
१४ कार्तिक २०८०, काठमाडौँ– भारती मानन्धर का श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैद सुनायाका(रिगल) योगराज ढकाल विरुद्ध को रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चेतन मानन्धर को हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेल बाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
चेतन मानन्धरकी पत्नी ले आफ्नु श्रीमानको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधी लाई आठ बर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा भारतीले रिगल भन्ने योगराज ढकाल ,महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ लाई समेत विपक्षी बनाएकी थिइन् ।
बांके नेपालगन्ज–१६ ज्योति सिम्ताली होटल अगाडी मैन रोडमै रिगल सहितको करिब १५ जनाको समूहले चेतन ढकालको हत्या गरेको थियो । चेतन ढकालको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । रिगल लाई २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो।
तर संविधान दिवसको अवसर परि रिगल लाई बाकी सजाय माफ गरियको थियो । उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।
हाल सम्म पनि न्याय नपायकोले भारतीले श्रीमानको न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।
















