डोलि चढी सार्बजनिक

२२ श्रावण २०८०

माया प्रेममा धोका कसले कसरी दिन्छ भन्ने बारे समसामयिक बिसयमा तयार पारियको तिमि गयौ डोलि चढी भन्ने म्युजिक भिडियो उच्च गुणस्तरमा तयार पारी याल्ड मुन ग्रुप प्रा .लि. को आधिकारिक युट्युब च्यानल Yald Moon बाट सार्बजनिक गरियको छ ।
आकर्षक कलर सन्योजन गरि तयार पारियको उक्त म्युजिक भिडियो मा सृष्टि परियार र मिलन बिक को मुख्य भुमिका रहेको छ भने क्यामेरामेन भुपेन्द्र मल्ल , निर्देशन बिबश चौधरी , निर्माता लक्ष्मी पुन र सम्पादन तथा कलर सन्योजन याल्ड मुन ग्रुप प्रा.लि.का सन्चालक यशु केसि को रहेको छ ।
सो तिमी गयौ डोलि चढी भन्ने गीतको सब्द मानस केसि को सङीत हिमाल सागर को र सङीत संयोजन सन्जय हमालको हो भने स्वोर विभिन्न थारु तथा नेपाली आधुनिक गीत गाइसकेका चर्चित गायक देब कुमार चौधरीको रहेको छ ।

त्यस्तै उक्त एउटा फूल नामक गितको रचना तथा संगित पुर्ण चौधरीको, म्युजिक एरेन्ज पुरुषोत्तम सुबेदिको रहेको र स्वर शिवराज घर्तीको रहेको याल्ड मून ग्रुपका प्रबन्ध निर्देशक यशु के सीले बताउनुभयो ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दियामा दालमोट तथा चिप्स उत्पादनसम्बन्धी १० दिने सीपमूलक तालिम सम्पन्न

१० जेष्ठ  २०८२  – रिपोर्टिंग नेपाल 
बारबर्दिया नगरपालिकाले गरिबी निवारण तथा स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन गरेको १० दिने दालमोट तथा चिप्स उत्पादन तालिम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम २०८२ साल जेठ १ गतेदेखि १० गतेसम्म बारबर्दिया नगरपालिका वडा नं. ६, जयनगर, बर्दियामा सम्पन्न भएको हो। यस तालिमको आयोजना बारबर्दिया नगरपालिकाको उद्यम विकास शाखाले गरेको थियो।

तालिममा स्थानीय महिलाहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागी प्रशिक्षार्थीहरूले मिक्स दालमोट, केराउ दालमोट, आलु चिप्स, केराको चिप्स लगायत सातवटा परिकार बनाउन सिके। एक सहभागीले भनिन्, “हामीले स्वादिलो र गुणस्तरीय आइटम बनाउन सिक्यौं। अब मुख्य चुनौती बजार व्यवस्थापन कसरी गर्ने भन्नेमा सोच्दैछु।”

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छबीलाल थारुले सहभागीहरूलाई बधाई दिँदै भन्नुभयो ,“पारिवारिक कलहको एउटा प्रमुख कारण आर्थिक पक्ष हो। जब पुरुष र महिला दुवैले समान रूपमा आय आर्जन गर्न थाल्छन्, पारिवारिक तनाव स्वतः कम हुन्छ। त्यसैले हामीले युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएका छौं।”

उहाले  थप्नुभयो ,
“अब तपाईंहरूले सिकेको सीपअनुसार सफा, गुणस्तरीय दालमोट र चिप्स उत्पादन गर्नुहोस्, र आफ्नै वरिपरिका स्थानीय पसल तथा बजारमा बिक्री सुरु गर्नुहोस्। परिश्रम र मेहनतलाई अगाडि राख्नुहोस्, सफलताको ढोका खुल्नेछ।”

तालिम अवधिभर प्रशिक्षार्थीहरूले आफैँले बनाएका परिकारहरू तालिम समापन कार्यक्रममा उपस्थित अतिथिहरूलाई उपहारस्वरूप प्रदान गरेका थिए, जसले उनीहरूको व्यावहारिक सीप र आत्मविश्वास झल्काउँथ्यो।

कार्यक्रममा नगर प्रमुख साथै  प्रमुख प्रशासकीय अधिकृत टिका नाथ गोसाई, लेखा अधिकृत, नगर प्रवक्ता तथा वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समापन अवसरमा सहभागी सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

बारबर्दिया नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता उत्पादनमुखी तालिममार्फत स्थानीयस्तरमा स्वरोजगार सृजनालाई प्राथमिकता दिने जनाएको छ।

बिज्ञापन-YM-ADCustom Text

प्रमुख जिल्ला अधिकारी शर्मा लाई ध्यानाकर्षणपत्र

१८ असोज २०८१ l बर्दिया l हिन्दु धर्ममा महान पर्बका रुपमा मनाइने चाड दशै नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनाहरुको नियन्त्रणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिनुपर्ने र चाडपर्वको बेला राज्यप्रशासन चनाखो भै आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध गर्दै नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले संयोजक रमिता थारुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मा लाई ध्यानाकर्षणपत्र बुझाएको छ। यातायात क्षेत्रमा यात्रु ठगिने,कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने अवस्था तथा जुवातास लगायतका घटना रोक्नु पर्ने माग गर्दै ५ बुदे ध्यानाकर्षणपत्र बुझायको हो l ध्यानाकर्षणपत्रको पूर्णपाठ पढनुहोस :

श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय बर्दिया ।

विषयः ध्यानाकर्षणपत्र

यतिबेला बहुसंख्यक नेपालीहरुले मनाउने दशै, तिहार र छठपर्वको पूर्वसन्ध्यामा हामी छौ । देश र विदेशबाट समेत आफ्‌नो घर फर्किने क्रम बढ्दो छ। यातायात क्षेत्रमा चाप बढेको कारण यात्रुहरुले सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यति मात्रै होइन दुर्घटनाहरु समेत बढ्न सक्ने देखिन्छ । साथै, चाडपर्वमा सामानको खपत उच्च हुने हुँदा बजारमा सामानहरुको खरिदक्रम पनि उच्च हुँदै गएको छ । यसै मौकामा सामान खरिद-विक्रिमा बदमासीहरुपनि उच्च हुने गरेका छन्। मूल्य, तौल र गुणस्तरमा ठगिने, मिसावट हुने, कालोबजारी गर्ने, सामानको अभाव सिर्जना गर्ने लगायतका समस्याहरु देखिदै आएका छन् । समाजमा चोरी डकैति हुने, जुवा तास खेल्ने, अधिक मदिरा सेवन गर्ने, झैझगडा गर्ने समस्याहरुपनि चाडबाडकै बेला उच्च हुने गरेका छन्। यस बर्दिया जिल्लामा व्यापारिक नाका समेत भएको कारणले गदां सीमा नाकामा विभिन्न किसिमका अवैध कारोबार बढ्ने, तस्करी हुने र लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा प्रयोग उच्च हुने गरेका छन्। आफ्‌नो सास्कृतिको जगेनां गर्नु सचन पाटो हो तर पछिल्लो समय चाडपर्व भड़िकिलो र खर्चिलो गरी मनाउने गलत प्रचलन समेत समाजमा बढ्दै गए‌को छ। यि लगायत चाडबाडकै मौका छोपी हुण्डीको कारोबार समेत बढ्ने गरेका घटना हामीले झेल्दै आएका छौ ।

हाम्रो संगठन आफ्‌नो स्थापनाकालदेखि विद्यार्थीका हक अधिकारका साथै आम जनजीविकाका सवालमा समेत दिलोज्यानले सक्रिय रहेको कुरा सबैमा विदितै छ। यसै सन्दर्भमा नजिकिदै गरेको चाडपर्वको बेला राज्यप्रशासन चनाखो हुन र आफ्नो भुमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्न अनुरोध सहित हाम्रो संगठन तपशीलको विषयमा प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

तपशील
१) यातायात क्षेत्रमा कडाई पूर्वक निगरानी सहित यात्रु ठगिने, दुर्घटना बढ्ने अवस्थाको अन्त्य गरियोस् ।

२) बजार अनुगमनलाई तीव्र र प्रभावकारी ढंगले अगाडी बढाइयोस् । एकाधिकार, कालोबजारी, महंगी तथा उपभोक्ता ठगिने र सामान अभाव हुने अवस्थाको अन्त्य गरियोस् ।

३) चाडपर्वकै बेला समाजमा बढ्न सक्ने लुटपाट, चोरी डकैति, कैझगडा लगायतवाट जनताको सम्पत्ति र जिउको उचित सुरक्षा प्रदान गरियोस् ।

४) लागू औषधको कारोवार र प्रयोग तथा सीमा नाकामा हुने अवैध कारोचार, तस्करी, जुवातास लगायतका घटना रोक्न विशेष अभियान सञ्चालन गरियोस् ।

५) रेडियो टिभि र सामाजिक सञ्जाल मार्फत चाडबाड केन्द्रीत सामाजिक सचेतना मूलक प्रचार कार्यलाई व्यापक बनाइयोस् ।

बिज्ञापन-YM-ADCustom Text

कोहलपुर–२ मा क्रमिक विकासका प्रयास: वडाध्यक्षको जनमुखी प्रतिबद्धता

२८  बैशाख २०८२ ✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बाके 

कोहलपुर नगरपालिका–२, जहाँ नगरभित्रकै करिब १८ देखि २० प्रतिशत जनसंख्या बसोबास गर्छ, लामो समयदेखि भोट बैंकको रुपमा मात्रै हेरिँदै आएको आरोप सर्वसाधारणले लगाउँदै आएका छन्। तर, पछिल्लो समय वडाध्यक्षको सक्रियताले केही सकारात्मक संकेत देखिएको छ।

वडाध्यक्षका अनुसार संघीयता कार्यान्वयनको आठ वर्ष नजिकिँदा पनि वडामा अझै वर्षातको समयमा हिलोमय बाटोमा हिँड्न बाध्य जनताका गुनासा टड्कारो छन्। यद्यपि, वडामा समानुपातिक बजेट व्यवस्थापन रहे पनि चुनौतीहरू स्पष्ट छन्।

मैले हार मानेको छैन,” वडाध्यक्ष बताउँछन्, “जनताको आवश्यकता पहिचान गर्दै, क्रमिक रुपमा विकासका काम अघि बढाइरहेका छौं। गाउँ–गाउँमा पुगेर जन गुनासो सुन्दै, सबैसँग हातेमालो गर्दै, खुसी बाँड्दै अगाडि बढिरहेको छु।”

स्थानिय स्तरमा सिंहदरबारको सेवा पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको संघीय शासन प्रणालीप्रति जनताको विश्वास बलियो बनाउने दिशामा वडाध्यक्षको प्रयास उल्लेखनीय छ। उनी भन्छन्, “जनतामा संघीयताप्रतिको विश्वास घट्दै गएको देखिन्छ, तर विश्वास दिलाउन चाहन्छु कि सेवा विकास दिन सकिन्छ।”

उनको यो अभिव्यक्तिले नेतृत्वको प्रतिबद्धता मात्र नभई, जिम्मेवारीप्रतिको समर्पण पनि झल्काउँछ।

बिज्ञापन-YM-ADCustom Text

“इज्जतमै चोट पुग्यो!” — सतखोलुवा बोरिङ योजनामा मिडियाले खन्यायो झुटको तेजाब ! अध्यक्ष चन्कु थारु भन्छन

जेष्ठ  २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता

“म दोषी थिइन, म भ्रष्ट थिएन ! तर मिडियाको एक भ्रामक भिडियोले म एक सोझो थारुको वर्षौको इमान र जनसेवाको भावना माथि प्रश्नचिन्ह लगाइदियो! भिडियो हेरेर ताली पिटनेहरुले बास्तबिकता बुझेनन् र बुझ्न पनि चाहेनन् ” – बारबर्दिया नगरपालिका वडा नम्बर ९ , सतखोलुवा बोरिंग योजनाका उपभोक्ता समिति अध्यक्ष चन्कु  थारु भन्छन ।

सतखोलुवा तालमा पानी भर्ने वडाध्यक्षको सपना, आरोपको भुमरीमा फस्यो

चन्कु थारुका अनुसार  : पर्यटकीय स्थल सतखोलुवा ताल क्षेत्रमा नगरपालिकाको सहयोगमा बोरिंग निर्माण गरिएको थियो। योजना सकिएपछि परीक्षण गरी पानी आएको पुष्टि पनि गरिएको थियो। तर, बोरिंगमा बिद्युत अभाव र प्राविधिक कारणले केही समय प्रयोगमा आउन नसकेको अवस्था कसैले नबुझी, एउटा भिडियो मात्रको भरमा योजनालाई भ्रष्टाचारको लेप लगाइयो।

जसले पानी दिन खोज्यो , उसैलाई डुबाइयो आरोपमा !

सतखोलुवा बोरिङ योजना कुनै सामान्य योजना थिएन। पर्यटकीय स्थल सतखोलुवा तालमा बाह्रै महिना पानीले भरिभराउ गराउने वर्षौं देखिको योजनालाई सम्बोधन गर्ने यो योजना वडाको  पहल, नगरपालिकाको सहयोग, अनि स्थानीय मेहनतबाट बनेको थियो तर मिडियाका कारण जे भयो त्यसपछि, त्यो न त विकासको कथा हो, न त न्यायको। एक सामाजिक सञ्जालमा अपलोड गरिएको अनुसन्धान बिनाको छोटो समयमा तयार गरिएको  भ्रामक भिडियोले  यस्तो आगो सल्कायो, जसले सिंगो योजनाको छवि, अध्यक्षको चरित्र र समितिको भरोसा नै खरानी बनायो।

भिडियो बन्यो हतियार, पत्रकार बने न्यायाधीश ! : चन्कुको आक्रोस

केही यस्ता मिडिया समूहले, जुन समाचारभन्दा वाइरल चाहन्छन्, जो तथ्यभन्दा थम्बनेलमा विश्वास गर्छन्, उनीहरूले सतखोलुवा योजनामा पानी नआएको क्षणलाई कैद गरे, तर पानी कहिले आयो, किन रोकियो, कसरी समाधान खोजियो — केही भनेनन् । यदि पत्रकारितालेनै निर्दोषको इज्जत खेलवाड गर्‍यो भने — कसले गर्छ न्याय?

उपभोक्ता समितिका अध्यक्ष थारुको गहिरो पीडा – “म गलत थिइन, तर मेरो इज्जतमा दाग लगाइयो”

सत्य के हो त ? : चन्कुको जवाफ

  • १४० मिटर बोरिंग गरि सकिएपछि नगरपालिकाले प्राविधिक निरीक्षण गर्‍यो।
  • जेनेरेटरमार्फत मोटर चलाइ परीक्षण गर्दा पानी राम्रोसँग आएको थियो।
  • त्यसपछि मात्र योजना पास भई करिब २२ लाख भुक्तानी गरिएको थियो।
  • तर बिद्युत लाइन नहुँदा बिगत केहि महिना बोरिंग नचलेको हो – कुनै अनियमितता होइन!
  • बोरिंग चलाउन पर्ने भन्दै स्थानीयको गुनासोपछि वडा अध्यक्षको पहलमा ट्रान्सफरमर ल्याइयो, लाइन जोडेपछि बोरिंग विद्युतबाट चलाइयो।
  • दक्ष प्राबिधिक बिना मोटरमा बिद्युत लाइन जोड्दा पानी कम आयो, समितिले तुरुन्तै निर्माण कम्पनीलाई जानकारी दियो।
  • कम्पनीले लाइनको समस्या हुनसक्ने बताएर प्राविधिक पठाउने आश्वासन दिएको थियो।

यिनै प्राविधिक समस्याका बीचमा पानी कम आयको बेला खिचिएको भिडियोको आधारमा भ्रामक रिपोर्ट सार्वजनिक गरियो, जसले योजना मात्र होइन अध्यक्ष र सम्पूर्ण उपभोक्ता समितिलाई नै बदनाम गरिदियो।

 

चन्कु थारु भन्छन पत्रकारले मेरो भिडियो त खिचे  तर ,  आफ्नो व्यक्तिगत धारणालाइ प्राथमिकतामा समेटे

सञ्चारकर्मीको प्रश्नमा उपभोक्ता समितिका अध्यक्षले स्पष्ट रुपमा भनेका थिए:यसमा कुनै अनियमितता छैन, पानी नआउनुको कारण लाइनको भोल्टेज समस्या हो तर दु:खद कुरा – यो भनाइको बेवास्था गर्दै मैले बुझाउन खोजेको कुरा भन्दा पनि पत्रकारले आफ्नो धारणा , आशंका र आरोपलाई प्राथमिकता दिए । यस्तो  दोषारोपण गरिनु कुनै हालतमा उचित होइन।

चिन्कु थारु प्रश्न गर्छन तपाइँ पत्रकार कि पक्षपाति ?

पत्रकारले खबर बनाउँदा दुवै पक्षको भनाइ लिनु अनिवार्य हुन्छ। तर जब सोधिएको भनाइलाई नजरअन्दाज गरेर आफ्नै धारणा मात्र देखाइन्छ, त्यो पत्रकारिता होइन – आरोपको मुखुण्डो लगाएको व्यक्तिगत रिस वा पूर्वाग्रह मात्र हो।

समाचार मात्र होइन, ‘चरित्र हत्याको हतियार बन्यो यो भिडियो! : पिडा पोख्छन चन्कु  

सामान्य लागे पनि यो भिडियोको असर एउटा इमानदार व्यक्तिको जीवनभरि पुर्‍याउने क्षति हो। एकपल्ट आम मानिसले “भ्रष्ट हो!” भनेर बुझिसकेपछि त्यसलाई फिर्ता गराउन शब्दको कुनै शक्ति हुँदैन। गलत थिएन, तर मेरो परिवार, समाज, चिन्ने–जान्ने सबैले माथि शंका गर्न थाले। अब ती मिडियाले त्यो दाग पखाल्न सक्छन् ?”

 चन्कु थारुको भनाइ :  सत्य नबुझी समाचार बनाउनु – पत्रकारिता होइन, अपराध हो!

सार्वजनिक बजेट र जनताको हितमा गरिएको योजना र त्यससँग सम्बन्धित कार्यहरूबारे समाचार बनाउँदा गहिरो अनुसन्धान, तथ्य संकलन र दुबै पक्षको धारणा आवश्यक हुन्छ। यस घटनामा नगरपालिका, उपभोक्ता समिति, निर्माण कम्पनी र स्थानीयको भूमिका महत्वपूर्ण रहेको देखिन्छ।

सतखोलुवा तालमा गरिएको बोरिङबारे उठाइएका प्रश्नहरूबारे उपभोक्ता समितिको स्पष्ट भनाइ छ – “भुक्तानी परीक्षणपछि मात्रै गरिएको हो, यसरी समाचार लेख्दा सन्तुलन र निष्पक्षता कायम राख्नु पत्रकारिताको मुख्य जिम्मेवारी हो। बोरिङको पानी आउनु वा नआउनु प्राविधिक परीक्षणको विषय हो –  हामीले ठेकेदारलाई रकम भुक्तानी गरेको हो काममा म आफै खटिए, यसमा मा दोसी कसरि ? चन्कु थारु भन्छन ।

सतखोलुवा बोरिंग योजना द्वारा सिचाई  सुविधा दिन खोज्दा, भ्रान्तिको लहर चलाइयो। अब चाहिएको छ – सत्यको लहर, जहाँ तथ्य बोल्छ, र इमानदारको इज्जत फर्काइन्छ। 

बिज्ञापन-YM-ADCustom Text

लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरीले गर्‍यो सार्वजनिक

०२ असार २०८२, रिपोर्टिंग  नेपाल ,मकवानपुर – मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ मा अवैध लागुऔषध तथा हातहतियार लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले संयुक्त अपरेशन सञ्चालन गरी एक व्यक्तिलाई पक्राउ गरेको छ।  जेठ ३१ गते करिब ७ बजे साँझ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले घर खानतलासी गर्दा लागुऔषध, हतियार र गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको हो।

प्राप्त विवरण अनुसार राजु स्याङतानको घर अगाडि निजलाई फेला पारेर खानतलासी गर्दा सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एमएमको Universal made in Italy लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन १ थान, र १३ राउण्ड गोली फेला पारिएको थियो।

गोठको दोस्रो तलाको मकैको खोस्टा र पत्करभित्र कपडामा बेरेर राखिएको झोलाभित्रबाट अर्को कटुवा पेस्तोल १ थान, ८ एमएम लेखिएको १२ राउण्ड गोली, अफिमजस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ, र २२ किलो ८०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानको क्रममा राजु स्याङतानको घरबाट करिब ५०० मिटर टाढा रहेको चन्द्रलाल मोक्तानको बारीमा, आँपको रुखको फेदमा प्लास्टिकमा बेरेर लुकाइएको सेतो झोलाबाट थप कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली, र अफिमजस्तो देखिने १ किलो ४८० ग्राम पदार्थ पनि बरामद गरिएको छ।

प्रहरीले बरामद भएको सबै लागुऔषध र हतियार प्रमाणको रूपमा संकलन गरी राजु स्याङतानलाई लागुऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, यो अवैध कारोबार स्थानीय स्तरमा मात्र नभई ठूलो गिरोहसँग सम्बन्धित हुन सक्ने सम्भावना पनि रहेको छ।

बिज्ञापन-YM-ADCustom Text

बारबर्दिया नगरपालिका एचपीभी खोप अभियान : किशोरी छात्राहरुलाई २२ गते देखि खोप लगाइने

बारबर्दिया, २०८१ माघ ११ गते – बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले एचपीभी (Human Papillomavirus) खोप अभियान २०८१ को शुरुवात गर्दै, यस अभियानलाई सफल बनाउन नगर प्रमुख छबिलाल थारुको अध्यक्षतामा एक अभिमुखीकरण र अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ,उक्त गोष्ठीमा नगर खोप समन्वय समितिका पदाधिकारीहरु, संचारकर्मीहरु र विभिन्न सरोकारवाला व्यक्तिहरु सहभागी थिए। गोष्ठीमा विभिन्न सरोकारवालाले अभियानको सफलता सुनिश्चित गर्नका लागि समन्वय र साझा प्रयासको महत्त्वलाई जोड दिए।

यस गोष्ठीको मुख्य उद्देश्य एचपीभी (Human Papillomavirus) खोप अभियानको बारेमा जनचेतना फैलाउन र यस अभियानको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरुसँग सहकार्य गर्नु थियो l

बारबर्दिया नगरपालिकाले एचपीभी खोप अभियान अन्तर्गत बारबर्दिया नगरपालिकाको निजि तथा सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय छाडेका १० देखि १४ वर्षका किशोरीलाई लक्षित गरेको छ। २२, २३, २४ र २५ गते यो खोप विद्यालयलाइ पाएक पर्ने नजिकैको  स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने छ।

स्वास्थ्य शाखा प्रमुख गोविन्द्र पौडेलले गोष्ठीमा एचपीभी खोप अभियानको बारेमा स्पस्ट पार्दै   शिक्षक, सरोकारवाला एवं संचारकर्मीहरुले एचपीभी खोपको प्रचार प्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै, एचपीभी खोपको महत्व र फाइदा बारे जानकारी गराउनुभयो ।

एचपीभी (Human Papillomavirus) खोप एक प्रकारको भाइरस विरुद्धको खोप हो, जसले गर्भाशयको  मुखको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट सुरक्षा प्रदान गर्दछ। एचपीभी भाइरस किशोरीहरूको शरीरमा प्रवेश गर्नबाट रोक्न यस खोपको महत्त्व अत्यधिक छ। यो खोप प्राय: किशोरीहरूलाई दिइन्छ, ताकि भविष्यमा उनीहरूले गर्भाशय मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्न सकून्।

समापनको क्रममा  नगर प्रमुख छबिलाल थारुले भन्नु भयो , “खोप अभियानको सफलता सबैको सहभागितामा निर्भर गर्दछ। हामी सबैको जिम्मेवारी हो कि यस अभियानलाई सफल पार्न कुनै पनि लक्षित किशोरीलाई खोपबाट बन्चित हुन दिनु हुँदैन।” उहाले थप्नुभयो , “हामीले प्रत्येक किशोरी र छात्रालाई खोप लगाउन प्रेरित गर्नका लागि स्थानीय समुदायका सबै सदस्यहरु, विद्यालयका शिक्षकहरु, र स्वास्थ्यकर्मीहरु सक्रिय हुनु जरुरि छ ।” खोप नलगाउँदा एचपीभी भाइरसको संक्रमणको सम्भावना बढ्न सक्छ, जसको परिणामस्वरूप गर्भाशय मुखको क्यान्सर जस्ता गम्भीर रोगहरु उत्पन्न हुन सक्छ। त्यसैले सबैलाई खोप लगाउन प्रेरित गरिनु अत्यन्त आवश्यक छ। यो खोप निशुल्क उपलब्ध छ।

 यस खोप अभियानको प्रभावकारिता जनचेतना र समुदायका सबै सदस्यहरुको सक्रिय सहभागीतामा निर्भर गर्दछ । नगर खोप समन्वय समितिका पदाधिकारी , शिक्षक , सरोकारवाला एवं संचारकर्मीहरुले यस अभियानका बारेमा किशोरीहरुलाई अझ बढी सचेत बनाउने कार्य महत्वपूर्ण छ । यस अभियानको सफल कार्यान्वयनले भविष्यमा किशोरीहरूको स्वास्थ्यको हिफाजत गर्नेछ र गर्भाशय मुखको क्यान्सरजस्ता गम्भीर रोगहरूबाट बच्न मद्दत पुर्याउनेछ।

बिज्ञापन-YM-ADCustom Text

बाँसगढी नगरपालिकाको संविधान विरोधी निर्णय …?

भरत परियार, बर्दिया – ३१ भाद्र २०८१

सङ्घर्षको आँधीबेहरीमा जन्मिएको अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हो । शिक्षामा आमूल रूपान्तरणका लागि राजनीतिक सत्ताको समग्र रूपान्तरणको वैज्ञानिक सत्यप्रति स्पष्ट र दृढ रहँदै वर्तमानमा आमशैक्षिक सुधारका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गरिरहेको छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा खरो उत्रिन सक्ने सडक बाघको रुपमा स्थापित हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) ले विद्यार्थी आन्दोलनको गौरवमय विरासत कायम गर्न र नयाँ इतिहास निर्माण गर्न अनवरत सडक संघर्षको नेतृत्व गदै आइरहेको छ l हाल हाम्रो संगठनले नेपालको शिक्षा क्षेत्रमा विद्यमान निजीकरण, माफियाकरण र व्यापारीकरणका विरुद्ध देशैभरी Mission Everyday Campaign-2 अभियान सञ्चालन गरिरहेको छ ।

   शिक्षालाई मौलिक अधिकारको रूपमा राज्यले कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनमा शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका विचमा चरम विभेद छ। पैसाको तौल अनुसार शिक्षा किन्नुपर्ने व्यापारीक वस्तु बन्न पुगेको छ। नेपालको शिक्षा निजिकरण, व्यापारीकरण हुँदै अकुत नाफा कमाउने विशाल बजारका रूपमा दुरुपयोग भएको छ। शिक्षा आम जनताको पहुँचबाट टाढा हुदै गएको छ आम विद्यार्थीको अधिकारका पक्षमा आवाज उठाउनु र संघर्ष गर्नु हाम्रो कर्तव्य हो। यसै सन्दर्भमा बर्दियाको बाँसगढी नगरपालिकाले अघिल्लो वर्षको SEE को नतिजा देशैभर ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने ५२ प्रतिशत अनुउत्तिर्ण भएका छन् । बर्दिया जिल्लाका ३१ वटा माध्यमिक विद्यालयको रिजल्ट १० प्रतिशत भन्दा कम आएको छ भने ७ वटा विद्यालय निल(शून्य)भएका छन् । 

जिल्ला भरिका ७ वटा सामुदायिक विद्यालयहरुमा एसईई रिजल्ट शुन्य आएको छ । निल नतिजा आएका स्कुलहरुमा जनता माबि बेलवा बाँसगढी, नेरा गणेश माबि मनाउ गेरुवा, लक्ष्मी माबि चेपाङ बाँसगढी,  जनता माबि बठुवा बाँसगढी, अमर सहिद दशरथ चन्द माबि बारबर्दिया, जगदम्बिका माबि शान्तिपुर बढैयाताल र पृथ्वी माबि लखना बाँसगढीमा गरी जम्मा ४ सय ५८ जना विद्यार्थी मध्ये सबै जना अनुत्तीर्ण  भएका  छन् । बाँसगढी नगरपालिकाका मात्रै ४ वटा विद्यालय निल भएका छन् ।  यसरी अनपेक्षित रिजल्ट आएको भन्दै बाँसगढी नगरपालिले नगरपालिका भित्रका सरकारी विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसवापत विद्यार्थीबाट शुल्क उठाउन पाउने व्यवस्था कार्यान्वयनमा ल्यायो । सोही अनुसार सबै विद्यालयले अनिवार्य रुपमा लागू हुने गरी विद्यार्थीबाट मनपरी शुल्क असूल गर्ने काम गरिरहेका छन् । बिद्यालय समयमा कोर्स पूरा नगर्ने, ठिक ढंगले विद्यार्थी लाई नपढाउने, विषयगत शिक्षक दरबन्दी अपुग राख्ने, शिक्षक शिक्षिकाहरुलाई तालीम नदिने, पालिकाले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा नगर्ने तर शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निजीकरणलाई प्रोत्साहन दिने स्थानीय सरकारको नीतिले किसान, मजदुर, न्युन वर्गीय जनताका छोराछोरीलाई विद्यालय शिक्षाबाट वञ्चित गर्ने देखिन्छ ।

यसै पनि देशको अहिलेको शिक्षाको अवस्था हेर्दा हाम्रा विद्यालय ज्ञान, सिप र क्षमता आर्जन गर्ने नभई हातमा सर्टिफिकेट झुन्डाएर बिदेश लखट्ने अर्थात् विदेशी कामदार उत्पादन गर्ने कारखानामा सीमित छन् । तर वार्षिक रिजल्टकै आधारमा सिकाइ उपलब्धि कम भएको भन्दै निरक्षर अभिभावकमा विभिन्न भ्रम पैदा गरी मनपरी शुल्क उठाउने काम भएको छ । राम्रो रिजल्ट ल्याउने वाहानामा भ्रम पैदा गरी सामुदायिक शिक्षालाई ध्वस्त पार्ने र निजीकरणलाई प्रवर्धन गर्ने कार्य कुनैपनि हिसाबले उपयुक्त देखिँदैन । सामुदायिक बिद्यालयमा राज्यले भौतिक पुर्वाधार सहित निःशुल्क  पाठ्यपुस्तक, खाजा नास्ता र विभिन्न सेवा सुविधा सहित दक्ष शिक्षकहरुको व्यवस्थापन गरेको भएता पनि अघिल्लो पटकको रिजल्ट ठिक नआउनुको परिणामस्वरूप अहिले विद्यार्थी र अभिभावकमाथि मनलाग्दी आर्थिक भार थोपरिएको अवस्था छ । यस्तो अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई लगाएत अन्य सरोकारवाला निकाय मुकदर्शक बनिरहेको देखिन्छ ।

हाम्रो संगठनले उक्त प्रकारको शुल्क खारेजीको लागि मौखिक रुपले अनुरोध गर्यो, पालिकाका १४ मध्ये १३ वटा विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराइ ७२ घण्टे अल्टिमेटम सहितको मागपत्र बुझाउने लगायतका कामहरु गर्दा समेत शुल्क खारेजीका निम्ति पालिकाको तर्फबाट कुनै तदारुकता देखिएन बरु मेयरले उल्टै धम्किपूर्ण भाषा प्रयोग गर्ने, हप्काउने, झगडा गर्न तम्सिने जस्ता तुच्छ व्यवहार प्रदर्शन गर्न थाले । फलस्वरुप, भाद्र २४ गते नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न हाम्रो संगठन बाध्य भयो । २४ गते बेलुका र २५ गते विहान मेयर स्वयंले बोलाएको अनौपचारिक वार्तामा समेत हामी बस्यौ, उनले विद्यार्थीका माग सम्बोधन गर्ने कुनै छाटकाट देखाएनन् । भाद्र २५ गते दवाव स्वरुप नगर प्रमुख खड्क बहादुर खड्काको घरमा कालोव्यानर लगाउने र महेन्द्र राजमार्गलाई २० मिनेटको लागि चक्काजाम गर्ने कार्य भए। २६ गते औपचारिक वार्ताको आव्हान गरियो न समस्यालाई हल गर्न कुनै प्रयास गरियो बरु मेयरको निर्देशनमा संगठनले लगाएको ताला फोड्ने काम भयो। यसरी संविधानको व्यवस्था र विद्यार्थीका हक अधिकार कार्यान्वयनका निम्ति हाम्रो संगठनले गरिरहेको शान्तिपूर्ण प्रयासमा नगरपालिकाले तगार हालिदियो । 

विदयार्थीहरुको हक अधिकारको कार्यान्वयन तथा आफ्नो कर्तव्यप्रति सचेत संगठन भएको हैसियतले  विद्यार्थीहरुमाथि भइरहेको लुटको अन्त्य गर्ने प्रयासमा हाम्रो सङ्गठन बर्दिया जिल्ला समिति निरन्तर जुधिरहेको रहेको छ।  नगर प्रमुख भड्काववादी गतिविधिलाई चिर्दै विद्यार्थीको निःशुल्क शिक्षा प्राप्तिको अधिकारलाई कार्यान्वयन गर्ने गरी विद्यार्थी आन्दोलनको तयारी गर्नु अहिले बर्दिया जिल्ला समितिकाे प्रमुख समेत कार्यभार हो ।

भरत परियार {अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इञ्चार्ज हुन् }

बिज्ञापन-YM-ADCustom Text

बर्दिया जिल्लामा प्रथमपटक जुनियर पेनकेक सिलात प्रतियोगिता सुरु

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

२०८१ चैत्र २५, बर्दिया – आत्मरक्षा, अनुशासन र मानसिक–शारीरिक मजबुतीलाई अभिव्यक्त गर्ने मार्शलार्टको विधा मध्ये   पेनकेक सिलात खेल पनि अब बर्दियामा लोकप्रिय बन्न थालेको छ।

बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर खेलमैदानमा पहिलो पटक जिल्लास्तरीय जुनियर पेनकेक सिलात प्रतियोगिता भव्य रूपमा उदघाटन भएको छ। पेनकेक सिलात संघ बर्दियाको आयोजनामा तथा बारबर्दिया नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगितामा बर्दिया जिल्लाका विभिन्न पालिकाबाट ५८ जना महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता आज चैत्र २५ गते उदघाट भएको  छ भने भोलि २६ गते  सम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिता विभिन्न तौल समूहमा वर्गीकृत गरिएको छ , जसमा २५–३०, ३१–३५, ३६–४०, ४१–४५, ४६–५० र ५१–५५ केजीका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा हुनेछ । बारबर्दिया, गेरुवा, बासगढी लगायतका पालिकाबाट खेलाडीहरु उपस्थित हुनुका साथै  राजापुर नगरपालिका बाट १७ जना गोजुरियो करातेका खेलाडी समेत सहभागी भएका छन् l नेपाल कराते महासंघको राष्ट्रिय रेफ्री तथा राष्ट्रिय प्रशिक्षक एबम नेपाल कराते महासंघ बर्दियाको उपाध्यक्ष गोजुरियो करातेका प्रशिक्षक तिर्थ रिजालले गोजुरियो करातेका आफ्ना खेलाडीहरुलाई  उपस्थित गराएको जानकारी गराएकाछन  ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढी मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सभाध्यक्षको भूमिकामा पेनकेक सिलात संघ बर्दियाका अध्यक्ष राम बहादुर चौधरी रहेका थिए भने कार्यक्रमको सञ्चालन बिमल सुवेदीले गरेका थिए।

विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष ईन्द्र प्रसाद चौधरी र जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगर तथा विशेष अतिथि पेनकेक सिलात संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिम बहादुर खड्काको उपस्थिति रहेको थियो। नेपाल पेनकेक सिलात संघका सचिव गोबिन्द चौधरीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई प्रसुना चौधरी र साइमाना राणा मगरले  दोसल्ला सहित अतिथिलाइ ब्याच वितरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छविलाल थारुले बारबर्दिया नगरपालिकाले खेलकुदको विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको बताएका थिए। उनले खेलले युवालाई अनुशासित बनाउने र आत्मनिर्भरता प्रदान गर्ने भएकाले यस्ता खेल आवस्यक रहेको भन्दै सहभागी सबैलाई शुभकामना दिएका थिए। यता, जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगरले बारबर्दिया पालिकाको सहयोगमा पेनकेक सिलात संघले गत वर्ष  राष्ट्रिय प्रतियोगिता पनि यही ठाउँमा आयोजना गर्ने अवसर पाएको जानकारी गराउँदै पालिका प्रमुख प्रति आभार प्रकट गरेका थिए। साथै उनले खेलाडीहरूलाई अनुशासित भई खेल्ने सुझाव दिँदै आयोजक समिति र आर्थिक सहयोग गर्ने वडा नं. ७ लाई समेत धन्यवाद दिएका थिए।

प्रतियोगिता सम्पन्न भएसँगै बर्दियामा पेनकेक सिलात खेलको आधार बलियो बनाउने संकेत देखिएको छ। आयोजक संघका अनुसार आगामी दिनमा अझ बढी संख्या र क्षेत्रबाट सहभागिता गराएर प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्ने योजना बनाइएको छ। स्थानीय तहको सहयोग, खेलाडीको सक्रियता र दर्शकहरूको उत्साहले बर्दियालाई आत्मरक्षात्मक खेलको केन्द्र बनाउने विश्वास लिइएको छ।

बिज्ञापन-YM-ADCustom Text

मन्त्रालयको दलाली प्रवृत्ति र निरीह जनता! के यसैका लागी हो गणतन्त्र ल्याएको?

अशोक के.सी.-२२ श्रावण २०८०

हाल कोरोनाले विश्व थलिएको बेलामा नेपाल पनि अछुतो रहन सकेन। यता बिगत ४,५ महिना देखि कहिले लकडाउन त कहिले निषेधाज्ञाको मारमा छन नेपाली जनता र भोकभोकै मर्ने अबस्था आएको छ भने उता सरकार राहतको प्याकेज ल्याएर जनता लाई रोग, भोक र शोक बाट बचाउनु पर्नेमा कमिसन र घुसमा तल्लिन छ।कहिले औषधि खरिदको नाममा भ्रष्टाचार गर्न गराउन तल्लीन रहेको समाचार सुन्नमा आउँछ भने कहिले राहत बितरणमा। कति सहि कति गलत त्यो त छानबिन समिति र अख्तियार अनुसन्धान आयोगले बताउला तर जे होस नैतिकता गुमाएर फेरि सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते एउटा सुचना जारी गरेको देखे। जस्मा भनिएको छ- “कोभिड-१९को संक्रमण बढ्दै गएको पछिल्लो अबस्थामा विभिन्न सपिङ्ग मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग व्यावसायमा संलग्न हुने ब्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवासायिले आफ्नै खर्चमा अनिवार्य PCR परिक्षण गर्नु गराउनुहुन अनुरोध गरिन्छ।” हाम्रो देशमा निजिक्षेत्रका कर्मचारीले सरकारले तोकेको न्युनतम तलब सुबिधा नपाइरहेको अबस्थामा के आफ्ना कर्मचारीको आफ्नै लगानी गरेर PCR परिक्षण गर्देलान त? एउटा गम्भीर प्रश्न खडा भएको छ भने व्यवसायीले पनि सरकारलाई कर तिरेकाछन त्यो करको के यस्तो बिपदको अबस्थामा सबै जनताको निशुल्क PCR परिक्षण गरेर सदुपयोग गर्न मिल्दैन? कि जनताले तिरेको कर संसद, मन्त्रीहरुका लागि तलब भत्ता, काठमाडौंमा घर गाडी किन्नका लागि मात्र हो? प्रत्येक नेपाली जनताको अगाडी यी र यस्तै प्रस्न उब्जाएको छ।

अन्य देशका सरकारले यो कोरोनाको महामारीको अवस्थामा जनतालाई विभिन्न राहतका कार्यक्रमहरु ल्याएका छन। हाम्रो देश नेपालमा भने यहि विषम परिस्थितिका बेला विभिन्न कर्मचारी, मन्त्री, नेताहरू भ्रष्टाचारको आरोप लागेको मात्र सुनिन्छ। के हामी नेपाली जनता निरीह नै हौं? पानी मरुवा नै हौं? हामी बिरगोर्खालि बलभद्र कुवर, भिमशेन थापाका सन्तान होइनौं? अनि हामी सबै नेता का झोले र हनुमान मात्र हौं? के हामिमा सहि र गलत छुट्याउन सक्ने छमता छैन? छ भने ल एक पटक छतिमाथी हात राखौं, सोचौं र भनौं त के स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते जारी गरेको जनताले आफ्नै लगानीमा PCR परिक्षण गर्नुपर्ने भन्ने यो सुचना ठिक छ? जनताको हितमा छ?

यस्तो महामारीको अबस्थामा सरकारले राहत बाड्नुपर्ने र जनता भोक भोकै मर्ने अवस्था आउन नदिनु पर्नेमा सरकार कर उठाउनमा ब्यस्त छ। व्यङ्क ब्याज उठाउनमा ब्यस्त छ। सबै जनताको निशुल्क सरकारले स्वास्थ्य परिक्षण गरि जनता र देशलाई कोरोनाको डर र चिन्ता बाट मुक्त गर्नुपर्नेमा जनता आफैले परिक्षण गर्नुपर्ने भनेर सूचना निकाल्छ। के यसैकालागी हो गणतन्त्र ल्याएको………?

बिज्ञापन-YM-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको