बर्दिया ८ आश्विन २०८०

शैक्षिक कार्यक्रम, विद्यालय, शिक्षण संस्था, विद्यार्थी गतिविधि, शिक्षा नीति, र शिक्षासम्बन्धी सबै समाचार समेट्छ।
७ कार्तिक २०८०
नेपालले त्रिदेशीय टी-२० सिरिजमा युएईलाई पाँच विकेटले पराजित गरेको छ।
हिजो काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको युएई र नेपाल बीच भयको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ । युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। युएईले दिएको १६५ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा नै पूरा गरेको थियो
०३ असार २०८२, रिपोर्टिंग नेपाल ,काठमाण्डौ — भारतको झारखण्ड राज्य स्थित जमसेदपुरका २२ वर्षीय रोहित कुमारको जीवन कुनै साधारण युवकको कहानी होइन। त्यो एउटा संघर्षको महागाथा हो, जुन हरेक अभावलाई जितेर बनेको छ। हरेक सपनालाई झन्डै गुमाउँदै, फेरि समेट्दै अघि बढेका रोहितको यात्रा आज हजारौँ युवाका लागि प्रेरणा बनेको छ।
कक्षा ५ सम्म हिन्दी माध्यममा पढेका रोहित बाल्यकालदेखि नै पढाइमा अब्बल थिए। छोराको भविष्यप्रति आशावादी उनका बुबाले अङ्ग्रेजी माध्यमको विद्यालयमा उनलाई भर्ना गरिदिए। त्यो समय घरको आर्थिक अवस्था राम्रो थिएन, तर बुबाले यो सपनाका लागि कुनै सम्झौता गरेनन्।
| आजको डिजिटल युगमा ‘गरेमा हुन्छ’ भन्ने भनाइ झुटो होइन । यसमा सरोकारवालाको पनि साथ चाहिन्छ |
सन् २०१९ मा उनले ७९ प्रतिशत अङ्कसहित म्याट्रिक उत्तीर्ण गरे। तर, यति बेला जीवनमा एउटा ठूलो मोड आयो। सन् २०१२ देखि मधुमेहका बिरामी रहेका उनका बुबा थला परे। दैनिक लगभग २५० भारू कमाउने बुबा बिरामी भएपछि घरको सम्पूर्ण भार रोहितका काँधमा आयो। उनले पढाइ पनि नछाड्ने निर्णय गरे र सरकारी कलेज ‘जमसेदपुर वर्कर्स कलेज’मा भर्ना भए। बिहान कलेज जान्थे, दिउँसो फार्मेसीमा काम गरेर १८०० भारू कमाउँथे। त्यही आम्दानीले घर चल्थ्यो।
फार्मेसीमा काम गर्दै गर्दा उनलाई एमबीबीएसको महत्व बुझ्न थाल्यो। तर जब कसैसँग सोध्थे— ‘डाक्टर बन्न के गर्नुपर्छ?’ धेरैले भने— “पहिले इन्टर पास गरेर त देखाऊ।” यसैले झनै भित्रबाट आगो बल्यो। उनले युट्युब भिडियो हेर्दै इन्टर पढे र सन् २०२१ मा ८९.५ प्रतिशत अङ्कसहित कलेज टप गरे।
तर यो मात्र सुरुवात थियो। कोचिङ क्लास जान रकम थिएन। घरमा पढ्ने ठाउँ थिएन। त्यसैले उनले आफ्ना दाइको पसल नजिकको लाइब्रेरीमा १३०० भारू तिरेर पढ्न थाले। बिहान लाइब्रेरी, दिउँसो पसल, फेरि साँझ लाइब्रेरी अनि राति घर फर्किएर पढ्ने उनको तालिका थियो। उनले २०२३ को NEET परीक्षामा ४८५ अंक ल्याए। त्यो डाक्टर बन्न प्रयाप्त थिएन, तर मनोबलको पुनः जगाउने आधार भने अवश्य बन्यो।
युट्युब: गरीबको गुरु |
अर्को साल उनी ‘फिजिक्स वाला’ नामक अनलाइन प्लेटफर्मको ‘उमिद ब्याच’मा भर्ना भए, जुन केवल ५ हजार भारूमा उपलब्ध थियो। पढाइसँगै उनी फुटपाथमा मोबाइल कभर बेच्थे। सन् २०२४ मा उनले ६१९ अंक ल्याए, जुन निकै राम्रो थियो। तर त्यही सालको NEET परीक्षा प्रश्नपत्र लिक प्रकरणले विवादमा पर्यो। उनको उत्कृष्ट नतिजा पनि निरर्थक बन्यो।त्यसपछि उनले डाक्टर बन्ने सपना छोड्ने सोच बनाए। तर उनका दाइले भने, “यो अन्त्य होइन, तिमीले फेरि प्रयास गर्नुपर्छ।” अझ राम्रो खबर त तब आयो जब Physics Wallah टिमले ६०० अंकभन्दा बढी ल्याउने सबै विद्यार्थीलाई निःशुल्क तयारी गराउने घोषणा गर्यो। उनले यो अवसर फेरि समाते। तयारी गरे।
२०२५ मा फेरि NEET परीक्षा दिए। यसपटक उनले ५४९ अंक ल्याए। २२ लाख विद्यार्थीमध्ये १२,४८४ औं स्थानमा परे। जब Physics Wallah का CEO अलख पाण्डेले यो सुने, उनी स्टलमै पुगेर रोहितलाई भेटे। सेतो कोट लगाइदिए। क्यामेरामा त्यो दृश्य कैद भयो— एक शिक्षकले आफ्नो मेहेनती विद्यार्थीलाई डाक्टर बन्ने बाटोमा पुर्याएको ऐतिहासिक क्षण।रोहितको एमबीबीएसको सम्पूर्ण खर्च अब Physics Wallah ले बेहोर्नेछ।
०५ असार २०८२, रिपोर्टिंग नेपाल ,बर्दिया—बिश्व सिकलसेल सचेतना दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया र स्कास नेपालको सहकार्यमा आज बारबर्दिया नगर अस्पतालमा बृहत रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख छबिलाल थारुले गर्नुभयो। उहाँले कार्यक्रम सुरु हुनु अघि ब्यानर वाचन गर्नुभएको थियो, जससँगै कार्यक्रम औपचारिकरूपमा आरम्भ भयो। कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डे, सिकलसेल तथा थालेसिमिया कार्यक्रमका स्रोत व्यक्ति तथा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन, मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डे, संस्थापक मेयर दुर्गा बहादुर थारु (कबिर), नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेल, स्कास नेपाल अध्यक्ष प्रभुराम चौधरी लगायत व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित डा. राजन पाण्डेले सिकलसेल र थालेसिमिया रोगका विषयमा वैज्ञानिक तथ्यमाथि आधारित रहेर जनचेतनामूलक र भावनात्मक दृष्टिकोणबाट गहिरो प्रकाश पार्नुभयो। उहाँले विगतमा नेपालमा सिकलसेल रोग छैन भन्ने पढाइ भएको भए पनि अहिले यो रोग प्रमाणित रूपमा समुदायभित्र देखिन थालेको र खासगरी थारु समुदायमा यसले भयावह रूप लिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो रोग क्षयरोग, दम वा सुगरजस्तो सामान्य स्वास्थ्य समस्या होइन, किनभने एक जनामा देखिए पनि पूरै परिवार नै प्रभावित हुन्छ। आर्थिक, सामाजिक र मानसिक रूपमा परिवार थलिन्छ।”
डा. पाण्डेले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो कि उहाँले सन् २००५ मा MBBS गर्दा नेपालमा सिकलसेल छैन भनेर पढ्नुभएको थियो। MD गर्दा १–२ केस देख्नुभयो। २०६८ सालमा भेरी अस्पतालमा काम गर्दा थारु समुदायका युवायुवतीहरू सामान्य ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने लक्षण लिएर आउँथे तर उनीहरूका कथाहरू निकै पीडादायी हुन्थे — कोही ५ लाख, कोही १० लाखसम्म खर्च गरिसकेका, कोही जग्गा बेचेर उपचारमा लागेको तर निको नभएको अवस्था। कसैले घरवार गुमाएको, कसैले आफूलाई सुकुम्बासी भएको बताएको यस्ता कथाहरूले उहाँलाई गहिरो संवेदना जगायो । सिकलसेलको आशंकामा उहाले नेपालमा रगत परीक्षण सुविधा नभएकाले भारत पठाउँदा आफूलाई आरोप लाग्यो, “नयाँ डाक्टर भएर प्रचारको लागि नाटक गर्यो” भनेर मिडियाहरूमा समेत आलोचना भयो। राष्ट्रिय स्तरका मिडियामा समेत नकारात्मक रूपमा चित्रण गरिएको पीडा उहाँले यस कार्यक्रममा पनि साझा गर्नुभयो। यद्यपि, उहाँ पछि हट्नुभएन। ३९ जना सिकलसेल संक्रमित फेला पारे पश्चात २०७० साल बैशाख १३ गते, आफ्नै पहल र खर्चमा बर्दिया–बाँकेका चिकित्सक, थारु अगुवा र जनप्रतिनिधिहरूसँग छलफल गरी उहाँले यस विषयलाई लिएर देशव्यापी सचेतना अभियान प्रारम्भ गर्नुभयो।
बारबर्दिया नगरपालिका नेपालकै पहिलो पालिका हो जहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को समन्वयमा सामुदायिक स्तरमा सिकलसेल स्क्रिनिङ गरिएको हो। यहाँका विद्यालयहरूमा यसबारे पढाइ हुने व्यवस्था गरिएको छ भने नगर अस्पतालमा सिकलसेलसम्बन्धी परामर्श, परीक्षण र उपचारको सेवा सञ्चालनमा छ। साथै, नेपाल सरकारद्वारा सञ्चालित बिपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सुचिकृत छ ।

डा. पाण्डेले कार्यक्रममा आफूले तयार पारेको “सिकल/थालेसिमिया कुण्डली” पनि वितरण गर्नुभयो। यस कुण्डलीमार्फत व्यक्तिको रगत परिक्षणको आधारमा विवाह गर्दा कुन व्यक्तिसँग विवाह गर्दा सुरक्षित हुन्छ भन्ने जानकारी प्रदान गरिन्छ, जसको उद्देश्य सन्तानमा यो रोग सर्ने सम्भावनालाई रोक्नु हो। उहाँले जोड दिँदै भन्नुभयो, “अब जुनसुकै जात, समुदाय वा क्षेत्रको भए पनि विवाह अघि रगत परीक्षण अनिवार्य गरौं — आफू पनि बचौं, अरूलाई पनि बचाऔं।”
डाक्टर राजन पाण्डेले तयार पार्नुभएको सिकल/थालेसिमिया कुण्डली

कार्यक्रममा पूर्व नगर प्रमुख दुर्गा थारु (कबिर) र स्कास नेपाल अध्यक्ष प्रभुराम चौधरीले पनि आफ्नो मन्तव्य राख्दै, नगरपालिकाको नेतृत्व, अस्पताल व्यवस्थापन र सिंगो समुदायलाई धन्यवाद दिनुभयो । उहाँहरूले यो कार्यक्रमले अन्य पालिकालाई पनि सिक्ने अवसर दिएको र बारबर्दियालाई रोल मोडल पालिकाको रूपमा अगाडि बढाएको स्पष्ट पार्नुभयो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले गर्नुभएको थियो भने नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेलले सिकलसेल रोगसम्बन्धी अस्पतालले गर्दै आएका कार्यहरूबारे जानकारी दिनुभयो।

कार्यक्रमको समापन नगर प्रमुख छबिलाल थारुले मन्तव्य दिँदै गर्नुभयो। उहाँले डा. पाण्डेले अमूल्य समय दिएर यहाँ आएर समुदायलाई सिकलसेल रोगबारे गहिरो जानकारी दिएकोमा धन्यवाद दिँदै मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो l सहभागीहरूको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख थारुले भन्नुभयो, “यस स्वास्थ्य समस्याको समाधानका लागि नगरपालिकाले गर्न सक्ने सबै सेवा, स्रोत र समन्वय गर्न तयार छ। नगर स्तरले गर्न नसक्ने कामहरूका लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्न म प्रतिवद्ध छु।”
बर्दिया l २४ भाद्र २०८१ l रिपोर्टिंग नेपाल सम्बाददाता
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाले बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालका लागि ताला लगाएको छ। बाँसगढी नगरपालिकाले विद्यार्थी बाट चर्को शुल्क उठाउने निर्णयको बिरुद्धमा तालाबन्दी गरिएको हुँदा तत्काल मागलाई सम्बोधन नगरी यसैगरी वेवास्ता गरिए संघर्षले उग्र रुप लिन गई कुनै क्षति भएमा नगरपालिका र यसका प्रमुख जिम्मेवार हुनेछन् विज्ञप्तिमा भनियको छ l
संयोजक रमिता थारुद्वारा जारी गरिएको विज्ञप्तिको पुर्ण पाठ :
” विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीका हक, हित र अधिकारका निम्ति सचेततापूर्वक अनवरत सडक संघर्षको नेतृत्व गरिरहेको कुरा सबैमा विदितै छ । हाम्रो संगठनले पछिल्लो समय भवावह स्थितिमा पुऱ्याइएको शिक्षा क्षेत्रलाई सुधार गर्ने अभियानस्वरुप Mission Everyday Season 2 अभियान सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा बाँसगढी नगरपालिकाले सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क उठाउन पाउने संविधान र जनविरोधि निर्णय गरेर अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार थोपरेको छ । उक्त प्रकारको शुल्क खारेजीका निम्ति हाम्रो संगठनले मौखिक रुपमा सचेत गराउनुको साथै यहि भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराई उक्त प्रकारको शुल्क खारेजीका निम्ति ७२ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । तर हालसम्म कुनै प्रगति नभएको देख्दा हामीलाई आश्चर्य लागेको छ र मेयरले कतै माफियाको भुमिका त निर्वाह गरिरहेका छैनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसरी सरकारी विद्यालयमा निजीकरणलाई प्रवर्धन गर्ने कुनैपनि कुरा हाम्रो संगठनलाई मान्य छैन। तत्काल उक्त प्रकारले अभिभावक माथि थोपरिएको शुल्क खारेजीको माग सहित त्यस्तो शुल्क खारेज गरी सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने अवस्था कायम नगरिंदासम्म बाँसगढी नगरपालिको शिक्षा शाखामा तालाबन्दी गरिएको व्यहोरा जानकारी गराइन्छ ” l
यस अघि पनि बाँसगढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले भ्रस्टाचार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यकर्ताले कार्यकक्षबाटै पौडेललाइ कारबाही गर्ने भन्दै तानेर बाहिर निकालेका थिए l हेर्नुहोस भिडियो l
४ जेष्ठ २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता “साना हातमा खोपको सुरक्षा, समर्पित मनमा सेवाको भाव” यिनै शब्दहरू आज बारबर्दिया नगरपालिकामा प्रत्यक्ष अनुभूत भए । बारबर्दियाले पुनः एकपटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको रूपमा बर्दियामा पहिलो बन्ने गौरव प्राप्त गर्दै , स्वास्थ्य सुरक्षामा आफ्नो अडिग प्रतिबद्धता पुष्टि गरेको छ।
आज आइतबार,विशेष समारोहका बीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो। यो उपलब्धि केवल औपचारिकता नभई समुदायको निरन्तर मेहनत, स्वयंसेवकको समर्पण र स्थानीय सरकारको स्पष्ट दृष्टिकोणको प्रतिफल हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्ड अनुसार, कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्नका लागि आवश्यक छ । १५ महिनाभित्र जन्मेका सबै बालबालिकाले निर्धारित सबै खोप प्राप्त गरिसकेको हुनुपर्छ। एकजना पनि खोपबाट वञ्चित हुन नहुने कडाइ लागू गरिएको छ।
बारबर्दिया नगरपालिकाले यी सबै मापदण्डलाई लगातार पालना गर्दै आएको छ। यही आधारमा, पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको बारबर्दियाले त्यसपछि प्रत्येक वर्ष मापदण्ड अनुरूपको मूल्याङ्कनमा सफलता प्राप्त गर्दै आएको छ। यस वर्ष पनि बारबर्दियाले निरन्तरता कायम राख्दै, प्रमाणपत्र प्राप्त गरेर बर्दियामा स्वास्थ्यको क्षेत्रमा उदाहरणीय उचाइमा पुग्न सफल भएको छ।
यस उपलब्धिको अवसरमा आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा तथा सम्मान कार्यक्रम’ भावनात्मक र प्रेरणादायी दुवै बन्यो।
समारोहमा नगर प्रमुख छबिलाल थारुको अध्यक्षता थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव रहनुभएको थियो। साथै अतिथिहरु नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रमको शुरुवातमा सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीले स्वागत मन्तव्य दिइन्। तत्पश्चात दीप प्रज्वलन गर्दै नगर प्रमुख र प्रमुख अतिथिले संयुक्त रूपमा समारोहको उद्घाटन गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन प्रस्तुत गर्दै मूल्याङ्कनका मापदण्डहरू, यथार्थ अवस्थाहरू, सामना गरिएका चुनौतीहरू र सफलता प्राप्तिका पाटाहरू विस्तृत रूपमा सार्वजनिक गर्नुभयो।
कार्यक्रममा ११ वटै वडाका अध्यक्षहरू, खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविका र खोप कार्यकर्ताहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएकोछ ।
कार्यक्रमको सबैभन्दा भावुक र सम्मानजनक क्षण पाँच जना ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ बन्न पुग्यो , ती महिलाहरूले जीवनका दशकौँ समाजसेवामा अर्पण गरे – न त तलबको आश, न त सुविधाको चाहना । उनीहरुको सेवाभाव आज लाखौँको सम्मानमा परिणत भयो।
नगरपालिकाले ती स्वयंसेविकाहरू अम्बिका शाहा (कुम्रागाउँ), पार्वती थरुनी (जब्दहवा), तुलसी देवी सिंह ठकुरी (सिउनिया), कुमारी बिष्ट (औरी), पार्वती देवी सापकोटा (कतारनिया) सबैलाई रु. १/१ लाखको चेक, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गर्यो।
नगर अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरियो।
नगर प्रमुख छबिलाल थारुले भने “यो उपलब्धि हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, वडा अध्यक्षहरू र सम्पूर्ण नगरवासीको साझा प्रयासको उपज हो। हामी सबै गर्व गर्छौं कि हाम्रो पालिकामा एकजना पनि बालबालिका खोपबाट छुटेका छैनन्।”
उपप्रमुख रत्नकुमारी पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख नारायणप्रसाद चौधरीले स्वयंसेविकाहरूको समर्पणका साथै पालिकाको यो उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमा पनि साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
यस्तै, नगरप्रमुख छबिलाल थारुले ब्यानरमा लेखिएको प्रतिबद्धता वाचन गरी हस्ताक्षर गरेपछि कार्यक्रमको अन्त्यतिर, सबै सहभागीहरूद्वारा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै खोप अभियानको निरन्तरता, समावेशिता र दिगोपनाको संकल्प गरिएको थियो। यो केवल कागजी हस्ताक्षर थिएन , यो थियो, स्वास्थ्यप्रति जनप्रतिनिधि र सेवकहरूको गहिरो उत्तरदायित्वको संकेत।
बारबर्दिया नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको यात्रामा जुन साँचो प्रतिबद्धता देखाएको छ, त्यो अब स्थानीय शासन र सार्वजनिक स्वास्थ्य नीतिबीचको सफल सहकार्यको सजीव उदाहरण बनेको छ।
स्वास्थ्य सेवा केवल औपचारिक कार्यक्रम मात्र होइन, त्यो सधैं अविचल भावनात्मक र मानवीय समर्पणमा आधारित हुने रहेछ भन्ने कुरा आजको समारोहले पुनः पुष्टि गर्यो।
बर्दिया। रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको आर सी थारु मेमोरियल नगर अस्पतालमा दिइने विभिन्न स्वास्थ्य सेवा मध्ये प्रसुती सेवामा कामगर्ने कर्मचारी हरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको सेवा ग्राहिले गुनासो गरेका छन।
उक्त आर सी थारु मेमोरियल नगर अस्पतालमा प्रसुती सम्बन्धि सेवालिन आएका बिरामिको कुरुवाको धेरै गुनासो पछि खोज नेपाल न्युजको सम्पादक आफै गएर बुझ्दा कुरुवाले भने अनुसार नै जति पटक गर्भवती जाँच गराउन गयो तेति नै पटक ओ पि डि अन्तर्गत को बिरामी पुर्जा नकाटेसम्म गर्भवती लाई अत्यावश्यक जाँच देखि औषधि सम्म नदिने गरेको पाइयो। भने यस न्युज च्यानलका सम्पादकले पटक पटक गर्भवती जाँच पुर्जामा लेख्दिनु भन्दा समेत नमानेको र सो करारका कर्मचारी हरुको यस्तो अटेरी हर्कत देख्दा छमता भन्दा पनि पावर र पहुचका भरमा करारमा जागिर खाएका हुनकी भन्ने समेत यस न्युज च्यानल लगाएत सेवाग्राहीले आँकलन गरेकाछन।