एसईईको परीक्षाफल प्रकाशित, थाहा पाउनुहोस् नतिजा

१४ असार २०८१, काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । 

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउनेछन् । यस पटककाे परीक्षामा ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडड (एनजी) भएका छन् । उनीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ​एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसअन्तर्गत  सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

एसईई परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:

एसएमएसमार्फत नतिजा हेर्ने तरिका 

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् । 

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् । 

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

वेबसाइटबाट नतिजा थाहा पाउने तरिका

परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ । 

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

एनसेल एप तथा डिजिटल वालेट खल्तीबाट पनि नतिजा हेर्न सकिन्छ ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियाका किसानमा छायो खुशियाली  | मेयरको पहलमा धान संकलन केन्द्र संचालन

१ कार्तिक २०८०, बर्दिया

बारबर्दिया नगरपालिकाले धान उत्पादन गर्ने किसान हरुको हितका निम्ति धान संकलन केन्द्र संचालन गरेको छ | उक्त संकलन केन्द्र यसै नगरपालिकाको वडा नम्मर ६ जयनगर बजार नाजीकै रहेको छ |

हिजो उक्त धान खरिद केन्द्र उदघाटन गर्ने समयमा किसानहरुले ४ लड़िया मोटो धान बेच्न ल्याएका थिए , उक्त धान ३१९८ रुपयाँ प्रति क्विन्टलका दरले संकलन केन्द्रले खरिद गरेको थियो |

एक किसानले खुसि हुदै हामि सित भने  “बारबर्दियामा रहेका धान खरिद गर्ने ब्यापारी सित मोटो धान बेच्न जादा मोटो धानको मूल्य २८०० देखि २९०० प्रति क्विन्टलका दरले हामी सित खरिद गर्दा हामि  किसान निकै मर्कामा परेका थियौ अहिले नगरपालिकाले धान संकलन केन्द्र संचालन गर्दा हामि किसानले धानको उचित मूल्य पायौ ” |

किसान हरुले आफुले उत्पादन गरेको धानको उचित मूल्य प्राप्त गरुन र बिचौलियाको शोषण र चंगुलबाट किसानलाइ मुक्ति दिलाउने उदेश्यले धान संकलन केन्द्र संचालन गरेको बारबर्दियाका नगर प्रमुख छबिलाल थारुले रिपोर्टिंग नेपाललाई जानकारी गराउनुभयो |

बिचौलिया सित नफसेर उचित मूल्य प्राप्त गर्न नगरपालिकामा रहेको धान संकलन केन्द्रमा आफ्नो धान बिक्रि गर्न ल्याउन र सम्पूर्ण नगरबासीलाई बारबर्दियाका नगर प्रमुख छबिलाल थारुले अनुरोध गर्नुभयको छ |

धान बिक्रि सम्बन्धि सम्पूर्ण जानकारीका निम्ति यो भिडियो हेर्नुहोला |

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकाको ९६ करोडको बजेट सार्वजनिक

१० असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   — बारबर्दिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ९६ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ। नगर उपप्रमुख तथा नगरसभा उपाध्यक्ष रत्न कुमारी पाण्डेले नगरपालिकाको १७ औं नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गर्दै आत्मनिर्भर र न्याययुक्त समाज निर्माणका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गर्नुभएको हो। उहाँले नगरको समृद्धिको यात्रालाई गति दिने गरी बजेटको संरचना तयार पारिएको जानकारी दिनुभयो।

प्रस्तुत बजेटअनुसार चालु खर्चका लागि ६६ करोड १९ लाख रुपैयाँभन्दा बढी र पुँजीगत खर्चका लागि ३३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले यो वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, सूचना प्रविधि, सामाजिक सुरक्षा, महिला तथा बालबालिका लगायतका क्षेत्रमा सन्तुलित र समावेशी ढंगले बजेट बाँडफाँड गरेको जनाएको छ।

नगरपालिकाले “कृषि, उद्योग र पर्यटनमा वृद्धिः बारबर्दियाको समृद्धि” भन्ने नारालाई आत्मसात गर्दै आगामी वर्षको योजना अघि सारेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा करिब ९९ करोड ५२ लाख रुपैयाँको संशोधित बजेटमध्ये जेष्ठ मसान्तसम्म ४६ करोड ६० लाख चालु खर्च र १८ करोड ८८ लाख विकास खर्च गरेर वित्तीय प्रगतिमा सन्तोषजनक उपलब्धि हासिल गरिएको बताइएको छ। सो अवधिमा कभर्ड हल निर्माण, सडक कालोपत्रे, नाली निर्माण, वडा कार्यालय र प्रशासकीय भवन निर्माण तथा सुधार, सेनिटरी प्याड वितरण लगायतका सेवा तथा पूर्वाधारमुखी योजनाहरू कार्यान्वयन गरिएको छ।

