बर्दिया l आज मिति २०८१ जेष्ठ २६ गते शनिबार बारबर्दिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक निती तथा कार्यक्रम एवं बजेट निर्माणका निम्ति सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रम नगर प्रमुख छबीलाल थारूको अध्यक्षतामा बारबर्दिया नगरपालिकाको वडा नम्मर ६ मा रहेको जयनगर सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भयको छ l कार्यक्रममा अतिथिको रुपमा नगर उपप्रमुख रत्ना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि ,वडा अध्यक्षहरु हरुले आशनग्रहण गरेका थिए l
प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिदै कार्यक्रमबारे स्पस्ट पार्नुभएको थियो l जनताको निम्ति कामगर्ने क्रममा कानुनि रुपमा कस्ता नीति सुधार्नुपर्ने हुन सक्छ र कस्ता कस्ता नीति तथा कार्यक्रमहरु ल्याउदा बारबर्दियाली जनताको उन्नति तथा बारबर्दिया नगरपालिकाको सम्वृद्धि हुन्छ यसबारे लिखित तथा मौखिक रुपमा सल्लाह सुझाब दिन आग्रह गर्दै आफ्नो स्वागत मन्तव्यको अन्त्य गर्नुभयको थियो l
उक्त कार्यक्रमा २५ भन्दा धेरै जनाले सल्लाह सुझाब र गुनासो राख्नु भयको थियो l सुझाव संकलनमा गरिएका गुनासो तथा प्रस्नहरुको प्रतिउत्तर दिदै आगामी दिनमा पालिकाबाट काम गर्ने क्रममा गल्ति भयको रहेछ भने सच्चाउने र सल्लाह सुझाब सकेसम्म कार्यान्वयन गर्ने उप प्रमुख रत्ना कुमारी पाण्डेले आजको कार्यक्रमा मार्फत प्रतिबद्धता समेत गर्नुभयको छ l
सबैको सल्लाह सुझाब संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भै सल्लाह सुझाब दिनुहुने प्रति धन्यबाद दिदै सबैको सल्लाह सुझाबलाई मनन गरि स्थानीय सरकारले समेट्न सक्ने बिषय स्थानीय सरकारले समेटने र स्थानीय सरकारले मात्र गर्न नसक्ने कार्यक्रमहरु प्रदेश तथा केन्द्र सरकार सित हातेमालो गरि सकेसम्म सल्लाह सुझाब अनुसार नीति तथा बजेट ल्याउने भन्दै उपस्थित सबैलाई जानकारी गराउनुभयो l आफ्नो अहिले सम्मको २ बर्षे कार्यकालमा सबै नागरिक, राजनीतिक दल संघ संस्थाहरुबाट साथ् सहयोग भयको र बाकि कार्यकालमा पनि सहयोग हुने अपेक्षा सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो l