बर्दिया | विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा भएको भ्रष्टाचारको बारेमा हामिले मिति २०८० साल भदौ २३ गतेका दिन रिपोर्टिङ नेपाल मार्पत रिपोर्टिङ प्रस्तुत गरेका थियौ । र हामिले त्यस बारे फलोअप गर्नेछौ भनेर दर्शकबृन्दहरुलाई जानकारी पनि गराएका थियौ र हामिले यस भ्रष्टाचारको बारेमा बारबर्दिया नगरपालिकामा पनि जानकारी गराएका थियौ । नगरपालिकाले छानविन गरि दोसीलाई कारबाहि गर्छौ भनेर भनेता पनि हाल सम्म पनि कुनै कारबाहिको प्रकृया अगाडी नबढाएको हुँदा र हामिले प्रसारण गरेको समाचारलाइनै भ्रामक हो भनी हाम्रो सन्चार संस्थालाई नै बदनाम गर्न खोजिएको हुँदा यसबारे हामिले अझै गहन रुपमा खोजतलाश गरि यसबारे रिपोर्टिङ्ग तयार गरेका छौ । यस रिपोर्ट तयार पार्नको लागि सहयोग हेतु उपभोक्ता समितिले प्राविधिकलाई बुझाइको कोटेशन माग्दा विभिन्न बहाना बनाई टारेको र आफुले कहाँ राखे भन्ने जानकारी नभएको भनि गैरजिम्मेवारी पुर्ण जवाफ दिएका छन ।
यस विषयको बारेमा बुझ्दा कोटेशन नगरपालिकाले माग गर्नुपर्ने रहेछ तर प्राविधिकले उपभोक्ता समितिलाई नै कोटेशन ल्याउने जिम्मा लगाएको रहेछ । उपभोक्ता समितिले पनि मौकाको फाइदा उठाउदै आफै भ्याटमा दर्ता भएको र नभएको ३ वटा कोटेशन प्राविधिकलाई बुझाउँदा पनि प्राविधिकले उक्त दररेटलाई सदर गरेका छन ।
यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोला ।

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here