]काठमाडौंको टेकुमा तास खेलिरहेका सात जनालाई करिब चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्मर १२ टेकु स्थित कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउला लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । नगद तीन लाख ८६ हजार २ सय रूपैयाँ ताससहित पक्राउ गरेको हो।
१४ मंसिर २०८०, बर्दिया | मिति २०८० मंशिर २२ गतेका दिन बारबर्दिया नगरपालिका वडा नम्मर ४ पदनाहा स्थित श्री पाञ्चजन्य माध्यमिक विद्यालय को ६१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यताकासाथ मनाईएको छ ।
कार्यक्रमको अध्यक्षता यसै बिद्यालय का वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारू र विशिष्ट अतिथिमा बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा बारबर्दिया नगरपालिकाका निबर्तमान मेयर दुर्गा बहादुर थारु (कबिर), प्रमुख प्रशासकीय अधिकृत धर्म राज न्यौपाने, वडा नम्मर ४ का वडा अध्यक्ष सिताराम योगी, वडा नम्मर ५ का वडा अध्यक्ष लाल बहादुर थारुले आशनग्रहण गर्नुभयको थियो । अतिथिहरुमा बारबर्दिया नगरपालिकाको विभिन्न वडाहरुका पूर्व वडा अध्यक्षहरु लगायत विभिन्न आमन्त्रित व्यक्तिहरु हुनुहुन्थ्यो ।
पाञ्चजन्य माध्यमिक विद्यालयको प्रधानाध्यापक शोभा आचार्यको स्वागत मन्तव्य पश्चात पानसमा दिप प्रज्वोलन गरि ब्यानर बाचन गरेर प्रमुख अतिथी बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारूले कार्यक्रमको समुदघाटन गर्नुभयको थियो ।
कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरुले विद्यालयको सम्वृद्धिको र सफलताको कामना गर्दै आवश्यक परेमा सहयोग गर्ने बाचा र प्रतिबद्धता सहित सुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।
बिदयार्थी भाइबहिनी हरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नुका साथै गित गायर मनोरंजन प्रदान गरेका थिय । विद्यालयले एस.ई.ई. २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्र नयन थारु र छात्रा बबिता थारु , विद्यालय भवन निर्माण उपभोक्ता समिति संयोजकहरु, विद्यालयलाइ सहयोग गर्ने सामुदायिक बन समुहहरु , पूर्व शि.अ .संघका सदस्यहरु , पूर्व प्र.अ., पूर्व शि.अ .संघका संयोजक, पूर्व वि.व्य.स अध्यक्ष, सबैभन्दा धेरै विद्यालयमा उपस्थित हुने कर्मचारी तथा शिक्षक, २० वर्ष भन्दा बढी समय निरन्तर सेवारत शिक्षक तथा कर्मचारी , नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये अंग्रेजी बिषयमा उत्कृष्ट जिपिय ल्याउने , यसै पाञ्चजन्य माध्यमिक विद्यालय भित्र सबै बिषय मध्ये नेपाली बिषयमा उत्कृष्ट जिपिय ल्याउनेहरुलाइ सम्मानित गरेको थियो ।
कार्यक्रम स्टेजको पूर्व तर्फ सोहि विद्यालको अलग अलग कक्षाका बिदयार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखियको थियो । प्रदर्शनीमा राखियको शैक्षिक सामाग्रीहरुमध्ये उत्कृष्ट सामाग्री निर्माण गर्ने बिदयार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेपश्चात कार्यक्रमको अध्यक्षता गर्नुभयको वि.व्य.स अध्यक्ष चिरन्जीवी ज्ञवालीले आफ्नो मन्तब्य राखी कार्यक्रम समापन भयको घोषणा गर्नुभयको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले बहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेको तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्न नसकेको यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक भयको बताउनुभयो l
संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं तर दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह भै सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारणछन l मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्म अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन् । पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ, भन्दै महरले सत्ताको नेतृत्व कर्ता दल नेकपा एमाले तर्फ सांकेतिक प्रस्न तेर्साएका छन् l
बहुमतको सरकार निर्माण गर्न गाह्रो हुदा सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र विकास नहुदा जनता निराश भए, लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ l नेपालमा संविधान संसोधनको बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले पनि स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ l
पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न हुदैन l हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो । पुन: पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो । त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउन नहुने महरको सुझाव छ।
माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याउदै कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ। २०४६ सालपछि प्राय: सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन । राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।
यदि तपाई कहिल्यै समुन्द्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुहुन्छ भने तपाईले त्यहाँ देख्नुहुन्छ- त्यस निर्जन टापुमा नरिवलका अग्ला अग्ला रुखहरु खडा छन् । भएन त अचम्म ? आखिर यो त्यस टापुमा कसरी पुग्यो ?
के तपाईंलाई थाहा छ- त्यस नरिवलले बिलकुल प्रतिकुल वातावरणमा एउटा असम्भब लाग्ने यात्रा गरेको छ ? के तपाईंलाई लाग्छ- त्यससंग कुनै नक्सा थियो ? थिएन । न त त्यस नरिवलसंग कुनै नक्सा थियो, न आजकलको उपकरण जस्तो कुनै जिपिएस नै थियो । यस्तो पनि हैन कि ऊसंग त्यहाँसम्म पुग्नको लागि कुनै डुङ्गा वा ईन्जिन थियो । तर, साँचो त यहि हो- यो लामो र दुर्गम यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई जरुरत पर्नै सबै थोक थियो । समुन्द्रमा जीवित रहनको लागि सफा पानीको जरुरत हुन्छ, साथै जब त्यो नरिवल कतै किनारा तिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई सफा पानी नै चाहिन्छ ।
यस पूरा यात्राका क्रममा नरिवल आफू भित्र मीठो पानीले भरिईरहन्छ । नरिवलको जटायुक्त खोल पुरै यात्राको दौरान एक रक्षा कवच हुनुका साथै तैरिनमा उसलाई सहयोगी हुन्छ । यसैकारण नरिवल पानीमा डुब्दैन, पानीको सतह भन्दा माथि तैरिईरहन्छ र डुङ्गाको पालले जस्तै हावाको बेगलाई पनि समात्ने काम त्यो जटाले गर्दछ ।
बडा उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तब्य तिर अघि बढ्दै रहन्छ । रुखबाट झरेर सागरको फिँजयुक्त छालद्वारा बारम्बार तरङ्गित भैरहन्छ । यसले बारम्बार खुला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब यो नरिवल सागरमा पुग्दछ अनि तत्काल सागरको छाल र हावाको गति समातेर आफ्नो गन्तब्य स्थलतिर बढिरहन्छ । कहिल्यै सोच्नुभएको छ- यति बिशाल सागरको बीचमा प्रचण्ड छालहरुको झापड सहेर यो सानो नरिवल बिलकुलै आत्तिदैन । मानवले बिशालकाय जहाज, ट्याङ्कर, पनडुब्बी आदि बनाएका छन् तर जब समुद्रमा तुफान आउँछ ति ठूला ठूला जनयानहरु पनि नजिकको बन्दरगाहमा शरण लिन्छन् र आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् । तर, यो नरम नरिवलले त्यसो गर्दैन । हरेक तेज छाल संगसंगै माथि उछालिन्छ र हरेक दोश्रो छालसंगै तल पछारिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तै काम गर्दछ जो एक किसिमले यस यात्रामा सहयोगी बन्न जान्छ ।
एक दिन समुन्द्रको कुनै ठुलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा हुरर्याईदिन्छ । त्यो नयाँ ठाउँमा पुगेर यो नरिवलले चुपचाप आफ्नो जरा फिजाउँछ र एक दिन यस्तो पनि आउनेछ- त्यस नयाँ ठाउँमा नरिवलको एउटा रुख आफ्नो फललाई फेरि पनि समुन्द्रका छाललाई सुम्पिनका लागि तयार हुनेछ ।
जे जति पनि नरिवलसंग छ, त्यसले बढी भन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ, कुनै हिचकिचाहट बिना, केहि नसोचीकन यस्ता हरेक अवसरहरुलाई समात्छ, जो उसले पाउँछ र अन्ततः त्यो त्यस ठाउँमा पुग्न सफल हुन्छ, जहाँ उसले आफूलाई फेरि पनि सृजना गर्न सक्छ, फेरि स्थापित गर्न सक्छ ।
हामीसंग पनि ती सम्पूर्ण जरुरी ताकत छन्, ती तमाम शक्ति छन्, जसको सहि प्रयोग गरेर हामी त्यस लक्षित बिन्दुलाई, त्यस स्थानलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामी आफू भित्रको त्यो स्थान प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ जहाँ सहि अर्थमा, हामी आफै आफूसंग, पूर्ण सहजताका साथ, पुरै शांतिका साथ त्यस आनन्दलाई अनुभूति गर्न सक्छौँ- जो हामी भित्रै छ । ( साभार- Splitting the Arrow by Prem Rawat )
१४ कार्तिक २०८०, काठमाडौँ– भारती मानन्धर का श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैद सुनायाका(रिगल) योगराज ढकाल विरुद्ध को रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । चेतन मानन्धर को हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेल बाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । चेतन मानन्धरकी पत्नी ले आफ्नु श्रीमानको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका अपराधी लाई आठ बर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् । उक्त रिटमा भारतीले रिगल भन्ने योगराज ढकाल ,महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ लाई समेत विपक्षी बनाएकी थिइन् । बांके नेपालगन्ज–१६ ज्योति सिम्ताली होटल अगाडी मैन रोडमै रिगल सहितको करिब १५ जनाको समूहले चेतन ढकालको हत्या गरेको थियो । चेतन ढकालको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । रिगल लाई २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो। तर संविधान दिवसको अवसर परि रिगल लाई बाकी सजाय माफ गरियको थियो । उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो । हाल सम्म पनि न्याय नपायकोले भारतीले श्रीमानको न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।
३० चैत्र २०८०, बर्दिया | बर्दिया जिल्लाको बढैयाताल गाउपालिका भित्र रहेका निजि तथा सामुदायिक बिधालयहरुले सन्चालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षामा केहि बिधालयहरुले १ जना बिधार्थी पनि उत्तीर्ण गराउन सकेका छैनन । पालिका भित्रका परिक्षा संचालन भयका निजि तथा सामुदायिक जम्मा २७ बिधालय मध्ये एक जना पनि उत्तिर्ण गराउन नसकेको असफल बिधालय ७ वटा रहेका छन भने १ जना विद्यार्थी मात्र उत्तिर्ण हुने बिधालय ५ वटा र २ जना मात्र विद्यार्थी उत्तिर्ण हुने बिधालय यौटा रहेको छ । एक जना विद्यार्थी पनि उत्तिर्ण गराउन नसकेको बिधालयहरुमा जगदम्बिका मा वि जमुनी , सरस्वती नेरा आवि सोरहवा , नेरा आ वि गोब्रपुर , प्रगति आ वि मैनापोखर , युवक आ वि बोकटिया, मयुर आ वि मयुरबस्ती , मुन लाइट एकेडेमी परेकाछन भने १ जना मात्र विद्यार्थी उत्तीर्ण हुने बिधालयहरु भवानी मा वि सेमरा , नेरा इ भु मा वि बढैयाताल , शारदा मा वि मैनापोखर, जय कालिका मावि मुनालबस्ती , मुक्त कमैया आ वि जनता नगर रहेका छन ।
केहि समय अगाडि यसै गाउपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई भ्रस्टाचार गरेको आरोपमा नेकपा क्रान्तिकारीले कालोमोसो समेत दलेको थियो l
१५ कार्तिक २०८०, काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी दुइ जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लियको छ ।जसमा एक भारतीय नागरिक र एक नेपाली रहेको छन्|
प्रहरीले गोलि प्रहार गर्दा भारतको ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् भने झापाका हर्क लिम्बु लाई नेपाल प्रहरी ले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियर तलासी लिदा एउटा पेस्तोल र २ सय ग्राम ब्राउन सुगर बरामद भएको जानकारी मा आयको छ । नेपाली नागरिक हर्क लिम्बु भारतिय नागरिक मोहमद करिमका सहयोगी भएको बुझिएको छ।
लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।
१८ कार्तिक २०८०, जाजरकोट| पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो राति ११ बजेर ४९ मिनेटमा गयको भूकम्पमा परेर हाल सम्म १२८ जनाको ज्यान गएको जानकारी प्राप्त भयको छ |
दुई जिल्ला जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ भने १४० जना भन्दा बढी घाइते भएका छन्।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र उद्धार तथा खोजमा नेपाल प्रहरी केन्द्रित रहेकोछ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू उद्धार कार्यमा खटिएका छन् साथमा हेलिकोप्टर परिचालन गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त ६.४ म्याग्निट्यूड भूकम्प गयको थियो भने पछि पनि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास लगायत अन्य जिल्ला हरुमा भूकम्पको धक्का महसुस गरियको थियो |
नेपाल भ्रमणको लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका हुन् । गुटेरेसलाई स्वागत गर्नका लागि पराराष्ट्रमंत्री नारायणप्रकाश साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले गुटेरेसलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । महासचिव एन्टोनियो गुटेरेस नेपालमा ४ चारदिने औपचारिक भ्रमणकालागि आयका हुन् । महासचिव एन्टोनियो गुटेरेस आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शिष्टाचार भेट गरेका छन् । महासचिव एन्टोनियो गुटेरेस पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का , नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसंग छुट्टाछुट्टै भेटवार्ता गर्ने योजना रहेको छ । भेटवार्ता पश्च्यत महासचिव एन्टोनियो गुटेरेस ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्ने छन । महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साझ रात्रिभोजको आयोजना छन उक्त रात्रिभोजमा सास्कृतिक कार्यक्रम समेत गरिने छ। भोली गुटेरेस नाम्चे ,अन्नपुर्ण आधार सिविर पोखरा ,र लुम्बिनी भ्रमण जाने छन। मङ्गलबार दिउसो ०४ बजे गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेपाल भ्रमणमा आएका गुटेरेस नेपालको दिगो विकास,जलवायु परिवर्तन, शान्ति प्रक्रिया लगायतका बिषयमा छलफल गर्ने मन्त्रालयले जनायको छ ।
महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामाऔपचारिक भ्रमणकालागी नेपालआएका हुन।