REPORTING पेन

नेपालका विभिन्न विधा र विषयका विश्वसनीय ताजा समाचारहरू, घटनाहरू, अपडेटहरू र जनचासोका विषयहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो विशेष श्रेणी। यहाँ तपाईंले सामाजिक, राजनीतिक, आर्थिक र स्थानीय सबै खाले खबरहरू सहज रूपमा पाउन सक्नुहुन्छ।

“एक पृथ्वी, एक स्वास्थ्य” नारासहित खजुरा र नेपालगञ्जमा विश्व योग दिवस भव्य रूपमा मनाइयो

७ असार २०८२, सुमित्रा पण्डित, नेपालगञ्ज—“एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११ औं अन्तर्राष्ट्रिय योग दिवस खजुरा गाउँपालिका र नेपालगञ्जमा विभिन्न कार्यक्रमहरू गर्दै भव्य रूपमा मनाइएको छ।

योग समिति नेपाल अन्तर्गतका खजुरा गाउँपालिकाका ८ वटा योग केन्द्रहरूमार्फत ब्यान्ड बाजासहितको र्‍याली निकालिएको थियो। र्‍याली खजुरा गाउँपालिका वडा नम्बर २ मा पुगेर सभामा परिणत भएको थियो, जहाँ योग अभ्यास पनि गरिएको थियो।

कार्यक्रम योग समिति नेपालका अध्यक्ष तथा योग गुरु आयुर्वेदाचार्य गिरीराज ज्युको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष धनिराम वलीले योगले मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक दृष्टिले लाभदायक अभ्यास भएको उल्लेख गर्दै सबै नागरिकले योगलाई जीवनशैलीमा अपनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो।

अध्यक्ष वलीले खजुरा गाउँपालिकालाई योगमय बनाउन प्रतिबद्धता व्यक्त गर्दै योग समिति नेपालले वडा–वडामा सचेतना फैलाएर योग अभ्यासलाई प्रवर्द्धन गर्दै आएकोमा धन्यवाद समेत दिनुभयो। हालसम्म खजुरामा ८ वटा योग केन्द्र स्थापना भइसकेकोमा खुसी व्यक्त गर्दै उहाँले सधैं सहयोग गर्ने आश्वासन पनि दिनुभयो।

कार्यक्रममा योग गुरुले विभिन्न योग, प्रणायाम र ध्यान गराउँदै पछिल्लो समयमा मानिसहरू योगप्रति आकर्षित भइरहे पनि विषादीयुक्त खानपान र ब्यस्त जीवनशैलीले स्वास्थ्यमा नकारात्मक असर पारेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई दैनिक रूपमा योग केन्द्रमा गई योग अभ्यास गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा योग समिति नेपालका पदाधिकारीहरू, खजुरा गाउँपालिका र अन्य केन्द्रका संयोजकहरू, योग प्रशिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत सयौँ संख्यामा योगीजनहरूको उपस्थिति रहेको याेग समिती नेपालको उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन योग प्रशिक्षक आशिष ज्ञवालीले गर्नुभएको थियो।

बिज्ञापन-AI-ADCustom Text

विश्व वातावरण दिवसमा ४४औं योग समर्पण केन्द्रको भव्य शुभारम्भ: एक बिरुवा, एक सन्देश मार्फत मानवता र प्रकृतिको संगम

नेपालगंज, जेठ २५ , २०८२ , विश्व वातावरण दिवसको विशेष अवसरको सम्झना गर्दै हिजो मिति २०८२ जेष्ठ २४ गते नेपालगञ्जमा आयोजित एक अत्यन्तै प्रेरणादायी र ऐतिहासिक कार्यक्रम मार्फत ४४औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न भयो।

“जब मन शान्त र शरीर स्वस्थ्य हुन्छ,  तब समाज समुन्नत बन्छ, जब समाज समुन्नत बन्छ तब देश समुन्नत बन्छ ” यही सन्देश बोकेर, योग समिति नेपालले विश्व वातावरण दिवसको अवसर लाइ स्मरण गर्दै आफ्नो ४४औं योग  केन्द्रको गौरवशाली यात्रा आरम्भ गरेको छ । समाजमा मानसिक, शारीरिक र आध्यात्मिक चेतनाको सशक्त सन्देश फैलाउने उद्देश्यले योग समिति नेपालले आयोजना गरेको यो कार्यक्रममा प्रमुख अतिथि ,विशिष्ट अतिथि एबम अतिथिको रुपमा विशिष्ट व्यक्तित्वहरुको  उपस्थिति र उहाहरुको योग प्रतिको धारणाले बाँके जिल्लामा मात्र नभई सम्पूर्ण देशभर नै योग चेतनाको नयाँ लहर सुरु गरेको अनुभूति दिलाएको छ ।

कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपालको नेतृत्वमा समर्पित टिमले अत्यन्त योजनाबद्ध ढंगले आयोजना गरेको यस समारोहमा समाजका विविध तह–तप्काका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रह्यो। जिल्ला बन कार्यालयको सहकार्यमा सम्पन्न भएको यस ऐतिहासिक कार्यक्रममा सहभागी सबैलाई “एक बिरुवा – एक सन्देश” भन्ने मूल मर्म सहित एक–एक बिरुवा उपहारस्वरूप वितरण गरिएको थियो, जुन बिरुवा केवल वनको सम्भावना मात्र नभई, जीवनमा समर्पण, सन्तुलन र चेतनाको सन्देश बोकेको प्रतीकको रूपमा प्रस्तुत गरिएको थियो।

यस शुभारम्भ समारोहको प्रमुख अतिथिको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर श्री प्रशान्त बिष्ट उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी रहनु भएको थियो। साथै सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख रामबहादुर घर्ती, शसस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, ट्राफिक कार्यालय प्रमुख नन्दकुमार पोख्रेल, जिल्ला बन कार्यालयका प्रमुख शंकर गुप्ता, उद्योग वाणिज्य महासंघ बाँकेका अध्यक्ष टंक धामी, लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रममा अझ गौरवमय बनायो।

कार्यक्रमको औपचारिक सत्रमा योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले उपस्थित सम्पूर्ण अतिथि र सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै, योगको वास्तविक अर्थ, महत्व र प्रभावका विषयमा एकदमै भावनात्मक र सन्देशमूलक मन्तव्य दिनुभयो। उहाँले भन्नुभयो—“आज हामीले ४४औं केन्द्र सुरु गरेका छौं, तर हाम्रो लक्ष्य ४४ लाख मानिसको जीवनमा चेतनाको उज्यालो फैलाउनु हो। बिरुवाले वन दिन्छ, तर योगले मानवता दिन्छ। हामीले सुरु गरेको यो केन्द्र केवल योग केन्द्र मात्र होइन — यो चेतनाको गहिराइमा जाने बाटो हो, आत्मा जगाउने एक यात्रा हो। यहाँबाट जीवनलाई नयॉं दृष्टिकोण दिने अभ्यासको आरम्भ हुन्छ । योग कुनै जात, धर्म वा राजनीतिक विचारधाराको विषय होइन, यो स्वास्थ्य शरीर र पबित्र मन प्राप्ति गर्ने चेतनाको आन्दोलन हो।”

यस कार्यक्रमले सामाजिक, प्रशासनिक, सुरक्षा, औद्योगिक, पत्रकारिता, र नागरिक समाजका सबै प्रतिनिधिलाई एकै थलोमा ल्याई सम्वाद, सशक्तिकरण र समर्पणको उत्कृष्ट उदाहरण पेश गर्‍यो।

प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्ट शब्दमा भन्नुभयो: “शरीर र समाज दुबैको सन्तुलनका लागि यस्तो अभियान सबै नगरपालिका र गाउँपालिकामा फैलिनुपर्छ। आवश्यक सम्पूर्ण  सहयोग र साथ दिन  नेपालगञ्ज उपमहानगरपालिका  सधै तयार छ।

एक बिरुवा, एक सन्देश – प्रकृति र चेतनाको मिलनबिन्दु स्वरूप  प्रत्येक सहभागीलाई एक–एक बिरुवा प्रदान गर्दै, जीवनमा सन्तुलन, शान्ति र समर्पणको सन्देश दिनु  आजको कार्यक्रमको विशेषता थियो – बन कार्यालय बाँकेको सहयोगमा आयोजित यस अभियानले केवल वातावरणीय सन्देश मात्र दिएन, योगमार्फत भित्री चेतनाको हरियाली पनि फैलायो। आजको यस केन्द्र उद्घाटन र बिरुवा वितरण कार्यक्रमले वातावरण, स्वास्थ्य र चेतनाको एकता प्रस्तुत गरेको छ।”

बाकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकहरूमा योगको प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउदै योगले सेवा प्रवाह, तनाव व्यवस्थापन र सामाजिक अनुशासनमा गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै योगको अभ्यास हरेक नागरिकले गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा योग समिति नेपालका संस्थापक सल्लाहकार एवं कार्यक्रमका प्रमुख संयोजक नन्दलाल बैस्यले योग समितिको उद्देश्य, दर्शन र दूरदृष्टिको व्याख्या गर्दै सबै नागरिकलाई दैनिक योग अभ्यास गर्न अनुरोध गर्नुभयो। उहाँले योग समिति नेपाललाई मार्गदर्शन प्रदान गर्ने संस्थाको रूपमा चित्रण गर्दै समितिको क्षमतालाई एक मार्गनिर्देशन दिन सक्ने खानीको रूपमा परिभाषित गर्नुभयो र गुरु, अतिथि तथा समर्पित टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो।

जिल्ला बन कार्यालय प्रमुख शंकर गुप्ताले बिरुवालाई केवल उपहारको रूपमा नभई “प्रकृति र प्राणको एकता” को प्रतीकको रूपमा व्याख्या गर्नुभयो । यसै कार्यक्रममा डा. राजेन्द्रप्रसाद गुप्ता र आनन्द मोहपालले पनि योगको वैज्ञानिक र सामाजिक महत्त्वबारे विचार राख्नुभयो भने उद्योग वाणिज्य महासंघका अध्यक्ष टंक धामीले निजी क्षेत्रले पनि स्वास्थ्य र वातावरणीय चेतनामा योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि अत्यन्त प्रभावशाली थियो जहाँ राष्ट्रियता झल्किने गीतमा बालयोगी कलाकार गिरिश्मा शर्मा र निरीक्षा शर्माले मनमोहक नृत्य प्रस्तुत गरे। गायक चक्र मल्लले गाएको सन्देशमूलक गीतले सम्पूर्ण वातावरणलाई भावनात्मक रुपमा समेट्दै सबैलाई मुग्ध बनायो। कार्यक्रमको संचालन चिरञ्जीवी ज्ञवालीले अत्यन्तै सुशिल र अनुशासित ढंगले गर्नुभयो जसले सम्पूर्ण कार्यतालिकालाई सुसंगठित राख्यो।

कार्यक्रमको समापनतिर योग गुरु गिरिराज भट्टराईले सम्पूर्ण उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरू, सहभागिहरू तथा ४४औं योग केन्द्रको स्थापनाका लागि विशेष योगदान पुर्‍याउने सम्पूर्ण योगिमनहरुलाइ हृदयदेखि आभार प्रकट  गर्दै दीर्घकालीन व्यवस्थापन तथा सञ्चालनका लागि समर्पित व्यवस्थापन समिति घोषणा गर्नुभयो जसको प्रमुख संयोजक नन्दलाल बैस्य र संयोजक आनन्द मोहपाल हुनुहुन्छ भने सदस्यमा श्याम गुप्ता, डा. राजेन्द्रप्रसाद गुप्ता, विजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी, सन्तोष बैस्य, सन्जय पोरवाल, जितेन्द्र गुप्ता, रामकिशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता रहनुभएको छ । सल्लाहकारका रूपमा टंक धामी, श्रीमती आनन्द मिना मोहपाल, राम पयारे गुप्ता र बिरेन्द्र मोहपाल रहनुभएको छ।

बिरुवा वितरणमा विशेष योगदान पुर्‍याउने जिल्ला बन कार्यालय बाँके, महेश ज्ञवाली र जिव नारायण बेलबासे र कानुनी सल्लाहकार विश्वजीत तिवारी प्रति योग समिति नेपालले आभार व्यक्त गर्यो । कार्यक्रममा स्वयंसेवी योग अगुवाहरू जानकी ज्ञवाली, मन्दरा सबिता र कमला हिराधरको भूमिका पनि स्मरणीय रह्यो।

यसरी, ४४औं योग केन्द्रको शुभारम्भ कार्यक्रमले केवल एउटा केन्द्रको उद्घाटन मात्र नभई चेतनाको नवीन युगको शुरुवात गरेको अनुभूति गरायो। यो कार्यक्रमले सामाजिक समरसता, आध्यात्मिक उन्नति र जीवनशैलीको रूपान्तरण तर्फको बाटो देखाएको छ, जुन केवल बाँके जिल्लाका लागि होइन, सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

 

 

बिज्ञापन-AI-ADCustom Text

डेङ्गु रोग लागेको घरमै कसरी थाहा पाउने ? बच्न के गर्ने ?

 रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०

यो डेङ्गु रोग एडिस जातको सन्क्रमित पोथो लाम्खुट्टे टोकेपछि एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्दछ । एडिस जातको पोथि लाम्खुट्टे ले प्राय दिउँसो टोक्ने गर्दछ । यो रोग लाग्ने सम्भावना कार्तिक मङ्सिर सम्म हुने गर्दछ हाल न्र्पालमा यो रोग व्यापक रुपमै फैलिएको अवस्था छ । यो एक प्रकारको भाइरस द्वारा हुने रोग हो ।यस रोगको लक्षण सन्क्रमित लामखुट्टे ले टोकेको ४ देखि ७ दिन पछि देखिन सुरु हुन्छ ?

केके हुन्छ डेङु रोग लागेमा ?
– अक्स्ताम उच्च जोरो आउँछ ।
– अत्याधिक टाउको दुख्छ ।
– आखाको गेडि वोरि परि दुख्छ ।
-जोर्नी तथा माम्स्पेशी दुख्छ ।
-थकान महसुस हुन्छ ।
-वाक वाकी लाग्ने बान्ता हुने हुन्छ ।
-ज्वोरो आयको २ देखि ५ दिन पछि छालामा बिबिरा देखिन्छ ।
-रगत बग्छ ( नाक बाट , गिजा बाट – हल्का ब्रस गर्दा पनि ) ।

माथिका कुनै पनि लक्षण हरु देखियमा नजिकको स्वस्थ चौकी वा अस्पतालमा गयर जाँच गराउनु पर्दछ ।

यो रोग बाट बच्न के-के गर्ने ?
घर वरिपरि को खाल्डा खुल्टी मा पानी जम्न नदिने ।
घर वरिपरी सफा राख्ने
लाम्बाउले कपडा लगाउने , जस्ले गर्दा लामखुट्टेले टोक्न नपाओस ।
लाम्खुट्टे मार्ने किटनासक बिषादी बेला बेला मा छर्कने ।
रोग लागेको शन्का लाग्ना साथ तुरुन्त जाँच गराइ औषधी उपचार गर्ने ।

बिज्ञापन-AI-ADCustom Text

एमआरपी अनिवार्यतासम्बन्धी निर्णयमा निजी क्षेत्रको असहजता, सरकार कडाइमा

जेष्ठ  २०८२  – रिपोर्टिंग नेपाल 

सरकारले उपभोग्य वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय कार्यान्वयनमा ल्याएसँगै निजी क्षेत्रका व्यवसायीहरूले यसप्रति असहजता जनाएका छन्। विशेषगरी, विदेशी वस्तुहरूको हकमा तत्काल एमआरपी लागू गर्न सम्भव नभएको भन्दै निजी क्षेत्रका नेतृत्वदायी निकायहरूले सम्बन्धित मन्त्रालयमा दबाब दिन थालेका छन्।

व्यवसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरूले मन्त्रीसँग भेट गरी विदेशी वस्तुहरूमा एमआरपी अनिवार्य नगर्न आग्रह गरेका छन्। उनीहरूको तर्क छ – यस्तो निर्णयले व्यवसायमा व्यावहारिक कठिनाइ निम्त्याउनेछ।

सरकार भने उपभोक्ताको हितका लागि निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने पक्षमा देखिएको छ। उपभोक्ता संरक्षण ऐनअनुसार स्वदेशी तथा आयातित वस्तुहरूमा स्पष्ट विवरणसहित एमआरपीको लेबल अनिवार्य गरिने उल्लेख छ। यसमा वस्तु उत्पादकको विवरण, उत्पादन मिति, उपभोग्य म्याद, कर विवरण, साइड इफेक्टसम्बन्धी चेतावनी र अन्य आवश्यक जानकारी समावेश हुनुपर्नेछ।

विद्युतीय, यान्त्रिक तथा अन्य संवेदनशील सामग्रीमा पनि ग्यारेन्टी/वारेन्टीको अवधि, सम्भावित जोखिम, चेतनामूलक सन्देश वा चिह्न अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ।

उपभोक्ता संरक्षण विभागले ऐनको पालना गराउन बजार अनुगमनलाई तीव्र बनाएको छ। खुद्रा पसलदेखि ठूला सपिङ मलहरूसम्म निरीक्षण गर्दै आवश्यक कारबाही गरिरहेको विभागले बताएको छ। विभागका अनुसार केही व्यवसायीले एमआरपी उल्लंघन गरेबापत जरिबाना तिर्नुपरेको छ भने कति व्यवसायीलाई सुधारका लागि निर्देशन दिइएको छ।

व्यवसायीहरू भने चरणबद्ध रूपमा एमआरपी लागू गर्ने प्रस्ताव अघि सार्दै छन्। उनीहरूको सुझाव अनुसार अत्यावश्यक वस्तुहरूमा एमआरपी तत्काल लागू गरी अन्य वस्तुमा क्रमशः विस्तार गरिनुपर्ने देखिन्छ।

विभागले व्यवसायीहरूको सुझावलाई ध्यानमा राखेर केही समयका लागि लचकता देखाए तापनि ऐनको कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारिएको छ। उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न बजार प्रणाली पारदर्शी र स्वच्छ बनाउनु सरकारको प्राथमिकता रहेको विभागको भनाइ छ।

बिज्ञापन-AI-ADCustom Text

आत्मज्ञान र ईश्वर: अन्तर्मुख यात्राको खोजी

गोपीलाल कँडेल Avatar

१९ मंसिर २०८१ l बर्दिया l गोपीलाल कँडेल

मानव सभ्यताको उत्पत्ति कालदेखि नै ईश्वरको अवधारणा मानव चेतनाको एक अभिन्न अंग रहिआएको छ। यस अदृश्य शक्तिको खोजीमा मानवले विभिन्न धर्म, दर्शन र आध्यात्मिक पथहरू अवलम्बन गरेका छन्। ईश्वरलाई भौतिक संसारमा खोज्ने प्रयासदेखि लिएर आत्मज्ञानको मार्गबाट आन्तरिक यात्रा गर्ने प्रयाससम्म, मानवले ईश्वरको सत्य स्वरूप बुझ्न निरन्तर प्रयासरत रहिरहेको छ।
पौराणिक कालदेखि नै ईश्वरलाई विभिन्न देवता, अवतार, मूर्ति र फोटोका रूपमा चित्रण गरिएको छ। यद्यपि, यी सबै केवल ईश्वरको बाह्य रूपको प्रतिनिधित्व मात्र हुन्। वास्तविक ईश्वर त्यो हो जुन हाम्रो भित्र बस्दछ, जुन हामी आफैं हौँ। वेद, उपनिषद्, गीताजस्ता धार्मिक ग्रन्थहरूमा पनि यस कुराको स्पष्ट उल्लेख पाइन्छ।
आत्मा सबै प्राणीहरूमा निहित एक सार्वभौमिक सत्ता हो। यो न त जन्मिन्छ न त मर्छ। यो अजर अमर, अविनाशी र शाश्वत छ। आत्मा नै ईश्वरको सूक्ष्म अंश हो। जस्तै, समुद्रका थोपाहरू समुद्रबाट अलग भए पनि समुद्रको स्वरूपमा कुनै परिवर्तन आउँदैन, त्यसैगरी आत्मा पनि परमात्माबाट अलग भए पनि परमात्माको स्वरूपमा कुनै परिवर्तन आउँदैन।
ईश्वरलाई भन्न, अनुभव गर्न र दर्शन गर्नका लागि बाहिर कतै जानु पर्दैन। हामी आफैं भित्र पसेर, आफ्नो अन्तर्मनको गहिराइमा पुगेर ईश्वरलाई भेट्न सक्छौँ। ध्यान, योग, मनन जस्ता आध्यात्मिक साधनाहरूले हामीलाई आफ्नो अन्तर्मनतर्फ लैजान मद्दत गर्दछ।
हरेक प्राणीको हृदयमा ईश्वरको वास्तविक मन्दिर छ। यो मन्दिर भौतिक पदार्थले बनेको छैन, तर यो अत्यन्त शक्तिशाली र पवित्र छ। यदि हामी अन्तर्मुख भएर आफ्नो हृदयमा पुग्न सकेमा हामी ईश्वरको अनुभव गर्न सक्छौँ। यो अनुभव शब्दहरूमा बयान गर्न सकिँदैन, यसलाई केवल अनुभव गर्न सकिन्छ।
आत्मज्ञानको मार्गमा अघि बढ्दै जाँदा हामी आफ्नो अहंकारलाई त्याग्दै जान्छौँ। हामी बुझ्छौँ कि हामी केवल एक सानो अंश हौँ, र सम्पूर्ण ब्रह्माण्ड एक अविभाज्य एकता हो। हामी सबै एक अर्कासँग जोडिएका छौँ, र हामी सबैमा ईश्वरको उपस्थिति छ।
आत्मज्ञान प्राप्त गर्नु भनेको आफ्नो वास्तविक स्वरूपलाई बुझ्नु हो। यसले हामीलाई जीवनको अर्थ बुझ्न मद्दत गर्छ, र हामीलाई शान्ति, आनन्द र मुक्ति प्रदान गर्दछ। आत्मज्ञान प्राप्त गरेपछि हामी संसारका सबै दुःख, कष्ट र समस्याबाट मुक्त हुन्छौँ। हामी सधैं आनन्दित र निश्चिन्त रहन्छौँ।
निष्कर्षमा, ईश्वरलाई खोज्ने यात्रा बाहिर होइन, भित्र हो। हामी आफ्नो अन्तर्मनको गहिराइमा पुगेर ईश्वरलाई भेट्न सक्छौँ। आत्मज्ञानको मार्गले हामीलाई आफ्नो वास्तविक स्वरूप बुझ्न र जीवनको पूर्णता प्राप्त गर्न मद्दत गर्दछ। यदि तपाईं आत्मज्ञानको माध्यमबाट आफ्नो अन्तरहृदयको यात्रा गर्न चाहनुहुन्छ र जीवनमा ईश्वरीय शक्तिको अनुभव तथा शांति र आनन्दको अनुभव गर्न चाहनुहन्छ भने हामी श्री प्रेम रावतज्यूको मार्गदर्शनमा जोड्न मदत गर्नेछौँ ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकाको १७औं नगरसभा सम्पन्न, पूर्वाधारदेखि सामाजिक सुरक्षासम्म प्राथमिकता सहितको नीति तथा कार्यक्रम सार्वजनिक

९ असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —  बारबर्दिया नगरपालिकाले आफ्नो १७औं नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय, सूचना प्रविधिको विस्तार, कृषि, ऊर्जा तथा समावेशी सेवा प्रणालीलाई उच्च प्राथमिकतामा राख्दै दीर्घकालीन तथा समग्र विकासलाई केन्द्रमा राखेको छ।

नगर क्षेत्रका सबै ११ वटै वडामा रहेका अस्थायी तथा जीर्ण काठेपुलहरू विस्थापित गर्दै नयाँ र टिकाउ संरचना निर्माण गरिनेछ। यस्तै, ६ मिटरभन्दा कम चौडाइ भएका सडकहरूमा अब लगानी नगर्ने स्पष्ट नीति लिएको छ, जसले विकासलाई लामो समयसम्म दिगो बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

नगरपालिकाले सबै बस्तीमा इन्टरनेट सेवा विस्तार गर्ने तथा मुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अघि सारेको छ। सूचना पहुँचको अधिकारलाई व्यवहारिक बनाउन यो कदमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भिडियो हेर्नुहोस :

शिक्षालाई आधुनिक बनाउँदै नवप्रवर्तन कार्यक्रम प्रस्तावनाको आधारमा अनुदान दिइनेछ। सुत्केरी बिदामा बसेका शिक्षिकाहरूको विकल्पमा सत्ता शिक्षकको व्यवस्थासमेत गरिएको छ। साथै, समावेशी तथा वातावरणमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था नगरका सबै विद्यालयहरूमा गरिनेछ।

विद्युत सेवा अझ सुदृढ बनाउन प्रयाप्त भोल्टेज सहितको सुविधा बस्ती–बस्तीसम्म पुर्‍याइने नीति अघि सारिएको छ। यो कदम ग्रामीण तथा अर्धशहरी क्षेत्रका उद्योग, शिक्षालय, स्वास्थ्य चौकी र डिजिटल सेवामा प्रत्यक्ष लाभदायक हुने विश्वास गरिएको छ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न पालिकाले आलु, प्याज लगायतका बालीका लागि चिस्यान केन्द्र बनाउने तथा रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने नीति लिएको छ। साथै, कृषकलाई मौसमसम्बन्धी जानकारी घरदैलोमै पुर्‍याउने सूचना प्रणाली विकास गरिनेछ।

दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ भने सहकारीमार्फत कृषकहरूलाई बजारसँग प्रत्यक्ष जोड्ने कार्यक्रम पनि समावेश गरिएको छ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरी महिलालाई घरमै पुगेर गुणस्तरीय सेवा दिने विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने यो नीति सुदूर बस्तीहरूमा अझ प्रभावकारी हुने अनुमान गरिएको छ।

युवाहरूमाझ लोकप्रिय हुँदै गएका खेलहरू — जस्तै पेनकेक सिलाट, कराते, भारोत्तोलन र उस्सु — लाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार र तालिम केन्द्रको व्यवस्था गरिनेछ। स्थानीय स्तरमा प्रतियोगिताहरू सञ्चालन गरेर खेलकुदको विकासलाई थप मजबुत बनाउने योजना पनि यसै कार्यक्रमअन्तर्गत समावेश गरिएको छ।

स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सुदृढ बनाउँदै २४ सै घण्टा सञ्चालनमा ल्याइनेछ। साथै, सार्वजनिक सम्पत्तिको लगत संकलन गरी संरक्षण गर्ने कार्यलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

बारबर्दिया नगरपालिकाको यसपटकको नीति तथा कार्यक्रमले पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वलाई सँगसँगै लिएर अघि बढाउने संकेत दिएको छ। दीर्घकालीन सोच, स्थानीय आवश्यकता र डिजिटल युगको मागलाई सम्बोधन गर्नेगरी बनाइएको नीति कार्यान्वयनमा गएमा नगरवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ।

बिज्ञापन-AI-ADCustom Text

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

 रिपोर्टिंग नेपाल-२३ श्रावण २०८०,भरतपुर

कालिखोलालगायतका स्थानमा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेकोले पुन: पहिरो नआए तीन/चार घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

बिज्ञापन-AI-ADCustom Text

बाँकेको खजुरामा ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न

२९ जेष्ठ २०८२, सुमित्रा पण्डित, नेपालगञ्ज

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका–१, बाकेमा २०८२ जेठ २६ गतेका दिन ४५औं योग केन्द्रको भव्य उद्घाटन सम्पन्न गरेको छ। उद्घाटन कार्यक्रममा योग समिति नेपालका पदाधिकारी, विभिन्न केन्द्रका संयोजक, उपसंयोजक, प्रशिक्षक, तथा ३१औं, ३५औं, ३७औं, ४२औं र ४३औं योग केन्द्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा खजुराकी महिला दिदीबहिनीहरूको समूहले पञ्चेबाजा बजाउँदै केन्द्रबाट आएको टोलीलाई भव्य स्वागत गरेको थियो। साथै, केही योगी कलाकारहरूले आ–आफ्नो कला प्रस्तुति दिएका थिए।

कार्यक्रमको शुभारम्भ खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनबिर क्षेत्री र योग गुरुको हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। उद्घाटन सत्रमा अध्यक्ष क्षेत्रीले योग समिति नेपालसँग सधैं सहकार्य गर्दै पालिकाका नागरिकलाई स्वस्थ राख्ने अभियानमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चिरञ्जीवी ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य इकाईका प्रमुख दिपक ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै योग समितिको योगदानप्रति प्रशंसा गर्नुभयो। उहाँले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने अभियानमा समिति नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

समितीका सचिव  चिरञ्जीवी ज्ञवालीले संन्चालन  गर्नुभएको  कार्यक्रममा खजुरा गाउँ पालिका स्वास्थ्य   युनिटका प्रमुख  दिपक  ढकालले शुभकामना मन्तब्य दिदै  उहाँले योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, बाके  जिल्ला मा नै केन्द्रिय कार्यालय  स्थानियहरु बाट सुरु गरिएको  सस्था  योग समिति  नेपाल  नेपाली  शुद्धता ,नेपाली कर्म  वीरहरु नेपालीहरुले गरेको  नेतृत्व  अनुशासन  प्रति  गर्विलो योग परम्पराको ,  गुरु  परम्पराको  पूर्वीय दर्शनको खुलेर प्रशंसा गर्नुभयो।आफु जहाँ  गए  पनि आफु पनि योग समिति  नेपाल  को सदस्य को  नाताले पनि  समितिको  आदर्शलाई  मानि पद  मा रहदा  न रहदा सदा  सर्बदा  समर्पित  हुने  प्रतिबद्वता ब्यक्त गनु भयाे ।

 

कार्यक्रममा ४५औं केन्द्रकी प्रमुख संयोजक पुष्पा थापाले केन्द्र स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नुभयो भने वडा नं. १२ की संयोजक पुष्पा खनालले योगसम्बन्धी कविता वाचन गर्नुभयो। साथै, जानकी योग केन्द्र र जलपोखरी योग केन्द्रका संयोजक उषा नेपालले योगको महत्वबारे मन्तव्य दिनुभयको थियो  ।

योग गुरु तथा आयुर्वेदाचार्य गिरिराज भट्टराईले “स्वास्थ्य नै धन हो, शान्ति नै शक्ति हो” भन्ने सन्देश दिँदै योग अभ्यासलाई दैनन्दिन जीवनशैलीमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानजस्ता अभ्यासहरू मार्फत शरीर, मन, मस्तिष्क र समाजबीचको सन्तुलन नै साँचो स्वास्थ्य हो भन्ने धारणा प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गर्नुभयो। साथै, उहाँले सन्तुलित आहार–विहार, मर्यादित रहन–सहन र अनुशासित जीवनशैलीले नै दीर्घकालीन स्वास्थ्य र मानसिक शान्तिमा योगदान पुर्‍याउने कुरामा विशेष जोड दिनुभयो।

 

कार्यक्रमको अन्त्यमा ४५औं योग केन्द्रको व्यवस्थापन समिति गठन गरिएको छ। समितिको संरचना निम्नानुसार रहेको छ:

प्रमुख संयोजक – पुष्पा थापा

संयोजक – कमान सिंह साउद

सदस्यहरू – जयलाल अधिकारी, हस्तबहादुर शाही, रमेश थापा, सुकमाया थापा, मनकुमारी थापा, भक्तबहादुर थापा, किसन थापा, नन्दलाल थापा, अरुणा कुमारी गुरुङ, भुवन सिंह, लालु माया थापा, नैनसरा आले, सिता मल्ल

सल्लाहकारहरू – मनबिर क्षेत्री र नवराज थापा

योग समिति नेपालले देशभर योगको उज्यालो फैलाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। गुरु गिरिराज ज्युको मार्गदर्शनमा स्थापित यस ४५औं केन्द्रले पनि सो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।

योग समिति नेपालले गुरु गिरिराजको मार्गदर्शनमा देशभर योगमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। समितिका अनुसार ४५औं केन्द्रले पनि उक्त उज्यालोलाई अझ विस्तार गर्ने विश्वास लिएको छ।

बिज्ञापन-AI-ADCustom Text

बाँकेमा स्कुल बसको ठक्कर बाट १ ब्यक्ति सहित १८ बाख्राको मृत्यु

बाँके | २४ श्रावण २०८१

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले बाँकेकाे कोहलपुर ढकेरी सडक खण्ड अन्तर्गत झिझिरी नजिक ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको छ भने चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास भैरहेको छ ।

बिज्ञापन-AI-ADCustom Text

आफूलाई नचिनेसम्म हामी अधुरो हुन्छौँ

२७ पौष २०८१। गोपीलाल कँडेल । बर्दिया

तपाईं पहिलोपटक कक्षामा हुँदा कति जिम्मेवारी थियो ? अलिकति ! अर्को कक्षामा पुग्दा त्यो जिम्मेवारी घट्यो कि बढ्यो ? तेस्रो कक्षामा पुग्दा त्यो जिम्मेवारी घट्यो कि बढ्यो ? यसो गर्दागर्दै तपाईंले माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नुभयो । क्याम्पसमा पढ्न थालेपछि जिम्मेवारी अझै बढ्दै गयो । तपाईंले विवाह गरेपछि जिम्मेवारी अझै बढ्दै गयो । तपाईंको जागिरमा प्रमोसन हुँदै जाँदा जिम्मेवारी पनि बढ्दै गयो ! तपाईंको उमेर बढ्दै जाँदा त्यो जिम्मेवारी पनि बढ्दै गयो । यसकारण यो जिम्मेवारी कहिल्यै पनि घटेन । एकदिन हाम्रो जिम्मेवारी घट्नेछ भन्ने कुरा त केवल मानिसहरुको सपना मात्र हो । जिम्मेवारी घट्दै घट्दैन । यी जिम्मेवारीहरुका बीचमा एक जना मानिस छ ।

एकदमै जिम्मेवार मानिससँग जतिसुकै धेरै जिम्मेवारीहरु भए पनि उसले खाना नखाएमा भोक अवश्य लाग्नेछ । भोक लागेपछि उसले खानु आवश्यक हुन्छ । पानी खाएन भने तिर्खा त लाग्छ नै । किनभने, ऊ एक मानिस हो । यी मानिसका आवश्यकताहरु हुन् । खाना खानु, पानी पिउनु, श्वास लिनु । यदि कसैले मसँग श्वास लिने समय छैन भन्यो भने के होला ? यदि वास्तवमै कसैसँग सास फेर्नका लागि समय छैन भने तपाईंलाई थाहा छ– तीन मिनेटपछि उसलाई के हुनेछ ? ऊ यस संसारबाट बिदा हुनेछ । श्वास एकदमै आवश्यक चीज हो । यदि जिम्मेवारीका कारण कुनै मानिस सुतेन भने– मैले देखेको पनि छु । ठूला–ठूला देशका प्रमुखहरु विशेष बैठकमा उपस्थित भएका हुन्छन् अनि त्यसमध्ये एक जनाचाहिँ सुतिरहेका हुन्छन् । किन ? किनभने उनी मानिस हुन् र मानिसलाई निद्रा लाग्छ अनि सुत्ने कुरा उनका लागि एकदमै आवश्यक हुन्छ । ठीक यसै गरी शान्ति पनि हाम्रो आवश्यकता हो भनेर हामी शान्तिलाई किन हेर्दैनौँ ? यो त श्वास लिनु, खाना खानु, पानी पिउनुजत्तिकै अत्यावश्यक चीज हो । यसको अभावमा हामी अधुरो हुन्छौँ । त्यस शान्तिको अभावमा आफूलाई नचिनेसम्म, आफूलाई नजानेसम्म हामी अधुरै हुन्छौँ । हामी अधुरो भएसम्म हामी कुनै पनि कुरालाई राम्रो तरिकाले पूरा गर्न सक्दैनौँ । किनभने, हामीलाई सधैँ याद आइरहन्छ, ‘म को हुँ ! मेरो जीवनमा के हुनेछ !’

मानिसहरु आफूलाई वर्षौंसम्म बाँच्छु भन्ठान्छन् । यदि एक जना मानिस सय वर्षसम्म बाँच्छन् र सयलाई तपाईं ३६५ ले गुणा गर्नुहुन्छ भने उनले बाँचेका दिनहरुको हिसाब केवल ३६,५०० हुन्छ । ३६ हजार ५०० दिन हुन्छ । हामीले बाँच्ने दिन केवल यति त हो । त्यसमा पनि यदि सय वर्षसम्म बाँच्यौँ भने मात्र ! यसर्थ हामी यहाँ जेजति दिन बाँचे पनि हामी के गरिरहेका छौँ ? आफ्ना लागि के कमाइरहेका छौँ ? आफ्नो हृदयका लागि के कमाइरहेका छौँ ? आफ्नो शान्तिका लागि के कमाइ गरिरहेका छौँ ? वास्तवमा हामीले आफू जिउनुको सार्थकताका लागि के कमाइ गरेका छौँ ?

मानिसभित्र शान्ति छ । त्यो शान्तिलाई महसुस गर्नु मानिसका लागि अत्यावश्यक विषय हो, आधारभूत कुरा हो । यदि मानिसले त्यो शान्तिलाई महसुस गर्न सकेन भने ऊ को हो, ऊ के हो भन्ने कुरालाई बुझ्न सक्दैन । यदि उसले ‘म को हुँ’ भनेर आफूलाई बुझ्न सकेन भने अरु चीजका बारेमा बुझ्ने कोसिस गर्छ । मानिसहरु यस्तै गरिरहेका हुन्छन् । अरु सबै चीजलाई बुझ्ने प्रयास गर्छ तर स्वयम् आफूलाई बुझ्ने कोसिस गर्दैन । उसले साथीलाई चिन्छ तर आफूले आफैलाई चिन्दैन । ऊ आफ्नो परिवारलाई चिन्छ तर आफूले आफैलाई चिन्दैन । ऊ आफ्ना साथीभाइलाई चिन्छ तर आफूले आफैलाई चिन्दैन । उसले आफ्नो जीवनमा बाहिरी रुपमा आदर्श मानेका व्यक्तित्वलाई उसले चिन्छ । बाहिरी संसारका लागि बनाइएका लक्ष्यका बारेमा ऊ जानकार छ, तर उसलाई के हुनेछ भन्ने उसको आफ्नो लक्ष्यका बारेमा उसैलाई थाहा छैन ।

म यो सन्देश मानिसहरुसमक्ष पु¥याउने प्रयास गरिरहेको छु, किनभने उनीहरुले आफ्नो जीवनमा शान्तिको अनुभूति गर्न सकून् । वास्तवमा मानिसभित्र शान्ति नभएसम्म क्रान्ति त फैलिरहन्छ । एकातर्फ शान्ति छ भने अर्कातिर क्रान्ति हुन्छ ।
शान्तिको खोजी गर्नुहोस् । जहाँ पाइन्छ त्यहीँ ठीक छ । मूल कुरा त तिर्खा मेट्नेबारेमा हो । पानीको स्रोत कहाँ छ भन्ने विषयको कुरा होइन । पानी जहाँको भए पनि पिउनुहोस् र आफ्नो तिर्खा मेट्नुहोस् । आफ्नो जीवनलाई सफल पार्नुहोस् ।
यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छ: जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारुपी बीउलाई सृष्टिकर्ताले तपाईंको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरु शान्तिको कुरा गर्छन् । भन्छन्, “विश्वमा शान्ति हुनुपर्छ ।” म भन्छु, विश्वमा शान्ति होइन, तपाईंको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरु को छन् ?

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्वप्रसिद्ध पुस्तक ‘स्वयंको आवाज’ (हियर योरसेल्फ)का लेखक हुनुहुन्छ । उनको सन्देशका बारेमा थप जानकारीका लागि : www.premrawat.com)

 

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको