रिपोर्टिंग नेपाल-२५ श्रावण २०८०,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पनि तत्कालिन सरकार समेतको संलग्नता रहेको बयान दिदा पनि बाबुराम भट्टराई र माधव कुमार लाई अनुसन्धानका लागी कुनै प्रकृया अगाडी बढाईएको थिएन । हाल सर्बोच्च अदालतले उक्त प्रकरणमा निर्णय गराउने निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हुँदा सोहि अनुसार सीआईवीले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिन गर्ने भएको छ । सर्बोच्च अदालतको निर्णय पश्चात माधव कुमार नेपाल विदेश भ्रमणमा निस्कियका छन । उक्त प्रकरणमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतलाई पक्राउ पुर्जी जारी भएको छ ।
घनश्याम भूसालको घोषणा : ‘माओवादीसँग एकता होइन, नयाँ वाम पार्टीको निर्माण गर्छौं’
१९ कार्तिक २०८२ रिपोर्टिंग नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले माओवादी केन्द्रसँग पार्टी एकता नगरी नयाँ वाम राजनीतिक शक्ति निर्माण गर्ने तयारीमा लागेको घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘देशभक्त वामपन्थी मोर्चा’ गठन गर्ने र त्यसलाई समाजवादी दिशामा अघि बढाउने योजना सार्वजनिक गरेका हुन्।
भूसालले भने, “यो अभियान कुनै एक पार्टीका सीमित नेताहरूको होइन, देशभरका वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील विचारधारा भएका सबै मानिसहरूको साझा राजनीतिक मंच बन्नेछ।” उनका अनुसार, वाम आन्दोलनलाई नयाँ सोच र दिशासहित पुनःसंगठित गर्न अबको पहल निर्णायक हुनेछ।
यता, आजै माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य आठ साना दलबीच पार्टी एकता घोषणा कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। ती दलहरूबीच नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने र चुनाव चिह्न ‘तारा’ रहने सहमति भएको स्रोतले जनाएको छ।
नयाँ पार्टीको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रहने सहमति जुटाइएको छ।
तर, सो एकता प्रक्रियाप्रति केही शीर्ष नेताहरू असन्तुष्ट देखिएका छन्। नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, माओवादीका सचिवालय सदस्यद्वय जनार्दन शर्मा र राम शर्मा लगायत नेताहरू भने उक्त एकता अभियानमा सहभागी नभई छुट्टै वाम अभियान अघि बढाउने तयारीमा छन्।
भूसाल निकट स्रोतका अनुसार, उनीहरूले वामपन्थी राजनीतिलाई केवल सत्तासाझेदारीमा सीमित नराखी वैचारिक स्पष्टता, नीतिगत सुधार र संगठनात्मक पुनर्निर्माणको माध्यमबाट नयाँ धार सिर्जना गर्ने तयारी गरेका छन्।
एमालेका कारण राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं । रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अबरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ।
। राष्ट्रियसभा बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
साउन २४ गते १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्ने गरी आज स्थगित भएको हो ।
संसद्को अवरोध अन्त्य गर्नका निम्ति सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।
घुस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठको नाम पनि जोडियो, ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ?’ म्यासेज सार्वजनिक
०६ श्रावण २०८२, रिपोर्टिंग नेपाल ,काठमाण्डौ | निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्बन्धी घुस काण्डमा अनुसन्धान भइरहेका बेला उक्त प्रकरणमा भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको संलग्नता पनि देखिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, पोखराका एक व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरी नगद रकम मागेको प्रमाण फेला परेको छ। ती व्यक्तिले अडियो र म्यासेजमार्फत सम्पूर्ण विवरण सुरक्षित राखेका थिए, जसमा श्रेष्ठले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ, ड्राइभरलाई पठाइदिऊँ?’ भन्ने म्यासेजसमेत गरेकि थिईन ।
त्यसै क्रममा पूर्वमन्त्री श्रेष्ठले आफ्नो निजी सुरक्षा अधिकृत (PSO) प्रयोग गरेर पनि ती पोखराका व्यक्तिसँग पटक पटक सम्पर्क गरेको तथा पैसा मागेको तथ्य सार्वजनिक भएको छ।
घटना सार्वजनिक भएपछि पूर्वमन्त्री रञ्जिता श्रेष्ठले भने सबै आरोप अस्वीकार गरेकी छन्। उनले न ती पोखराका व्यक्तिलाई चिनेको दाबी गरिन्, न त पैसा मागेको भन्ने आरोप स्वीकार गरिन्। ‘न चिनाजान, न सम्पर्क, न भेटघाट— कसैसँग म पैसा माग्ने कुरा हुनै सक्दैन’, उनले बताएकी छन्।
तर अख्तियार स्रोतले भने यो प्रकरणमा श्रेष्ठ ‘तेस्रो पात्र’को रूपमा सक्रिय भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। ती व्यक्तिले मन्त्री गुप्ताको अडियो रेकर्ड मात्र होइन, श्रेष्ठसँगको म्यासेज आदानप्रदानसमेत उपलब्ध गराएको र त्यसले घटनालाई अझै गम्भीर बनाएको उल्लेख छ।
प्रचण्ड पथगामी हरूलाई रबिन्द्र मिश्रको २५ प्रश्न
२१ आश्विन २०८०
१) अनाथ बालबालिकाका लागि दिएको बालमन्दिर कहिले खाइयो?
२) उत्कृष्टता र इमानलाई लोप्पा खुवाउन कहिले शुरू गरियो?
३) नेपाली-नेपालीबीच हत्या-हिंसा कहिले शुरू भयो?
४) १७ हजार नेपाली कहिले मरे? किन मारिए?
५) हजारौँ अङ्गभङ्ग कहिले भए?
६) लाखौँ विस्थापित कहिले भए?
७) दण्डहिनता कहिले बढ्यो?
८) शहरहरू सुकुम्बासी वस्तीमा कहिले परिणत हुन थाले?
९) काठमाडौँ उपत्यका, पोखरा, सुर्खेतका जस्ता भू-उपयोग तथा सहरी व्यवस्थापनका योजना ध्वस्त कहिले पारियो?
१०) गाऊँमा नेपाली मारिँदै गर्दा संसदमा पुरूष सांसदले सुत्केरी भत्ता कहिले खाए?
११) पजेरो/लाउडा/धमिजा काण्ड कहिले भयो?
१२) केही होइन, दर्जनौँ होइन –- सयौँ भष्ट्राचारको काण्ड कहिले भयो?
१३) कुशासनले पराकाष्ठा कहिले छोयो?
१४) नेता नचिने सरकारी अस्पतालमा बेड नपाउने स्थिति कहिले बन्यो?
१५) उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर मर्नुपर्ने स्थिति कसले बनायो?
१६) सार्वजनिक शिक्षाको स्तर क-कसका कारण पतन भयो?
१७) प्रहरी, प्रशासन, न्यायलय, अख्तियार लगायत राज्यका हरेक महत्वपूर्ण संस्था क्षयिकृत कहिले भए?
१८) अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा कहिले ध्वस्त भयो?
१९) विदेशी प्रभाव सधैँ थियो, तर विदेशीको तलुवा चाट्ने काम कहिले शुरू भयो?
२०) एउटा राजाको ठाऊँमा एक हजार राजा कहिले जन्मिए? २१। देशमा धार्मिक/जातीय संवेदनशीलता र हिंसा कहिले बढ्यो?
२२) देशको ऋणभार तिब्र रूपमा कहिले चढ्यो?
२३) देश असफल राष्ट्रको संघारमा कहिले पुग्यो?
२४) यी सबै प्रश्नको दोष धर्ती जस्तै सबै सहेर बसेका ती एकजना राजा (ज्ञानेन्द्र) लाई लगाएर बसेर प्रचण्ड पथगामीहरू चोखिन मिल्छ?
२५) अनि ९४ प्रतिशत जनमत लिएर बसेका दलहरूले ६ प्रतिशत मत लिएर बसेको दल (राप्रपा) लाई जनमत भड्काएको भनेर दोष लगाउन मिल्छ?
पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्छ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले बहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेको तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्न नसकेको यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक भयको बताउनुभयो l
संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं तर दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह भै सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारणछन l मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्म अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन् । पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ, भन्दै महरले सत्ताको नेतृत्व कर्ता दल नेकपा एमाले तर्फ सांकेतिक प्रस्न तेर्साएका छन् l
बहुमतको सरकार निर्माण गर्न गाह्रो हुदा सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र विकास नहुदा जनता निराश भए, लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ l नेपालमा संविधान संसोधनको बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले पनि स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ l
पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न हुदैन l हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो । पुन: पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो । त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउन नहुने महरको सुझाव छ।
माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याउदै कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।
२०४६ सालपछि प्राय: सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन । राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।
राष्ट्रपति पौडेल पलाञ्चोक भगवती मन्दिरमा
५ कार्तिक २०८०, काभ्रेपलाञ्चोक| राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा बडादशैं महाअष्टमीको सुभ अवसरमा पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिकाको वडा नम्मर ९ पलाञ्चोकको पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो ।
बडादशैंको अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले निर्माण भएको हो । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये पलाञ्चोक भगवतीको मन्दिर सबैभन्दा पुरानो मन्दिरको रुपमा चिनिन्छ ।
नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए। सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंबदन्ती रहेको मन्दिरका पुजारीले बताए। स्रोत : रासस
प्रतिनिधिसभा बैठक अवरुद्ध अन्त्य गर्न सत्तापक्ष–विपक्षबीच सहमति, बैठक सुचारु हुने
३० जेष्ठ २०८२, रिपोर्टिंग नेपाल ,काठमाण्डौ – प्रतिनिधिसभाको अवरुद्ध बैठक पुनः सुचारु गर्न सत्तापक्ष र विपक्षी दलबीच सहमति जुटेको छ। आज शुक्रबार सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौला र विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बीच लिखित सहमतिमा हस्ताक्षर भएको हो।
सहमति अनुसार, अध्यादेश र विभिन्न विषयमा संसदीय समितिमा छलफल गरिनुपर्ने माग सम्बोधन गर्न विशेष छानबिन आयोग गठन गर्नका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ। साथै, सरकारद्वारा अधिकार दुरुपयोगसम्बन्धी आयोगको प्रतिवेदन र अध्यादेशमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि ठोस पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहमति भएसँगै १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि सुचारु हुने नेताहरूले बताएका छन्। यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उक्त सहमतिमा हस्ताक्षर गरेको छैन।

बारबर्दियाले गर्यो आगामी आर्थिक बर्षको निम्ति सुझाव संकलन
२६ जेष्ठ २०८१, बर्दिया l आज मिति २०८१ जेष्ठ २६ गते शनिबार बारबर्दिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक निती तथा कार्यक्रम एवं बजेट निर्माणका निम्ति सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रम नगर प्रमुख छबीलाल थारूको अध्यक्षतामा बारबर्दिया नगरपालिकाको वडा नम्मर ६ मा रहेको जयनगर सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भयको छ l कार्यक्रममा अतिथिको रुपमा नगर उपप्रमुख रत्ना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि ,वडा अध्यक्षहरु हरुले आशनग्रहण गरेका थिए l

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिदै कार्यक्रमबारे स्पस्ट पार्नुभएको थियो l जनताको निम्ति कामगर्ने क्रममा कानुनि रुपमा कस्ता नीति सुधार्नुपर्ने हुन सक्छ र कस्ता कस्ता नीति तथा कार्यक्रमहरु ल्याउदा बारबर्दियाली जनताको उन्नति तथा बारबर्दिया नगरपालिकाको सम्वृद्धि हुन्छ यसबारे लिखित तथा मौखिक रुपमा सल्लाह सुझाब दिन आग्रह गर्दै आफ्नो स्वागत मन्तव्यको अन्त्य गर्नुभयको थियो l

उक्त कार्यक्रमा २५ भन्दा धेरै जनाले सल्लाह सुझाब र गुनासो राख्नु भयको थियो l सुझाव संकलनमा गरिएका गुनासो तथा प्रस्नहरुको प्रतिउत्तर दिदै आगामी दिनमा पालिकाबाट काम गर्ने क्रममा गल्ति भयको रहेछ भने सच्चाउने र सल्लाह सुझाब सकेसम्म कार्यान्वयन गर्ने उप प्रमुख रत्ना कुमारी पाण्डेले आजको कार्यक्रमा मार्फत प्रतिबद्धता समेत गर्नुभयको छ l
सबैको सल्लाह सुझाब संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भै सल्लाह सुझाब दिनुहुने प्रति धन्यबाद दिदै सबैको सल्लाह सुझाबलाई मनन गरि स्थानीय सरकारले समेट्न सक्ने बिषय स्थानीय सरकारले समेटने र स्थानीय सरकारले मात्र गर्न नसक्ने कार्यक्रमहरु प्रदेश तथा केन्द्र सरकार सित हातेमालो गरि सकेसम्म सल्लाह सुझाब अनुसार नीति तथा बजेट ल्याउने भन्दै उपस्थित सबैलाई जानकारी गराउनुभयो l आफ्नो अहिले सम्मको २ बर्षे कार्यकालमा सबै नागरिक, राजनीतिक दल संघ संस्थाहरुबाट साथ् सहयोग भयको र बाकि कार्यकालमा पनि सहयोग हुने अपेक्षा सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो l
















