१७ आश्विन २०८०,बझाङ । हिजो मङ्गलवार दिउँसो ०२:४० मा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछी दोस्रो भूकम्प दिउँसो ०३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको , ०३ बजेर ४५ मिनेटमा ४.१ रेक्टर स्केल, ०४ बजेर २८ मिनेटमा ४. १ रेक्टर स्केल, ०४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केल , ०५ बजेर १९ मिनेटमा ५ रेक्टर र ५ बजेर ३८ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पका कारण घाइते हुनेको सङ्ख्या ११ जना पुगेको छ । उनीहरूको उपचार जिल्ला अस्पताल बझाङमा भैरहेको छ । भूकम्पले गरेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्वको अवस्था देखिएकोले हिजो दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य द्वारा कर्फ्युको आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश मिति २०८०/०६/१४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीको कारण उत्पन्न परिस्थिती एवम मिति २०८०/०६/ १६ गते मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको ऱ्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिती देखिएकोले नेपालगंज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस -याली गर्न, हुलहुज् गर्न र हिडडुल गर्न समेत नपाईने गरी आज मिति २०८०/०६/१६ गते दिउसो १:०० बजे देखि अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ । कर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र पूर्वमा – राप्ती नदि पुल पश्चिममा -खजुरा रोडको ईन्द्रपुर जाने बाटो उत्तरमा – राँझा चोक दक्षिणमा – जमुनाहा नाका
१७ आश्विन २०८० काठमाडौं । देशका विभिन्न स्थानहरुमा सोमबार देखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि विहीबार बेलुकादेखि मौसममा सुधार आउने बताइएको छ ।
पछिल्लो १२ घण्टामा धनकुटामा ३०, चितवनमा १ सय ७, पाल्पामा १ सय ८, गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ ।
बाढी सूचना केन्द्रले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन सुचना जारी गरेको छ ।
सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा हिजो ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा विशिष्ट अतिथिको रुपमा ठाकुरबाबा नगरपालिका बर्दियाको उपप्रमुख श्री विना कुमारी भट्टराई रहनु भएको थियो। साथै लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष, ठाकुरबाबा नगरपालिका वडा नं १ का वडाध्यक्ष, मालिका साकोस बकुवाका अध्यक्ष, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज, NTNC बर्दियाका प्रमुख लगायतको आतिथ्यतामा सम्पन्न भएको छैटौ वार्षिक साधारणसभामा संस्थाका सन्चालक समिती, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, ऋण उपसमिति, शिक्षा उपसमिती, महिला सशक्तिकरण उपसमिति, सेवाकेन्द्रगत रूपमा सम्पन्न भएको साधारण सभाबाट प्रतिनिधीको रूपमा आउनुभएका सदस्यहरु, सिको साकोसका विभिन्न जीविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरु एंव व्यवस्थापनका कर्मचारीहरु लगाएतको उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो।
साधारण सभामा बोल्दै अधिकांश अतिथिहरुले सिको अहिलेको अवस्थामा आइपुग्न र सफलता हासिल गर्नका लागि यसको नेतृत्वकर्ता, संस्थाका शेयर सदस्यहरु तथा व्यवस्थापन टीमको तालमेल तथा सक्रियता एकदमै राम्रो रहनु हो साथै अबको जिम्मेवारी भनेको यसको उचाईलाई बचाई राखेर अझैं बढि सफलता प्राप्ति सँगै नविनतम प्रविधिको साथमा स्थानीय स्तरमा सदस्यका जीवनस्तर उकास्ने किसिमका थुप्रै कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने सुझाव पनि राख्नुभएको छ। पछिल्लो समयमा देशका विभिन्न स्थानमा सहकारीप्रति आइरहेको वितृष्णालाई चिर्दै सकारात्मक र सफलतापूर्वक समयमै आफ्नो साधारण सभा सम्पन्न गर्न सफल हुनु पनि सिको साकोसको सबल पक्ष रहेकाे कुरा विशिष्ट तथा प्रमुख अतिथिहरुले राख्नुभएको थियो। छैटौँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आ.व. २०७९/०८० मा भएको कारोबारको आधारमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने सदस्यहरु र जिविकोपार्जन क्लबको घोषणा साथै क्लबहरुलाई सम्मान पनि गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा सिको साकोसमा क्यासिएर पदमा कार्यरत कर्मचारी श्री कमला कुमारी ठकुल्ला तथा उत्कृष्ट सेवाकेन्द्रकाे रुपमा मौसमी सेवाकेन्द्र मानपुर टपरा लाई घोषित गर्दै सम्मान समेत गरिएको छ। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्री दामोदर अधिकारी ज्यूले उपस्थित प्रमुख अतिथी, विशिष्ट अतिथी, सम्पूर्ण अतिथिहरु, सन्चालक, लेखा, विभिन्न उपसमितिहरु, शेयर सदस्यहरू, व्यवस्थापन टिम लगायत सम्पूर्णमा हार्दिक कृतज्ञताको साथमा धन्यवाद प्रकट गर्दै यस संस्थालाई आगामी दिनहरूमा अझैं प्रगति गराउँदै सफलताकाे शिखरमा पुर्याउनका लागि सम्पूर्ण पक्ष तथा सरोकारवाला निकायबाट सकारात्मक सहयोगको अपेक्षा राख्नुभएको थियो।
५ भाद्र २०८०,बर्दिया – हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको थियो उक्त घटनाको प्रमुख दोसी बाँसगढी नगरपालिकाको आफ्नै कर्मचारी उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेलाई देखाउदै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगाएतको कर्मचारीले विज्ञप्तीनै निकालेर कारबाहिको माग गरेको छ । माग पुरा नभए सम्म नगरपालिकामा हुने सम्पूर्ण कार्य ठप्प गरिने भन्दै प्रेस बिज्ञप्ती नै निकाालेको थियो । उक्त विज्ञप्ती प्रति आपत्ति जनाउदै नगरप्रमुखले हिजोनै प्रेस विज्ञप्ती निकालेका छन । हिजो बाँसगढी नगरपालिकाकामा प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलमाथी केहि ब्यक्ती द्धारा गरियको अभद्र ब्यवहार प्रति आफ्नो ध्यानाकार्षण भएको जानकारी गराएका छन । नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा लेखियको छ। ूबाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।
नगरप्रमुखले जारी गरेको विज्ञप्तीमा यसो लेखियको छ : बाँसगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कामकाज गरिरहेकोका अवस्थामा मिति २०८० साल भाद्र ०४ गते अन्दाजी दिनको २ बजे केही ब्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत माथि विभिन्न आरोप लगाई गरिएको ब्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको कामकाजमा कहिकतै चित्त नबुझेको विषयमा कानुनीरुपमा अगाडि बढ्न र विधिवतरुपमा आफ्ना कुरा राख्न सकिने अवस्था हुँदाहुँदै यस प्रकारको गतिविधि हुनु दुःखद हो । पालिकाको विषयमा फैलिएका अफवाहरुको पछि नलागि समग्र बाँसगढी नगरपालिकाको समृद्धि, सुशासन र विकासको यात्रामा हातेमालो गर्नुहुन समेत आम नगरबासीलाई अनुरोध गर्दछु। बाँसगढी नगरपालिका यस प्रकारका क्रियाकलाप हुन नदिन सचेत रहेकाले उक्त घटनाबाट सम्पूर्ण कर्मचारीहरु कहि कतै विचलित नभई उच्च मनोवलका साथ कामकाजमा लाग्न यसै विज्ञप्ती मार्फत जानकारी गरिएको छ।
५ भाद्र २०८०, बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।
पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।
उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।
यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।
बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।
पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।
उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।
यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।
३२ श्रावण २०८०, बर्दिया , बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते दिनको करिब ४ बजे मदिरा सेवन गरि आफ्नी बुहारीलाई निर्घात रुपमा कुटपिट गरेका छन् |
भर्थरी थारुको श्रीमतीका भनाइ अनुसार भर्थरीले श्रीमती सित ५०० रुपिया लागि मोबाइलमा फिलिम हालेर बुहारीलाई मोबाइलमा फिलिम लगाइदे हेर्छु भनेर भन्दा बुहारीले मैले जान्दिन आफै लगाउ भन्दै घरभित्र गए पछी ससुरा भर्थरीले बुहारीलाई कुटपिट गर्न सुरु गरेका थिए | बुहारीलाई घरभित्रै बाट कुटपिट गर्दै घर बाहिर बाटोमा घिसार्दै निर्मम तरिकाले हात र लात प्रयोग गरि कुटपिट गर्दा समेत वरपरका छरछिमेक सित गुहार माग्दा धेरैले रमिते बनेर हेरेको र एक महिलाले बचाउन जादा भर्थरी थारुले ति महिलालाई समेत हातपात गर्न खोजेको तेहाको एक स्थानीय महिलाले जानकारी गराइन |
पिडित महिला आफ्नो ज्यान बचाउनका लागि त्यहा बाट भागेर आफ्नी नन्दको घरमा बसेको र आज उपचार र चेक जाचको लागि बुहारीलाई अस्पताल लगिएको पिडितकी सासु ले बताइन |
पिडित महिलाको श्रीमान रोजगारीको सिलसिलामा ताप्लेजुंग जिल्लामा छन् भने घरमा पिडितको सासु , एक छोरी र ससुरा भर्थारी थारु बस्दै आयका छन् |
प्रदेश सांसद राजकुमार चौधरीले प्रहरीलाई निर्देशन दिए पश्चात कुटपिट गर्ने ससुरा भर्थारी थारुलाइ पक्राउ गरि बिहान ८ बजे तिर इलाका प्रहरी कार्यालय बासगढ़ी बर्दियामा लगिएको छ |