कमल बहादुर खड्का
१९ – साउन, बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्ता समितिको आज निर्वाचन सम्पन्न भएको छ । बैशाखमा गर्नु पर्ने पुनर्गठन विविध कारण बस आज साउन १९ गते भएता पनि सफलतापुर्बक सम्पन्न भएको पुर्व अध्यक्ष खुशीराम थारुले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा राजकुमार अधिकारीले ११ मत ल्याई बिजय हुनु भएको छ भने उहाको प्रतिद्वन्दी हिम बहादुर अधिकारी ले ७ मत प्राप्त गर्नुभयको थियो ।
जम्मा १८ जना मतदाताको मत मध्ये उपाध्यक्ष पदमा देवराज खत्रीले १० मत, सचिब पदमा खुशिराम थारु ले ११ मत , कोषाध्यक्ष पदमा रुपा वौडेलले ११ मत ल्याई बिजय हुनु भएको छ । उपाध्यक्ष , सचिब , कोषाध्यक्ष पदको प्रतिस्पर्धामा प्रतिद्वन्दी क्रमशः झुपलाल अधिकारी, रामबहादुर चौधरी , सोमरानी थारुले हार बेहोर्नु परेकोछ ।
९ जना सदस्यहरु बिमा देवी सुनार , हिमानी खत्री,भुमी शर्मा ,नाथुरानी चौधरी, सुमिता चौधरी, आनन्द आचार्य, टिकारानी थारु , सुमिता थारु सर्वसम्मत छनोट भइ १३ जनाको समिती गठन गरिएको छ । निर्वाचन अधिकृत बारबर्दिया नगरपालिका वडा न.१ का वडा अध्यक्ष कैलासपती थारुले बिबाद रहित निर्वाचन सम्पन्न गराउनुभयको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत १९ वटा समितीमा बैशाख महिनामा पुनर्गठन गरिसक्नुपर्नेमा शिवपुर उपभोक्ता समिती र गेरुवा गाउपालिकामा पर्ने ४ वटा समिति गरि जम्मा ५ समितिमा आजका मिति सम्म पनि पुनर्गठन हुन सकेको छैन ।
केही दिनमै बाकी रहेका समिति पनि पुर्नगठन का निम्ति अन्तिम चरणमा पुगिसकेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यक्रम अधिकृत निलकण्ठ कडेल, जनप्रतिनिधि र बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । (स्रोत :खास कुरो)
(स्रोत :खास कुरो)