१४ कार्तिक २०८०
[dflip id=”1012″ type=”thumb” ][/dflip]
१४ असार २०८१, काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउनेछन् । यस पटककाे परीक्षामा ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडड (एनजी) भएका छन् । उनीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसअन्तर्गत सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
एसईई परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:
एसएमएसमार्फत नतिजा हेर्ने तरिका
-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।
वेबसाइटबाट नतिजा थाहा पाउने तरिका
परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।
-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
–एनसेल एप तथा डिजिटल वालेट खल्तीबाट पनि नतिजा हेर्न सकिन्छ ।
१४ मंसिर २०८०
जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दिया बाट दिइने सेवा प्रवाह (राहदानी, संस्था दर्ता तथा नविकरण, हातहतियार नामसारी तथा नविकरण लगायत)मा लाग्ने राजस्व बुझाउने कार्य विद्युतीय सेवा ( अनलाईन) मार्फत तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
यस प्रक्रिया बाट विद्युतीय सेवा (अनलाईन) मार्फत राजश्व बुझाउन सकिनेछ |
१. सर्वप्रथम महालेखा नियन्त्रक कार्यालय https://rajaswa.fcgo.gov.np मा गई लग-इन गर्ने, नयाँ प्रयोगकर्ता हो भने नयाँ प्रयोगकर्ता दर्तामा क्लिक गर्ने

२ . आफ्नो इमेल राख्नुहोस ,

३. प्राप्त टोकन नं. राख्नुहोस

४. मागेको विवरण आफ्नो स्थायी लेखा नं.. नामथर, ठेगाना, मोबाइल नं. राखी Submit मा क्लिक गर्ने,

५. दाँया छेउमा दिएको निर्देशन बमोजिम आफ्नो पासवर्ड राखी लग इन गर्ने,

६. यसरी दर्ता प्रकृया पूरा हुन्छ । त्यसपछि निलो अक्षरमा लेखिएको ड्यासबोर्डमा क्लिक गर्ने,

७. बाँया छेउमा लेखिएको नयाँ भौचर तयार गर्नेमा क्लिक गरी, आफूले सेवा लिन गइरहेको कार्यालय रहेको प्रदेश, जिल्ला र कार्यालय छनौट गरी Next बटनमा क्लिक गर्ने,

८. त्यसपछि, भुक्तानी विवरण देखाउने छ । त्यसमा वापतमा क्लिक गरी आफूले कुन शिर्षकमा राजश्व तिर्न/ / जम्मा गर्न गइरहेको हो त्यो शिर्षक छान्ने र लाग्ने रकम निश्चित गर्ने । त्यसपछि पुनः Next बटनमा क्लिक गर्ने,

९. यसरी कारोबार संकेत नं. सहितको भौचर तयार हुन्छ ।

१०.यसरी तयार भएको भौचरको दायाँ छेउको माथि Connect IPS सुविधा लिएकाले सोहीमा क्लिक गरी सिधै राजश्व जम्मा गर्न सकिन्छ भने Connect IPS सुविधा नलिएकाले तयार भएको भौचरमा कारोबार संकेत नं. टिपी आफूले चलाइरहेको मोबाइल बैंकिङ्ग वा इ-सेवा एप्समा गई Government Payment भित्र EBP Number भनी लेखिएकोमा कारोबार संकेत नं. र Amount (NPR) मा लाग्ने रकम लेखि राजश्व जम्मा गर्न सकिन्छ ।
मानिस एक अद्भुत प्राणी हो। उसमा हिजो आज र भोलिको विश्लेषण गर्न सक्ने चेतना छ । उसको सोचले पत्थरमा भगवान देख्छ, नदीमा दिव्यता अनुभव गर्छ, रुखमा जीवन देख्छ, र झारपातमा पनि शक्ति महसुस गर्छ। मन्दिरमा, मस्जिदमा, तिर्थमा उसको आस्था अगाध छ। तर, यही मानिसले अर्को मानिसभित्रको परमात्मा देख्न असमर्थ हुन्छ। यो विरोधाभासको जरा कहाँ छ? किन बाहिरी संसारमा परमात्माको खोज गरिरहने मानिसले आफ्नै भित्री संसारको उपेक्षा गर्छ?
यो प्रश्नले हामीलाई केवल हाम्रो धार्मिक अभ्यासमात्र होइन, जीवनको गहिरो दर्शनतर्फ पनि डोर्याउदछ ।
१. बाहिरी संसारको आकर्षण: किन मानिसलाई बाहिरै खोज्न मन लाग्छ?
मानिसले प्रकृतिमा रहेको सौन्दर्यलाई भगवानको प्रतीक मान्ने गर्छ। नदीको कलकल बग्दो आवाज, पहाडको स्थिरता, र घामजुनको प्रकाशले मानिसलाई दिव्यता महसुस गराउँछ।
तर बाहिरी संसारप्रतिको यो आकर्षणको कारण के हो?
अन्तरात्मा र बाहिरी संसारको द्वन्द्व: मानिसले बाहिरी संसारलाई देख्न, महसुस गर्न, र छुन सक्छ। तर, आत्माको खोज त्यति सजिलो छैन। यसलाई महसुस गर्न आफू भित्रै पस्नु पर्छ जुन असम्भव त छैन तर मेहनत चाहिँ अलिकति गर्नै पर्छ ।
आलस्य र सजिलो बाटोको खोजी: आत्मज्ञान र ध्यानलाई गहिरो साधना आवश्यक पर्छ तर आजको मानिसलाई सबै कुरा सर्टकट र फास्ट चाहिन्छ । प्राचीन ऋषिमुनीहरू घनघोर जङ्गलमा गएर भोक प्यास निद्रा आहार सबै त्यागेर ध्यान साधना गर्ने गर्थे। तर आजको मानिसले सजिलो बाटो खोज्दै मन्दिर, मस्जिद, गिरजा, गुम्बा र तिर्थहरू निर्माण गर्यो । आफू जस्तै आकार प्रकारको भगवान पनि बनायो अनि आफूलाई त्यसैमा सीमित गर्यो।
श्रीमद्भागवत गीता अध्याय ४ को श्लोक ३८ भन्छ:
“न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।”
(आत्मज्ञानभन्दा पवित्र अरू केही छैन।)
आत्मज्ञान भन्दा पवित्र साधन अर्को छैन। भगवत प्राप्तिको लागि बाहिर कतै भौँतारिनु पर्दैन, आफ्नै अन्तर्आत्माको यात्रा गरे पुग्छ । बाहिरी संसारका मठ मन्दिर र मुर्तीमा ईश्वर भेटाउन सकिन्न तर हृदय मन्दिर अवश्य भेटाउन सकिन्छ किनभने हृदय नै ईश्वरको जीवन्त र असली मन्दिर हो । आत्मज्ञान साधनाको बाटो अलिक कठिन छ त्यसैले आजको मानिस कठिन बाटोमा लाग्न चाहदैन र उपलब्धिहीन मानिस बाहिरी खोजमा नै अल्झिईरहन्छ।
२. मन्दिर र मूर्तिपूजा: परम्पराले सीमित बनाएको चेतना
बिगत केही बर्ष यता प्रादुर्भाव भएका परम्परा र संस्कृतिले मानिसलाई मन्दिर र मूर्तिपूजासँग जोडेको छ। उसलाई थाहा छ माटोढुंगाको मूर्ति बनाएर त्यसैको अगाडि गिडगिडाउनु भनेको आफ्नो चेतनालाई सीमित गर्नु हो। यो कार्य वयस्क र पौढ मानिसको धुलीमाटी खेल हो । बच्चाहरूले यहि काम गर्दा धुलीमाटी खेलको संज्ञा दिने मानिसले आफू पाको उमेरको भैसक्दा पनि त्यहि खेल खेल्न रूचाउँछ त्यसलाई ईश्वर साधनाको नाम दिन्छ ।
तर, मानिस किन यस्तो गर्छ?
परम्पराको बोझ: हामी परम्पराको पालना गर्दा उसको अर्थ बुझ्न भुल्छौं। यो कार्यले हामीलाई परमात्माको नजिक पुर्याउँछ कि टाढा लैजान्छ भन्ने तर्फ रत्तीभर पनि सोच्दैनौँ जुन बिडम्बनापूर्ण छ ।
डर र विश्वासको मिश्रण: मानिसले भगवानको शक्तिमा विश्वास गर्छ। पूजा अर्चना र आराधना नगरे अनिष्ट हुने डरले त्यसैमा आफूलाई बाँधिराख्दछ । तर, त्यो दिव्य शक्ति उसको भित्री चेतनामा छ, उसको आत्मामा निवास गर्छ र मनमन्दिरमा बिराजमान छ तर आजको मानिस यस तथ्यलाई स्वीकार्न या त झन्झट मान्छ या त आफ्नो अल्पबुध्दिको कारण लजाउँछ ।
भगवान श्रीकृष्णले भागवत गीताको अध्याय ७ को श्लोक २५ मा भन्नुभएको छ:
नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः।
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम्॥
(म सबैको सामु स्पष्ट रूपमा देखिँदिन्, किनभने म योगमायाद्वारा आवृत छु। मूर्खहरूले मलाई अजन्मा र अविनाशी परमात्मा रूपमा चिन्दैनन्।)
यो श्लोकमा भगवान् कृष्णले आफ्नो निराकार र अलौकिक स्वरूपलाई बुझ्न र देख्न बाहिरी संसारमा होइन, आत्मज्ञानको माध्यमबाट भित्री हृदयमा दृष्टिमा केन्द्रित गर्नुपर्ने कुरा बताउनु भएको छ।
यो विश्वासको कारणले नै मानिस आफ्नो नैतिकता र जिम्मेवारी बिर्सेर बाहिरी जगतमा परमात्माको खोजी गर्छ।
के मठ मन्दिरहरू निरर्थक हुन त ?
होईन । मठ मन्दिरहरू निरर्थक होईनन् तर तिनको सार्थकता के हो भन्ने आजको मानिसले बिर्सिएको छ । जुन उद्देश्य राखेर मठ मन्दिरहरूको आरम्भ गरिएको थियो त्यो उद्देश्य आज हराएर गएको छ । मन्दिर प्रारम्भमा मनधीर(मन+धीर) थियो । मनलाई धीर(स्थिर) गर्ने ठाउँलाई मनधीर भनिन्थ्यो । जुन ठाउँ आएर मानिसहरू ध्यान अभ्यास गर्ने गर्थे । ध्यान अभ्यास अलिक कठिन काम भएको हुनाले मानिसले सर्टकट बाटो खोज्यो अनि एउटा कुनामा मुर्ती राखेर पुजा गर्न थाल्यो । त्यहि मनधीर कालान्तरमा बेअर्थको मन्दिर हुनपुग्यो। बेद, उपनिषद, पुराण कतै पनि ईश्वरानुभूतिको लागि मठ मन्दिर बनाउनु र पुजा गर्नु भनेर उल्लेख गरेको छैन । हुँदा हुँदा आज मठमन्दिर शोषण ठगी भ्रष्टाचार र अत्याचारको केन्द्र बन्दै गएको छ जुन बिडम्बनापूर्ण छ।
३. स्वार्थ र निर्दयता: मानिसको द्वैध चरित्र
मानव जीवनको सबभन्दा ठूलो विरोधाभास यो हो कि ऊ एकैसाथ धार्मिक र निर्दयी बन्न सक्छ। आफन्तको मृत्युमा भगवानलाई दोष दिने मानिस, आफ्नो आँगनमा निर्दोष पशुहरूको हत्या गरेर खान्छ र रमाउँछ, यो कति सम्म लज्जास्पद र बिबेकशुन्य कुरा हो ? के यहि हो त मानव हुनुको धर्म ? सबै प्राणी एउटै परमात्माका सृष्टि हुन् भन्ने तथ्य जान्दा जान्दै पनि स्वार्थवस निर्दयी र अनजान बनेर प्राणी हत्याको कुकर्म गर्न तयार हुन्छ आजको मानिस जुन अत्यन्त हृदय बिदारक र बिडम्बनापूर्ण छ ।
यो द्वैध चरित्रको कारण:
स्वार्थप्रेरित धर्म: धर्मलाई मानिसले आफ्नो सुविधा अनुसार परिभाषित गरेको छ। मानिसले आफ्नो प्रकृतिलाई बिर्सेको छ वा बुझेको छैन । मेरो शरीरको बनावट कस्तो हो भन्ने तर्फ हेक्का छैन । यथार्थमा मानव शरीर शाकाहारी प्रकृतिको छ र उसको हृदयमा परमात्मा बिराजमान हुनुहुन्छ । आफू भित्र परमात्मालाई महसुस गर्न सक्ने प्राणी मानिस मात्रै हो, अरू प्राणीमा यो सामर्थ्य छैन ।
नैतिकताको कमी: नैतिकताको पाठ पढाउन मानिस खप्पिस छ तर आफू नैतिकवान बन्न चाहदैन । समस्त प्राणी जगतमा अनैतिक प्राणी मानिस मात्र हो, अरू कुनै प्राणीमा नियम संयम र नैतिकता बिद्यमान छ । अरू कुनै प्राणीलाई पाप धर्मको मतलव छैन। भोलिको लागि सञ्चय गर्दैन, अप्राकृतिक मैथुन गर्दैन। तर मानिसका लागि यी सबै कुराहरू जायज हुन्छन् । धर्म र नैतिकताको बीच सन्तुलन कायम राख्न असफल हुँदा मानिस निर्दयी बन्छ।
हरेक वर्ष पशुबलि दिने परम्परा धार्मिक कार्य मान्नेहरू पनि छन् तर, के यो साँचो धर्म हो? पशुवलीबाट परमात्मा प्रशन्न हुन्छन् ? मानिस लगायत सबै चराचर जगत परमात्माको सृष्टि हो, उनैको सन्तान हो । आफ्नै सृष्टिका सन्तानहरू बिच काटाकाट भएको देख्दा परमात्मा खुसी हुन्छन् होला ? ईश्वरले आशीर्वाद दिन्छन् होला ? मलाई त्यस्तो लाग्दैन ।
श्रीमद्भागवत गीता अध्याय १३ श्लोक १० मा अहिंसा बारे श्रीकृष्ण यसो भन्नुहुन्छ –
अहिंसा समता तुष्टिस्तपः दानं यशोऽयशः।
भवन्ति भावा भगवच्छक्त्या यत्र पुण्यं धर्मोऽवधारणम्॥
(अहिंसा (हिंसा नगर्नु) परम धर्म हो, जो तप, दान, यश र समता, तुष्टि र पुण्यसँग सम्बन्धित छ।)
यस श्लोकमा भगवान् श्रीकृष्णले अहिंसालाई सर्वोत्तम धर्मका रूपमा उल्लेख गर्नुभएको छ ।
४. मानवता: सच्चा धर्मको पहिलो पाइला
मानवता भनेको केवल अरूलाई दयालु बन्नु मात्र होईन। यो एक यस्तो अवस्था हो, जहाँ मानिसले आफ्नो स्वार्थलाई त्यागेर अरूको भलो गर्ने प्रयास गर्छ। मानिसको संरक्षणमा तमाम प्राणी जगतले आफूलाई सुरक्षित महसुस गर्छ । मानवमा मानवता भएन भने उसका लागि त्यो भन्दा ठूलो अभिसाप अर्को हुन सक्दैन ।
मानवताको महत्व:
जब मानिस आफ्नो आन्तरिक चेतनालाई विकसित गर्छ, ऊ भगवानलाई अरू मानिसहरूमा देख्न थाल्छ। अरू प्राणीहरूमा पनि ईश्वर देख्न थाल्छ । समग्र सृष्टिमा परमात्मा देख्न थाल्छ। मन वचन र कर्मले अर्को प्राणीलाई दुख पुर्याउनुमा पाप देख्न थाल्छ, दया करूणा र सेवाको महत्व बुझ्न थाल्छ । सेवा सहयोग र उद्धारलाई पुण्यको रूपमा लिन थाल्छ र त्यहाँ मावनताको उत्पत्ति हुन्छ ।
सम्पूर्ण पशु जगत प्रति करुणा:
पशुहरू पनि मानिसको जस्तै प्राणी हुन् र उहि एक परमात्माका रचना हुन् । यस अर्थमा सबै जीवहरूमा भाइचाराको नाता सम्बन्ध छ । आफ्नै रचयिताका सन्तान भएका नाताले सबै प्राणीहरूलाई समभावले भातृत्व देख्नु मानवताको परिचय हो र तिनीहरूप्रति दयालु हुनु नै सच्चा मानवताको चिन्ह हो। सबै जीवजन्तुमा परमात्माको अंश हुने हुनाले उनिहरू सबै परमात्माका जीवन्त मन्दिर हुन् ।
छान्दोग्य उपनिषद अध्याय ३ को मन्त्र १४:१ मा भनिएको छ:
“सर्वं खल्विदं ब्रह्म।”
(सबै वस्तुहरू ब्रह्म हुन्।)
यसको अर्थ, प्रत्येक प्राणीमा परमात्मा छन् भन्ने हुन्छ । त्यसैले सबै प्राणीको अस्तित्वको रक्षा गर्नु र बाँच्न पाउने अधिकारको सम्मान गर्नु मानवता हो ।
५. आत्मज्ञान: शान्ति, आनन्द र मोक्षको बाटो
परमात्माको साँचो खोज बाहिरी जगतमा होइन, भित्री जगतमा हुन्छ। सबै प्राणीहरूमा परमात्माको निवास हुने भएता पनि हामीले त्यहाँ उपस्थित परमात्माको अनुभव गर्न अनुभव गर्न सक्दैनौँ, अनुमान मात्र गर्नसक्छौँ । अरू जीवसरह हामी भित्र पनि समान रूप र मात्रामा परमात्मा हुनुहुन्छ । हामीले हाम्रो हृदय मन्दिरमा बिराजमान ईश्वरको अनभव गर्न सक्छौँ । कुनै पनि काम गर्दा साधन चाहिन्छ । साधन नभई साध्य प्राप्त हुदैन । हृदय मन्दिरमा बिराजमान त्यो दिव्य ब्रह्मको अनुभव गराउने साधन आत्मज्ञान हो । भागवत गीता, उपनिषद्, र योगसूत्रहरूले आत्मज्ञानको महत्वलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन्
आत्मज्ञान कसरी प्राप्त गर्ने?
श्रीमद्भगवद्गीताको अध्याय ४ को श्लोक ३४ मा भगवान श्रीकृष्णले भन्नुभएको छ।
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः॥
(त्यो ज्ञानलाई जान, तिमी विनम्रतापूर्वक गुरुको शरणमा जाऊ, सेवा गर, र प्रष्ट प्रश्नहरू गर। तत्वदर्शी ज्ञानीहरू तिमीलाई यो आत्मज्ञान दिनुहुनेछ।)
यहाँ समयको महापुरुषलाई तत्वदर्शी गुरुको रूपमा लिन सकिन्छ जसले आत्मज्ञान दिन सकुन, आत्मज्ञानको विधि सिकाउन सकुन् ।
आत्मज्ञान प्राप्त गर्न विनय, सेवा, र जिज्ञासा अनिवार्य छ।
भगवान् श्रीकृष्णले यसमा अर्जुनलाई निर्देश गर्नुभएको छ कि आत्मज्ञान प्राप्त गर्न गुरुको मार्गदर्शन अत्यन्त आवश्यक छ। समयको महापुरूषको सान्निध्य आवश्यक छ ।
सही गुरुको मार्गदर्शनले मानिसलाई ज्ञानको मार्गमा डोर्याउँछ। आज संसारभर(११३ देश) का करोडौँ मानवहरूलाई आत्मज्ञानको विधि र प्रक्रियाको शिक्षा दिईरहनु भएका श्रीप्रेम रावत तपाईं हाम्रा लागि पनि समयको मार्गदर्शक हुन सक्नुहुन्छ । वहाँसंग आत्मज्ञान दानको लागि याचना गर्न सकिन्छ ।
भागवत गीता, उपनिषद र योगसुत्र जस्ता ग्रन्थहरूले आत्मज्ञानको महत्व स्पष्ट गर्छन्। यी ग्रन्थहरूको अध्ययनले बुझाइमा निखार ल्याउँछ ।
आत्मज्ञानका बिधिहरू प्राप्त गरिसकेपछि यसको साधना द्वारा आफ्नो मनलाई शान्त राखेर परमात्मालाई महसुस गर्ने प्रयास गर्नुपर्छ। निरन्तरको अभ्यासले यो संभव हुन्छ ।
६. मानिसबाट मानव बन्ने यात्रा
मानिस अरू प्राणी सरह एक जीवित प्राणी हो। तर मानव बन्नका लागि उसले आफ्नो सोच, व्यवहार, र कर्तव्यमा सुधार गर्नुपर्छ। आफ्नो व्यक्तिगत फाइदाभन्दा अरूको हितलाई महत्त्व दिन सक्नुपर्छ । प्रकृति र पशुप्रति करुणा भावको बिकास गर्नुपर्छ ।
धर्मको सही अर्थ बुझेर धर्मलाई परम्पराको नाममा सीमित नगरी यसको साँचो मर्मको अभ्यास गर्नुपर्छ।
७. धार्मिकता र मानवता: दुई पक्षको सन्तुलन
धार्मिकता र मानवता एक अर्काको पूरक हुन्।
धार्मिकता बाहिरी स्वरूपमा होइन, आन्तरिक सत्यमा आधारित हुनु पर्छ। मानवता मानिसको व्यवहारमा देखिनुपर्छ। जब यी दुवै पक्ष सन्तुलित हुन्छन्, तब मात्र मानिस परमात्माको सही खोजमा सफल हुन्छ। आत्मज्ञानको माध्यमबाट मानव धर्मको खोज गर्नुपर्छ । जहाँ शान्ति छ, आनन्द छ, मोक्ष र मुक्ति पनि छ ।
भगवान बाहिरी संसारमा छैनन्। उनी हरेक मानिसको आत्मामा छन्, हृदयमा छन्। आत्मज्ञान प्राप्त गरेर मात्र मानिस आफ्नो साँचो उद्देश्य पूरा गर्न सक्छ।
हामी सबैले परमात्माको सही खोज गर्नुपर्छ। बाहिरको मन्दिरभन्दा पहिले, आफ्नो आत्मा र मानवतामा भगवानको अनुभूति गर्नुपर्छ। यसरी नै शान्ति, आनन्द, र मोक्ष प्राप्त गर्न सकिन्छ।
जय होस् मानवताको! जय होस् आत्मज्ञानको!
१८ असोज २०८१ l बर्दिया l हिन्दु धर्ममा महान पर्बका रुपमा मनाइने चाड दशै नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनाहरुको नियन्त्रणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्ने र चाडपर्वको बेला राज्यप्रशासन चनाखो भै आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध गर्दै नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले संयोजक रमिता थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मा लाई ध्यानाकर्षणपत्र बुझाएको छ। यातायात क्षेत्रमा यात्रु ठगिने,कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने अवस्था तथा जुवातास लगायतका घटना रोक्नु पर्ने माग गर्दै ५ बुदे ध्यानाकर्षणपत्र बुझायको हो l ध्यानाकर्षणपत्रको पूर्णपाठ पढनुहोस :
श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय बर्दिया ।
तपशील
१) यातायात क्षेत्रमा कडाई पूर्वक निगरानी सहित यात्रु ठगिने, दुर्घटना बढ्ने अवस्थाको अन्त्य गरियोस् ।
४) लागू औषधको कारोवार र प्रयोग तथा सीमा नाकामा हुने अवैध कारोचार, तस्करी, जुवातास लगायतका घटना रोक्न विशेष अभियान सञ्चालन गरियोस् ।
२० कार्तिक २०८०,भैरहवा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्यण गरेका छन् । उक्त रकम आफुले पाउने ६ महिनाको सेवा सुविधा बाट प्रदान गर्ने निर्यण गरेका हुन् ।
मेयर खाँले उक्त घटनाबाट पिडित र क्षति प्रती दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुलाई पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भने हेतुले सहयोग गरेको बताउनु भयो ।
नगर प्रमुख इश्तियाक अहमद खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ भन्ने उधेश्यले सहयोग गर्नलागेको बतायका छन ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले दियको जानकारी अनुसार नगर प्रमुख इश्तियाक अहमद खाँले सहयोग गरेको रकम नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने या दुवै जिल्लाको विपद् व्यवस्थापन कोष मा जम्मा गरिदिने छन ।
२० चैत्र २०८०, बर्दिया | बारबर्दिया नगरपालिकामा आज ६७ औ राष्ट्रिय सहकारी दिवश विभिन्न नारा लेखियको कार्ड सहित र्याली गर्दै विबिध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। करिब ४०० जनाको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको उद्घाटन ७ वटा मैन बत्ती बालेर कार्यक्रमका प्रमुख अतिथी बारबर्दिया नगर प्रमुख छविला थारुले गरेका थिय ।

कार्यक्रमको अध्यक्षता आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले गरेका थिय भने बिशेष अतिथिमा उप प्रमुख रत्ना कुमारी पाण्डे र बिशिष्ठ अतिथिमा प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपानेले आशनग्रहण गरेका थिय । अतिथिहरुमा क्रमश : बारबर्दिया नगर सहकारी संजाल संयोजक दत्त प्रसाद अधिकारी , नगर प्रबक्ता वडा नम्मर ४ का वडा अदक्ष सिताराम योगी लगायतका व्यक्तिहरु थिय।

सुभकामना मन्तब्य दिने क्रममा प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले सम्पूर्ण सहकारीहरू विधिबाट चल्नु पर्छ र जनताको हित हुने काम र योजना निर्माण गर्न एक्लो सहकारीले नसकेमा अन्य सहकारीहरू मिलेर सहकार्य गर्नुपर्ने बतायका छन् । सहकारीको सदस्यहरुको ५० प्रतिशत उपस्थिति बिना कार्यक्रम गरि बजेट स्वीकृत गर्ननहुने र त्यस्तो कार्य गरेमा कहिँ कतै बाट उजुरी परेमा कानुनि कारबाही हुने जानकारी समेत गराएका छन्।आफ्नो स्वार्थको निम्ति सहकारीको नीति नियम र कानुनको पालना नगर्ने यौटा कुनै अमुक सहकारीको स्वार्थका कारण बर्दिया जिल्ला बन्धक बनेको समेत बताए । मन्तव्यका क्रममा सहकारीहरूले सहकारी भित्र मात्र लगानी गर्नुपर्ने र आफ्नो सहकारीको सदस्य भित्र लगानी नगर्दा सहकारीलाई जोखिम हुने बताउदै सहकारीहरुको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो स्वागत मन्तब्य अन्त्य गरेका थिय ।

बिशिष्ट अतिथि रत्ना पाण्डेले सहकारीहरू चुस्त दुरुस्त राख्न निर्देशन दिदै बचतकर्ताले बचत गरेको रकम आफुहरुले नपाएको गुनासो र उजुरी परेको बताईन । अनुगमनमा जादा सहकारीको कार्यालय बन्द हुने कहिल्यै नखुल्ने र संचालक तथा कर्मचारी कोहि पनि कहिल्यै नभेटिने समस्या रहेको गुनासो पोखिन। नगरपालिकाको न्यायपालिकामा बचतकर्ताले बचत गरेको रकम नपाएको उजुरी परेको र बचतकर्ताले बचत गरेको रकम फिर्ता दिनु भनि निर्देशन दिदा र बारम्बार पत्र काट्दा पनि बेवास्ता गरिरहेको हुदा अब त्यस्ता सहकारिहरुलाई कानुनी दायरामा ल्याइने जानकारी गराइन ।

बिशिष्ट अतिथि रत्ना पाण्डे पश्चात प्रमुख अतिथि छबिलाल थारुले सुभकामना मन्तब्य दिएका थिय । सुभकामना मन्तव्यको क्रममा सहकारीहरूले सदस्यहरुलाई वित्तीय साक्षारता दिन नसके सहकारी पछाडी पर्ने हुदा सहकारीहरूले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षारता गराउनुपर्ने धारणा ब्यक्त गरेकाछन । सहकारीहरूले आआफ्नो उदेश्य अनुसार कार्य गर्नुपर्ने बताउदै कृषी सहकारीहरूले रिण दिने ब्याज उठाउने र लगानी गर्ने मात्र नभई आफ्ना कृषक हरुलाई उचित समयमा मल बिउ बिजन तथा औसधि समेत समयमै उपलब्ध गराउनुपर्ने बताए । नगरपालिकाले सहकारीलाइ सक्षम र सबल गराउन हातेमालो गर्न तयार रहेको बताउदै सहकारीका पदाधिकारीहरु आफ्नो स्वार्थलाई छोडेर एकीकरण प्रक्रियामा जानुजरुरी भयको स्पस्ट पारेकाछन ।

अथितिहरुको सुभकामना मन्तब्य पश्चात सहकारी संस्था हरु बीच हाजिरी जवाफ प्रतियोगिता संचालन भयको थियो। प्रतियोगितामा सहकारीकै बिषयबस्तुलाइ लियर प्रश्न तयार परिएको थियो। उक्त प्रतियोगितामा ९ वटा सहकारी समूह प्रतिस्प्रधामा उत्रियका थिय जस मध्ये प्रथम ,द्वितीय र तृतीय क्रमश: सैदान बचत तथा ऋण सहकारी संस्था , बुढान साना किसान कृषि सहकारी संस्था र भाग्यशाली महिला बिकाश बहुउदेश्य सहकारी भयका छन्।

सहकारी बाट ऋण लियर उत्कृस्ट व्यवसाय संचालन गर्न सफल बारबर्दिया वडा नम्मर ४ पदनाहाका कृषक राम मिलन थारु उत्कृस्ट व्यवसायीको रुपमा सम्मानित भयका थिय।
कार्यक्रमको अध्यक्ष आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले कार्यक्रमको समापन गरेको घोसणा पश्चात कार्यक्रम सकियको थियो ।

९ जेष्ठ २०८२ – रिपोर्टिंग नेपाल
सरकारले उपभोग्य वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा ल्याएसँगै निजी क्षेत्रका व्यवसायीहरूले यसप्रति असहजता जनाएका छन्। विशेषगरी, विदेशी वस्तुहरूको हकमा तत्काल एमआरपी लागू गर्न सम्भव नभएको भन्दै निजी क्षेत्रका नेतृत्वदायी निकायहरूले सम्बन्धित मन्त्रालयमा दबाब दिन थालेका छन्।
व्यवसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरूले मन्त्रीसँग भेट गरी विदेशी वस्तुहरूमा एमआरपी अनिवार्य नगर्न आग्रह गरेका छन्। उनीहरूको तर्क छ – यस्तो निर्णयले व्यवसायमा व्यावहारिक कठिनाइ निम्त्याउनेछ।
सरकार भने उपभोक्ताको हितका लागि निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने पक्षमा देखिएको छ। उपभोक्ता संरक्षण ऐनअनुसार स्वदेशी तथा आयातित वस्तुहरूमा स्पष्ट विवरणसहित एमआरपीको लेबल अनिवार्य गरिने उल्लेख छ। यसमा वस्तु उत्पादकको विवरण, उत्पादन मिति, उपभोग्य म्याद, कर विवरण, साइड इफेक्टसम्बन्धी चेतावनी र अन्य आवश्यक जानकारी समावेश हुनुपर्नेछ।
विद्युतीय, यान्त्रिक तथा अन्य संवेदनशील सामग्रीमा पनि ग्यारेन्टी/वारेन्टीको अवधि, सम्भावित जोखिम, चेतनामूलक सन्देश वा चिह्न अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ।
उपभोक्ता संरक्षण विभागले ऐनको पालना गराउन बजार अनुगमनलाई तीव्र बनाएको छ। खुद्रा पसलदेखि ठूला सपिङ मलहरूसम्म निरीक्षण गर्दै आवश्यक कारबाही गरिरहेको विभागले बताएको छ। विभागका अनुसार केही व्यवसायीले एमआरपी उल्लंघन गरेबापत जरिबाना तिर्नुपरेको छ भने कति व्यवसायीलाई सुधारका लागि निर्देशन दिइएको छ।
व्यवसायीहरू भने चरणबद्ध रूपमा एमआरपी लागू गर्ने प्रस्ताव अघि सार्दै छन्। उनीहरूको सुझाव अनुसार अत्यावश्यक वस्तुहरूमा एमआरपी तत्काल लागू गरी अन्य वस्तुमा क्रमशः विस्तार गरिनुपर्ने देखिन्छ।
विभागले व्यवसायीहरूको सुझावलाई ध्यानमा राखेर केही समयका लागि लचकता देखाए तापनि ऐनको कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारिएको छ। उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न बजार प्रणाली पारदर्शी र स्वच्छ बनाउनु सरकारको प्राथमिकता रहेको विभागको भनाइ छ।
२१ चैत्र २०८१, सुर्खेत | देवेन्द्र रावल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णाली प्रदेशको अध्यक्षमा चयन भएका छन् । चैत्र २० गतेका दिन कर्णाली प्रदेश सुर्खेतमा भयको भेलाबाट अध्यक्षमा चुनिएका देवेन्द्र रावल मार्शलार्टका पूर्व खेलाडी समेत हुन् । देवेन्द्र रावलले मार्शलार्ट बाकेका मार्शलार्ट गुरु जनक बिक सित प्रशिक्षण लियका थिय ।
कर्णाली प्रदेश खेलकुद बिकाश परिषद्का बोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतिथ्यता र नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष तथा कर्णाली प्रदेश प्रतिनिधी लाल बहादुर जि.सी.को अध्यक्षतामा कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समिति गठन भयको हो ।
१५ सदस्य रहेको उक्त कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समितिको उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल र हिमाल जि.सी. चयन भयकाछन् भने महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे त्यसैगरी सदस्यहरुमा बिजय बहादुर बि.क., जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।

कर्णाली प्रदेश मार्शल आर्ट गेम्सका अध्यक्ष देवेन्द्र रावलले राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ मार्शलार्टको छाता संगठन भयको हुदा यस महासंघमा जोडीएका अफिशिअल तथा नन अफिशिअल जुनसुकै मार्शलआर्टहरु को हक हित र अधिकारको निम्ति यस महासंघले काम गर्ने जानकारी गराउदै अबको १ महिना भित्र कर्णाली प्रदेशको १० वटा जिल्लामा संघलाई बिस्तार गरि छिटै मार्शलार्ट गेमको आयोजना गर्ने जानकारी गराएका छन् ।
बर्दिया ३१ भाद्र २०८०
सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा हिजो ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा विशिष्ट अतिथिको रुपमा ठाकुरबाबा नगरपालिका बर्दियाको उपप्रमुख श्री विना कुमारी भट्टराई रहनु भएको थियो। साथै लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष, ठाकुरबाबा नगरपालिका वडा नं १ का वडाध्यक्ष, मालिका साकोस बकुवाका अध्यक्ष, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज, NTNC बर्दियाका प्रमुख लगायतको आतिथ्यतामा सम्पन्न भएको छैटौ वार्षिक साधारणसभामा संस्थाका सन्चालक समिती, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, ऋण उपसमिति, शिक्षा उपसमिती, महिला सशक्तिकरण उपसमिति, सेवाकेन्द्रगत रूपमा सम्पन्न भएको साधारण सभाबाट प्रतिनिधीको रूपमा आउनुभएका सदस्यहरु, सिको साकोसका विभिन्न जीविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरु एंव व्यवस्थापनका कर्मचारीहरु लगाएतको उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो।

साधारण सभामा बोल्दै अधिकांश अतिथिहरुले सिको अहिलेको अवस्थामा आइपुग्न र सफलता हासिल गर्नका लागि यसको नेतृत्वकर्ता, संस्थाका शेयर सदस्यहरु तथा व्यवस्थापन टीमको तालमेल तथा सक्रियता एकदमै राम्रो रहनु हो साथै अबको जिम्मेवारी भनेको यसको उचाईलाई बचाई राखेर अझैं बढि सफलता प्राप्ति सँगै नविनतम प्रविधिको साथमा स्थानीय स्तरमा सदस्यका जीवनस्तर उकास्ने किसिमका थुप्रै कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने सुझाव पनि राख्नुभएको छ। पछिल्लो समयमा देशका विभिन्न स्थानमा सहकारीप्रति आइरहेको वितृष्णालाई चिर्दै सकारात्मक र सफलतापूर्वक समयमै आफ्नो साधारण सभा सम्पन्न गर्न सफल हुनु पनि सिको साकोसको सबल पक्ष रहेकाे कुरा विशिष्ट तथा प्रमुख अतिथिहरुले राख्नुभएको थियो। छैटौँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आ.व. २०७९/०८० मा भएको कारोबारको आधारमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने सदस्यहरु र जिविकोपार्जन क्लबको घोषणा साथै क्लबहरुलाई सम्मान पनि गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा सिको साकोसमा क्यासिएर पदमा कार्यरत कर्मचारी श्री कमला कुमारी ठकुल्ला तथा उत्कृष्ट सेवाकेन्द्रकाे रुपमा मौसमी सेवाकेन्द्र मानपुर टपरा लाई घोषित गर्दै सम्मान समेत गरिएको छ। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्री दामोदर अधिकारी ज्यूले उपस्थित प्रमुख अतिथी, विशिष्ट अतिथी, सम्पूर्ण अतिथिहरु, सन्चालक, लेखा, विभिन्न उपसमितिहरु, शेयर सदस्यहरू, व्यवस्थापन टिम लगायत सम्पूर्णमा हार्दिक कृतज्ञताको साथमा धन्यवाद प्रकट गर्दै यस संस्थालाई आगामी दिनहरूमा अझैं प्रगति गराउँदै सफलताकाे शिखरमा पुर्याउनका लागि सम्पूर्ण पक्ष तथा सरोकारवाला निकायबाट सकारात्मक सहयोगको अपेक्षा राख्नुभएको थियो।
स्रोत : खोज नेपाल न्युज