Home REPORTING पेन जिवनशैली-समाज

जिवनशैली-समाज

health tips, fashion, food, yoga, मानव समुदाय र त्यसका सामाजिक गतिविधिहरू, जनजीवन, परम्परा, सामाजिक समस्या, सांस्कृतिक कार्यक्रम, सामाजिक न्याय र जनजीवनसँग सम्बन्धित समाचार,सेवा,दान  ,सहयोग 

काठमाडौंमा तास खेलिरहेका ७ जना पक्राउ

९ कार्तिक २०८०

]काठमाडौंको टेकुमा तास खेलिरहेका सात जनालाई करिब चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्मर १२ टेकु स्थित कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउला लगायत  ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । नगद तीन लाख ८६ हजार २ सय रूपैयाँ ताससहित पक्राउ गरेको हो।

बिज्ञापन-AI-ADCustom Text

बुहारी कुटपिट गर्ने ससुरा भर्थारी थारु पक्राउ

३२ श्रावण २०८०, बर्दिया , बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते दिनको करिब ४ बजे मदिरा सेवन गरि आफ्नी बुहारीलाई निर्घात रुपमा कुटपिट गरेका छन् |

भर्थरी थारुको श्रीमतीका भनाइ अनुसार भर्थरीले श्रीमती सित ५०० रुपिया लागि मोबाइलमा फिलिम हालेर  बुहारीलाई मोबाइलमा फिलिम लगाइदे हेर्छु भनेर  भन्दा बुहारीले मैले जान्दिन आफै लगाउ भन्दै घरभित्र गए पछी ससुरा भर्थरीले बुहारीलाई कुटपिट गर्न सुरु गरेका थिए | बुहारीलाई घरभित्रै बाट कुटपिट गर्दै घर बाहिर बाटोमा घिसार्दै निर्मम तरिकाले हात र लात प्रयोग गरि कुटपिट गर्दा समेत वरपरका छरछिमेक सित गुहार माग्दा धेरैले रमिते बनेर हेरेको र एक महिलाले बचाउन जादा भर्थरी थारुले ति महिलालाई समेत हातपात गर्न खोजेको तेहाको एक स्थानीय महिलाले जानकारी गराइन |

पिडित महिला आफ्नो ज्यान बचाउनका लागि त्यहा बाट भागेर आफ्नी नन्दको घरमा बसेको र आज उपचार र चेक जाचको लागि बुहारीलाई अस्पताल लगिएको पिडितकी सासु ले बताइन |

पिडित महिलाको श्रीमान रोजगारीको सिलसिलामा ताप्लेजुंग जिल्लामा छन् भने घरमा पिडितको सासु , एक छोरी र ससुरा भर्थारी थारु बस्दै आयका छन् |

प्रदेश सांसद राजकुमार चौधरीले प्रहरीलाई निर्देशन दिए पश्चात कुटपिट गर्ने ससुरा भर्थारी थारुलाइ पक्राउ गरि बिहान ८ बजे तिर इलाका प्रहरी कार्यालय बासगढ़ी बर्दियामा लगिएको छ |

समाचार स्रोत : खोज नेपाल न्युज डट कम (www.khojnepalnews.com)

बिज्ञापन-AI-ADCustom Text

विश्व वातावरण दिवसमा ४४औं योग समर्पण केन्द्रको भव्य शुभारम्भ: एक बिरुवा, एक सन्देश मार्फत मानवता र प्रकृतिको संगम

नेपालगंज, जेठ २५ , २०८२ , विश्व वातावरण दिवसको विशेष अवसरको सम्झना गर्दै हिजो मिति २०८२ जेष्ठ २४ गते नेपालगञ्जमा आयोजित एक अत्यन्तै प्रेरणादायी र ऐतिहासिक कार्यक्रम मार्फत ४४औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न भयो।

“जब मन शान्त र शरीर स्वस्थ्य हुन्छ,  तब समाज समुन्नत बन्छ, जब समाज समुन्नत बन्छ तब देश समुन्नत बन्छ ” यही सन्देश बोकेर, योग समिति नेपालले विश्व वातावरण दिवसको अवसर लाइ स्मरण गर्दै आफ्नो ४४औं योग  केन्द्रको गौरवशाली यात्रा आरम्भ गरेको छ । समाजमा मानसिक, शारीरिक र आध्यात्मिक चेतनाको सशक्त सन्देश फैलाउने उद्देश्यले योग समिति नेपालले आयोजना गरेको यो कार्यक्रममा प्रमुख अतिथि ,विशिष्ट अतिथि एबम अतिथिको रुपमा विशिष्ट व्यक्तित्वहरुको  उपस्थिति र उहाहरुको योग प्रतिको धारणाले बाँके जिल्लामा मात्र नभई सम्पूर्ण देशभर नै योग चेतनाको नयाँ लहर सुरु गरेको अनुभूति दिलाएको छ ।

कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपालको नेतृत्वमा समर्पित टिमले अत्यन्त योजनाबद्ध ढंगले आयोजना गरेको यस समारोहमा समाजका विविध तह–तप्काका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रह्यो। जिल्ला बन कार्यालयको सहकार्यमा सम्पन्न भएको यस ऐतिहासिक कार्यक्रममा सहभागी सबैलाई “एक बिरुवा – एक सन्देश” भन्ने मूल मर्म सहित एक–एक बिरुवा उपहारस्वरूप वितरण गरिएको थियो, जुन बिरुवा केवल वनको सम्भावना मात्र नभई, जीवनमा समर्पण, सन्तुलन र चेतनाको सन्देश बोकेको प्रतीकको रूपमा प्रस्तुत गरिएको थियो।

यस शुभारम्भ समारोहको प्रमुख अतिथिको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर श्री प्रशान्त बिष्ट उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रहनु भएको थियो। साथै सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रामबहादुर घर्ती, शसस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, ट्राफिक कार्यालय प्रमुख नन्दकुमार पोख्रेल, जिल्ला बन कार्यालयका प्रमुख शंकर गुप्ता, उद्योग वाणिज्य महासंघ बाँकेका अध्यक्ष टंक धामी, लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रममा अझ गौरवमय बनायो।

कार्यक्रमको औपचारिक सत्रमा योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले उपस्थित सम्पूर्ण अतिथि र सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै, योगको वास्तविक अर्थ, महत्व र प्रभावका विषयमा एकदमै भावनात्मक र सन्देशमूलक मन्तव्य दिनुभयो। उहाँले भन्नुभयो—“आज हामीले ४४औं केन्द्र सुरु गरेका छौं, तर हाम्रो लक्ष्य ४४ लाख मानिसको जीवनमा चेतनाको उज्यालो फैलाउनु हो। बिरुवाले वन दिन्छ, तर योगले मानवता दिन्छ। हामीले सुरु गरेको यो केन्द्र केवल योग केन्द्र मात्र होइन — यो चेतनाको गहिराइमा जाने बाटो हो, आत्मा जगाउने एक यात्रा हो। यहाँबाट जीवनलाई नयॉं दृष्टिकोण दिने अभ्यासको आरम्भ हुन्छ । योग कुनै जात, धर्म वा राजनीतिक विचारधाराको विषय होइन, यो स्वास्थ्य शरीर र पबित्र मन प्राप्ति गर्ने चेतनाको आन्दोलन हो।”

यस कार्यक्रमले सामाजिक, प्रशासनिक, सुरक्षा, औद्योगिक, पत्रकारिता, र नागरिक समाजका सबै प्रतिनिधिलाई एकै थलोमा ल्याई सम्वाद, सशक्तिकरण र समर्पणको उत्कृष्ट उदाहरण पेश गर्‍यो।

प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्ट शब्दमा भन्नुभयो: “शरीर र समाज दुबैको सन्तुलनका लागि यस्तो अभियान सबै नगरपालिका र गाउँपालिकामा फैलिनुपर्छ। आवश्यक सम्पूर्ण  सहयोग र साथ दिन  नेपालगञ्ज उपमहानगरपालिका  सधै तयार छ।

एक बिरुवा, एक सन्देश – प्रकृति र चेतनाको मिलनबिन्दु स्वरूप  प्रत्येक सहभागीलाई एक–एक बिरुवा प्रदान गर्दै, जीवनमा सन्तुलन, शान्ति र समर्पणको सन्देश दिनु  आजको कार्यक्रमको विशेषता थियो – बन कार्यालय बाँकेको सहयोगमा आयोजित यस अभियानले केवल वातावरणीय सन्देश मात्र दिएन, योगमार्फत भित्री चेतनाको हरियाली पनि फैलायो। आजको यस केन्द्र उद्घाटन र बिरुवा वितरण कार्यक्रमले वातावरण, स्वास्थ्य र चेतनाको एकता प्रस्तुत गरेको छ।”

बाकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकहरूमा योगको प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउदै योगले सेवा प्रवाह, तनाव व्यवस्थापन र सामाजिक अनुशासनमा गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै योगको अभ्यास हरेक नागरिकले गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा योग समिति नेपालका संस्थापक सल्लाहकार एवं कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्यले योग समितिको उद्देश्य, दर्शन र दूरदृष्टिको व्याख्या गर्दै सबै नागरिकलाई दैनिक योग अभ्यास गर्न अनुरोध गर्नुभयो। उहाँले योग समिति नेपाललाई मार्गदर्शन प्रदान गर्ने संस्थाको रूपमा चित्रण गर्दै समितिको क्षमतालाई एक मार्गनिर्देशन दिन सक्ने खानीको रूपमा परिभाषित गर्नुभयो र गुरु, अतिथि तथा समर्पित टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो।

जिल्ला बन कार्यालय प्रमुख शंकर गुप्ताले बिरुवालाई केवल उपहारको रूपमा नभई “प्रकृति र प्राणको एकता” को प्रतीकको रूपमा व्याख्या गर्नुभयो । यसै कार्यक्रममा डा. राजेन्द्रप्रसाद गुप्ता र आनन्द मोहपालले पनि योगको वैज्ञानिक र सामाजिक महत्त्वबारे विचार राख्नुभयो भने उद्योग वाणिज्य महासंघका अध्यक्ष टंक धामीले निजी क्षेत्रले पनि स्वास्थ्य र वातावरणीय चेतनामा योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि अत्यन्त प्रभावशाली थियो जहाँ राष्ट्रियता झल्किने गीतमा बालयोगी कलाकार गिरिश्मा शर्मा र निरीक्षा शर्माले मनमोहक नृत्य प्रस्तुत गरे। गायक चक्र मल्लले गाएको सन्देशमूलक गीतले सम्पूर्ण वातावरणलाई भावनात्मक रुपमा समेट्दै सबैलाई मुग्ध बनायो। कार्यक्रमको संचालन चिरञ्जीवी ज्ञवालीले अत्यन्तै सुशिल र अनुशासित ढंगले गर्नुभयो जसले सम्पूर्ण कार्यतालिकालाई सुसंगठित राख्यो।

कार्यक्रमको समापनतिर योग गुरु गिरिराज भट्टराईले सम्पूर्ण उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरू, सहभागिहरू तथा ४४औं योग केन्द्रको स्थापनाका लागि विशेष योगदान पुर्‍याउने सम्पूर्ण योगिमनहरुलाइ हृदयदेखि आभार प्रकट  गर्दै दीर्घकालीन व्यवस्थापन तथा सञ्चालनका लागि समर्पित व्यवस्थापन समिति घोषणा गर्नुभयो जसको प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपाल हुनुहुन्छ भने सदस्यमा श्याम गुप्ता, डा. राजेन्द्रप्रसाद गुप्ता, विजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी, सन्तोष बैस्य, सन्जय पोरवाल, जितेन्द्र गुप्ता, रामकिशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता रहनुभएको छ । सल्लाहकारका रूपमा टंक धामी, श्रीमती आनन्द मिना मोहपाल, राम पयारे गुप्ता र बिरेन्द्र मोहपाल रहनुभएको छ।

बिरुवा वितरणमा विशेष योगदान पुर्‍याउने जिल्ला बन कार्यालय बाँके, महेश ज्ञवाली र जिव नारायण बेलबासे र कानुनी सल्लाहकार विश्वजीत तिवारी प्रति योग समिति नेपालले आभार व्यक्त गर्यो । कार्यक्रममा स्वयंसेवी योग अगुवाहरू जानकी ज्ञवाली, मन्दरा सबिता र कमला हिराधरको भूमिका पनि स्मरणीय रह्यो।

यसरी, ४४औं योग केन्द्रको शुभारम्भ कार्यक्रमले केवल एउटा केन्द्रको उद्घाटन मात्र नभई चेतनाको नवीन युगको शुरुवात गरेको अनुभूति गरायो। यो कार्यक्रमले सामाजिक समरसता, आध्यात्मिक उन्नति र जीवनशैलीको रूपान्तरण तर्फको बाटो देखाएको छ, जुन केवल बाँके जिल्लाका लागि होइन, सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

 

 

बिज्ञापन-AI-ADCustom Text

प्रमुख जिल्ला अधिकारी शर्मा लाई ध्यानाकर्षणपत्र

१८ असोज २०८१ l बर्दिया l हिन्दु धर्ममा महान पर्बका रुपमा मनाइने चाड दशै नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनाहरुको नियन्त्रणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्ने र चाडपर्वको बेला राज्यप्रशासन चनाखो भै आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध गर्दै नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले संयोजक रमिता थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मा लाई ध्यानाकर्षणपत्र बुझाएको छ। यातायात क्षेत्रमा यात्रु ठगिने,कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने अवस्था तथा जुवातास लगायतका घटना रोक्नु पर्ने माग गर्दै ५ बुदे ध्यानाकर्षणपत्र बुझायको हो l ध्यानाकर्षणपत्रको पूर्णपाठ पढनुहोस :

श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय बर्दिया ।

विषयः ध्यानाकर्षणपत्र

यतिबेला बहुसंख्यक नेपालीहरुले मनाउने दशै, तिहार र छठपर्वको पूर्वसन्ध्यामा हामी छौ । देश र विदेशबाट समेत आफ्‌नो घर फर्किने क्रम बढ्दो छ। यातायात क्षेत्रमा चाप बढेको कारण यात्रुहरुले सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यति मात्रै होइन दुर्घटनाहरु समेत बढ्न सक्ने देखिन्छ । साथै, चाडपर्वमा सामानको खपत उच्च हुने हुँदा बजारमा सामानहरुको खरिदक्रम पनि उच्च हुँदै गएको छ । यसै मौकामा सामान खरिद-विक्रिमा बदमासीहरुपनि उच्च हुने गरेका छन्। मूल्य, तौल र गुणस्तरमा ठगिने, मिसावट हुने, कालोबजारी गर्ने, सामानको अभाव सिर्जना गर्ने लगायतका समस्याहरु देखिदै आएका छन् । समाजमा चोरी डकैति हुने, जुवा तास खेल्ने, अधिक मदिरा सेवन गर्ने, झैझगडा गर्ने समस्याहरुपनि चाडबाडकै बेला उच्च हुने गरेका छन्। यस बर्दिया जिल्लामा व्यापारिक नाका समेत भएको कारणले गदां सीमा नाकामा विभिन्न किसिमका अवैध कारोबार बढ्ने, तस्करी हुने र लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा प्रयोग उच्च हुने गरेका छन्। आफ्‌नो सास्कृतिको जगेनां गर्नु सचन पाटो हो तर पछिल्लो समय चाडपर्व भड़िकिलो र खर्चिलो गरी मनाउने गलत प्रचलन समेत समाजमा बढ्दै गए‌को छ। यि लगायत चाडबाडकै मौका छोपी हुण्डीको कारोबार समेत बढ्ने गरेका घटना हामीले झेल्दै आएका छौ ।

हाम्रो संगठन आफ्‌नो स्थापनाकालदेखि विद्यार्थीका हक अधिकारका साथै आम जनजीविकाका सवालमा समेत दिलोज्यानले सक्रिय रहेको कुरा सबैमा विदितै छ। यसै सन्दर्भमा नजिकिदै गरेको चाडपर्वको बेला राज्यप्रशासन चनाखो हुन र आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध सहित हाम्रो संगठन तपशीलको विषयमा प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

तपशील
१) यातायात क्षेत्रमा कडाई पूर्वक निगरानी सहित यात्रु ठगिने, दुर्घटना बढ्ने अवस्थाको अन्त्य गरियोस् ।

२) बजार अनुगमनलाई तीव्र र प्रभावकारी ढंगले अगाडी बढाइयोस् । एकाधिकार, कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने र सामान अभाव हुने अवस्थाको अन्त्य गरियोस् ।

३) चाडपर्वकै बेला समाजमा बढ्न सक्ने लुटपाट, चोरी डकैति, कैझगडा लगायतवाट जनताको सम्पत्ति र जिउको उचित सुरक्षा प्रदान गरियोस् ।

४) लागू औषधको कारोवार र प्रयोग तथा सीमा नाकामा हुने अवैध कारोचार, तस्करी, जुवातास लगायतका घटना रोक्न विशेष अभियान सञ्चालन गरियोस् ।

५) रेडियो टिभि र सामाजिक सञ्जाल मार्फत चाडबाड केन्द्रीत सामाजिक सचेतना मूलक प्रचार कार्यलाई व्यापक बनाइयोस् ।

बिज्ञापन-AI-ADCustom Text

विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा युवक माविका अध्यक्ष ओम प्रकाश थारुले गरे भ्रस्टाचार

१४ मंसिर २०८०, बर्दिया | विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा भएको भ्रष्टाचारको बारेमा हामिले मिति २०८० साल भदौ २३ गतेका दिन रिपोर्टिङ नेपाल मार्पत रिपोर्टिङ प्रस्तुत गरेका थियौ । र हामिले त्यस बारे फलोअप गर्नेछौ भनेर दर्शकबृन्दहरुलाई जानकारी पनि गराएका थियौ र हामिले यस भ्रष्टाचारको बारेमा बारबर्दिया नगरपालिकामा पनि जानकारी गराएका थियौ । नगरपालिकाले छानविन गरि दोसीलाई कारबाहि गर्छौ भनेर भनेता पनि हाल सम्म पनि कुनै कारबाहिको प्रकृया अगाडी नबढाएको हुँदा र हामिले प्रसारण गरेको समाचारलाइनै भ्रामक हो भनी हाम्रो सन्चार संस्थालाई नै बदनाम गर्न खोजिएको हुँदा यसबारे हामिले अझै गहन रुपमा खोजतलाश गरि यसबारे रिपोर्टिङ्ग तयार गरेका छौ । यस रिपोर्ट तयार पार्नको लागि सहयोग हेतु उपभोक्ता समितिले प्राविधिकलाई बुझाइको कोटेशन माग्दा विभिन्न बहाना बनाई टारेको र आफुले कहाँ राखे भन्ने जानकारी नभएको भनि गैरजिम्मेवारी पुर्ण जवाफ दिएका छन ।
यस विषयको बारेमा बुझ्दा कोटेशन नगरपालिकाले माग गर्नुपर्ने रहेछ तर प्राविधिकले उपभोक्ता समितिलाई नै कोटेशन ल्याउने जिम्मा लगाएको रहेछ । उपभोक्ता समितिले पनि मौकाको फाइदा उठाउदै आफै भ्याटमा दर्ता भएको र नभएको ३ वटा कोटेशन प्राविधिकलाई बुझाउँदा पनि प्राविधिकले उक्त दररेटलाई सदर गरेका छन ।
यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोला ।

https://youtu.be/pdLbo9A9YjE?si=Hst1AUC3YADvWfCQ
बिज्ञापन-AI-ADCustom Text

अन्तर्राष्ट्रिय योग दिवसको तयारी तीव्र, योग समिति नेपालद्वारा योग अभ्यासको प्रोटोकल सार्वजनिक

०२ असार २०८२, रिपोर्टिंग  नेपाल ,नेपालगंज  — विश्वभर स्वास्थ्य, शान्ति र समन्वयको प्रतीकको रुपमा मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवस यो वर्ष पनि आगामी २१ जुन (असार ७ गते) का दिन नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ।

यसै सन्दर्भमा, योग समिति नेपालले देशभरका योग शिक्षक, साधक, अभ्यासकर्ता र सर्वसाधारणका लागि लक्षित गर्दै आज “सामान्य योग अभ्यासको राष्ट्रिय प्रोटोकल” सार्वजनिक गरेको छ। उक्त प्रोटोकलमा बिहानको समयमा गर्न सकिने सरल, वैज्ञानिक र लाभदायक योग अभ्यासहरू — जसमा श्वासप्रश्वास (प्राणायाम), ध्यान, तान्ने व्यायाम (stretching), सूक्ष्म अभ्यासहरू र योगासन समावेश गरिएको छ — प्रस्तुत गरिएको छ।

समितिका अध्यक्ष योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईका अनुसार, “यो प्रोटोकल नयाँ अभ्यासकर्ता देखि लिएर दीर्घकालीन योग साधकहरूसम्मका लागि उपयुक्त छ। यसको माध्यमबाट हामी नेपाली समाजमा योगलाई सरल, सुलभ र अनुशासित बनाउँदै लैजान चाहन्छौं।”

योग अभ्यासको प्रोटोकलहेर्न यो फोटोमा क्लिक गर्नुहोस

विश्वभर मनाइन्छ २१ जुनमा

सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस को रूपमा मनाइँदै आइएको हो। ‘शारीरिक, मानसिक र आत्मिक सन्तुलनका लागि योग’ भन्ने मूल सन्देश बोकेको यस दिवसमा विश्वभर करोडौं मानिसहरूले योग दिवस मनाउने गर्छन l

नेपालमा पनि पछिल्लो केही वर्षयता योग प्रतिको चासो र जागरूकता उल्लेखनीय रुपमा बढेको छ। विभिन्न टेलिभिजन कार्यक्रम, रेडियो, अनलाइन माध्यम र सामाजिक सञ्जालहरूबाट पनि योगसम्बन्धी शिक्षा र अभ्यासहरू प्रस्तुत गरिँदै आएका छन्।

योग हाम्रो जीवनशैली बन्नुपर्छ

योग समिति नेपालले जनतामा यही सन्देश फैलाउँदै आएको छ कि योग कुनै विशेष धर्म, जात वा वर्गको विषय होइन, यो सम्पूर्ण मानवजातिको कल्याणका लागि विकसित भएको अभ्यास प्रणाली हो। नियमित योग अभ्यासले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र सामाजिक समन्वयमा महत्वपूर्ण योगदान दिन्छ।

बिज्ञापन-AI-ADCustom Text

सन्तानको चाहनामा प्रविधिको सहारा : IVF उपचारमा बढ्दो निर्भरता

काठमाडौं, वैशाख २९, २०८२  – रिपोर्टिंग सम्बाददाता 
नेपालमा पछिल्ला केही वर्षयता IVF अर्थात् In Vitro Fertilization प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढ्दो छ। विगतमा सन्तान प्राप्तिको लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले काठमाडौं, पोखरा, बुटवल, विराटनगर लगायतका सहरहरूमा आधुनिक IVF क्लिनिकहरू विस्तार भएका छन्। यस प्रविधिबाट सयौँ निःसन्तान दम्पतीले सन्तान प्राप्ति सम्भव बनाएका छन्।

यस प्रविधिको प्रयोग विशेषगरी तब गरिन्छ जब दम्पतीले दीर्घकालीन प्रयासपछि पनि सन्तान प्राप्त गर्न सकिरहेका हुँदैनन्। महिलाको Fallopian tube बन्द भएको, वीर्यमा गम्भीर समस्या रहेको, Endometriosis जस्ता रोगहरू भएको वा अघिल्ला गर्भधारणहरू बारम्बार असफल भएका अवस्थाहरूमा IVF उपयुक्त मानिन्छ।

उपचारको क्रममा सुरुमा महिलालाई अण्डा उत्पादन बढाउने विशेष हर्मोन औषधि दिइन्छ। त्यसपछि Ultrasound को सहायताले अण्डाशयबाट अण्डा निकालिन्छ। अर्कोतर्फ, पुरुषबाट वीर्य सङ्कलन गरिन्छ र स्वस्थ शुक्राणुहरू छुट्याइन्छन्। यी अण्डा र शुक्राणुलाई प्रयोगशालामा निषेचित गरी भ्रूण विकास गराइन्छ। विकसित भ्रूणलाई केही दिन शरीरबाहिर राखेर मूल्याङ्कन गरिन्छ, र सबैभन्दा स्वस्थ भ्रूण महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ। यसरी सफल भएमा गर्भ रहन्छ।

काठमाडौंस्थित Healthline Fertility Center, Nepal Fertility Centre, Vatsalya IVF, Norvic IVF लगायतका क्लिनिकहरूले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। क्लिनिकहरूमा दैनिक १० देखि १५ जना निःसन्तान दम्पती परामर्शका लागि आउने गरेका छन्। एक प्रजनन विशेषज्ञका अनुसार, “पछिल्लो पाँच वर्षमा IVF उपचारको माग दोब्बर भएको छ। यस उपचारका निम्ति पहिले विदेश जानुपर्ने अवस्था थियो, तर हाल  नेपालकै विभिन्न शहरहरुमा  यो सेवा सहज रूपमा उपलब्ध छन्।”

नेपालमा सन्तान नहुने समस्याको समाधानका रूपमा IVF (In Vitro Fertilization) प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। राजधानी काठमाडौंदेखि विराटनगरसम्म फैलिएका प्रजनन उपचार केन्द्रहरूमा दैनिक सयौँ दम्पती IVF को परामर्शमा पुगिरहेका छन्। तर, यो प्रविधिको बढ्दो निर्भरता के दीर्घकालीन समाधान हो, वा नयाँ समस्या निम्त्याउने खतरा पनि बोकेको छ?

विशेषज्ञहरू भन्छन्, पछिल्लो समय बढ्दो तनाव, दम्पतीको ढिलो विवाह, प्रदूषण, जीवनशैलीका कारण निःसन्तानता वृद्धि भएको छ। यसैकारण IVF प्रविधिमा आकर्षण बढेको हो। तर, उपचारको लागत महँगो हुनु, प्रक्रिया तनावपूर्ण र कहिलेकाहीँ पुनः प्रयास गर्नुपर्ने अवस्था आउनुले यसमा निर्भरता बढ्नु स्वयंमा चिन्ताको विषय बन्न थालेको छ।

केही दम्पतीहरू बारम्बार IVF प्रयास गर्दा पनि सफल नहुने र मानसिक तथा आर्थिक दुवै दृष्टिले थकित हुने गरेका छन्। अर्कोतर्फ, कतिपय निजी केन्द्रहरूले अत्यधिक प्रचार गरेर मानिसहरूलाई उपचारका लागि आकर्षित गरिरहेको आरोप पनि लाग्न थालेको छ। नियमनको स्पष्ट मापदण्ड नहुँदा उपचारको गुणस्तर, पारदर्शिता र शुल्क निर्धारणमा समेत प्रश्न उठ्न थालेका छन्।

नेपालमा हालसम्म IVF प्रविधिलाई नियमित गर्ने कुनै स्पष्ट कानुनी ढाँचा छैन। यसले गर्दा भविष्यमा यो क्षेत्रमा नैतिक र कानुनी विवाद बढ्ने सम्भावना पनि विशेषज्ञहरूले औंल्याएका छन्।

यसबीचमा चिकित्सा वैज्ञानिकहरूले IVF लाई समाधानको रूपमा लिनुपर्ने भए पनि यसको प्रयोग सतर्क ढंगले र आवश्यक परामर्शपछि मात्र गर्नुपर्ने सुझाव दिएका छन्। नत्र यसप्रति बढ्दो निर्भरता समाजमा नयाँ समस्याहरू उत्पन्न गर्न सक्ने सम्भावना रहन्छ।

बिज्ञापन-AI-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्याको कारण : प्रेम सम्बन्ध

१४ कार्तिक २०८०, बारा ।  बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्याको शुरुवाती कारण पत्ता लागेको प्रहरिले जानकारी गरायको छ । 

हत्यामा  संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेपछि हत्याको कारण पत्ता लागेको हो । बारा प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ लामो समयदेखि एक महिलासँग  प्रेम सम्बन्धमा रहनुनै मृत्युको कारण रहेको  प्रहरीले खुलासा गरेको छ ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी ति महिला अर्का एकजना पुरूषसँग पनि   प्रेमसम्बन्धमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दियका थिए , तर  सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाको अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका रहेको  अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न एकजना महिला र २ जना पुरुषलाई  प्रहरीले पक्राउ गरिसकेको छ।

बिज्ञापन-AI-ADCustom Text

बाँके प्रहरी प्रमुख सुवास बोहराको २ नम्मरी धन्दाको पर्दाफास गर्ने पत्रकारलाई धम्कि

२३ चैत्र २०८०, बाके | रबिन्द्र न्यौपाने

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष एवं सेतोखरी र सद्भाव दैनिक पत्रिकाका सञ्चालक, प्रकाशक तथा सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न धम्कीपूर्ण दवाव दियको बिषयलाई लियर आज नेपाल पत्रकार महासंघ बाकेले घोर भत्सर्ना गर्दै कारबाहीको माग राखी प्रेस बिज्ञप्ती निकालेको छ।

समाचारका विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवाष बोहराले दिएको धम्की प्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भीर ध्यानाकर्षण हुनुका साथै पदिय जिम्मेवारी बिर्सिएर शक्तिको आडमा समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतङ्कित पार्ने बोहराको कदमको कडा शब्दमा भत्सर्ना गर्दै बोहोरालाई कारबाही नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने प्रेस बिज्ञप्तिमा बताइयको छ।

त्यसै गरि नेपाल प्रेस युनियन बाके,प्रेस चौतारी नेपाल बाके,प्रेस सेन्टर बाके ,प्रगतिशिल पत्रकार संघ बाकेले पनि यस घटनाको घोर आपत्ती जनाउदै प्रेस बिज्ञप्ती निकालेको छ भनेबाँकेका १३ वटा पेशागत संघसंस्थाक प्रमुख तथा मानव अधिकारवादी नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष वरीष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल उच्च बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक बसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, मानवअधिकार एलाइन्स केन्द्रिय समिति सदस्य प्रभात ठकुरी, फियान नेपालका संयोजक सुरेश गौतम, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बलबहादुर चन्द, कानून पत्रकार समाजका अध्यक्ष अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरु विकास आचार्य, सुनिता शर्मा र हिराबहादुर श्रेष्ठद्वारा पनि यस बिषय लाई लियर ध्यानाकर्षण भएको जनाउदै संबिधान प्रदत्त अधिकारको सम्मान गरियोस भनि संयुक्तरुपमा विज्ञप्ती जारी गरेका छन् l

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले पनि बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको यस बिसयको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको व्यहोरा जानकारी गराएको छ ।

बिज्ञापन-AI-ADCustom Text

कुकुर तिहार र लक्ष्मी पुजा आज एकैदिन

२६ कार्तिक २०८०

आज यमपञ्चक को दोस्रो दिन कार्तिक २६ गते  नरक चतुर्दसी कुकुर तिहार र एवम लक्ष्मी पुजा ( गाई तिहार) परेको छ।

कुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन  पर्दछ । कुकुरलाई यमराजको दूत मानिन्छ त्यसैले यस दिन मृत्युका देवता यमराजलाई  खुशी पार्न कुकुरको पूजा गर्ने गरिन्छ।

प्राचीन संस्कृत महाकाव्य महाभारतका अनुसार पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा कुकुरलाई पनि साथमा लगेर गयका थिए | पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग स्वर्ग जानको लागी  हिमालय चढने  क्रममा  युधिष्ठिर र कुकुरबाहेक अन्य सबै बाटोमा लडेर मरे। तर युधिष्ठिर र कुकुर स्वोर्गको द्वार पुगे | राजा इन्द्रले उनलाई स्वागत गरे । इन्द्रले स्वागत गर्ने क्रममा युधिष्ठिरलाइ स्वर्ग मा जादा  कुकुरलाई छोड्नु पर्ने शर्त  राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।

यमराज कुकुरको रुपमा आएका थिए  | युधिष्ठिरको जवाफा सुनेर र कुकुरको रुप धारण गरेर आयका यमराजले  आफ्नो रुप प्रस्तुत गरे। इन्द्र युधिष्ठिरको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए। तेसकारण कुकुरलाई यमराजको रुपमा पुजा गर्ने चलन छ | कुकुरलाई यमको दूत मानिन्छ र यमराजलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।

हिन्दुहरुले  मृत्युलाई पिडा र नकारात्मक रुपमा होइन सकारात्मक रूपमा हेर्ने विश्वास गर्नाले नेपाली हिन्दू परम्परामा  कुकुरको पूजा गर्दछन । म्र्त्यु भै नरकमा प्रवेश गर्ने हरुलाई नरकको यातनाबाट कुकुरहरूले जोगाउनेछन् भन्ने आशा  गर्छन् 

कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

आज कै दिन लक्ष्मी पुजा पनि परेको हुदा  आगन कोठा सबै सरसफाई गरि बिशेस गरि गाई को गोबर ले र रातो माटो ले घर आगन बाट पुजा गर्ने कोठा सम्म लिपेर  माटा को दीपक (दियो) बनाएर चामल को पिठो र अबिर ले  माता लक्ष्मी को पैतला को  प्रतेक छाप मा माटा को दीपक (दियो) जलाएर आगन देखि मुलढोका हुदै  पुजा कोठा सम्म  धनधान्य कि देवी माता लक्ष्मी को पाईला बनाई लक्ष्मी प्रवेश गर्ने बाटो बनाईन्छ। घर आंगन मा  दीपक, मैनबत्ती, विभिन्न प्रकार का लाइटका  बत्ती बालेर  चारै तिर झिलिमिली परिन्छ , घर आंगन मा  चवाल को पिटो र अबिर ले रंगोली बनाउने गरिन्छ ।

आज लक्ष्मी पुजाको दिन  साझ धन धान्य की देवी माता लक्ष्मीको पुजा गर्ने घरमा भयका सम्पूर्ण द्रव्य, गरगहना,श्रीसम्पति लाई लक्ष्मी गणेश र सरस्वती को स्थापना गरेर पुजा गरिन्छ । लक्ष्मीपुजाको दिन माता लक्ष्मी पृथ्बी लोक मा आउने र आशिष दियर जाने भन्ने आस्था पनि छ ।

आज र विभिन्न प्रकारका रोटि र मिठान्नहरु बनाई  चडाउने गर्दछन्  ।

र विभिन्न प्रकारका सेल रोटि अर्सा  ,अनारस  मिठान्नहरु बनाई  चडाउने गर्दछन् र पटका हरु फुलझरी हरु सब को अनुहार मा खुसीका रोनक देखिन्छन   । साझ लक्ष्मी पुजा गरेर साझा देखि युवायुवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँचौ  दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालको  भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो तर पछी कालान्तरमा गयर  बलिराजाको  भलो होस् भन्ने शब्द समयक्रममा रुपान्तर  भई भैलो हुन आएको पनि भन्ने भनाइ छ ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको