिहरु नगर सभाबाट पास गरिए को हो l

पूर्णपाठ सहितको भिडियो हेर्नुहोस l

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियाले गर्यो आगामी आर्थिक बर्षको निम्ति सुझाव संकलन

२६ जेष्ठ २०८१, बर्दिया l आज मिति २०८१ जेष्ठ २६ गते शनिबार बारबर्दिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक निती तथा कार्यक्रम एवं बजेट निर्माणका निम्ति सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।


उक्त कार्यक्रम नगर प्रमुख छबीलाल थारूको अध्यक्षतामा बारबर्दिया नगरपालिकाको वडा नम्मर ६ मा रहेको जयनगर सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भयको छ l कार्यक्रममा अतिथिको रुपमा नगर उपप्रमुख रत्ना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि ,वडा अध्यक्षहरु हरुले आशनग्रहण गरेका थिए l

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिदै कार्यक्रमबारे स्पस्ट पार्नुभएको थियो l जनताको निम्ति कामगर्ने क्रममा कानुनि रुपमा कस्ता नीति सुधार्नुपर्ने हुन सक्छ र कस्ता कस्ता नीति तथा कार्यक्रमहरु ल्याउदा बारबर्दियाली जनताको उन्नति तथा बारबर्दिया नगरपालिकाको सम्वृद्धि हुन्छ यसबारे लिखित तथा मौखिक रुपमा सल्लाह सुझाब दिन आग्रह गर्दै आफ्नो स्वागत मन्तव्यको अन्त्य गर्नुभयको थियो l

उक्त कार्यक्रमा २५ भन्दा धेरै जनाले सल्लाह सुझाब र गुनासो राख्नु भयको थियो l सुझाव संकलनमा गरिएका गुनासो तथा प्रस्नहरुको प्रतिउत्तर दिदै आगामी दिनमा पालिकाबाट काम गर्ने क्रममा गल्ति भयको रहेछ भने सच्चाउने र सल्लाह सुझाब सकेसम्म कार्यान्वयन गर्ने उप प्रमुख रत्ना कुमारी पाण्डेले आजको कार्यक्रमा मार्फत प्रतिबद्धता समेत गर्नुभयको छ l


सबैको सल्लाह सुझाब संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भै सल्लाह सुझाब दिनुहुने प्रति धन्यबाद दिदै सबैको सल्लाह सुझाबलाई मनन गरि स्थानीय सरकारले समेट्न सक्ने बिषय स्थानीय सरकारले समेटने र स्थानीय सरकारले मात्र गर्न नसक्ने कार्यक्रमहरु प्रदेश तथा केन्द्र सरकार सित हातेमालो गरि सकेसम्म सल्लाह सुझाब अनुसार नीति तथा बजेट ल्याउने भन्दै उपस्थित सबैलाई जानकारी गराउनुभयो l आफ्नो अहिले सम्मको २ बर्षे कार्यकालमा सबै नागरिक, राजनीतिक दल संघ संस्थाहरुबाट साथ् सहयोग भयको र बाकि कार्यकालमा पनि सहयोग हुने अपेक्षा सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो l

बिज्ञापन-YM-ADCustom Text

सानो जात भएकै कारण मन्दीर तोडफोड हुनु गलत हो : ओली

Jatiya bibhed image

२४ जेष्ठ २०८१, बर्दिया| दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयको छ । १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा कार्यक्रममा बोल्ने क्रममा उहाले चिन्ता ब्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना समेत गर्नुभएको छ ।

मिति २०८१/२/२१ गते नेपाल उत्पीडित जातिय मुक्ति सामाज बर्दियाको जिल्ला अध्यक्ष भुपेन्द्र शेरालाले अध्यक्षता गर्नुभयको जातिय भेदभाव मुक्ति आन्दोलनको विशेष दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुर्गा बहादुर ओली कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो l

उक्त १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस कार्यक्रम ओम बहादुर नेपालीको बिशिष्ट आतिथ्य तथा पार्टीका अग्रज ब्याक्तित्वहरुको आतिथ्यमा मधुबन नगरपालिकाको नेकपा एमाले पार्टी कार्यलयको सभाहलमा सम्पभयको थियो ।

दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अथिती दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि ओम बहादुर नेपाली र अतिथि भक्त बहादुर सुनारले संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । यसका विरुद्ध तपाईं हामी एकजुट भइ छुवाछूत अन्त्य गर्न अगाडि बढ्नु पर्ने भन्दै बोल्ने क्रममा आफ्नो धारणा राख्नु भएको थियो।

संगठन अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्षले शुभकामना व्यक्त गर्दै अझै पनि २१ औँ शताब्दीको समाजवाद उन्मुख, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालमा अधार्मिक, गैरकानुनी, अवैज्ञानिक र असामाजिक मानिने जातीय विभेदका विभिन्न घटना हुने गरेका छन् । मधुबन नगरपालिका र बाराबर्दियाको बिच सिमानामा रहेको लठुवाघाटको मन्दीरमा सानो जात भएकै कारणले शिव लिला माताले तपस्या गरेको मन्दीर तोडफोड गरि उहाँ माथी भएको जातिय छुवाछूत अन्याय अत्याचारका विरुद्ध आफुलाइ ठुलो जातको ठान्ने पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्दै छिटो भन्दा छिटो न्याय दिलाउन प्रतिबद्धता दिनु भएको छ। छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभएको छ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको