बर्दिया ८ आश्विन २०८०

बर्दिया,२०८३ कार्तिक , १७ । किशोरकिशोरीका संवेदनशील स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न सक्ने सुरक्षित र गोपनीय वातावरण निर्माण गर्ने उद्देश्यसहित बारबर्दिया नगरपालिका–७ सिउनियामा एकीकृत किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूको अध्यक्षतामा सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नवनिर्मित भवनको औपचारिक हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। भवन निर्माणसँगै नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा प्रणालीमा किशोरकिशोरी लक्षित सेवाका लागि थप पूर्वाधार जोडिएको छ।
नगरप्रमुख थारूले स्थानीय तहमा स्वास्थ्य सेवालाई भवन र संरचना निर्माणमा मात्र सीमित नराखी नागरिकको वास्तविक आवश्यकतासँग जोड्नुपर्ने सन्दर्भमा यो सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। विशेषगरी किशोरावस्थामा देखिने शारीरिक, मानसिक तथा यौन एवं प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा र समस्याका विषयमा सहज रूपमा परामर्श तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनु यसको महत्वपूर्ण पक्ष हो।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) बर्दियाको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरणअन्तर्गत भवन निर्माण गरिएको हो।
भवन निर्माणमा कुल ४६ लाख ४५ हजार ४ सय ५८ रुपैयाँ २० पैसा खर्च भएको जनाइएको छ। २०८३ भदौ २८ गते निर्माण सम्पन्न भएको भवन सोमबार आयोजित कार्यक्रममा सम्बन्धित साझेदार संस्थाका प्रतिनिधिले स्वास्थ्य संस्था तथा नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा नगरप्रमुख थारू, स्वास्थ्य सचिव श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सुनिता नेपाली, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहेन कङ, प्लान इन्टरनेशनल कोरियाका प्रतिनिधि स्याङ्योङ पार्क तथा प्लान इन्टरनेशनल नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक सृजना गुरुङलगायतको उपस्थिति थियो।
कार्यक्रममा परियोजनाको उद्देश्य र उपलब्धिबारे जानकारी प्रस्तुत गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरिएको थियो। त्यसपछि कोइका, प्लान इन्टरनेशनल नेपाल र आरकेजेएसका प्रतिनिधिले भवन हस्तान्तरण गरेका थिए।
नयाँ भवनबाट किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य, शारीरिक परिवर्तन, मानसिक स्वास्थ्य र अन्य संवेदनशील विषयमा गोपनीयता कायम राख्दै आवश्यक जानकारी, परामर्श तथा स्वास्थ्य सेवा लिन सक्ने अपेक्षा गरिएको छ। यसले विशेषगरी सामाजिक संकोच र जानकारीको अभावका कारण स्वास्थ्य संस्था पुग्न हिचकिचाउने किशोरकिशोरीलाई सेवा लिन सहज बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दिया, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश, नगरपालिका तथा वडा कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, किशोरकिशोरी तथा बाल क्लबका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
भवन निर्माणसँगै अब यसको प्रभावकारी सञ्चालन र सेवा निरन्तरता मुख्य विषय बनेको छ। स्थानीय सरकार, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वय कायम रहन सके सिउनियामा निर्माण भएको यो पूर्वाधारले बारबर्दियाका किशोरकिशोरीलाई आफ्नै समुदायमा गुणस्तरीय, सहज र गोपनीय स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार गर्नेछ।
३१ जेष्ठ २०८२, रिपोर्टिंग नेपाल ,बर्दिया – बारबर्दिया नगरपालिका वडा नम्मर -९, कतर्निया गाउँका किसानहरूको जीवनमा विगत ३ पुस्तादेखि रहेको ठूलो समस्यालाई वडा अध्यक्ष देवेन्द्र कुमार बिष्टले आफ्नो अटूट संकल्प र कठोर, तर न्यायपूर्ण ढंगका साथ समाधान गरेका छन् । किसानहरू जसले ५०० मिटर हिडे पुगिने आफ्नो खेत ३ किलोमिटर घुमेर पुग्नु पर्थ्यो हाल किसान र खेत बीच थुनिएको त्यो दूरी अब भत्किएको छ ।
स्थानिय भन्छन् – उनि अलि कडा र ठाडो बोल्ने स्वभावका छन्, कहिलेकाहीं खरो बोलीले ठेस पुर्याए पनि, मन चसक्क पारेपनि त्यो स्वरमा कहिल्यै कुनै पाप वा इर्ष्या नदेखिने हुन्छ, तर यहि स्वभावका कारण देवेन्द्र बिष्टका आलोचकहरू थुप्रै थिए । “खरो बोल्ने, रूखो स्वभावका नेताबाट के आशा गर्ने ?” भन्न पनि भ्याए तर अहिले चुप लागेर सबैकुरा सहने र जनताको समस्यामा मौन रहने नेताभन्दा बरु खरो बोल्ने, रूखो स्वभावको भएपनि काम गर्ने देबेन्द्र जस्तै नेता ठिक भन्ने मा पुगेका छन् वडा नम्मर ९ का वडावासीहरु आजभोली l
“हामीले बिर्सिसकेको थियौँ कि यो बाटो खुल्ने सपना , तर देवेन्द्रजीको पहलले असम्भवजस्तो देखिएको कुरा सम्भव बनायो,” एक किसानको भावुक अभिव्यक्ति थियो। हिजो गालि बर्साउनेहरूले आज देबेन्द्रको काममा तालि बर्साइरहेका छन् । बोलि त कडा हुन्छ, तर मनमा कुनै पाप छैन। जसको मनमा पाप हुदैन , ऊ बोल्न र काम गर्न डराउँदैन।” स्वभावले कठोर, बोली ठाडो र नडराउने, तर अन्तर्मनमा पूर्णरूपले वडा वासीको पक्षधर – यो परिचय बन्दैछ यस बाटो खोल्ने कार्य पश्चात वडाध्यक्ष देवेन्द्र बिष्टको। “उहाँको बोलीले कहिलेकाहीँ चस्काउँछ, तर कामले सबैको मन जित्छ,” वडाबासीहरू खुलेर प्रशंसा गर्छन्। अहिले किसानहरू यति भावुक छन् कि कसैले त बाटोको नाम नै ‘देवेन्द्र मार्ग’ राख्ने प्रस्ताव गरेका छन्।
यो एउटा बाटो मात्र होइन, यो बाटो भनेको आशाको मार्ग, सम्भावनाको श्रोत र पुस्तौँदेखि अड्किएको सपना पूरा भएको एउटा जीवनरेखा बनेको छ। उनले खोलिदिएको बाटोले मात्र भौतिक दूरी होइन, किसानहरूको मनमा नयाँ आशा र भरोसाको पुल पनि जोडेको छ। यो कुनै सामान्य बाटो होइन, यो त्यो बाटो हो जसले सयौँ किसानको खेतलाई बाहिरी दुनियाँसँग जोड्ने काम गर्छ। तीन पुस्तासम्म असहज बाटो हुँदै खेतमा पुग्दा सम्म अनायासै बग्ने पसिना आज किसानले आफ्नो खेतमा उत्पादनका निम्ति बगाउन पाएका छन् ।
हिजो विरोध गर्नेहरू आज आफैँ स्याबासी दिइरहेका छन्, प्रारम्भमा एक–दुई जनाले केही नबुझी विरोध जनाए पनि अहिले सबै जनताको साथ पाइएको अध्यक्ष बिष्ट बताउँछन्। वडाध्यक्ष देवेन्द्र बिष्टले आफू जनताको सेवक मात्र भएको बताउँदै भने, “मेरो जनता हो, मेरा किसान हुन्। बाटो नखोल्नु भनेको दुवै खुट्टा बाधेर हिडनुहोस् भनेर आदेश दिए जस्तै हो । कसैको खेतमा पाइला राख्न पनि बाटो नहुनु भनेको बाँच्दाबाँच्दै जेलमा भएको जस्तै हो। यो बाटो जनताको अधिकार थियो, मैले त केवल ढोका खोल्ने जिम्मेवारी लिएको मात्र हु सबै योगदान किसान र वडावासी कै हो ।”
वडा नं. ९ मा भएको यो विकास कार्य कुनै निर्माणमात्र होइन, जनविश्वास र नेताको प्रतिबद्धताको उदाहरण बनेको छ । देवेन्द्र बिष्टजस्ता जनप्रतिनिधिहरूले देखाएको साहस, निष्ठा र जनपक्षीय कार्यशैलीले अबको पुस्तालाई पनि प्रेरणा दिनेछ।
यो बाटो केवल माटो र मिहेनतले मात्र बनेको छैन, यो बाटो बनेको छ दुःख, संघर्ष, धैर्यता र साँचो नेतृत्वबाट। जहाँ भोलिका दिनमा वडा अध्यक्ष देबेन्द्र कुमार बिष्टकै कार्यकालमा ग्रेवल हालेर अझ बलियो र सहज हुनेछ भन्ने भरोसा र बिस्वास राखेका छन् यहाका जनताले ।
१४ मंसिर २०८०, बर्दिया | मिति २०८० मंशिर २२ गतेका दिन बारबर्दिया नगरपालिका वडा नम्मर ४ पदनाहा स्थित श्री पाञ्चजन्य माध्यमिक विद्यालय को ६१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यताकासाथ मनाईएको छ ।
कार्यक्रमको अध्यक्षता यसै बिद्यालय का वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारू र विशिष्ट अतिथिमा बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा बारबर्दिया नगरपालिकाका निबर्तमान मेयर दुर्गा बहादुर थारु (कबिर), प्रमुख प्रशासकीय अधिकृत धर्म राज न्यौपाने, वडा नम्मर ४ का वडा अध्यक्ष सिताराम योगी, वडा नम्मर ५ का वडा अध्यक्ष लाल बहादुर थारुले आशनग्रहण गर्नुभयको थियो । अतिथिहरुमा बारबर्दिया नगरपालिकाको विभिन्न वडाहरुका पूर्व वडा अध्यक्षहरु लगायत विभिन्न आमन्त्रित व्यक्तिहरु हुनुहुन्थ्यो ।
पाञ्चजन्य माध्यमिक विद्यालयको प्रधानाध्यापक शोभा आचार्यको स्वागत मन्तव्य पश्चात पानसमा दिप प्रज्वोलन गरि ब्यानर बाचन गरेर प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारूले कार्यक्रमको समुदघाटन गर्नुभयको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरुले विद्यालयको सम्वृद्धिको र सफलताको कामना गर्दै आवश्यक परेमा सहयोग गर्ने बाचा र प्रतिबद्धता सहित सुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।

बिदयार्थी भाइबहिनी हरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुका साथै गित गायर मनोरंजन प्रदान गरेका थिय । विद्यालयले एस.ई.ई. २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र नयन थारु र छात्रा बबिता थारु , विद्यालय भवन निर्माण उपभोक्ता समिति संयोजकहरु, विद्यालयलाइ सहयोग गर्ने सामुदायिक बन समुहहरु , पूर्व शि.अ .संघका सदस्यहरु , पूर्व प्र.अ., पूर्व शि.अ .संघका संयोजक, पूर्व वि.व्य.स अध्यक्ष, सबैभन्दा धेरै विद्यालयमा उपस्थित हुने कर्मचारी तथा शिक्षक, २० वर्ष भन्दा बढी समय निरन्तर सेवारत शिक्षक तथा कर्मचारी , नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये अंग्रेजी बिषयमा उत्कृष्ट जिपिय ल्याउने , यसै पाञ्चजन्य माध्यमिक विद्यालय भित्र सबै बिषय मध्ये नेपाली बिषयमा उत्कृष्ट जिपिय ल्याउनेहरुलाइ सम्मानित गरेको थियो ।



कार्यक्रम स्टेजको पूर्व तर्फ सोहि विद्यालको अलग अलग कक्षाका बिदयार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखियको थियो । प्रदर्शनीमा राखियको शैक्षिक सामाग्रीहरुमध्ये उत्कृष्ट सामाग्री निर्माण गर्ने बिदयार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेपश्चात कार्यक्रमको अध्यक्षता गर्नुभयको वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले आफ्नो मन्तब्य राखी कार्यक्रम समापन भयको घोषणा गर्नुभयको थियो ।

