बिज्ञापन

अन्तर्वार्ता हुने स्थान :
कोहलपुर पार्टी प्यालेस ,कोहलपुर
अन्तर्वार्ता हुने मिति :
२०८१ पुस ५ गते
(20 Dec. 2024)

बर्दिया-२२ श्रावण २०८०
हिजो माघ २८ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड न. १ भुरिगाउमा केन्द्रीय कार्यालय रहेको सिको साकोस बचत तथा ऋण सहकारी सस्था अन्तर्गत महिला सशक्तीकरण उपसमितिको आयोजनामा सिको महिला जीबिकोपार्जन क्लबको सक्रियतामा सिको साकोसका आठ वटा सेवाकेन्द्र मध्ये ६ वटा सेवाकेन्द्र स्तरमा सार्बजनिक स्थल सरसफाइ तथा बातावरणिय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वार्ड न.१ मा स्थापना गरि ठाकुरबाबा नगरपालिका, मधुबन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउपालिका मुख्य कार्यलय बनाइ सक्रिय रुपमा कार्यरत सिको बचत तथा ऋण सहकारी सस्था १०० औ अन्तरास्ट्रिय सहकारी दिबसको अबसरमा लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी ब्याबसाय पुरस्कार बाट सम्मानित सिको साकोस केन्द्रिय कार्यलय भुरिगाउ, कोसेली सेवाकेन्द्र, मौसम सेवाकेन्द्र , ठाकुरद्वारा सेवाकेन्द्र , बालकुमारी सेवाकेन्द्र र डल्फिन सेवाकेन्द्रमा लगभग ३०० को उत्साह पुर्ण सहभागी भइ सार्बजनिक स्थल सरफाइ गरिएको छ।
केन्द्रिय कार्यलय भुरिगाउको सरसफाइ कार्यक्रम पश्चात् सिको साकोस बर्दियाका अध्यक्ष श्री दामोदर अधिकारी ज्युले सहभागी सम्पूर्ण संचालक समिति, लेखा समिति, उपसमिति, क्लबका पदाधिकारी तथा ब्यबस्थापनमा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद दिएका थिए।
१२ कार्तिक २०८०, बर्दिया | छैन भनेर पनि कसरि भन्नु बस्ने बास छैन भनौ भने बसेकै छौ २ / ४ कट्ठा जोत भोग गरि धौ धौ हातमुख जोडेकै छौ तर हाम्रो यो दिनचार्य र यसरि जोतभोग गर्न लागेको पनि बर्सौ भयो तर आफ्नो नाममा कहिले हुनेहो केहि थाहा छैन | सरकारले भुमि आयोग गठन गरेको छ छिटै भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउनुहुन्छ भनेको सुनिन्छ तर यसो भन्न लागेको पनि ७ वर्ष हुन लाग्यो अहिले सम्म के भैरहेको छ हामीलाई केहि थाहा छैन हजुर एक सुकुम्बासी बस्तीमा बस्ने बारबर्दिया बासीले हामीलाई गुनासो गरे | यसै बिषयमा अर्का एक छिमेकीले भन्दै थिए हामि र हाम्रो परिवारको जिन्दगि यस्तै हालतमा बित्ने भो हजुर भोट माग्ने बेला आउछन , भोट माग्दा भन्छन “जितेपछि तुरुन्त जग्गा दिन्छु ढुक्क हुनुस” जितेपछि कता जान्छन कता कमसे कम हाम्रो नाममा जग्गा भयको भय यो जग्गा देखायारा सानो तिनो ब्यापार गर्न सकिन्थ्यो कि ? खै कसले सुनिदिने हाम्रो पिडा |
यो पिडा र गुनासो हो बारबर्दिया नगरपालिकामा बस्ने भूमिहीन सुकुम्बासी जनताहरुको | २०७४ सालमा बनेको स्थानीय सरकारले लागत संकलन गर्ने भनेर बारबर्दिया नगरपालिकामा कर्मचारी खटाइ लागत संकलन गरेको थियो , लागत संकलन गरेको केहि समय पश्चात निस्सा वितरण गरिने भानिएता पनि तेसबेला जनताले निस्सा प्राप्त गर्न सकेनन |
जग्गा वितरण गर्नु भनेको तेती सजिलो बिसय पनि होइन र स्थानीय सरकारको निर्देसनामा तुरुन्त वितरण हुने पनि होइन तर तुरुन्त निस्सा वितरण हुन्छ भनेर सुनेका सुकुम्बासी बसोबासी तथा स्थानीयले दोस स्थानीय सरकारलाई नै दिए | यसबारे जनतालाई स्पस्ट पार्न नसक्नु , यस प्रक्रिया बारे के भैरहेकोछ जनतामा सुचनाहरु अध्धाबधिक हुन नसक्नु र यसबारे स्थानीय मिडिया र स्थानीय सरकार बीच समन्वय नहुनु अनि लागत संकलन गरेपश्चात निस्सा वितरणको निम्ति प्रक्रियालाई छिटो छरितो रुपमा अगाडी बढाउन नसक्नुको कारण जनतालाइ थाहा नहुनु यस अघिको सरकारको कमजोरी भयको ठहर स्थानीय हरुको रहेको छ | तेतिबेला निस्सा वितरण गर्न नसक्ता तेसको प्रतक्ष्य असर २०७९ सालको स्थानीय निर्वाचनमा मावोबादी पार्टीले बेहोर्नु पर्यो | जनतालाई यथार्थ बुझाउन हामि चुक्यौ एक मावोबादी नेताले हामीलाई जानकारी गराय |
बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको बारम्बार र अत्त्याधिक आइरहने गुनासो भनेकै लागत संकलन गरेर पनि हाल सम्म किन निस्सा वितरण नगरेको र फाइल कहा पुग्यो , यस बारे केके भैरहेको छ फाइल गायब गरेकी के गरे भन्ने नै हो |
बारबर्दियाको नगर प्रमुख छबिलाल थारुले राष्ट्रिय भूमि आयोग सञ्चालन भयकै बेला बारबर्दियामा लागत संकलन भयको तर त्यो दर्ता अनलाइन प्रक्रियामा नभएको कारणले गर्दा सबै कार्य रोकिन गएको जानकारी गराउनु भयो | ” हामिले स्थानीय सरकारमा नेतृत्व गरे पश्चात यसलाई द्रुत गतिमा अनलाइन सिस्टममा बनाइसकेका छौं अब दशैँ तिहार पछी सम्पूर्ण काम सुरुहुनेछ” बारबर्दियाका नगर प्रमुख थारुले बताउनु भयो |
२७ कार्तिक २०८०, बर्दिया | आज कार्तिक २७ गते गाई तिहारका दिन बारबर्दिया नगरपालिकाको वडा नम्मर ९ कतर्नियामा रहेको बसाहा बर्डा गौसेवा आश्रममा बारबर्दिया नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष देबेन्द्र कुमार बिस्टको अग्रसरतामा गौपुजा सम्पन्न भयको छ |

आश्रमले सामाजिक संजाल मार्फत गाई तिहारको अवसर पारेर आश्रममा रहेको गाईहरुका निम्ति ब्राण्ड, पराल तथा आर्थिक सहयोग गर्न र गौपुजा कार्यक्रममा सहभागी भै प्रसाद ग्रहण गर्न अपिल गरेको थियो |कार्यक्रममा नगरपालिकाको विभिन्न स्थान र वडाबाट गौ पुजामा सहभागी हुन आएका थिय | गौपुजामा सहभागी हुन आउने हरुले गौसेवा आश्रमक लागि धानको ढुटो , पराल, नगद धनराशी आदि दान गरेका थिय |

गौसेवा आश्रममा बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु , उपप्रमुख रत्ना कुमारी पाण्डे , कृषि शाखा प्रमुख समेत उपस्थिति भै गौ पुजा गर्नु भयको थियो।
