जिवनशैली-समाज

health tips, fashion, food, yoga, मानव समुदाय र त्यसका सामाजिक गतिविधिहरू, जनजीवन, परम्परा, सामाजिक समस्या, सांस्कृतिक कार्यक्रम, सामाजिक न्याय र जनजीवनसँग सम्बन्धित समाचार,सेवा,दान  ,सहयोग 

६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने : मेयरको घोषणा

२० कार्तिक २०८०,भैरहवा 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्यण गरेका छन् । उक्त रकम आफुले पाउने ६ महिनाको  सेवा सुविधा बाट  प्रदान गर्ने निर्यण गरेका हुन्  ।

मेयर खाँले उक्त घटनाबाट पिडित र क्षति प्रती दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुलाई पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भने हेतुले सहयोग गरेको बताउनु भयो ।

नगर प्रमुख इश्तियाक अहमद खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन्  भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ भन्ने उधेश्यले सहयोग गर्नलागेको बतायका छन ।

सिद्धार्थनगर नगरपालिकाको कार्यालयले दियको जानकारी अनुसार नगर प्रमुख इश्तियाक अहमद खाँले सहयोग गरेको रकम नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने या दुवै जिल्लाको विपद् व्यवस्थापन कोष मा जम्मा गरिदिने छन ।

बिज्ञापन-AI-ADCustom Text

कुकुर तिहार र लक्ष्मी पुजा आज एकैदिन

२६ कार्तिक २०८०

आज यमपञ्चक को दोस्रो दिन कार्तिक २६ गते  नरक चतुर्दसी कुकुर तिहार र एवम लक्ष्मी पुजा ( गाई तिहार) परेको छ।

कुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन  पर्दछ । कुकुरलाई यमराजको दूत मानिन्छ त्यसैले यस दिन मृत्युका देवता यमराजलाई  खुशी पार्न कुकुरको पूजा गर्ने गरिन्छ।

प्राचीन संस्कृत महाकाव्य महाभारतका अनुसार पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा कुकुरलाई पनि साथमा लगेर गयका थिए | पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग स्वर्ग जानको लागी  हिमालय चढने  क्रममा  युधिष्ठिर र कुकुरबाहेक अन्य सबै बाटोमा लडेर मरे। तर युधिष्ठिर र कुकुर स्वोर्गको द्वार पुगे | राजा इन्द्रले उनलाई स्वागत गरे । इन्द्रले स्वागत गर्ने क्रममा युधिष्ठिरलाइ स्वर्ग मा जादा  कुकुरलाई छोड्नु पर्ने शर्त  राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।

यमराज कुकुरको रुपमा आएका थिए  | युधिष्ठिरको जवाफा सुनेर र कुकुरको रुप धारण गरेर आयका यमराजले  आफ्नो रुप प्रस्तुत गरे। इन्द्र युधिष्ठिरको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए। तेसकारण कुकुरलाई यमराजको रुपमा पुजा गर्ने चलन छ | कुकुरलाई यमको दूत मानिन्छ र यमराजलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।

हिन्दुहरुले  मृत्युलाई पिडा र नकारात्मक रुपमा होइन सकारात्मक रूपमा हेर्ने विश्वास गर्नाले नेपाली हिन्दू परम्परामा  कुकुरको पूजा गर्दछन । म्र्त्यु भै नरकमा प्रवेश गर्ने हरुलाई नरकको यातनाबाट कुकुरहरूले जोगाउनेछन् भन्ने आशा  गर्छन् 

कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

आज कै दिन लक्ष्मी पुजा पनि परेको हुदा  आगन कोठा सबै सरसफाई गरि बिशेस गरि गाई को गोबर ले र रातो माटो ले घर आगन बाट पुजा गर्ने कोठा सम्म लिपेर  माटा को दीपक (दियो) बनाएर चामल को पिठो र अबिर ले  माता लक्ष्मी को पैतला को  प्रतेक छाप मा माटा को दीपक (दियो) जलाएर आगन देखि मुलढोका हुदै  पुजा कोठा सम्म  धनधान्य कि देवी माता लक्ष्मी को पाईला बनाई लक्ष्मी प्रवेश गर्ने बाटो बनाईन्छ। घर आंगन मा  दीपक, मैनबत्ती, विभिन्न प्रकार का लाइटका  बत्ती बालेर  चारै तिर झिलिमिली परिन्छ , घर आंगन मा  चवाल को पिटो र अबिर ले रंगोली बनाउने गरिन्छ ।

आज लक्ष्मी पुजाको दिन  साझ धन धान्य की देवी माता लक्ष्मीको पुजा गर्ने घरमा भयका सम्पूर्ण द्रव्य, गरगहना,श्रीसम्पति लाई लक्ष्मी गणेश र सरस्वती को स्थापना गरेर पुजा गरिन्छ । लक्ष्मीपुजाको दिन माता लक्ष्मी पृथ्बी लोक मा आउने र आशिष दियर जाने भन्ने आस्था पनि छ ।

आज र विभिन्न प्रकारका रोटि र मिठान्नहरु बनाई  चडाउने गर्दछन्  ।

र विभिन्न प्रकारका सेल रोटि अर्सा  ,अनारस  मिठान्नहरु बनाई  चडाउने गर्दछन् र पटका हरु फुलझरी हरु सब को अनुहार मा खुसीका रोनक देखिन्छन   । साझ लक्ष्मी पुजा गरेर साझा देखि युवायुवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँचौ  दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालको  भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो तर पछी कालान्तरमा गयर  बलिराजाको  भलो होस् भन्ने शब्द समयक्रममा रुपान्तर  भई भैलो हुन आएको पनि भन्ने भनाइ छ ।

बिज्ञापन-AI-ADCustom Text

न्यायका निम्ति भारती मानन्धरले पुन: अनसन सुरु गरिन

१२ कार्तिक २०८०, काठमाडौँ | पिडित भारती मान्धर को श्रीमान चेतन मान्धर को २०७२ असार मा हत्या भयको थियो । रास्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगल भनेर चिनिने योगराज ढकाललाई संबिधान दिवसको दिन असोज ०३ गते आम माफी दियका थिए ।

आफ्नो श्रीमान चेतन मानन्धरको हत्याको आरोपितले आम माफी पाएको बिरोधमा भारती मानन्धरले दशैं सकिए लगतै आज बाट पुन : रिले अनसन शुरु गरेकी छिन ।

बिज्ञापन-AI-ADCustom Text

विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा युवक माविका अध्यक्ष ओम प्रकाश थारुले गरे भ्रस्टाचार

१४ मंसिर २०८०, बर्दिया | विपन्न परिवारको लागि खानेपानी धारा निर्माणमा भएको भ्रष्टाचारको बारेमा हामिले मिति २०८० साल भदौ २३ गतेका दिन रिपोर्टिङ नेपाल मार्पत रिपोर्टिङ प्रस्तुत गरेका थियौ । र हामिले त्यस बारे फलोअप गर्नेछौ भनेर दर्शकबृन्दहरुलाई जानकारी पनि गराएका थियौ र हामिले यस भ्रष्टाचारको बारेमा बारबर्दिया नगरपालिकामा पनि जानकारी गराएका थियौ । नगरपालिकाले छानविन गरि दोसीलाई कारबाहि गर्छौ भनेर भनेता पनि हाल सम्म पनि कुनै कारबाहिको प्रकृया अगाडी नबढाएको हुँदा र हामिले प्रसारण गरेको समाचारलाइनै भ्रामक हो भनी हाम्रो सन्चार संस्थालाई नै बदनाम गर्न खोजिएको हुँदा यसबारे हामिले अझै गहन रुपमा खोजतलाश गरि यसबारे रिपोर्टिङ्ग तयार गरेका छौ । यस रिपोर्ट तयार पार्नको लागि सहयोग हेतु उपभोक्ता समितिले प्राविधिकलाई बुझाइको कोटेशन माग्दा विभिन्न बहाना बनाई टारेको र आफुले कहाँ राखे भन्ने जानकारी नभएको भनि गैरजिम्मेवारी पुर्ण जवाफ दिएका छन ।
यस विषयको बारेमा बुझ्दा कोटेशन नगरपालिकाले माग गर्नुपर्ने रहेछ तर प्राविधिकले उपभोक्ता समितिलाई नै कोटेशन ल्याउने जिम्मा लगाएको रहेछ । उपभोक्ता समितिले पनि मौकाको फाइदा उठाउदै आफै भ्याटमा दर्ता भएको र नभएको ३ वटा कोटेशन प्राविधिकलाई बुझाउँदा पनि प्राविधिकले उक्त दररेटलाई सदर गरेका छन ।
यो भिडियोलाई अन्तिम सम्म हेर्नुहोला ।

https://youtu.be/pdLbo9A9YjE?si=Hst1AUC3YADvWfCQ
बिज्ञापन-AI-ADCustom Text

४०० जनाको उपस्थितिमा राष्ट्रिय सहकारी दिवश

२० चैत्र २०८०, बर्दिया | बारबर्दिया नगरपालिकामा आज ६७ औ राष्ट्रिय सहकारी दिवश विभिन्न नारा लेखियको कार्ड सहित र्याली गर्दै विबिध कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ। करिब ४०० जनाको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको उद्घाटन ७ वटा मैन बत्ती बालेर कार्यक्रमका प्रमुख अतिथी बारबर्दिया नगर प्रमुख छविला थारुले गरेका थिय ।

कार्यक्रमको अध्यक्षता आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले गरेका थिय भने बिशेष अतिथिमा उप प्रमुख रत्ना कुमारी पाण्डे र बिशिष्ठ अतिथिमा प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपानेले आशनग्रहण गरेका थिय । अतिथिहरुमा क्रमश : बारबर्दिया नगर सहकारी संजाल संयोजक दत्त प्रसाद अधिकारी , नगर प्रबक्ता वडा नम्मर ४ का वडा अदक्ष सिताराम योगी लगायतका व्यक्तिहरु थिय।

सुभकामना मन्तब्य दिने क्रममा प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले सम्पूर्ण सहकारीहरू विधिबाट चल्नु पर्छ र जनताको हित हुने काम र योजना निर्माण गर्न एक्लो सहकारीले नसकेमा अन्य सहकारीहरू मिलेर सहकार्य गर्नुपर्ने बतायका छन् । सहकारीको सदस्यहरुको ५० प्रतिशत उपस्थिति बिना कार्यक्रम गरि बजेट स्वीकृत गर्ननहुने र त्यस्तो कार्य गरेमा कहिँ कतै बाट उजुरी परेमा कानुनि कारबाही हुने जानकारी समेत गराएका छन्।आफ्नो स्वार्थको निम्ति सहकारीको नीति नियम र कानुनको पालना नगर्ने यौटा कुनै अमुक सहकारीको स्वार्थका कारण बर्दिया जिल्ला बन्धक बनेको समेत बताए । मन्तव्यका क्रममा सहकारीहरूले सहकारी भित्र मात्र लगानी गर्नुपर्ने र आफ्नो सहकारीको सदस्य भित्र लगानी नगर्दा सहकारीलाई जोखिम हुने बताउदै सहकारीहरुको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो स्वागत मन्तब्य अन्त्य गरेका थिय ।

बिशिष्ट अतिथि रत्ना पाण्डेले सहकारीहरू चुस्त दुरुस्त राख्न निर्देशन दिदै बचतकर्ताले बचत गरेको रकम आफुहरुले नपाएको गुनासो र उजुरी परेको बताईन । अनुगमनमा जादा सहकारीको कार्यालय बन्द हुने कहिल्यै नखुल्ने र संचालक तथा कर्मचारी कोहि पनि कहिल्यै नभेटिने समस्या रहेको गुनासो पोखिन। नगरपालिकाको न्यायपालिकामा बचतकर्ताले बचत गरेको रकम नपाएको उजुरी परेको र बचतकर्ताले बचत गरेको रकम फिर्ता दिनु भनि निर्देशन दिदा र बारम्बार पत्र काट्दा पनि बेवास्ता गरिरहेको हुदा अब त्यस्ता सहकारिहरुलाई कानुनी दायरामा ल्याइने जानकारी गराइन ।

बिशिष्ट अतिथि रत्ना पाण्डे पश्चात प्रमुख अतिथि छबिलाल थारुले सुभकामना मन्तब्य दिएका थिय । सुभकामना मन्तव्यको क्रममा सहकारीहरूले सदस्यहरुलाई वित्तीय साक्षारता दिन नसके सहकारी पछाडी पर्ने हुदा सहकारीहरूले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षारता गराउनुपर्ने धारणा ब्यक्त गरेकाछन । सहकारीहरूले आआफ्नो उदेश्य अनुसार कार्य गर्नुपर्ने बताउदै कृषी सहकारीहरूले रिण दिने ब्याज उठाउने र लगानी गर्ने मात्र नभई आफ्ना कृषक हरुलाई उचित समयमा मल बिउ बिजन तथा औसधि समेत समयमै उपलब्ध गराउनुपर्ने बताए । नगरपालिकाले सहकारीलाइ सक्षम र सबल गराउन हातेमालो गर्न तयार रहेको बताउदै सहकारीका पदाधिकारीहरु आफ्नो स्वार्थलाई छोडेर एकीकरण प्रक्रियामा जानुजरुरी भयको स्पस्ट पारेकाछन ।

अथितिहरुको सुभकामना मन्तब्य पश्चात सहकारी संस्था हरु बीच हाजिरी जवाफ प्रतियोगिता संचालन भयको थियो। प्रतियोगितामा सहकारीकै बिषयबस्तुलाइ लियर प्रश्न तयार परिएको थियो। उक्त प्रतियोगितामा ९ वटा सहकारी समूह प्रतिस्प्रधामा उत्रियका थिय जस मध्ये प्रथम ,द्वितीय र तृतीय क्रमश: सैदान बचत तथा ऋण सहकारी संस्था , बुढान साना किसान कृषि सहकारी संस्था र भाग्यशाली महिला बिकाश बहुउदेश्य सहकारी भयका छन्।

सहकारी बाट ऋण लियर उत्कृस्ट व्यवसाय संचालन गर्न सफल बारबर्दिया वडा नम्मर ४ पदनाहाका कृषक राम मिलन थारु उत्कृस्ट व्यवसायीको रुपमा सम्मानित भयका थिय।

कार्यक्रमको अध्यक्ष आर्थिक बिकाश समिति संयोजक राम फेरन थारुले कार्यक्रमको समापन गरेको घोसणा पश्चात कार्यक्रम सकियको थियो ।

बिज्ञापन-AI-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्यारालाई कारबाही नगरे चरण बद्ध आन्दोलन गरिने

१४ कार्तिक २०८०, बारा | बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरि हत्या गरियको घटना प्रति खेद प्रकट गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गरि यस घटना को कडा निन्दा र भर्त्सना  गर्नुभयको  छ ।

बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । स्थानीयका अनुसार दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए र रुपेश सर्राफ सडकमै ढलेपछि उनीहरु दक्षिण तिर भारततर्फ भागेका थिए । गोली लागेका घाइते रुपेश सर्राफ उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले यस घटना को कडा निन्दा र भर्त्सना  गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

बिज्ञप्तिमा यसो लेखियको छ :

बारा जिल्लाको कलैयामा संचालित बाल एकता मा वि को संचालक प्रिन्सपल रुपेश सराफ ज्यूलाई दिनदहाडै अग्यात समूहद्वारा विद्यालय नजिक गोलि प्रहार गरि निर्मम हत्या गरेको कायरतापूर्ण कार्यको कडा शब्दमा निन्दा गर्दै घोर भर्त्सना गर्दछौ | विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहादै हत्या भएको घटनाले विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरि प्रशासन निरिह रहेको प्रमाणित हुन्छ |

प्र.अ. सरॉफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्रनै शोकाकूल बनेको छ। यस दुखद घडिमा हामी मृतक सराफ प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौ।

यस हत्याको विरोदमा मिति २०८० कार्तिक १४ गले मङ्गलवार मधेश प्रदेशका नेशनल प्यासन अन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द रहनेछ । निज को हत्यामा सँलग्न दोषिलाई यथाशिघ्र पक्राउ गरि पिडितलाई न्याय दिलाउन सम्बन्धित निकायसंग अपिल गर्दछौ। न्याय दिलाउन ढिलासुस्ती भए थप चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारि गराउँदछौ ।

बिज्ञापन-AI-ADCustom Text

काठमाडौंमा तास खेलिरहेका ७ जना पक्राउ

९ कार्तिक २०८०

]काठमाडौंको टेकुमा तास खेलिरहेका सात जनालाई करिब चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्मर १२ टेकु स्थित कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउला लगायत  ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । नगद तीन लाख ८६ हजार २ सय रूपैयाँ ताससहित पक्राउ गरेको हो।

बिज्ञापन-AI-ADCustom Text

योगराज ढकाल विरुद्ध को रिट , सुनुवाइका लागि पेसी तोकियो

१४ कार्तिक २०८०, काठमाडौँ– भारती मानन्धर का श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैद सुनायाका(रिगल) योगराज ढकाल विरुद्ध को रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चेतन मानन्धर को हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेल बाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
चेतन मानन्धरकी पत्नी ले आफ्नु श्रीमानको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधी लाई आठ बर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा भारतीले रिगल भन्ने योगराज ढकाल ,महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ लाई समेत विपक्षी बनाएकी थिइन् ।
बांके नेपालगन्ज–१६ ज्योति सिम्ताली होटल अगाडी मैन रोडमै रिगल सहितको करिब १५ जनाको समूहले चेतन ढकालको हत्या गरेको थियो । चेतन ढकालको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । रिगल लाई २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो।
तर संविधान दिवसको अवसर परि रिगल लाई बाकी सजाय माफ गरियको थियो । उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।
हाल सम्म पनि न्याय नपायकोले भारतीले श्रीमानको न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।

बिज्ञापन-AI-ADCustom Text

२७औं साधारण सभा सम्पन्न, १५ लाख लागतमा निर्मित खुला जिमशालाको उद्घाटन

 कोहलपुर-२, बाँके / २ ०८२  श्रावण  १७, शनिबार ,  रिपोर्टिंग  नेपाल  सम्बाददाता 
श्री सिद्धिबिनायक ग्रामीण सामुदायिक बन उपभोक्ता समिति, कोहलपुर–२ बाँकेको २७औं साधारण सभा तथा २१औं सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ।

सोही अवसरमा १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको खुला जिमशालाको पनि उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले खुला जिमशाला वन क्षेत्र, वातावरण तथा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको उपयोगी संरचना भएको भन्दै यसको प्रयोग र संरक्षणमा समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो।

उहाँले कार्यक्रमकै क्रममा समितिलाइ  वडाबाट आवश्यक सहयोग हुने र नगरपालिकामा समेत समन्वय गरेर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा समिति पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता तथा विभिन्न पक्षको सहभागिता रहेको थियो।

बिज्ञापन-AI-ADCustom Text

समुदाय–प्रहरी साझेदारी अन्तर्गत अपराध नियन्त्रणका विषयमा कार्यक्रम सम्पन्न

१३ असोज  २०८२ / बारबर्दिया – बारबर्दिया नगरपालिका–७ रम्मापुर स्थित करेलिया सामुदायिक वन कार्यालयको प्रांगणमा नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको संयोजन तथा संचालन  प्रहरी चौकी जयनगर इप्रकाका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारले गरेका हुन् । उनले समुदाय र प्रहरीबीच आपसी विश्वास र सहकार्य भए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने भन्दै चाडपर्वको बेला विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

सई अधिकारीका अनुसार चाडपर्वको रमाइलोको नाममा चोरी, लुटपाट, जुवातास, मदिरा सेवन, लागूपदार्थ दुरुपयोगजस्ता गतिविधि बढ्ने देखिन्छ । यस्ता अपराधलाई रोक्न समुदायकै सक्रिय भूमिका आवश्यक हुने उनको भनाइ थियो । उनले  दशैं, तिहार जस्ता ठूला चाडपर्वलाई उदाहरण दिँदै भने, “प्रहरी मात्रले सबै अपराध नियन्त्रण गर्न सक्दैन । स्थानीय तह, समुदाय, विद्यालय र सामाजिक संस्थाहरूले प्रहरीसँग सहकार्य गरे मात्रै अपराधमुक्त र सुरक्षित समाज बनाउन सकिन्छ ।”

कार्यक्रममा सहभागीहरूमाझ चाडपर्वताका बेला देखिने सम्भावित अपराधका क्षेत्रमा विस्तृत जानकारी गराइएको थियो  । प्रहरीका अनुसार, चोरी र लुटपाट मात्र नभई सवारी दुर्घटना, झैझगडा, कुटपिट, घरेलु हिंसा, महिलामाथि हुने हिंसा, जबर्जस्ती करणी जस्ता घटनाहरू पनि बढ्ने सम्भावना हुन्छ । यसरी अपराध बढ्ने सम्भावनाबारे जानकारी दिँदै सई अधिकारले सबैलाई सचेत रहन आह्वान गरे । उनले अपराध देखिए वा शंका लागे तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दै भने, “प्रहरीलाई ढिलो जानकारी गराइयो भने सामान्य घटना पनि ठूलो दुर्घटनामा परिणत हुन्छ ।”

कार्यक्रममा बालबालिका र किशोरकिशोरीलाई लक्षित गर्दै विशेष सन्देश दिइयो । प्रहरीका अनुसार, चाडपर्वमा रमाइलोको नाममा उनीहरू कुलतमा फस्ने, लागूपदार्थ सेवन गर्ने वा जुवातासतर्फ आकर्षित हुने सम्भावना बढी हुन्छ । त्यसैले अभिभावक र समुदायले उनीहरूलाई सुरक्षित राख्नुपर्छ ।

बालविवाह र बहुविवाहजस्ता अवैध प्रथाले समाजमा गहिरो समस्या ल्याउने भएकाले यसलाई रोक्न समुदायकै पहल अपरिहार्य हुने भनाइ पनि व्यक्त गरियो ।

सवारी साधनको अत्यधिक प्रयोग हुने भएकाले चाडपर्वमा दुर्घटनाको जोखिम बढ्ने तथ्य कार्यक्रममा उठाइयो । चालक र यात्रु दुवै सतर्क हुनुपर्ने भन्दै सई अधिकारले विशेष गरी मोटरसाइकल चालकलाई मादक पदार्थ सेवनपश्चात सवारी नचलाउन आग्रह गरे ।

उनले हेल्मेट र सिटबेल्ट प्रयोग नगर्दा धेरै दुर्घटनामा ज्यान गुमाउने अवस्था आएको तथ्य प्रस्तुत गर्दै सहभागीहरूलाई सचेत रहन आह्वान गरे ।

कार्यक्रममा सहभागीहरूले पनि अपराध नियन्त्रणमा प्रहरीलाई मात्र दोष नदिइ समुदायकै सक्रियता जरुरी हुने धारणा राखे । उनीहरूले कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता जनाए ।

सामाजिक संस्था र विद्यालयका प्रतिनिधिहरूले आफ्नो स्तरबाट सचेतना फैलाउने, टोलमा हुने विकृति र अपराध रोक्न प्रहरीलाई सहयोग गर्ने, बालबालिकालाई कुलतबाट जोगाउने र महिला हिंसा रोक्न प्रत्यक्ष पहल गर्ने संकल्प गरेका थिए ।

नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले प्रहरीलाई मात्र अपराध नियन्त्रणको जिम्मा हालेर पन्छिन नमिल्ने भन्दै आफूहरूले पनि सचेत हुने अठोट व्यक्त गरे । उनीहरूले प्रहरी र समुदायबीच नियमित छलफल र सहकार्य भइरहने हो भने बारबर्दियालाई अपराधमुक्त क्षेत्र बनाउन सकिने विश्वास व्यक्त गर्दै  कुनै पनि आपराधिक गतिविधि देखिएमा ढिला नगरी प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै सञ्चालन गर्दै आएको “समुदाय–प्रहरी साझेदारी” अभियानले अपराध नियन्त्रण मात्र नभई शान्ति, सुरक्षा र सामाजिक विश्वास कायम गर्न दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको