थारु संस्कृतिको सुगन्ध फेरि बर्दियाको आकाशमा फैलिदै : दुईदिने सांस्कृतिक महोत्सव

बिज्ञापन-ATCustom Text

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

बर्दिया, बैशाख १२ – थारु समुदायको समृद्ध सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाली थारु कलाकार मञ्च बर्दियाले विशेष नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

बिज्ञापन-AI-ADCustom Text

लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोग र बारबर्दिया नगरपालिका वडा नं. ४ तथा गुलरिया नगरपालिका वडा नं. ५ को समन्वयमा हुन लागेको उक्त कार्यक्रम दुई स्थानमा सम्पन्न हुनेछ। पहिलो कार्यक्रम बैशाख १४ गते बारबर्दिया न.पा. वडा नं. ४, घोरपिट्टा गाउँमा र दोस्रो कार्यक्रम बैशाख १५ गते गुलरिया न.पा. वडा नं. ५, सुहेल्वा गाउँमा आयोजना हुनेछ।

बर्दिया जिल्लामा थारु समुदायको  बाहुल्य रहेको छ। यद्यपि, आधुनिकताको प्रभाव र नयाँ पुस्ताको चासो कमीका कारण थारु समुदायका मौलिक चालचलन, नाचगान, गीत तथा खानपान बिस्तारै लोप हुँदै गएको छ। यही अवस्थालाई परिवर्तन गर्दै थारु संस्कृतिलाई जगेर्ना गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

यस कार्यक्रमले आदिबासी जनजाती समुदायमा रहेका पौराणिक लोककलाको संरक्षण गर्दै तिनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। बर्दियाली कलाकारहरूको मनोबल अभिवृद्धि र सिर्जनात्मक हौसला प्रदान गर्नु कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य हो। थारु समुदायको मौलिक कला, गीत–संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरणमा टेवा पुर्‍याउने प्रयास हुनेछ। साथै, नाटकजस्ता सशक्त माध्यममार्फत पौराणिक लोककलाको प्रस्तुति दिइनेछ। कार्यक्रमले स्थानीय रैथाने खानपानको व्यवसायिकरणलाई समेत प्रवर्द्धन गर्नेछ। यसका साथै, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक स्थलहरूको प्रचार–प्रसार गरी जिल्लालाई पर्यटनका लागि थप आकर्षक बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमले थारु समुदायका पौराणिक लोककलाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ, जसले नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व र चेतना विकास गराउन मद्दत गर्नेछ। साथै, बर्दियाली कलाकारहरूको आत्मबल र सिर्जनात्मकता अभिवृद्धि हुनेछ, जसले उनीहरूलाई भविष्यमा अझ सशक्त बनाउनेछ। मौलिक नाटकीय प्रस्तुतिहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै थारु सांस्कृतिक सम्पदाको गहिरो अनुभूति गराउनेछ। कार्यक्रममार्फत बर्दिया जिल्लाको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार–प्रसार भई जिल्लालाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकको भनाइ अनुसार, “थारु संस्कृतिको संरक्षण र आगामी पुस्तामा यसको हस्तान्तरण अनिवार्य छ। यस किसिमका कार्यक्रमले थारु समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गराउने विश्वास लिएका छौँ”

कार्यक्रममा स्थानिय कलाकारहरूको जीवन्त प्रस्तुति, मौलिक नाचगान तथा थारु परिकारहरुको विशेष प्रदर्शनी समेत रहने बताइएको छ।
सांस्कृतिक विविधताले सम्पन्न बर्दिया जिल्लाका बासिन्दाका लागि यो कार्यक्रम विशेष चासो र आकर्षणको विषय बनेको छ।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here