हामीलाई आफू हराएको थाहै हुदैन

गोपीलाल कडेल- बर्दिया । २०८१ माघ १७ गते

कुनै बेला हामी आफ्नै दुनियाँमा हराउन पुग्छौँ । जब सबै कुरा राम्रोसँग चलिरहेको हुन्छ नि उक्त अवस्थामा हामी त्यो सबै आफ्नै कारणले चलेको हो भन्ने सोच्छौँ । मैले यसो गरेँ, मैले त्यसो गरेँ । मैले यो गरिसकेँ, मैले यो कुरा हासिल गरिसकेँ । यस्तै गर्दागर्दै मानिस क्रमशः घमण्डमा हराउन थाल्छ । स्वयम् नै हराउन थाल्छ । उसलाई हराउनका लागि कुनै विशेष स्थानको आवश्यकता नै पर्दैन । ऊ स्वयम् आफैँसँग हराउनका लागि अरु कसैको सहायता नै चाहिँदैन । ऊ स्वयम् नै आफ्नो विचारमा बाँधिएर हराउन थाल्छ । ‘म वास्तवमा नै हराइरहेको छु भन्ने कुरा थाहा भएपछि अब म बाटो कसरी पहिल्याउने भन्ने समस्या देखा पर्छ । यस्तो अवस्था तब आउँछ जब उसलाई दुःख महसुस हुन्छ । उसको इच्छाबमोजिम काम भएन भने उसलाई चिन्ता हुन थाल्छ । जब मानिसलाई दुःख हुन थाल्छ त्यसपछि ऊ भगवानको  शरणमा जान्छ । अनि, भगवानलाई पनि ‘जिन्न’ का रुपमा बनाइदिएका छन् । “भगवान् ! यसो गरिदेऊ, मेरा लागि यस्तो गरिदेऊ ।” तर, “भगवान् ! मलाई सद्बुद्धि देऊ । म बुझ्न सकूँ । म पहिचान गर्न सकूँ । आफ्नो जीवनमा म कतै बाटो नबिराऊँ” भन्ने सोच मानिसमा आउँदैन ।

एकपटक एक जना शिष्यलाई घमण्ड उत्पन्न भयो । उनलाई लाग्यो– ‘म ज्ञानी छु । मलाई यति धेरै ज्ञान छ कि म कहिल्यै पनि भ्रमित हुन सक्दिनँ ।’ एकदिन उनी आश्रममा महर्षिकहाँ गए अनि सोधे– “मेरा लागि कुनै आज्ञा छ ?”

महर्षिले भने, “होइन, आऊ बस न । केही कुराकानी गरौँ ।”

दुवैजना कुराकानी गर्न थाले । कुराकानी गर्दागर्दै दुई घन्टा बित्यो ।

महर्षिले शिष्यलाई भने, “मलाई तिर्खा लागेको छ । मेरा लागि पानी ल्याइदेऊ न त !” तब शिष्यले भने, “म अहिल्यै गएर ल्याइहाल्छु ।”

उनले लोटा हातमा लिए । नदी नजिकै थियो । त्यहाँ पानी लिनका लागि गए । उनी त्यहाँ पुगे तर नदी अलिकति गहिरो स्थानमा थियो । जसै उनी पानी उघाउनका लागि भनेर निहुरिए तब अचानक नदीमा खस्न पुगे । उनलाई म डुबिरहेको छु भन्नेसम्म मात्रै महसुस भयो । त्यसपछि उनी बेहोस भए । यसपश्चात् के भयो भन्ने कुरा उनलाई थाहा नै भएन ! उनको आँखा खुलेपछि उनले देखे– एक जना निकै राम्री युवतीले उनको हेरचाह गरिरहेकी रहिछन् । उनको निधारमा तौलियाले पुछिरहेकी थिइन् । शिष्यलाई उनी को थिइन् भन्ने कुराका बारेमा थाहा थिएन । उनलाई ‘ती युवती को हुन्, म कहाँ छु, कसरी यस स्थानमा आइपुगेँ’ भन्नेबारेमा कुनै पत्तै भएन । यसै क्रममा ती युवतीसँगको उनको माया बढ्न थाल्यो । माया बढेपछि ती शिष्यले युवतीसँग विवाह गरे । विवाह भयो । बालबच्चा पनि भए । जागिर खान थाले । सबै कुरा भयो । उनले अन्य सबै कुरा बिर्सिसकेका थिए । उनलाई ‘म स्वयम् को हुँ’ भन्ने कुरै थाहा भएन । कसरी त्यहाँ पुगियो भन्ने पनि थाहा भएन !

धेरै समय बितिसकेको थियो । एकदिन ती शिष्य नदीको किनारतिर घुम्नका लागि निस्किए । उनले नदीको एकदमै स्वच्छ पानीलाई नियाले । नदी एक सुरमा बगिरहेको थियो । एकदमै रमणीय वातावरण थियो । चराचुरूङ्गीको चिरबिर सुनिन्थ्यो । चिसो–चिसो हावा बहिरहेको थियो । सबै कुरा मनोहर लाग्थ्यो । त्यसैबेला अकस्मात् शिष्यले सम्झन पुग्छन्, उनलाई ख्याल आउँछ– “म यहाँ कसरी आइपुगेँ ! महर्षि त मेरो पर्खाइमा हुनुहुन्थ्यो । म उहाँका लागि पानी ल्याउन भनेर निस्केको थिएँ । कति वर्ष बितिसक्यो ? मेरो विवाह पनि भइसक्यो । मेरा बालबच्चासमेत भइसके । हैन, यो के भइरहेको हो !” उनी दगुर्दै–दगुर्दै महर्षिकहाँ पुगे ।

जसै उनी त्यहाँ पुगे । महर्षि त अझै पनि त्यहीँ बसिरहेकै थिए । तब शिष्यले भन्न थाले, “महाराज ! मबाट एकदमै ठूलो भूल भयो । म त कति वर्षसम्म हराउन पुगेँ । हजुरले मलाई पर्खिरहनुभयो । हजुरलाई त साह्रै धेरै तिर्खा लागिसकेको होला !”

महर्षिले शिष्य तर्फ फर्किएर भने, “अहिले भर्खरै त मैले तिमीलाई पठाएको थिएँ ।” तब शिष्यले भने, “यो मलाई के भइरहेको होला ?”

महर्षिले भने, “केही पनि भएको छैन । तिमीलाई ‘म कहिल्यै हराउन सक्दिनँ’ भन्ने घमण्ड थियो । म के बताउन चाहन्थेँ भने हराउनका लागि कति पनि समय लाग्दैन ।”

जब मानिस हराउँछ नि तब उसलाई ‘मलाई प्रकाशको आवश्यकता छ’ भन्ने कुरासमेत पनि थाहा हुँदैन । मैले कतै जानुछ । म यो संसारमा आएको छु र एकदिन मैले यहाँबाट जानुपर्ने छ । उसलाई यति कुराको पनि ख्याल रहँदैन । मानिस त ‘आफू कहिल्यै मर्दिनँ’ भने जसरी आफ्नो जीवन जिइरहेको हुन्छ ।

जब हराउँछौँ तब सबैभन्दा ठूलो कुरा त के हुन्छ भने हामीलाई आफू हराएको कुरै थाहा हुँदैन । यो हराउने कुरा नै सबैभन्दा डरलाग्दो विषय हो । यदि अलिकति मात्रै पनि ‘म हराइरहेको छु’ भन्ने कुरा महसुस हुने हो भने त मानिसले अवश्य नै कुनै न कुनै प्रयास गर्नेछ । ऊ त्यस स्थानबाट फुत्केर आफ्नो लक्ष्यमा पुग्नका लागि कोसिस गर्नेछ । तथापि, हराएको मानिसलाई भने ‘म हराएको छु’ भन्ने कुरै थाहा हुँदैन । त्यसकारण ऊ अझै धेरै हराउँछ, अझै हराउँछ । ती शिष्यलाई पनि यस्तै भइरहेको थियो ।

हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्नु आवश्यक छ अनि यो त ती सृष्टिकर्ताप्रति आभार व्यक्त गर्नुपर्ने विषय हो ।

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उनी मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्वप्रसिद्ध पुस्तक ‘स्वयंको आवाज’ (हियर योरसेल्फ)का लेखक हुन् । उनको सन्देशका बारेमा थप जानकारीका लागि : www.premrawat.com)

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियामा दालमोट तथा चिप्स उत्पादनसम्बन्धी १० दिने सीपमूलक तालिम सम्पन्न

१० जेष्ठ  २०८२  – रिपोर्टिंग नेपाल 
बारबर्दिया नगरपालिकाले गरिबी निवारण तथा स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन गरेको १० दिने दालमोट तथा चिप्स उत्पादन तालिम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम २०८२ साल जेठ १ गतेदेखि १० गतेसम्म बारबर्दिया नगरपालिका वडा नं. ६, जयनगर, बर्दियामा सम्पन्न भएको हो। यस तालिमको आयोजना बारबर्दिया नगरपालिकाको उद्यम विकास शाखाले गरेको थियो।

तालिममा स्थानीय महिलाहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागी प्रशिक्षार्थीहरूले मिक्स दालमोट, केराउ दालमोट, आलु चिप्स, केराको चिप्स लगायत सातवटा परिकार बनाउन सिके। एक सहभागीले भनिन्, “हामीले स्वादिलो र गुणस्तरीय आइटम बनाउन सिक्यौं। अब मुख्य चुनौती बजार व्यवस्थापन कसरी गर्ने भन्नेमा सोच्दैछु।”

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छबीलाल थारुले सहभागीहरूलाई बधाई दिँदै भन्नुभयो ,“पारिवारिक कलहको एउटा प्रमुख कारण आर्थिक पक्ष हो। जब पुरुष र महिला दुवैले समान रूपमा आय आर्जन गर्न थाल्छन्, पारिवारिक तनाव स्वतः कम हुन्छ। त्यसैले हामीले युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएका छौं।”

उहाले  थप्नुभयो ,
“अब तपाईंहरूले सिकेको सीपअनुसार सफा, गुणस्तरीय दालमोट र चिप्स उत्पादन गर्नुहोस्, र आफ्नै वरिपरिका स्थानीय पसल तथा बजारमा बिक्री सुरु गर्नुहोस्। परिश्रम र मेहनतलाई अगाडि राख्नुहोस्, सफलताको ढोका खुल्नेछ।”

तालिम अवधिभर प्रशिक्षार्थीहरूले आफैँले बनाएका परिकारहरू तालिम समापन कार्यक्रममा उपस्थित अतिथिहरूलाई उपहारस्वरूप प्रदान गरेका थिए, जसले उनीहरूको व्यावहारिक सीप र आत्मविश्वास झल्काउँथ्यो।

कार्यक्रममा नगर प्रमुख साथै  प्रमुख प्रशासकीय अधिकृत टिका नाथ गोसाई, लेखा अधिकृत, नगर प्रवक्ता तथा वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समापन अवसरमा सहभागी सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

बारबर्दिया नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता उत्पादनमुखी तालिममार्फत स्थानीयस्तरमा स्वरोजगार सृजनालाई प्राथमिकता दिने जनाएको छ।

बिज्ञापन-YM-ADCustom Text

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा सम्पन्न : मौसमी सेवाकेन्द्र मानपुर टपरा उत्कृष्ट सेवाकेन्द्र सम्मानित

बर्दिया ३१ भाद्र २०८०

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा हिजो ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा विशिष्ट अतिथिको रुपमा ठाकुरबाबा नगरपालिका बर्दियाको उपप्रमुख श्री विना कुमारी भट्टराई रहनु भएको थियो। साथै लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष, ठाकुरबाबा नगरपालिका वडा नं १ का वडाध्यक्ष, मालिका साकोस बकुवाका अध्यक्ष, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज, NTNC बर्दियाका प्रमुख लगायतको आतिथ्यतामा सम्पन्न भएको छैटौ वार्षिक साधारणसभामा संस्थाका सन्चालक समिती, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, ऋण उपसमिति, शिक्षा उपसमिती, महिला सशक्तिकरण उपसमिति, सेवाकेन्द्रगत रूपमा सम्पन्न भएको साधारण सभाबाट प्रतिनिधीको रूपमा आउनुभएका सदस्यहरु, सिको साकोसका विभिन्न जीविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरु एंव व्यवस्थापनका कर्मचारीहरु लगाएतको उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो।

साधारण सभामा बोल्दै अधिकांश अतिथिहरुले सिको अहिलेको अवस्थामा आइपुग्न र सफलता हासिल गर्नका लागि यसको नेतृत्वकर्ता, संस्थाका शेयर सदस्यहरु तथा व्यवस्थापन टीमको तालमेल तथा सक्रियता एकदमै राम्रो रहनु हो साथै अबको जिम्मेवारी भनेको यसको उचाईलाई बचाई राखेर अझैं बढि सफलता प्राप्ति सँगै नविनतम प्रविधिको साथमा स्थानीय स्तरमा सदस्यका जीवनस्तर उकास्ने किसिमका थुप्रै कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने सुझाव पनि राख्नुभएको छ। पछिल्लो समयमा देशका विभिन्न स्थानमा सहकारीप्रति आइरहेको वितृष्णालाई चिर्दै सकारात्मक र सफलतापूर्वक समयमै आफ्नो साधारण सभा सम्पन्न गर्न सफल हुनु पनि सिको साकोसको सबल पक्ष रहेकाे कुरा विशिष्ट तथा प्रमुख अतिथिहरुले राख्नुभएको थियो। छैटौँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आ.व. २०७९/०८० मा भएको कारोबारको आधारमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने सदस्यहरु र जिविकोपार्जन क्लबको घोषणा साथै क्लबहरुलाई सम्मान पनि गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा सिको साकोसमा क्यासिएर पदमा कार्यरत कर्मचारी श्री कमला कुमारी ठकुल्ला तथा उत्कृष्ट सेवाकेन्द्रकाे रुपमा मौसमी सेवाकेन्द्र मानपुर टपरा लाई घोषित गर्दै सम्मान समेत गरिएको छ। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्री दामोदर अधिकारी ज्यूले उपस्थित प्रमुख अतिथी, विशिष्ट अतिथी, सम्पूर्ण अतिथिहरु, सन्चालक, लेखा, विभिन्न उपसमितिहरु, शेयर सदस्यहरू, व्यवस्थापन टिम लगायत सम्पूर्णमा हार्दिक कृतज्ञताको साथमा धन्यवाद प्रकट गर्दै यस संस्थालाई आगामी दिनहरूमा अझैं प्रगति गराउँदै सफलताकाे शिखरमा पुर्याउनका लागि सम्पूर्ण पक्ष तथा सरोकारवाला निकायबाट सकारात्मक सहयोगको अपेक्षा राख्नुभएको थियो।

स्रोत : खोज नेपाल न्युज

बिज्ञापन-YM-ADCustom Text

| एक सोझो ब्यक्तिको जग्गा हडप्ने दाउ : बारबर्दियाको वडाका कर्मचारी जंग बहादुर थारुले रातमा धम्कायर बनाय तमसुक

१२ मंसिर २०८०, रिपोर्टिंग  नेपाल ,बर्दिया  — बारबर्दिया नगरपालिका–६ का वडास्तरीय कर्मचारी जंग बहादुर थारुले सोझा व्यक्तिलाई आर्थिक रूपमा ठग्न योजनाबद्ध तमसुक बनाएका छन्। रकम रु. १,५०,००० (करिब एक लाख पचास हजार ) मात्रै दिनुपर्ने अवस्थामा, उनले ब्याजदर ३ प्रतिशत मासिक (वार्षिक ३६%) कायम गर्दै तमसुकमा तीन लाख भन्दा बढीको दायित्व जबर्जस्ती राखेका छन्।

पीडितले जनाएअनुसार, “सहयोगको आशामा ऋण मागेको थिएँ, कारण बस उनीहरुको भाका मादिना सक्ने अवस्था भएन जग्गा बेच्ने प्रक्रियामा लागेको थिए , ऋण तिर्न तर रातिको करिब ११/१२  मेरो घरमा आएर , धम्क्याएर सिधै तमसुकमा हस्ताक्षर गर्न लगाइयो। मलाइ पढ्न दिएनन , के लेखिएको तेतिबेला थाहा पाइन । मोबाइलमा खिचेर राखेको थिए भोलिपल्ट बिहान  हेर्दा  थाहा भयो, मैले मागेकोभन्दा तीनगुनासम्म बढी तिर्नुपर्ने तमसुक रहेछ।”

तमसुकमा न त कानुनी साक्षीको उपस्थित थियो, न त कुनै ऋण हस्तान्तरणको प्रमाण। अदालतमा मान्य नहुने यो दस्तावेज जबरजस्ती बनाइएको र पीडितलाई आर्थिक र मानसिक दबाब दिने माध्यम बनाइएको हो – स्थानिएको दाबी छ ।

स्थानीय स्रोतका अनुसार यो पहिलो घटना होइन। बारबर्दियामा अशिक्षित र गरीब वर्गलाई उच्च ब्याजदर देखाएर तमसुक बनाउने, त्यसपछि जग्गा हडप्ने रणनीति अपनाउँदै आएका छन्।

सम्बन्धित निकाय पालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको छ र स्थानीय स्तरमै यो घटना गम्भीर बहसको विषय बनेको छ। यदि दोष प्रमाणित भयो भने, कर्मचारीमाथि पदको दुरुपयोग, ठगी, र कागजी अपराध अन्तर्गत कारबाही हुनसक्नेछ।

बिज्ञापन-YM-ADCustom Text

गण्डकी प्रदेश सरकारको नेतृत्व मावोबादीले लिने

४ चैत्र २०८०, पोखरा । आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले यस अघिनै गण्डकीमा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेकी थिइन् ।  

समीकरणमा रहेका प्रमुख दल र नेताहरुले गण्डकी प्रदेशको नेतृत्व  माओवादीले लिँदा राम्रै हुन्छ भन्ने भएको हुनाले अरुको त्यति विमती हुने स्थिति नरहेको र गण्डकीमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा सत्ता साझेदार दलहरुबीच कुराकानी भइरहेको प्रचण्डले जानकारी दिए ।

तर  समीकरणभित्रका दलबाट मात्र सरकार बनाउन आवश्यक संख्या पुर्याउन समस्या रहेकोले प्रधानमन्त्री प्रचण्डले समीकरणभन्दा बाहिरका दलको पनि समर्थन लिने प्रयास भइरहेकोले त्यसका लागि केन्द्रीय स्तरमा र प्रदेश स्तरमा कुराकानीभैरहेको जानकारी गराय ।

बिज्ञापन-YM-ADCustom Text

मेयर छबिलालको ठाडो आदेशमा : गरिब किसानको बगर खेतिमा डोजर

१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।

बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय ।
ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।


किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।

भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।

पुरा भिडियो हेर्नुहोस

बिज्ञापन-YM-ADCustom Text

७ वटा बिधालयहरुको बिधार्थी उत्तीर्ण संख्या : शून्य

३० चैत्र २०८०, बर्दिया | बर्दिया जिल्लाको बढैयाताल गाउपालिका भित्र रहेका निजि तथा सामुदायिक बिधालयहरुले सन्चालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षामा केहि बिधालयहरुले १ जना बिधार्थी पनि उत्तीर्ण गराउन सकेका छैनन । पालिका भित्रका परिक्षा संचालन भयका निजि तथा सामुदायिक जम्मा २७ बिधालय मध्ये एक जना पनि उत्तिर्ण गराउन नसकेको असफल बिधालय ७ वटा रहेका छन भने १ जना विद्यार्थी  मात्र  उत्तिर्ण हुने बिधालय ५ वटा र  २ जना मात्र विद्यार्थी उत्तिर्ण हुने  बिधालय यौटा रहेको छ । एक जना विद्यार्थी पनि उत्तिर्ण गराउन नसकेको बिधालयहरुमा जगदम्बिका मा वि जमुनी , सरस्वती नेरा आवि सोरहवा , नेरा आ वि गोब्रपुर , प्रगति आ वि मैनापोखर , युवक आ वि बोकटिया, मयुर आ वि मयुरबस्ती , मुन लाइट एकेडेमी परेकाछन भने १ जना मात्र विद्यार्थी उत्तीर्ण हुने बिधालयहरु भवानी मा वि सेमरा , नेरा इ भु मा वि बढैयाताल , शारदा मा वि मैनापोखर, जय कालिका मावि मुनालबस्ती , मुक्त कमैया आ वि जनता नगर रहेका छन ।

केहि समय अगाडि यसै गाउपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई भ्रस्टाचार गरेको आरोपमा नेकपा क्रान्तिकारीले कालोमोसो समेत दलेको थियो l

बिज्ञापन-YM-ADCustom Text

योगगुरु गिरिराजज्यूको जन्मोत्सवमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

१०  असार २०८२, सुमित्रा सुबेदी, नेपालगञ्ज
योग समिति नेपालका परिकल्पनाकार, केन्द्रीय संस्थापक अध्यक्ष तथा सुप्रसिद्ध आयुर्वेदाचार्य योगगुरु गिरिराजज्यूको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा विविध सामाजिक गतिविधिहरू सम्पन्न भएका छन्। जन्मोत्सवलाई सामाजिक रूपले अर्थपूर्ण बनाउन असार ९ गते जन्मोत्सवको पूर्वसन्ध्यामा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति समेत रहनुभएका योगगुरु गिरिराजज्यूले नेपालगञ्जस्थित भेरी अस्पतालको रक्त संचार सेवा केन्द्रमा आयोजित कार्यक्रममा आफैँ पनि रक्तदान गर्नुभयो। उहाँले स्वस्थ व्यक्तिको शरीरमा प्रत्येक तीन महिनामा पुरानो रगत स्वतः नष्ट भइ नयाँ रक्त निर्माण हुने भएकाले नियमित रूपमा रक्तदान गर्नु आवश्यक रहेको बताउनुभयो। “समयमै रक्तदान गरेर अरुको जीवन बचाउन सकिन्छ, तीन महिनामा नष्ट हुने रगतको सदुपयोग यही हो,” उहाँको भनाइ थियो।

कार्यक्रममा ६० जनाभन्दा बढी योगप्रेमी, स्वयंसेवक तथा सामाजिक अभियन्ताहरूले रक्तदान गरेका थिए। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झानाले रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई रक्त सङ्कलनको प्याकेट हस्तान्तरण गरी गर्नु भएको थियो।

सो अवसरमा नेपालगञ्ज लगायतका विभिन्न जिल्लामा सक्रिय ४६ वटा योग केन्द्रका प्रतिनिधिहरूलाई आ–आफ्ना केन्द्रमा वृक्षारोपणका लागि बिरुवा वितरण गरिएको थियो। प्रत्येक केन्द्रमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। वृक्ष वितरणमार्फत वातावरण संरक्षणको सन्देश पनि फैलाउने प्रयास गरिएको छ।

साथै, योग समिति नेपालले केही समयअघि खरिद गरेको भूमिमा निर्माणाधीन गुरुद्वाराभित्र वृक्षारोपण कार्यको शुभारम्भ समेत गरिएको छ। यसले योग केन्द्र र गुरुकुललाई हरित र शान्त वातावरणमा स्थापना गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

रक्तदान तथा वृक्षारोपण कार्यक्रममा योग समिति नेपालका सल्लाहकार मीन बहादुर मल्ल, जगदीशचन्द्र तिमल्सिना, रेडक्रसका प्रविधिक अधिकृत उपेन्द्र रेग्मी, योगप्रेमी समाजसेवी निल साक्य, हरित अभियन्ता हेमन्त काफ्ले लगायत ४८ वटा केन्द्रबाट आएका संयोजक, प्रशिक्षक, आजीवन सदस्य तथा योगमा विश्वास गर्ने योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको संयोजन योग प्रशिक्षक प्रेम केसीले गर्नुभएको थियो भने विस्तृत जानकारी प्रशिक्षक सुमित्रा सुबेदीले दिनुभयो।
सामाजिक सद्भाव, स्वास्थ्य तथा वातावरणप्रति जिम्मेवारी दर्शाउने उद्देश्यले गरिएको यो कार्यक्रमले योगगुरुको जन्मोत्सवलाई अर्थपूर्ण बनाएको सहभागिहरूले बताएका छन्।

बिज्ञापन-YM-ADCustom Text

घोरपिट्टामा पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिता संचालन

२२ जेष्ठ २०८१, बर्दिया | बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्मर ४ घोरपिट्टामा २ पालिका बारबर्दिया र गुलरिया अन्तर्गतको वार्ड स्तरीय पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिताको संचालन भैरहेको छ l

हिजो २१ गतेका दीन प्रमुख अतिथि प्रदेश सभासद माननीय राजकुमार थारुको प्रमुख आतिथ्य, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु र सामाजिक बिकाश डिभिजन कार्यालय बाकेका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको बिशेष आतिथ्यमा उदघाटन भयको हो  l अतिथिमा वडा नम्मर ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिताराम योगीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रमको आयोजक क्लब श्री शिव शक्ती युवा क्लब ४ घोरपिट्टाका अध्यक्ष ओम प्रकाश थारुले गर्नुभयको थियो l

कार्यक्रम संचालनको निम्ति प्रदेश सभासद माननीय राजकुमार थारुको पहलमा सामाजिक बिकाश डिभिजन कार्यालय मार्फत आर्थिक सहयोग गरेको कार्यक्रमको अध्यक्ष ओम प्रकाश थारुले जानकारी गराउनु भयो  l

बिज्ञापन-YM-ADCustom Text

योग अभियानलाई नयाँ उचाइ: सिद्धार्थ टोलमा ५५औँ केन्द्र सञ्चालनमा

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , मिति २०८२ मंसिर २० गते, शनिबारका दिन  नेपालगञ्ज उप–महानगरपालिका–१० मा योग समिति नेपालले आफ्नै शाखा स्वरूप ५५ औँ सिद्धार्थ टोल योग केन्द्रको भव्य उद्घाटन गरेको छ। कार्यक्रमको अध्यक्षता योग समिति नेपालका परिकल्पनाकार तथा अध्यक्ष योग गुरु आयुर्वेचार्य श्रदय गिरिराजले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा अधिवक्ता प्रलाद बहादुर कार्की उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निर्मला शाह, सचिव तथा कार्यक्रम सञ्चालक चिरञ्जीवी ज्ञवाली, योग प्रशिक्षक जानकी ज्ञवाली, अनिता श्रेष्ठ, भुमा पाण्डे लगायत सचिवालय तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त अवसरमा योग गुरु गिरिराजले ५५औँ योग केन्द्रको स्थापना तथा व्यवस्थापन समिति गठन भएको दिनलाई ऐतिहासिक भनेर उल्लेख गर्दै, उपस्थित सम्पूर्ण योग अभियन्ताहरूप्रति शुभकामना र आशीर्वाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, नव–गठित समिति केवल संगठनात्मक संरचना मात्र नभई योगलाई घर–घरमा पुर्‍याउने, समाजलाई स्वस्थ, सजग र अनुशासित बनाउने, र तन–मन–आत्मालाई एकाकार गर्दै मानवताको सेवा गर्ने सामूहिक संकल्पको प्रतीक हो। समाजमा परिवर्तन शब्दले नभई अभ्यासले हुने बताउँदै उहाँले “म पनि योग गर्छु, म पनि समाजलाई केही दिन्छु, म पनि सकारात्मक परिवर्तन ल्याउन लाग्छु” भन्ने प्रतिज्ञा सबैले गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रमकै क्रममा ५५औँ सिद्धार्थ टोल योग केन्द्रको व्यवस्थापन समिति सार्वजनिक गरियो, जसको नेतृत्व भागिरथी पाण्डे (भुमा पान्डे) ले प्रमुख संयोजकका रूपमा सम्हाल्नेछिन्। समिति सञ्चालन तथा समन्वयमा चन्द्रा केसी (संयोजक), लक्ष्मी उप्रेती (सह–संयोजक), स्मृति घिमिरे (उप–संयोजक),सरिता ज्ञवाली लगायत सक्रिय सदस्यहरू सरिता ज्ञवाली, पुस्प राज पौडेल, भरत पान्डे, रितिक शाही, मनोज पान्डे, सीता उप्रेती र पवन ठाकुर रहनेछन्। केन्द्रको दीर्घकालीन योजनालाई रणनीतिक रूपमा अगाडि बढाउन अनिता कुमारी श्रेष्ठ, युवराज शर्मा, प्रलाद बहादुर कार्की, चम्पा लाल बोथरा, डा. गोपाल श्रेष्ठ, डा. पियुष कनोडिया, डा. अनिल कुमार चौधरी, डा. तुषार शाह, भानुभक्त पाण्डे र शक्ति बल्लभ आचार्य सल्लाहकारको भूमिकामा रहनेछन्।

वक्ताहरूले ५५औँ योग केन्द्रले नियमित योग अभ्यासमार्फत समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन र सकारात्मक सोच विस्तार गर्ने विश्वास व्यक्त गरे। योग गुरु गिरिराजले नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि बधाई दिँदै, केन्द्रलाई अझ मजबुत र प्रभावकारी बनाइ लैजाने नेतृत्व क्षमताप्रति पूरा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम जय योग, जय मानवता नारासहित सम्पन्न भएको थियो।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको