प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ इजिप्टियनवासीले सडकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका छन् । कायरोको सडकमा उत्रिएर इजिप्टवासीले विरोध जनाएका छन् । प्यालेस्टाइनीहरुसँग इजिप्टवासीहरुले ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन् । गाजावासीलाई प्रदर्शनकारीले लचिलोपन कायम गर्न आग्रह गरेका छन् ।
सोही अवसरमा १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको खुला जिमशालाको पनि उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले खुला जिमशाला वन क्षेत्र, वातावरण तथा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको उपयोगी संरचना भएको भन्दै यसको प्रयोग र संरक्षणमा समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो।
उहाँले कार्यक्रमकै क्रममा समितिलाइ वडाबाट आवश्यक सहयोग हुने र नगरपालिकामा समेत समन्वय गरेर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा समिति पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता तथा विभिन्न पक्षको सहभागिता रहेको थियो।
एउटा गरीब मानिस थियो । घरमा केहि थिएन, कोहि थिएन । एक दिन ऊ केहि गर्छु भन्ने अठोटको साथ कामको खोजीमा घरबाट निस्कियो । शरीरमा लुगा कपडा पुराना फाटेका थिए, शरीर कमजोर थियो । तर मुखमा कान्ति, मस्तिष्कमा चेत र मनमा उत्साह थियो । काम र उचित अवसरको खोजीमा भौँतारिदै त्यो मानिस कुनै एउटा देशको राजधानी शहरमा पुग्यो । राजाको दरबारमा कुनै पनि काम पाउन पाए आफ्नो कला कौशल र क्षमता प्रदर्शन गर्ने अवसर पाउन सकिन्थ्यो भन्ने सोचेर त्यो मानिस राजदरबार तर्फ गयो । राजदरबारको बगँचामा काम गर्ने मालीको आवश्यकता थियो। त्यो मानिस त्यहि बगैँचामा काम गर्न थाल्यो । उसले बगैँचामा अत्यन्त मेहनतका साथ काम गर्न थाल्यो जसको कारण छोटो सामयमा नै बगैँचा अत्यन्त सुन्दर र हराभरा हुदै गयो । हरेक दिन राजा बगैँचामा डुल्न आउँथे । त्यो नयाँ मालीको कार्य कौशलता देखेर राजा अत्यन्तै प्रभाबित भए र एक दिन उसलाई बोलाएर सोधे, ” तिमिलाई अरु के के काम गर्न आउँछ ?” महाराज! यो सेवकले अरु पनि धेरै काम गर्ने क्षमता राख्दछ । यदि महाराजको सेवा गर्ने मौका मिल्छ भने यस सेवकले कहिल्यै पनि निराश पार्ने छैन ।” ” त्यसो हो भने भोलि बिहान दरबारमा आउनु।” राजाले हुकुम दिएर दरबार तिर लागे ।
त्यो मानिस भित्र भित्रै धेरै नै खुसी भयो । अब मैले राजदरबारमा काम पाउने भएँ । के के काम गरेर राजालाई खुसी पार्ने भनेर अनेक योजनाहरु बनाउन थाल्यो । अन्तमा ईमानदारीका साथ दत्त चित्त भएर जो परिआएका कामहरु गर्दै राजाको सेवा गर्ने अठोट गर्दै कति बेला निदायो उसलाई पत्तो भएन । बिहान नियत समयमा नै तैयार भएर ऊ राजदरबारमा पुग्यो । उसंग नयाँ कपडा थिएन । ठाउँ ठाउँमा च्यातिएको थोत्रो पुरानो कपडाहरु लगाएर ऊ राजदरबारमा प्रवेश गर्यो । राजदरबारमा प्रवेश गर्दा ऊसंग मात्र एउटा थोत्रो बाकस थियो । राजाले उसलाई आफ्नो दरबारमा जागिर दिए । उसले राजदरबारमा उसलाई दिईएको काम बडो ईमानदारी र लगनका साथ गर्दै गयो । राजाले यसको कामको मूल्याङ्कन गर्दै पदोन्नति गर्दै गए र एकदिन त्यो मानिसलाई राजाले मन्त्री बनाए । मन्त्री बनेपछि पनि बिस्तारै बिस्तारै मेहनत गर्दै जाँदा त्यो मानिस एकदिन मुख्यमन्त्री बन्यो र राजाको दाहिने हात बनेर राजकाजमा राजालाई सघाउन थाल्यो । जब ऊ मन्त्री बन्यो जो त्यहाँ ऊ भन्दा धेरै पुराना भारदारहरु थिए, उनिहरुले उसको ईर्ष्या गर्न थाले । उसको बिरुध्दमा षडयन्त्र गर्ने योजनाहरु बुन्न थाले । उसलाई कसरी यहाँबाट हटाउने भन्ने बिषयमा उनिहरुले तर्क बितर्क गर्न सुरु गरे । राजाले त्यो मन्त्रीलाई बस्नको लागि राजमहलमै व्यबस्था गरिदिए । त्यो देखेर उनिहरु अझ धेरै चिढिए ।
अव त्यो मन्त्री फुर्सदको समय बिताउन आफ्नो कोठामा जान थाल्यो र त्यहाँ घन्टौँ समय बिताउन थाल्यो । त्यस कोठामा खासै अरु कुराहरु थिएनन् । उसका दैनिक प्रयोगका कुराहरु र राजर्षी पोशाकहरु बाहेक त्यहि पुरानो बाकस थियो । त, जस जसले त्यस ब्यक्तिको ईर्ष्या गर्ने गर्थे उनिहरुले त्यस ब्यक्तिलाई आफ्नो निवासमा गएर घण्टौँ समय बिताउने गरेको देखे । उनिहरुले त्यहाँ एउटा बाकस राखिएको पनि देखे । अब उनिहरुलाई षडयन्त्र रच्ने एउटा ठूलो मसला मिल्यो । उनिहरु सबै जना मिलेर राजा कहाँ गए र राजासंग चुक्ली गरे । ” महाराज यो मानिस ठिक छैन । यो प्राय गरेर हरेक दिन आफ्नो निवासमा जान्छ र त्यहाँ धेरै लामो समय बिताउँछ । त्यसले आफ्नो कोठामा एउटा बाकस पनि राखेको छ । उसले त्यस बाकसमा के के सामानहरु चोरेर राखेको छ । त्यो ब्यक्ति संकास्पद छ, ईमानदार छैन ।” यस्तै यस्तै चुक्लीहरु उनिहरुले राजालाई सुनाए । तर राजालाई उनिहरुको कुरामा बिश्वास लागेन किनभने त्यो ब्यक्ति राजदरबारमा आए देखि र मन्त्री भए देखि प्रशासनमा आमूल परिवर्तन भएको थियो । प्रजाहरु सुखी र खुसी हुदै गैरहेका थिए । राज्यकोषमा प्रसस्त धन द्रव्य आम्दानी भैरहेको थियो । राजाले त्यस ब्यक्तिलाई प्रेम गर्थे, बिश्वास गर्थे र ईज्जत पनि गर्थे । ति भारदारहरुको यस्तो दुराशयपूर्ण कुरा सुन्दा राजालाई ज्यादै नै दुख लाग्यो । उनको बिश्वास र प्रेममा दरार उत्पन्न भयो । उनले पनि ती मन्त्रीलाई शंकाको दृष्टिले हेर्न लागे ।
एक दिन राजा लुक्दै छिप्दै उनको पछिपछि लागेर निवासमा पुगे । जब त्यो मन्त्री आफ्नो कोठा भित्र छिर्यो र ढोका बन्द गर्यो तव राजाले ढोका ढकढकाए । कोठा भित्र पसेर ढोका बन्द गरेको देखेपछि राजाले सोचे कि यो पक्कै बदमास रहेछ, आज त रंगे हात समातिने भयो । अब यसलाई त्यसै छोड्नु हुदैन । कठोर सजाय दिनुपर्छ । राजा यस्तै यस्तै सोच्दैथिए । त्यस ब्यक्तिले ढोका खोलिदियो । ढोकामा राजालाई देख्दा ऊ आश्चर्यचकित भयो र राजालाई कोठामा स्वागत गर्यो “सवारी होस् महाराज ।” राजाले बाकस तर्फ ईसारा गर्दै भने, ” यसमा तिमिले के राखेका छौ ? देखाऊ । आज म यस बाकसमा के के राखिएको छ, हेर्न चाहन्छु ।” ति मन्त्रीले भने, ” महाराज! यसमा हजुरलाई देखाउन लायक कुनै कुरा छैन । हजुरले के हेर्नुहुन्छ र यसमा ?” राजाले कड्केर भने, ” होईन होईन, यसलाई तुरुन्त खोल । म यसमा के के छ सबै कुरा हेर्न चाहन्छु ।” ति मन्त्रीले जति जति मनाही गर्दै गए, राजालाई उति उति शंका बढ्दै गयो । ” हैन, यसमा त पक्कै पनि सुन चाँदी र पैसा अवश्य राखिएको हुनुपर्छ । यो सबै मेरो राजदरबारबाट चोरी गरिएको हुनुपर्छ । देखाऊ मलाई । म हेर्छु । यो मेरो आज्ञा हो । यसलाई खोलेर देखाउ । यसमा के के राखेका छौ तिमिले ।” अनि जब त्यस ब्यक्तिले त्यो पुरानो थोत्रो बाकस खोल्यो त्यसमा एकजोडी पुरानो फाटेको कपडा मात्र राखिएको थियो । राजालाई बडो आश्चर्य भयो कि यसमा यो के हो ? किन यस्ता फाटेका थोत्रा पुराना कपडा राखिएको हो ? अनि राजाले आश्चर्यपूर्वक सोधे, “के हो यो ? एउटा सम्पन्न राज्यको मन्त्रीको बाकसमा यति पुराना र थोत्रा कपडा ?” अनि ती मुख्यमन्त्रीले भने, ” महाराज ! जुन दिन मलाई हजुरले दरबारमा मौका दिनुभएको थियो, मैले त्यस दिन यिनै कपडा लगाएको थिएँ । मसंग यी पुराना कपडा बाहेक अरु केहि पनि थिएन । र, हजुरको कृपाको कारण, तपाईको दयाको कारण आज म यस अवस्थामा छु । हजुरले मलाई जुन यति ठूलो जिम्मेवारी दिनुभएको छ, त्यसको लागि म धेरै नै आभारी छु, कृतज्ञ छु । आज म तपाईको असिम दयाले गर्दा एउटा दरीद्र भिखारीबाट यति ठूलो मन्त्री बनेको छु ।” अनि राजाले सोधे, “यो कोठामा आएर घण्टौँ सम्म तिमी के गर्छौ ? अनि यी थोत्रा फाटेका पुराना लुगा किन ?” अनि ति मन्त्रीले भने, “महाराज! म हरेक दिन यस कोठामा आएर यी कपडालाई हेर्छु, पहिरिन्छु र नियाल्छु किनभने म मेरो औकात भुल्न चाहन्न । म कहाँ थिएँ भन्ने कुरा बिर्सिन चाहन्न । म कुन अवस्था थिएँ, कसको कृपाले आज म कहाँ बाट कहाँ पुगें भन्ने कुरा बिर्सिन चाहन्न । म आफ्नो औकात भुल्न चाहन्न । त्यस कारण मैले यी कपडालाई सम्हालेर राखेको छु । हरेक दिन यिनै भावनाहरुमा डुब्ने गर्नाले तपाईका प्रति श्रध्दा र आदर अझै बढ्छ । मेरो ईमानदारी र बफादारीमा आँच नआओस् भन्ने सतर्कता अझै बढ्छ । किनभने आज जे छु तपाईको कृपा र दयाको कारणले छु र यो यथार्थलाई मैले कहिल्यै पनि बिर्सन चाहन्न । त्यसैले हरेक दिन म यस कोठामा आउँछु र यी पुराना कपडा लगाएर आफूलाई नियाल्छु महाराज । म आफूलाई हरेक दिन आफ्नो औकात सम्झाईरहन चाहन्छु ।” राजाले जब ती मन्त्रीको यथार्थ थाहा पाए, उनलाई आफूले केहि समय पहिले सम्म गरेको ब्यवहार र शंका उपशंका प्रति ग्लानी भयो । राजा ति मन्त्रीका सामू भित्र भित्रै नतमस्तक भए । अनाहकमा चुक्ली गरेर अरूको मानमर्दन गर्न खोज्ने ती भारदारहरु दण्डका भागिदार थिए, दण्डित भए भने मन्त्री अझ शक्तिशाली भएर राजदरबारमा सेवा गर्दै रहे ।
जुन किसिमले त्यो साधारण गरीब मानिस राजाको कृपाले मन्त्री बन्यो र उसले त्यो कृतज्ञतालाई बिर्सन चाहेन । त्यसै प्रकारले सृष्टिकर्ताले हरेक मनुष्यको हृदयमा परमसुख परमशांतिको खजाना राखिदिएका छन् जसको हामीले अनुभव गर्नसक्छौँ । तर हामी यस संसारको चमकदमकमा ती सृष्टिकर्ताको कृपालाई बिर्सदिन्छौँ । उनि प्रतिको ईमानदारी र बफादारीलाई बिर्सिन्छौँ । हामीले आफ्नो हैसियत के हो, औकात के हो भन्ने कुरा कहिल्यै पनि बिर्सनु हुदैन । आज संसारमा कृतज्ञतामा ह्रास आएको छ । मानिसले क्षणभर मै आफ्नो औकात बिर्सिन्छ । अलिकति मात्र ठाउँ पायो भने मानिस दम्भ , घमण्ड र अहंकारले चुलिन्छ । म मात्रै हुँ, अरु कसैको पनि अस्तित्व नै छैन भन्ने दम्भले भरिन्छ । यी र यस्तै बिषयहरुमा श्री प्रेम रावतज्यूले दिनुभएका प्रवचनहरु अत्यन्त उपयोगी छन् । जुन युट्यव र अन्जन टिभिमा हेर्न सुन्न सकिन्छ ।
केहि यस्ता आफ्नो औकात भुलेर दम्भ अहंकार र घमण्डले चुलिएका ब्यक्तिहरु छन् तिनिहरुलाई भन्ने मन लाग्छ- समय छँदै सम्हालिनुहोस् । आज तपाई जहाँ हुनुहुन्छ कसको दया र कृपाले पुग्नुभएको हो ? ति चुक्लीखोर भारदारहरु जस्तो होईन कि ति ईमान र वफालाई बरकरार राख्ने सेवक मन्त्री जस्तो बन्ने संकल्प लिनुहोस् । यो कथाले दिन खोजेको शिक्षा यहि नै हो । धन्यबाद ।
हाल कोरोनाले विश्व थलिएको बेलामा नेपाल पनि अछुतो रहन सकेन। यता बिगत ४,५ महिना देखि कहिले लकडाउन त कहिले निषेधाज्ञाको मारमा छन नेपाली जनता र भोकभोकै मर्ने अबस्था आएको छ भने उता सरकार राहतको प्याकेज ल्याएर जनता लाई रोग, भोक र शोक बाट बचाउनु पर्नेमा कमिसन र घुसमा तल्लिन छ।कहिले औषधि खरिदको नाममा भ्रष्टाचार गर्न गराउन तल्लीन रहेको समाचार सुन्नमा आउँछ भने कहिले राहत बितरणमा। कति सहि कति गलत त्यो त छानबिन समिति र अख्तियार अनुसन्धान आयोगले बताउला तर जे होस नैतिकता गुमाएर फेरि सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते एउटा सुचना जारी गरेको देखे। जस्मा भनिएको छ- “कोभिड-१९को संक्रमण बढ्दै गएको पछिल्लो अबस्थामा विभिन्न सपिङ्ग मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग व्यावसायमा संलग्न हुने ब्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवासायिले आफ्नै खर्चमा अनिवार्य PCR परिक्षण गर्नु गराउनुहुन अनुरोध गरिन्छ।” हाम्रो देशमा निजिक्षेत्रका कर्मचारीले सरकारले तोकेको न्युनतम तलब सुबिधा नपाइरहेको अबस्थामा के आफ्ना कर्मचारीको आफ्नै लगानी गरेर PCR परिक्षण गर्देलान त? एउटा गम्भीर प्रश्न खडा भएको छ भने व्यवसायीले पनि सरकारलाई कर तिरेकाछन त्यो करको के यस्तो बिपदको अबस्थामा सबै जनताको निशुल्क PCR परिक्षण गरेर सदुपयोग गर्न मिल्दैन? कि जनताले तिरेको कर संसद, मन्त्रीहरुका लागि तलब भत्ता, काठमाडौंमा घर गाडी किन्नका लागि मात्र हो? प्रत्येक नेपाली जनताको अगाडी यी र यस्तै प्रस्न उब्जाएको छ।
अन्य देशका सरकारले यो कोरोनाको महामारीको अवस्थामा जनतालाई विभिन्न राहतका कार्यक्रमहरु ल्याएका छन। हाम्रो देश नेपालमा भने यहि विषम परिस्थितिका बेला विभिन्न कर्मचारी, मन्त्री, नेताहरू भ्रष्टाचारको आरोप लागेको मात्र सुनिन्छ। के हामी नेपाली जनता निरीह नै हौं? पानी मरुवा नै हौं? हामी बिरगोर्खालि बलभद्र कुवर, भिमशेन थापाका सन्तान होइनौं? अनि हामी सबै नेता का झोले र हनुमान मात्र हौं? के हामिमा सहि र गलत छुट्याउन सक्ने छमता छैन? छ भने ल एक पटक छतिमाथी हात राखौं, सोचौं र भनौं त के स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते जारी गरेको जनताले आफ्नै लगानीमा PCR परिक्षण गर्नुपर्ने भन्ने यो सुचना ठिक छ? जनताको हितमा छ?
यस्तो महामारीको अबस्थामा सरकारले राहत बाड्नुपर्ने र जनता भोक भोकै मर्ने अवस्था आउन नदिनु पर्नेमा सरकार कर उठाउनमा ब्यस्त छ। व्यङ्क ब्याज उठाउनमा ब्यस्त छ। सबै जनताको निशुल्क सरकारले स्वास्थ्य परिक्षण गरि जनता र देशलाई कोरोनाको डर र चिन्ता बाट मुक्त गर्नुपर्नेमा जनता आफैले परिक्षण गर्नुपर्ने भनेर सूचना निकाल्छ। के यसैकालागी हो गणतन्त्र ल्याएको………?
(संस्मरणात्मक आलेख) भर्खरै आइएस्सी सकेर म खाली बसेको थिएँ । २०५२ साल माघ १३ गते अचानक बुबा बिरामी भएपछि पारिवारिक अवस्थाले गर्दा मैले मेरो पढाइलाई निरन्तरता दिन सकिन । जसले गर्दा केही काम नगरी बस्न मन नभएपछि आँफैले पढेको विद्यालय विद्याज्योति मावि कण्ठपुरमा केही महिना पढाउने अवसर पाएँ । त्यसपछी साविक जमुनी गाविसमा रहेको दीप ज्योति मावि डाँफे मा गएर पढाउन थालेँ । कला र सञ्चार भनेपछी सानैदेखि हुरुक्कै हुने भर्खरै स्थापना भएको नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले समाचारवाचकको विज्ञापन गरेको थाहा पाएर त्यस विज्ञापनमा आवेदन दिनको लागि कोहलपुर पुगेर फर्किने क्रममा एक निजी विद्यालयका प्रधानाध्यापकले मेरो प्रोफाइल हेरिसकेपछि आफ्नै विद्यालयमा काम गर्नका निमित्त अनुरोध गर्नुभयो । मेरो बालसुलभताले उक्त अनुरोधलाई नकार्न सकेन र मैले त्यो प्रस्तावलाई सहजै स्वीकार गरेँ । तत्पश्चात घर आएर त्यस विद्यालयमा काम गर्नका निमित्त म कोहलपुर गएँ । केही कुराकानी र सहमति पश्चात म अध्यापन कार्यमा संलग्न भएँ । पढाउनुपर्ने विषय र कक्षाहरु अरु त मलाई केही पनि थाहा भएन र याद पनि छैन तर एउटा कक्षामा गएर पढाएको कहिल्यै पिन विर्सन सकिन । त्यो कक्षा थियो कक्षा चार अनि मलाइ पिरियड पनि याद छ दोस्रो पिरियड हो । सो कक्षामा गएर पढाउनुपर्ने विषय सामाजिक अध्ययन थियो । कक्षा चारका साना नानीबाबु हरुले अङ्ग्रेजी माध्यममा पढाउदा के बुझ्लान् भन्ने सोचेर र म पनि त्यति अभ्यस्त भइनसकेको हुनाले अंग्रेजीमा र केही कुरा नेपालीमा बढाउँदै गर्न थालेँ । यसैबीच एक जना छात्राले आफ्नो बेन्चबाट उठेर अंग्रेजी माध्यमै पढाउन अनुरोध गरेकी थिइन् । उनको अनुरोध बेग्लै प्रकारको थियो । अलि निर्भिक अनि अलि झोक्किलो पाराको, त्यो अनुरोध अहिले पनि मलाई झल्झल्ती याद आउँदछ । उनको अनुरोधले मलाई एकपटक हैन पटक पटक सोच्न बाध्य बनायो । उनले अंग्रेजी माध्यमबाटै पढाउन गरेको अनुरोधले मलाई अलि गहन तरिकाबाट सोच्न बाध्य गरायो । हुन त त्यस विद्यालयमा म त्यति लामो समयसम्म अध्यापन गरिन तर ती छात्राको अनुरोधले गर्दा मलाई जीवनभरि नै एउटा गतिलो पाठ भने मज्जैले सिकायो । उनले भनेको अंग्रेजीको वाक्य “सर प्लिज टिच अस इन इङ्गलिस मेडियम, डोन्ट टिच अस इन नेपाली” ले मेरो मन र मस्तिष्कमा झनझनाहट पैदा गर्यो । जसले गर्दा ती छात्रालाई मैले कहिले बिर्सिन सकिन । त्यसपछि मेरो अंग्रेजी भाषा प्रतिको मोह बन्न थाल्यो । भित्रभित्रै सिक्ने उत्कण्ठा थपियो जसले गर्दा निरन्तर रुपमा आफ्नो शब्दभण्डार बढाउने र नयाँ शब्दहरु लेख्ने याद गर्ने र ती शब्दहरूलाई निरन्तर प्रयोग गर्ने अभ्यास गर्न थालेँ । यो प्रयोग निरन्तर गरिसकेपछि अंग्रेजी भाषाको सिकाइमा आफूलाई केही परिवर्तन भएको महशुस पनि भयो । वास्तवमा अभ्यास गरेपछि कुनै पनि कुरामा सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने कुरा तिनै बालिकाबाट सिक्न पाएँ । त्यसैले तिनै बालिकालाई मैले प्रेरणाको स्रोत सम्झिएँ, मनले गुरुआमाको रुपमा पुज्न थालेँ । पच्चीस वर्षअगाडि भएको यो घटनालाई मैले कहिल्यै पनि बिर्सनै नसक्नेमध्येको एक भयो । बरु लामो समय बितिसकेपछि ती बालिका आजभोलि कहाँ होलिन् के गर्दै होलिन् ? भन्ने चासो मलाई लागिरह्यो र उनलाई खोज्नका निमित्त मैले धेरै प्रयास पनि गरेँ तर मेरा सबै प्रयासहरु निरर्थक भए । कहीँकतैबाट मैले जानकारी पाएँ अहिले कुनै विद्यालयमा अध्यापन गर्दै छिन् । धेरै प्रयास गर्दा गरेँ उनलाई भेट्नका लागि सामाजिक सञ्जालमा उनको नामबाट खोजी गरेँ तथापि मैले भेट्न सकिन । त्यो विद्यालयमा अध्ययन गर्ने तमाम बालबालिकाहरू र शिक्षकहरु मध्ये मलाई अहिलेसम्म ती सानी बालिकाको नाम मात्रै ताजै रहेको छ । विश्व कोरोना महामारीको अवस्थामा रहेको समयमा यो खाली समयलाइ सदुपयोग गर्ने उद्देश्यले नेपालका शिक्षकहरुलाई प्रविधि मैत्री शिक्षक समाजको प्रविधि सिक्ने सिकाउने अभियानमा जोडीइरहँदा कुनै एउटा अनलाइन तालिममा मैले अचानक ती बालिकाको नामसँग मिल्दोजुल्दो कोही कसैको नाम सहभागीहरुको लिस्टमा देखेँ । तत्काल मैले प्राइभेट च्याट गरेर उनको बारेमा सोधेँ । यसरी सोध्दा उनको जवाफ थियो तपाई झुक्किनु भयो होला सायद म त्यो मान्छे होइन हजुरले जुन सोचिरहनुभएको छ । यो जवाफले म फेरि नाजवाफ बनेँ । फेरि एकपटक अन्तिम प्रयास गर्न मन लाग्यो र सानुमा पढेको विद्यालयको नाम र केही शिक्षकहरूको नाम सहित प्रमाण पेस गरिसकेपछि उनबाट जवाफ आयो, “गुरु नमस्कार” । उनले सम्मानपूर्वक सम्बोधन गर्दै यसरी धेरै लामो समयपछि आफूलाई पढाउने गुरुसँग भेट भएकोमा खुसी व्यक्त गरिन् । म भने झन् धेरै खुसी भएँ । वास्तवमा प्रविधिले गर्दा नै दुई दशकभन्दा लामो समयपछि तिनै बालिकासँग भेट भयो । नम्बर आदनप्रदान गरेर मैले पछि खाली समयमा कल गरेँ । उनीसँगको भेट अनि कक्षामा उनको अनुरोध मेरो स्मरणमा ताजै भएपनि उनले बिर्सिसकेकी रहिछन् । यो घटना आज मैले लेखमार्फत प्रस्तुत गरिरहेको छु सायद यो लेख उनलेपनि पढ्दैछिन् होला । आफ्नै विद्यार्थी भएतापनि अङ्ग्रेजी भाषा सिकाइको सन्दर्भमा मैली गुरुआमा भनेर सम्बोधन गरेँ । अहिले उनी अंग्रेजी विषयकै शिक्षकको रुपमा कार्यरत रहेको कुरा मैले जानकारी पाएँँ । कक्षा चारमा पढ्दा उनमा त्यो सम्भावना प्रष्ट देखिएको थियो जुन उनको आत्मविश्वासले त्यतिबेलै प्रस्फुटित गरेको थियो । यो आलेखमा ती विद्यार्थी जसले मलाई अङ्ग्रेजी सिक्नका लागि प्रेरित गरिन् उनको नाम गर्वका साथ लेख्न चाहन्छु । अहिले उनी नेपालगन्जस्थित एक सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षिकाको रुपमा कार्यरत छिन् उनी हुन् शान्तिदेवी आचार्य । मैले उनीसँग यो घटनाको बारेमा पनि भनिन । उनले भन्नको लागि कर गरिरहँदा पनि मैले लेखको रुपमा प्रकाशन गर्नेछु भनेँ र आज यो संस्मरणात्मक आलेख तयार गरेको छु । वास्तवमा धेरै प्रयास गर्दा पनि मैले भेट्न सकेको थिइन आज फोनबाट भएपनि उनीसँग सम्पर्क हुँदा धेरै खुशी लागेको छ । कुनै कुनै घटनाले यतिसम्म प्रभाव पार्दा रहेछन् कि लामो समयसम्म ती घटनाहरु मनस्पटलमा आइरहने रहेछन् । वास्तवमा उनको लगनशिलता मेहेनत अनि प्रस्तुतीले प्रभावित भएको म आज उनलाई एक शिक्षिकाको रुपमा भेट्न पाउँदा निकै हर्षित भएको छु । कुनै घटनाले यसरी प्रभावित पार्ने रहेछ जसले आफूलाई परिवर्तन हुनका लागि पनि सहयोग गर्दोरहेछ । आफ्नो सिकाइ र व्यवहारलाई परिवर्तन गर्नका निमित्त योगदान दिने जो कोहीलाई पनि बिर्सिन गाह्रो हुँदोरहेछ । पच्चीस वर्षसम्म पनि प्रतक्ष्य भेट नहुँदा मेरो मनमा ती बालिकाको नाम भने ताजै रहिरहेको थियो र जीवनभर नै रहिरहनेछ । अब ती सानी बालिका बालिका हैनन् उनी आज एक सच्चा इमान्दार कर्तव्यनिष्ठ गुरुआमा भएकी छिन् र म फेरी पनि एकपटक बडो छाती फुकाएर ससम्मान नाम लिन चाहन्छु मेरी गुरुआमा शान्तिदेवी आचार्य । यसैगरी मेरो सिकाइको अर्को घटना पनि आज लेखमार्फत प्रस्तुत गर्न लागको छु । जुन घटनाले मलाई कम्प्युटर टङ्कणमा केही दुईचार कुरा सिक्नका लागि र प्रविधिमा स्वनिर्भर हुनका लागि प्रेरित गर्यो । यो घटना भने २०६५ सालतिरको हो । स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा सकिएपछि शोधपत्रका लगि काम गर्नुपर्ने थियो । अनुसन्धानको लागि सम्पूर्ण प्रक्रिया पूरा गरेपछि आवश्कयक तत्थ्याङ्कहरु संकलन गरेर तालिकीकरण तथा विश्लेषण गर्ने कार्य शुरु गरेँ । अब लेखनपश्चात अब त्यसलाई कम्प्युटरटाइपिङको कार्य गर्नु पर्ने भयो । टाकनटुकुन किबोर्ड हेरेर अङ्ग्रेजी टाइपिङ गर्ने भएपनि नेपाली टाइप गर्ने कुरामा भने केही जानकारी थिएन । अलिअलि अन्दाज भने थियो । त्यसैले टाइपिङका लागि एकजना व्यवसायिक टाइपिस्टलाई जिम्मा दिएँ । वहाँले केही दिनमै टाइपिङ गरिदिनुभयो । म उक्त शोधको सफ्टकपि पेनड्राइभमा लिएर काठमाडौँ पुगेँ । त्यसलाई प्रिन्ट गरेर शोध निर्देशक सरलाई भेट्नका लागि बल्खु पुगेँ । वहाँले धेरै ठाउँमा सुधार गरिदिनुभयो र यो अनुसार सच्याएर ल्याउनुस् भन्नुभयो । म वहाँसँग विदा भएर ४ दिनपछि आउने भनी फर्केँ । अब कहाँ गएर कसलाई भनेर शुद्धाशुद्धी सच्याउँ भन्ने तनाव भयो । एकजना चिनेको दाइको कार्यालयमा पुगेर मेरो समस्या बताएँ । वहाँले तलको कोठामा गएर एकजना बहिनीसँग सहयोग माग्न भन्नुभयो र म त्यसै गरेँ । वहाँले मसँग पेन ड्राइभमा भएको सफ्टकपि मागेर सच्याउन थाल्नुभयो । तर, वहाँले सच्याउँदै गर्दा दायाँ हातको मात्रै प्रयोग गर्नुभएको थियो । म कौतुहलतामा परेँ । बायाँ हातको भाग भने सलले छोपिएको थियो । मैले किन होला एउटा हातले मात्रै अक्षरहरु सच्याउदै टाइप गर्नुभएको भनेर मनमनै सोचिरहेको के थिएँ, यत्तिकैमा वहाँको हात छोपिएको सल तल खस्यो । मैले वहाँको हात कुमनिनरबाट नभएको दृश्य देखेँ । अर्थात, वहाँको एउटा हात रहेनछ । यो दृश्यले मलाई ठूलो चोट प¥यो । चक्कर लाग्यो, आँखा देख्ने भएपनि वरपर अँध्यारो छायो, अनि सोचेँ मेरो शरीर पुरै अङ्गयुक्त भएर पनि के काम भयो र ? आफैले आफैलाई मनमनै धिक्कारेँ । म शारीरिक रुपमा पूर्ण सक्षम भएरअपाङ्ग त म पो रहेछु भन्ने महशुस भयो । त्यो घटनाले मलाई सधैंभरी पोलिरह्यो सपनामा पनि झसङ्ग बनाइरह्यो । त्यसपछि प्रण गरेँ निरन्तर लागरिहेँ र अहिले मैले दर्जनौँ पुस्तकहरु टाइपिङ तथा डिजानिङ गरिसकेको छु । अहिले नेपाली टाइपिङका लागि अत्यन्तै सहज छ । विद्यालयमा हुने परीक्षाका आफ्ना विषयका प्रश्नपत्रहरु मात्रै हैन अन्य धेरै कार्यहरु सबै आफैले गर्न सकेको छु । त्यसैले कसैले केही कुरा सिक्नका लागि ठक्कर नलागीकन संभव छैन । ठक्कर पछि नै अक्कर खुल्दो रहेछ । यहि अक्करले ईच्छाशक्तिलाई जगाएमा कुनै पनि कुरा निरन्तर साधना र धैर्यताका साथ गरेमा हजुरहरु पनि सफल हुनुहुनेछ । हजुरहरु सबैलाई हार्दिक शुभकामना छ । मेरो पहिलो घटना आजभन्दा २५ वर्ष अगाडिको हो भने दोस्रो घटना १२ वर्ष पुरानो हो त्यसैल यो संस्मरणात्मक लेखको शिर्षक नै मैले राखिदिएँ २५ + १२ |
२६ आश्विन २०८२, रिपोर्टिंग नेपाल,बारबर्दिया | बारबर्दिया नगरपालिका–९ ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिकको भव्य रूपमा शुभारम्भ गरिएको छ। आइतबारदेखि सेवा सुरु भएको यो क्लिनिक गाउँकै बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा पर्ने ढकैला गाउँ राजमार्गदेखि करिब ५ किलोमिटर टाढा अवस्थित छ। लामो समयदेखि गाउँमा स्वास्थ्य संस्थाको अभावका कारण स्थानीयवासीहरूलाई सामान्य उपचारका लागि पनि पाँचदेखि छ किलोमिटर जंगल पार गर्दै हिंड्नुपर्ने बाध्यता थियो। आजदेखि भने ढकैला गाउँका बासिन्दाले आफ्नो घरआँगन नजिकै स्वास्थ्य सेवा पाउने भएका छन्, जसले उनीहरूको दैनन्दिन जीवनयापनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ ।
क्लिनिक सञ्चालनका लागि करिब ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि स्व. दमन ध्वज क्षेत्रीको सम्झनामा उनकी श्रीमती सपना क्षेत्री र छोराहरूले १६९.३१ वर्गमिटर जग्गा दान गरेका थिए। समाजप्रति उच्च योगदान पुर्याउने उक्त परिवारलाई उद्घाटन समारोहमा विशेष सम्मान गरिएको थियो। त्यस्तै, समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।
फोटो : जग्गादातालाइ सम्मान पत्र प्रदान गर्दै नगर प्रमुख छबिलाल थारु
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरप्रमुख छबिलाल थारूले ढकैला शहरी स्वास्थ्य क्लिनिकलाई स्थानीय जनताको स्वास्थ्य सुधारतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्वास्थ्य सेवा प्राप्ति कुनै विशेष वर्गको सुविधा होइन, सबै नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै क्लिनिक स्थापना मार्फत गाउँमा नयाँ युगको सुरुवात भएको बताउनुभयो। नगरप्रमुख थारूले भन्नुभयो ,
“स्वास्थ्य सबैको अधिकार हो। आज हामीले ढकैला गाउँमा स्थापना गरेको यो शहरी स्वास्थ्य क्लिनिकले टाढाटाढा स्वास्थ्य उपचारका लागि हिँड्नुपर्ने बाध्यता अन्त्य गरेको छ। अब गाउँकै आँगनमा उपचार उपलब्ध हुनेछ। यस संस्थाले केवल उपचार दिने मात्र होइन, स्थानीय बासिन्दामा स्वास्थ्यबारे सचेतना फैलाउने, रोग नलाग्ने जीवनशैली अपनाउन प्रेरित गर्ने, र समुदायलाई नियमित स्वास्थ्य परीक्षणतर्फ उन्मुख गराउने काम पनि गर्नेछ। बारबर्दिया नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ। रोग लागेको बेलामा मात्र उपचार होइन, रोग नै नलागोस् भनेर समुदायलाई तयार पार्नु आजको आवश्यकता हो। यसतर्फ नगरपालिका जिम्मेवार तरिकाले काम गर्दै आएको छ, र ढकैला क्लिनिक यस यात्राको एउटा महत्वपूर्ण माइलस्टोन हो।”
नगरप्रमुखले स्थानीय जनताको सक्रिय सहयोग, जग्गा दान गर्ने परिवारको योगदान र निर्माण कम्पनीको समयमै सम्पन्न गरिएको कामप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस क्लिनिकलाई थप सुदृढ, जनमैत्री र आधुनिक प्रविधियुक्त स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले हाल समाजमा नसर्ने रोगहरू तीव्र रूपमा फैलिइरहेको बताउँदै जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र सचेतनामा जोड दिनुपर्नेमा बल दिनुभयो। उहाँले बालबालिकामा कुपोषण, किशोरीहरूमा रक्तअल्पता, र बालविवाहजस्ता समस्याले विकासका सूचकहरूमा नकारात्मक असर पारिरहेको जनाउँदै पालिका, विद्यालय, अभिभावक र समुदाय सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत : गौतम भण्डारी
स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले ढकैला गाउँका बासिन्दाका लागि विशेषरूपमा लक्षित गरी यो क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो। हाल स्थायी दरबन्दी नभए पनि पालिकाले अस्थायी रूपमा स्वास्थ्य सेवा सुरु गरेको र निकट भविष्यमै स्थायी स्वास्थ्यकर्मीको दरबन्दी सुनिश्चित गरी यो क्लिनिकलाई नियमित, सुदृढ र दिगो स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने उहाँको भनाइ थियो।
क्लिनिक सञ्चालनसँगै ढकैला गाउँका बासिन्दाहरूमा खुसीयाली छाएको छ। स्थानीयवासीहरूले अब आफ्नो गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने अवसर प्राप्त भएको भन्दै बारबर्दिया नगरपालिका र वडा कार्यालयप्रति आभार प्रकट गरे। स्थानीय मनिषा भारतीले भनिन्,
“पहिले सानो उपचारका लागि पनि पाँच–छ किलोमिटर जंगल पार गरेर जानुपर्थ्यो। राति बिरामी परे झन् समस्या हुन्थ्यो। अब गाउँमै स्वास्थ्य सेवा पाउँदा निकै राहत मिलेको छ।”
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टले यो क्लिनिक गाउँवासीकै सहयोग, दान, र पालिकाको पहलबाट सम्भव भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न यो सुरुवातमात्र भएको र आगामी दिनमा थप सुविधा थप्दै जाने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सिताराम योगी, सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरी, वडा नम्मर ८ का अध्यक्ष्य नर बहादुर चन्द लगाएत जनप्रतिनिधि, स्थानीय अगुवाहरू, स्वास्थ्यकर्मी, शिक्षक तथा समुदायका दर्जनौँ स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले गाउँमा स्वास्थ्य सेवाप्रतिको नयाँ आशा र भरोसा जगाएको छ।
५ भाद्र २०८०, बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।
पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।
उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।
यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।
बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।
पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।
उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।
यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।
२१ चैत्र २०८१, सुर्खेत | देवेन्द्र रावल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णाली प्रदेशको अध्यक्षमा चयन भएका छन् । चैत्र २० गतेका दिन कर्णाली प्रदेश सुर्खेतमा भयको भेलाबाट अध्यक्षमा चुनिएका देवेन्द्र रावल मार्शलार्टका पूर्व खेलाडी समेत हुन् । देवेन्द्र रावलले मार्शलार्ट बाकेका मार्शलार्ट गुरु जनक बिक सित प्रशिक्षण लियका थिय ।
कर्णाली प्रदेश खेलकुद बिकाश परिषद्का बोर्ड सदस्य टक्क बहादुर शाहीको प्रमुख आतिथ्यता र नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष तथा कर्णाली प्रदेश प्रतिनिधी लाल बहादुर जि.सी.को अध्यक्षतामा कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समिति गठन भयको हो ।
१५ सदस्य रहेको उक्त कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्थ समितिको उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल र हिमाल जि.सी. चयन भयकाछन् भने महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे त्यसैगरी सदस्यहरुमा बिजय बहादुर बि.क., जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।
कर्णाली प्रदेश मार्शल आर्ट गेम्सका अध्यक्ष देवेन्द्र रावलले राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ मार्शलार्टको छाता संगठन भयको हुदा यस महासंघमा जोडीएका अफिशिअल तथा नन अफिशिअल जुनसुकै मार्शलआर्टहरु को हक हित र अधिकारको निम्ति यस महासंघले काम गर्ने जानकारी गराउदै अबको १ महिना भित्र कर्णाली प्रदेशको १० वटा जिल्लामा संघलाई बिस्तार गरि छिटै मार्शलार्ट गेमको आयोजना गर्ने जानकारी गराएका छन् ।
बर्दिया । २८ भाद्र २०८३ | बर्दियाको बारबर्दिया नगरपालिका–४ बैरियाघाटमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका १६ वर्षीय सम्राट थारु चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार २०८३ साल भदौ २४ गते बिहान करिब ८ः५० बजे बारबर्दिया नगरपालिका–४ बैरियाघाटमा प्रशुराम थारुको श्रीमतीको शुद्धीकरण कार्यमा सहभागी भई सोही घाटमा नुहाउने क्रममा स्थानीय श्यामकिशोर थारुका छोरा सम्राट थारु डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनियाभार, बर्दियाबाट प्रहरी निरीक्षक विवेक भट्टराईको कमाण्डमा १० जना तथा सुरक्षा बेस कतर्नियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक विनोदकुमार मल्लको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो। त्यसपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले निरन्तर खोजी गर्दै आएको थियो।
दैनिक रूपमा खोजी कार्य जारी रहेकै क्रममा २०८३ साल भदौ २८ गते बेलुका करिब ७ः५० बजे घटनास्थलदेखि करिब ४ किलोमिटर दक्षिण बारबर्दिया नगरपालिका–११ स्थित जब्दीघाटमा पानीमा तैरिरहेको अवस्थामा सम्राट थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
पानीबाट शव बाहिर निकालिएपछि उनका काका रमेश थारुले शवको सनाखत गरेका छन्। घटनासम्बन्धी अन्य कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
१३ असोज २०८२ / बारबर्दिया – बारबर्दिया नगरपालिका–७ रम्मापुर स्थित करेलिया सामुदायिक वन कार्यालयको प्रांगणमा नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको संयोजन तथा संचालन प्रहरी चौकी जयनगर इप्रकाका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारले गरेका हुन् । उनले समुदाय र प्रहरीबीच आपसी विश्वास र सहकार्य भए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने भन्दै चाडपर्वको बेला विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
सई अधिकारीका अनुसार चाडपर्वको रमाइलोको नाममा चोरी, लुटपाट, जुवातास, मदिरा सेवन, लागूपदार्थ दुरुपयोगजस्ता गतिविधि बढ्ने देखिन्छ । यस्ता अपराधलाई रोक्न समुदायकै सक्रिय भूमिका आवश्यक हुने उनको भनाइ थियो । उनले दशैं, तिहार जस्ता ठूला चाडपर्वलाई उदाहरण दिँदै भने, “प्रहरी मात्रले सबै अपराध नियन्त्रण गर्न सक्दैन । स्थानीय तह, समुदाय, विद्यालय र सामाजिक संस्थाहरूले प्रहरीसँग सहकार्य गरे मात्रै अपराधमुक्त र सुरक्षित समाज बनाउन सकिन्छ ।”
कार्यक्रममा सहभागीहरूमाझ चाडपर्वताका बेला देखिने सम्भावित अपराधका क्षेत्रमा विस्तृत जानकारी गराइएको थियो । प्रहरीका अनुसार, चोरी र लुटपाट मात्र नभई सवारी दुर्घटना, झैझगडा, कुटपिट, घरेलु हिंसा, महिलामाथि हुने हिंसा, जबर्जस्ती करणी जस्ता घटनाहरू पनि बढ्ने सम्भावना हुन्छ । यसरी अपराध बढ्ने सम्भावनाबारे जानकारी दिँदै सई अधिकारले सबैलाई सचेत रहन आह्वान गरे । उनले अपराध देखिए वा शंका लागे तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दै भने, “प्रहरीलाई ढिलो जानकारी गराइयो भने सामान्य घटना पनि ठूलो दुर्घटनामा परिणत हुन्छ ।”
कार्यक्रममा बालबालिका र किशोरकिशोरीलाई लक्षित गर्दै विशेष सन्देश दिइयो । प्रहरीका अनुसार, चाडपर्वमा रमाइलोको नाममा उनीहरू कुलतमा फस्ने, लागूपदार्थ सेवन गर्ने वा जुवातासतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले अभिभावक र समुदायले उनीहरूलाई सुरक्षित राख्नुपर्छ ।
बालविवाह र बहुविवाहजस्ता अवैध प्रथाले समाजमा गहिरो समस्या ल्याउने भएकाले यसलाई रोक्न समुदायकै पहल अपरिहार्य हुने भनाइ पनि व्यक्त गरियो ।
सवारी साधनको अत्यधिक प्रयोग हुने भएकाले चाडपर्वमा दुर्घटनाको जोखिम बढ्ने तथ्य कार्यक्रममा उठाइयो । चालक र यात्रु दुवै सतर्क हुनुपर्ने भन्दै सई अधिकारले विशेष गरी मोटरसाइकल चालकलाई मादक पदार्थ सेवनपश्चात सवारी नचलाउन आग्रह गरे ।
उनले हेल्मेट र सिटबेल्ट प्रयोग नगर्दा धेरै दुर्घटनामा ज्यान गुमाउने अवस्था आएको तथ्य प्रस्तुत गर्दै सहभागीहरूलाई सचेत रहन आह्वान गरे ।
कार्यक्रममा सहभागीहरूले पनि अपराध नियन्त्रणमा प्रहरीलाई मात्र दोष नदिइ समुदायकै सक्रियता जरुरी हुने धारणा राखे । उनीहरूले कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
सामाजिक संस्था र विद्यालयका प्रतिनिधिहरूले आफ्नो स्तरबाट सचेतना फैलाउने, टोलमा हुने विकृति र अपराध रोक्न प्रहरीलाई सहयोग गर्ने, बालबालिकालाई कुलतबाट जोगाउने र महिला हिंसा रोक्न प्रत्यक्ष पहल गर्ने संकल्प गरेका थिए ।
नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले प्रहरीलाई मात्र अपराध नियन्त्रणको जिम्मा हालेर पन्छिन नमिल्ने भन्दै आफूहरूले पनि सचेत हुने अठोट व्यक्त गरे । उनीहरूले प्रहरी र समुदायबीच नियमित छलफल र सहकार्य भइरहने हो भने बारबर्दियालाई अपराधमुक्त क्षेत्र बनाउन सकिने विश्वास व्यक्त गर्दै कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।