बारबर्दियाका किसानमा छायो खुशियाली | मेयरको पहलमा धान संकलन केन्द्र संचालन Share FacebookWhatsAppXEmailViberCopy URL बिज्ञापन-AT १ कार्तिक २०८०, बर्दिया बिज्ञापन-AI-AD बारबर्दिया नगरपालिकाले धान उत्पादन गर्ने किसान हरुको हितका निम्ति धान संकलन केन्द्र संचालन गरेको छ | उक्त संकलन केन्द्र यसै नगरपालिकाको वडा नम्मर ६ जयनगर बजार नाजीकै रहेको छ | हिजो उक्त धान खरिद केन्द्र उदघाटन गर्ने समयमा किसानहरुले ४ लड़िया मोटो धान बेच्न ल्याएका थिए , उक्त धान ३१९८ रुपयाँ प्रति क्विन्टलका दरले संकलन केन्द्रले खरिद गरेको थियो | एक किसानले खुसि हुदै हामि सित भने “बारबर्दियामा रहेका धान खरिद गर्ने ब्यापारी सित मोटो धान बेच्न जादा मोटो धानको मूल्य २८०० देखि २९०० प्रति क्विन्टलका दरले हामी सित खरिद गर्दा हामि किसान निकै मर्कामा परेका थियौ अहिले नगरपालिकाले धान संकलन केन्द्र संचालन गर्दा हामि किसानले धानको उचित मूल्य पायौ ” | किसान हरुले आफुले उत्पादन गरेको धानको उचित मूल्य प्राप्त गरुन र बिचौलियाको शोषण र चंगुलबाट किसानलाइ मुक्ति दिलाउने उदेश्यले धान संकलन केन्द्र संचालन गरेको बारबर्दियाका नगर प्रमुख छबिलाल थारुले रिपोर्टिंग नेपाललाई जानकारी गराउनुभयो | बिचौलिया सित नफसेर उचित मूल्य प्राप्त गर्न नगरपालिकामा रहेको धान संकलन केन्द्रमा आफ्नो धान बिक्रि गर्न ल्याउन र सम्पूर्ण नगरबासीलाई बारबर्दियाका नगर प्रमुख छबिलाल थारुले अनुरोध गर्नुभयको छ | धान बिक्रि सम्बन्धि सम्पूर्ण जानकारीका निम्ति यो भिडियो हेर्नुहोला | बिज्ञापन-BA