बर्दिया l ०६ असोज २०८१ l गोपीलाल कँडेल
आउनुहोस् ! आज भगवानको बिषयमा चर्चा गरौँ । यहाँ जातको कुरा छैन, धर्मको कुरा छैन, सम्प्रदायको कुरा छैन, राजनीतिको कुरा छैन, रङ्गको कुरा छैन, आर्थिक उच-नीचको कुरा छैन, पढ अनपढको कुरा छैन । किनभने यी सबै कुराहरु भगवानले बनाएका होईनन्, हामीले बनाएको हौँ । मानिसहरुले बनाएका हुन् । तपाई जहाँ हुनुहुन्छ, जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ- भगवानको असल रचना हुनुहुन्छ । भगवान यस संसारमा प्रचलित कुनै धर्ममा छैनन् । भगवान कुनै धर्म बिशेषमा भैदिएको भए भक्तहरु किन अनाहकमा मारिन्थे ? ऊनी त सबै धर्म भन्दा पर स्वतन्त्र रुपमा छन् । सबै धर्मको छाताको रुपमा छन् । ऊनले मानिसहरुमा बिभाजन चाहदैनन्, धर्महरु बिभाजन चाहन्छन् र बिभाजनका लागि हामी धर्महरु बनाउँछौँ । मानिसहरुले संसारमा मठ, मन्दिर, गिर्जाघर, मस्जीद बनाएका छन्- बिभाजनका अखडा हरु । ग्रन्थ, मन्त्र, मुर्ती, फोटो बनाएका छन्- आफूतिर तान्नको लागि । प्रार्थना, जप, पुजा, पाठ, दान आदि बनाएका छन्- लुट्न र लुटिनका लागि । भगवान आफै सम्पन्न छन्- हामीले केहि दिईरहनु पर्दैन ।
हामीले भगवानको आशा गर्छौं- उनले कहिल्यै हाम्रो आशा गर्नु पर्दैन । हामीले नै हाम्रा लागि भगवान बनाएर मन्दिरमा राखेका छौँ- भिखारी बनाएर । हरेक दिन बेलुका हिसाव गर्छौं आज मेरो भगवानले कति कमायो भनेर । तर उनलाई कुनै कुराको अभाव छैन । उनलाई हामीले बनाउनु पर्दैन- हामीले बनाएको भगवान असली हुदै होईनन्- हुनै सक्दैनन् । उनी त हर प्राणीमा छन्- शुक्ष्म रुपमा । हर प्राणीमा मात्र होईन, कण कण मा छन् । सर्वव्यापक छन् र अविनाशी छन्- उनी नभएको ठाउँ छैन । सर्वव्यापक र अविनाशी भगवान सबै भन्दा नजिक हाम्रो हृदयमा छन् हरेक प्राणीको हृदयमा छन् । जव सम्म हामी जीवित रहन्छौँ- हामी भित्रै छन् । हरेक सानो भन्दा सानो र ठूलो भन्दा ठूलो बस्तु भगवानको मन्दिर हो- मेरो शरीर पनि । जव मेरो यो शरीर भत्किन्छ- उनी यो मन्दिरमा बस्दैनन् अनि मेरो प्रलय हुन्छ । अब मैले बिचार गर्नुछ कि- म भित्र बिराजमान मेरो भगवानको मैले आजसम्म अनुभव गरें कि गरिन ? उहाँलाई चिनें कि चिनिन ? उहाँको रुप रंग स्पर्श अन्धको अनुभूति भयो कि भएन ? मैले आज सम्म आराधना गरें कि गरिन ? मैले भक्ति गरें कि गरिन ? यता तर्फ सोच्ने बेला आयो । तर आजको “म” मैले आफ्नै हातले बनाएको भगवानको अगाडी हात जोडेर नानाथरी बिलौना गर्छु- नानाथरी मनोकामना माग्छु । मैले बनाएको भगवानले मलाई केहि देलान् ? मलाई यो कुरा थाहा छैन कि उनले मलाई दिनको लागि केहि कुरा बाँकी राखेका छैनन्- मलाई मात्र होईन, सबैथोक सबैलाई बराबरी दिएका छन् । हामीले कति सदुपयोग गर्यौँ ? हामी भगवानसंग मानव निर्मित पदार्थ माग्दछौँ- त्यो उनले कसरी दिउन् ? मलाई यस धर्तीमा जन्म दिए, अनवरत चलिरहने यो स्वाँस दिए, चेतना दिए र म भित्र नै आफ्नो आसन बनाएर बसे- यो भन्दा ठूलो कुनै अर्को कुरा छैन मेरो लागि ।
अब म यथार्थको धरातलमा आउनुपर्छ- मैले चेत्नु पर्छ । मैले म भित्र निवास गर्नु हुने मेरो भगवानलाई खोज्नु पर्छ, चिन्नुपर्छ । मैले उनको दर्शन म भित्रै गर्नुपर्छ- अर्जुनले जस्तै । मैले मेरो भगवानलाई अहिले, यो समयमा राम, कृष्ण, शिव, विष्णु, अल्लाह, ईशामसिह आदि कुनै रुपमा पनि पाउन सक्दिन । न उनीहरुका गाथा वाचन गरेर, सुनेर, कण्ठस्थ पारेर वा गाएर मेरो कल्याण हुन्छ किनकि उनीहरु अहिले यस संसारमा छैनन्, दिवंगत भैसके । मैले म भित्र नै जीवंत भगवान, ईश्वर, अल्लाह, ईशामसिह, खोज्नुपर्छ । जहाँ उनी छन्- त्यहाँ खोज्नुपर्छ र पाउन सकिन्छ । अहिलेको बैज्ञानिक युगमा हरेक कुरालाई परिक्षण गरेर पुष्टि गरिन्छ र उपयोग गरिन्छ । परिक्षणबाट पुष्टि नगरेरै उपयोग गरिन्छ भने त्यो अन्धविश्वास हो- त्यसबाट उपलब्धी हुदैन । आउनुहोस्- हामी पनि हामी भित्र निवास गर्नुहुने भगवानको परीक्षण गरौँ- आत्मज्ञानको बिधि द्वारा । आत्मज्ञान द्वापर युगमा भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको ज्ञान हो, राजबिद्या हो । जुन समयमा संसारमा एउटा मात्र धर्म थियो- हिन्दुधर्म । त्यस बेलाका सबै मानिसहरु हिन्दु थिए । आत्मज्ञान हिन्दुधर्मावलम्बीहरुका लागि मात्र थिएन र होईन- यो त मानव मात्रका लागि हो । यहि आत्मज्ञानको बिधि नै बैज्ञानिक छ, परिक्षणबाट पुष्टि भएको छ । आज ११० देशका करोडौं मानिसहरुले यसको अभ्यास गर्छन्- श्री प्रेम रावतजीबाट आत्मत्ज्ञानको बिधि प्राप्त गरेर । आउनुहोस् तपाई पनि । हाम्रो समय कति छ थाहा छैन, समय छंदै आफ्नो कल्याण हुने उपाय गरौँ । आफ्नो भगवानको जीवन्त अनुभूति गरौँ ।