एजेन्सी | गएराति रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।
ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएतापनि आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।
दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको जानकारी गराउदै सर्वसाधारणलाई धैर्य रहन अनुरोध गरेका छन् ।
उपचारका लागि गम्भीर घाइते भएकाहरूलाई राजधानी मस्को लगिएको छ ।