राष्ट्रपति पौडेल पलाञ्चोक भगवती मन्दिरमा

Rastrapati-ramchandra-poudel
बिज्ञापन-ATCustom Text

५ कार्तिक २०८०, काभ्रेपलाञ्चोक| राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा बडादशैं महाअष्टमीको सुभ अवसरमा पूजाअर्चना गर्नुभएको छ ।

बिज्ञापन-AI-ADCustom Text

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिकाको वडा नम्मर ९  पलाञ्चोकको  पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो ।

बडादशैंको अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । 

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले निर्माण भएको हो । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये पलाञ्चोक भगवतीको मन्दिर सबैभन्दा पुरानो मन्दिरको रुपमा चिनिन्छ । 

नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए। सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंबदन्ती रहेको मन्दिरका पुजारीले बताए। स्रोत : रासस

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here