बर्दिया| दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयको छ । १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा कार्यक्रममा बोल्ने क्रममा उहाले चिन्ता ब्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना समेत गर्नुभएको छ ।
मिति २०८१/२/२१ गते नेपाल उत्पीडित जातिय मुक्ति सामाज बर्दियाको जिल्ला अध्यक्ष भुपेन्द्र शेरालाले अध्यक्षता गर्नुभयको जातिय भेदभाव मुक्ति आन्दोलनको विशेष दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुर्गा बहादुर ओली कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो l
उक्त १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस कार्यक्रम ओम बहादुर नेपालीको बिशिष्ट आतिथ्य तथा पार्टीका अग्रज ब्याक्तित्वहरुको आतिथ्यमा मधुबन नगरपालिकाको नेकपा एमाले पार्टी कार्यलयको सभाहलमा सम्पभयको थियो ।
दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अथिती दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि ओम बहादुर नेपाली र अतिथि भक्त बहादुर सुनारले संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । यसका विरुद्ध तपाईं हामी एकजुट भइ छुवाछूत अन्त्य गर्न अगाडि बढ्नु पर्ने भन्दै बोल्ने क्रममा आफ्नो धारणा राख्नु भएको थियो।
संगठन अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्षले शुभकामना व्यक्त गर्दै अझै पनि २१ औँ शताब्दीको समाजवाद उन्मुख, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालमा अधार्मिक, गैरकानुनी, अवैज्ञानिक र असामाजिक मानिने जातीय विभेदका विभिन्न घटना हुने गरेका छन् । मधुबन नगरपालिका र बाराबर्दियाको बिच सिमानामा रहेको लठुवाघाटको मन्दीरमा सानो जात भएकै कारणले शिव लिला माताले तपस्या गरेको मन्दीर तोडफोड गरि उहाँ माथी भएको जातिय छुवाछूत अन्याय अत्याचारका विरुद्ध आफुलाइ ठुलो जातको ठान्ने पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्दै छिटो भन्दा छिटो न्याय दिलाउन प्रतिबद्धता दिनु भएको छ। छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभएको छ।