बिराटनगर । झापा स्थित नेपाल टेलिकम सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ बर्सिय दिलिप सुवेदी ५१ दिनदेखि सम्पर्कविहीन छन् । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरि खोजीका लागि सहयोग अपिल गरेका छन । भदौ ३० गते देखि झापाको कन्काई नगरपालिका वडा ३ मा रहेको कार्यालयको क्वाटरबाट बेपत्ता भएका उनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले पत्रकार सम्मेलनमा बताय ।
दाजु लक्ष्मीप्रसाद सुबेदिले भाइ हराएको लामो समयसम्म अत्तोपत्तो नभएको जानकारी गराय । दिलिप कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग भदौ ३० गते बिहान ६ः३० बजेतिर चिया खान स्कुटरमा निस्किएका थिए । सुरक्षा गार्डका अनुसार चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको, त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर दिलिप गए का थिय ।
बिहान करिब २७ मिनेटजति दिलिपले बुहारी बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ ।’ त्यसपछि मोबाइल ‘अफ’ रहेको छ दिलिपका दाइ लक्ष्मी ले बताय । दाइका अनुसार कार्यालयबाटै हराएको उल्लेख गर्दै उनले अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको बताए । चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत भाइले चलाउने स्कुटर कार्यालयभित्रै थियो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बेपत्ता दिलिप सुवेदीको खोजी भइरहेको , प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित रहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताएका छन ।