रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्यण गरेका छन् । उक्त रकम आफुले पाउने ६ महिनाको सेवा सुविधा बाट प्रदान गर्ने निर्यण गरेका हुन् ।
मेयर खाँले उक्त घटनाबाट पिडित र क्षति प्रती दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुलाई पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भने हेतुले सहयोग गरेको बताउनु भयो ।
नगर प्रमुख इश्तियाक अहमद खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ भन्ने उधेश्यले सहयोग गर्नलागेको बतायका छन ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालयले दियको जानकारी अनुसार नगर प्रमुख इश्तियाक अहमद खाँले सहयोग गरेको रकम नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने या दुवै जिल्लाको विपद् व्यवस्थापन कोष मा जम्मा गरिदिने छन ।
एउटा मानिस थियो । उसले कसैको कुभलो चिताउदैन थियो । आफ्ना आराध्यदेव प्रति सधै निहुरन्थ्यो, सम्मान प्रकट गर्थ्यो । एक पटक उसले आफ्नो भगवानसंग गम्भीर प्रार्थना गर्यो “हे भगवान मेरो ईच्छा पूर्ण गरिदिनु होस् ।” त्यो पुकारलाई भगवानले पनि सुन्नुभएछ । ध्यानदृष्टिले हेर्दा कुनै कुराको अभावमा त्यो भक्त निकै नै दुखी भएको महसुस गर्नुभएछ । अनि भगवानले नजिकै आएर दर्शन दिनुभयो र सोध्नुभयो ” म तिम्रो कुन ईच्छा पूरा गरिदिऊँ ? भन।” उसले भगवानको प्रार्थना गर्दै भन्यो ” प्रभु ! मेरो आर्थिक अवस्था निकै कमजोर छ, एउटा राम्रो जागिर पाउन पाए हुन्थ्यो” ।
संसार भरी नै भगवानका भक्तहरुले आफ्ना आवश्यकता र अभावहरु पूरा गराउन भगवानसंग बरदान माग्ने गर्छन् । यो भक्तले पनि कुनै राम्रो नोकरीको बरदान माग्यो । भगवानले पनि “तथास्तु” भन्नु भयो। त्यसपछि उसलाई जागिरको अफर आयो। राम्रो जागीर पायो र खुसी खुसी दिनहरु बिताउन थाल्यो । त्यो मानिस केहि बर्ष त खुसी नै देखियो तर बिस्तारै बिस्तारै उसको खुसी कम हुदै गयो । पाँच सात बर्ष पछि त ऊ निकै चिन्तित र उदास देखिन थाल्यो । आफ्नो भक्त चिन्तामा डुबेको देखेर भगवान फेरि त्यस मानिसको नजिकमा आउनु भयो र सोध्नुभयो ” कस्तो चलिरहेको छ ? राम्रो नोकरी पाएका छौ, फेरि किन चिन्तित देखिन्छौ ? तिम्रो अरु कुनै ईच्छा बाँकी छ ?” अनि उसले भन्दछ “प्रभु मेरो अब एउटै ईच्छा बाँकी छ, मेरो आफ्नै एउटा घर भैदिएको भए हुन्थ्यो । यहि चिन्ताले मलाई सताईरहेको छ प्रभु ।” भगवानले फेरि उसलाई बरदान दिनु भयो र अन्तर्ध्यान हुनुभयो। केहि समय त त्यो ब्यक्ति खुसी नै भयो तर फेरि बिस्तारै बिस्तारै उसको अनुहार मलीन देखिन थाल्यो । बिस्तारै बस्तारै चिन्तामा डुब्न थाल्यो । आफ्नो आराध्य देवलाई सम्झन थाल्यो, मनमनै पुकारा गर्न थाल्यो “हे प्रभु मेरो चिन्ता हरण गरिदिनुहोस् ।” फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नु भयो ” अब फेरि के भयो ? किन मलाई बोलाएको ? फेरि कुनै ईच्छा जाग्यो कि के हो भक्त ?” हो प्रभु ! अब मेरो एउटै ईच्छा बाँकी छ । मेरो यो एक्लो जिन्दगी निक्कै नै कष्टकर बनेको छ । सबैथोक हुँदा हुदै पनि एक्लोपनले मलाई आनन्द नै छैन । अब हजुरको आशीर्वादले मेरो एक असल कन्यासंग बिवाह हुन पाए अति नै उत्तम हुने थियो प्रभु ।” ल ठिक छ! तिम्रो बिवाह पनि भैहाल्नेछ । अरु कुनै बाँकी छ माग्नुपर्ने भने भनी हाल ।” ” छैन प्रभु मलाई अब यति भए पुग्छ । हजुरको जय होस्।” त्यस भक्तले भन्यो । भगवानले तथास्तु भन्दै अलप हुनुभयो । त्यसपछि उसका दिनहरु आनन्दले बित्न थाले । घरको सारा काम धन्दा पत्नीले गर्थिन् भने ऊ जागीरमा जान्थ्यो । नोकरीमा पनि तरक्की हुदै गयो । ऊ यतिबेला सम्म ठूलो अफिसर भैसकेको थियो । पाँच छ बर्ष सम्म अनि आनन्द र सन्तोषका साथ बितिरहेको जिन्दगीमा फेरि चिन्ताका भावहरु देखा पर्न थाले । भित्र भित्रै मन कुटुकुटु खान थाल्यो । पत्नीको अनुहार पनि मलीन देख्न थाल्यो । अनि फेरि भगवानलाई बोलाउने निधो गर्यो र प्रार्थना गर्यो । फेरि पनि भगवान प्रकट हुनुभयो र सोध्नुभयो ” अब फेरि के चाहियो ?” “प्रभु हजुरको कृपाले मलाई सबैथोक पुगेको छ। तर अहिले आएर फेरि मलाई एउटा चिन्ताले सताईरहेको छ प्रभु । दिन पर दिन पत्नीको अनुहारमा पनि मलीनता बढ्दै गएको देख्छु । अरु छिमेकी र समवयका मित्रहरुको घरमा बच्चाहरू खुसीले चिच्याएको आवाज गुञ्जिरहेको हुन्छ। तर मेरो घर सधै सुनसान हुन्छ, समशान जस्तो। त्यसैले प्रभु! १-२ वटा बच्चाको चाहना जाग्यो प्रभु । मेरा पनि बालबच्चा होउन् । अब यो आखिरी ईच्छा पनि पूरा गरिदिनु हवस् ।” भगवानले यो ईच्छा पनि पूरा गरिदिनु भयो।
अब उसको जिन्दगीमा बालबच्चा पनि आए। सधै खुसी नै खुसी। नोकरीमा पदोन्नति, तलवमा बृध्दि। बच्चाहरु पनि ठूला भएर स्कूल जान थाले । स्कूलको पढाइ सकेर कलेज गए । त्यहाँबाट पनि ग्राजुयट भएर आ-आफ्नो रुची अनुसार पेशा अपनाएर कमाउन पनि थाले । अब त त्यो भक्त अरु खुसी हुनुपर्ने हो तर अझै पनि ऊ खुसी हुन सकेन । सधै कुनै न कुनै चिन्ताले खिन्न भैरहेको अनुभव उसले गर्न थाल्यो । यति बेला सम्म ऊ बुढो भैकेको थियो । जागीरबाट पनि रिटायर्ड भैसकेको थियो । राम्रोसंग आखा पनि देख्न नसक्ने, कान पनि सुन्न नसक्ने भयो । हिडडुल गर्न पनि समस्या, उठबस गर्न पनि समस्या, सुत्न पनि समस्या, सुतेर उठ्न पनि समस्या, यस्तै भैरहेको थियो । फेरि एक दिन भगवान आउनु भयो र सोध्नु भयो ” के छ तिम्रो हालचाल ? सबै ठिकठाक त छ ? कि कुनै ईच्छा अझै बाँकी छ ?” उसले अनुहार मलीन बनाउदै भन्यो “हे भगवान! यो सबै थोक हुँदा हुदै पनि मनमा शांति छैन । हजुरको कृपादृष्टिले जागिर घर पत्नी बालबच्चा प्रमोशन धन दौलत सबै कुरा सम्पन्न छ । छोराछोरीहरु आ-आफ्नो लाईनमा लागिसकेका छन् । मलाई कुनै कुराको अभाव छैन प्रभु । तर यो मनमा कुनै न कुनै कुराले अशांति भैरहन्छ । सबै भन्दा ठूलो कुरा त शांति रहेछ प्रभु । अब मेरो आखिरी ईच्छा यहि छ कि मलाई शांति मिलोस् । प्रभु! अब मलाई शांति दिनुहोस् ।” भगवानले मुस्कुराउँदै भन्नु भयो ” यो कुरा तिमिले पहिले नै मागेको भए कति राम्रो हुन्थ्यो । होईन र ? तिमि त पहिलो दिन मै शांति माग्न चाहन्थ्यौ तर तिमिले जागिर घर पत्नी बालबच्चा र सम्पत्तिमा नै शांति देख्यौ। वास्तबिक शांति ती कुराहरुमा निर्भर छैन भन्ने कुरा तिमिले बुझ्न सकेनौ । यो कुरा बुझ्न तिमिलाई यतिका समय लाग्यो । जीवनको उत्तरार्धको पनि डिलमा आईपुग्दा बल्ल तिमिलाई थाहा भयो कि शांति नै प्रमुख चिज हो । शांतिको अभावमा सबै कुरा क्षणिक र अधुरो नै हुन्छ । काश ! यो कुरा तिमिले पहिलो भेट मै मागेको भए! ल ठिक छ, अन्तिम अवस्था नै सहि, अब तिमिलाई आत्मिक शांति पनि प्राप्त हुनेछ, तथास्तु ” । भगवान अन्तर्ध्यान हुनुभयो । (प्रेम रावतजीको शांति संदेशबाट भावानुबाद)
शांति त जीवनको सबै भन्दा पहिलो आवश्यकता हो । जन्म देखि मृत्यु सम्म सधैभरि शांतिको उत्तिकै महत्व छ । शांति त बुढेसकालमा पो चाहिन्छ त ! शांतिको लागि अहिले हाम्रो समय होईन भन्ने गरेको पनि सुनिन्छ तर त्यसो होईन । जन्म देखि मृत्यु सम्म हरेक पल पलमा शांतिको उत्तिकै महत्व र जरुरत छ । शांति छैन भने जीवनमा कुनै पनि कुराले आनन्द दिन सक्दैन । त्यस कारण मानिसको पहिलो आवश्यकता नै शांति हो । मन मस्तिष्कमा शांति छ भने मानिस जे जस्तो अवस्थामा पनि खुसी र सुखी रहन सक्छ । हरेक कठिनाईहरुसंग शाहसका साथ मुकाबिला गर्न सक्छ र जीवनमा सफलता हासिल गर्न सक्छ । यदि जीवनमा शांति छैन भने उसले कुनै प्रगति गर्न सक्दैन । जीवनमा कुनैपनि सफलता हासिल गर्न सक्दैन । शांति खलबलिन जाँदा मानिसहरुले अकालमृत्यु पनि रोज्ने गर्छन् । त्यसकारण शांतिको महत्व बुझेर जीवनमा शांति कसरी स्थापना गर्न सकिन्छ र कसरी शांति बनाईराख्न सकिन्छ भन्ने बिषयमा बुझ्न आवश्यक छ l
१४ कार्तिक २०८०, बारा | बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरि हत्या गरियको घटना प्रति खेद प्रकट गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गरि यस घटना को कडा निन्दा र भर्त्सना गर्नुभयको छ ।
बाल एकता माध्यमिक विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रुपेश सराफ माथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । स्थानीयका अनुसार दुई मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल सर्राफमाथि गोली चलाएका थिए र रुपेश सर्राफ सडकमै ढलेपछि उनीहरु दक्षिण तिर भारततर्फ भागेका थिए । गोली लागेका घाइते रुपेश सर्राफ उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले यस घटना को कडा निन्दा र भर्त्सना गर्दै प्रेस बिज्ञप्ति जारि गरेको छ ।
बिज्ञप्तिमा यसो लेखियको छ :
बारा जिल्लाको कलैयामा संचालित बाल एकता मा वि को संचालक प्रिन्सपल रुपेश सराफ ज्यूलाई दिनदहाडै अग्यात समूहद्वारा विद्यालय नजिक गोलि प्रहार गरि निर्मम हत्या गरेको कायरतापूर्ण कार्यको कडा शब्दमा निन्दा गर्दै घोर भर्त्सना गर्दछौ | विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहादै हत्या भएको घटनाले विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरि प्रशासन निरिह रहेको प्रमाणित हुन्छ |
प्र.अ. सरॉफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्रनै शोकाकूल बनेको छ। यस दुखद घडिमा हामी मृतक सराफ प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्दछौ।
यस हत्याको विरोदमा मिति २०८० कार्तिक १४ गले मङ्गलवार मधेश प्रदेशका नेशनल प्यासन अन्तर्गतका सम्पूर्ण विद्यालयहरु बन्द रहनेछ । निज को हत्यामा सँलग्न दोषिलाई यथाशिघ्र पक्राउ गरि पिडितलाई न्याय दिलाउन सम्बन्धित निकायसंग अपिल गर्दछौ। न्याय दिलाउन ढिलासुस्ती भए थप चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जानकारि गराउँदछौ ।
आज यमपञ्चक को दोस्रो दिन कार्तिक २६ गते नरक चतुर्दसी कुकुर तिहार र एवम लक्ष्मी पुजा ( गाई तिहार) परेको छ।
कुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन पर्दछ । कुकुरलाई यमराजको दूत मानिन्छ त्यसैले यस दिन मृत्युका देवता यमराजलाई खुशी पार्न कुकुरको पूजा गर्ने गरिन्छ।
प्राचीन संस्कृत महाकाव्य महाभारतका अनुसार पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा कुकुरलाई पनि साथमा लगेर गयका थिए | पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग स्वर्ग जानको लागी हिमालय चढने क्रममा युधिष्ठिर र कुकुरबाहेक अन्य सबै बाटोमा लडेर मरे। तर युधिष्ठिर र कुकुर स्वोर्गको द्वार पुगे | राजा इन्द्रले उनलाई स्वागत गरे । इन्द्रले स्वागत गर्ने क्रममा युधिष्ठिरलाइ स्वर्ग मा जादा कुकुरलाई छोड्नु पर्ने शर्त राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।
यमराज कुकुरको रुपमा आएका थिए | युधिष्ठिरको जवाफा सुनेर र कुकुरको रुप धारण गरेर आयका यमराजले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र युधिष्ठिरको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए। तेसकारण कुकुरलाई यमराजको रुपमा पुजा गर्ने चलन छ | कुकुरलाई यमको दूत मानिन्छ र यमराजलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।
हिन्दुहरुले मृत्युलाई पिडा र नकारात्मक रुपमा होइन सकारात्मक रूपमा हेर्ने विश्वास गर्नाले नेपाली हिन्दू परम्परामा कुकुरको पूजा गर्दछन । म्र्त्यु भै नरकमा प्रवेश गर्ने हरुलाई नरकको यातनाबाट कुकुरहरूले जोगाउनेछन् भन्ने आशा गर्छन्
कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।
कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।
आज कै दिन लक्ष्मी पुजा पनि परेको हुदा आगन कोठा सबै सरसफाई गरि बिशेस गरि गाई को गोबर ले र रातो माटो ले घर आगन बाट पुजा गर्ने कोठा सम्म लिपेर माटा को दीपक (दियो) बनाएर चामल को पिठो र अबिर ले माता लक्ष्मी को पैतला को प्रतेक छाप मा माटा को दीपक (दियो) जलाएर आगन देखि मुलढोका हुदै पुजा कोठा सम्म धनधान्य कि देवी माता लक्ष्मी को पाईला बनाई लक्ष्मी प्रवेश गर्ने बाटो बनाईन्छ। घर आंगन मा दीपक, मैनबत्ती, विभिन्न प्रकार का लाइटका बत्ती बालेर चारै तिर झिलिमिली परिन्छ , घर आंगन मा चवाल को पिटो र अबिर ले रंगोली बनाउने गरिन्छ ।
आज लक्ष्मी पुजाको दिन साझ धन धान्य की देवी माता लक्ष्मीको पुजा गर्ने घरमा भयका सम्पूर्ण द्रव्य, गरगहना,श्रीसम्पति लाई लक्ष्मी गणेश र सरस्वती को स्थापना गरेर पुजा गरिन्छ । लक्ष्मीपुजाको दिन माता लक्ष्मी पृथ्बी लोक मा आउने र आशिष दियर जाने भन्ने आस्था पनि छ ।
आज र विभिन्न प्रकारका रोटि र मिठान्नहरु बनाई चडाउने गर्दछन् ।
र विभिन्न प्रकारका सेल रोटि अर्सा ,अनारस मिठान्नहरु बनाई चडाउने गर्दछन् र पटका हरु फुलझरी हरु सब को अनुहार मा खुसीका रोनक देखिन्छन । साझ लक्ष्मी पुजा गरेर साझा देखि युवायुवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँचौ दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालको भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो तर पछी कालान्तरमा गयर बलिराजाको भलो होस् भन्ने शब्द समयक्रममा रुपान्तर भई भैलो हुन आएको पनि भन्ने भनाइ छ ।
२२ जेष्ठ २०८१, बर्दिया | बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्मर ४ घोरपिट्टामा २ पालिका बारबर्दिया र गुलरिया अन्तर्गतको वार्ड स्तरीय पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिताको संचालन भैरहेको छ l
हिजो २१ गतेका दीन प्रमुख अतिथि प्रदेश सभासद माननीय राजकुमार थारुको प्रमुख आतिथ्य, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु र सामाजिक बिकाश डिभिजन कार्यालय बाकेका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको बिशेष आतिथ्यमा उदघाटन भयको हो l अतिथिमा वडा नम्मर ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिताराम योगीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रमको आयोजक क्लब श्री शिव शक्ती युवा क्लब ४ घोरपिट्टाका अध्यक्ष ओम प्रकाश थारुले गर्नुभयको थियो l
कार्यक्रम संचालनको निम्ति प्रदेश सभासद माननीय राजकुमार थारुको पहलमा सामाजिक बिकाश डिभिजन कार्यालय मार्फत आर्थिक सहयोग गरेको कार्यक्रमको अध्यक्ष ओम प्रकाश थारुले जानकारी गराउनु भयो l
१५ कार्तिक २०८०, पोखरा | अन्नपूर्ण बेसक्याम्पमा सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको निधन भएको छ । मृत्यु हुने प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगाना घान्द्रुक चौकी इन्चार्ज हुन् |
हिजो कार्तिक १४ मंगलबार अन्नपुर्ण बेसक्याम्पबाट फर्किएर माछापुच्छ्रे गाउँपालिका-११ का वडाध्यक्षको घरमा बसेका असई ढुंगानालाइ आज बिहान श्वासप्रस्वासमा समस्या आएपछि उपचारका निम्ति हेलिकप्टरमार्फत पोखरा अस्पतालमा ल्याइएको थियो तर असई ढुंगानाको निधन भैसकेको अस्पतालले घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी गराउनु भयो ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि कार्तिक १२ गते अन्नपूर्ण बेस क्याम्पमा खटिएका घान्द्रुक चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ ।
०६ श्रावण २०८२, रिपोर्टिंग नेपाल ,काठमाण्डौ | निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्बन्धी घुस काण्डमा अनुसन्धान भइरहेका बेला उक्त प्रकरणमा भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको संलग्नता पनि देखिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, पोखराका एक व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरी नगद रकम मागेको प्रमाण फेला परेको छ। ती व्यक्तिले अडियो र म्यासेजमार्फत सम्पूर्ण विवरण सुरक्षित राखेका थिए, जसमा श्रेष्ठले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ, ड्राइभरलाई पठाइदिऊँ?’ भन्ने म्यासेजसमेत गरेकि थिईन ।
त्यसै क्रममा पूर्वमन्त्री श्रेष्ठले आफ्नो निजी सुरक्षा अधिकृत (PSO) प्रयोग गरेर पनि ती पोखराका व्यक्तिसँग पटक पटक सम्पर्क गरेको तथा पैसा मागेको तथ्य सार्वजनिक भएको छ।
घटना सार्वजनिक भएपछि पूर्वमन्त्री रञ्जिता श्रेष्ठले भने सबै आरोप अस्वीकार गरेकी छन्। उनले न ती पोखराका व्यक्तिलाई चिनेको दाबी गरिन्, न त पैसा मागेको भन्ने आरोप स्वीकार गरिन्। ‘न चिनाजान, न सम्पर्क, न भेटघाट— कसैसँग म पैसा माग्ने कुरा हुनै सक्दैन’, उनले बताएकी छन्।
तर अख्तियार स्रोतले भने यो प्रकरणमा श्रेष्ठ ‘तेस्रो पात्र’को रूपमा सक्रिय भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ। ती व्यक्तिले मन्त्री गुप्ताको अडियो रेकर्ड मात्र होइन, श्रेष्ठसँगको म्यासेज आदानप्रदानसमेत उपलब्ध गराएको र त्यसले घटनालाई अझै गम्भीर बनाएको उल्लेख छ।
१७ चैत्र २०८०, बर्दिया | बारबर्दिया र गुलरिया नगरपालिकाको सिमाना जब्दी घाटको बगरमा खेति गर्ने गुलरिया नगरपालिका वडा नम्मर ४ का किसानहरुले गरेको बगरखेतिमा बारबर्दिया नगरपालिकाको मेयर छबिलाल थारुले निर्ममता पुर्बक डोजर चलाउन निर्देशन दिदा बगर खेती गर्ने किसानहरु पिडामा परेका छन् । दैबी प्रकोपका कारण हुने क्षतिमा समेत किसानलाई क्षेतीपुर्तिको व्यवस्थापन गर्नुपर्ने निकायलेनै प्राकृतिक प्रकोप भन्दा क्रुर रुपमा किसानको बालीमा क्षती पुराउदा किसान त्रसित बनेकाछन ।
बर्षौ देखि किसानहरुले त्यस बगरमा तरभुज खेति गर्दै आइरहेका थिय त्यसै पेशा लाइ निरन्तरता दिदै यस साल पनि तेहाका किसान हरुले बगर खेतिको रुपमा तरभुजा खेति गरेका थिय । ऋण धन गरि बगरखेति गरिरहेका पिडित किसानहरुले लाभ लिने बेलामा खेति नै सखाप पारिदियको भन्दै बारबर्दियाका मेयर छबिलाल थारु प्रति गुनासो गरेका छन् ।
किसानहरु रामजनीया थारु, राधिका थारु, जमुनी थारु, बसन्त थारु, लक्षमी थारु, बुधनी थारुले लगाएको फलफुल डोजरले नष्ट गरेको छ । पीडित किसान बसन्त थारुले बारबर्दिया नगरपालिकाले दादागिरी शैलीमा बगर खेतीमा डोजर लगाएको र पालिका अध्यक्ष छबीलाल थारुले अन्य किसानको बगरखेतिमा पनि डोजर लगाउने धम्की दिएका छन् ।
भत्किएको जब्दीघाट पुलको दक्षिण तर्फ गुलरीया नगरपालिका वडा न. ४ बगहीका किसानहरुले बगर खेती गरेका छन् । फल्न थालिसकेको तरबुझा लगायतका फलफुल नष्ट गरेपछि आक्रोसित बनेका स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्याल गयका छन्।
]काठमाडौंको टेकुमा तास खेलिरहेका सात जनालाई करिब चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्मर १२ टेकु स्थित कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउला लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । नगद तीन लाख ८६ हजार २ सय रूपैयाँ ताससहित पक्राउ गरेको हो।