REPORTING पेन

नेपालका विभिन्न विधा र विषयका विश्वसनीय ताजा समाचारहरू, घटनाहरू, अपडेटहरू र जनचासोका विषयहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो विशेष श्रेणी। यहाँ तपाईंले सामाजिक, राजनीतिक, आर्थिक र स्थानीय सबै खाले खबरहरू सहज रूपमा पाउन सक्नुहुन्छ।

नेपाल टेलिकमका शाखा अधिकृत बेपत्ता

१९ कार्तिक २०८०, बिराटनगर । झापा स्थित नेपाल टेलिकम सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ बर्सिय दिलिप सुवेदी ५१ दिनदेखि सम्पर्कविहीन छन् । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरि खोजीका लागि सहयोग अपिल गरेका छन । भदौ ३० गते देखि झापाको कन्काई नगरपालिका वडा  ३ मा रहेको कार्यालयको क्वाटरबाट  बेपत्ता भएका उनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले पत्रकार सम्मेलनमा बताय ।

दाजु लक्ष्मीप्रसाद सुबेदिले भाइ हराएको लामो समयसम्म अत्तोपत्तो नभएको जानकारी गराय । दिलिप कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग भदौ ३० गते बिहान ६ः३० बजेतिर चिया खान स्कुटरमा निस्किएका थिए ।  सुरक्षा गार्डका अनुसार चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको, त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर दिलिप गए का थिय ।

बिहान करिब २७ मिनेटजति दिलिपले बुहारी बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ ।’ त्यसपछि मोबाइल ‘अफ’ रहेको छ दिलिपका दाइ लक्ष्मी ले बताय । दाइका अनुसार  कार्यालयबाटै हराएको उल्लेख गर्दै उनले अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको बताए । चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत भाइले चलाउने स्कुटर कार्यालयभित्रै थियो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बेपत्ता दिलिप सुवेदीको खोजी भइरहेको , प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित रहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताएका छन  ।

बिज्ञापन-AI-ADCustom Text

भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्जमा उपचार

१८ कार्तिक २०८० , जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । पहिलो घाइते भेरी अस्पतालमा खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत विमलकुमार कार्की लाइ ल्याइयको थियो ।  उनि जाजरकोटको भेरी न.पा.३ खलंगा निवासी हुन् । उनको उपचार शुरु भएको छ । 

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । जाजरकोट र रुकुम पश्चिमबाट गम्भीर घाइते बिरामीहरु भेरी अस्पतालमा  रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको र सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ ।

अस्पतालमा सहज उपचारका लागि प्रशासन कार्यालयले फोकल पर्सन समेत तोकेको छ । बिरामीका आफन्तले फोकल पर्सन नरेश श्रेष्ठलाई  ९८५११४३६६६ नम्मरमा सम्पर्क गर्नसक्नेछन् ।

भूकम्प बाट घाइते बिरामिको निम्ति कोहलपुर मेडिकल कलेज, सैनिक अस्पताल र प्रहरी अस्पताल समेतको बेडहरु तयारी अवस्थामा राखिएको छ ।

घाइतेहरुको उपचारार्थ आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न बिहान १० बजे देखि  जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठक समेत बसिरहेको छ ।

बिज्ञापन-AI-ADCustom Text

भूकम्पमा परेर १४० जना भन्दा बढी घाइते : १२८ जनाको ज्यान गयो

१८ कार्तिक २०८०, जाजरकोट| पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो राति ११ बजेर ४९ मिनेटमा गयको भूकम्पमा परेर हाल सम्म १२८ जनाको ज्यान गएको जानकारी प्राप्त भयको छ |

दुई जिल्ला जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ भने १४० जना भन्दा बढी घाइते भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र उद्धार तथा खोजमा नेपाल प्रहरी केन्द्रित रहेकोछ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू उद्धार कार्यमा खटिएका छन् साथमा हेलिकोप्टर परिचालन गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त ६.४ म्याग्निट्यूड भूकम्प गयको थियो भने पछि पनि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास लगायत अन्य जिल्ला हरुमा भूकम्पको धक्का महसुस गरियको थियो |

बिज्ञापन-AI-ADCustom Text

प्रहरीको गोलीले भारतीय नागरिक घाइते

१५ कार्तिक २०८०, काठमाडौं । काठमाडौंको गोठाटारमा  प्रहरीले गोली प्रहार गरी दुइ जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लियको छ ।जसमा एक भारतीय नागरिक र एक नेपाली रहेको छन्|

प्रहरीले गोलि प्रहार गर्दा भारतको ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् भने झापाका हर्क लिम्बु लाई नेपाल प्रहरी ले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियर तलासी लिदा एउटा पेस्तोल  र २ सय ग्राम ब्राउन सुगर  बरामद भएको  जानकारी मा आयको छ । नेपाली नागरिक हर्क लिम्बु भारतिय नागरिक मोहमद करिमका सहयोगी भएको बुझिएको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।

बिज्ञापन-AI-ADCustom Text

अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको मृत्यु

१५ कार्तिक २०८०, पोखरा | अन्नपूर्ण बेसक्याम्पमा  सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई)  टीकाराम ढुंगानाको निधन भएको छ । मृत्यु हुने प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगाना घान्द्रुक  चौकी इन्चार्ज हुन् |

हिजो कार्तिक १४ मंगलबार अन्नपुर्ण बेसक्याम्पबाट फर्किएर माछापुच्छ्रे गाउँपालिका-११ का वडाध्यक्षको घरमा बसेका असई ढुंगानालाइ आज बिहान श्वासप्रस्वासमा समस्या आएपछि उपचारका निम्ति  हेलिकप्टरमार्फत पोखरा अस्पतालमा ल्याइएको थियो तर असई ढुंगानाको निधन भैसकेको अस्पतालले  घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी गराउनु भयो  ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि कार्तिक १२ गते अन्नपूर्ण बेस क्याम्पमा खटिएका घान्द्रुक  चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)  टीकाराम ढुंगानाको लेक लागेर   निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ ।

बिज्ञापन-AI-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्याको कारण : प्रेम सम्बन्ध

१४ कार्तिक २०८०, बारा ।  बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्याको शुरुवाती कारण पत्ता लागेको प्रहरिले जानकारी गरायको छ । 

हत्यामा  संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेपछि हत्याको कारण पत्ता लागेको हो । बारा प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ लामो समयदेखि एक महिलासँग  प्रेम सम्बन्धमा रहनुनै मृत्युको कारण रहेको  प्रहरीले खुलासा गरेको छ ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी ति महिला अर्का एकजना पुरूषसँग पनि   प्रेमसम्बन्धमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दियका थिए , तर  सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाको अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका रहेको  अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न एकजना महिला र २ जना पुरुषलाई  प्रहरीले पक्राउ गरिसकेको छ।

बिज्ञापन-AI-ADCustom Text

संघीय संसदकाे संयुक्त बैठकमा महासचिव गुटेरेसको सम्बोधन : तपाइँहरु एक्लो हुनुहुन्न

१४ कार्तिक २०८०

[dflip id=”1012″ type=”thumb” ][/dflip]

बिज्ञापन-AI-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्यारालाई कारबाही नगरे चरण बद्ध आन्दोलन गरिने

१४ कार्तिक २०८०, बारा | बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरि हत्या गरियको घटना प्रति खेद प्रकट गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गरि यस घटना को कडा निन्दा र भर्त्सना  गर्नुभयको  छ ।

बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । स्थानीयका अनुसार दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए र रुपेश सर्राफ सडकमै ढलेपछि उनीहरु दक्षिण तिर भारततर्फ भागेका थिए । गोली लागेका घाइते रुपेश सर्राफ उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले यस घटना को कडा निन्दा र भर्त्सना  गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

बिज्ञप्तिमा यसो लेखियको छ :

बारा जिल्लाको कलैयामा संचालित बाल एकता मा वि को संचालक प्रिन्सपल रुपेश सराफ ज्यूलाई दिनदहाडै अग्यात समूहद्वारा विद्यालय नजिक गोलि प्रहार गरि निर्मम हत्या गरेको कायरतापूर्ण कार्यको कडा शब्दमा निन्दा गर्दै घोर भर्त्सना गर्दछौ | विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहादै हत्या भएको घटनाले विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरि प्रशासन निरिह रहेको प्रमाणित हुन्छ |

प्र.अ. सरॉफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्रनै शोकाकूल बनेको छ। यस दुखद घडिमा हामी मृतक सराफ प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौ।

यस हत्याको विरोदमा मिति २०८० कार्तिक १४ गले मङ्गलवार मधेश प्रदेशका नेशनल प्यासन अन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द रहनेछ । निज को हत्यामा सँलग्न दोषिलाई यथाशिघ्र पक्राउ गरि पिडितलाई न्याय दिलाउन सम्बन्धित निकायसंग अपिल गर्दछौ। न्याय दिलाउन ढिलासुस्ती भए थप चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारि गराउँदछौ ।

बिज्ञापन-AI-ADCustom Text

योगराज ढकाल विरुद्ध को रिट , सुनुवाइका लागि पेसी तोकियो

१४ कार्तिक २०८०, काठमाडौँ– भारती मानन्धर का श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैद सुनायाका(रिगल) योगराज ढकाल विरुद्ध को रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
चेतन मानन्धर को हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेल बाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
चेतन मानन्धरकी पत्नी ले आफ्नु श्रीमानको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधी लाई आठ बर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा भारतीले रिगल भन्ने योगराज ढकाल ,महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ लाई समेत विपक्षी बनाएकी थिइन् ।
बांके नेपालगन्ज–१६ ज्योति सिम्ताली होटल अगाडी मैन रोडमै रिगल सहितको करिब १५ जनाको समूहले चेतन ढकालको हत्या गरेको थियो । चेतन ढकालको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । रिगल लाई २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो।
तर संविधान दिवसको अवसर परि रिगल लाई बाकी सजाय माफ गरियको थियो । उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।
हाल सम्म पनि न्याय नपायकोले भारतीले श्रीमानको न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको प्रश्न , हामीलाई निस्सा खोइ ?

१२ कार्तिक २०८०, बर्दिया | छैन भनेर पनि कसरि भन्नु बस्ने बास छैन भनौ भने बसेकै छौ २ / ४ कट्ठा जोत भोग गरि धौ धौ हातमुख जोडेकै छौ तर हाम्रो यो दिनचार्य र यसरि जोतभोग गर्न लागेको पनि बर्सौ भयो तर आफ्नो नाममा कहिले हुनेहो केहि थाहा छैन | सरकारले भुमि आयोग गठन गरेको छ छिटै भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउनुहुन्छ भनेको सुनिन्छ तर यसो भन्न लागेको पनि ७ वर्ष हुन लाग्यो अहिले सम्म के भैरहेको छ हामीलाई केहि थाहा छैन हजुर एक सुकुम्बासी बस्तीमा बस्ने बारबर्दिया बासीले हामीलाई गुनासो गरे | यसै बिषयमा अर्का एक छिमेकीले भन्दै थिए हामि र हाम्रो परिवारको जिन्दगि यस्तै हालतमा बित्ने भो हजुर भोट माग्ने बेला आउछन , भोट माग्दा भन्छन “जितेपछि तुरुन्त जग्गा दिन्छु ढुक्क हुनुस” जितेपछि कता जान्छन कता कमसे कम हाम्रो नाममा जग्गा भयको भय यो जग्गा देखायारा सानो तिनो ब्यापार गर्न सकिन्थ्यो कि ? खै कसले सुनिदिने हाम्रो पिडा |

यो पिडा र गुनासो हो बारबर्दिया नगरपालिकामा बस्ने भूमिहीन सुकुम्बासी जनताहरुको | २०७४ सालमा बनेको स्थानीय सरकारले लागत संकलन गर्ने भनेर बारबर्दिया नगरपालिकामा कर्मचारी खटाइ लागत संकलन गरेको थियो , लागत संकलन गरेको केहि समय पश्चात निस्सा वितरण गरिने भानिएता पनि तेसबेला जनताले निस्सा प्राप्त गर्न सकेनन |

जग्गा वितरण गर्नु भनेको तेती सजिलो बिसय पनि होइन र स्थानीय सरकारको निर्देसनामा तुरुन्त वितरण हुने पनि होइन तर तुरुन्त निस्सा वितरण हुन्छ भनेर सुनेका सुकुम्बासी बसोबासी तथा स्थानीयले दोस स्थानीय सरकारलाई नै दिए | यसबारे जनतालाई स्पस्ट पार्न नसक्नु , यस प्रक्रिया बारे के भैरहेकोछ जनतामा सुचनाहरु अध्धाबधिक हुन नसक्नु र यसबारे स्थानीय मिडिया र स्थानीय सरकार बीच समन्वय नहुनु अनि लागत संकलन गरेपश्चात निस्सा वितरणको निम्ति प्रक्रियालाई छिटो छरितो रुपमा अगाडी बढाउन नसक्नुको कारण जनतालाइ थाहा नहुनु यस अघिको सरकारको कमजोरी भयको ठहर स्थानीय हरुको रहेको छ | तेतिबेला निस्सा वितरण गर्न नसक्ता तेसको प्रतक्ष्य असर २०७९ सालको स्थानीय निर्वाचनमा मावोबादी पार्टीले बेहोर्नु पर्यो | जनतालाई यथार्थ बुझाउन हामि चुक्यौ एक मावोबादी नेताले हामीलाई जानकारी गराय |

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको बारम्बार र अत्त्याधिक आइरहने गुनासो भनेकै लागत संकलन गरेर पनि हाल सम्म किन निस्सा वितरण नगरेको र फाइल कहा पुग्यो , यस बारे केके भैरहेको छ फाइल गायब गरेकी के गरे भन्ने नै हो |

बारबर्दियाको नगर प्रमुख  छबिलाल थारुले  राष्ट्रिय भूमि आयोग सञ्चालन भयकै बेला बारबर्दियामा लागत संकलन भयको तर त्यो दर्ता अनलाइन प्रक्रियामा नभएको कारणले गर्दा सबै कार्य रोकिन गएको जानकारी गराउनु भयो | ” हामिले स्थानीय सरकारमा नेतृत्व गरे पश्चात यसलाई  द्रुत गतिमा अनलाइन सिस्टममा बनाइसकेका छौं अब दशैँ तिहार पछी सम्पूर्ण काम सुरुहुनेछ” बारबर्दियाका नगर प्रमुख थारुले बताउनु भयो |

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको समस्याको समाधान कसरि हुदैछ यसबारे बारबर्दियाका नगर प्रमुख सित गरियको सम्पूर्ण अन्तर्वार्ता यस भिडियो हेर्नुहोस |

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको