Home REPORTING पेन स्वास्थ्य-शिक्षा-खेलकुद

स्वास्थ्य-शिक्षा-खेलकुद

शैक्षिक कार्यक्रम, विद्यालय, शिक्षण संस्था, विद्यार्थी गतिविधि, शिक्षा नीति, र शिक्षासम्बन्धी सबै समाचार समेट्छ।

बारबर्दिया नगरपालिकाले गर्यो पत्रकार सम्मेलन | पालिका स्तरीय टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया ८ आश्विन २०८०

आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय टि -20 क्रिकेट प्रतियोगिता संचालन बारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ |

बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिका सदस्य चन्द्र बहादुर खत्रीले यस कार्यक्रमको अध्यक्षता गर्नुभयको थियो | कार्यक्रमको प्रमुख अतिथिमा यसै नगरपालिकाकी नगर उप प्रमुख रत्ना कुमारी पाण्डे , विशिष्ठ अतिथिमा निमित्त प्रशाशकिय प्रमुख डिल्ली प्रसाद शर्मा , बिशेष अतिथिमा वडा नम्मर ६ का वडा अध्यक्षमा झग बहादुर वली र अतिथिहरुमा क्रमस:  जिल्ला पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादब आचार्य , जिल्ला क्रिकेट संघ बर्दियाका प्रतिनिधी लगायत विभिन्न संस्थाका व्यक्तिहरु हुनुहुन्थ्यो।

व्यवस्थित, स्वस्थ्य र पारदर्शी तरिकाले खेलाडी उत्पादन र खेलाडीलाई प्रोत्साहनका निम्ति यस नगरपालिकाले विभिन्न खेलकुदका १० शीर्षकमा बजेट बिनियोजन गरेको जानकारी सहित शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं नगर खेलकुद बिकाश समितिका सदस्य-सचिब टिका नाथ गोसाईले  कार्यक्रममा स्वागत मन्तब्य दिनुभयको थियो |

कार्यक्रमको अध्यक्षता गर्नुभयका नगर खेलकुद बिकाश समितिका सदस्य चन्द्र बहादुर खत्रीले  असोज २७ गतेदेखि प्रथम पालिका स्तरीय टि -20 क्रिकेट प्रतियोगिता संचालन गरिने जानकारी गराउदै वितरण गरिने पुरुस्कारको बारेमा स्पस्ट पार्नुभयो | उहाका अनुसार प्रथम  पुरुस्कार नगद रु. १ लाख १ हजार १ सय एघार , द्धितिय पुरुस्कार रु ५१ हजार १ सय ११ , म्यान अफ द म्याचलाई रु. १ हजार ५ सय , बेस्ट ब्याट्स म्यान र बलरलाई नगद रु ५/५  हजार , म्यान अफ द सिरिजलाई  नगद रु ६ हजार लगाएत मेडल, ट्रफी प्रमाणपत्र प्रदान गरिने जानकारी गराउनुभयो ।

पुरा भिडियो हेर्नुहोस

 उपस्थित पत्रकार हरुले यस सम्मेलनमा विभिन्न प्रस्न हरु राख्नुभयको थियो प्रश्न राख्ने क्रममा यस पत्रकार सम्मेलनमा उपस्थित हिमालय टाइम्सका पत्रकार दिपक कुमार शर्माले उदयमान खेलाडीको निम्ति समेत प्रोत्साहनका लागि पुरुस्कार राख्न सुझाब दिनुभयको थियो उक्त सुझाबको बारेमा नगर खेलकुद बिकाश समितिका संयोजक सित छलफल गरि उदयमान खेलाडीको लागि समेत पुरुस्कारको व्यवस्था गरिने जानकारी कार्यक्रमको अध्यक्ष खत्रीले दिनुभयको छ |   

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले युवाहरुलाई खेलकुदमा अगाडी बढाउनुपर्छ रास्ट्रका चिनारी गराउनुपर्छ भन्ने सोच सहित नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा समेत बजेट बिनियोजन गरेको थियो तर क्रिकेट खेलका निम्ति बजेट राखिएको थिएन  | यस नगरपालिकाका युवाहरुले अत्याधिक रुपमा क्रिकेट खेलप्रति रुची देखायको हुँदा हाल यस आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित रकम १७ लाख मध्ये ४ लाख २५ हजार रकम क्रिकेट खेलका निम्ति छुट्टाईएको छ भनि जानकारी गराउनुभयो | “सम्पूर्ण उपस्थित पत्रकार हरुलाइ राम्रो कामको लागि राम्रो संदेश प्रबाह गरिदिन अनुरोध गर्दछु” बोल्ने क्रममा नगर उपप्रमुख पाण्डेले भन्नु भयो |

कार्यक्रमको अध्यक्ष खत्रीले उपस्थित पत्रकारहरुको जवाफ दिए पश्चात कार्यक्रम समापन भयको घोषणा गर्नुभयको थियो |  

बिज्ञापन-AI-ADCustom Text

स्वतन्त्र विद्यार्थी यूनियन जनसेवा बहुमुखी क्याम्पस बैदीले हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने

२४ आश्विन २०८०, बर्दिया | बारबर्दिया नगरपालिका वडा नम्मर १० बैदी स्थित जनसेवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले बिजया दशमी र शुभ दीपावलीको अवसरमा मिति २०८०/०६/२७ गते क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ  ।

नगद राशि  १०,००० र प्रमाण पत्र प्रथम हुनेले प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमस  नगद रु. ५,००० र ३,००० को साथमा  प्रमाण पत्र प्राप्त गर्नेछन भने सहभागिताको निम्ति  टिम दर्ता शुल्क रु. २००० (दुई हजार) लाग्ने छ  ।

प्रतियोगितामा नेपालको भूगोल- महिला अधिकार- विज्ञान –खेलकुद- नेपलाको संबिधान तथा  इतिहास सम्बन्धित प्रश्नहरु समावेश गरिने स्ववियु अध्यक्ष लक्ष्मी प्रसाद न्यौपानेले रिपोर्टिंग नेपालका सम्बाददातालाई जानकारी गराउनु भयो ।

बिज्ञापन-AI-ADCustom Text

बर्दिया जिल्लामै पहिलो ४ GPA ल्याउने आरती पौडेलको सम्मानमा द भ्वाइस एकेडेमीको भव्य कार्यक्रम

१७  असार २०८२, रिपोर्टिंग  नेपाल, यशु केसी 

जयनगरमा रहेको द भ्वाइस एकेडेमी विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि अन्तरक्रिया तथा अभिभावक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। २०६४ सालमा स्थापना भएको यस विद्यालयले शिक्षासँगै खेलकुद, सिर्जनात्मक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वलाई समेट्दै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै आएको छ। विद्यालयले पहिलो पटक २०८१ सालको एसइई परीक्षामा बर्दिया जिल्लाकै इतिहासमा पहिलो ४ GPA हासिल गर्न सफल भई जिल्लालाई गौरवपूर्ण उपलब्धि दिलाएको छ।

कार्यक्रमको शुभारम्भ विद्यालयका प्रधानाध्यापक भिमसेन गिरीले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो। उहाँले विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्राबारे चर्चा गर्दै, “यो सम्मान कार्यक्रम विद्यार्थीहरूको मेहनतको कदर गर्नुका साथै आगामी वर्ष SEE मा सहभागी हुन लागेका विद्यार्थीहरूलाई हौसला प्रदान गर्न गरिएको हो,” भन्नुभयो। कार्यक्रममा विद्यालयका संस्थापक डिल्लीराम गिरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा नगर प्रमुख छबिलाल थारु रहनुभएको थियो। नगर प्रमुख थारुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख रत्नकुमारी पाण्डे हुनुहुन्थ्यो। विशेष अतिथिमा वडा नं. ६ का वडा अध्यक्ष झगबहादुर वली, प्याब्सनका केन्द्रीय सदस्य एकराज पौडेल, शिक्षक महासंघ अध्यक्ष पोमराज शर्मा, शिक्षा शाखा प्रमुख प्रा.स. खिमराज काफ्ले, प्रमुख सल्लाहकार ओम काफ्ले लगायतको उपस्थिति रहेको थियो।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा द भ्वाइस एकेडेमीबाट २२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा सबै उत्तीर्ण भएका छन्। बुवा घन श्याम र आमा गंगा पौडेलकी छोरी आरती पौडेलले ४ GPA ल्याएर बर्दिया जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएकी छिन्। अन्य विद्यार्थीमध्ये ४ जनाले  A+, १४ जनाले A, र ३ जनाले B+ ल्याएका छन्। विद्यालयले आरतीलाई गाडीमा राखी पञ्चेबाजा सहित नगर परिक्रमा गराएर विशेष सम्मान प्रदान गरेको थियो। त्यसैगरी, विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू दिपिशा गिरी, आयेशा थापा, कविज ज्ञवाली, विदिशा रिजाल, नमन गिरी, प्रकाश बस्नेत, भुवन अर्याल, रोशन थापा, श्रीषा चौधरी, मौसम थारु , अशिम पुरी ,प्रशान्त बराल,साजन बि.क.,सुशान्त कुवर,समिर पौडेल,उर्मिला चौधरी,प्रदिप राजी, संगम भुजेल, प्रशान्त  बिसी, निखिल चौधरी,अंकित केसी तथा उनीहरूका अभिभावकहरूलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण बनेकी आरती पौडेलले भावुक शैलीमा मन्तव्य राखेकी थिइन्। उनले भनिन्, “मेरो बाबु रोजगारीको सिलसिलामा बिदेश जानुभएको छ, आमा घरको सबै जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। बाबाले कमाएको सबै पैसा मेरो पढाइमा खर्च गर्नुभएको छ। म बाबुआमाको आशा, भरोसा र विश्वास मर्न दिन्न।” उनले थप भनिन्, “म डाक्टर बन्न चाहन्छु, तर आर्थिक अवस्थाले साथ दिने अवस्था छैन। मनले त म डाक्टर पढ्न सक्छु भन्ने लाग्छ, तर पैसाले रोक्न सक्छ। मैले सेवा गर्ने डाक्टर बन्ने सपना देखेकी छु – सबैले उपचार पाउन सकून् भन्ने मेरो चाहना हो।” आरतीको यो भनाइले कार्यक्रम स्थलमा रहेका सबैलाई भावुक बनाएको थियो।

उनको भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल बन्दैछ। उहाँको मर्मस्पर्शी अभिव्यक्तिको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
👉 आरतीको भिडियो हेर्नुहोस्

त्यस्तै नगर उपप्रमुख पाण्डेले सुभकामना दिने क्रममा भन्नुभयो :  विद्यालयले दिएको निरन्तर प्रयास र १० वर्षदेखिको  विद्यार्थीको कडा मिहिनेतले आज यस्तो अद्भुत सफलता सम्भव भएको हो। सबैलाई बाकि शैक्षिक भविष्यको सुभकामना ”

नगर प्रमुख छबिलाल थारुले आरतीको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै भन्नुभयो, “आरती जस्ता विद्यार्थीहरू समाजका लागि प्रेरणा हुन्। उहाँको बोलीले हामी सबैलाई छुन सफल भयो। म उहाँ र सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिन चाहन्छु।” उपप्रमुख रत्नकुमारी पाण्डेले भन्नुभयो, “१० वर्षदेखि विद्यालयले दिएको प्रयास, शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयबाट आजको सफलता सम्भव भएको हो। यो विद्यालय अब बर्दियाको गौरव हो।”

विद्यालयका प्रमुख सल्लाहकार ओम काफ्लेले विद्यालयको इतिहासको चर्चा गर्दै भने, “संस्थागत रुपमा शैक्षिक सुधारको अभियानमा लाग्दै आएको द भ्वाइस एकेडेमी आज बर्दिया जिल्लाको शैक्षिक इतिहासमा चम्किलो नाम बनेको छ। ४ GPA ल्याउने विद्यार्थी उत्पादन गर्ने पहिलो विद्यालय बनेकोमा हामी सबै गर्व गर्न सक्छौं।”

कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको सफलतामा विद्यालयको भूमिकाको उच्च प्रशंसा गरेका थिए र आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिको कामना व्यक्त गरेका थिए।

बिज्ञापन-AI-ADCustom Text

“असार १५: जय कालिका माविमा ‘आफै कमाउ, आफै पढौं’ नारासहित धान दिवस”

१७ असार २०८२, स्यारोन रेग्मी,बर्दिया — बढैयाताल गाउँपालिका–९ मा अवस्थित श्री जय कालिका माध्यमिक विद्यालयले असार १५ लाई धान दिवसका रूपमा विशेष कार्यक्रमसहित मनाएको छ। ‘आफै कमाउ, आफै पढौं’ भन्ने मूल नाराका साथ विद्यालयले आफ्नै खेतमा धान रोपेर धान दिवसको विशेषता झल्काएको छ।

कार्यक्रममा गाउँपालिका प्रमुख श्री हिमालय त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठी तथा कृषि शाखा प्रमुख दीपेन्द्र श्रीवास्तव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।  साथै विद्यालयका शिक्षक, अभिभावक, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइने परम्परालाई समेट्दै विद्यालयले यस वर्षको दिवसलाई कृषि तथा व्यवसायिक धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्य राखेको छ। धान रोपाइँका क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरू आफैँ खेतमा उत्रिएर विद्यार्थी र अभिभावकसँगै रोपाइँ कार्यमा सहभागी भए।

विद्यालयले आफ्नै जग्गामा उत्पादन गरिने धानको आम्दानी विद्यार्थीहरूको शैक्षिक खर्चमा प्रयोग गरिने जानकारी दिएको छ। यस कार्यले विद्यार्थीहरूमा श्रमको मूल्य, आत्मनिर्भरता र कृषि व्यवसायप्रतिको रुचि बढाउने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समिति तथा कृषि धारको संयोजनमा गरिएको यो प्रयासले ‘शिक्षा र श्रम सँगै’ भन्ने सोचलाई व्यवहारमा उतार्दै उदाहरणीय कार्य गरेको भन्दै सहभागी सबैले प्रशंसा गरेका छन्।

बिज्ञापन-AI-ADCustom Text

पाँच विकेटले युएई पराजित टी-२० सिरिजमा नेपालको लगातार चौथो जित

७ कार्तिक २०८०

नेपालले त्रिदेशीय टी-२० सिरिजमा  युएईलाई पाँच विकेटले पराजित गरेको छ। 

हिजो काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको युएई र नेपाल बीच भयको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ । युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। युएईले दिएको १६५ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा नै पूरा गरेको थियो

बिज्ञापन-AI-ADCustom Text

मोबाइल, युट्युब, र पढाइ — युट्युबको सहारामा एमबीबीएससम्मको यात्रा !

०३ असार २०८२, रिपोर्टिंग  नेपाल  ,काठमाण्डौ भारतको झारखण्ड राज्य स्थित जमसेदपुरका २२ वर्षीय रोहित कुमारको जीवन कुनै साधारण युवकको कहानी होइन। त्यो एउटा संघर्षको महागाथा हो, जुन हरेक अभावलाई जितेर बनेको छ। हरेक सपनालाई झन्डै गुमाउँदै, फेरि समेट्दै अघि बढेका रोहितको यात्रा आज हजारौँ युवाका लागि प्रेरणा बनेको छ।

कक्षा ५ सम्म हिन्दी माध्यममा पढेका रोहित बाल्यकालदेखि नै पढाइमा अब्बल थिए। छोराको भविष्यप्रति आशावादी उनका बुबाले अङ्ग्रेजी माध्यमको विद्यालयमा उनलाई भर्ना गरिदिए। त्यो समय घरको आर्थिक अवस्था राम्रो थिएन, तर बुबाले यो सपनाका लागि कुनै सम्झौता गरेनन्।

 आजको डिजिटल युगमा ‘गरेमा हुन्छ’ भन्ने भनाइ झुटो होइन । यसमा सरोकारवालाको पनि साथ चाहिन्छ 

धेरै युवाहरू पैसा छैन, साधन छैन, सल्लाह छैन भन्दै पढाइ छोड्छन्। तर रोहितको कथा भन्छ — “जहाँ इच्छाशक्ति हुन्छ, त्यहाँ बाटो आफैँ बन्छ।” सरकारले यस्तो संघर्षशील विद्यार्थीहरूलाई छात्रवृत्ति, डिजिटल पहुँच, र मानसिक समर्थन दिनुपर्छ। र, समाजले पनि गरीबका सपनालाई हाँसोको विषय बनाउनु हुँदैन  l

सन् २०१९ मा उनले ७९ प्रतिशत अङ्कसहित म्याट्रिक उत्तीर्ण गरे। तर, यति बेला जीवनमा एउटा ठूलो मोड आयो। सन् २०१२ देखि मधुमेहका बिरामी रहेका उनका बुबा थला परे। दैनिक लगभग २५० भारू कमाउने बुबा बिरामी भएपछि घरको सम्पूर्ण भार रोहितका काँधमा आयो। उनले पढाइ पनि नछाड्ने निर्णय गरे र सरकारी कलेज ‘जमसेदपुर वर्कर्स कलेज’मा भर्ना भए। बिहान कलेज जान्थे, दिउँसो फार्मेसीमा काम गरेर १८०० भारू कमाउँथे। त्यही आम्दानीले घर चल्थ्यो।

“जब आत्मबल बलियो हुन्छ, अभाव पनि अवसर बन्छ”

उनको संघर्षको कथा केवल एक जनाको विजय नभई, अभावमा बाँचिरहेका हजारौँ युवाको लागि आत्मबल दिने उदाहरण हो। सपना सस्तो छैनन्, किनकि  सपना हेर्ने आँखा सधैं मूल्यवान हुन्छ। पैसा छैन भनेर कोही सपना देख्न बन्द नगरोस । मनमा दृढ निश्चय, अनुशासन र निरन्तरता छ भने अभाव मात्र होइन, नियतिलाई पनि जित्न सकिन्छ।

फार्मेसीमा काम गर्दै गर्दा उनलाई एमबीबीएसको महत्व बुझ्न थाल्यो। तर जब कसैसँग सोध्थे— ‘डाक्टर बन्न के गर्नुपर्छ?’ धेरैले भने— “पहिले इन्टर पास गरेर त देखाऊ।” यसैले झनै भित्रबाट आगो बल्यो। उनले युट्युब भिडियो हेर्दै इन्टर पढे र सन् २०२१ मा ८९.५ प्रतिशत अङ्कसहित कलेज टप गरे।

तर यो मात्र सुरुवात थियो। कोचिङ क्लास जान रकम थिएन। घरमा पढ्ने ठाउँ थिएन। त्यसैले उनले आफ्ना दाइको पसल नजिकको लाइब्रेरीमा १३०० भारू तिरेर पढ्न थाले। बिहान लाइब्रेरी, दिउँसो पसल, फेरि साँझ लाइब्रेरी अनि राति घर फर्किएर पढ्ने उनको तालिका थियो। उनले २०२३ को NEET परीक्षामा ४८५ अंक ल्याए। त्यो डाक्टर बन्न प्रयाप्त थिएन, तर मनोबलको पुनः जगाउने आधार भने अवश्य बन्यो।

युट्युब: गरीबको गुरु

कोचिङ क्लासका लागि लाखौँ लाग्ने देशमा रोहितले गरे शून्य लागतको कोचिङ — मोबाइल र युट्युब मार्फत। उनले १२ कक्षामा ८९.५% ल्याएर कलेज टप गरे। त्यतिमात्र होइन, NEET-UG जस्तो प्रतिस्पर्धात्मक परीक्षाको तयारी पनि उही स्क्रिन हेर्दै गरे।

अर्को साल उनी ‘फिजिक्स वाला’ नामक अनलाइन प्लेटफर्मको ‘उमिद ब्याच’मा भर्ना भए, जुन केवल ५ हजार भारूमा उपलब्ध थियो। पढाइसँगै उनी फुटपाथमा मोबाइल कभर बेच्थे। सन् २०२४ मा उनले ६१९ अंक ल्याए, जुन निकै राम्रो थियो। तर त्यही सालको NEET परीक्षा प्रश्नपत्र लिक प्रकरणले विवादमा पर्‍यो। उनको उत्कृष्ट नतिजा पनि निरर्थक बन्यो।त्यसपछि उनले डाक्टर बन्ने सपना छोड्ने सोच बनाए। तर उनका दाइले भने, “यो अन्त्य होइन, तिमीले फेरि प्रयास गर्नुपर्छ।” अझ राम्रो खबर त तब आयो जब Physics Wallah टिमले ६०० अंकभन्दा बढी ल्याउने सबै विद्यार्थीलाई निःशुल्क तयारी गराउने घोषणा गर्‍यो। उनले यो अवसर फेरि समाते। तयारी गरे।

२०२५ मा फेरि NEET परीक्षा दिए। यसपटक उनले ५४९ अंक ल्याए। २२ लाख विद्यार्थीमध्ये १२,४८४ औं स्थानमा परे। जब Physics Wallah का CEO अलख पाण्डेले यो सुने, उनी स्टलमै पुगेर रोहितलाई भेटे। सेतो कोट लगाइदिए। क्यामेरामा त्यो दृश्य कैद भयो— एक शिक्षकले आफ्नो मेहेनती विद्यार्थीलाई डाक्टर बन्ने बाटोमा पुर्‍याएको ऐतिहासिक क्षण।रोहितको एमबीबीएसको सम्पूर्ण खर्च अब Physics Wallah ले बेहोर्नेछ।

बिज्ञापन-AI-ADCustom Text

बिश्व सिकलसेल सचेतना दिवसमा बारबर्दियामा बृहत रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

०५ असार २०८२, रिपोर्टिंग  नेपाल ,बर्दियाबिश्व सिकलसेल सचेतना दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया र स्कास नेपालको सहकार्यमा आज बारबर्दिया नगर अस्पतालमा बृहत रक्तदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख छबिलाल थारुले गर्नुभयो। उहाँले कार्यक्रम सुरु हुनु अघि ब्यानर वाचन गर्नुभएको थियो, जससँगै कार्यक्रम औपचारिकरूपमा आरम्भ भयो। कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डे, सिकलसेल तथा थालेसिमिया कार्यक्रमका स्रोत व्यक्ति तथा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन, मेडिकल बिभाग प्रमुख  डा. राजन पाण्डे, संस्थापक मेयर दुर्गा बहादुर थारु (कबिर), नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेल, स्कास नेपाल अध्यक्ष प्रभुराम चौधरी लगायत  व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित डा. राजन पाण्डेले सिकलसेल र थालेसिमिया रोगका विषयमा वैज्ञानिक तथ्यमाथि आधारित रहेर जनचेतनामूलक र भावनात्मक दृष्टिकोणबाट गहिरो प्रकाश पार्नुभयो। उहाँले विगतमा नेपालमा सिकलसेल रोग छैन भन्ने पढाइ भएको भए पनि अहिले यो रोग प्रमाणित रूपमा समुदायभित्र देखिन थालेको र खासगरी थारु समुदायमा यसले भयावह रूप लिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो रोग क्षयरोग, दम वा सुगरजस्तो सामान्य स्वास्थ्य समस्या होइन, किनभने एक जनामा देखिए पनि पूरै परिवार नै प्रभावित हुन्छ। आर्थिक, सामाजिक र मानसिक रूपमा परिवार थलिन्छ।”

डा. पाण्डेले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो कि उहाँले सन् २००५ मा MBBS गर्दा नेपालमा सिकलसेल छैन भनेर पढ्नुभएको थियो। MD गर्दा १–२ केस देख्नुभयो। २०६८ सालमा भेरी अस्पतालमा काम गर्दा थारु समुदायका युवायुवतीहरू सामान्य ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने लक्षण लिएर आउँथे तर उनीहरूका कथाहरू निकै पीडादायी हुन्थे — कोही ५ लाख, कोही १० लाखसम्म खर्च गरिसकेका, कोही जग्गा बेचेर उपचारमा लागेको तर निको नभएको अवस्था। कसैले घरवार गुमाएको, कसैले आफूलाई सुकुम्बासी भएको बताएको यस्ता कथाहरूले उहाँलाई गहिरो संवेदना जगायो । सिकलसेलको आशंकामा उहाले नेपालमा रगत परीक्षण सुविधा नभएकाले भारत पठाउँदा आफूलाई आरोप लाग्यो, “नयाँ डाक्टर भएर प्रचारको लागि नाटक गर्यो” भनेर मिडियाहरूमा समेत आलोचना भयो। राष्ट्रिय स्तरका मिडियामा समेत नकारात्मक रूपमा चित्रण गरिएको पीडा उहाँले यस कार्यक्रममा पनि साझा गर्नुभयो। यद्यपि, उहाँ पछि हट्नुभएन। ३९ जना सिकलसेल संक्रमित फेला पारे पश्चात २०७० साल बैशाख १३ गते, आफ्नै पहल र खर्चमा बर्दिया–बाँकेका चिकित्सक, थारु अगुवा र जनप्रतिनिधिहरूसँग छलफल गरी उहाँले यस विषयलाई लिएर देशव्यापी सचेतना अभियान प्रारम्भ गर्नुभयो।

बारबर्दिया नगरपालिका नेपालकै पहिलो पालिका हो जहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को समन्वयमा सामुदायिक स्तरमा सिकलसेल स्क्रिनिङ गरिएको हो। यहाँका विद्यालयहरूमा यसबारे पढाइ हुने व्यवस्था गरिएको छ भने नगर अस्पतालमा सिकलसेलसम्बन्धी परामर्श, परीक्षण र उपचारको सेवा सञ्चालनमा छ। साथै, नेपाल सरकारद्वारा सञ्चालित बिपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सुचिकृत छ ।

डा. पाण्डेले कार्यक्रममा आफूले तयार पारेको “सिकल/थालेसिमिया कुण्डली” पनि वितरण गर्नुभयो। यस कुण्डलीमार्फत व्यक्तिको रगत परिक्षणको आधारमा विवाह गर्दा कुन व्यक्तिसँग विवाह गर्दा सुरक्षित हुन्छ भन्ने जानकारी प्रदान गरिन्छ, जसको उद्देश्य सन्तानमा यो रोग सर्ने सम्भावनालाई रोक्नु हो। उहाँले जोड दिँदै भन्नुभयो, “अब जुनसुकै जात, समुदाय वा क्षेत्रको भए पनि विवाह अघि रगत परीक्षण अनिवार्य गरौं — आफू पनि बचौं, अरूलाई पनि बचाऔं।”

डाक्टर राजन पाण्डेले तयार पार्नुभएको सिकल/थालेसिमिया कुण्डली

कार्यक्रममा पूर्व नगर प्रमुख दुर्गा थारु (कबिर) र स्कास नेपाल अध्यक्ष प्रभुराम चौधरीले पनि आफ्नो मन्तव्य राख्दै, नगरपालिकाको नेतृत्व, अस्पताल व्यवस्थापन र सिंगो समुदायलाई धन्यवाद दिनुभयो । उहाँहरूले यो कार्यक्रमले अन्य पालिकालाई पनि सिक्ने अवसर दिएको र बारबर्दियालाई रोल मोडल पालिकाको रूपमा अगाडि बढाएको स्पष्ट पार्नुभयो।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले गर्नुभएको थियो भने नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेलले सिकलसेल रोगसम्बन्धी अस्पतालले गर्दै आएका कार्यहरूबारे जानकारी दिनुभयो।

कार्यक्रमको समापन नगर प्रमुख छबिलाल थारुले मन्तव्य दिँदै गर्नुभयो। उहाँले डा. पाण्डेले अमूल्य समय दिएर यहाँ आएर समुदायलाई सिकलसेल रोगबारे गहिरो जानकारी दिएकोमा धन्यवाद दिँदै मायाको चिनो प्रदान गर्दै दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो l सहभागीहरूको जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख थारुले भन्नुभयो, “यस स्वास्थ्य समस्याको समाधानका लागि नगरपालिकाले गर्न सक्ने सबै सेवा, स्रोत र समन्वय गर्न तयार छ। नगर स्तरले गर्न नसक्ने कामहरूका लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्न म प्रतिवद्ध छु।”

 

बिज्ञापन-AI-ADCustom Text

बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा ताला बन्दि

बर्दिया l २४ भाद्र २०८१ l रिपोर्टिंग नेपाल सम्बाददाता

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) बर्दियाले बाँसगढी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालका लागि ताला लगाएको छ। बाँसगढी नगरपालिकाले विद्यार्थी बाट चर्को शुल्क उठाउने निर्णयको बिरुद्धमा तालाबन्दी गरिएको हुँदा तत्काल मागलाई सम्बोधन नगरी यसैगरी वेवास्ता गरिए संघर्षले उग्र रुप लिन गई कुनै क्षति भएमा नगरपालिका र यसका प्रमुख जिम्मेवार हुनेछन् विज्ञप्तिमा भनियको छ l

संयोजक रमिता थारुद्वारा जारी गरिएको विज्ञप्तिको पुर्ण पाठ :

” विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीका हक, हित र अधिकारका निम्ति सचेततापूर्वक अनवरत सडक संघर्षको नेतृत्व गरिरहेको कुरा सबैमा विदितै छ । हाम्रो संगठनले पछिल्लो समय भवावह स्थितिमा पुऱ्याइएको शिक्षा क्षेत्रलाई सुधार गर्ने अभियानस्वरुप Mission Everyday Season 2 अभियान सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा बाँसगढी नगरपालिकाले सरकारी विद्यालयबाट अतिरिक्त कक्षाका नाममा शुल्क उठाउन पाउने संविधान र जनविरोधि निर्णय गरेर अभिभावक र विद्यार्थीमाथि चर्को आर्थिक भार थोपरेको छ । उक्त प्रकारको शुल्क खारेजीका निम्ति हाम्रो संगठनले मौखिक रुपमा सचेत गराउनुको साथै यहि भाद्र १८ गते पालिकाका १३ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षर संलग्न गराई उक्त प्रकारको शुल्क खारेजीका निम्ति ७२ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थियो । तर हालसम्म कुनै प्रगति नभएको देख्दा हामीलाई आश्चर्य लागेको छ र मेयरले कतै माफियाको भुमिका त निर्वाह गरिरहेका छैनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ। यसरी सरकारी विद्यालयमा निजीकरणलाई प्रवर्धन गर्ने कुनैपनि कुरा हाम्रो संगठनलाई मान्य छैन। तत्काल उक्त प्रकारले अभिभावक माथि थोपरिएको शुल्क खारेजीको माग सहित त्यस्तो शुल्क खारेज गरी सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउने अवस्था कायम नगरिंदासम्म बाँसगढी नगरपालिको शिक्षा शाखामा तालाबन्दी गरिएको व्यहोरा जानकारी गराइन्छ ” l

यस अघि पनि बाँसगढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले भ्रस्टाचार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का कार्यकर्ताले कार्यकक्षबाटै पौडेललाइ कारबाही गर्ने भन्दै तानेर बाहिर निकालेका थिए l हेर्नुहोस भिडियो l

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकाको गौरवशाली पाइला — ‘पूर्ण खोप सुनिश्चिततामा पुनः पहिलो

जेष्ठ  २०८२ , बर्दिया – रिपोर्टिंग सम्बाददाता  “साना हातमा खोपको सुरक्षा, समर्पित मनमा सेवाको भाव” यिनै शब्दहरू आज बारबर्दिया नगरपालिकामा प्रत्यक्ष अनुभूत भए । बारबर्दियाले पुनः एकपटक ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको रूपमा बर्दियामा पहिलो बन्ने गौरव प्राप्त गर्दै  , स्वास्थ्य सुरक्षामा आफ्नो अडिग प्रतिबद्धता पुष्टि गरेको छ।

आज आइतबार,विशेष समारोहका बीच नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिकाको प्रमाणपत्र प्रदान गरिएको हो। यो उपलब्धि केवल औपचारिकता नभई समुदायको निरन्तर मेहनत, स्वयंसेवकको समर्पण र स्थानीय सरकारको स्पष्ट दृष्टिकोणको प्रतिफल हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्ड अनुसार, कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषित गर्नका लागि आवश्यक छ । १५ महिनाभित्र जन्मेका सबै बालबालिकाले निर्धारित सबै खोप प्राप्त गरिसकेको हुनुपर्छ। एकजना पनि खोपबाट वञ्चित हुन नहुने कडाइ लागू गरिएको छ।

 

बारबर्दिया नगरपालिकाले यी सबै मापदण्डलाई लगातार पालना गर्दै आएको छ। यही आधारमा, पहिलोपटक २०७७ सालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको बारबर्दियाले त्यसपछि प्रत्येक वर्ष मापदण्ड अनुरूपको मूल्याङ्कनमा सफलता प्राप्त गर्दै आएको छ। यस वर्ष पनि बारबर्दियाले निरन्तरता कायम राख्दै, प्रमाणपत्र प्राप्त गरेर बर्दियामा स्वास्थ्यको क्षेत्रमा उदाहरणीय उचाइमा पुग्न सफल भएको छ।

यस उपलब्धिको अवसरमा आयोजित ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा तथा सम्मान कार्यक्रम’ भावनात्मक र प्रेरणादायी दुवै बन्यो।

समारोहमा नगर प्रमुख छबिलाल थारुको अध्यक्षता थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव रहनुभएको थियो। साथै अतिथिहरु  नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रमको शुरुवातमा सामाजिक विकास समिति संयोजक श्यामकुमारी चौधरीले स्वागत मन्तव्य दिइन्। तत्पश्चात दीप प्रज्वलन गर्दै नगर प्रमुख र प्रमुख अतिथिले संयुक्त रूपमा समारोहको उद्घाटन गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रतिवेदन प्रस्तुत गर्दै मूल्याङ्कनका मापदण्डहरू, यथार्थ अवस्थाहरू, सामना गरिएका चुनौतीहरू र सफलता प्राप्तिका पाटाहरू विस्तृत रूपमा सार्वजनिक गर्नुभयो।

कार्यक्रममा ११ वटै वडाका अध्यक्षहरू, खोप समन्वय समितिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी थिए। खोप अभियानमा उल्लेखनीय योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविका र खोप कार्यकर्ताहरूलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएकोछ ।

कार्यक्रमको सबैभन्दा भावुक र सम्मानजनक क्षण  पाँच जना ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ बन्न पुग्यो ,  ती महिलाहरूले जीवनका दशकौँ समाजसेवामा अर्पण गरे – न त तलबको आश, न त सुविधाको चाहना । उनीहरुको सेवाभाव आज लाखौँको सम्मानमा परिणत भयो।

नगरपालिकाले ती स्वयंसेविकाहरू अम्बिका शाहा (कुम्रागाउँ), पार्वती थरुनी (जब्दहवा), तुलसी देवी सिंह ठकुरी (सिउनिया), कुमारी बिष्ट (औरी), पार्वती देवी सापकोटा (कतारनिया) सबैलाई रु. १/१  लाखको चेक, दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गर्‍यो।

नगर अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेललाई पनि स्वास्थ्य क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरियो।

नगर प्रमुख छबिलाल थारुले भने “यो उपलब्धि हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेविका, वडा अध्यक्षहरू र सम्पूर्ण नगरवासीको साझा प्रयासको उपज हो। हामी सबै गर्व गर्छौं कि हाम्रो पालिकामा एकजना पनि बालबालिका खोपबाट छुटेका छैनन्।”

उपप्रमुख रत्नकुमारी पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख नारायणप्रसाद चौधरीले स्वयंसेविकाहरूको समर्पणका साथै पालिकाको यो उपलब्धिको मुक्तकण्ठले प्रशंसा गर्दै भविष्यमा पनि साथ र समर्थन रहने प्रतिबद्धता जनाए।

यस्तै, नगरप्रमुख छबिलाल थारुले ब्यानरमा लेखिएको  प्रतिबद्धता वाचन गरी हस्ताक्षर गरेपछि कार्यक्रमको अन्त्यतिर, सबै सहभागीहरूद्वारा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै खोप अभियानको निरन्तरता, समावेशिता र दिगोपनाको संकल्प गरिएको थियो। यो केवल कागजी हस्ताक्षर थिएन , यो थियो, स्वास्थ्यप्रति जनप्रतिनिधि र सेवकहरूको गहिरो उत्तरदायित्वको संकेत।

बारबर्दिया नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको यात्रामा जुन साँचो प्रतिबद्धता देखाएको छ, त्यो अब स्थानीय शासन र सार्वजनिक स्वास्थ्य नीतिबीचको सफल सहकार्यको सजीव उदाहरण बनेको छ।

स्वास्थ्य सेवा केवल औपचारिक कार्यक्रम मात्र होइन, त्यो सधैं अविचल भावनात्मक र मानवीय समर्पणमा आधारित हुने रहेछ भन्ने कुरा आजको समारोहले पुनः पुष्टि गर्‍यो।

बिज्ञापन-AI-ADCustom Text

आर सी थारु नगर अस्पतालमा प्रसुती सेवा लिनजाँदा कर्मचारीले दिन्छन अनावश्यक दुख

बर्दिया। रिपोर्टिंग नेपाल-२२ श्रावण २०८०
बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको आर सी थारु मेमोरियल नगर अस्पतालमा दिइने विभिन्न स्वास्थ्य सेवा मध्ये प्रसुती सेवामा कामगर्ने कर्मचारी हरुले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको सेवा ग्राहिले गुनासो गरेका छन।

उक्त आर सी थारु मेमोरियल नगर अस्पतालमा प्रसुती सम्बन्धि सेवालिन आएका बिरामिको कुरुवाको धेरै गुनासो पछि खोज नेपाल न्युजको सम्पादक आफै गएर बुझ्दा कुरुवाले भने अनुसार नै जति पटक गर्भवती जाँच गराउन गयो तेति नै पटक ओ पि डि अन्तर्गत को बिरामी पुर्जा नकाटेसम्म गर्भवती लाई अत्यावश्यक जाँच देखि औषधि सम्म नदिने गरेको पाइयो। भने यस न्युज च्यानलका सम्पादकले पटक पटक गर्भवती जाँच पुर्जामा लेख्दिनु भन्दा समेत नमानेको र सो करारका कर्मचारी हरुको यस्तो अटेरी हर्कत देख्दा छमता भन्दा पनि पावर र पहुचका भरमा करारमा जागिर खाएका हुनकी भन्ने समेत यस न्युज च्यानल लगाएत सेवाग्राहीले आँकलन गरेकाछन।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको