बर्दिया जिल्लामा प्रथमपटक जुनियर पेनकेक सिलात प्रतियोगिता सुरु

बिज्ञापन-ATCustom Text

✍️ रिपोर्टिंग नेपाल – संवाददाता, बारबर्दिया

२०८१ चैत्र २५, बर्दिया – आत्मरक्षा, अनुशासन र मानसिक–शारीरिक मजबुतीलाई अभिव्यक्त गर्ने मार्शलार्टको विधा मध्ये   पेनकेक सिलात खेल पनि अब बर्दियामा लोकप्रिय बन्न थालेको छ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर खेलमैदानमा पहिलो पटक जिल्लास्तरीय जुनियर पेनकेक सिलात प्रतियोगिता भव्य रूपमा उदघाटन भएको छ। पेनकेक सिलात संघ बर्दियाको आयोजनामा तथा बारबर्दिया नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगितामा बर्दिया जिल्लाका विभिन्न पालिकाबाट ५८ जना महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता आज चैत्र २५ गते उदघाट भएको  छ भने भोलि २६ गते  सम्म प्रतियोगिता संचालन हुनेछ ।

प्रतियोगिता विभिन्न तौल समूहमा वर्गीकृत गरिएको छ , जसमा २५–३०, ३१–३५, ३६–४०, ४१–४५, ४६–५० र ५१–५५ केजीका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा हुनेछ । बारबर्दिया, गेरुवा, बासगढी लगायतका पालिकाबाट खेलाडीहरु उपस्थित हुनुका साथै  राजापुर नगरपालिका बाट १७ जना गोजुरियो करातेका खेलाडी समेत सहभागी भएका छन् l नेपाल कराते महासंघको राष्ट्रिय रेफ्री तथा राष्ट्रिय प्रशिक्षक एबम नेपाल कराते महासंघ बर्दियाको उपाध्यक्ष गोजुरियो करातेका प्रशिक्षक तिर्थ रिजालले गोजुरियो करातेका आफ्ना खेलाडीहरुलाई  उपस्थित गराएको जानकारी गराएकाछन  ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढी मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सभाध्यक्षको भूमिकामा पेनकेक सिलात संघ बर्दियाका अध्यक्ष राम बहादुर चौधरी रहेका थिए भने कार्यक्रमको सञ्चालन बिमल सुवेदीले गरेका थिए।

विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष ईन्द्र प्रसाद चौधरी र जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगर तथा विशेष अतिथि पेनकेक सिलात संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिम बहादुर खड्काको उपस्थिति रहेको थियो। नेपाल पेनकेक सिलात संघका सचिव गोबिन्द चौधरीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई प्रसुना चौधरी र साइमाना राणा मगरले  दोसल्ला सहित अतिथिलाइ ब्याच वितरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छविलाल थारुले बारबर्दिया नगरपालिकाले खेलकुदको विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको बताएका थिए। उनले खेलले युवालाई अनुशासित बनाउने र आत्मनिर्भरता प्रदान गर्ने भएकाले यस्ता खेल आवस्यक रहेको भन्दै सहभागी सबैलाई शुभकामना दिएका थिए। यता, जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगरले बारबर्दिया पालिकाको सहयोगमा पेनकेक सिलात संघले गत वर्ष  राष्ट्रिय प्रतियोगिता पनि यही ठाउँमा आयोजना गर्ने अवसर पाएको जानकारी गराउँदै पालिका प्रमुख प्रति आभार प्रकट गरेका थिए। साथै उनले खेलाडीहरूलाई अनुशासित भई खेल्ने सुझाव दिँदै आयोजक समिति र आर्थिक सहयोग गर्ने वडा नं. ७ लाई समेत धन्यवाद दिएका थिए।

प्रतियोगिता सम्पन्न भएसँगै बर्दियामा पेनकेक सिलात खेलको आधार बलियो बनाउने संकेत देखिएको छ। आयोजक संघका अनुसार आगामी दिनमा अझ बढी संख्या र क्षेत्रबाट सहभागिता गराएर प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्ने योजना बनाइएको छ। स्थानीय तहको सहयोग, खेलाडीको सक्रियता र दर्शकहरूको उत्साहले बर्दियालाई आत्मरक्षात्मक खेलको केन्द्र बनाउने विश्वास लिइएको छ।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here