बारबर्दियामा एक महिलालाई जबरजस्तीको प्रयास

३ चैत्र २०८०, बर्दिया | हिजो मिति २०८० चैत्र २ गते राति करिब २ बजे बारबर्दिया नगरपालिका वडा नम्मर ८ मा नजिकैको बिहेमा भान्से बन्न गएकी महिला घर फर्किएर घर ढोका खोल्ने क्रममा एक युवकले पछाडी बाट लुकेर आइ एक महिलालाइ जबर्जस्ति हातपात गरेको आरोपमा जयनगर इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पिडित महिलाको बयानको आधारमा आरोपित लाइ भोलिपल्ट करिब ११ बजे प्रहरीले घरमा गइ उक्त व्यक्तिलाइ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जयनगरले अनुसन्धानको लागि भन्दै आज ३ गते सम्म आरोपित लाइ जयनगरमै राखेको छ। जयनगर प्रहरीले लिखित रुपमा जाहेरी दिया पश्चात मात्र बानियाभार इलाका प्रहरीमा चलान गर्ने जानकारी पीडितले गरायका छन्। बारबर्दिया नगरपालिकाको वडा ८ मा यस्तो प्रकारको घटना बिगत केहि वर्ष देखि बढदो देखिन्छ यस साल मात्र बलत्कार र प्रयासको घटना ३ वटा जति घटना घटेर प्रहरीमा उजुरी परेको स्थानीयहरूको भनाइ छ।

पीडितका अनुसार घटनाको जानकारी
पिडित नजिकै गोतियारको घरमा बिबाह कार्यक्रम भयको र त्यस बिबाहमा भान्सेको रुपमा सहयोग गर्न गयकी थिए । बिबाहको सम्पूर्ण कार्यक्रम सकेर राति घर फर्केर घरमा ढोका खोल्ने क्रममा त्यो मान्छे कता लुकेर बसेको थियो थाहा भयन एक्कासि पछाडी बाट मलाइ समातेर लछार पछार गरि जबर्जस्ति करनी गर्न लागेको थियो। म उ बाट फुत्केर खेत खेतै बिबाह भएकै घरतिर भाग्न लागेकी थिय फेरी बाटो पुग्नई लाग्दा मलाइ समातेर पल्टायर ममाथि चढ्यो म बचाउ बचाउ भन्दै चिल्लाय। उसले चिल्लाउछेस मारिदिन्छु भन्दै मुख र घाटी बुझ्यो। मैले जबर्जस्ति मेरो मुखबाट उसको हात फुत्कायर चिल्लाय। मेरो आवाज सुनेर नजिकैका छिमेकी र गोतियार आयपछी उक्त ब्यक्ती भागेको थियो। मेरो घरमा म एक्लै छु मेरो श्रीमान कमाउन जानुभयको छ र मेरो छोरा नेपालगन्जमा कोरियन भासा सिक्न उतै बस्छ। मलाइ घरमा बस्न पनि असुरक्षित भए । म भाग्न नसकेको भय शायद मलाइ बलात्कार गरि मरिदिन्थ्यो होला।


गाउका केहि भद्र भलादमी बसेर माफी मगायर केहि पैसा लियर मिल भन्दै थिय हामीले पैसाले मेरो इज्जत आउछ भनेर नमिल्ने दोषीलाई कारबाही हुनु पर्छ भनेपछि भद्र भलादमी गाउ समाजलेनै तपाइहरु नामिल्ने भए यस बिसयमा हामीले कसैलाई दबाब दिन र बोल्न मिल्दैन भन्दै आफ्नो घरतिर जानुभयो। मेरो छोराले प्रहरीको नम्मर पत्ता लगाई प्रहरीमा खबर गरेपछि प्रहरी आयर मलाइ सोध पुछ गरि त्यस व्यक्तिलाई पक्राउ गरेर लग्यो।


म गरिब छु म सित वकिललाई पैसा दियर उजुरी लेखाउने पैसा पनि छैन तर प्रहरीले हिजो मेरो छोरालाई बोलायर वकिल सित गयर जाहेरी लेखाइ ल्याउनुस भन्नु भयको थियो पैसा लाग्ने होला भन्ने सोचेर मैले वकिललाई जाहेरी लेखाएको छैन । जाहेरी लेखाउन पैसा लाग्ने भय मसित पैसा पनि छैन , वकिललाई पैसा लाग्ने होकी होइन तेस बारे मलाइ जानकारी पनि भयन। आज इलाका प्रहरी जयनगरमा जाहेरी दिन बोलाउनु भयको छ ।

बिज्ञापन-YM-ADCustom Text

लघुवित्त पीडितहरू संगठित हुँदै संघर्ष समिति गठन, आन्दोलनको तयारी तीव्र

१० चैत्र २०८१ , बारबर्दिया – लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति नेपालको केन्द्रीय समितिले ले चैत्र ५ गते देखि काठमाण्डौ केन्द्रित आन्दोलन घोषणा गरे संगै स्थानिय स्तरमा समेत देशभर लघुवित्त तथा वित्तीय शोषणका विरुद्ध संघर्ष गर्दै आएका पीडितहरूले आफ्ना कार्यक्रम तिब्र पारेका छन् l यसै क्रममा लघुवित्त तथा वित्तीय शोषणका विरुद्ध संघर्ष गर्दै आएका  लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समिति बारबर्दियाले पनि आन्दोलनको तयारि र सक्रियता बढाउन संघर्ष समितिको पुनर्गठन गरेको छ ।