गौसेवा आश्रमका लागि विभिन्न सहयोग गर्ने सहयोग दाता हरु लगायत गौसेवा आश्रम निर्माण र विभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई नगरप्रमुख , उपप्रमुख र वडा नम्मर ८ का वडा अध्यक्ष लगायतले खाद को साथै टिका लगाई सम्मान गर्नुभयको थियो | नगर प्रमुखको स्वागत मन्तब्य पश्चात कार्यक्रम समापन भयको थियो |
१४ कार्तिक २०८०, बारा । बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्याको शुरुवाती कारण पत्ता लागेको प्रहरिले जानकारी गरायको छ ।
हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेपछि हत्याको कारण पत्ता लागेको हो । बारा प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ लामो समयदेखि एक महिलासँग प्रेम सम्बन्धमा रहनुनै मृत्युको कारण रहेको प्रहरीले खुलासा गरेको छ ।
बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी ति महिला अर्का एकजना पुरूषसँग पनि प्रेमसम्बन्धमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दियका थिए , तर सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाको अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।
घटना संलग्न एकजना महिला र २ जना पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ।
३ मंसिर २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर ८ भगतपुर गाउमा बस्ने अन्दाजी २२ बर्षिय बिबाहित पुरुष गाउ घरमा ल्याप्टन भनेर चिनिने लक्ष्मन थारुलाइ बारबर्दिया नगरपालिका वडा नम्मर ८ कि एक १७ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
गत राती १० बजेको समयमा गाउले बहिनीलाई पिसाब लागेर साथ गएको मौकापारी उक्त समयमा सोही ठाउबाट मुख बुजेर नजिकैको लसुन बारिमा लगि जबर जस्ती करणी गरेको पीडितको आफन्तले रिपोर्टिंग नेपालको सम्बाददाता लाइ जानकारी गरायका छन् ।
बानियाभार इलाका प्रहरी कार्यालयमा पीडितले निबेदन दिय पस्चात आरोपीलाइ आज बिहान करिब ७ बजेको समयमा पक्राउ गरि बानियाभार इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठायको छ |
जयनगर प्रहरिलाइ जानकारी गराय पश्चात राती १ बजे प्रहरी पीडितको घरमा सोधपुछ गरि बिहान जयनगर इलाका प्रहरीमा निबेदन दिन आउनु भनि फर्किएको तर बिहान पिडित पक्ष जयनगर इलाका प्रहरीमा निबेदन दर्ता गर्न जादा यहा दर्ता हुदैन , मिल्दैन बानियाभार प्रहरी कार्यालयमा जाउ भन्दै निबेदन दर्ता नगरी दुख दियको आरोप पिडित परिवारको छ |
६ कार्तिक २०८०, काठमाडौं । त्रिदेशीय शृङ्खलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १६५ रनको लक्ष्य पाएको छ ।
आज मिति २०८०-०७-०६ गतेका दिन मुलपानीस्थित क्रिकेट मैदानमा यूएई र नेपाल बीच भयको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रन ल्यायको थियो ।
उक्त खेलमा यूएईका खेलाडीहरु ले क्रमस बसिल हमेदले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरि ४५ रन, भ्रित्या अरबिन्दले ४५ रन ,आसिफ खानले १८ र खालिद साहको १२ रन सहित १६४ रन ल्याई नेपाललाई १६५ रनको लक्ष्य दियका थिय ।
टि –२० विश्वकप छनोटको तयारीका लागि आयोजित क्रिकेट खेल शृङ्खलामा यूएई , नेपाल र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
शृङ्खलाको लिग चरणका फाइनल खेल बाहेकका सम्पूर्ण खेल मुलपानी हुनेछ भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुने छ ।
रिपोर्टिंग नेपाल सम्बाददाता , ९ , पुष,२०८१ , बर्दिया
बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ को मानपुरमा फर्निचर तथा स मिलका नाम बाट काठ मिल संचालन गर्दै आएका संचालक बाधु थारुको घरमा जयनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज सई ओम प्रकाश खत्री हवल्दारको साथमा फर्निचर उद्योग भित्र छिर्दा घर भित्र रहेको कुकुरले सई खत्रीलाइ टोक्दा घरबाटै संचालक चौधरी र उनका छोरा घन श्याम थारुलाई हतकडी लगाएर १२ घण्टा बढी प्रहरी हिरासतमा राखिएको संचालक बाधु थारु उनका छोरा र छिमेकी लगाएत गाउँका बढघर समेतले बताएका छन ।
बड्घर लगाएत उनका छिमेकिले मिति २०८१ साल पौष ७ गते राती १० बजे तिर जयनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज सई ओम प्रकाश खत्री र हवल्दार सादा पोसाकमा रक्सीले मातेको अबस्थामा संचालकको घर नजिकै गै बाटोबाट मोटरसाइकलको हर्न बजाएको र कुकुर भुकेपछी उठेर बाहिर निस्किदा आफ्नो आगनमा मुखमा मास्क लगाएका २ जना ब्यक्ती हामि प्रहरीहो भन्दै आएको र संचालकले कुकुरलाई बाध्नको निम्ति आफ्नो बुहारीलाई आग्रह गर्दै गर्दा सई ओम प्रकाश खत्रीलाई टोकेपछी केहि सामान्य भनाभन हुदा पोसाकमा अन्य प्रहरीलाई बोलाई संचालक थारु र उनका जेठा छोरा घनश्याम थारुलाई घरै बाट हत्कडी लगाई परिवारका सबैको मोबाईल समेत नियन्त्रणमा लिइ संचालक थारुलाई केहिसमय पछि छोडेपनी संचालकका जेठा छोरालाई रातभरी प्रहरी हिरासतमा राखी भोलि पल्ट बिहान १२/१ बजे तिर कागज गराई छोडेको बताएका छन । त्यस्तै बढ्घर र छिमेकीले बिना गल्ती यसरी मान्छेलाई दुख दिने नियतले प्रहरीले हत्कडी लगाइ नियन्त्रणमा लिनु प्रहरी आतंक भएको बताएका छन।
घरपरिवार लगाएत बढ्घरले समेत कुकुरले टोकिहाल्यो सर हामी उपचार गर्दिन्छौ यिनिहरुको केही गल्ती छैन बिना गल्ती हत्कडी लगाएर नलैजानु भनी अनेक बिन्ती गर्दा समेत प्रहरिले नछोडेको बताए भने बारबर्दिया नगरपालिकाको नगर प्रमुखले यति सानो बिषयमा यसरि जनतालाई हतकडी नै लगायर दुख नदिनुस् भनेर आग्रह गर्दा समेत नगर प्रमुखको आग्रहलाई समेत बेवास्ता गरि पदको दुरुपयोग गरि सोझा साझा जनतालाई दुख दिएको पिडित र पिडितको छिमेकी र बढघरको आरोप छ ।
यस बिषयमा कानुनका जानकार के भन्छन ?
प्रहरीले कुनै पनि फर्निचर उद्योग वा अन्य कुनै निजी क्षेत्रमा छापा मार्नुअघि मान्य कारण हुनुपर्छ , जबसम्म अति विशेष अवस्था जस्तै, तत्काल प्रमाण नष्ट हुने स्थिति आउँदैन त्यस्तो अवस्थामा राति छापा मार्दा स्पष्ट कारण र उच्च अधिकारीको स्वीकृति चाहिन्छ । यदि प्रहरीले उद्योगमा छापा मार्दा कुनै स्पष्ट कारण नभई वा जानकारीबिना प्रवेश गरेको हो भने, यो कानुनी उल्लङ्घन हुन सक्छ।
कुकुर जानाजान प्रहरीलाई आक्रमण गर्न लगाइएको अथवा मालिकले जनावरको नियन्त्रणमा लापरवाही गरेको भन्ने स्पस्ट आधार नभई कुकुरले प्रहरीलाई टोक्दैमा कुकुर मालिकलाई हतकडी लगाएर थुन्नु अवैध र प्रहरीले आफ्नो पद को दुरुपयोग गरेको मानिन्छ lजनावर व्यवस्थापन सम्बन्धी कानून (Animal Management Law) अनुसार घरपालुवा जनावरले कसैलाई हानि पुर्याएमा यसको जिम्मेवारी मालिकको हुन्छ। तर, यो घटनामा: प्रहरीले बिना जानकारी उद्योगमा प्रवेश गरे भने, प्रहरीको अबैध प्रवेश मान्न सकिन्छ। यस परिस्थितिमा कुकुर मालिकलाई मात्र दोषारोपण गर्न मिल्दैन।
प्रहरीले सम्बन्धित स्थानको मालिक वा प्रतिनिधिलाई आफ्नो परिचय दिएर, छापाको कारण र उद्देश्य बताउनुपर्छ। छापा मार्दा प्रमाणहरू सुरक्षित गर्नुपर्नेछ तर नागरिकलाई अनावश्यक दुःख दिनु हुँदैन। प्रहरीले राति छापा मार्दा कानुनी प्रक्रिया कडाइका साथ पालना गर्नुपर्छ। बिना जानकारी र आदेश राति छापा मार्नु कानुनी उल्लङ्घन मानिन्छ। नेपालको संविधान अनुसार व्यक्तिको निजी स्वतन्त्रता र सम्पत्तिको सुरक्षा सुनिश्चित गरिएको छ ,यदि प्रहरीको कार्य अमान्य छ भने, प्रहरीको यस्तो कार्यविरुद्ध पीडित पक्षले जिल्ला प्रशासन कार्यालय वा उच्च अदालतमा रिट दायर गर्न सक्दछ।
कमल बहादुर खड्का , १९ – साउन, बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्ता समितिको आज निर्वाचन सम्पन्न भएको छ । बैशाखमा गर्नु पर्ने पुनर्गठन विविध कारण बस आज साउन १९ गते भएता पनि सफलतापुर्बक सम्पन्न भएको पुर्व अध्यक्ष खुशीराम थारुले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा राजकुमार अधिकारीले ११ मत ल्याई बिजय हुनु भएको छ भने उहाको प्रतिद्वन्दी हिम बहादुर अधिकारी ले ७ मत प्राप्त गर्नुभयको थियो ।
जम्मा १८ जना मतदाताको मत मध्ये उपाध्यक्ष पदमा देवराज खत्रीले १० मत, सचिब पदमा खुशिराम थारु ले ११ मत , कोषाध्यक्ष पदमा रुपा वौडेलले ११ मत ल्याई बिजय हुनु भएको छ । उपाध्यक्ष , सचिब , कोषाध्यक्ष पदको प्रतिस्पर्धामा प्रतिद्वन्दी क्रमशः झुपलाल अधिकारी, रामबहादुर चौधरी , सोमरानी थारुले हार बेहोर्नु परेकोछ ।
९ जना सदस्यहरु बिमा देवी सुनार , हिमानी खत्री,भुमी शर्मा ,नाथुरानी चौधरी, सुमिता चौधरी, आनन्द आचार्य, टिकारानी थारु , सुमिता थारु सर्वसम्मत छनोट भइ १३ जनाको समिती गठन गरिएको छ । निर्वाचन अधिकृत बारबर्दिया नगरपालिका वडा न.१ का वडा अध्यक्ष कैलासपती थारुले बिबाद रहित निर्वाचन सम्पन्न गराउनुभयको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत १९ वटा समितीमा बैशाख महिनामा पुनर्गठन गरिसक्नुपर्नेमा शिवपुर उपभोक्ता समिती र गेरुवा गाउपालिकामा पर्ने ४ वटा समिति गरि जम्मा ५ समितिमा आजका मिति सम्म पनि पुनर्गठन हुन सकेको छैन ।
केही दिनमै बाकी रहेका समिति पनि पुर्नगठन का निम्ति अन्तिम चरणमा पुगिसकेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यक्रम अधिकृत निलकण्ठ कडेल, जनप्रतिनिधि र बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । (स्रोत :खास कुरो)
(स्रोत :खास कुरो)
बर्दिया । २२ श्रावण २०८१
बारबर्दिया नगर पालिका वडा नम्मर ५ मगरागाडी स्थित श्री सदाशिव मन्दिरमा श्री सदाशिव साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको आयोजनामा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराण शुरु भएको छ ।
सावन २१ देखि सुरुवात भयको महापुराण २८ गते सम्म हुने समितिले जानकारी गरायको छ । कार्यक्रमको उदघाटनमा बोल्दै बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले सदाशिव मन्दिर बारबर्दिया नगरपालिकाको एक प्रमुख चिनारी भएकोले संरक्षणमा विशेष ख्याल गर्नुपर्ने सुझाव दिदै बारबर्दियामा बाह्य र आन्तरीक पर्यटक भित्राउन स्थानिय सरकारले एक धार्मिक स्थल निर्माणको लागी पहल गर्न आवश्यक रहेको बताउदै पर्यटक भित्राउन सक्ने र यस स्थानको पहिचान र ईतिहास बोकेका स्थानिय स्तरका धार्मिक स्थल र भौतिक पुर्बधारहरुको अबलोकन गरि प्रबर्द्धनका निम्ति बजेटमा समेटिने बताउनुभयको छ ।
उदघाटनमा बोल्ने क्रममा मन्दिर व्यवस्थापन समितीको अध्यक्ष छेदादास थारुले मन्दिरको थप उन्नतीको लागी स्थानिय सरकार र स्थानिय बासीको सहयोग चाहिने हुँदा साप्ताहिक रुद्राभिषेक एंवम श्रीमद् शिव महापुराणको सफलताको लागी सम्पुर्ण स्थानिय भक्तजनहरुले तनमन देखी नै लाग्न आग्रह गर्नु भएकोछ ।
श्रीमद् शिव महापुराणमा मुख्य कथा वाचक श्री किशोर शरण सुबेदी द्धारा गरिनेछ । महापुराण बाट संकलित सहयोगले मन्दिरको बिकासका खर्च गरीने बताईएको छ ।
उदघाटनमा कार्यक्रम स्थल देखि कलशयात्रा निकालि शिवालयहरुको परीक्रमा गरि बबई नदी जब्दी घाटबाट पबित्र जल सदाशिव मन्दिरमा लगिएको छ ।
हाल मन्दिर रहेको स्थानमा वर्षौ पहिले वन जंगलले भरिएको थियो । जहाँ बन्जाराहरु लुकेर बस्ने गर्दथे रातिमा शंख घन्टी बजेको आवाज बन्जाराहरुले सुनेर हेर्न जाँदा शिवलिङ्घ देखिएको र ढुंगाबाट अवाज आएको भन्दै तलवार प्रहार गर्दा शिवलिङ्ग बिच भाग बाट काट्टीदा ढुङ्गा बाट रगत निस्किएको देखेपछि बन्जाराहरु भागे पछि स्थानियहरुले जानकारी पाएर हेर्न जादा शिवलिंग देखेपस्चात यसको संरक्षण गरि पुजा गर्न थालियको मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष मोहन थारुले बताउदै सदियौं पहिले भगवान शिवले यो शिवलिङ्घ आफै स्थापना गरेको हुदा धर्मावलम्बीका निम्ति यस मन्दिरको विशेष महत्व रहेको जानकारी दिनुभयो ।
।