गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो Share FacebookWhatsAppTwitterEmailViberCopy URL बिज्ञापन-AT गोरखा । गोरखा दरबारको दशै घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली आज बिहान ८ः०० बजेको शुभसाइतमा दरबारका सुसारेले हनुमानढोका दरबार पठाएका छन् । बिज्ञापन-AI-AD उक्त डोली बाजागाजासहित र्याली निकाली गोरखा दरबार बाट फूलपातीको बिदाइ गरि काठमाडौंको हनुमानढोका दरबारका लागि बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि साँझ हर्षोल्लासका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि घटस्थापनाको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले बताउनुभयो । बिज्ञापन-BA