भिडियो हेर्नुहोस :

 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका अनुसार, पछिल्लो समय लघुवित्त संस्थाहरूले अत्यधिक चर्को ब्याजदर असुली, ऋणीहरूमाथि सामाजिक तथा मानसिक दबाब सिर्जना गर्ने जस्ता अन्यायपूर्ण गतिविधिहरू गरिरहेको आरोप सहित पीडितहरूले यस्तो शोषण अन्त्य गर्दै लघुवित्त संस्थाहरूमार्फत लिइएका ऋणमाथि ब्याज मिनाहा गर्नुपर्ने, उत्पीडनको अन्त्य हुनुपर्ने, सरकारी अनुदान प्राप्त लघुवित्त संस्थाहरूलाई खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

प्रमुख मागहरू:

  • लघुवित्त संस्थाहरू खारेज गरी वैकल्पिक वित्तीय व्यवस्था गर्नुपर्ने।
  • लघुवित्त पीडितहरूको ऋणमा शतप्रतिशत ब्याज मिनाहा गरी तिर्न सक्ने अवस्था बनाइदिनुपर्ने।
  • आर्थिक शोषणविरुद्ध कानुनी सुधार गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने।
  • ऋणीहरूमाथि हुने सामाजिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने।
  • सरकारी अनुदान प्राप्त लघुवित्त संस्थाहरूको कर्जा वितरण प्रक्रियामा पारदर्शिता ल्याइनुपर्ने।
  • लघुवित्त पीडितहरूको पुनर्स्थापनाका लागि सरकारबाट उचित राहत कार्यक्रम ल्याइनुपर्ने।
  • वित्तीय शोषणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने।

यसै क्रममा संघर्ष समितिले आगामी दिनहरूमा थप दबाबमूलक कार्यक्रम ल्याउने बताएको छ। संघर्ष समितिको गठन पश्चात संघर्ष समितिका बारबर्दिया इन्चार्ज  बिनोद न्यौपानेका  अनुसार, बारबर्दिया नगरपालिका स्तरिय संघर्ष समितिले पनि काठमाण्डौ केन्द्रित आन्दोलनलाई सफल बनाउने भन्दै नगरको आफ्नो कार्यक्रमलाइ तिब्र पारिरहेको  संघर्ष समितिका नगर इन्चार्ज बिनोद न्यौपानेले जानकारी दिदै यदि मागहरू पूरा नभए सशक्त संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी समेत दिएकाछन् ।

 

बिज्ञापन-YM-ADCustom Text

थारु संस्कृतिको सुगन्ध फेरि बर्दियाको आकाशमा फैलिदै : दुईदिने सांस्कृतिक महोत्सव

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

बर्दिया, बैशाख १२ – थारु समुदायको समृद्ध सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाली थारु कलाकार मञ्च बर्दियाले विशेष नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोग र बारबर्दिया नगरपालिका वडा नं. ४ तथा गुलरिया नगरपालिका वडा नं. ५ को समन्वयमा हुन लागेको उक्त कार्यक्रम दुई स्थानमा सम्पन्न हुनेछ। पहिलो कार्यक्रम बैशाख १४ गते बारबर्दिया न.पा. वडा नं. ४, घोरपिट्टा गाउँमा र दोस्रो कार्यक्रम बैशाख १५ गते गुलरिया न.पा. वडा नं. ५, सुहेल्वा गाउँमा आयोजना हुनेछ।

बर्दिया जिल्लामा थारु समुदायको  बाहुल्य रहेको छ। यद्यपि, आधुनिकताको प्रभाव र नयाँ पुस्ताको चासो कमीका कारण थारु समुदायका मौलिक चालचलन, नाचगान, गीत तथा खानपान बिस्तारै लोप हुँदै गएको छ। यही अवस्थालाई परिवर्तन गर्दै थारु संस्कृतिलाई जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

यस कार्यक्रमले आदिबासी जनजाती समुदायमा रहेका पौराणिक लोककलाको संरक्षण गर्दै तिनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। बर्दियाली कलाकारहरूको मनोबल अभिवृद्धि र सिर्जनात्मक हौसला प्रदान गर्नु कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य हो। थारु समुदायको मौलिक कला, गीत–संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरणमा टेवा पुर्‍याउने प्रयास हुनेछ। साथै, नाटकजस्ता सशक्त माध्यममार्फत पौराणिक लोककलाको प्रस्तुति दिइनेछ। कार्यक्रमले स्थानीय रैथाने खानपानको व्यवसायिकरणलाई समेत प्रवर्द्धन गर्नेछ। यसका साथै, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक स्थलहरूको प्रचार–प्रसार गरी जिल्लालाई पर्यटनका लागि थप आकर्षक बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमले थारु समुदायका पौराणिक लोककलाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ, जसले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व र चेतना विकास गराउन मद्दत गर्नेछ। साथै, बर्दियाली कलाकारहरूको आत्मबल र सिर्जनात्मकता अभिवृद्धि हुनेछ, जसले उनीहरूलाई भविष्यमा अझ सशक्त बनाउनेछ। मौलिक नाटकीय प्रस्तुतिहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै थारु सांस्कृतिक सम्पदाको गहिरो अनुभूति गराउनेछ। कार्यक्रममार्फत बर्दिया जिल्लाको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार–प्रसार भई जिल्लालाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकको भनाइ अनुसार, “थारु संस्कृतिको संरक्षण र आगामी पुस्तामा यसको हस्तान्तरण अनिवार्य छ। यस किसिमका कार्यक्रमले थारु समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गराउने विश्वास लिएका छौँ”

कार्यक्रममा स्थानिय कलाकारहरूको जीवन्त प्रस्तुति, मौलिक नाचगान तथा थारु परिकारहरुको विशेष प्रदर्शनी समेत रहने बताइएको छ।
सांस्कृतिक विविधताले सम्पन्न बर्दिया जिल्लाका बासिन्दाका लागि यो कार्यक्रम विशेष चासो र आकर्षणको विषय बनेको छ।

बिज्ञापन-YM-ADCustom Text

मन्दिरका भगवान

गोपीलाल कँडेल Avatar

२० असोज २०८१ l बर्दिया l गोपीलाल कँडेल

यो कथा मैले रचना गरेको होईन तर कतै पढेको कथालाई यहाँ उतार्ने प्रयास गरेको छु । कथा मार्मिक छ र सन्देशमुलक पनि छ। ध्यान दिएर पढिदिनुहोला ।

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? “

बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”

आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

फेरि जब उनीहरू आमाछोरा केही अगाडि बढे तव सिंगमरमरका दुईवटा हात्ती देखिए । हात्ती देखेर डराउँदै बच्चा फेरि रुन लाग्यो ।

आमाले सोध्छिन् –”अब फेरि किन रोएको ? “बच्चाले उत्तर दियो –”मैले दुइवटा हात्ती देखेँ, यिनीहरू धेरै ठूला छन्, मलाई कुल्चिएर मारिदिनेछन्” आमाले छोरालाई संझाउदै भनिन् –”हैन बाबु तिमी चिन्ता नगर, यिनीहरूले केही गर्दैनन्, यी पनि त पत्थरकै हुन्, यिनीहरूले तिमीलाई के गर्न सक्छन् र ? “

फेरि केही अगाडि पुग्दा मन्दिरको ढोकामा पत्थरले बनेका दुईवटा ठूला ठूला भयानक द्वारपाल हातमा भाला लिएर खडा थिए । सबैकुरा पत्थरकै थिए । बच्चाले यो सबै देखेर धेरै डरायो अनि रुन लाग्यो । फेरि आमाले सोधिन् –”अब फेरि किन रोएको ?”

बच्चाले रुँदै भन्यो –”उता हेर्नुस् त आमा ! दुईवटा देवदूत उभिइरहेका छन् । लामालामा जुँगा पालेका छन्, पगडी बाँधेका छन्,यिनीहरूले हामीलाई मार्ने छन्।”

आमाले भनिन् –”हैन बाबु यिनीहरू पनि त पत्थरकै हुन् । यिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । यिनीहरूले केही पनि गर्न सक्दैनन् नडराऊ।”

दुवै जना मन्दिर भित्र गए । आमा चन्दन अक्षता, फूलफल दुध आदि पूजाका सामान मूर्तिमा चढाउदै थिइन । बच्चाले चुपचाप हेरिरहेको थियो । अनि यो सब देखेर बच्चाले आमासँग सोध्यो –”आमा यो तपाई के गरिरहनु भएको छ ?”

आमाले जवाफ दिइन् –”म भगवानको पूजा गर्दैछु, प्रसाद चढाउदै छु, फलफूल चढाउँदैछु, माला चढाउँदैछु, देखेनौ र ?”

अनि बच्चाले भन्यो –” देखिरहेको छु आमा ! आमा यिनी पनि त पत्थरकै हुन नि ! हैन र ? पूजापाठ गर्दैमा यिनले तपाईलाई के गर्लान र ? पत्थरबाट बनेका मुर्तीले केहि गर्न सक्दैनन् भन्नु भएको होईन ?”

बच्चाको जवाफ सुनेर आमा आश्चर्यचकित भइन् । ऊनलाई बच्चाको जवाफले गम्भीरतापूर्वक सोच्न बाध्य बनायो ।

यस कथाबारे मेरो निजी बिचार यस प्रकार रहेको छः-

मन्दिर आस्थाको केन्द्र हो । मन्दिरमा गएर पूजा आराधना गर्नाले ईश्वरीय भावको बिकास हुन्छ । ईश्वर प्रति प्रेम जागृत हुन्छ । ईश्वर खोजीको ईच्छा जागृत हुन्छ । मनमा एकप्रकारको शान्ति मिल्छ । तर के मन्दिरमा गएर मुर्तीमा चन्दन अछेता दुध फलफूल र रुपैया पैसा चढाउदैमा ईश्वर प्रशन्न हुन्छन् त ?  मन्दिरमा गएर हामी बरदान माग्छौँ । के मन्दिरमा मागेका सबै बरदानहरु पूरा भएका छन् त ?  मन्दिर नजाने र पूजा नगर्नेलाई के हुन्छ ? बडो गम्भीर प्रश्न हुन यी । म पूजापाठ र आराधनाको बिरोधी होईन तर वास्तबिक पूजा हुनुपर्ने मन्दिरमा गएर पूजा गर्न हामी चुक्यौँ कि ! हाम्रो हृदय मन्दिरमा जीवन्त परमेश्वर हुनुहुन्छ, पत्थरको मुर्ती होईन। के हामीले आफू भित्र बिराजमान परमेश्वरको पूजा गरेका छौँ ?  त्यो मन्दिरमा कहिल्यै शिर निहुराएका छौँ ?  मेरो सल्लाह के छ भने बाहिरको मन्दिरमा त जानुस् पुजा आराधना गर्नुस् त्यसमा कुनै आपत्ति छैन तर जहाँ जीवन्त परमेश्वर बस्नुभएको छ त्यहाँ पनि जानुस् । त्यो मन्दिर तपाई भित्रै छ, तपाईको हृदयमा छ। हृदय निवासी भगवानलाई चन्दन अछेता फलफूल भेटी केहि चाहिँदैन, केवल तपाईको प्रेम र भाव चाहिन्छ। भगवान भावको भोको हुनुहुन्छ, अरु कुराको होईन। भगवान श्रीकृष्णको उपदेश अनुसार समयको महापुरुषबाट आत्मज्ञान प्राप्त गरेर त्यसको अभ्यासबाट हृदयनिवासी परमात्मालाई भेट्न अनुभव गर्न सकिन्छ। यसको लागि सहयोग चाहिएका आउनुहोस्- हामी सहजीकरण गर्न तयार छौँ ।

बिज्ञापन-YM-ADCustom Text

सन्तानको चाहनामा प्रविधिको सहारा : IVF उपचारमा बढ्दो निर्भरता

काठमाडौं, वैशाख २९, २०८२  – रिपोर्टिंग सम्बाददाता 
नेपालमा पछिल्ला केही वर्षयता IVF अर्थात् In Vitro Fertilization प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढ्दो छ। विगतमा सन्तान प्राप्तिको लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले काठमाडौं, पोखरा, बुटवल, विराटनगर लगायतका सहरहरूमा आधुनिक IVF क्लिनिकहरू विस्तार भएका छन्। यस प्रविधिबाट सयौँ निःसन्तान दम्पतीले सन्तान प्राप्ति सम्भव बनाएका छन्।

यस प्रविधिको प्रयोग विशेषगरी तब गरिन्छ जब दम्पतीले दीर्घकालीन प्रयासपछि पनि सन्तान प्राप्त गर्न सकिरहेका हुँदैनन्। महिलाको Fallopian tube बन्द भएको, वीर्यमा गम्भीर समस्या रहेको, Endometriosis जस्ता रोगहरू भएको वा अघिल्ला गर्भधारणहरू बारम्बार असफल भएका अवस्थाहरूमा IVF उपयुक्त मानिन्छ।

उपचारको क्रममा सुरुमा महिलालाई अण्डा उत्पादन बढाउने विशेष हर्मोन औषधि दिइन्छ। त्यसपछि Ultrasound को सहायताले अण्डाशयबाट अण्डा निकालिन्छ। अर्कोतर्फ, पुरुषबाट वीर्य सङ्कलन गरिन्छ र स्वस्थ शुक्राणुहरू छुट्याइन्छन्। यी अण्डा र शुक्राणुलाई प्रयोगशालामा निषेचित गरी भ्रूण विकास गराइन्छ। विकसित भ्रूणलाई केही दिन शरीरबाहिर राखेर मूल्याङ्कन गरिन्छ, र सबैभन्दा स्वस्थ भ्रूण महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ। यसरी सफल भएमा गर्भ रहन्छ।

काठमाडौंस्थित Healthline Fertility Center, Nepal Fertility Centre, Vatsalya IVF, Norvic IVF लगायतका क्लिनिकहरूले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। क्लिनिकहरूमा दैनिक १० देखि १५ जना निःसन्तान दम्पती परामर्शका लागि आउने गरेका छन्। एक प्रजनन विशेषज्ञका अनुसार, “पछिल्लो पाँच वर्षमा IVF उपचारको माग दोब्बर भएको छ। यस उपचारका निम्ति पहिले विदेश जानुपर्ने अवस्था थियो, तर हाल  नेपालकै विभिन्न शहरहरुमा  यो सेवा सहज रूपमा उपलब्ध छन्।”

नेपालमा सन्तान नहुने समस्याको समाधानका रूपमा IVF (In Vitro Fertilization) प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। राजधानी काठमाडौंदेखि विराटनगरसम्म फैलिएका प्रजनन उपचार केन्द्रहरूमा दैनिक सयौँ दम्पती IVF को परामर्शमा पुगिरहेका छन्। तर, यो प्रविधिको बढ्दो निर्भरता के दीर्घकालीन समाधान हो, वा नयाँ समस्या निम्त्याउने खतरा पनि बोकेको छ?

विशेषज्ञहरू भन्छन्, पछिल्लो समय बढ्दो तनाव, दम्पतीको ढिलो विवाह, प्रदूषण, जीवनशैलीका कारण निःसन्तानता वृद्धि भएको छ। यसैकारण IVF प्रविधिमा आकर्षण बढेको हो। तर, उपचारको लागत महँगो हुनु, प्रक्रिया तनावपूर्ण र कहिलेकाहीँ पुनः प्रयास गर्नुपर्ने अवस्था आउनुले यसमा निर्भरता बढ्नु स्वयंमा चिन्ताको विषय बन्न थालेको छ।

केही दम्पतीहरू बारम्बार IVF प्रयास गर्दा पनि सफल नहुने र मानसिक तथा आर्थिक दुवै दृष्टिले थकित हुने गरेका छन्। अर्कोतर्फ, कतिपय निजी केन्द्रहरूले अत्यधिक प्रचार गरेर मानिसहरूलाई उपचारका लागि आकर्षित गरिरहेको आरोप पनि लाग्न थालेको छ। नियमनको स्पष्ट मापदण्ड नहुँदा उपचारको गुणस्तर, पारदर्शिता र शुल्क निर्धारणमा समेत प्रश्न उठ्न थालेका छन्।

नेपालमा हालसम्म IVF प्रविधिलाई नियमित गर्ने कुनै स्पष्ट कानुनी ढाँचा छैन। यसले गर्दा भविष्यमा यो क्षेत्रमा नैतिक र कानुनी विवाद बढ्ने सम्भावना पनि विशेषज्ञहरूले औंल्याएका छन्।

यसबीचमा चिकित्सा वैज्ञानिकहरूले IVF लाई समाधानको रूपमा लिनुपर्ने भए पनि यसको प्रयोग सतर्क ढंगले र आवश्यक परामर्शपछि मात्र गर्नुपर्ने सुझाव दिएका छन्। नत्र यसप्रति बढ्दो निर्भरता समाजमा नयाँ समस्याहरू उत्पन्न गर्न सक्ने सम्भावना रहन्छ।

बिज्ञापन-YM-ADCustom Text

प्रतिनिधिसभा बैठक अवरुद्ध अन्त्य गर्न सत्तापक्ष–विपक्षबीच सहमति, बैठक सुचारु हुने

 ३० जेष्ठ २०८२, रिपोर्टिंग  नेपाल ,काठमाण्डौ – प्रतिनिधिसभाको अवरुद्ध बैठक पुनः सुचारु गर्न सत्तापक्ष र विपक्षी दलबीच सहमति जुटेको छ। आज शुक्रबार सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौला र विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बीच लिखित सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार, अध्यादेश र विभिन्न विषयमा संसदीय समितिमा छलफल गरिनुपर्ने माग सम्बोधन गर्न विशेष छानबिन आयोग गठन गर्नका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ। साथै, सरकारद्वारा अधिकार दुरुपयोगसम्बन्धी आयोगको प्रतिवेदन र अध्यादेशमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि ठोस पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमति भएसँगै १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि सुचारु हुने नेताहरूले बताएका छन्। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उक्त सहमतिमा हस्ताक्षर गरेको छैन।

बिज्ञापन-YM-ADCustom Text

जब मरुभूमि फुल्दछ

गोपीलाल कँडेल Avatar

१० मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

सहारा मरुभूमि एउटा चुनौतिपूर्ण क्षेत्र हो । यो सुख्खा ईलाका हो र धुलोले भरिएको छ । त्यहाँको भूमि बिरानो र रङ्गहीन छ । जब हावा बहन्छ त त्यसले बालुवा र माटोलाई पुरै सुकाइदिन्छ । निष्ठुरी सूर्यले धेरथोर जुन ओस थियो त्यसलाई पनि सुकाइदिन्छ जसले गर्दा जमीन कडा हुन्छ । मरुभूमि यस्तो ठाउँ हो जहाँ तपाई सोच्नुहुन्छ होला- यहाँ केहि पनि बाँच्दैन र जीवनको कुनै नामो निसान पनि छैन ।

तर, त्यस सतहको ठीक तल अनगिन्ती बीजहरु अङ्कुरित हुने एउटा मौकाको प्रतीक्षा गरिरहेका छन् । तिनले बर्षाको प्रतीक्षा गरिरहेका छन् । कहिले कहिले त दश बर्ष बित्दछ एक थोपा पानी बिना नै । बर्षाद हुने कुनै संभावना नै छैन । केही ग्यारेन्टी छैन- कहिले पानी पर्छ वा पर्दैन ।

यस्तो परिस्थितमा आशालाई जीवित राख्न र धैर्यसंग प्रतीक्षा गरिरहन सहज नहुन सक्छ, तर ती बिजले कहिल्यै पनि आशा त्याग्दैनन् । तिनिहरु सदैव तयारीको स्थितिमा प्रतीक्षा गर्दछन् ता कि जब पानी पर्छ,  तिनीहरु फक्रिनका निम्ति तैयार रहून् र अङ्कुरित हुन सकून ।

एक दिन बादल जम्मा हुन थाल्दछ र हावामा आर्द्रता बढ्न थाल्छ । टाढा कतै मेघ गर्जेको आवाजले बर्षा आउने संकेत दिन्छ । आर्द्रता बढ्ना साथ एउटा मीठो सुगन्ध फैलिन थाल्छ ।

फेरि आउँछ-  पहिलो थोपा,  दोस्रो, थोपा,  फेरि त्यस्रो  र एकदमै छिट्टै बर्षात् हुन थाल्छ । पानी धरती भित्र जान सुरु हुन्छ र ती बीज जो त्यति लामो समय देखि प्रतीक्षा गरिरहेका थिए, तिनमा जीवनको संचार हुन थाल्छ । उनिहरुसंग जति पनि शक्ति छ, ती पुरै शक्ति लगाएर अङ्कुरित हुन र बढ्न थाल्छन् ।

छिट्टै जब-जब फूल ठाउँ ठाउँमा फुल्न सुरु गर्छन्, सारा मरुभूमि चहकिलो रातो,  नीलो,  हरियो,  सुन्तला रङ्गले भरिन्छ । आफ्नो पुरै तयारी अवस्थामा आएको मरुभूमि जीवन र सुन्दरताले भरिएको दर्शनीय स्थल बन्न जान्छ ।

बीजले कहिल्यै पनि बहाना बनाउँदैन- किन उसले यस अवसरको लाभ उठाउन सकेन । उसले भन्दैन- ” मैले सोचेको थिएँ, पानी अर्को हप्ता पर्नेछ ।”

त्यो आफ्नो अवसरको प्रतीक्षामा हमेसा तयारीको अवस्थामा रहन्छ ।

हामीसंग पनि त्यस्तै बीज छ,  जसले धैर्यताका साथ उम्रिने अवसरको प्रतीक्षा गरिरहन्छ । सन्तुष्टिको बीऊ, स्पष्टताको बर्षालाई प्रतीक्षा गरिरहेको छ । तपाईंको प्रतीक्षा छ- तपाईं सन्तुष्ट हुने निर्णय लिनुहोस् । यदि तपाईं यो तय गरेर त्यसका लागि कार्य गर्न सक्नुभयो भने तपाईं भित्र त्यो सुषुप्त बीज आफ्नो बैभवका साथ प्रकट हुनेछ ।

(साभार- श्री प्रेम रावतज्यूको प्रवचन सन्देशबाट )

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियाको जयनगरमा २४ गते देखि राष्ट्रिय स्तरको धार्मिक महायज्ञ हुदै : महायज्ञ दर्शनमा पूर्व राजा ज्ञानेन्द्र शाह सहित स–परिवारको आगमन हुने

रिपोर्टिंग नेपाल सम्बाददाता , १९ , मंसिर, बर्दिया l

कृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा बर्दियाको बारबर्दिया नगरपालिका जयनगर , कोठारपुरमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा मंसिर २४ गतेदेखि राष्ट्रिय स्तरको धार्मिक सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु हुने भएको छ । मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद सापकोटाले श्री श्रीकृष्ण प्रणामी धर्म जागनी शताब्दी एवम् रजत जयन्ती ज्ञान महायज्ञ २०८१ को उपलक्ष्यमा श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिनु भएको हो ।

बर्दिया जिल्लामा हिन्दु सनातन श्रीकृष्ण प्रणामी धर्मको उदय भएको एक शताब्दी एवं कोठारपुरको श्रीकृष्ण मन्दिर स्थापना भएको २५ बर्ष पुरा भएको उपलक्ष्यमा हुन लागेको ७ दिने धार्मिक तथा  ऐतिहासिक महायज्ञमा धर्मप्रेमी सबै जनसमुदायलाई ऐतिहासिक धार्मिक कार्यक्रममा उपस्थितीका लागि आयोजक समितिले सादर निमन्त्रणा गरेको छ ।

आयोजक समितिका वाईजुराज इकाइ अध्यक्ष भिमादेवि चौधरीले २४ गते सोमबारबाट संचालन हुने धार्मिक तथा  ऐतिहासिक महायज्ञ कार्यक्रमा आउने पाहुनाहरुका लागि आवास तथा भोजनको तयारी पुरा भैसकेको जानकारी दिनु भएको छ । यज्ञमा ५० हजार श्रद्धालु भक्तहरुको सहभागीता रहने र ५ हजार भक्तालुहरुलाई दैनिक भोजनको व्यवस्था तथा २ हजार पाहुनालाई बसोबासका लागि आवासको व्यवस्था समेत गरिएको यस कार्यक्रममा राष्ट्रिय स्तरको धार्मिक महायज्ञको दर्शनका लागि मंसिर २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स–परिवारको आगमन हुने मुल आयोजक समारोह समितिका निर्देशक श्याम के.सीले पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराउनु भएको छ ।

महायज्ञमा श्री ५ नवतनपुरीधाम, मंगलपुरीधाम, पदमावती धामका श्रीकृष्ण प्रणामी धर्माचार्य श्री विभूषित जगदगुरुहरुको शुभ आशीर्वचन र विभिन्न धर्मपिठबाट आमन्त्रित श्री १०८ महाराजजी एवम् गादीपतिज्यूहरुद्वारा धार्मिक प्रवचनको कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ । आध्यात्मिक केन्द्रीय प्रवक्ता पं. श्री कृष्णप्रसाद सापकोटाद्वारा श्रीमत्तारतम सागर ब्रह्मवाणी ज्ञान चर्चा एवम् भारत विन्द्रावनका स्वामी श्री मदनमोहन अलङ्गकारजीका मुखारविन्दबाट संङ्गीतमय श्रीमदभागवत कथा हुनेछ ।

 युवा परिषदले  कार्यक्रमलाई सभ्य र अनुशासित बनाउन साथै कार्यक्रममा आगमन हुने पाहुनाको स्वागत सत्कारका र सहयोगका निम्ति दैनिक १५० जना स्वयमसेवकहरु परिचालन गर्ने भयको छ भने बारबर्दियामा रहेको कुनै एक विद्यालयका एक देखि ५ कक्षा सम्मका सम्पुर्ण विद्यार्थीहरु र बेलाभारमा रहेको अनाथालयमा बस्ने अनाथ बालबालिकाहरुलाई जुत्ता, ट्रयाक-सुट न्यानो कपडा र बारबर्दियामा रहेका सम्पूर्ण दृष्टिबिहिन साथै र न्यून आय भएका ब्यक्तिहरुलाई ५ सय ब्ल्याङकेट प्रदान गर्ने युवा परिषद समितिले जानकारी दिएको छ ।

मानवीय सेवामा समर्पित यस श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले मानवीय सेवा नै धर्म हो भन्ने मुलमन्त्रका साथ विवेध रहित सामाजिक सहयोग र सेवा गर्नुका साथै , अहिंसाको मार्ग र कुलत रहित, स्वस्थ्य धार्मिक समाजको परिकल्पना गर्दै अस्पताल, धार्मिक विद्यालय निर्माण गर्नुका साथै कुलतबाट युवाहरुलाई बचाउन धार्मिक अभियानहरु पनि संचालन गरिरहेको छ l

बिज्ञापन-YM-ADCustom Text

सानो जात भएकै कारण मन्दीर तोडफोड हुनु गलत हो : ओली

Jatiya bibhed image

२४ जेष्ठ २०८१, बर्दिया| दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयको छ । १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा कार्यक्रममा बोल्ने क्रममा उहाले चिन्ता ब्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना समेत गर्नुभएको छ ।

मिति २०८१/२/२१ गते नेपाल उत्पीडित जातिय मुक्ति सामाज बर्दियाको जिल्ला अध्यक्ष भुपेन्द्र शेरालाले अध्यक्षता गर्नुभयको जातिय भेदभाव मुक्ति आन्दोलनको विशेष दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुर्गा बहादुर ओली कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो l

उक्त १९ ओै राष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस कार्यक्रम ओम बहादुर नेपालीको बिशिष्ट आतिथ्य तथा पार्टीका अग्रज ब्याक्तित्वहरुको आतिथ्यमा मधुबन नगरपालिकाको नेकपा एमाले पार्टी कार्यलयको सभाहलमा सम्पभयको थियो ।

दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अथिती दुर्गा बहादुर ओलीले नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै लठुवाघाटको मन्दीरमा शिव लिला मातालाई त्यहाको पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि ओम बहादुर नेपाली र अतिथि भक्त बहादुर सुनारले संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् तर व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । यसका विरुद्ध तपाईं हामी एकजुट भइ छुवाछूत अन्त्य गर्न अगाडि बढ्नु पर्ने भन्दै बोल्ने क्रममा आफ्नो धारणा राख्नु भएको थियो।

संगठन अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्षले शुभकामना व्यक्त गर्दै अझै पनि २१ औँ शताब्दीको समाजवाद उन्मुख, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालमा अधार्मिक, गैरकानुनी, अवैज्ञानिक र असामाजिक मानिने जातीय विभेदका विभिन्न घटना हुने गरेका छन् । मधुबन नगरपालिका र बाराबर्दियाको बिच सिमानामा रहेको लठुवाघाटको मन्दीरमा सानो जात भएकै कारणले शिव लिला माताले तपस्या गरेको मन्दीर तोडफोड गरि उहाँ माथी भएको जातिय छुवाछूत अन्याय अत्याचारका विरुद्ध आफुलाइ ठुलो जातको ठान्ने पुजारी र मधुबन नगर सरकारले गरेको बिभेदको घोर भत्सर्ना गर्दै छिटो भन्दा छिटो न्याय दिलाउन प्रतिबद्धता दिनु भएको छ। छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभएको छ।

बिज्ञापन-YM-ADCustom Text

परमात्माको अनुभव गरौँ

गोपीलाल कँडेल Avatar

२४ मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

परमात्मा-  ब्रह्माण्डको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता। यी शब्दहरूले हाम्रो अस्तित्वको सबैभन्दा गहिरो सत्यलाई छुन्छन्। हामी सबै परमात्मासँग जोडिएका छौँ, यो एउटा अटल सत्य हो। तर, हामी प्रायः परमात्माको खोजी बाहिर कतै गरिरहेका हुन्छौँ। मन्दिर, मस्जिद, चर्चमा गएर, पुकार गरेर, मागेर। तर, सत्य यो हो कि परमात्मा हामी भित्रै बिराजमान हुनुहुन्छ

विश्वका विभिन्न धर्महरूले परमात्माको अवधारणालाई फरक-फरक तरिकाले व्याख्या गरेका छन्। हिन्दू धर्ममा ब्रह्मा, विष्णु, महेश्वरलाई परमात्मा मान्दछन् भने इसाई धर्ममा जिससलाई परमात्मा मान्दछन्। इस्लाम धर्ममा अल्लाहलाई परमात्माको दर्जा दिएको पाईन्छ। बौद्ध धर्ममा निर्वाणलाई परमात्मा मानिन्छ। यद्यपि, सबै धर्महरूको मूल उद्देश्य एउटै छ, त्यो हो, परमात्मासँगको मिलन।

हामी प्रायः परमात्माको खोजी बाहिर गरिरहेका हुन्छौँ। हामी मन्दिर, मस्जिद, चर्चमा जान्छौँ। हामी पूजाआजा गर्छौँ। हामी भजन किर्तन गर्छौँ। हामी तीर्थयात्रामा जान्छौँ। तर, यी सबै बाह्य क्रियाकलापहरूले हामीलाई परमात्मासँग जोड्दैनन्। परमात्मा त हामी भित्रै बस्नुहुन्छ, अन्तर हृदयमा। परमात्मालाई पाउनको लागि हामीले उहाँलाई आफू भित्र न‌ै खोज्नुपर्छ।

जब हामी परमात्माको पुकार गर्छौँ, हामी अस्विकार गर्छौँ कि उहाँ हामी भित्र हुनुहुन्छ। हामी उहाँलाई आफूबाट टाढा छन् भन्ने ठान्छौँ। तर, जसले परमात्माको बाहिरी पुकारा मात्र गर्छ, उसका लागि त उहाँ सधैँ टाढै रहनुहुन्छ। किनभने यो सबै हाम्रो मान्यताको खेल हो। सच्चा प्रार्थना भनेको पुकार होइन र पुकारले परमात्मा प्राप्त हुदैन। सच्चा प्रार्थना मौन हुन्छ, शब्दरहित हुन्छ। जब हामी शब्दरहित हुन्छौँ, तब हामी परमात्माको निकटता अनुभव गर्न थाल्छौँ। हामीलाई केही भन्नुपर्ने आवश्यकता पर्दैन। किनकि उहाँलाई हाम्रो सबै कुरा थाहा छ, किनभने उहाँ अन्तर्यामी हुनुहुन्छ। हामीलाई थाहा नहुँदा नहुँदै उहाँ सबै कुरा बुझ्नुहुन्छ। परमात्मा हाम्रो

परमात्मा हाम्रो अन्तरतममा बस्नुहुन्छ। उहाँलाई के भन्नु? के सुझाव दिनु? हामी मन्दिर, मस्जिदमा गएर परमात्मासँग यसरी गर, उसरी गर भनेर भन्छौँ। सर्वव्यापक, अन्तरयामीलाई हामीले एउटा सानो मन्दीर भित्र कोचेर अपमान गरिरहेका छौँ । हामी मन्दिरका मुर्ती अगाडि भिखारी जस्तै बनेर बस्छौँ। परमात्माले सबै थोक दिनुभएको छ तर पनि हामीलाई पुग्दैन र मागिरहन्छौँ । हामी भन्छौँ, “मेरो पत्नी बिरामी छिन्, उनलाई निको पारिदेऊ। मेरो छोरा बेरोजगार छ, उसलाई जागिर मिलाइदेऊ।” बिमार निको पार्ने, जागिर मिलाई दिने, छोराछोरी जन्माईदिने परमात्माको काम होईन,यो त तपाईं हाम्रो काम हो । त्यसकारण यस्ता कुराहरू परमात्माले सुन्दैनन्। यस्ता कुराहरूका लागि गिडगिडाउनु बेकार छ। भागवत गीतामा बताईए अनुसार सत्कर्म गर्दै जानुस् त्यसको फल अवश्य मिल्दै जानेछ। सत्कर्मले शांति दिन्छ, आनन्द दिन्छ । हामीले परमात्मालाई सुनाउने होईन, बरु उहाँको कुरा सुन्नुपर्छ। अन्तरहृदयबाट निस्कने मधुर आवाजमा उहाँले के भनिरहनु भएकोछ, त्यो सुन्ने प्रयत्न गर्नुपर्छ । उहाँले हामीलाई दिनुपर्ने सबै कुरा पहिले नै दिइसक्नुभएको छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामीले उहाँलाई आफू भित्र नै खोज्नुपर्छ। उहाँ हामीबाट टाढा होइनन्, बरु हामी अत्यन्त नजिक हुँदा हुँदै पनि उहाँबाट टाढा छौँ।  

हाम्रो कर्तव्य हो परमात्माको अनुभव गर्ने । परमात्माको दृश्य, शब्द, गन्ध र स्पर्श हामी आफैमा महसुस गर्न सक्छौँ । त्यसकारण उहाँलाई आफूभित्रै खोज्ने अभ्यास गरौँ। यसको लागि बिधि चाहिन्छ- आत्मज्ञान। भगवान श्रीकृष्णले अर्जुनलाई सिकाउनु भएको राजबिद्या। यही हाम्रो मुक्तिको मार्ग हो। आफ्नो जीवन प्रति संबेदनशील हुनुहुन्छ भने आउनुहोस् आजै देखि यो यात्रामा लागौँ।

परमात्माको कृपाको अनुभव व्यक्तिगत हुन्छ। यो अनुभन शब्दमा व्यक्त गर्न सकिदैन। यो अनुभवले हामीलाई शान्ति आनन्द र प्रेमको अनुभूति दिलाउँछ। यो अनुभवले हामीलाई जीवनको सार्थकता महसुस गराउँछ।

परमात्माको कृपा पाउनको लागि हामीले बाहिर कतै खोजिरहनु पर्दैन र बाहिर खोजेर पनि त्यो कृपा पाईदैन । उहाँ त हामी भित्रै, हाम्रै अन्तरहृदयमा बस्नुहुन्छ। हामीले आफू भित्रको आवाज सुन्न पर्छ। हामीले त्यो दृश्यको दर्शन गरौँ जो हामी भित्र नै छ। हामीले आफ्नो मन मस्तिष्क र शरीरलाई शान्त बनाउन सक्यौँ भने परमात्माको अनुभव अवश्य हुनेछ। मानव जीवनको सफलता र मोक्षको मार्ग पनि यहि नै हो।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको