मन्दिरका भगवान

गोपीलाल कँडेल Avatar

२० असोज २०८१ l बर्दिया l गोपीलाल कँडेल

यो कथा मैले रचना गरेको होईन तर कतै पढेको कथालाई यहाँ उतार्ने प्रयास गरेको छु । कथा मार्मिक छ र सन्देशमुलक पनि छ। ध्यान दिएर पढिदिनुहोला ।

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –”बाबु तिमी किन रोएको ? “

बच्चाले भन्यो –”आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।”

आमाले भन्छिन् –”हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

फेरि जब उनीहरू आमाछोरा केही अगाडि बढे तव सिंगमरमरका दुईवटा हात्ती देखिए । हात्ती देखेर डराउँदै बच्चा फेरि रुन लाग्यो ।

आमाले सोध्छिन् –”अब फेरि किन रोएको ? “बच्चाले उत्तर दियो –”मैले दुइवटा हात्ती देखेँ, यिनीहरू धेरै ठूला छन्, मलाई कुल्चिएर मारिदिनेछन्” आमाले छोरालाई संझाउदै भनिन् –”हैन बाबु तिमी चिन्ता नगर, यिनीहरूले केही गर्दैनन्, यी पनि त पत्थरकै हुन्, यिनीहरूले तिमीलाई के गर्न सक्छन् र ? “

फेरि केही अगाडि पुग्दा मन्दिरको ढोकामा पत्थरले बनेका दुईवटा ठूला ठूला भयानक द्वारपाल हातमा भाला लिएर खडा थिए । सबैकुरा पत्थरकै थिए । बच्चाले यो सबै देखेर धेरै डरायो अनि रुन लाग्यो । फेरि आमाले सोधिन् –”अब फेरि किन रोएको ?”

बच्चाले रुँदै भन्यो –”उता हेर्नुस् त आमा ! दुईवटा देवदूत उभिइरहेका छन् । लामालामा जुँगा पालेका छन्, पगडी बाँधेका छन्,यिनीहरूले हामीलाई मार्ने छन्।”

आमाले भनिन् –”हैन बाबु यिनीहरू पनि त पत्थरकै हुन् । यिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । यिनीहरूले केही पनि गर्न सक्दैनन् नडराऊ।”

दुवै जना मन्दिर भित्र गए । आमा चन्दन अक्षता, फूलफल दुध आदि पूजाका सामान मूर्तिमा चढाउदै थिइन । बच्चाले चुपचाप हेरिरहेको थियो । अनि यो सब देखेर बच्चाले आमासँग सोध्यो –”आमा यो तपाई के गरिरहनु भएको छ ?”

आमाले जवाफ दिइन् –”म भगवानको पूजा गर्दैछु, प्रसाद चढाउदै छु, फलफूल चढाउँदैछु, माला चढाउँदैछु, देखेनौ र ?”

अनि बच्चाले भन्यो –” देखिरहेको छु आमा ! आमा यिनी पनि त पत्थरकै हुन नि ! हैन र ? पूजापाठ गर्दैमा यिनले तपाईलाई के गर्लान र ? पत्थरबाट बनेका मुर्तीले केहि गर्न सक्दैनन् भन्नु भएको होईन ?”

बच्चाको जवाफ सुनेर आमा आश्चर्यचकित भइन् । ऊनलाई बच्चाको जवाफले गम्भीरतापूर्वक सोच्न बाध्य बनायो ।

यस कथाबारे मेरो निजी बिचार यस प्रकार रहेको छः-

मन्दिर आस्थाको केन्द्र हो । मन्दिरमा गएर पूजा आराधना गर्नाले ईश्वरीय भावको बिकास हुन्छ । ईश्वर प्रति प्रेम जागृत हुन्छ । ईश्वर खोजीको ईच्छा जागृत हुन्छ । मनमा एकप्रकारको शान्ति मिल्छ । तर के मन्दिरमा गएर मुर्तीमा चन्दन अछेता दुध फलफूल र रुपैया पैसा चढाउदैमा ईश्वर प्रशन्न हुन्छन् त ?  मन्दिरमा गएर हामी बरदान माग्छौँ । के मन्दिरमा मागेका सबै बरदानहरु पूरा भएका छन् त ?  मन्दिर नजाने र पूजा नगर्नेलाई के हुन्छ ? बडो गम्भीर प्रश्न हुन यी । म पूजापाठ र आराधनाको बिरोधी होईन तर वास्तबिक पूजा हुनुपर्ने मन्दिरमा गएर पूजा गर्न हामी चुक्यौँ कि ! हाम्रो हृदय मन्दिरमा जीवन्त परमेश्वर हुनुहुन्छ, पत्थरको मुर्ती होईन। के हामीले आफू भित्र बिराजमान परमेश्वरको पूजा गरेका छौँ ?  त्यो मन्दिरमा कहिल्यै शिर निहुराएका छौँ ?  मेरो सल्लाह के छ भने बाहिरको मन्दिरमा त जानुस् पुजा आराधना गर्नुस् त्यसमा कुनै आपत्ति छैन तर जहाँ जीवन्त परमेश्वर बस्नुभएको छ त्यहाँ पनि जानुस् । त्यो मन्दिर तपाई भित्रै छ, तपाईको हृदयमा छ। हृदय निवासी भगवानलाई चन्दन अछेता फलफूल भेटी केहि चाहिँदैन, केवल तपाईको प्रेम र भाव चाहिन्छ। भगवान भावको भोको हुनुहुन्छ, अरु कुराको होईन। भगवान श्रीकृष्णको उपदेश अनुसार समयको महापुरुषबाट आत्मज्ञान प्राप्त गरेर त्यसको अभ्यासबाट हृदयनिवासी परमात्मालाई भेट्न अनुभव गर्न सकिन्छ। यसको लागि सहयोग चाहिएका आउनुहोस्- हामी सहजीकरण गर्न तयार छौँ ।

बिज्ञापन-YM-ADCustom Text

श्री पाञ्चजन्य माध्यमिक विद्यालय को ६१ औ बार्षिक उत्सव भब्यताकासाथ सम्पन्न

१४ मंसिर २०८०, बर्दिया | मिति २०८० मंशिर २२ गतेका दिन बारबर्दिया नगरपालिका वडा नम्मर ४ पदनाहा स्थित श्री पाञ्चजन्य माध्यमिक विद्यालय को ६१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यताकासाथ मनाईएको छ ।

कार्यक्रमको अध्यक्षता यसै बिद्यालय का वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारू र विशिष्ट अतिथिमा बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा बारबर्दिया नगरपालिकाका निबर्तमान मेयर दुर्गा बहादुर थारु (कबिर),  प्रमुख प्रशासकीय अधिकृत धर्म राज न्यौपाने, वडा नम्मर ४ का वडा अध्यक्ष सिताराम योगी, वडा नम्मर ५ का वडा अध्यक्ष लाल बहादुर थारुले आशनग्रहण गर्नुभयको थियो । अतिथिहरुमा बारबर्दिया नगरपालिकाको विभिन्न वडाहरुका पूर्व वडा अध्यक्षहरु लगायत विभिन्न आमन्त्रित  व्यक्तिहरु हुनुहुन्थ्यो ।

पाञ्चजन्य माध्यमिक विद्यालयको प्रधानाध्यापक शोभा आचार्यको स्वागत मन्तव्य पश्चात पानसमा दिप प्रज्वोलन गरि ब्यानर बाचन गरेर प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारूले कार्यक्रमको समुदघाटन गर्नुभयको थियो ।

कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरुले विद्यालयको सम्वृद्धिको र सफलताको कामना गर्दै आवश्यक परेमा सहयोग गर्ने बाचा र प्रतिबद्धता सहित सुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।  

बिदयार्थी भाइबहिनी हरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुका साथै गित गायर मनोरंजन प्रदान गरेका थिय । विद्यालयले एस.ई.ई. २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र नयन थारु र छात्रा बबिता थारु , विद्यालय भवन निर्माण उपभोक्ता समिति संयोजकहरु, विद्यालयलाइ सहयोग गर्ने सामुदायिक बन समुहहरु , पूर्व शि.अ .संघका सदस्यहरु , पूर्व प्र.अ., पूर्व शि.अ .संघका संयोजक, पूर्व वि.व्य.स अध्यक्ष, सबैभन्दा धेरै विद्यालयमा उपस्थित हुने कर्मचारी तथा शिक्षक, २० वर्ष भन्दा बढी समय निरन्तर सेवारत शिक्षक तथा कर्मचारी , नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये अंग्रेजी बिषयमा उत्कृष्ट जिपिय ल्याउने , यसै पाञ्चजन्य माध्यमिक विद्यालय भित्र सबै बिषय मध्ये नेपाली  बिषयमा उत्कृष्ट जिपिय ल्याउनेहरुलाइ सम्मानित गरेको थियो ।

कार्यक्रम स्टेजको पूर्व तर्फ सोहि विद्यालको अलग अलग कक्षाका बिदयार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखियको थियो । प्रदर्शनीमा राखियको शैक्षिक सामाग्रीहरुमध्ये उत्कृष्ट सामाग्री निर्माण गर्ने बिदयार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेपश्चात कार्यक्रमको अध्यक्षता गर्नुभयको वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले आफ्नो मन्तब्य राखी कार्यक्रम समापन भयको घोषणा गर्नुभयको थियो ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियाले गर्यो आगामी आर्थिक बर्षको निम्ति सुझाव संकलन

२६ जेष्ठ २०८१, बर्दिया l आज मिति २०८१ जेष्ठ २६ गते शनिबार बारबर्दिया नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को बार्षिक निती तथा कार्यक्रम एवं बजेट निर्माणका निम्ति सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।


उक्त कार्यक्रम नगर प्रमुख छबीलाल थारूको अध्यक्षतामा बारबर्दिया नगरपालिकाको वडा नम्मर ६ मा रहेको जयनगर सामुदायिक सिकाई केन्द्रको सभाहलमा सम्पन्न भयको छ l कार्यक्रममा अतिथिको रुपमा नगर उपप्रमुख रत्ना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न पार्टीका प्रतिनिधि ,वडा अध्यक्षहरु हरुले आशनग्रहण गरेका थिए l

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्य दिदै कार्यक्रमबारे स्पस्ट पार्नुभएको थियो l जनताको निम्ति कामगर्ने क्रममा कानुनि रुपमा कस्ता नीति सुधार्नुपर्ने हुन सक्छ र कस्ता कस्ता नीति तथा कार्यक्रमहरु ल्याउदा बारबर्दियाली जनताको उन्नति तथा बारबर्दिया नगरपालिकाको सम्वृद्धि हुन्छ यसबारे लिखित तथा मौखिक रुपमा सल्लाह सुझाब दिन आग्रह गर्दै आफ्नो स्वागत मन्तव्यको अन्त्य गर्नुभयको थियो l

उक्त कार्यक्रमा २५ भन्दा धेरै जनाले सल्लाह सुझाब र गुनासो राख्नु भयको थियो l सुझाव संकलनमा गरिएका गुनासो तथा प्रस्नहरुको प्रतिउत्तर दिदै आगामी दिनमा पालिकाबाट काम गर्ने क्रममा गल्ति भयको रहेछ भने सच्चाउने र सल्लाह सुझाब सकेसम्म कार्यान्वयन गर्ने उप प्रमुख रत्ना कुमारी पाण्डेले आजको कार्यक्रमा मार्फत प्रतिबद्धता समेत गर्नुभयको छ l


सबैको सल्लाह सुझाब संकलन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भै सल्लाह सुझाब दिनुहुने प्रति धन्यबाद दिदै सबैको सल्लाह सुझाबलाई मनन गरि स्थानीय सरकारले समेट्न सक्ने बिषय स्थानीय सरकारले समेटने र स्थानीय सरकारले मात्र गर्न नसक्ने कार्यक्रमहरु प्रदेश तथा केन्द्र सरकार सित हातेमालो गरि सकेसम्म सल्लाह सुझाब अनुसार नीति तथा बजेट ल्याउने भन्दै उपस्थित सबैलाई जानकारी गराउनुभयो l आफ्नो अहिले सम्मको २ बर्षे कार्यकालमा सबै नागरिक, राजनीतिक दल संघ संस्थाहरुबाट साथ् सहयोग भयको र बाकि कार्यकालमा पनि सहयोग हुने अपेक्षा सहित उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो l

बिज्ञापन-YM-ADCustom Text

याल्ड मून ग्रुपद्वारा एउटा फुल सार्बजनिक

 रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०

याल्ड मुन ग्रुपले एउटा फुल नामक आधुनिक गितको भिडियो युट्युब मार्फत सार्बजनिक गरेको छ। उक्त एउटा फुल नामक म्युजिक भिडियोमा मुख्य कलाकारको भुमिकामा सुमित जि.सी., रितु पुन र अशोक के.सी.ले अभिनय गरेका छन भने गितको भिडियो निर्देशन युवराज ओलि तथा छायांकन र सम्पादन यशु के सीले गर्नुभएको छ।

त्यस्तै उक्त एउटा फूल नामक गितको रचना तथा संगित पुर्ण चौधरीको, म्युजिक एरेन्ज पुरुषोत्तम सुबेदिको रहेको र स्वर शिवराज घर्तीको रहेको याल्ड मून ग्रुपका प्रबन्ध निर्देशक यशु के सीले बताउनुभयो ।

बिज्ञापन-YM-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्यारालाई कारबाही नगरे चरण बद्ध आन्दोलन गरिने

१४ कार्तिक २०८०, बारा | बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरि हत्या गरियको घटना प्रति खेद प्रकट गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गरि यस घटना को कडा निन्दा र भर्त्सना  गर्नुभयको  छ ।

बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । स्थानीयका अनुसार दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए र रुपेश सर्राफ सडकमै ढलेपछि उनीहरु दक्षिण तिर भारततर्फ भागेका थिए । गोली लागेका घाइते रुपेश सर्राफ उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले यस घटना को कडा निन्दा र भर्त्सना  गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।

बिज्ञप्तिमा यसो लेखियको छ :

बारा जिल्लाको कलैयामा संचालित बाल एकता मा वि को संचालक प्रिन्सपल रुपेश सराफ ज्यूलाई दिनदहाडै अग्यात समूहद्वारा विद्यालय नजिक गोलि प्रहार गरि निर्मम हत्या गरेको कायरतापूर्ण कार्यको कडा शब्दमा निन्दा गर्दै घोर भर्त्सना गर्दछौ | विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहादै हत्या भएको घटनाले विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरि प्रशासन निरिह रहेको प्रमाणित हुन्छ |

प्र.अ. सरॉफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्रनै शोकाकूल बनेको छ। यस दुखद घडिमा हामी मृतक सराफ प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौ।

यस हत्याको विरोदमा मिति २०८० कार्तिक १४ गले मङ्गलवार मधेश प्रदेशका नेशनल प्यासन अन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द रहनेछ । निज को हत्यामा सँलग्न दोषिलाई यथाशिघ्र पक्राउ गरि पिडितलाई न्याय दिलाउन सम्बन्धित निकायसंग अपिल गर्दछौ। न्याय दिलाउन ढिलासुस्ती भए थप चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारि गराउँदछौ ।

बिज्ञापन-YM-ADCustom Text

योग अभियानलाई नयाँ उचाइ: सिद्धार्थ टोलमा ५५औँ केन्द्र सञ्चालनमा

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , मिति २०८२ मंसिर २० गते, शनिबारका दिन  नेपालगञ्ज उप–महानगरपालिका–१० मा योग समिति नेपालले आफ्नै शाखा स्वरूप ५५ औँ सिद्धार्थ टोल योग केन्द्रको भव्य उद्घाटन गरेको छ। कार्यक्रमको अध्यक्षता योग समिति नेपालका परिकल्पनाकार तथा अध्यक्ष योग गुरु आयुर्वेचार्य श्रदय गिरिराजले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा अधिवक्ता प्रलाद बहादुर कार्की उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निर्मला शाह, सचिव तथा कार्यक्रम सञ्चालक चिरञ्जीवी ज्ञवाली, योग प्रशिक्षक जानकी ज्ञवाली, अनिता श्रेष्ठ, भुमा पाण्डे लगायत सचिवालय तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त अवसरमा योग गुरु गिरिराजले ५५औँ योग केन्द्रको स्थापना तथा व्यवस्थापन समिति गठन भएको दिनलाई ऐतिहासिक भनेर उल्लेख गर्दै, उपस्थित सम्पूर्ण योग अभियन्ताहरूप्रति शुभकामना र आशीर्वाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, नव–गठित समिति केवल संगठनात्मक संरचना मात्र नभई योगलाई घर–घरमा पुर्‍याउने, समाजलाई स्वस्थ, सजग र अनुशासित बनाउने, र तन–मन–आत्मालाई एकाकार गर्दै मानवताको सेवा गर्ने सामूहिक संकल्पको प्रतीक हो। समाजमा परिवर्तन शब्दले नभई अभ्यासले हुने बताउँदै उहाँले “म पनि योग गर्छु, म पनि समाजलाई केही दिन्छु, म पनि सकारात्मक परिवर्तन ल्याउन लाग्छु” भन्ने प्रतिज्ञा सबैले गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रमकै क्रममा ५५औँ सिद्धार्थ टोल योग केन्द्रको व्यवस्थापन समिति सार्वजनिक गरियो, जसको नेतृत्व भागिरथी पाण्डे (भुमा पान्डे) ले प्रमुख संयोजकका रूपमा सम्हाल्नेछिन्। समिति सञ्चालन तथा समन्वयमा चन्द्रा केसी (संयोजक), लक्ष्मी उप्रेती (सह–संयोजक), स्मृति घिमिरे (उप–संयोजक),सरिता ज्ञवाली लगायत सक्रिय सदस्यहरू सरिता ज्ञवाली, पुस्प राज पौडेल, भरत पान्डे, रितिक शाही, मनोज पान्डे, सीता उप्रेती र पवन ठाकुर रहनेछन्। केन्द्रको दीर्घकालीन योजनालाई रणनीतिक रूपमा अगाडि बढाउन अनिता कुमारी श्रेष्ठ, युवराज शर्मा, प्रलाद बहादुर कार्की, चम्पा लाल बोथरा, डा. गोपाल श्रेष्ठ, डा. पियुष कनोडिया, डा. अनिल कुमार चौधरी, डा. तुषार शाह, भानुभक्त पाण्डे र शक्ति बल्लभ आचार्य सल्लाहकारको भूमिकामा रहनेछन्।

वक्ताहरूले ५५औँ योग केन्द्रले नियमित योग अभ्यासमार्फत समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन र सकारात्मक सोच विस्तार गर्ने विश्वास व्यक्त गरे। योग गुरु गिरिराजले नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि बधाई दिँदै, केन्द्रलाई अझ मजबुत र प्रभावकारी बनाइ लैजाने नेतृत्व क्षमताप्रति पूरा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम जय योग, जय मानवता नारासहित सम्पन्न भएको थियो।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिकाको १७औं नगरसभा सम्पन्न, पूर्वाधारदेखि सामाजिक सुरक्षासम्म प्राथमिकता सहितको नीति तथा कार्यक्रम सार्वजनिक

९ असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —  बारबर्दिया नगरपालिकाले आफ्नो १७औं नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय, सूचना प्रविधिको विस्तार, कृषि, ऊर्जा तथा समावेशी सेवा प्रणालीलाई उच्च प्राथमिकतामा राख्दै दीर्घकालीन तथा समग्र विकासलाई केन्द्रमा राखेको छ।

नगर क्षेत्रका सबै ११ वटै वडामा रहेका अस्थायी तथा जीर्ण काठेपुलहरू विस्थापित गर्दै नयाँ र टिकाउ संरचना निर्माण गरिनेछ। यस्तै, ६ मिटरभन्दा कम चौडाइ भएका सडकहरूमा अब लगानी नगर्ने स्पष्ट नीति लिएको छ, जसले विकासलाई लामो समयसम्म दिगो बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

नगरपालिकाले सबै बस्तीमा इन्टरनेट सेवा विस्तार गर्ने तथा मुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अघि सारेको छ। सूचना पहुँचको अधिकारलाई व्यवहारिक बनाउन यो कदमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भिडियो हेर्नुहोस :

शिक्षालाई आधुनिक बनाउँदै नवप्रवर्तन कार्यक्रम प्रस्तावनाको आधारमा अनुदान दिइनेछ। सुत्केरी बिदामा बसेका शिक्षिकाहरूको विकल्पमा सत्ता शिक्षकको व्यवस्थासमेत गरिएको छ। साथै, समावेशी तथा वातावरणमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था नगरका सबै विद्यालयहरूमा गरिनेछ।

विद्युत सेवा अझ सुदृढ बनाउन प्रयाप्त भोल्टेज सहितको सुविधा बस्ती–बस्तीसम्म पुर्‍याइने नीति अघि सारिएको छ। यो कदम ग्रामीण तथा अर्धशहरी क्षेत्रका उद्योग, शिक्षालय, स्वास्थ्य चौकी र डिजिटल सेवामा प्रत्यक्ष लाभदायक हुने विश्वास गरिएको छ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न पालिकाले आलु, प्याज लगायतका बालीका लागि चिस्यान केन्द्र बनाउने तथा रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने नीति लिएको छ। साथै, कृषकलाई मौसमसम्बन्धी जानकारी घरदैलोमै पुर्‍याउने सूचना प्रणाली विकास गरिनेछ।

दूध संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ भने सहकारीमार्फत कृषकहरूलाई बजारसँग प्रत्यक्ष जोड्ने कार्यक्रम पनि समावेश गरिएको छ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरी महिलालाई घरमै पुगेर गुणस्तरीय सेवा दिने विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने यो नीति सुदूर बस्तीहरूमा अझ प्रभावकारी हुने अनुमान गरिएको छ।

युवाहरूमाझ लोकप्रिय हुँदै गएका खेलहरू — जस्तै पेनकेक सिलाट, कराते, भारोत्तोलन र उस्सु — लाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार र तालिम केन्द्रको व्यवस्था गरिनेछ। स्थानीय स्तरमा प्रतियोगिताहरू सञ्चालन गरेर खेलकुदको विकासलाई थप मजबुत बनाउने योजना पनि यसै कार्यक्रमअन्तर्गत समावेश गरिएको छ।

स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सुदृढ बनाउँदै २४ सै घण्टा सञ्चालनमा ल्याइनेछ। साथै, सार्वजनिक सम्पत्तिको लगत संकलन गरी संरक्षण गर्ने कार्यलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

बारबर्दिया नगरपालिकाको यसपटकको नीति तथा कार्यक्रमले पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वलाई सँगसँगै लिएर अघि बढाउने संकेत दिएको छ। दीर्घकालीन सोच, स्थानीय आवश्यकता र डिजिटल युगको मागलाई सम्बोधन गर्नेगरी बनाइएको नीति कार्यान्वयनमा गएमा नगरवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ।

बिज्ञापन-YM-ADCustom Text

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले बयान लिने

 रिपोर्टिंग नेपाल-२५ श्रावण २०८०,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुले पनि तत्कालिन सरकार समेतको संलग्नता रहेको बयान दिदा पनि बाबुराम भट्टराई र माधव कुमार लाई अनुसन्धानका लागी  कुनै प्रकृया अगाडी बढाईएको थिएन । हाल सर्बोच्च अदालतले उक्त प्रकरणमा निर्णय गराउने निर्णयकर्तालाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हुँदा सोहि अनुसार  सीआईवीले पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिन गर्ने भएको छ । सर्बोच्च अदालतको निर्णय पश्चात माधव कुमार नेपाल विदेश भ्रमणमा निस्कियका छन । उक्त प्रकरणमा पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार,चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ लगायतलाई  पक्राउ पुर्जी जारी भएको छ ।

बिज्ञापन-YM-ADCustom Text

अपूरणीय क्षति : बाँसगढीका कुशल व्यवसायी तथा लोकप्रिय नेता विपिन पौडेल अब हामीबीच रहेनन्

१५  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति तथा सफल व्यवसायी विपिन पौडेलको सिंगापुरमा निधन भएको छ।

पार्टीका अनुसार पौडेल व्यक्तिगत भ्रमणको क्रममा सिंगापुर गएका थिए। त्यही क्रममा बिरामी परेका उनले होटलमै ज्यान गुमाएका हुन्।

रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले जानकारी दिँदै भने, “उहाँ साउन १ गते सिंगापुर जानुभएको थियो। आज साउन १५ गते फर्कने टिकट थियो। दुर्भाग्यवश उतै बिरामी भइ १३ गते होटलमै निधन भएको खबर प्राप्त भएको छ।”

४६ वर्षीय पौडेल बर्दियाको बाँसगढीमा स्थापित एक व्यवसायी तथा समाजसेवी थिए। उनी रास्वपामा प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै जिल्ला सभापतिको जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

पार्टीका नेताहरूले पौडेलको निधनलाई अपूरणीय क्षति भनेका छन्।
शव नेपाल ल्याउन आवश्यक कागजी प्रक्रिया तथा कानुनी औपचारिकता पूरा गरिनु पर्ने भएकाले केही समय लाग्ने जानकारी प्राप्त भएको छ।

ReportingNepal.com परिवार स्व. पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ।

बिज्ञापन-YM-ADCustom Text

वडा नं. ७ को नवनिर्मित कार्यालय भवनको भव्य उद्घाटन सम्पन्न

१६  असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दिया   —  बारबर्दिया नगरपालिका वडा नं. ७ मा नवनिर्मित वडा कार्यालय भवनको भव्य उद्घाटन समारोह आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमका सभाध्यक्ष वडा नं. ७ का वडा अध्यक्ष इन्द्र बहादुर चौधरी रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु तथा विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख रत्नकुमारी पाण्डे उपस्थित हुनुहुन्थ्यो। साथै, कार्यक्रममा नगरका ११ वटै वडाका अध्यक्षहरूको गरिमामय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि नगर प्रमुख छबिलाल थारुले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो,
“स्थानीय सरकार जनताको पहुँचमा पुग्ने सरकार हो। त्यसैले सेवा सरल, प्रभावकारी र समयमै उपलब्ध गराउने संरचना निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता हो। वडा नं. ७ को यो नवनिर्मित कार्यालय भवन त्यसैको प्रतिफल हो।”

उहाँले थप भन्नुभयो, “हामीले यो भवनको निर्माण सार्वजनिक टेण्डर प्रक्रियाबाट पारदर्शी रूपमा सम्पन्न गरेका छौं। यो भवन जनताको साझी सम्पत्ति हो, यसलाई जिम्मेवारीका साथ संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।”

नगर उपप्रमुख रत्नकुमारी पाण्डेले भन्नुभयो , “जनताको सेवा सुविधा सहज र सर्वसुलभ होस् भन्ने उद्देश्यले हामीले वडास्तरमै कार्यालय भवनहरू निर्माण गरिरहेका छौं। यस भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास लिएको छु।”

वडा अध्यक्ष इन्द्र बहादुर चौधरीले आफ्नो भनाइमा भन्नुभयो, “पुरानो वडा कार्यालय साँघुरो मात्र नभई वर्षाको समयमा पानी पस्ने समस्या अत्यन्तै ठूलो थियो, जसले गर्दा कार्यालयबाट नियमित सेवा प्रवाहमा कठिनाइ आइरहन्थ्यो। अहिलेको यो नयाँ भवनले ती सबै समस्याको समाधान गर्दै जनतालाई सहज र सम्मानजनक सेवा दिने वातावरण तयार पारेको छ।”

आजको उद्घाटन कार्यक्रममा वडा नं. ७ का सक्रिय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, युवा, महिला समूह र आम नागरिकहरूको उल्लेखनीय उपस्थिति हाम्रो लागि गर्वको कुरा हो। हाम्रो वडामा विकास निर्माणका हरेक प्रयासमा जनताको सहभागिता रहँदै आएको छ — चाहे त्यो सरसफाइ अभियान होस्, विद्यालय सुधार, सडक मर्मत होस् वा सामाजिक सचेतना कार्यक्रमहरू। म यस अवसरमा वडावासी जनताप्रति विशेष धन्यवाद दिन चाहन्छु जसले हामीलाई सधैं साथ दिनु भएको छ।”

हामी सबैको सहकार्य, एकता र सकारात्मक सोचले वडा नं. ७ लाई सेवा, विकास र समृद्धिको दिशामा अघि बढाइरहेको छ। यही भावना अझै बलियो बनोस् भन्ने कामना गर्दै, म भविष्यमा पनि यस्तो निरन्तर जनसहभागिता र विश्वास कायम रहोस् भन्ने अपेक्षा गर्दछु।

समाजसेवी दयालाल रिजाल, जसले सिउनिया आधारभूत स्वास्थ्य केन्द्रको लागि २६० वर्ग मिटर  जग्गा दान गर्नुभएको थियो, SEE परीक्षामा बारबर्दिया नगरभित्रका सामुदायिक विद्यालयमध्ये प्रथम स्थान हासिल गर्न सफल श्री जनता माध्यमिक विद्यालय रम्मापुरका प्रधानाध्यापक रामप्रसाद ढकाल र  वडा नं. ७ को भवन समयमै निर्माण सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका दीप निर्माण सेवाका सञ्चालक देबचन्द्र रानालाई बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छबिलाल थारु र उपप्रमुख श्रीमती रत्नकुमारी पाण्डेको संयुक्त उपस्थितिमा दोसल्ला ओढाइ र सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको छ ।

समारोहमा नगरका जनप्रतिनिधि, शिक्षक, समाजसेवी, पत्रकार, महिला समूह, युवा र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको