घोरपिट्टामा पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिता संचालन

२२ जेष्ठ २०८१, बर्दिया | बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्मर ४ घोरपिट्टामा २ पालिका बारबर्दिया र गुलरिया अन्तर्गतको वार्ड स्तरीय पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिताको संचालन भैरहेको छ l

हिजो २१ गतेका दीन प्रमुख अतिथि प्रदेश सभासद माननीय राजकुमार थारुको प्रमुख आतिथ्य, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु र सामाजिक बिकाश डिभिजन कार्यालय बाकेका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको बिशेष आतिथ्यमा उदघाटन भयको हो  l अतिथिमा वडा नम्मर ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिताराम योगीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रमको आयोजक क्लब श्री शिव शक्ती युवा क्लब ४ घोरपिट्टाका अध्यक्ष ओम प्रकाश थारुले गर्नुभयको थियो l

कार्यक्रम संचालनको निम्ति प्रदेश सभासद माननीय राजकुमार थारुको पहलमा सामाजिक बिकाश डिभिजन कार्यालय मार्फत आर्थिक सहयोग गरेको कार्यक्रमको अध्यक्ष ओम प्रकाश थारुले जानकारी गराउनु भयो  l

बिज्ञापन-YM-ADCustom Text

इलाका प्रहरी कार्यालय, जयनगरको भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख द्वारा समुदघाटन

२० बैशाख २०८१, बर्दिया | चक्र अविरल | ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको नवनिर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले रिवन काटेर भवन उदघाटन गर्नुभएको हो । लुम्बिनि प्रदेश सरकारको नियमित बजेट अन्तर्गत निर्माण गरिएको उक्त भवन एम पि कन्ट्रक्सन बाँकेले ठेक्का पाएको थियो ।

करिव पाँच कठ्ठामा अवस्थित आफ्नै जग्गामा निर्माण भएको कार्यालयको उदघाटन कार्यक्रममा विशिष्ठ अतिथिहरु बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारि रोशन कुमार कठायत , बारबर्दिया नगरपालिकाको उपप्रमुख रत्ना कुमारी पाण्डे लगाएत अतिथि वक्ता हरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

मन्तव्य दिँदै उपप्रमुखले बारबर्दिया राजनितिक र भौगोलिक आधारमा अलग अलग हुँदा इलाकाको सेवा क्षेत्र विभाजन हुनु परेको र जनतालाई सास्ति खेप्नु परेको गुनासो समेत गर्नु भयो उहाँले इलाका प्रहरी कार्यालय जयनगर ले नै यस नगरपालिका को ११ वटै वडामा सेवा दिने वातावरण मिलाउन प्रहरी नायव महानिरिक्षक समक्ष अनुरोध गर्नु भयो । बारबर्दिया नगरपालिका का प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपाने , जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक प्रविण धिताल , शशस्त्र प्रहरी बल ३१ नम्मर गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक चित्राङ्गत दाहाल , राष्ट्रीय अनुसन्धान कार्यालय बर्दियाका उप अनुसन्धान निर्देशक पवन जोशि , बज्र दल गुल्म बर्दियाका सेनानि सुबोध कुवँर , लुम्बिनि प्रदेश प्रहरी कार्यालय टि एस टि प्रमुख प्रा. ना. उ. इ. रोशन सारु , शशस्त्र प्रहरी बल व्यस क्याम्प कतर्निया बर्दियाका प्रमुख स. प्र. ना. उ. छवि रावत , पुर्व प्रहरी बर्दिया का अध्यक्ष टंक बहादुर थापा लगाएत का व्यक्तिहरुको उपस्थितिका बीच उदघाटन गरिएको उक्त कार्यालयबाट आजै देखि नै सेवा सुचारु गरिएको छ ।

स्थानिय ठग्गु लाल शर्माले तिन कट्ठा जग्गा दान गर्नु भएपछि भवन निर्माण गरि सेवा सुचारु गर्दै आएको कार्यालय सशस्त्र द्वन्दकालमा ध्वस्त गरिए पछि बारबर्दिया नगरपालिकाको बानिया भारबाट सेवा दिँदै आएको थियो । हाल ठग्गु लाल शर्माले त्यस समयमा दान दिएको जग्गा सङ्गै सार्बजनिक जग्गा सहित करिब ५ कट्ठामा कार्यालय स्थापना गरिएको छ ।

जग्गादान गर्ने ठग्गु लाल शर्मा सहित उत्कृष्ट प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक मनिष श्रेष्ठ , प्रहरी नायब निरीक्षक शशी वली , प्रहरी जवान लक्ष्मण सुनारलाइ उक्त कार्यक्रममा प्रमुख अतिथि द्वारा सम्मान गरियको थियो ।

समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले यस कार्यालयले छिटो छरितो र उत्कृष्ट सेवा दिनेमा आफु विश्वस्त रहेको बताउनु भयो । सुचना बिना प्रहरी एक्लैले केहि गर्न नसक्ने र सुचकको नाम गोप्य राखिने हुँदा समाजमा घटेका घटनाहरुलाई सुचना गरि प्रहरी लाई सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो ।

करिव तिन बजे बाट सुरु गरिएको उक्त समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथि लगायतले वृक्षारोपण समेत गरेका थिए । प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले नव निर्मित भवनको उदघाटन सङ्गै अवलोकन समेत गर्नुभएको उक्त समुदघाटन कार्यक्रममा संचालकको भूमिका इलाका प्रहरी कार्यालय बानियाँभारका कार्यालय प्रमुख प्रहरी निरिक्षक मनिष श्रेष्ठ ले निर्वाह गर्नुभयको थियो ।

बिज्ञापन-YM-ADCustom Text

७ वटा बिधालयहरुको बिधार्थी उत्तीर्ण संख्या : शून्य

३० चैत्र २०८०, बर्दिया | बर्दिया जिल्लाको बढैयाताल गाउपालिका भित्र रहेका निजि तथा सामुदायिक बिधालयहरुले सन्चालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षामा केहि बिधालयहरुले १ जना बिधार्थी पनि उत्तीर्ण गराउन सकेका छैनन । पालिका भित्रका परिक्षा संचालन भयका निजि तथा सामुदायिक जम्मा २७ बिधालय मध्ये एक जना पनि उत्तिर्ण गराउन नसकेको असफल बिधालय ७ वटा रहेका छन भने १ जना विद्यार्थी  मात्र  उत्तिर्ण हुने बिधालय ५ वटा र  २ जना मात्र विद्यार्थी उत्तिर्ण हुने  बिधालय यौटा रहेको छ । एक जना विद्यार्थी पनि उत्तिर्ण गराउन नसकेको बिधालयहरुमा जगदम्बिका मा वि जमुनी , सरस्वती नेरा आवि सोरहवा , नेरा आ वि गोब्रपुर , प्रगति आ वि मैनापोखर , युवक आ वि बोकटिया, मयुर आ वि मयुरबस्ती , मुन लाइट एकेडेमी परेकाछन भने १ जना मात्र विद्यार्थी उत्तीर्ण हुने बिधालयहरु भवानी मा वि सेमरा , नेरा इ भु मा वि बढैयाताल , शारदा मा वि मैनापोखर, जय कालिका मावि मुनालबस्ती , मुक्त कमैया आ वि जनता नगर रहेका छन ।

केहि समय अगाडि यसै गाउपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई भ्रस्टाचार गरेको आरोपमा नेकपा क्रान्तिकारीले कालोमोसो समेत दलेको थियो l

बिज्ञापन-YM-ADCustom Text

श्रम स्विकृतिको निम्ति लाइन लाग्नु नपर्ने : २ मिनेट ४४ सेकेन्डमा श्रम स्विकृति हुने

२५ चैत्र २०८०, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री डोर प्रसाद अर्यालले २ मिनेट ४४ सेकेन्डमा श्रम स्विकृती दिने व्यवस्था गरेका छन् l यस प्रकारको व्यवस्था ल्याउन सहयोग गर्ने कर्मचारीलाई मंत्री अर्यालले हात जोडेर धन्यबाद दिए l

अब श्रम स्विकृती प्राप्त गर्न कसैको भनसुन र पावरको काम लग्नेछैन, जसले पहिला श्रम स्विकृतीको फारम भर्यो उसले पहिला श्रम स्विकृती प्राप्त गर्ने छ l श्रम स्विकृतीको निम्ति अब आफैले घर बाटै फारम भर्न मिल्ने व्यवस्था भयकोले श्रम स्विकृती प्राप्त गर्नको निम्ति अब कार्यालय धाउने समस्याको अन्त्य भएको मन्त्रि अर्यालले जानकारी गराएका छन् l

श्रम स्विकृतीको निम्ति आबेदन दिने व्यक्तिले आफुले सम्पूर्ण डकुमेन्ट सहि तरिकाले आफ्नो डकुमेन्ट अपलोड गरिसकेको २ मिनेट ४५ सेकेन्डमा श्रम स्विकृती हुने व्यवस्था गरेको तर कुनै समस्या आयको खण्डमा केहि समय लाग्ने हुदा बढीमा १ घण्टा भित्र भनि समय तोकेको कुरा बताए l

बैदेशिक रोजगारीका क्रममा हुने ठगि,बिदेशमा भयका घटना दुर्घटना तथा गुनासोहरुको बारेमा स्वदेश तथा बिदेशका श्रमिक हरुले गुनासो गर्न मिल्ने गरि आउदो सुक्रबार नेपालकै स्तरीय कल सेन्टर “श्रमाधान ” समेत संचालनमा ल्याउने मन्त्रि अर्यालले बैदेशिक रोजगार कार्यालयमा पत्रकार सम्मेलन गरि बतायका छन् l

बिज्ञापन-YM-ADCustom Text

बाँके प्रहरी प्रमुख सुवास बोहराको २ नम्मरी धन्दाको पर्दाफास गर्ने पत्रकारलाई धम्कि

२३ चैत्र २०८०, बाके | रबिन्द्र न्यौपाने

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष एवं सेतोखरी र सद्भाव दैनिक पत्रिकाका सञ्चालक, प्रकाशक तथा सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न धम्कीपूर्ण दवाव दियको बिषयलाई लियर आज नेपाल पत्रकार महासंघ बाकेले घोर भत्सर्ना गर्दै कारबाहीको माग राखी प्रेस बिज्ञप्ती निकालेको छ।

समाचारका विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवाष बोहराले दिएको धम्की प्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भीर ध्यानाकर्षण हुनुका साथै पदिय जिम्मेवारी बिर्सिएर शक्तिको आडमा समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतङ्कित पार्ने बोहराको कदमको कडा शब्दमा भत्सर्ना गर्दै बोहोरालाई कारबाही नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने प्रेस बिज्ञप्तिमा बताइयको छ।

त्यसै गरि नेपाल प्रेस युनियन बाके,प्रेस चौतारी नेपाल बाके,प्रेस सेन्टर बाके ,प्रगतिशिल पत्रकार संघ बाकेले पनि यस घटनाको घोर आपत्ती जनाउदै प्रेस बिज्ञप्ती निकालेको छ भनेबाँकेका १३ वटा पेशागत संघसंस्थाक प्रमुख तथा मानव अधिकारवादी नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष वरीष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल उच्च बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक बसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, मानवअधिकार एलाइन्स केन्द्रिय समिति सदस्य प्रभात ठकुरी, फियान नेपालका संयोजक सुरेश गौतम, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बलबहादुर चन्द, कानून पत्रकार समाजका अध्यक्ष अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरु विकास आचार्य, सुनिता शर्मा र हिराबहादुर श्रेष्ठद्वारा पनि यस बिषय लाई लियर ध्यानाकर्षण भएको जनाउदै संबिधान प्रदत्त अधिकारको सम्मान गरियोस भनि संयुक्तरुपमा विज्ञप्ती जारी गरेका छन् l

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले पनि बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको यस बिसयको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको व्यहोरा जानकारी गराएको छ ।

बिज्ञापन-YM-ADCustom Text

बाररबर्दियाले गर्यो कक्षा ८को नतिजा प्रकाशन : ग्रेसमार्क प्राप्त गरि पास हुन नपाउने

२१ चैत्र २०८०, बर्दिया l रबिन्द्र न्यौपाने – आज मिति २०८० चैत्र २१ गते बारबर्दिया नगरपालिकाको कार्यालयले कक्षा ८ को परिक्षाको नतिजा प्रकाशन गरेको जानकारी गराएको छ।
बाररबर्दिया नगरपालिकाले कक्षा ८ को परिक्षाको नतिजा प्रकाशन अनलाइन इमिस प्रणालीबाट गरेको हो। बिद्धालयहरुले उक्त नतिजा इमिस बाट डाउनलोड गर्न सक्नेछन।

डाउनलोडका निम्ति निम्न तरिका अपनाउनु पर्नेछ
१- emis.cehrd.gov.np मा गएर विद्यालयको Username र Password राखेर IEMIS लाई Log in गर्ने ।
२-Manage exam गएर Click गर्ने।
३. Grade wise Ledger मा Click गर्ने।
४. Year मा 2080 छनौट गर्ने ।
५- Select class मा कक्षा ८ छनौट गर्ने।
६- Load मा Click गर्ने र Print गर्ने।

यसपटक देखि बारबर्दियाको बिद्धालयहरुबाट परिक्षा दिने कक्षा ८ का विद्यार्थीहरुले कुनै पनि बिषयमा गेसमार्क प्राप्त गरि पास हुन नपाउने भयका छन् l

गेसमार्क दिदा विद्यार्थीहरुको कक्षा वृद्धि त हुने तर त्यसको असर माथिल्लो कक्षामा देखिनुका साथै विद्यार्थीहरुमा नपढेर पनि पास भइन्छ भन्ने नकारात्मक सोच लाइ निरुत्साहित गर्न र शिक्षक हरुमा पनि आफ्ना विद्यार्थीहरु प्रति जिम्मेवारी बढोस भन्ने उदेश्यका साथ उक्त गेसमार्क दियर पास गराउने पद्धतिलाई हटाई ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरियको बारबर्दियाका शिक्षा शाखा प्रमुख टिका नाथ गोसाईले जानकारी दिए l

बढीमा कुनै २ विषयमा Non Graded (NG) भएका परीक्षार्थीहरुमात्र ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउनेछन l ग्रेडवृद्धि परीक्षामा समावेश हुन चाहने विद्यार्थीको विवरण (सिम्बोल नं. सहित) तयार गरी विद्यालयले मिति २०८१-०१-०२ गते भित्र बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनु पर्नेछ ।

ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समय तालिका समेत शिक्षा शाखाले प्रकाशन गरेकोछ । शिक्षा शाखाले परिक्षा समयतालिका यस प्रकार तोकेकोछ l

परिक्षा केन्द्र बारबर्दिया नगरपालिका वडा नम्मर ६ जयनगरमा रहेको श्री अंशुबर्मा माध्यमिक विद्यालयलाइ तोकियाको छ भने परिक्षा बिहान ११बजे देखी संचालन हुनेछ l

बिज्ञापन-YM-ADCustom Text

मार्शलार्टका पूर्व खेलाडी देवेन्द्र रावल :राष्ट्रिय मार्शलआर्ट गेम्स महासंघ कर्णालीको अध्यक्ष

२१ चैत्र २०८१, सुर्खेत | देवेन्द्र रावल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णाली प्रदेशको अध्यक्षमा चयन भएका छन् । चैत्र २० गतेका दिन कर्णाली प्रदेश सुर्खेतमा भयको भेलाबाट अध्यक्षमा चुनिएका देवेन्द्र रावल मार्शलार्टका पूर्व खेलाडी समेत हुन् । देवेन्द्र रावलले मार्शलार्ट बाकेका मार्शलार्ट गुरु जनक बिक सित प्रशिक्षण लियका थिय ।

कर्णाली प्रदेश खेलकुद बिकाश परिषद्का बोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतिथ्यता र नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष तथा कर्णाली प्रदेश प्रतिनिधी लाल बहादुर जि.सी.को अध्यक्षतामा कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समिति गठन भयको हो ।

१५ सदस्य रहेको उक्त कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समितिको उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल र हिमाल जि.सी. चयन भयकाछन् भने महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे त्यसैगरी सदस्यहरुमा बिजय बहादुर बि.क., जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।

कर्णाली प्रदेश मार्शल आर्ट गेम्सका अध्यक्ष देवेन्द्र रावलले राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ मार्शलार्टको छाता संगठन भयको हुदा यस महासंघमा जोडीएका अफिशिअल तथा नन अफिशिअल जुनसुकै मार्शलआर्टहरु को हक हित र अधिकारको निम्ति यस महासंघले काम गर्ने जानकारी गराउदै अबको १ महिना भित्र कर्णाली प्रदेशको १० वटा जिल्लामा संघलाई बिस्तार गरि छिटै मार्शलार्ट गेमको आयोजना गर्ने जानकारी गराएका छन् ।

बिज्ञापन-YM-ADCustom Text

४०० जनाको उपस्थितिमा राष्ट्रिय सहकारी दिवश

२० चैत्र २०८०, बर्दिया | बारबर्दिया नगरपालिकामा आज ६७ औ राष्ट्रिय सहकारी दिवश विभिन्न नारा लेखियको कार्ड सहित र्याली गर्दै विबिध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। करिब ४०० जनाको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको उद्घाटन ७ वटा मैन बत्ती बालेर कार्यक्रमका प्रमुख अतिथी बारबर्दिया नगर प्रमुख छविला थारुले गरेका थिय ।

कार्यक्रमको अध्यक्षता आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले गरेका थिय भने बिशेष अतिथिमा उप प्रमुख रत्ना कुमारी पाण्डे र बिशिष्ठ अतिथिमा प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपानेले आशनग्रहण गरेका थिय । अतिथिहरुमा क्रमश : बारबर्दिया नगर सहकारी संजाल संयोजक दत्त प्रसाद अधिकारी , नगर प्रबक्ता वडा नम्मर ४ का वडा अदक्ष सिताराम योगी लगायतका व्यक्तिहरु थिय।

सुभकामना मन्तब्य दिने क्रममा प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले सम्पूर्ण सहकारीहरू विधिबाट चल्नु पर्छ र जनताको हित हुने काम र योजना निर्माण गर्न एक्लो सहकारीले नसकेमा अन्य सहकारीहरू मिलेर सहकार्य गर्नुपर्ने बतायका छन् । सहकारीको सदस्यहरुको ५० प्रतिशत उपस्थिति बिना कार्यक्रम गरि बजेट स्वीकृत गर्ननहुने र त्यस्तो कार्य गरेमा कहिँ कतै बाट उजुरी परेमा कानुनि कारबाही हुने जानकारी समेत गराएका छन्।आफ्नो स्वार्थको निम्ति सहकारीको नीति नियम र कानुनको पालना नगर्ने यौटा कुनै अमुक सहकारीको स्वार्थका कारण बर्दिया जिल्ला बन्धक बनेको समेत बताए । मन्तव्यका क्रममा सहकारीहरूले सहकारी भित्र मात्र लगानी गर्नुपर्ने र आफ्नो सहकारीको सदस्य भित्र लगानी नगर्दा सहकारीलाई जोखिम हुने बताउदै सहकारीहरुको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो स्वागत मन्तब्य अन्त्य गरेका थिय ।

बिशिष्ट अतिथि रत्ना पाण्डेले सहकारीहरू चुस्त दुरुस्त राख्न निर्देशन दिदै बचतकर्ताले बचत गरेको रकम आफुहरुले नपाएको गुनासो र उजुरी परेको बताईन । अनुगमनमा जादा सहकारीको कार्यालय बन्द हुने कहिल्यै नखुल्ने र संचालक तथा कर्मचारी कोहि पनि कहिल्यै नभेटिने समस्या रहेको गुनासो पोखिन। नगरपालिकाको न्यायपालिकामा बचतकर्ताले बचत गरेको रकम नपाएको उजुरी परेको र बचतकर्ताले बचत गरेको रकम फिर्ता दिनु भनि निर्देशन दिदा र बारम्बार पत्र काट्दा पनि बेवास्ता गरिरहेको हुदा अब त्यस्ता सहकारिहरुलाई कानुनी दायरामा ल्याइने जानकारी गराइन ।

बिशिष्ट अतिथि रत्ना पाण्डे पश्चात प्रमुख अतिथि छबिलाल थारुले सुभकामना मन्तब्य दिएका थिय । सुभकामना मन्तव्यको क्रममा सहकारीहरूले सदस्यहरुलाई वित्तीय साक्षारता दिन नसके सहकारी पछाडी पर्ने हुदा सहकारीहरूले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षारता गराउनुपर्ने धारणा ब्यक्त गरेकाछन । सहकारीहरूले आआफ्नो उदेश्य अनुसार कार्य गर्नुपर्ने बताउदै कृषी सहकारीहरूले रिण दिने ब्याज उठाउने र लगानी गर्ने मात्र नभई आफ्ना कृषक हरुलाई उचित समयमा मल बिउ बिजन तथा औसधि समेत समयमै उपलब्ध गराउनुपर्ने बताए । नगरपालिकाले सहकारीलाइ सक्षम र सबल गराउन हातेमालो गर्न तयार रहेको बताउदै सहकारीका पदाधिकारीहरु आफ्नो स्वार्थलाई छोडेर एकीकरण प्रक्रियामा जानुजरुरी भयको स्पस्ट पारेकाछन ।

अथितिहरुको सुभकामना मन्तब्य पश्चात सहकारी संस्था हरु बीच हाजिरी जवाफ प्रतियोगिता संचालन भयको थियो। प्रतियोगितामा सहकारीकै बिषयबस्तुलाइ लियर प्रश्न तयार परिएको थियो। उक्त प्रतियोगितामा ९ वटा सहकारी समूह प्रतिस्प्रधामा उत्रियका थिय जस मध्ये प्रथम ,द्वितीय र तृतीय क्रमश: सैदान बचत तथा ऋण सहकारी संस्था , बुढान साना किसान कृषि सहकारी संस्था र भाग्यशाली महिला बिकाश बहुउदेश्य सहकारी भयका छन्।

सहकारी बाट ऋण लियर उत्कृस्ट व्यवसाय संचालन गर्न सफल बारबर्दिया वडा नम्मर ४ पदनाहाका कृषक राम मिलन थारु उत्कृस्ट व्यवसायीको रुपमा सम्मानित भयका थिय।

कार्यक्रमको अध्यक्ष आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले कार्यक्रमको समापन गरेको घोसणा पश्चात कार्यक्रम सकियको थियो ।

बिज्ञापन-YM-ADCustom Text

मेयर छबिलालको ठाडो आदेशमा : गरिब किसानको बगर खेतिमा डोजर

१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।

बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय ।
ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।


किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।

भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।

पुरा भिडियो हेर्नुहोस

बिज्ञापन-YM-ADCustom Text

गण्डकी प्रदेश सरकारको नेतृत्व मावोबादीले लिने

४ चैत्र २०८०, पोखरा । आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले यस अघिनै गण्डकीमा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेकी थिइन् ।  

समीकरणमा रहेका प्रमुख दल र नेताहरुले गण्डकी प्रदेशको नेतृत्व  माओवादीले लिँदा राम्रै हुन्छ भन्ने भएको हुनाले अरुको त्यति विमती हुने स्थिति नरहेको र गण्डकीमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा सत्ता साझेदार दलहरुबीच कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए ।

तर  समीकरणभित्रका दलबाट मात्र सरकार बनाउन आवश्यक संख्या पुर्याउन समस्या रहेकोले प्रधानमन्त्री प्रचण्डले समीकरणभन्दा बाहिरका दलको पनि समर्थन लिने प्रयास भइरहेकोले त्यसका लागि केन्द्रीय स्तरमा र प्रदेश स्तरमा कुराकानीभैरहेको जानकारी गराय ।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको