१४ मंसिर २०८०, बर्दिया | विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा भएको भ्रष्टाचारको बारेमा हामिले मिति २०८० साल भदौ २३ गतेका दिन रिपोर्टिङ नेपाल मार्पत रिपोर्टिङ प्रस्तुत गरेका थियौ । र हामिले त्यस बारे फलोअप गर्नेछौ भनेर दर्शकबृन्दहरुलाई जानकारी पनि गराएका थियौ र हामिले यस भ्रष्टाचारको बारेमा बारबर्दिया नगरपालिकामा पनि जानकारी गराएका थियौ । नगरपालिकाले छानविन गरि दोसीलाई कारबाहि गर्छौ भनेर भनेता पनि हाल सम्म पनि कुनै कारबाहिको प्रकृया अगाडी नबढाएको हुँदा र हामिले प्रसारण गरेको समाचारलाइनै भ्रामक हो भनी हाम्रो सन्चार संस्थालाई नै बदनाम गर्न खोजिएको हुँदा यसबारे हामिले अझै गहन रुपमा खोजतलाश गरि यसबारे रिपोर्टिङ्ग तयार गरेका छौ । यस रिपोर्ट तयार पार्नको लागि सहयोग हेतु उपभोक्ता समितिले प्राविधिकलाई बुझाइको कोटेशन माग्दा विभिन्न बहाना बनाई टारेको र आफुले कहाँ राखे भन्ने जानकारी नभएको भनि गैरजिम्मेवारी पुर्ण जवाफ दिएका छन ।
यस विषयको बारेमा बुझ्दा कोटेशन नगरपालिकाले माग गर्नुपर्ने रहेछ तर प्राविधिकले उपभोक्ता समितिलाई नै कोटेशन ल्याउने जिम्मा लगाएको रहेछ । उपभोक्ता समितिले पनि मौकाको फाइदा उठाउदै आफै भ्याटमा दर्ता भएको र नभएको ३ वटा कोटेशन प्राविधिकलाई बुझाउँदा पनि प्राविधिकले उक्त दररेटलाई सदर गरेका छन ।
यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोला ।
विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा युवक माविका अध्यक्ष ओम प्रकाश थारुले गरे भ्रस्टाचार
स्वतन्त्र विद्यार्थी यूनियन जनसेवा बहुमुखी क्याम्पस बैदीले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने
घोरपिट्टामा पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिता संचालन
२२ जेष्ठ २०८१, बर्दिया | बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्मर ४ घोरपिट्टामा २ पालिका बारबर्दिया र गुलरिया अन्तर्गतको वार्ड स्तरीय पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिताको संचालन भैरहेको छ l
हिजो २१ गतेका दीन प्रमुख अतिथि प्रदेश सभासद माननीय राजकुमार थारुको प्रमुख आतिथ्य, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु र सामाजिक बिकाश डिभिजन कार्यालय बाकेका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको बिशेष आतिथ्यमा उदघाटन भयको हो l अतिथिमा वडा नम्मर ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिताराम योगीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रमको आयोजक क्लब श्री शिव शक्ती युवा क्लब ४ घोरपिट्टाका अध्यक्ष ओम प्रकाश थारुले गर्नुभयको थियो l
कार्यक्रम संचालनको निम्ति प्रदेश सभासद माननीय राजकुमार थारुको पहलमा सामाजिक बिकाश डिभिजन कार्यालय मार्फत आर्थिक सहयोग गरेको कार्यक्रमको अध्यक्ष ओम प्रकाश थारुले जानकारी गराउनु भयो l
पेट्रोल पम्पमा विस्फोट
३० श्रावण २०८०, एजेन्सी | गएराति रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।
ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएतापनि आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।
दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको जानकारी गराउदै सर्वसाधारणलाई धैर्य रहन अनुरोध गरेका छन् ।
उपचारका लागि गम्भीर घाइते भएकाहरूलाई राजधानी मस्को लगिएको छ ।
नेपालगन्जको स्टेसन थ्री डी रेस्टुरेन्ट बन्द
बाँके। रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बिगत समय देखि पोखरामा संचालित स्टेसन होटलको बुटवल पछि नेपालगन्जमा २०७८ साल मंशिर ९ गते नेपाली कला क्षेत्रकि चर्चित पश्चिमेली चेली ज्योति मगर लगाएत अन्य कलाकारको समेत उपस्थिति भब्यरुपम उद्द्घाटन भयको नेपालगन्जको स्टेसन थ्री डी रेस्टुरेन्ट बन्द भयको छ |

बाँकेको नेपालगन्ज धम्बोजी चोक बाट सेतु बि क चोक जाने बाटो को बागेश्वरी हल रोडमा रहेको स्टेसनमा जाने ग्राहक ले थ्री डि तस्बिर, रिक्सा स्टेसन तथा काउण्टरमा रहेको बस स्टेसनको मनोरन्जनात्मक दृश्य सहित उचित मुल्यमा स्वादिस्ट परीकार खान पाउने सुबिधा थियो | स्टेसन थ्री डी रेस्टुरेन्ट नेपालगन्जका संचालक तथा लगानिकर्ता युवा ब्यबसायी तथा कलाकार स्यारोन रेग्मि , युद्ध वली लगायतको टिम थियो |

बाँकेको खजुरामा ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न
२९ जेष्ठ २०८२, सुमित्रा पण्डित, नेपालगञ्ज
नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका–१, बाकेमा २०८२ जेठ २६ गतेका दिन ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न गरेको छ। उद्घाटन कार्यक्रममा योग समिति नेपालका पदाधिकारी, विभिन्न केन्द्रका संयोजक, उपसंयोजक, प्रशिक्षक, तथा ३१औं, ३५औं, ३७औं, ४२औं र ४३औं योग केन्द्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा खजुराकी महिला दिदीबहिनीहरूको समूहले पञ्चेबाजा बजाउँदै केन्द्रबाट आएको टोलीलाई भव्य स्वागत गरेको थियो। साथै, केही योगी कलाकारहरूले आ–आफ्नो कला प्रस्तुति दिएका थिए।
कार्यक्रमको शुभारम्भ खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनबिर क्षेत्री र योग गुरुको हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। उद्घाटन सत्रमा अध्यक्ष क्षेत्रीले योग समिति नेपालसँग सधैं सहकार्य गर्दै पालिकाका नागरिकलाई स्वस्थ राख्ने अभियानमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चिरञ्जीवी ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य इकाईका प्रमुख दिपक ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै योग समितिको योगदानप्रति प्रशंसा गर्नुभयो। उहाँले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने अभियानमा समिति नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
समितीका सचिव चिरञ्जीवी ज्ञवालीले संन्चालन गर्नुभएको कार्यक्रममा खजुरा गाउँ पालिका स्वास्थ्य युनिटका प्रमुख दिपक ढकालले शुभकामना मन्तब्य दिदै उहाँले योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, बाके जिल्ला मा नै केन्द्रिय कार्यालय स्थानियहरु बाट सुरु गरिएको सस्था योग समिति नेपाल नेपाली शुद्धता ,नेपाली कर्म वीरहरु नेपालीहरुले गरेको नेतृत्व अनुशासन प्रति गर्विलो योग परम्पराको , गुरु परम्पराको पूर्वीय दर्शनको खुलेर प्रशंसा गर्नुभयो।आफु जहाँ गए पनि आफु पनि योग समिति नेपाल को सदस्य को नाताले पनि समितिको आदर्शलाई मानि पद मा रहदा न रहदा सदा सर्बदा समर्पित हुने प्रतिबद्वता ब्यक्त गनु भयाे ।
कार्यक्रममा ४५औं केन्द्रकी प्रमुख संयोजक पुष्पा थापाले केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नुभयो भने वडा नं. १२ की संयोजक पुष्पा खनालले योगसम्बन्धी कविता वाचन गर्नुभयो। साथै, जानकी योग केन्द्र र जलपोखरी योग केन्द्रका संयोजक उषा नेपालले योगको महत्वबारे मन्तव्य दिनुभयको थियो ।
योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले “स्वास्थ्य नै धन हो, शान्ति नै शक्ति हो” भन्ने सन्देश दिँदै योग अभ्यासलाई दैनन्दिन जीवनशैलीमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानजस्ता अभ्यासहरू मार्फत शरीर, मन, मस्तिष्क र समाजबीचको सन्तुलन नै साँचो स्वास्थ्य हो भन्ने धारणा प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गर्नुभयो। साथै, उहाँले सन्तुलित आहार–विहार, मर्यादित रहन–सहन र अनुशासित जीवनशैलीले नै दीर्घकालीन स्वास्थ्य र मानसिक शान्तिमा योगदान पुर्याउने कुरामा विशेष जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा ४५औं योग केन्द्रको व्यवस्थापन समिति गठन गरिएको छ। समितिको संरचना निम्नानुसार रहेको छ:
प्रमुख संयोजक – पुष्पा थापा
संयोजक – कमान सिंह साउद
सदस्यहरू – जयलाल अधिकारी, हस्तबहादुर शाही, रमेश थापा, सुकमाया थापा, मनकुमारी थापा, भक्तबहादुर थापा, किसन थापा, नन्दलाल थापा, अरुणा कुमारी गुरुङ, भुवन सिंह, लालु माया थापा, नैनसरा आले, सिता मल्ल
सल्लाहकारहरू – मनबिर क्षेत्री र नवराज थापा
योग समिति नेपालले देशभर योगको उज्यालो फैलाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। गुरु गिरिराज ज्युको मार्गदर्शनमा स्थापित यस ४५औं केन्द्रले पनि सो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।
योग समिति नेपालले गुरु गिरिराजको मार्गदर्शनमा देशभर योगमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। समितिका अनुसार ४५औं केन्द्रले पनि उक्त उज्यालोलाई अझ विस्तार गर्ने विश्वास लिएको छ।
शांति कहिले चाहिन्छ ?

०४ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल
एउटा मानिस थियो । उसले कसैको कुभलो चिताउदैन थियो । आफ्ना आराध्यदेव प्रति सधै निहुरन्थ्यो, सम्मान प्रकट गर्थ्यो । एक पटक उसले आफ्नो भगवानसंग गम्भीर प्रार्थना गर्यो “हे भगवान मेरो ईच्छा पूर्ण गरिदिनु होस् ।” त्यो पुकारलाई भगवानले पनि सुन्नुभएछ । ध्यानदृष्टिले हेर्दा कुनै कुराको अभावमा त्यो भक्त निकै नै दुखी भएको महसुस गर्नुभएछ । अनि भगवानले नजिकै आएर दर्शन दिनुभयो र सोध्नुभयो ” म तिम्रो कुन ईच्छा पूरा गरिदिऊँ ? भन।” उसले भगवानको प्रार्थना गर्दै भन्यो ” प्रभु ! मेरो आर्थिक अवस्था निकै कमजोर छ, एउटा राम्रो जागिर पाउन पाए हुन्थ्यो” ।
संसार भरी नै भगवानका भक्तहरुले आफ्ना आवश्यकता र अभावहरु पूरा गराउन भगवानसंग बरदान माग्ने गर्छन् । यो भक्तले पनि कुनै राम्रो नोकरीको बरदान माग्यो । भगवानले पनि “तथास्तु” भन्नु भयो। त्यसपछि उसलाई जागिरको अफर आयो। राम्रो जागीर पायो र खुसी खुसी दिनहरु बिताउन थाल्यो । त्यो मानिस केहि बर्ष त खुसी नै देखियो तर बिस्तारै बिस्तारै उसको खुसी कम हुदै गयो । पाँच सात बर्ष पछि त ऊ निकै चिन्तित र उदास देखिन थाल्यो । आफ्नो भक्त चिन्तामा डुबेको देखेर भगवान फेरि त्यस मानिसको नजिकमा आउनु भयो र सोध्नुभयो ” कस्तो चलिरहेको छ ? राम्रो नोकरी पाएका छौ, फेरि किन चिन्तित देखिन्छौ ? तिम्रो अरु कुनै ईच्छा बाँकी छ ?” अनि उसले भन्दछ “प्रभु मेरो अब एउटै ईच्छा बाँकी छ, मेरो आफ्नै एउटा घर भैदिएको भए हुन्थ्यो । यहि चिन्ताले मलाई सताईरहेको छ प्रभु ।” भगवानले फेरि उसलाई बरदान दिनु भयो र अन्तर्ध्यान हुनुभयो। केहि समय त त्यो ब्यक्ति खुसी नै भयो तर फेरि बिस्तारै बिस्तारै उसको अनुहार मलीन देखिन थाल्यो । बिस्तारै बस्तारै चिन्तामा डुब्न थाल्यो । आफ्नो आराध्य देवलाई सम्झन थाल्यो, मनमनै पुकारा गर्न थाल्यो “हे प्रभु मेरो चिन्ता हरण गरिदिनुहोस् ।” फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नु भयो ” अब फेरि के भयो ? किन मलाई बोलाएको ? फेरि कुनै ईच्छा जाग्यो कि के हो भक्त ?” हो प्रभु ! अब मेरो एउटै ईच्छा बाँकी छ । मेरो यो एक्लो जिन्दगी निक्कै नै कष्टकर बनेको छ । सबैथोक हुँदा हुदै पनि एक्लोपनले मलाई आनन्द नै छैन । अब हजुरको आशीर्वादले मेरो एक असल कन्यासंग बिवाह हुन पाए अति नै उत्तम हुने थियो प्रभु ।” ल ठिक छ! तिम्रो बिवाह पनि भैहाल्नेछ । अरु कुनै बाँकी छ माग्नुपर्ने भने भनी हाल ।” ” छैन प्रभु मलाई अब यति भए पुग्छ । हजुरको जय होस्।” त्यस भक्तले भन्यो । भगवानले तथास्तु भन्दै अलप हुनुभयो । त्यसपछि उसका दिनहरु आनन्दले बित्न थाले । घरको सारा काम धन्दा पत्नीले गर्थिन् भने ऊ जागीरमा जान्थ्यो । नोकरीमा पनि तरक्की हुदै गयो । ऊ यतिबेला सम्म ठूलो अफिसर भैसकेको थियो । पाँच छ बर्ष सम्म अनि आनन्द र सन्तोषका साथ बितिरहेको जिन्दगीमा फेरि चिन्ताका भावहरु देखा पर्न थाले । भित्र भित्रै मन कुटुकुटु खान थाल्यो । पत्नीको अनुहार पनि मलीन देख्न थाल्यो । अनि फेरि भगवानलाई बोलाउने निधो गर्यो र प्रार्थना गर्यो । फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नुभयो ” अब फेरि के चाहियो ?” “प्रभु हजुरको कृपाले मलाई सबैथोक पुगेको छ। तर अहिले आएर फेरि मलाई एउटा चिन्ताले सताईरहेको छ प्रभु । दिन पर दिन पत्नीको अनुहारमा पनि मलीनता बढ्दै गएको देख्छु । अरु छिमेकी र समवयका मित्रहरुको घरमा बच्चाहरू खुसीले चिच्याएको आवाज गुञ्जिरहेको हुन्छ। तर मेरो घर सधै सुनसान हुन्छ, समशान जस्तो। त्यसैले प्रभु! १-२ वटा बच्चाको चाहना जाग्यो प्रभु । मेरा पनि बालबच्चा होउन् । अब यो आखिरी ईच्छा पनि पूरा गरिदिनु हवस् ।” भगवानले यो ईच्छा पनि पूरा गरिदिनु भयो।
अब उसको जिन्दगीमा बालबच्चा पनि आए। सधै खुसी नै खुसी। नोकरीमा पदोन्नति, तलवमा बृध्दि। बच्चाहरु पनि ठूला भएर स्कूल जान थाले । स्कूलको पढाइ सकेर कलेज गए । त्यहाँबाट पनि ग्राजुयट भएर आ-आफ्नो रुची अनुसार पेशा अपनाएर कमाउन पनि थाले । अब त त्यो भक्त अरु खुसी हुनुपर्ने हो तर अझै पनि ऊ खुसी हुन सकेन । सधै कुनै न कुनै चिन्ताले खिन्न भैरहेको अनुभव उसले गर्न थाल्यो । यति बेला सम्म ऊ बुढो भैकेको थियो । जागीरबाट पनि रिटायर्ड भैसकेको थियो । राम्रोसंग आखा पनि देख्न नसक्ने, कान पनि सुन्न नसक्ने भयो । हिडडुल गर्न पनि समस्या, उठबस गर्न पनि समस्या, सुत्न पनि समस्या, सुतेर उठ्न पनि समस्या, यस्तै भैरहेको थियो । फेरि एक दिन भगवान आउनु भयो र सोध्नु भयो ” के छ तिम्रो हालचाल ? सबै ठिकठाक त छ ? कि कुनै ईच्छा अझै बाँकी छ ?” उसले अनुहार मलीन बनाउदै भन्यो “हे भगवान! यो सबै थोक हुँदा हुदै पनि मनमा शांति छैन । हजुरको कृपादृष्टिले जागिर घर पत्नी बालबच्चा प्रमोशन धन दौलत सबै कुरा सम्पन्न छ । छोराछोरीहरु आ-आफ्नो लाईनमा लागिसकेका छन् । मलाई कुनै कुराको अभाव छैन प्रभु । तर यो मनमा कुनै न कुनै कुराले अशांति भैरहन्छ । सबै भन्दा ठूलो कुरा त शांति रहेछ प्रभु । अब मेरो आखिरी ईच्छा यहि छ कि मलाई शांति मिलोस् । प्रभु! अब मलाई शांति दिनुहोस् ।” भगवानले मुस्कुराउँदै भन्नु भयो ” यो कुरा तिमिले पहिले नै मागेको भए कति राम्रो हुन्थ्यो । होईन र ? तिमि त पहिलो दिन मै शांति माग्न चाहन्थ्यौ तर तिमिले जागिर घर पत्नी बालबच्चा र सम्पत्तिमा नै शांति देख्यौ। वास्तबिक शांति ती कुराहरुमा निर्भर छैन भन्ने कुरा तिमिले बुझ्न सकेनौ । यो कुरा बुझ्न तिमिलाई यतिका समय लाग्यो । जीवनको उत्तरार्धको पनि डिलमा आईपुग्दा बल्ल तिमिलाई थाहा भयो कि शांति नै प्रमुख चिज हो । शांतिको अभावमा सबै कुरा क्षणिक र अधुरो नै हुन्छ । काश ! यो कुरा तिमिले पहिलो भेट मै मागेको भए! ल ठिक छ, अन्तिम अवस्था नै सहि, अब तिमिलाई आत्मिक शांति पनि प्राप्त हुनेछ, तथास्तु ” । भगवान अन्तर्ध्यान हुनुभयो । (प्रेम रावतजीको शांति संदेशबाट भावानुबाद)
शांति त जीवनको सबै भन्दा पहिलो आवश्यकता हो । जन्म देखि मृत्यु सम्म सधैभरि शांतिको उत्तिकै महत्व छ । शांति त बुढेसकालमा पो चाहिन्छ त ! शांतिको लागि अहिले हाम्रो समय होईन भन्ने गरेको पनि सुनिन्छ तर त्यसो होईन । जन्म देखि मृत्यु सम्म हरेक पल पलमा शांतिको उत्तिकै महत्व र जरुरत छ । शांति छैन भने जीवनमा कुनै पनि कुराले आनन्द दिन सक्दैन । त्यस कारण मानिसको पहिलो आवश्यकता नै शांति हो । मन मस्तिष्कमा शांति छ भने मानिस जे जस्तो अवस्थामा पनि खुसी र सुखी रहन सक्छ । हरेक कठिनाईहरुसंग शाहसका साथ मुकाबिला गर्न सक्छ र जीवनमा सफलता हासिल गर्न सक्छ । यदि जीवनमा शांति छैन भने उसले कुनै प्रगति गर्न सक्दैन । जीवनमा कुनैपनि सफलता हासिल गर्न सक्दैन । शांति खलबलिन जाँदा मानिसहरुले अकालमृत्यु पनि रोज्ने गर्छन् । त्यसकारण शांतिको महत्व बुझेर जीवनमा शांति कसरी स्थापना गर्न सकिन्छ र कसरी शांति बनाईराख्न सकिन्छ भन्ने बिषयमा बुझ्न आवश्यक छ l
योग अभियानलाई नयाँ उचाइ: सिद्धार्थ टोलमा ५५औँ केन्द्र सञ्चालनमा
१९ मंसिर २०८२ रिपोर्टिङ नेपाल सम्बाददाता , मिति २०८२ मंसिर २० गते, शनिबारका दिन नेपालगञ्ज उप–महानगरपालिका–१० मा योग समिति नेपालले आफ्नै शाखा स्वरूप ५५ औँ सिद्धार्थ टोल योग केन्द्रको भव्य उद्घाटन गरेको छ। कार्यक्रमको अध्यक्षता योग समिति नेपालका परिकल्पनाकार तथा अध्यक्ष योग गुरु आयुर्वेचार्य श्रदय गिरिराजले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा अधिवक्ता प्रलाद बहादुर कार्की उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निर्मला शाह, सचिव तथा कार्यक्रम सञ्चालक चिरञ्जीवी ज्ञवाली, योग प्रशिक्षक जानकी ज्ञवाली, अनिता श्रेष्ठ, भुमा पाण्डे लगायत सचिवालय तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
उक्त अवसरमा योग गुरु गिरिराजले ५५औँ योग केन्द्रको स्थापना तथा व्यवस्थापन समिति गठन भएको दिनलाई ऐतिहासिक भनेर उल्लेख गर्दै, उपस्थित सम्पूर्ण योग अभियन्ताहरूप्रति शुभकामना र आशीर्वाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, नव–गठित समिति केवल संगठनात्मक संरचना मात्र नभई योगलाई घर–घरमा पुर्याउने, समाजलाई स्वस्थ, सजग र अनुशासित बनाउने, र तन–मन–आत्मालाई एकाकार गर्दै मानवताको सेवा गर्ने सामूहिक संकल्पको प्रतीक हो। समाजमा परिवर्तन शब्दले नभई अभ्यासले हुने बताउँदै उहाँले “म पनि योग गर्छु, म पनि समाजलाई केही दिन्छु, म पनि सकारात्मक परिवर्तन ल्याउन लाग्छु” भन्ने प्रतिज्ञा सबैले गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
कार्यक्रमकै क्रममा ५५औँ सिद्धार्थ टोल योग केन्द्रको व्यवस्थापन समिति सार्वजनिक गरियो, जसको नेतृत्व भागिरथी पाण्डे (भुमा पान्डे) ले प्रमुख संयोजकका रूपमा सम्हाल्नेछिन्। समिति सञ्चालन तथा समन्वयमा चन्द्रा केसी (संयोजक), लक्ष्मी उप्रेती (सह–संयोजक), स्मृति घिमिरे (उप–संयोजक),सरिता ज्ञवाली लगायत सक्रिय सदस्यहरू सरिता ज्ञवाली, पुस्प राज पौडेल, भरत पान्डे, रितिक शाही, मनोज पान्डे, सीता उप्रेती र पवन ठाकुर रहनेछन्। केन्द्रको दीर्घकालीन योजनालाई रणनीतिक रूपमा अगाडि बढाउन अनिता कुमारी श्रेष्ठ, युवराज शर्मा, प्रलाद बहादुर कार्की, चम्पा लाल बोथरा, डा. गोपाल श्रेष्ठ, डा. पियुष कनोडिया, डा. अनिल कुमार चौधरी, डा. तुषार शाह, भानुभक्त पाण्डे र शक्ति बल्लभ आचार्य सल्लाहकारको भूमिकामा रहनेछन्।
वक्ताहरूले ५५औँ योग केन्द्रले नियमित योग अभ्यासमार्फत समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन र सकारात्मक सोच विस्तार गर्ने विश्वास व्यक्त गरे। योग गुरु गिरिराजले नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि बधाई दिँदै, केन्द्रलाई अझ मजबुत र प्रभावकारी बनाइ लैजाने नेतृत्व क्षमताप्रति पूरा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम जय योग, जय मानवता नारासहित सम्पन्न भएको थियो।
नेपालगञ्ज शिक्षण अस्पतालमा सेवा होइन, पहुँचकै शासन ! अस्पतालमाथि गम्भीर आरोप
१६ श्रावण २०८२, रिपोर्टिंग नेपाल ,बाँके —
नेपालगञ्जस्थित एक निजी शिक्षण अस्पतालमा गएका बिरामीका आफन्तले उपचारको नाममा “अनावश्यक खर्च”, “सेवामा लापरबाही” र “नागरिकसँग विभेद” गरिएको गम्भीर आरोप लगाएका छन्।
नेपालगञ्ज–१३, बाँकेमा रहेको सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज द्वारा सञ्चालित नेपालगञ्ज शिक्षण अस्पताल मा गएका बिरामीका आफन्तले ‘निःशुल्क भनिएको आमा सुरक्षा कार्यक्रम’को नाममा महँगो प्याकेज थोपारिएको, डाक्टर नदेखिने, र सेवा विभेद गरिएको गम्भीर आरोप सार्वजनिक गरेका छन्।
बर्दिया जिल्ला अस्पतालले श्रावण ११ गते अत्यावश्यक सर्जरीका लागि गर्भवती महिलालाई नेपालगञ्ज शिक्षण अस्पतालमा रिफर गरेको थियो। बर्दिया जिल्ला अस्पतालको आकस्मिक रिफर सिफारिस सहित श्रावण ११ गते गर्भवतीलाई नेपालगञ्जको उक्त शिक्षण अस्पतालमा भर्ना गरियो। तर बिरामी पक्षका अनुसार, अस्पताल पुगेको झण्डै १० घण्टासम्म सम्बन्धित विशेषज्ञ चिकित्सकलाई देख्न सकिएन।
“डाक्टरको अनुहार देख्न त पाइएन, तर ठाउँ ठाउँमा आमा सुरक्षा कार्यक्रम भनेर सजिएका ठूला ब्यानर मात्र देखियो,” बिरामीका आफन्त कृष्ण शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।
शाहीका अनुसार, अप्रेसनका लागि ‘सरकारी सुविधा’ भनिए पनि अन्ततः ५३ देखि ६० हजारसम्मको ‘सर्जरी प्याकेज’ प्रस्ताव गरियो। पहिल्यै बुक गरिसकेको क्याबिन समेत पहुँचवाला व्यक्तिलाई दिइएको र आफूहरूलाई स्ट्यान्डर्ड स्टाप क्यबिन भनेर पुरानो हलको फोहोर ढुसि गनाउने कोठा अनि बिरामीका लागि सिढी विनाको अग्लो फोल्डिङ्ग सिष्टमनै बिग्रेको सुत्नै गाह्रो सन्तुलनमै नआउने थोत्रो बेड भएको फोहोर कोठा दिइएको थियो l “त्यो कोठा उपचारको लागि होइन, सजायको लागि जस्तो थियो,” भन्ने गुनासो पनि उनले गरेका छन्।

अस्पतालको प्रवेशद्वारदेखि भित्तासम्म ‘निःशुल्क आमा सुरक्षा कार्यक्रम’ लेखिएको ब्यानर टाँसिएको भए पनि पनि वास्तविकता भने ५३ हजारदेखि ६० हजार रुपैयाँसम्मका ‘सर्जरी प्याकेज’ थोपारिन्थ्यो। अप्रेसन गरेकै दिन सामान्य सिरिन्ज, क्यानुला आइ भि सेट, औषधी सामग्रीहरु , अब यो प्याकेज भित्र पर्दैन भन्दै क्यानुला, सलाइनजस्ता सामान्य उपकरण छुट्टै किन्न लगाइ उपचार खर्च अझै महँगो बनाई ५०/६० हजारको प्याकेज लाखौंमा परिणत गर्ने गरिएको पोस्टमा लेखेका छन् l
भुक्तभोगीका अनुसार, यस समस्या बारे गुनासो अस्पताल प्रशासनसँग गरिएको थियो। प्रशासन अधिकृत कुमार अधिकारीले कोठा परिवर्तन गर्ने वाचा गरेका थिए तर त्यो पनि पूरा नभएको गुनासो छ । शाहीले थप लेखेका छन्, “यदि त्यो कोठा परिवर्तन मात्रै गरिदिएको भए पनि यो पीडादायी अनुभवलाई सार्वजनिक गर्ने थिएन।”
यस घटनाले नेपालको निजी स्वास्थ्य संस्थामा उपचार सेवासम्बन्धी पहुँच, समानता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। यस घटनाले स्पष्ट देखाएको छ कि निजी अस्पतालहरूमा सेवा होइन, ‘पैकेजको व्यापार’ हाबी हुँदैछ।
‘निःशुल्क सेवा’को नाममा विज्ञापन गरिए पनि व्यवहारमा जनतालाई ठगिने, पहुँच नहुनेहरूलाई विभेद गरिने, र आपतकालीन अवस्थामा समेत डाक्टर अनुपस्थित हुने प्रवृत्तिले स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
पछिल्ला वर्षहरूमा नागरिकको ‘सार्वजनिक स्वास्थ्य प्रणाली’ माथि विश्वास घट्दै गएको बेला निजी अस्पतालहरूलाई विकल्पको रूपमा हेरिँदै आएको छ। तर त्यही निजी संस्थाहरूमा पनि पैसा नभएकालाई दोस्रो दर्जाको व्यवहार गरिनु दुःखद पक्ष हो।
प्रमुख जिल्ला अधिकारी शर्मा लाई ध्यानाकर्षणपत्र
१८ असोज २०८१ l बर्दिया l हिन्दु धर्ममा महान पर्बका रुपमा मनाइने चाड दशै नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनाहरुको नियन्त्रणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्ने र चाडपर्वको बेला राज्यप्रशासन चनाखो भै आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध गर्दै नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले संयोजक रमिता थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मा लाई ध्यानाकर्षणपत्र बुझाएको छ। यातायात क्षेत्रमा यात्रु ठगिने,कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने अवस्था तथा जुवातास लगायतका घटना रोक्नु पर्ने माग गर्दै ५ बुदे ध्यानाकर्षणपत्र बुझायको हो l ध्यानाकर्षणपत्रको पूर्णपाठ पढनुहोस :
श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय बर्दिया ।
तपशील
१) यातायात क्षेत्रमा कडाई पूर्वक निगरानी सहित यात्रु ठगिने, दुर्घटना बढ्ने अवस्थाको अन्त्य गरियोस् ।
४) लागू औषधको कारोवार र प्रयोग तथा सीमा नाकामा हुने अवैध कारोचार, तस्करी, जुवातास लगायतका घटना रोक्न विशेष अभियान सञ्चालन गरियोस् ।





















