Home REPORTING पेन स्वास्थ्य-शिक्षा-खेलकुद

स्वास्थ्य-शिक्षा-खेलकुद

शैक्षिक कार्यक्रम, विद्यालय, शिक्षण संस्था, विद्यार्थी गतिविधि, शिक्षा नीति, र शिक्षासम्बन्धी सबै समाचार समेट्छ।

स्वतन्त्र विद्यार्थी यूनियन जनसेवा बहुमुखी क्याम्पस बैदीले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने

२४ आश्विन २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर १० बैदी स्थित जनसेवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले बिजया दशमी र शुभ दीपावलीको अवसरमा मिति २०८०/०६/२७ गते क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ  ।

नगद राशि  १०,००० र प्रमाण पत्र प्रथम हुनेले प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमस  नगद रु. ५,००० र ३,००० को साथमा  प्रमाण पत्र प्राप्त गर्नेछन भने सहभागिताको निम्ति  टिम दर्ता शुल्क रु. २००० (दुई हजार) लाग्ने छ  ।

प्रतियोगितामा नेपालको भूगोल- महिला अधिकार- विज्ञान –खेलकुद- नेपलाको संबिधान तथा  इतिहास सम्बन्धित प्रश्नहरु समावेश गरिने स्ववियु अध्यक्ष लक्ष्मी प्रसाद न्यौपानेले रिपोर्टिंग नेपालका सम्बाददातालाई जानकारी गराउनु भयो ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।

नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”

सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”

मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो। 

नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।

यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया र गुलरियामा SEE का बिद्यार्थीले कोचिङ कक्षाको शुल्क तिर्नु पर्दैन : सांसद राजकुमार थारु

२१ फाल्गुन २०८०, बर्दिया | बारबर्दिया नगरपालिकाको १४ र गुलरिया नगरपालिकाको १० वोटा माध्यमिक बिद्यालयलाइ कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले १५ लाख रुपिया बिनियोजन गरेका छन ।

SEE विद्यार्थीलाई कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले क्षेत्र बिकाश कोष मार्फत १५ लाख रुपिया बिनियोजन गरेका हुन । जस मध्य ३ लाख रुपिया गणित र बिज्ञान बिषयका शिक्षकलाई ट्रेनिङको नाममा सामाजिक बिकाश कार्यालय नेपालगन्जले ३ लाख खर्च गरिसकेको छ ।

बाकी १२ लाख रकम SEE को तयारी गरिरहेका विद्यार्थीलाई बिज्ञान र गणित बिषयको २ महिना सम्म अतिरिक्त कक्षा सन्चालन गरेबापत बारबर्दियाको माध्यमिक बिधालय हरुलाइ सामाजिक बिकाश डिभिजन कार्यालय नेपालगन्जले भुक्तानी गर्नेछ ।

SEE को तयारिका निम्ति कोचिङ कक्षा लियबापत विद्यार्थीले कुनै पनि शुल्क बिध्यालयला बुझाउनुपर्ने छैन । शिक्षकले कुनै पनि विद्यार्थीलाई कुनै प्रकारको प्रलोभन वा डर त्रास देखायर अतिरिक्त कक्षा सन्चालन गरेबापत शुल्क असुली गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।

समुदायिक बिधालयमा विशेष गरि आर्थिक स्थिती निकैनै कमजोर हुने विद्यार्थीहरु अध्यन गर्न आउने हुदा उनिहरुले पैसाको अभाबमा कोचिङ कक्षामा सहभागी हुन समेत नसक्ने भयका कारण विद्यार्थीको पढाइमा कमजोरी देखियको हुदा बिद्यार्थीको पढाइमा सुधार होस भन्ने उदेश्यले कोचिङ कक्षा सन्चालनको निम्ति भनेर रकम बिनियोजन गरेको प्रदेश सन्सद राजकुमार चौधरिले जानकारी गराएकाछन ।

बिज्ञापन-AI-ADCustom Text

ढकैला गाउँमै स्वास्थ्य सेवा – शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन

२६ आश्विन २०८२, रिपोर्टिंग  नेपाल ,बारबर्दिया | बारबर्दिया नगरपालिका–९ ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिकको भव्य रूपमा शुभारम्भ गरिएको छ। आइतबारदेखि सेवा सुरु भएको यो क्लिनिक गाउँकै बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा पर्ने ढकैला गाउँ राजमार्गदेखि करिब ५  किलोमिटर टाढा अवस्थित छ। लामो समयदेखि गाउँमा स्वास्थ्य संस्थाको अभावका कारण स्थानीयवासीहरूलाई सामान्य उपचारका लागि पनि पाँचदेखि छ किलोमिटर जंगल पार गर्दै हिंड्नुपर्ने बाध्यता थियो। आजदेखि भने ढकैला गाउँका बासिन्दाले आफ्नो घरआँगन नजिकै स्वास्थ्य सेवा पाउने भएका छन्, जसले उनीहरूको दैनन्दिन जीवनयापनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ ।

क्लिनिक सञ्चालनका लागि करिब ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि स्व. दमन ध्वज क्षेत्रीको सम्झनामा उनकी श्रीमती सपना क्षेत्री र छोराहरूले १६९.३१ वर्गमिटर जग्गा दान गरेका थिए। समाजप्रति उच्च योगदान पुर्‍याउने उक्त परिवारलाई उद्घाटन समारोहमा विशेष सम्मान गरिएको थियो। त्यस्तै, समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

फोटो : जग्गादातालाइ सम्मान पत्र प्रदान गर्दै नगर प्रमुख छबिलाल थारु

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बारबर्दिया नगरप्रमुख छबिलाल थारूले ढकैला शहरी स्वास्थ्य क्लिनिकलाई स्थानीय जनताको स्वास्थ्य सुधारतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्वास्थ्य सेवा प्राप्ति कुनै विशेष वर्गको सुविधा होइन, सबै नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै क्लिनिक स्थापना मार्फत गाउँमा नयाँ युगको सुरुवात भएको बताउनुभयो।
नगरप्रमुख थारूले भन्नुभयो ,

“स्वास्थ्य सबैको अधिकार हो। आज हामीले ढकैला गाउँमा स्थापना गरेको यो शहरी स्वास्थ्य क्लिनिकले टाढाटाढा स्वास्थ्य उपचारका लागि हिँड्नुपर्ने बाध्यता अन्त्य गरेको छ। अब गाउँकै आँगनमा उपचार उपलब्ध हुनेछ। यस संस्थाले केवल उपचार दिने मात्र होइन, स्थानीय बासिन्दामा स्वास्थ्यबारे सचेतना फैलाउने, रोग नलाग्ने जीवनशैली अपनाउन प्रेरित गर्ने, र समुदायलाई नियमित स्वास्थ्य परीक्षणतर्फ उन्मुख गराउने काम पनि गर्नेछ। बारबर्दिया नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ। रोग लागेको बेलामा मात्र उपचार होइन, रोग नै नलागोस् भनेर समुदायलाई तयार पार्नु आजको आवश्यकता हो। यसतर्फ नगरपालिका जिम्मेवार तरिकाले काम गर्दै आएको छ, र ढकैला क्लिनिक यस यात्राको एउटा महत्वपूर्ण माइलस्टोन हो।”

नगरप्रमुखले स्थानीय जनताको सक्रिय सहयोग, जग्गा दान गर्ने परिवारको योगदान र निर्माण कम्पनीको समयमै सम्पन्न गरिएको कामप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस क्लिनिकलाई थप सुदृढ, जनमैत्री र आधुनिक प्रविधियुक्त स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले हाल समाजमा नसर्ने रोगहरू तीव्र रूपमा फैलिइरहेको बताउँदै जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र सचेतनामा जोड दिनुपर्नेमा बल दिनुभयो। उहाँले बालबालिकामा कुपोषण, किशोरीहरूमा रक्तअल्पता, र बालविवाहजस्ता समस्याले विकासका सूचकहरूमा नकारात्मक असर पारिरहेको जनाउँदै पालिका, विद्यालय, अभिभावक र समुदाय सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत : गौतम भण्डारी

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले ढकैला गाउँका बासिन्दाका लागि विशेषरूपमा लक्षित गरी यो क्लिनिक सञ्चालनमा ल्याइएको बताउनुभयो। हाल स्थायी दरबन्दी नभए पनि पालिकाले अस्थायी रूपमा स्वास्थ्य सेवा सुरु गरेको र निकट भविष्यमै स्थायी स्वास्थ्यकर्मीको दरबन्दी सुनिश्चित गरी यो क्लिनिकलाई नियमित, सुदृढ र दिगो स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने उहाँको भनाइ थियो।

क्लिनिक सञ्चालनसँगै ढकैला गाउँका बासिन्दाहरूमा खुसीयाली छाएको छ। स्थानीयवासीहरूले अब आफ्नो गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने अवसर प्राप्त भएको भन्दै बारबर्दिया नगरपालिका र वडा कार्यालयप्रति आभार प्रकट गरे। स्थानीय मनिषा भारतीले भनिन्,

“पहिले सानो उपचारका लागि पनि पाँच–छ किलोमिटर जंगल पार गरेर जानुपर्थ्यो। राति बिरामी परे झन् समस्या हुन्थ्यो। अब गाउँमै स्वास्थ्य सेवा पाउँदा निकै राहत मिलेको छ।”

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष देवेन्द्र कुमार विष्टले यो क्लिनिक गाउँवासीकै सहयोग, दान, र पालिकाको पहलबाट सम्भव भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न यो सुरुवातमात्र भएको र आगामी दिनमा थप सुविधा थप्दै जाने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा नगरप्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सिताराम योगी, सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरी, वडा नम्मर ८ का अध्यक्ष्य नर बहादुर चन्द लगाएत जनप्रतिनिधि, स्थानीय अगुवाहरू, स्वास्थ्यकर्मी, शिक्षक तथा समुदायका दर्जनौँ स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले गाउँमा स्वास्थ्य सेवाप्रतिको नयाँ आशा र भरोसा जगाएको छ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकाले गर्यो पत्रकार सम्मेलन | पालिका स्तरीय टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया ८ आश्विन २०८०

आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय टि -20 क्रिकेट प्रतियोगिता संचालन बारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ |

बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिका सदस्य चन्द्र बहादुर खत्रीले यस कार्यक्रमको अध्यक्षता गर्नुभयको थियो | कार्यक्रमको प्रमुख अतिथिमा यसै नगरपालिकाकी नगर उप प्रमुख रत्ना कुमारी पाण्डे , विशिष्ठ अतिथिमा निमित्त प्रशाशकिय प्रमुख डिल्ली प्रसाद शर्मा , बिशेष अतिथिमा वडा नम्मर ६ का वडा अध्यक्षमा झग बहादुर वली र अतिथिहरुमा क्रमस:  जिल्ला पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादब आचार्य , जिल्ला क्रिकेट संघ बर्दियाका प्रतिनिधी लगायत विभिन्न संस्थाका व्यक्तिहरु हुनुहुन्थ्यो।

व्यवस्थित, स्वस्थ्य र पारदर्शी तरिकाले खेलाडी उत्पादन र खेलाडीलाई प्रोत्साहनका निम्ति यस नगरपालिकाले विभिन्न खेलकुदका १० शीर्षकमा बजेट बिनियोजन गरेको जानकारी सहित शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं नगर खेलकुद बिकाश समितिका सदस्य-सचिब टिका नाथ गोसाईले  कार्यक्रममा स्वागत मन्तब्य दिनुभयको थियो |

कार्यक्रमको अध्यक्षता गर्नुभयका नगर खेलकुद बिकाश समितिका सदस्य चन्द्र बहादुर खत्रीले  असोज २७ गतेदेखि प्रथम पालिका स्तरीय टि -20 क्रिकेट प्रतियोगिता संचालन गरिने जानकारी गराउदै वितरण गरिने पुरुस्कारको बारेमा स्पस्ट पार्नुभयो | उहाका अनुसार प्रथम  पुरुस्कार नगद रु. १ लाख १ हजार १ सय एघार , द्धितिय पुरुस्कार रु ५१ हजार १ सय ११ , म्यान अफ द म्याचलाई रु. १ हजार ५ सय , बेस्ट ब्याट्स म्यान र बलरलाई नगद रु ५/५  हजार , म्यान अफ द सिरिजलाई  नगद रु ६ हजार लगाएत मेडल, ट्रफी प्रमाणपत्र प्रदान गरिने जानकारी गराउनुभयो ।

पुरा भिडियो हेर्नुहोस

 उपस्थित पत्रकार हरुले यस सम्मेलनमा विभिन्न प्रस्न हरु राख्नुभयको थियो प्रश्न राख्ने क्रममा यस पत्रकार सम्मेलनमा उपस्थित हिमालय टाइम्सका पत्रकार दिपक कुमार शर्माले उदयमान खेलाडीको निम्ति समेत प्रोत्साहनका लागि पुरुस्कार राख्न सुझाब दिनुभयको थियो उक्त सुझाबको बारेमा नगर खेलकुद बिकाश समितिका संयोजक सित छलफल गरि उदयमान खेलाडीको लागि समेत पुरुस्कारको व्यवस्था गरिने जानकारी कार्यक्रमको अध्यक्ष खत्रीले दिनुभयको छ |   

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले युवाहरुलाई खेलकुदमा अगाडी बढाउनुपर्छ रास्ट्रका चिनारी गराउनुपर्छ भन्ने सोच सहित नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा समेत बजेट बिनियोजन गरेको थियो तर क्रिकेट खेलका निम्ति बजेट राखिएको थिएन  | यस नगरपालिकाका युवाहरुले अत्याधिक रुपमा क्रिकेट खेलप्रति रुची देखायको हुँदा हाल यस आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित रकम १७ लाख मध्ये ४ लाख २५ हजार रकम क्रिकेट खेलका निम्ति छुट्टाईएको छ भनि जानकारी गराउनुभयो | “सम्पूर्ण उपस्थित पत्रकार हरुलाइ राम्रो कामको लागि राम्रो संदेश प्रबाह गरिदिन अनुरोध गर्दछु” बोल्ने क्रममा नगर उपप्रमुख पाण्डेले भन्नु भयो |

कार्यक्रमको अध्यक्ष खत्रीले उपस्थित पत्रकारहरुको जवाफ दिए पश्चात कार्यक्रम समापन भयको घोषणा गर्नुभयको थियो |  

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया–७, रम्मापुरमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

बारबर्दिया (बर्दिया), कात्तिक २५ ।
बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित श्री जनता माध्यमिक विद्यालयमा आज एक विशेष समारोहका बीच पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ सुरु गरिएको छ। उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले खेलकुद राष्ट्र र राष्ट्रियताको पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले खेलकुदले युवा पुस्तामा अनुशासन, लगनशीलता र आत्मविश्वासको विकास गराउने उल्लेख गर्दै समाजका किसान, मजदुरदेखि भुईँतहका जनताको आवाज माथिसम्म पुर्‍याउने जिम्मेवारी जनप्रतिनिधिहरूको नै भएको बताउनुभयो।

“जनताले गरेको विश्वासलाई मैले कहिल्यै विश्वासघात गर्न सक्दिन। म जनताको सेवकका रूपमा काम गरिरहेको छु,”
जन्मजय तिमिल्सिना, सामाजिक विकासमन्त्री

उहाँले शिक्षा र खेलकुद दुवैलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै विद्यार्थी खेलाडीहरूलाई अनुशासन र मर्यादामा रही देश र समुदायको नाम उज्यालो पार्ने शुभकामना दिनुभयो।

विद्यालयबाटै राष्ट्रिय खेलाडी जन्मिन्छ’ — प्रमुख जिल्ला अधिकारी हमाल

कार्यक्रमका विशेष अतिथि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले खेलकुदले केवल खेलाडी मात्र होइन, राष्ट्र र राष्ट्रिय पहिचानलाई पनि चिनाउने माध्यम भएको बताउनुभयो।
उहाँले विद्यालयस्तरमै यस्ता प्रतियोगिताले भावी राष्ट्रिय खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने उल्लेख गर्दै भन्नुभयो,

“पहिला विद्यालयहरूमा ‘वीरेन्द्र रनिङ शिल्ड’को रूपमा यस्ता प्रतियोगिता सञ्चालन हुन्थ्यो, अहिले ‘राष्ट्रपति रनिङ शिल्ड’को रूपमा निरन्तरता पाइरहेको छ। यस्ता कार्यक्रमहरू नियमित रूपमा भैरहनु आवश्यक छ।”

जितभन्दा ठूलो अनुशासन र मर्यादा हो’ — नगरप्रमुख थारु

कार्यक्रमका सभाध्यक्ष तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी खेलाडीहरूलाई जितभन्दा बढी अनुशासन, सहयोग र मर्यादामा ध्यान दिन आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्नुभयो।

समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास, मार्सल आर्टको प्रदर्शन, क्लबले सांस्कृतिक थारु गीत र स्थानीय तथा राष्ट्रिय लोकप्रिय कलाकार कमल बिसी माल्दाइले  आफ्प्रनो कला प्रस्तुत गरेका थिए।

१६ विद्यालय सहभागी, खेलकुद कार्यक्रम कार्तिक २९ सम्म

बारबर्दिया नगरपालिकाको आयोजनामा र जनता माध्यमिक विद्यालय, रम्मापुरको संयोजनमा सञ्चालन भइरहेको यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन्।
पहिलो दिन ८ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको छ भने भोलिदेखि भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, सटपुट लगायतका खेलहरू सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सामाजिक विकासमन्त्री, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका सदस्य, शिक्षक, बुद्धिजीवी, पत्रकार तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोह रंगीन झाँकी, विद्यार्थीहरूको जोशपूर्ण सहभागिता र खेलकुदमय वातावरणले भरिएको थियो।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दियाको सामुदायिक बिध्यालायाहरुमा गैरकानुनी रुपमा शुल्क उठाउने कारोबार सिक्षा शाखा प्रमुखको मिलेमतोमा हुन्छ ?

१९ फाल्गुन २०८०, बर्दिया

बारबर्दिया नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक बिद्यालयले यस अघिको परिक्षामा मनपरी रुपमा परिक्षा शुलक उठाएको बारेमा जानकारी गराएको ९ महिना बितिसक्दा पनि बारबर्दिया नगरपालिकाको शिक्षा साखाले कुनै पनि चासो देखायको छैन । नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकानाथ गोसाइले परीक्षा शुल्क लिनु गलत हो पनि भन्ने र सुल्क लिनेलाइ कारबाहिको दायरामा ल्यान नखोज्नु ले यस्ता गलत कृयाकलाप सिक्षासाखाकै सेटिङमा हुन्छ कि भनेर आम नगरबासिको शंका छ ।

भिडियो हेर्नुहोस

बिज्ञापन-AI-ADCustom Text

घोरपिट्टामा पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिता संचालन

२२ जेष्ठ २०८१, बर्दिया | बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्मर ४ घोरपिट्टामा २ पालिका बारबर्दिया र गुलरिया अन्तर्गतको वार्ड स्तरीय पुरुष फुटबल तथा महिला कबड्डी खेल प्रतियोगिताको संचालन भैरहेको छ l

हिजो २१ गतेका दीन प्रमुख अतिथि प्रदेश सभासद माननीय राजकुमार थारुको प्रमुख आतिथ्य, बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु र सामाजिक बिकाश डिभिजन कार्यालय बाकेका कार्यालय प्रमुख उद्धब प्रसाद श्रेष्ठको बिशेष आतिथ्यमा उदघाटन भयको हो  l अतिथिमा वडा नम्मर ४ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सिताराम योगीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रमको आयोजक क्लब श्री शिव शक्ती युवा क्लब ४ घोरपिट्टाका अध्यक्ष ओम प्रकाश थारुले गर्नुभयको थियो l

कार्यक्रम संचालनको निम्ति प्रदेश सभासद माननीय राजकुमार थारुको पहलमा सामाजिक बिकाश डिभिजन कार्यालय मार्फत आर्थिक सहयोग गरेको कार्यक्रमको अध्यक्ष ओम प्रकाश थारुले जानकारी गराउनु भयो  l

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकाको गौरवशाली पाइला — ‘पूर्ण खोप सुनिश्चिततामा पुनः पहिलो

जेष्ठ  २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता  “साना हातमा खोपको सुरक्षा, समर्पित मनमा सेवाको भाव” यिनै शब्दहरू आज बारबर्दिया नगरपालिकामा प्रत्यक्ष अनुभूत भए । बारबर्दियाले पुनः एकपटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको रूपमा बर्दियामा पहिलो बन्ने गौरव प्राप्त गर्दै  , स्वास्थ्य सुरक्षामा आफ्नो अडिग प्रतिबद्धता पुष्टि गरेको छ।

आज आइतबार,विशेष समारोहका बीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो। यो उपलब्धि केवल औपचारिकता नभई समुदायको निरन्तर मेहनत, स्वयंसेवकको समर्पण र स्थानीय सरकारको स्पष्ट दृष्टिकोणको प्रतिफल हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्ड अनुसार, कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्नका लागि आवश्यक छ । १५ महिनाभित्र जन्मेका सबै बालबालिकाले निर्धारित सबै खोप प्राप्त गरिसकेको हुनुपर्छ। एकजना पनि खोपबाट वञ्चित हुन नहुने कडाइ लागू गरिएको छ।

 

बारबर्दिया नगरपालिकाले यी सबै मापदण्डलाई लगातार पालना गर्दै आएको छ। यही आधारमा, पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको बारबर्दियाले त्यसपछि प्रत्येक वर्ष मापदण्ड अनुरूपको मूल्याङ्कनमा सफलता प्राप्त गर्दै आएको छ। यस वर्ष पनि बारबर्दियाले निरन्तरता कायम राख्दै, प्रमाणपत्र प्राप्त गरेर बर्दियामा स्वास्थ्यको क्षेत्रमा उदाहरणीय उचाइमा पुग्न सफल भएको छ।

यस उपलब्धिको अवसरमा आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा तथा सम्मान कार्यक्रम’ भावनात्मक र प्रेरणादायी दुवै बन्यो।

समारोहमा नगर प्रमुख छबिलाल थारुको अध्यक्षता थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव रहनुभएको थियो। साथै अतिथिहरु  नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमको शुरुवातमा सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीले स्वागत मन्तव्य दिइन्। तत्पश्चात दीप प्रज्वलन गर्दै नगर प्रमुख र प्रमुख अतिथिले संयुक्त रूपमा समारोहको उद्घाटन गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन प्रस्तुत गर्दै मूल्याङ्कनका मापदण्डहरू, यथार्थ अवस्थाहरू, सामना गरिएका चुनौतीहरू र सफलता प्राप्तिका पाटाहरू विस्तृत रूपमा सार्वजनिक गर्नुभयो।

कार्यक्रममा ११ वटै वडाका अध्यक्षहरू, खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविका र खोप कार्यकर्ताहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएकोछ ।

कार्यक्रमको सबैभन्दा भावुक र सम्मानजनक क्षण  पाँच जना ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ बन्न पुग्यो ,  ती महिलाहरूले जीवनका दशकौँ समाजसेवामा अर्पण गरे – न त तलबको आश, न त सुविधाको चाहना । उनीहरुको सेवाभाव आज लाखौँको सम्मानमा परिणत भयो।

नगरपालिकाले ती स्वयंसेविकाहरू अम्बिका शाहा (कुम्रागाउँ), पार्वती थरुनी (जब्दहवा), तुलसी देवी सिंह ठकुरी (सिउनिया), कुमारी बिष्ट (औरी), पार्वती देवी सापकोटा (कतारनिया) सबैलाई रु. १/१  लाखको चेक, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गर्‍यो।

नगर अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरियो।

नगर प्रमुख छबिलाल थारुले भने “यो उपलब्धि हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, वडा अध्यक्षहरू र सम्पूर्ण नगरवासीको साझा प्रयासको उपज हो। हामी सबै गर्व गर्छौं कि हाम्रो पालिकामा एकजना पनि बालबालिका खोपबाट छुटेका छैनन्।”

उपप्रमुख रत्नकुमारी पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख नारायणप्रसाद चौधरीले स्वयंसेविकाहरूको समर्पणका साथै पालिकाको यो उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमा पनि साथ र समर्थन रहने प्रतिबद्धता जनाए।

यस्तै, नगरप्रमुख छबिलाल थारुले ब्यानरमा लेखिएको  प्रतिबद्धता वाचन गरी हस्ताक्षर गरेपछि कार्यक्रमको अन्त्यतिर, सबै सहभागीहरूद्वारा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै खोप अभियानको निरन्तरता, समावेशिता र दिगोपनाको संकल्प गरिएको थियो। यो केवल कागजी हस्ताक्षर थिएन , यो थियो, स्वास्थ्यप्रति जनप्रतिनिधि र सेवकहरूको गहिरो उत्तरदायित्वको संकेत।

बारबर्दिया नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको यात्रामा जुन साँचो प्रतिबद्धता देखाएको छ, त्यो अब स्थानीय शासन र सार्वजनिक स्वास्थ्य नीतिबीचको सफल सहकार्यको सजीव उदाहरण बनेको छ।

स्वास्थ्य सेवा केवल औपचारिक कार्यक्रम मात्र होइन, त्यो सधैं अविचल भावनात्मक र मानवीय समर्पणमा आधारित हुने रहेछ भन्ने कुरा आजको समारोहले पुनः पुष्टि गर्‍यो।

बिज्ञापन-AI-ADCustom Text

आर सी थारु नगर अस्पतालमा प्रसुती सेवा लिनजाँदा कर्मचारीले दिन्छन अनावश्यक दुख

बर्दिया। रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको आर सी थारु मेमोरियल नगर अस्पतालमा दिइने विभिन्न स्वास्थ्य सेवा मध्ये प्रसुती सेवामा कामगर्ने कर्मचारी हरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको सेवा ग्राहिले गुनासो गरेका छन।

उक्त आर सी थारु मेमोरियल नगर अस्पतालमा प्रसुती सम्बन्धि सेवालिन आएका बिरामिको कुरुवाको धेरै गुनासो पछि खोज नेपाल न्युजको सम्पादक आफै गएर बुझ्दा कुरुवाले भने अनुसार नै जति पटक गर्भवती जाँच गराउन गयो तेति नै पटक ओ पि डि अन्तर्गत को बिरामी पुर्जा नकाटेसम्म गर्भवती लाई अत्यावश्यक जाँच देखि औषधि सम्म नदिने गरेको पाइयो। भने यस न्युज च्यानलका सम्पादकले पटक पटक गर्भवती जाँच पुर्जामा लेख्दिनु भन्दा समेत नमानेको र सो करारका कर्मचारी हरुको यस्तो अटेरी हर्कत देख्दा छमता भन्दा पनि पावर र पहुचका भरमा करारमा जागिर खाएका हुनकी भन्ने समेत यस न्युज च्यानल लगाएत सेवाग्राहीले आँकलन गरेकाछन।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको