
रिपोर्टिंग नेपाल-२५ श्रावण २०८०,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पनि तत्कालिन सरकार समेतको संलग्नता रहेको बयान दिदा पनि बाबुराम भट्टराई र माधव कुमार लाई अनुसन्धानका लागी कुनै प्रकृया अगाडी बढाईएको थिएन । हाल सर्बोच्च अदालतले उक्त प्रकरणमा निर्णय गराउने निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हुँदा सोहि अनुसार सीआईवीले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिन गर्ने भएको छ । सर्बोच्च अदालतको निर्णय पश्चात माधव कुमार नेपाल विदेश भ्रमणमा निस्कियका छन । उक्त प्रकरणमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतलाई पक्राउ पुर्जी जारी भएको छ ।
















