बर्दिया | बर्दिया जिल्लाको बढैयाताल गाउपालिका भित्र रहेका निजि तथा सामुदायिक बिधालयहरुले सन्चालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षामा केहि बिधालयहरुले १ जना बिधार्थी पनि उत्तीर्ण गराउन सकेका छैनन । पालिका भित्रका परिक्षा संचालन भयका निजि तथा सामुदायिक जम्मा २७ बिधालय मध्ये एक जना पनि उत्तिर्ण गराउन नसकेको असफल बिधालय ७ वटा रहेका छन भने १ जना विद्यार्थी  मात्र  उत्तिर्ण हुने बिधालय ५ वटा र  २ जना मात्र विद्यार्थी उत्तिर्ण हुने  बिधालय यौटा रहेको छ । एक जना विद्यार्थी पनि उत्तिर्ण गराउन नसकेको बिधालयहरुमा जगदम्बिका मा वि जमुनी , सरस्वती नेरा आवि सोरहवा , नेरा आ वि गोब्रपुर , प्रगति आ वि मैनापोखर , युवक आ वि बोकटिया, मयुर आ वि मयुरबस्ती , मुन लाइट एकेडेमी परेकाछन भने १ जना मात्र विद्यार्थी उत्तीर्ण हुने बिधालयहरु भवानी मा वि सेमरा , नेरा इ भु मा वि बढैयाताल , शारदा मा वि मैनापोखर, जय कालिका मावि मुनालबस्ती , मुक्त कमैया आ वि जनता नगर रहेका छन ।

केहि समय अगाडि यसै गाउपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई भ्रस्टाचार गरेको आरोपमा नेकपा क्रान्तिकारीले कालोमोसो समेत दलेको थियो l

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here