पूर्ण पाठको भिडियो Youtube च्यानल YM TV Nepal  मा हेर्न सकिनेछ 

नयाँ बजेटमा शिक्षा क्षेत्रमा करिब ७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयमा सुशासन प्रवर्द्धन र सार्वजनिक शिक्षाको रूपान्तरणलाई प्राथमिकता दिइने उल्लेख छ। त्यस्तै, कृषिमा यान्त्रिकीकरण तथा प्रविधिको पहुँच विस्तारका लागि ५० लाख, पशुपालनमा नस्ल सुधार, रोकथाम र आहार व्यवस्थापनका लागि ४१ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ।

महिला सशक्तीकरण, बालबालिकाको संरक्षण तथा दलित समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्न २३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। आयुर्वेद, योग तथा अध्यात्मलाई नगरवासीको स्वास्थ्य सुधारको एक महत्वपूर्ण पाटोका रूपमा अगाडि ल्याउने योजनाअनुसार १२ लाख रुपैयाँ छुट्याइएको छ। त्यसैगरी सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ४ लाख २५ हजार र युवा तथा खेलकुदमा सक्रिय सहभागिता प्रोत्साहन गर्न ११ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ। न्यायिक समिति सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा उपमेयर कार्यक्रम सञ्चालनका लागि पनि छुट्टै २२ लाख ९५ हजारको व्यवस्था गरिएको छ।

नगरपालिकाले डिजिटल प्रविधिको उपयोगलाई संस्थागत बनाउँदै डिजिटल नागरिक बडापत्र कार्यान्वयनमा लैजाने लक्ष्यसहित योजना अगाडि सारेको छ। यसै अन्तर्गत घर नम्बरिङ प्रणाली, कर शिक्षामा जनचेतना र राजश्व दायरा विस्तारमा समेत प्राथमिकता दिइने उल्लेख गरिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष तथा समपूरक अनुदानहरू तोकिएको मापदण्डअनुसार खर्च गरिनेछ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा सीमान्तकृत वर्गका लागि सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइनेछ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख पाण्डेले संविधान, लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि बलिदान दिने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। नगर विकासको लागि सबै राजनीतिक दल, संघीय तथा प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नगरवासीहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले समृद्ध बारबर्दिया निर्माणका लागि सबै पक्षलाई एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।

बिज्ञापन-YM-ADCustom Text

नरिवलको नियति

GOPILAL KANDEL

१२ कार्तिक २०८१ l बर्दिया l गोपीलाल कँडेल

यदि तपाई कहिल्यै समुन्द्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुहुन्छ भने तपाईले त्यहाँ देख्नुहुन्छ- त्यस निर्जन टापुमा नरिवलका अग्ला अग्ला रुखहरु खडा छन् । भएन त अचम्म ?  आखिर यो त्यस टापुमा कसरी पुग्यो ?

के तपाईंलाई थाहा छ-  त्यस नरिवलले बिलकुल प्रतिकुल वातावरणमा एउटा असम्भब लाग्ने यात्रा गरेको छ ? के तपाईंलाई लाग्छ- त्यससंग कुनै नक्सा थियो ?  थिएन । न त त्यस नरिवलसंग कुनै नक्सा थियो,  न आजकलको उपकरण जस्तो कुनै जिपिएस नै थियो । यस्तो पनि हैन कि ऊसंग त्यहाँसम्म पुग्नको लागि कुनै डुङ्गा वा ईन्जिन थियो । तर, साँचो त यहि हो- यो लामो र दुर्गम यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई जरुरत पर्नै सबै थोक थियो । समुन्द्रमा जीवित रहनको लागि सफा पानीको जरुरत हुन्छ,  साथै जब त्यो नरिवल कतै किनारा तिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई सफा पानी नै चाहिन्छ ।

यस पूरा यात्राका क्रममा नरिवल आफू भित्र मीठो पानीले भरिईरहन्छ । नरिवलको जटायुक्त खोल पुरै यात्राको दौरान एक रक्षा कवच हुनुका साथै तैरिनमा उसलाई सहयोगी हुन्छ । यसैकारण नरिवल पानीमा डुब्दैन, पानीको सतह भन्दा माथि तैरिईरहन्छ र डुङ्गाको पालले जस्तै हावाको बेगलाई पनि समात्ने काम त्यो जटाले गर्दछ ।

बडा उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तब्य तिर अघि बढ्दै रहन्छ । रुखबाट झरेर सागरको फिँजयुक्त छालद्वारा बारम्बार तरङ्गित भैरहन्छ । यसले बारम्बार खुला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब यो नरिवल सागरमा पुग्दछ अनि तत्काल सागरको छाल र हावाको गति समातेर आफ्नो गन्तब्य स्थलतिर बढिरहन्छ । कहिल्यै सोच्नुभएको छ- यति बिशाल सागरको बीचमा प्रचण्ड छालहरुको झापड सहेर यो सानो नरिवल बिलकुलै आत्तिदैन । मानवले बिशालकाय जहाज, ट्याङ्कर, पनडुब्बी आदि बनाएका छन् तर जब समुद्रमा तुफान आउँछ ति ठूला ठूला जनयानहरु पनि नजिकको बन्दरगाहमा शरण लिन्छन् र आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् ।  तर,  यो नरम नरिवलले त्यसो गर्दैन । हरेक तेज छाल संगसंगै माथि उछालिन्छ र हरेक दोश्रो छालसंगै तल पछारिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तै काम गर्दछ जो एक किसिमले यस यात्रामा सहयोगी बन्न जान्छ ।

एक दिन समुन्द्रको कुनै ठुलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा हुरर्‍याईदिन्छ । त्यो नयाँ ठाउँमा पुगेर यो नरिवलले चुपचाप आफ्नो जरा फिजाउँछ र एक दिन यस्तो पनि आउनेछ- त्यस नयाँ ठाउँमा नरिवलको एउटा रुख आफ्नो फललाई फेरि पनि समुन्द्रका छाललाई सुम्पिनका लागि तयार हुनेछ ।

जे जति पनि नरिवलसंग छ,  त्यसले बढी भन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ,  कुनै हिचकिचाहट बिना,  केहि नसोचीकन यस्ता हरेक अवसरहरुलाई समात्छ, जो उसले पाउँछ र अन्ततः त्यो त्यस ठाउँमा पुग्न सफल हुन्छ,  जहाँ उसले आफूलाई फेरि पनि सृजना गर्न सक्छ,  फेरि स्थापित गर्न सक्छ ।

हामीसंग पनि ती सम्पूर्ण जरुरी ताकत छन्, ती तमाम शक्ति छन्, जसको सहि प्रयोग गरेर  हामी त्यस लक्षित बिन्दुलाई, त्यस स्थानलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामी आफू भित्रको त्यो स्थान प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ जहाँ सहि अर्थमा,  हामी आफै आफूसंग,  पूर्ण सहजताका साथ,  पुरै शांतिका साथ त्यस आनन्दलाई अनुभूति गर्न सक्छौँ- जो हामी भित्रै छ । ( साभार- Splitting the Arrow by Prem Rawat )

बिज्ञापन-YM-ADCustom Text

बर्दिया प्रशासनलाई ८६ इन्चको स्मार्ट बोर्ड हस्तान्तरण

बर्दिया, २५ भदौ  २०८३  — जलवायुजन्य विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियालाई ८६ इन्चको स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।

प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)द्वारा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ अन्तर्गत उक्त स्मार्ट बोर्ड जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको हो।

स्मार्ट बोर्ड बि–ग्रुपका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारी, प्राक्टिकल एक्सन नेपालका वरिष्ठ अधिकृत चक्रबहादुर बम, समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक हेमन्तराज जोशी तथा परियोजनाका कर्मचारीहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई हस्तान्तरण गरिएको हो।

भिडियो हेर्नुहोस

जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने बाढी, डुबानलगायतका विपद्का जोखिमबारे समयमै सूचना प्राप्त गर्न तथा सम्बन्धित निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन स्मार्ट बोर्ड उपयोगी हुने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत उपलब्ध गराइएको उक्त प्रविधिले जिल्लामा विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा समुदायको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना हुने स्मार्ट बोर्डमार्फत विपद्सम्बन्धी सूचना तथा पूर्वसूचनालाई सहज र प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने बताइएको छ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया र गुलरियामा SEE का बिद्यार्थीले कोचिङ कक्षाको शुल्क तिर्नु पर्दैन : सांसद राजकुमार थारु

२१ फाल्गुन २०८०, बर्दिया | बारबर्दिया नगरपालिकाको १४ र गुलरिया नगरपालिकाको १० वोटा माध्यमिक बिद्यालयलाइ कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले १५ लाख रुपिया बिनियोजन गरेका छन ।

SEE विद्यार्थीलाई कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले क्षेत्र बिकाश कोष मार्फत १५ लाख रुपिया बिनियोजन गरेका हुन । जस मध्य ३ लाख रुपिया गणित र बिज्ञान बिषयका शिक्षकलाई ट्रेनिङको नाममा सामाजिक बिकाश कार्यालय नेपालगन्जले ३ लाख खर्च गरिसकेको छ ।

बाकी १२ लाख रकम SEE को तयारी गरिरहेका विद्यार्थीलाई बिज्ञान र गणित बिषयको २ महिना सम्म अतिरिक्त कक्षा सन्चालन गरेबापत बारबर्दियाको माध्यमिक बिधालय हरुलाइ सामाजिक बिकाश डिभिजन कार्यालय नेपालगन्जले भुक्तानी गर्नेछ ।

SEE को तयारिका निम्ति कोचिङ कक्षा लियबापत विद्यार्थीले कुनै पनि शुल्क बिध्यालयला बुझाउनुपर्ने छैन । शिक्षकले कुनै पनि विद्यार्थीलाई कुनै प्रकारको प्रलोभन वा डर त्रास देखायर अतिरिक्त कक्षा सन्चालन गरेबापत शुल्क असुली गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।

समुदायिक बिधालयमा विशेष गरि आर्थिक स्थिती निकैनै कमजोर हुने विद्यार्थीहरु अध्यन गर्न आउने हुदा उनिहरुले पैसाको अभाबमा कोचिङ कक्षामा सहभागी हुन समेत नसक्ने भयका कारण विद्यार्थीको पढाइमा कमजोरी देखियको हुदा बिद्यार्थीको पढाइमा सुधार होस भन्ने उदेश्यले कोचिङ कक्षा सन्चालनको निम्ति भनेर रकम बिनियोजन गरेको प्रदेश सन्सद राजकुमार चौधरिले जानकारी गराएकाछन ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिका बलात्कृत

३ मंसिर २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर ८ भगतपुर गाउमा बस्ने अन्दाजी २२ बर्षिय बिबाहित पुरुष गाउ घरमा ल्याप्टन भनेर चिनिने लक्ष्मन थारुलाइ बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

गत राती १० बजेको समयमा गाउले बहिनीलाई पिसाब लागेर साथ गएको मौकापारी उक्त समयमा सोही ठाउबाट मुख बुजेर नजिकैको लसुन बारिमा लगि जबर जस्ती करणी गरेको पीडितको आफन्तले रिपोर्टिंग नेपालको सम्बाददाता लाइ जानकारी गरायका छन्   ।  

बानियाभार इलाका प्रहरी कार्यालयमा पीडितले निबेदन दिय पस्चात आरोपीलाइ आज बिहान करिब ७ बजेको समयमा पक्राउ गरि बानियाभार इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठायको छ |

जयनगर प्रहरिलाइ जानकारी गराय पश्चात राती १ बजे  प्रहरी पीडितको घरमा सोधपुछ गरि बिहान जयनगर इलाका प्रहरीमा निबेदन दिन आउनु भनि फर्किएको तर बिहान पिडित पक्ष जयनगर इलाका प्रहरीमा निबेदन दर्ता गर्न जादा यहा दर्ता हुदैन , मिल्दैन बानियाभार प्रहरी कार्यालयमा जाउ भन्दै निबेदन दर्ता नगरी दुख दियको आरोप पिडित परिवारको छ |

बिज्ञापन-YM-ADCustom Text

२५ + १२ पढनुहोस

– प्रभात सुवेदी , ३२ श्रावण २०८०

(संस्मरणात्मक आलेख)
भर्खरै आइएस्सी सकेर म खाली बसेको थिएँ । २०५२ साल माघ १३ गते अचानक बुबा बिरामी भएपछि पारिवारिक अवस्थाले गर्दा मैले मेरो पढाइलाई निरन्तरता दिन सकिन । जसले गर्दा केही काम नगरी बस्न मन नभएपछि आँफैले पढेको विद्यालय विद्याज्योति मावि कण्ठपुरमा केही महिना पढाउने अवसर पाएँ । त्यसपछी साविक जमुनी गाविसमा रहेको दीप ज्योति मावि डाँफे मा गएर पढाउन थालेँ । कला र सञ्चार भनेपछी सानैदेखि हुरुक्कै हुने भर्खरै स्थापना भएको नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले समाचारवाचकको विज्ञापन गरेको थाहा पाएर त्यस विज्ञापनमा आवेदन दिनको लागि कोहलपुर पुगेर फर्किने क्रममा एक निजी विद्यालयका प्रधानाध्यापकले मेरो प्रोफाइल हेरिसकेपछि आफ्नै विद्यालयमा काम गर्नका निमित्त अनुरोध गर्नुभयो । मेरो बालसुलभताले उक्त अनुरोधलाई नकार्न सकेन र मैले त्यो प्रस्तावलाई सहजै स्वीकार गरेँ । तत्पश्चात घर आएर त्यस विद्यालयमा काम गर्नका निमित्त म कोहलपुर गएँ । केही कुराकानी र सहमति पश्चात म अध्यापन कार्यमा संलग्न भएँ । पढाउनुपर्ने विषय र कक्षाहरु अरु त मलाई केही पनि थाहा भएन र याद पनि छैन तर एउटा कक्षामा गएर पढाएको कहिल्यै पिन विर्सन सकिन । त्यो कक्षा थियो कक्षा चार अनि मलाइ पिरियड पनि याद छ दोस्रो पिरियड हो । सो कक्षामा गएर पढाउनुपर्ने विषय सामाजिक अध्ययन थियो । कक्षा चारका साना नानीबाबु हरुले अङ्ग्रेजी माध्यममा पढाउदा के बुझ्लान् भन्ने सोचेर र म पनि त्यति अभ्यस्त भइनसकेको हुनाले अंग्रेजीमा र केही कुरा नेपालीमा बढाउँदै गर्न थालेँ ।
यसैबीच एक जना छात्राले आफ्नो बेन्चबाट उठेर अंग्रेजी माध्यमै पढाउन अनुरोध गरेकी थिइन् । उनको अनुरोध बेग्लै प्रकारको थियो । अलि निर्भिक अनि अलि झोक्किलो पाराको, त्यो अनुरोध अहिले पनि मलाई झल्झल्ती याद आउँदछ । उनको अनुरोधले मलाई एकपटक हैन पटक पटक सोच्न बाध्य बनायो । उनले अंग्रेजी माध्यमबाटै पढाउन गरेको अनुरोधले मलाई अलि गहन तरिकाबाट सोच्न बाध्य गरायो । हुन त त्यस विद्यालयमा म त्यति लामो समयसम्म अध्यापन गरिन तर ती छात्राको अनुरोधले गर्दा मलाई जीवनभरि नै एउटा गतिलो पाठ भने मज्जैले सिकायो । उनले भनेको अंग्रेजीको वाक्य “सर प्लिज टिच अस इन इङ्गलिस मेडियम, डोन्ट टिच अस इन नेपाली” ले मेरो मन र मस्तिष्कमा झनझनाहट पैदा गर्यो । जसले गर्दा ती छात्रालाई मैले कहिले बिर्सिन सकिन । त्यसपछि मेरो अंग्रेजी भाषा प्रतिको मोह बन्न थाल्यो । भित्रभित्रै सिक्ने उत्कण्ठा थपियो जसले गर्दा निरन्तर रुपमा आफ्नो शब्दभण्डार बढाउने र नयाँ शब्दहरु लेख्ने याद गर्ने र ती शब्दहरूलाई निरन्तर प्रयोग गर्ने अभ्यास गर्न थालेँ । यो प्रयोग निरन्तर गरिसकेपछि अंग्रेजी भाषाको सिकाइमा आफूलाई केही परिवर्तन भएको महशुस पनि भयो ।
वास्तवमा अभ्यास गरेपछि कुनै पनि कुरामा सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने कुरा तिनै बालिकाबाट सिक्न पाएँ । त्यसैले तिनै बालिकालाई मैले प्रेरणाको स्रोत सम्झिएँ, मनले गुरुआमाको रुपमा पुज्न थालेँ ।
पच्चीस वर्षअगाडि भएको यो घटनालाई मैले कहिल्यै पनि बिर्सनै नसक्नेमध्येको एक भयो । बरु लामो समय बितिसकेपछि ती बालिका आजभोलि कहाँ होलिन् के गर्दै होलिन् ? भन्ने चासो मलाई लागिरह्यो र उनलाई खोज्नका निमित्त मैले धेरै प्रयास पनि गरेँ तर मेरा सबै प्रयासहरु निरर्थक भए । कहीँकतैबाट मैले जानकारी पाएँ अहिले कुनै विद्यालयमा अध्यापन गर्दै छिन् । धेरै प्रयास गर्दा गरेँ उनलाई भेट्नका लागि सामाजिक सञ्जालमा उनको नामबाट खोजी गरेँ तथापि मैले भेट्न सकिन । त्यो विद्यालयमा अध्ययन गर्ने तमाम बालबालिकाहरू र शिक्षकहरु मध्ये मलाई अहिलेसम्म ती सानी बालिकाको नाम मात्रै ताजै रहेको छ ।
विश्व कोरोना महामारीको अवस्थामा रहेको समयमा यो खाली समयलाइ सदुपयोग गर्ने उद्देश्यले नेपालका शिक्षकहरुलाई प्रविधि मैत्री शिक्षक समाजको प्रविधि सिक्ने सिकाउने अभियानमा जोडीइरहँदा कुनै एउटा अनलाइन तालिममा मैले अचानक ती बालिकाको नामसँग मिल्दोजुल्दो कोही कसैको नाम सहभागीहरुको लिस्टमा देखेँ । तत्काल मैले प्राइभेट च्याट गरेर उनको बारेमा सोधेँ । यसरी सोध्दा उनको जवाफ थियो तपाई झुक्किनु भयो होला सायद म त्यो मान्छे होइन हजुरले जुन सोचिरहनुभएको छ । यो जवाफले म फेरि नाजवाफ बनेँ । फेरि एकपटक अन्तिम प्रयास गर्न मन लाग्यो र सानुमा पढेको विद्यालयको नाम र केही शिक्षकहरूको नाम सहित प्रमाण पेस गरिसकेपछि उनबाट जवाफ आयो, “गुरु नमस्कार” । उनले सम्मानपूर्वक सम्बोधन गर्दै यसरी धेरै लामो समयपछि आफूलाई पढाउने गुरुसँग भेट भएकोमा खुसी व्यक्त गरिन् । म भने झन् धेरै खुसी भएँ । वास्तवमा प्रविधिले गर्दा नै दुई दशकभन्दा लामो समयपछि तिनै बालिकासँग भेट भयो । नम्बर आदनप्रदान गरेर मैले पछि खाली समयमा कल गरेँ । उनीसँगको भेट अनि कक्षामा उनको अनुरोध मेरो स्मरणमा ताजै भएपनि उनले बिर्सिसकेकी रहिछन् ।
यो घटना आज मैले लेखमार्फत प्रस्तुत गरिरहेको छु सायद यो लेख उनलेपनि पढ्दैछिन् होला । आफ्नै विद्यार्थी भएतापनि अङ्ग्रेजी भाषा सिकाइको सन्दर्भमा मैली गुरुआमा भनेर सम्बोधन गरेँ । अहिले उनी अंग्रेजी विषयकै शिक्षकको रुपमा कार्यरत रहेको कुरा मैले जानकारी पाएँँ । कक्षा चारमा पढ्दा उनमा त्यो सम्भावना प्रष्ट देखिएको थियो जुन उनको आत्मविश्वासले त्यतिबेलै प्रस्फुटित गरेको थियो ।
यो आलेखमा ती विद्यार्थी जसले मलाई अङ्ग्रेजी सिक्नका लागि प्रेरित गरिन् उनको नाम गर्वका साथ लेख्न चाहन्छु । अहिले उनी नेपालगन्जस्थित एक सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षिकाको रुपमा कार्यरत छिन् उनी हुन् शान्तिदेवी आचार्य । मैले उनीसँग यो घटनाको बारेमा पनि भनिन । उनले भन्नको लागि कर गरिरहँदा पनि मैले लेखको रुपमा प्रकाशन गर्नेछु भनेँ र आज यो संस्मरणात्मक आलेख तयार गरेको छु ।
वास्तवमा धेरै प्रयास गर्दा पनि मैले भेट्न सकेको थिइन आज फोनबाट भएपनि उनीसँग सम्पर्क हुँदा धेरै खुशी लागेको छ । कुनै कुनै घटनाले यतिसम्म प्रभाव पार्दा रहेछन् कि लामो समयसम्म ती घटनाहरु मनस्पटलमा आइरहने रहेछन् । वास्तवमा उनको लगनशिलता मेहेनत अनि प्रस्तुतीले प्रभावित भएको म आज उनलाई एक शिक्षिकाको रुपमा भेट्न पाउँदा निकै हर्षित भएको छु । कुनै घटनाले यसरी प्रभावित पार्ने रहेछ जसले आफूलाई परिवर्तन हुनका लागि पनि सहयोग गर्दोरहेछ । आफ्नो सिकाइ र व्यवहारलाई परिवर्तन गर्नका निमित्त योगदान दिने जो कोहीलाई पनि बिर्सिन गाह्रो हुँदोरहेछ । पच्चीस वर्षसम्म पनि प्रतक्ष्य भेट नहुँदा मेरो मनमा ती बालिकाको नाम भने ताजै रहिरहेको थियो र जीवनभर नै रहिरहनेछ ।
अब ती सानी बालिका बालिका हैनन् उनी आज एक सच्चा इमान्दार कर्तव्यनिष्ठ गुरुआमा भएकी छिन् र म फेरी पनि एकपटक बडो छाती फुकाएर ससम्मान नाम लिन चाहन्छु मेरी गुरुआमा शान्तिदेवी आचार्य ।
यसैगरी मेरो सिकाइको अर्को घटना पनि आज लेखमार्फत प्रस्तुत गर्न लागको छु । जुन घटनाले मलाई कम्प्युटर टङ्कणमा केही दुईचार कुरा सिक्नका लागि र प्रविधिमा स्वनिर्भर हुनका लागि प्रेरित गर्यो । यो घटना भने २०६५ सालतिरको हो ।
स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा सकिएपछि शोधपत्रका लगि काम गर्नुपर्ने थियो । अनुसन्धानको लागि सम्पूर्ण प्रक्रिया पूरा गरेपछि आवश्कयक तत्थ्याङ्कहरु संकलन गरेर तालिकीकरण तथा विश्लेषण गर्ने कार्य शुरु गरेँ । अब लेखनपश्चात अब त्यसलाई कम्प्युटरटाइपिङको कार्य गर्नु पर्ने भयो । टाकनटुकुन किबोर्ड हेरेर अङ्ग्रेजी टाइपिङ गर्ने भएपनि नेपाली टाइप गर्ने कुरामा भने केही जानकारी थिएन । अलिअलि अन्दाज भने थियो । त्यसैले टाइपिङका लागि एकजना व्यवसायिक टाइपिस्टलाई जिम्मा दिएँ । वहाँले केही दिनमै टाइपिङ गरिदिनुभयो । म उक्त शोधको सफ्टकपि पेनड्राइभमा लिएर काठमाडौँ पुगेँ । त्यसलाई प्रिन्ट गरेर शोध निर्देशक सरलाई भेट्नका लागि बल्खु पुगेँ । वहाँले धेरै ठाउँमा सुधार गरिदिनुभयो र यो अनुसार सच्याएर ल्याउनुस् भन्नुभयो । म वहाँसँग विदा भएर ४ दिनपछि आउने भनी फर्केँ । अब कहाँ गएर कसलाई भनेर शुद्धाशुद्धी सच्याउँ भन्ने तनाव भयो । एकजना चिनेको दाइको कार्यालयमा पुगेर मेरो समस्या बताएँ । वहाँले तलको कोठामा गएर एकजना बहिनीसँग सहयोग माग्न भन्नुभयो र म त्यसै गरेँ । वहाँले मसँग पेन ड्राइभमा भएको सफ्टकपि मागेर सच्याउन थाल्नुभयो । तर, वहाँले सच्याउँदै गर्दा दायाँ हातको मात्रै प्रयोग गर्नुभएको थियो । म कौतुहलतामा परेँ । बायाँ हातको भाग भने सलले छोपिएको थियो । मैले किन होला एउटा हातले मात्रै अक्षरहरु सच्याउदै टाइप गर्नुभएको भनेर मनमनै सोचिरहेको के थिएँ, यत्तिकैमा वहाँको हात छोपिएको सल तल खस्यो । मैले वहाँको हात कुमनिनरबाट नभएको दृश्य देखेँ । अर्थात, वहाँको एउटा हात रहेनछ ।
यो दृश्यले मलाई ठूलो चोट प¥यो । चक्कर लाग्यो, आँखा देख्ने भएपनि वरपर अँध्यारो छायो, अनि सोचेँ मेरो शरीर पुरै अङ्गयुक्त भएर पनि के काम भयो र ? आफैले आफैलाई मनमनै धिक्कारेँ । म शारीरिक रुपमा पूर्ण सक्षम भएरअपाङ्ग त म पो रहेछु भन्ने महशुस भयो । त्यो घटनाले मलाई सधैंभरी पोलिरह्यो सपनामा पनि झसङ्ग बनाइरह्यो । त्यसपछि प्रण गरेँ निरन्तर लागरिहेँ र अहिले मैले दर्जनौँ पुस्तकहरु टाइपिङ तथा डिजानिङ गरिसकेको छु । अहिले नेपाली टाइपिङका लागि अत्यन्तै सहज छ । विद्यालयमा हुने परीक्षाका आफ्ना विषयका प्रश्नपत्रहरु मात्रै हैन अन्य धेरै कार्यहरु सबै आफैले गर्न सकेको छु ।
त्यसैले कसैले केही कुरा सिक्नका लागि ठक्कर नलागीकन संभव छैन । ठक्कर पछि नै अक्कर खुल्दो रहेछ । यहि अक्करले ईच्छाशक्तिलाई जगाएमा कुनै पनि कुरा निरन्तर साधना र धैर्यताका साथ गरेमा हजुरहरु पनि सफल हुनुहुनेछ । हजुरहरु सबैलाई हार्दिक शुभकामना छ ।
मेरो पहिलो घटना आजभन्दा २५ वर्ष अगाडिको हो भने दोस्रो घटना १२ वर्ष पुरानो हो त्यसैल यो संस्मरणात्मक लेखको शिर्षक नै मैले राखिदिएँ २५ + १२ |

बिज्ञापन-YM-ADCustom Text

“जनताकै सेवामा समर्पित छु” – वडाध्यक्ष हरी कठायत

२४  बैशाख २०८२ ✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बाके 

भूमिहीन समस्याको समाधानतर्फ कदम: आशा जगाउँदै वडा नं. २

वडाध्यक्ष हुनु केवल पद होइन — जिम्मेवारी हो। यही सन्देश दिइरहेका छन् वडा नं. २ का वडाध्यक्ष श्री हरी कठायत। जनताको समस्या आफ्नै समस्या हो भन्ने भावनाले प्रेरित वडाध्यक्ष कठायत आजकल भूमिहीन समस्याको समाधानमा रातदिन नभनि खटिएकाछन ।

प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।

प्रेमनगरका सुरेश परिवारले हालै वडाध्यक्षसँग भेट गर्दै भूमिहीन समस्या, प्रक्रिया र सम्भावनाका बारेमा केही जिज्ञासाहरू राखे। वडाध्यक्ष कठायतले सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र कानुनीरूपमा अगाडि बढिरहेको स्पष्ट पारे।

 

१३१ जनाको प्रक्रिया अघि बढिसकेको छ — कठायत

वडाध्यक्षले जानकारी गराए अनुसार, वडा कार्यालयले भूमिहीन तथा बसोबासका लागि १४६ जनाको नाम मालपोत कार्यालय बाँकेमा पठाएको थियो। सोही कार्यालयबाट प्राप्त पत्रअनुसार, १५ जनाको नाममा अन्यत्र जग्गा देखिएकोले, बाँकी १३१ जनाको प्रक्रिया अघि बढाइएको हो।

“हामीले सिफारिस मात्र हैन, हरेक नागरिकले न्याय पाउने वातावरण बनाउन निरन्तर पहल गरिरहेका छौँ,” — वडाध्यक्ष हरी कठायत।

१५ जनालाई फारम भर्न आह्वान

जसको नाममा अन्यत्र जग्गा देखिएको छ, उनीहरूलाई अब्यवस्थित बसोबास फारम भर्न वडाले सूचना निकालेको थियो। तर केही सम्पर्कमा नआएकोले, वडाध्यक्षले सबैलाई पुनः वडामा सम्पर्क गर्न आग्रह गरेका छन्।

 

सूचना मात्र होइन, हामी प्रत्यक्ष सम्पर्कका लागि टोली खटाउने सोचमा छौँ, ताकि कोही पनि अधिकारबाट बञ्चित नहोस्,” — कठायत

लालपुर्जा प्राप्तिको प्रक्रिया सजिलो बनाइँदै

वडाले आवश्यक कागजातको सूची पनि सार्वजनिक गरेको छ:

  • निस्सा प्रमाणको प्रतिलिपि
  • कर तिरेको प्रमाण
  • श्रीमान–श्रीमतीको नागरिकता र फोटो
  • बसाइँ सराई प्रमाणपत्र (यदि नागरिकता अन्य जिल्लाबाट भएको हो भने)

जनताको सेवा गर्न पाएको यो अवसरलाई म धर्म मान्दछु। जबसम्म एक जना पनि भूमिहीनको समस्या समाधान हुँदैन, म बिसाउँदिन,” — वडाध्यक्ष कठायतको प्रतिबद्धता।

स्थानीयले महसुस गरेका छन् परिवर्तन

प्रेमनगर लगायत वडा नं. २ का बासिन्दाहरू वडाध्यक्ष कठायतप्रति आशावादी देखिन्छन्। जनमुखी शैली, नियमित संवाद र व्यावहारिक पहलले उनलाई एक कर्मठ र प्रतिबद्ध जनप्रतिनिधिको रूपमा चिनाएको छ ।

जनताको साथ नै मेरो शक्ति हो

वडाध्यक्ष कठायतले अन्त्यमा भने,

म पदको लागि होइन, परिवर्तनका लागि यहाँ छु। जनताको साथ, सहयोग र विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”

बिज्ञापन-YM-ADCustom Text

मेयर छबिलालको ठाडो आदेशमा : गरिब किसानको बगर खेतिमा डोजर

१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।

बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय ।
ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।


किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।

भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।

पुरा भिडियो हेर्नुहोस

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको