नेपालले त्रिदेशीय टी-२० सिरिजमा युएईलाई पाँच विकेटले पराजित गरेको छ।
हिजो काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको युएई र नेपाल बीच भयको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ । युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। युएईले दिएको १६५ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा नै पूरा गरेको थियो
६ कार्तिक २०८०, काठमाडौं । त्रिदेशीय शृङ्खलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १६५ रनको लक्ष्य पाएको छ ।
आज मिति २०८०-०७-०६ गतेका दिन मुलपानीस्थित क्रिकेट मैदानमा यूएई र नेपाल बीच भयको खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रन ल्यायको थियो ।
उक्त खेलमा यूएईका खेलाडीहरु ले क्रमस बसिल हमेदले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरि ४५ रन, भ्रित्या अरबिन्दले ४५ रन ,आसिफ खानले १८ र खालिद साहको १२ रन सहित १६४ रन ल्याई नेपाललाई १६५ रनको लक्ष्य दियका थिय ।
टि –२० विश्वकप छनोटको तयारीका लागि आयोजित क्रिकेट खेल शृङ्खलामा यूएई , नेपाल र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।
शृङ्खलाको लिग चरणका फाइनल खेल बाहेकका सम्पूर्ण खेल मुलपानी हुनेछ भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुने छ ।
प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ इजिप्टियनवासीले सडकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको विरोध गरेका छन् । कायरोको सडकमा उत्रिएर इजिप्टवासीले विरोध जनाएका छन् । प्यालेस्टाइनीहरुसँग इजिप्टवासीहरुले ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन गरेका छन् । गाजावासीलाई प्रदर्शनकारीले लचिलोपन कायम गर्न आग्रह गरेका छन् ।
५ कार्तिक २०८०, काभ्रेपलाञ्चोक| राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा बडादशैं महाअष्टमीको सुभ अवसरमा पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिकाको वडा नम्मर ९ पलाञ्चोकको पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो ।
बडादशैंको अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले निर्माण भएको हो । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये पलाञ्चोक भगवतीको मन्दिर सबैभन्दा पुरानो मन्दिरको रुपमा चिनिन्छ ।
नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए। सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंबदन्ती रहेको मन्दिरका पुजारीले बताए। स्रोत : रासस
५ कार्तिक २०८०, काठमाडौँ– आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । आज गयको भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्पा भएको अनुमान गरिएको छ ।
भूकम्पको धक्का काठमाडौँ लगायत आसपासका जिल्लामा पनि महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।
भूकम्पबाट क्षति भए/नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।
बर्दघाट सुस्ता पूर्व | नवलपरासी जिल्लाको देवचुलि नगरपालिका वार्ड न ११ धारापानीमा अवस्थित अकला देवि मन्दिरमा श्रद्धालु भक्तजन हरुबाट आज फुलपाती भित्राउने शुभ कार्य सम्पन्न भयकोछ । घटस्थापनाका दिन दुर्गा माताको मुर्ति प्राण प्रतिस्थापना गरि नवरात्री पुजा आरम्भ गरियको एस मन्दिरमा आज टोलबासीको सक्रियतामा बाजागाजा सहित फुलपा ती भित्राउने कार्य सम्पन्न भएको हो ।
बिक्रम सम्बत २०२२ सालमा पुर्नवासले जग्गा वितरण गरि बस्ती बिस्तारका क्रममा बसोबास गर्ने ब्यक्तीहरु पानी लिन मुलधारा भन्ने स्थानमा गयेको र घना जंगल का कारण बाटो बिर्सेर अन्यत्र पुगेका थिय । केही गरि बाटो पत्ता लगाउन नसकेर उक्त स्थान मा रहेको शिलालाई नै भगवान सम्झी आराधना गरेपछी शकुशल परिवार सङ्ग भेट भएको खुशियाली मा कृष्ण प्रसाद धिताल ,नेत्र बहादुर बस्नेत ,मान बहादुर कार्की , नर बहादुर कडरिया र राम चन्द्र धिताल गरी ६ जना परिवार ले २०२२ सालमा बोका वली दिएर औसि-एकाद्शी नपरेमा प्रत्येक बर्षको पहिलो मंगलबार बलि पुजा गर्ने प्रण अनुसार हाल सम्म पनि उक्त पुजा नियमित चल्दै आएको छ ।
केहि बर्ष देखि स्थानीय युवाहरूको सक्रियतामा मन्दिरका निम्ति सुधारोन्मुख काम भइरहेको देख्न सकिन्छ । केहि भौतिक संरचना निर्माण भै सकेका छन भने अझै पनि धेरै संरचनाहरु निर्माण गर्न बाकी रहेको तेहाका युवाहरुले बतायका छन् ।
लामो इतिहास र धर्मिक आस्था बोकेको त्यस स्थानको प्रचार प्रसार र पर्बर्धनमा स्थानीय स्तरका सम्बन्धित निकाय र सरोकारवाला हरुको साथ् र सहयोगको कमि हुदा मन्दिरको भौतिक पुर्बाधार्हरु निर्माणमा कठिन भैरहेको छ ।
आगामी दिनमा यस मन्दिरको प्रचार प्रसार पर्बर्धन र भौतिक पूर्वाधार निर्माणका निम्ति सम्बन्धित स्थानीय निकायहरुले कुनै ठोस योजना तयार गरि सहयोग गरिदिनुपर्ने धारणा अकला देवि मन्दिरमा उपस्थित श्रद्धालु भक्तजनहरुले राखेका छन् ।