सुर्खेत | देवेन्द्र रावल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णाली प्रदेशको अध्यक्षमा चयन भएका छन् । चैत्र २० गतेका दिन कर्णाली प्रदेश सुर्खेतमा भयको भेलाबाट अध्यक्षमा चुनिएका देवेन्द्र रावल मार्शलार्टका पूर्व खेलाडी समेत हुन् । देवेन्द्र रावलले मार्शलार्ट बाकेका मार्शलार्ट गुरु जनक बिक सित प्रशिक्षण लियका थिय ।

कर्णाली प्रदेश खेलकुद बिकाश परिषद्का बोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतिथ्यता र नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष तथा कर्णाली प्रदेश प्रतिनिधी लाल बहादुर जि.सी.को अध्यक्षतामा कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समिति गठन भयको हो ।

१५ सदस्य रहेको उक्त कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समितिको उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल र हिमाल जि.सी. चयन भयकाछन् भने महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे त्यसैगरी सदस्यहरुमा बिजय बहादुर बि.क., जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।

devendtra 4k 4

कर्णाली प्रदेश मार्शल आर्ट गेम्सका अध्यक्ष देवेन्द्र रावलले राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ मार्शलार्टको छाता संगठन भयको हुदा यस महासंघमा जोडीएका अफिशिअल तथा नन अफिशिअल जुनसुकै मार्शलआर्टहरु को हक हित र अधिकारको निम्ति यस महासंघले काम गर्ने जानकारी गराउदै अबको १ महिना भित्र कर्णाली प्रदेशको १० वटा जिल्लामा संघलाई बिस्तार गरि छिटै मार्शलार्ट गेमको आयोजना गर्ने जानकारी गराएका छन् ।

बिज्ञापन

Custom Text
Custom Text Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here