REPORTING पेन

नेपालका विभिन्न विधा र विषयका विश्वसनीय ताजा समाचारहरू, घटनाहरू, अपडेटहरू र जनचासोका विषयहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो विशेष श्रेणी। यहाँ तपाईंले सामाजिक, राजनीतिक, आर्थिक र स्थानीय सबै खाले खबरहरू सहज रूपमा पाउन सक्नुहुन्छ।

स्वतन्त्र विद्यार्थी यूनियन जनसेवा बहुमुखी क्याम्पस बैदीले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने

२४ आश्विन २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर १० बैदी स्थित जनसेवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले बिजया दशमी र शुभ दीपावलीको अवसरमा मिति २०८०/०६/२७ गते क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ  ।

नगद राशि  १०,००० र प्रमाण पत्र प्रथम हुनेले प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमस  नगद रु. ५,००० र ३,००० को साथमा  प्रमाण पत्र प्राप्त गर्नेछन भने सहभागिताको निम्ति  टिम दर्ता शुल्क रु. २००० (दुई हजार) लाग्ने छ  ।

प्रतियोगितामा नेपालको भूगोल- महिला अधिकार- विज्ञान –खेलकुद- नेपलाको संबिधान तथा  इतिहास सम्बन्धित प्रश्नहरु समावेश गरिने स्ववियु अध्यक्ष लक्ष्मी प्रसाद न्यौपानेले रिपोर्टिंग नेपालका सम्बाददातालाई जानकारी गराउनु भयो ।

बिज्ञापन-AI-ADCustom Text

बर्दिया जिल्लामै पहिलो ४ GPA ल्याउने आरती पौडेलको सम्मानमा द भ्वाइस एकेडेमीको भव्य कार्यक्रम

१७  असार २०८२, रिपोर्टिंग  नेपाल, यशु केसी 

जयनगरमा रहेको द भ्वाइस एकेडेमी विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि अन्तरक्रिया तथा अभिभावक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। २०६४ सालमा स्थापना भएको यस विद्यालयले शिक्षासँगै खेलकुद, सिर्जनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वलाई समेट्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै आएको छ। विद्यालयले पहिलो पटक २०८१ सालको एसइई परीक्षामा बर्दिया जिल्लाकै इतिहासमा पहिलो ४ GPA हासिल गर्न सफल भई जिल्लालाई गौरवपूर्ण उपलब्धि दिलाएको छ।

कार्यक्रमको शुभारम्भ विद्यालयका प्रधानाध्यापक भिमसेन गिरीले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो। उहाँले विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्राबारे चर्चा गर्दै, “यो सम्मान कार्यक्रम विद्यार्थीहरूको मेहनतको कदर गर्नुका साथै आगामी वर्ष SEE मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई हौसला प्रदान गर्न गरिएको हो,” भन्नुभयो। कार्यक्रममा विद्यालयका संस्थापक डिल्लीराम गिरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा नगर प्रमुख छबिलाल थारु रहनुभएको थियो। नगर प्रमुख थारुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख रत्नकुमारी पाण्डे हुनुहुन्थ्यो। विशेष अतिथिमा वडा नं. ६ का वडा अध्यक्ष झगबहादुर वली, प्याब्सनका केन्द्रीय सदस्य एकराज पौडेल, शिक्षक महासंघ अध्यक्ष पोमराज शर्मा, शिक्षा शाखा प्रमुख प्रा.स. खिमराज काफ्ले, प्रमुख सल्लाहकार ओम काफ्ले लगायतको उपस्थिति रहेको थियो।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा द भ्वाइस एकेडेमीबाट २२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा सबै उत्तीर्ण भएका छन्। बुवा घन श्याम र आमा गंगा पौडेलकी छोरी आरती पौडेलले ४ GPA ल्याएर बर्दिया जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएकी छिन्। अन्य विद्यार्थीमध्ये ४ जनाले  A+, १४ जनाले A, र ३ जनाले B+ ल्याएका छन्। विद्यालयले आरतीलाई गाडीमा राखी पञ्चेबाजा सहित नगर परिक्रमा गराएर विशेष सम्मान प्रदान गरेको थियो। त्यसैगरी, विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू दिपिशा गिरी, आयेशा थापा, कविज ज्ञवाली, विदिशा रिजाल, नमन गिरी, प्रकाश बस्नेत, भुवन अर्याल, रोशन थापा, श्रीषा चौधरी, मौसम थारु , अशिम पुरी ,प्रशान्त बराल,साजन बि.क.,सुशान्त कुवर,समिर पौडेल,उर्मिला चौधरी,प्रदिप राजी, संगम भुजेल, प्रशान्त  बिसी, निखिल चौधरी,अंकित केसी तथा उनीहरूका अभिभावकहरूलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण बनेकी आरती पौडेलले भावुक शैलीमा मन्तव्य राखेकी थिइन्। उनले भनिन्, “मेरो बाबु रोजगारीको सिलसिलामा बिदेश जानुभएको छ, आमा घरको सबै जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। बाबाले कमाएको सबै पैसा मेरो पढाइमा खर्च गर्नुभएको छ। म बाबुआमाको आशा, भरोसा र विश्वास मर्न दिन्न।” उनले थप भनिन्, “म डाक्टर बन्न चाहन्छु, तर आर्थिक अवस्थाले साथ दिने अवस्था छैन। मनले त म डाक्टर पढ्न सक्छु भन्ने लाग्छ, तर पैसाले रोक्न सक्छ। मैले सेवा गर्ने डाक्टर बन्ने सपना देखेकी छु – सबैले उपचार पाउन सकून् भन्ने मेरो चाहना हो।” आरतीको यो भनाइले कार्यक्रम स्थलमा रहेका सबैलाई भावुक बनाएको थियो।

उनको भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल बन्दैछ। उहाँको मर्मस्पर्शी अभिव्यक्तिको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
👉 आरतीको भिडियो हेर्नुहोस्

त्यस्तै नगर उपप्रमुख पाण्डेले सुभकामना दिने क्रममा भन्नुभयो :  विद्यालयले दिएको निरन्तर प्रयास र १० वर्षदेखिको  विद्यार्थीको कडा मिहिनेतले आज यस्तो अद्भुत सफलता सम्भव भएको हो। सबैलाई बाकि शैक्षिक भविष्यको सुभकामना ”

नगर प्रमुख छबिलाल थारुले आरतीको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भन्नुभयो, “आरती जस्ता विद्यार्थीहरू समाजका लागि प्रेरणा हुन्। उहाँको बोलीले हामी सबैलाई छुन सफल भयो। म उहाँ र सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिन चाहन्छु।” उपप्रमुख रत्नकुमारी पाण्डेले भन्नुभयो, “१० वर्षदेखि विद्यालयले दिएको प्रयास, शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयबाट आजको सफलता सम्भव भएको हो। यो विद्यालय अब बर्दियाको गौरव हो।”

विद्यालयका प्रमुख सल्लाहकार ओम काफ्लेले विद्यालयको इतिहासको चर्चा गर्दै भने, “संस्थागत रुपमा शैक्षिक सुधारको अभियानमा लाग्दै आएको द भ्वाइस एकेडेमी आज बर्दिया जिल्लाको शैक्षिक इतिहासमा चम्किलो नाम बनेको छ। ४ GPA ल्याउने विद्यार्थी उत्पादन गर्ने पहिलो विद्यालय बनेकोमा हामी सबै गर्व गर्न सक्छौं।”

कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको सफलतामा विद्यालयको भूमिकाको उच्च प्रशंसा गरेका थिए र आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिको कामना व्यक्त गरेका थिए।

बिज्ञापन-AI-ADCustom Text

“असार १५: जय कालिका माविमा ‘आफै कमाउ, आफै पढौं’ नारासहित धान दिवस”

१७ असार २०८२, स्यारोन रेग्मी,बर्दिया — बढैयाताल गाउँपालिका–९ मा अवस्थित श्री जय कालिका माध्यमिक विद्यालयले असार १५ लाई धान दिवसका रूपमा विशेष कार्यक्रमसहित मनाएको छ। ‘आफै कमाउ, आफै पढौं’ भन्ने मूल नाराका साथ विद्यालयले आफ्नै खेतमा धान रोपेर धान दिवसको विशेषता झल्काएको छ।

कार्यक्रममा गाउँपालिका प्रमुख श्री हिमालय त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठी तथा कृषि शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।  साथै विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइने परम्परालाई समेट्दै विद्यालयले यस वर्षको दिवसलाई कृषि तथा व्यवसायिक धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्य राखेको छ। धान रोपाइँका क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू आफैँ खेतमा उत्रिएर विद्यार्थी र अभिभावकसँगै रोपाइँ कार्यमा सहभागी भए।

विद्यालयले आफ्नै जग्गामा उत्पादन गरिने धानको आम्दानी विद्यार्थीहरूको शैक्षिक खर्चमा प्रयोग गरिने जानकारी दिएको छ। यस कार्यले विद्यार्थीहरूमा श्रमको मूल्य, आत्मनिर्भरता र कृषि व्यवसायप्रतिको रुचि बढाउने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समिति तथा कृषि धारको संयोजनमा गरिएको यो प्रयासले ‘शिक्षा र श्रम सँगै’ भन्ने सोचलाई व्यवहारमा उतार्दै उदाहरणीय कार्य गरेको भन्दै सहभागी सबैले प्रशंसा गरेका छन्।

बिज्ञापन-AI-ADCustom Text

‘कन्या राजा’ वृत्तचित्र युट्युबमा सार्वजनिक, थारु समुदायको परम्परा र रहस्यको जीवन्त दस्तावेज

११  असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —

थारु समुदायको अनौठो धार्मिक आस्था, परम्परा र रहस्यमा आधारित वृत्तचित्र ‘कन्या राजा – एक सत्य,एक रहस्य ’ अब YouTube च्यानल ‘YM TV Nepal’ मा सार्वजनिक गरिएको छ। YouTube मा कन्याराजा   ‘YM TV Nepal’ सर्च गरेर  हेर्न सकिनेछ l

याल्ड मून ग्रुप प्रा. लि.को ब्यानरमा र बारबर्दिया नगरपालिकाको सहकार्यमा निर्माण गरिएको यस वृत्तचित्रमा, बारबर्दिया–८ स्थित जंगलको बीचमा लुकेको एउटा गहिरो आस्थाको स्थल — कन्या राजा थान — र त्यससँग जोडिएका किंवदन्ती, संस्कार र सामाजिक प्रभावहरूलाई जीवन्त रूपमा उतारिएको छ।

आज पनि यस थानमा त्रिशुलले जिब्रो छेड्ने, मन्त्र गरिएको चामल खाने, र आफ्नो शरीरको रगत चढाएर पूजा गर्ने परम्परा कायमै छ। वृत्तचित्रमा गुरुवाहरूको सपना, एक पतुरियासँगको अधुरो प्रेम, तथा पूजापछि गाउँमा देखिने परिवर्तनहरू जस्ता अकल्पनीय, तर स्थानीय स्तरमा गहिरो आस्था राखिएका घटनाहरू समावेश गरिएका छन्।

स्थानीय बुढापाकाका कथन, मौलिक संस्कार, र थारु समुदायको सांस्कृतिक गर्वलाई पर्दामा प्रस्तुत गरिएको यो वृत्तचित्रले नेपाली मौलिकता र गुमनाम इतिहासप्रति गहिरो सम्मान प्रकट गरेको छ।

निर्देशक यशु केसीका अनुसार, “यो डकुमेन्ट्री निर्माणको मूल उद्देश्य थारु समुदायको मौलिक इतिहास, परम्परा र संस्कृति लोप हुन नदिने र कन्या राजाको वास्तविक अस्तित्व र आस्थाबारे नयाँ पुस्तालाई जानकारी दिने हो।”

करीब चार वर्षको अनुसन्धान र तयारीपछि निर्माण गरिएको यस वृत्तचित्रको निर्देशन यशु केसीले गरेका हुन्। छायांकनमा विश्वराज मल्ल र विशाल चौधरी, ड्रोन दृश्यमा भैरव ढुंगानाको विशेष योगदान रहेको छ।

कन्या राजा थान क्षेत्रमा भेटिएका पुराना मुद्राहरू (सिक्काहरू) त्रिभुवन विश्वविद्यालयको पुरातत्व विभागले विक्रमादित्यकालीन अर्थात् करिब २००० वर्ष पुरानो भएको पुष्टि गरेको छ।
स्थानीय स्तरमा कन्या राजा थानको इतिहासमा चासो राख्दै आएका दयाराम खड्काले जानकारी गराएअनुसार, ती पुरातात्विक वस्तुहरूको आधारमा यस क्षेत्रमा लगभग दुई सहस्राब्दी पहिले ‘कन्या रजवाहरू’ को शासन रहेको अनुमान गरिएको छ।
यस्तो ऐतिहासिक संकेतले कन्या राजा थान क्षेत्रलाई धार्मिक र सांस्कृतिक मात्र नभई ऐतिहासिक दृष्टिले पनि अध्ययनयोग्य बनाएको छ।

 

बिज्ञापन-AI-ADCustom Text

पेट्रोल पम्पमा विस्फोट

 ३० श्रावण २०८०, एजेन्सी | गएराति रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएतापनि आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको जानकारी गराउदै सर्वसाधारणलाई धैर्य रहन अनुरोध गरेका छन् ।

उपचारका लागि गम्भीर घाइते भएकाहरूलाई राजधानी मस्को लगिएको छ ।

बिज्ञापन-AI-ADCustom Text

“सत्ता होइन, सेवा हो मेरो धर्म” : अध्यक्ष टंक प्रसाद अधिकारी

२९ जेष्ठ २०८२, रिपोर्टिंग नेपाल , गुलरिया 

धेरैले भन्छन्—राजनीति बदनाम छ।
तर गुलरिया–२ मा राजनीति आशाको किरण बनेर उदाएको छ।
यहाँका वडा अध्यक्ष टंक प्रसाद अधिकारी नेता हैनन्—नेतृत्वको परिभाषा हुन्।
उहाँ भन्छन् – “कुर्सी भनेको आसन हैन, अभिभावकत्व हो। वडाबासी रोए भने, म निदाउन सक्दिनँ।”

कहिलेकाहीँ नेतृत्व केवल कुर्सी होइन, जीवन र आशाको स्रोत पनि बन्न सक्छ। गुलरिया नगरपालिकाको वडा नं. २ मा सामाजिक विकासको उज्यालो किरण फैलिँदै गएको छ। यो उज्यालो पछाडि जसको दृढ प्रतिबद्धता, स्पष्ट दृष्टिकोण र सेवा भाव रहेको छ, उनी हुन – वडा अध्यक्ष टंक प्रसाद अधिकारी। विकास भनेको केवल सडक र भवन मात्र होइन, मानव जीवनको आधारभूत पक्ष – स्वास्थ्य, शिक्षा, र सम्मानजनक जीवन हो भन्ने विश्वासका साथ उनले बजेटको सही सदुपयोगमार्फत अति बिपन्न वर्गलाई केन्द्रमा राखेर ऐतिहासिक काम गरेका छन्।

आज जुन गाउँमा हिजो उपचार खर्च नहुँदा मान्छे पिडामा थिय , आज त्यहाँ औषधिको व्यवस्था भएको छ। जहाँ अभावले पढ्न नसक्ने विद्यार्थी थिए, त्यहाँ आज ल्यापटप वितरण भएको छ। जहाँ कसैको मृत्युले परिवारलाई दुईचोटि पीडा दिन्थ्यो- एक आफन्त गुमाउनुको र अर्को आर्थिक संकटको – आज त्यही आर्थिक संकटको पीडालाई वडा कार्यालयले काँध थापेको छ।

विकास भौतिक मात्रै हो भन्ने सोचलाई चुनौती

बहुसंख्यक स्थानीय तहमा अहिले पनि विकासको नाममा ढल, सडक, पर्खाल, टोल सुधार लाई प्राथमिकता दिइएको पाइन्छ। तर, गुलरिया–२ का अध्यक्ष टंक प्रसाद अधिकारीको सोच मान्छे–केन्द्रित छ। उहाँ भन्छन्: “विकासको अर्थ मान्छेले महसुस गर्न सक्नुपर्छ। विद्यालय जान नपाउने बच्चाको घर अगाडि बाटो बनाउनु मात्र  विकास होइन। जब ऊ विद्यालय पुग्छ, किताब पढ्छ, स्वस्थ हुन्छ – त्यो हो साँचो विकास।”

चार यस्ता कार्यक्रम, जसले बाँच्न संघर्ष गरिरहेकालाई जिउनको आधार दियो

  • स्वास्थ्य बीमा: रोग होइन, राहत पाउने अधिकार

राहत वितरण होइन, अधिकारको सुनिश्चितता हो यो कार्यक्रम। अध्यक्ष अधिकारीले सुरु गर्नुभएको अति बिपन्न परिवारहरूका लागि स्वास्थ्य बीमा योजनाले वडा नं. २ मा अति बिपन्न परिवारहरूलाई राहत महसुस भएको छ। यो योजनाबाट धेरै परिवारहरू अस्पताल खर्चको बोझबाट मुक्त भएका छन्।

  • औषधि खर्च: साना रोगको भारी बिसाउने चौतारी वडा कार्यालय 

पाँच रुपैयाँको औषधि नहुँदा थलिएको वृद्ध, टाउको दुख्दा पानीपात्रो सुम्सुम्याउने बालक… अहिले ती सबैलाई तपाईंका लागि वडा कार्यालय छ भन्न सकिने अवस्था छ। उपचार खर्च तिर्न नसक्ने अवस्थाका नागरिकका लागि वडा कार्यालयले नगद औषधि सहयोगको व्यवस्था गरेको छ। वडामा अब सामान्य चेकजाँचपछि औषधि नकिनी बस्नुपर्ने अवस्था हटेको छ। औषधि खर्चका लागि वडा कार्यालयले नगद राहत दिन थालेको छ। एक जना वृद्धाले आँशु झार्दै भनिन्: “अघिल्लोचोटि दुखाइ हुँदा तेल मालिस गरेर सुतें। योपल्ट वडा कार्यालयले सहयोग गरेकै कारण डाक्टरसम्म पुगें।”

  • मृत्यु काज सहयोग  : अन्तिम सस्कारमा पनि वडा सरकार आफन्त महसुस 

अति बिपन्न गरिब परिवारमा कुनै सदस्यको मृत्यु भयो भने क्रिया खर्चको जोहो गर्नु चुनौती थियो। वडा अध्यक्षले यो कुरालाई ध्यानमा राख्दै मृत्यु काज खर्च सहयोग कार्यक्रम ल्याउनुभयो। एक स्थानीय भन्छिन्: हामी जस्तो गरीब परिवारमा कसैको मृत्यु भएपछि क्रिया खर्चको जोहो गर्न गाह्रो पर्थ्यो। तर वडा कार्यालयबाट क्रिया खर्च सहयोग उपलब्ध हुदा ठूलो राहत पुगेको छ।

गरीबीले अन्तिम सस्कारमा आर्थिक बोझले च्यापिने  घर परिवारलाई  वडा कार्यालयले मृत्यु–काज खर्च सहयोग गरेर ‘सरकार भनेको बाँचुन्जेल मात्र होइन, मरेपछि पनि साथ दिने’ सन्देश दिएको छ।

  • ल्यापटप सहयोग: डिजिटल भविष्य निर्माणको साहसी कदम

अति बिपन्न घरका दुई विद्यार्थीलाई वडा कार्यालयले ३०% लागत सहभागितामा ल्यापटप सहयोग गर्दै आइरहेकोछ । ती विद्यार्थीहरू अहिले अनलाइन क्लास, प्रोजेक्ट तथा अनुसन्धानमा सहभागी हुन सक्षम भएका छन्। एक बिद्यार्थी भन्छन : यो केवल सामग्री वितरण हैन, सपना हेर्ने स्क्रिन हो ।

टंक अधिकारीको नेतृत्वमा सामाजिक विकासले पायो नयाँ परिभाषा

धेरै नेता भन्छन्, “हामी गरिबसँग छौं।”
तर, अध्यक्ष टंक प्रसाद अधिकारीले भनेर होइन, गरेर देखाउनुभएको छ।

अध्यक्ष अधिकारीको सामाजिक सोचलाई वडा सदस्यहरूको सक्रिय समर्थन प्राप्त भएको छ। “हामी सबै सामाजिक विकासलाई प्राथमिकतामा राखेर सहमत भएका थियौँ,” भन्छन् वडा सदस्य केशब बुढा ।

वडा सचिव कर्ण बस्नेत बताउनुहुन्छ: “बजेट आउँछ, योजना बन्छ, तर कार्यान्वयनमा धक्का लाग्छ भन्ने गुनासो आम हो। तर हाम्रो वडामा योजनाको डिजाइनदेखि कार्यान्वयन सम्म अध्यक्ष स्वयं संलग्न हुनुहुन्छ। त्यसैले परिणाम देखिन्छ।”

वडा सचिव बस्नेतले पनि कार्यान्वयन पक्षमा सहयोगपूर्ण नेतृत्व दिनुभएकोछ । “योजना कागजमा मात्र सीमित भएन, हामीले परिणाम देख्यौँ,” उहाँको भनाइ छ।

अध्यक्ष अधिकारीको यो सोचमा वडा सदस्यहरू पनि उत्तिकै संलग्न छन्। वडा सदस्य निर्मला नेपाली भन्छिन  : “हामी सबै एकजुट भएर ‘गरिबप्रेमी बजेट’ बनाउन सहयोग गरिरहेका छौ  । उहाँले सबैलाई समेट्नुहुन्छ । हामीले समर्थन गर्न पाएकोमा गर्व लाग्छ।”

स्थानीयको भावना: अध्यक्ष होइन, अभिभावक हो उहाँ

वडाका अधिकांश लाभान्वितहरू अध्यक्ष अधिकारीलाई आफ्नो घरको अबिभाबक  मान्छन्।
एक युवाले भने: “अध्यक्ष टंक अधिकारीको काम देखेपछि मेरो सोच परिवर्तन भएको छ – राजनीति राम्रो पनि हुन सक्छ।” उहाँको विचार, कर्म, र सामाजिक प्रतिबद्धता नेतृत्व कसरी हुनुपर्छ भन्ने पाठ बनिरहेको छ । उहाँ केवल एक वडा अध्यक्ष होइन, यो समयका लागि एक प्रेरक पात्र हुनुहुन्छ।

एक वृद्धाले भने —

“चुनाव सकियो, नेताहरू हराए तर उहाँ फेरि दोस्रो पटक वडा अध्यक्ष बनेर  आउनुभयो– अझै नजिक, अझै जनताको सपना बोकेर, जनताको समस्याको समाधान बनेर ।”

अध्यक्षको दृष्टिकोण: भौतिकभन्दा अघि सामाजिक

पुनः निर्वाचित अध्यक्ष टंक प्रसाद अधिकारी भन्छन्, “सडक र भवन आवश्यक छन् तर त्यो भन्दा पहिला मान्छेले उपचार, शिक्षा, सम्मान र सुरक्षाको अनुभूति पाउनुपर्छ। त्यही भएर म भौतिक पूर्वाधारको साथ् साथै  सामाजिक विकासलाई प्राथमिकता दिन्छु।”

विकासको परिभाषा जब जनताको मुहारमा देखिन्छ, तब त्यो नेतृत्वको सफलता मानिन्छ। वडा नं. २ का टंक प्रसाद अधिकारीले जनताको विश्वास जित्नु मात्र होइन, सामाजिक न्याय र समावेशी विकासको आदर्श स्थापित गर्नुभएको छ। यस प्रकारको सोच र काम मुलुकभर नै उदाहरण बन्नसक्ने खालको छ ।

प्रभावकारी नेतृत्व, उदाहरणीय सेवा: टंक अधिकारी जस्ता प्रतिनिधिको खोजी गर्दैछ देश

यस्ता उदाहरणहरू विरलै भेटिन्छन् , जहाँ जनप्रतिनिधिले भाषण  होइन, काम गर्छन् , जहाँ योजना चुनाबी प्रतिबद्धताको  कागज होइन, जनताको समस्याको समाधानको दस्ताबेज बन्छ , जहाँ जनताको आँशु मात्र देखिँदैन पुछिन्छ पनि।

अध्यक्ष अधिकारीले देखाउनुभएको सामाजिक न्याय, आत्मीय सेवा, र गरिबमुखी बजेट योजनाको यात्रा, आज गुलरिया–२ का लागि मात्र होइन, पुरै स्थानीय तहको लागि पाठ हो, प्रेरणा हो, उदाहरण हो।

बिज्ञापन-AI-ADCustom Text

कोहलपुरमा हावाहुरीले विद्युत संरचनामा क्षति, ट्रान्सफर्मरसहित पोलहरु ढले

कोहलपुर, २८ वैशाख, २०८२ आज करिब ५ बजे आएको तेज हावाहुरीका कारण बाँके जिल्लाको कोहलपुर नगरपालिका–स्थित आनन्दनगर क्षेत्रमा विद्युत संरचनामा  क्षति पुगेको छ। सीटीभीटी कर्नरको पूर्व साइडमा रुख ढल्दा त्यसको चपेटामा परेर वटा ट्रान्सफर्मरसहित वटा विद्युत पोल ढलेका छन्।

यस घटनाले पुरै क्षेत्रको विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। स्थानीयवासीहरू आज अन्धकारमा बस्न बाध्य भएका छन् भने घरायसी कामकाज, विद्यार्थीहरूको पठनपाठन जस्ता दैनिक सेवा प्रभावित भएका छन्।

घटनाको जानकारी पाएलगत्तै कोहलपुर नगरपालिका–का वडा अध्यक्ष  हरि कठायतले घटनास्थल पुगेर स्थलगत वस्तुस्थिति बुझी  नेपाल विद्युत प्राधिकरणलगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराई यथाशीघ्र मर्मत कार्य अगाडि बढाउन आग्रह  गरेकाछन

स्थानीय बासिन्दाका अनुसार हावाहुरी निकै तेज थियो जसका कारण  रुख ढल्न पुग्यो  रुखले विद्युत पोल ट्रान्सफर्मरमा ठुलो क्षति पुर्‍याए। यसबाट सो क्षेत्रका कैयौ घरधुरी प्रभावित भएका छन् ।

 मर्मत कार्य भोलि २९ गते  देखि सुरु हुने  जानकारी प्राप्त भएको  छ  पहिलो चरणमा पोल ट्रान्सफर्मर प्रतिस्थापन गरिनेछ भने दोस्रो चरणमा लाइन विस्तार गरी विद्युत आपूर्ति पुनः सञ्चालन गरिने बताइएको छ।

बिज्ञापन-AI-ADCustom Text

इजरायलले प्यालेस्टाइनलाई गरेको आक्रमणको विरोध प्रदर्शन

५ कार्तिक २०८०

प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ इजिप्टियनवासीले सडकमा प्रदर्शन गरेका छन्। 

प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका छन् । कायरोको सडकमा उत्रिएर इजिप्टवासीले विरोध जनाएका छन्  । प्यालेस्टाइनीहरुसँग इजिप्टवासीहरुले ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन् । गाजावासीलाई प्रदर्शनकारीले लचिलोपन कायम गर्न आग्रह  गरेका छन् ।

बिज्ञापन-AI-ADCustom Text

पाँच विकेटले युएई पराजित टी-२० सिरिजमा नेपालको लगातार चौथो जित

७ कार्तिक २०८०

नेपालले त्रिदेशीय टी-२० सिरिजमा  युएईलाई पाँच विकेटले पराजित गरेको छ। 

हिजो काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको युएई र नेपाल बीच भयको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ । युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। युएईले दिएको १६५ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा नै पूरा गरेको थियो

बिज्ञापन-AI-ADCustom Text

१४ वर्षीय बालक बबई नहरमा मृत फेला

०१  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया  बारबर्दिया नगरपालिका वडा नम्मर ३ बनगाईका १४ वर्षीय यस कुमार थारु बबई नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन्।

स्थानीयका अनुसार उनी साथीहरूसँग गेम खेल्न जाने भन्दै घरबाट हिँडेका थिए। त्यसपछि उनी बारबर्दिया नगरपालिका–७ मा पर्ने नेपाली सेनाको रम्मापुर चेकपोस्टको दक्षिण तर्फ रहेको बबई नहरको बाँधमा डुबेको अवस्थामा फेला परेका हुन्।

आज बिहान करिब १०:३० बजे स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय बानियाभार, जयनगर, शसस्त्र प्रहरी बल कतर्निया र नेपाली सेनाको टोली संयुक्त रुपमा घटनास्थलमा पुगेर शव उद्धार गरेको हो। उद्धारपछि मृतकको शव पोस्टमार्टमका लागि गुलरिया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको