जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । पहिलो घाइते भेरी अस्पतालमा खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत विमलकुमार कार्की लाइ ल्याइयको थियो । उनि जाजरकोटको भेरी न.पा.३ खलंगा निवासी हुन् । उनको उपचार शुरु भएको छ ।
जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । जाजरकोट र रुकुम पश्चिमबाट गम्भीर घाइते बिरामीहरु भेरी अस्पतालमा रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको र सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ ।
अस्पतालमा सहज उपचारका लागि प्रशासन कार्यालयले फोकल पर्सन समेत तोकेको छ । बिरामीका आफन्तले फोकल पर्सन नरेश श्रेष्ठलाई ९८५११४३६६६ नम्मरमा सम्पर्क गर्नसक्नेछन् ।
भूकम्प बाट घाइते बिरामिको निम्ति कोहलपुर मेडिकल कलेज, सैनिक अस्पताल र प्रहरी अस्पताल समेतको बेडहरु तयारी अवस्थामा राखिएको छ ।
घाइतेहरुको उपचारार्थ आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न बिहान १० बजे देखि जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठक समेत बसिरहेको छ ।