Home RN TV रिपोर्टिंङ न्युज बर्दिया प्रशासनलाई ८६ इन्चको स्मार्ट बोर्ड हस्तान्तरण

बर्दिया प्रशासनलाई ८६ इन्चको स्मार्ट बोर्ड हस्तान्तरण

बिज्ञापन-ATCustom Text

बर्दिया, २५ भदौ  २०८३  — जलवायुजन्य विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियालाई ८६ इन्चको स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।

बिज्ञापन-YM-ADCustom Text

प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)द्वारा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ अन्तर्गत उक्त स्मार्ट बोर्ड जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको हो।

स्मार्ट बोर्ड बि–ग्रुपका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारी, प्राक्टिकल एक्सन नेपालका वरिष्ठ अधिकृत चक्रबहादुर बम, समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक हेमन्तराज जोशी तथा परियोजनाका कर्मचारीहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई हस्तान्तरण गरिएको हो।

भिडियो हेर्नुहोस

जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने बाढी, डुबानलगायतका विपद्का जोखिमबारे समयमै सूचना प्राप्त गर्न तथा सम्बन्धित निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन स्मार्ट बोर्ड उपयोगी हुने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत उपलब्ध गराइएको उक्त प्रविधिले जिल्लामा विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा समुदायको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना हुने स्मार्ट बोर्डमार्फत विपद्सम्बन्धी सूचना तथा पूर्वसूचनालाई सहज र प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने बताइएको छ।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error: Content is protected !!