बर्दिया l २३ भाद्र २०८१ l रिपोर्टिंग नेपाल सम्बाददाता
मिति २०८१ भदौ २१ गते बर्दिया रास्ट्रीय निकुञ्ज क्षेत्रमा पर्ने मधुबन नगरपालिका वडा नम्मर १ डल्ला स्थित शिब सामुदायिक वनमा पैदल सफारी जादा गैँडाको आक्रमणमा परि घाइते भएका पर्यटक अमेरिकी नागरिक MC Lendon Shawn खतरामुक्त रहेको मधुवन नगरपालिका १ का वडा अध्यक्ष मिन बहादुर थापाले जानकारी गराउनु भएको छ l
बिहान ८ बजेको समयमा वन हेरालु शेरचु चौधरी र नेचर गाईड मनमोहन चौधरीको साथमा अमेरिकी नागरिक एमसी लेन्डन शान गैडा अबलोकन गर्न वन क्षेत्रमा प्रवेश गरेका थिए l बर्दिया रास्ट्रीय निकुञ्जको डल्ला पोष्ट देखी करीब दुई सय मिटर भित्र जंगलमा एक्कासी बच्चा सहितको गैँडा संग जम्काभेट हुँदा गैँडाले नेचर गाईड मनमोहन चौधरीलाइ र अमेरिकी नागरिकलाइ आक्रमण गरेको थियो l आक्रमणमा परेका नेचर गाईड मनमोहन चौधरीको घटना स्थलमै मृत्यु भयको थियो भने अमेरिकी नागरिक लेन्डन शान घाइते भएका थिए l घाइते शानलाइ उपचारका लागि ठाकुरबाबा नगर अस्पताल भुरीगाउँबाट शुक्रवारनै काठमाडौँ लगिएको थियो । हाल घाइते शानको स्वास्थ्य स्थिति सामान्य रहेको छ l
ठाकुरबाबा नगरपालिका वडा नम्मर ९ बस्ने वर्ष ३५ का नेचर गाईड मृतक मनमोहन चौधरीको हिजो शनिवार परम्परा अनुसार दाहसंस्कार गरीएको छ । डिभिजन वन कार्यालय, बर्दिया रास्ट्रीय निकुञ्ज, मधुवन नगर पालिका १ का वडा अध्यक्ष मिन बहादुर थापा र ठाकुरबाबा नगरपालिका ९ का वडा अध्यक्ष सहितको संयुक्त टोलि शनिवार मृतकको परीवार सग भेटगरी क्रियाखर्च उपलब्ध गराएको छ भने परिवारलाई राहतको लागि ईलका प्रहरी कार्यालय ढोढरी द्धारा सर्जिमिन मुचुल्का तयार पारि डिभिजन वन कार्यालय, बर्दियामा पेश गरी राहतका लागि पहल गर्ने मधुवन नगर पालिका वडा १ का वडाध्यक्ष थापाले जानकारी गराउनु भएको छ ।