जिवनशैली-समाज

health tips, fashion, food, yoga, मानव समुदाय र त्यसका सामाजिक गतिविधिहरू, जनजीवन, परम्परा, सामाजिक समस्या, सांस्कृतिक कार्यक्रम, सामाजिक न्याय र जनजीवनसँग सम्बन्धित समाचार,सेवा,दान  ,सहयोग 

बसाहा बर्डा गौसेवा आश्रममा गौपुजा सम्पन्न

२७ कार्तिक २०८०, बर्दिया | आज कार्तिक २७ गते गाई तिहारका दिन बारबर्दिया नगरपालिकाको वडा नम्मर ९ कतर्नियामा रहेको बसाहा बर्डा गौसेवा आश्रममा  बारबर्दिया नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष देबेन्द्र कुमार बिस्टको अग्रसरतामा गौपुजा सम्पन्न भयको छ |

आश्रमले सामाजिक संजाल मार्फत गाई तिहारको अवसर पारेर आश्रममा रहेको गाईहरुका निम्ति ब्राण्ड, पराल तथा आर्थिक सहयोग गर्न र गौपुजा कार्यक्रममा सहभागी भै प्रसाद ग्रहण गर्न अपिल गरेको थियो |कार्यक्रममा नगरपालिकाको विभिन्न  स्थान र वडाबाट गौ पुजामा सहभागी हुन आएका थिय | गौपुजामा सहभागी हुन आउने हरुले गौसेवा आश्रमक लागि धानको ढुटो , पराल, नगद धनराशी आदि दान गरेका थिय |

गौसेवा आश्रममा बारबर्दिया नगरपालिका प्रमुख छबिलाल थारु , उपप्रमुख रत्ना कुमारी पाण्डे  , कृषि शाखा प्रमुख समेत  उपस्थिति भै  गौ पुजा गर्नु भयको थियो।

गौसेवा आश्रमका लागि विभिन्न सहयोग गर्ने सहयोग दाता  हरु लगायत गौसेवा आश्रम निर्माण र विभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई नगरप्रमुख , उपप्रमुख र वडा नम्मर ८ का वडा अध्यक्ष लगायतले खाद को साथै टिका लगाई सम्मान गर्नुभयको थियो | नगर प्रमुखको स्वागत मन्तब्य पश्चात कार्यक्रम समापन भयको थियो | 

https://youtu.be/n0S8YiZXebg
बिज्ञापन-AI-ADCustom Text

बारबर्दियाका जनता भन्छन “जयनगर इप्रकाको प्रहरी इन्चार्जले आतंक मच्चाइरहेका छन्”

रिपोर्टिंग नेपाल सम्बाददाता , ९ , पुष,२०८१ , बर्दिया

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ को मानपुरमा फर्निचर तथा स मिलका नाम बाट काठ मिल संचालन गर्दै आएका संचालक  बाधु थारुको घरमा जयनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज सई ओम प्रकाश खत्री हवल्दारको साथमा फर्निचर उद्योग भित्र छिर्दा घर भित्र रहेको कुकुरले सई खत्रीलाइ टोक्दा घरबाटै संचालक चौधरी र उनका छोरा घन श्याम थारुलाई हतकडी लगाएर १२ घण्टा बढी प्रहरी हिरासतमा राखिएको  संचालक  बाधु थारु उनका छोरा र छिमेकी लगाएत गाउँका बढघर समेतले बताएका छन ।

बड्घर लगाएत उनका छिमेकिले मिति २०८१ साल पौष ७ गते राती १० बजे तिर जयनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज सई ओम प्रकाश खत्री र हवल्दार सादा पोसाकमा रक्सीले मातेको अबस्थामा संचालकको घर नजिकै गै बाटोबाट मोटरसाइकलको हर्न बजाएको र कुकुर भुकेपछी उठेर बाहिर निस्किदा आफ्नो आगनमा मुखमा मास्क लगाएका २ जना ब्यक्ती हामि प्रहरीहो भन्दै आएको र संचालकले कुकुरलाई बाध्नको  निम्ति आफ्नो बुहारीलाई आग्रह गर्दै गर्दा सई ओम प्रकाश खत्रीलाई टोकेपछी  केहि सामान्य भनाभन हुदा पोसाकमा अन्य प्रहरीलाई बोलाई संचालक थारु र उनका जेठा छोरा घनश्याम थारुलाई घरै बाट हत्कडी लगाई परिवारका सबैको मोबाईल समेत नियन्त्रणमा लिइ संचालक थारुलाई केहिसमय पछि छोडेपनी संचालकका जेठा छोरालाई रातभरी प्रहरी हिरासतमा राखी भोलि पल्ट बिहान १२/१ बजे तिर कागज गराई  छोडेको बताएका छन । त्यस्तै बढ्घर र छिमेकीले बिना गल्ती यसरी मान्छेलाई दुख दिने नियतले प्रहरीले हत्कडी लगाइ नियन्त्रणमा लिनु प्रहरी आतंक भएको बताएका छन।

घरपरिवार लगाएत बढ्घरले समेत कुकुरले टोकिहाल्यो सर हामी उपचार गर्दिन्छौ यिनिहरुको केही गल्ती छैन बिना गल्ती हत्कडी लगाएर नलैजानु भनी अनेक बिन्ती गर्दा समेत प्रहरिले नछोडेको बताए भने बारबर्दिया नगरपालिकाको नगर प्रमुखले यति सानो बिषयमा यसरि जनतालाई हतकडी नै लगायर दुख नदिनुस् भनेर आग्रह गर्दा समेत नगर प्रमुखको आग्रहलाई समेत बेवास्ता गरि पदको दुरुपयोग गरि सोझा साझा जनतालाई दुख दिएको पिडित र पिडितको छिमेकी र बढघरको आरोप छ ।

यस बिषयमा कानुनका जानकार के भन्छन ?

प्रहरीले कुनै पनि फर्निचर उद्योग वा अन्य कुनै निजी क्षेत्रमा छापा मार्नुअघि मान्य कारण हुनुपर्छ , जबसम्म अति विशेष अवस्था जस्तै, तत्काल प्रमाण नष्ट हुने स्थिति आउँदैन त्यस्तो अवस्थामा राति छापा मार्दा स्पष्ट कारण र उच्च अधिकारीको स्वीकृति चाहिन्छ । यदि प्रहरीले उद्योगमा छापा मार्दा कुनै स्पष्ट कारण नभई वा जानकारीबिना प्रवेश गरेको हो भने, यो कानुनी उल्लङ्घन हुन सक्छ।

कुकुर जानाजान प्रहरीलाई आक्रमण गर्न लगाइएको अथवा मालिकले जनावरको नियन्त्रणमा लापरवाही गरेको भन्ने स्पस्ट आधार नभई कुकुरले प्रहरीलाई टोक्दैमा  कुकुर मालिकलाई हतकडी लगाएर थुन्नु अवैध र प्रहरीले आफ्नो पद को दुरुपयोग गरेको मानिन्छ lजनावर व्यवस्थापन सम्बन्धी कानून (Animal Management Law) अनुसार घरपालुवा जनावरले कसैलाई हानि पुर्याएमा यसको जिम्मेवारी मालिकको हुन्छ। तर, यो घटनामा: प्रहरीले बिना जानकारी उद्योगमा प्रवेश गरे भने, प्रहरीको अबैध प्रवेश मान्न सकिन्छ। यस परिस्थितिमा कुकुर मालिकलाई मात्र दोषारोपण गर्न मिल्दैन।

प्रहरीले सम्बन्धित स्थानको मालिक वा प्रतिनिधिलाई आफ्नो परिचय दिएर, छापाको कारण र उद्देश्य बताउनुपर्छ। छापा मार्दा प्रमाणहरू सुरक्षित गर्नुपर्नेछ तर नागरिकलाई अनावश्यक दुःख दिनु हुँदैन। प्रहरीले राति छापा मार्दा कानुनी प्रक्रिया कडाइका साथ पालना गर्नुपर्छ। बिना जानकारी र आदेश राति छापा मार्नु कानुनी उल्लङ्घन मानिन्छ। नेपालको संविधान  अनुसार व्यक्तिको निजी स्वतन्त्रता र सम्पत्तिको सुरक्षा सुनिश्चित गरिएको छ ,यदि प्रहरीको कार्य अमान्य छ भने, प्रहरीको यस्तो कार्यविरुद्ध पीडित पक्षले जिल्ला प्रशासन कार्यालय वा उच्च अदालतमा रिट दायर गर्न सक्दछ।

बिज्ञापन-AI-ADCustom Text

प्रिन्सिपल रुपेश सराफको हत्याको कारण : प्रेम सम्बन्ध

१४ कार्तिक २०८०, बारा ।  बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्याको शुरुवाती कारण पत्ता लागेको प्रहरिले जानकारी गरायको छ । 

हत्यामा  संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेपछि हत्याको कारण पत्ता लागेको हो । बारा प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ लामो समयदेखि एक महिलासँग  प्रेम सम्बन्धमा रहनुनै मृत्युको कारण रहेको  प्रहरीले खुलासा गरेको छ ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी ति महिला अर्का एकजना पुरूषसँग पनि   प्रेमसम्बन्धमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दियका थिए , तर  सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाको अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाको दोहोरो भूमिका रहेको  अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न एकजना महिला र २ जना पुरुषलाई  प्रहरीले पक्राउ गरिसकेको छ।

बिज्ञापन-AI-ADCustom Text

करेलिया उपभोक्ता समितिको निर्वाचन सम्पन्न

कमल बहादुर खड्का , १९ – साउन, बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र करेलिया उपभोक्ता समितिको आज निर्वाचन सम्पन्न भएको छ । बैशाखमा गर्नु पर्ने पुनर्गठन विविध कारण बस आज साउन १९ गते भएता पनि सफलतापुर्बक सम्पन्न भएको पुर्व अध्यक्ष खुशीराम थारुले जानकारी दिनुभयो ।

अध्यक्ष पदमा राजकुमार अधिकारीले ११ मत ल्याई बिजय हुनु भएको छ भने उहाको प्रतिद्वन्दी हिम बहादुर अधिकारी ले ७ मत प्राप्त गर्नुभयको थियो ।

जम्मा १८ जना मतदाताको मत मध्ये उपाध्यक्ष पदमा देवराज खत्रीले १० मत, सचिब पदमा खुशिराम थारु ले ११ मत , कोषाध्यक्ष पदमा रुपा वौडेलले ११ मत ल्याई बिजय हुनु भएको छ ।  उपाध्यक्ष , सचिब , कोषाध्यक्ष पदको प्रतिस्पर्धामा प्रतिद्वन्दी  क्रमशः  झुपलाल अधिकारी, रामबहादुर चौधरी , सोमरानी थारुले हार बेहोर्नु परेकोछ ।

९ जना सदस्यहरु बिमा देवी सुनार , हिमानी खत्री,भुमी शर्मा ,नाथुरानी चौधरी, सुमिता चौधरी, आनन्द आचार्य, टिकारानी थारु , सुमिता थारु सर्वसम्मत छनोट भइ १३ जनाको समिती गठन गरिएको छ ।  निर्वाचन अधिकृत बारबर्दिया नगरपालिका वडा न.१ का वडा अध्यक्ष कैलासपती थारुले बिबाद रहित निर्वाचन सम्पन्न गराउनुभयको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत १९ वटा समितीमा बैशाख महिनामा पुनर्गठन गरिसक्नुपर्नेमा शिवपुर उपभोक्ता समिती र गेरुवा गाउपालिकामा पर्ने ४ वटा समिति गरि जम्मा ५ समितिमा आजका मिति सम्म पनि  पुनर्गठन हुन सकेको छैन ।
केही दिनमै बाकी रहेका समिति पनि पुर्नगठन का निम्ति अन्तिम चरणमा पुगिसकेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यक्रम अधिकृत निलकण्ठ कडेल, जनप्रतिनिधि र बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । (स्रोत :खास कुरो)

(स्रोत :खास कुरो)

बिज्ञापन-AI-ADCustom Text

नेपाल टेलिकमका शाखा अधिकृत बेपत्ता

१९ कार्तिक २०८०, बिराटनगर । झापा स्थित नेपाल टेलिकम सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ बर्सिय दिलिप सुवेदी ५१ दिनदेखि सम्पर्कविहीन छन् । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गरि खोजीका लागि सहयोग अपिल गरेका छन । भदौ ३० गते देखि झापाको कन्काई नगरपालिका वडा  ३ मा रहेको कार्यालयको क्वाटरबाट  बेपत्ता भएका उनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले पत्रकार सम्मेलनमा बताय ।

दाजु लक्ष्मीप्रसाद सुबेदिले भाइ हराएको लामो समयसम्म अत्तोपत्तो नभएको जानकारी गराय । दिलिप कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग भदौ ३० गते बिहान ६ः३० बजेतिर चिया खान स्कुटरमा निस्किएका थिए ।  सुरक्षा गार्डका अनुसार चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको, त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर दिलिप गए का थिय ।

बिहान करिब २७ मिनेटजति दिलिपले बुहारी बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ ।’ त्यसपछि मोबाइल ‘अफ’ रहेको छ दिलिपका दाइ लक्ष्मी ले बताय । दाइका अनुसार  कार्यालयबाटै हराएको उल्लेख गर्दै उनले अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको बताए । चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत भाइले चलाउने स्कुटर कार्यालयभित्रै थियो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बेपत्ता दिलिप सुवेदीको खोजी भइरहेको , प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित रहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताएका छन  ।

बिज्ञापन-AI-ADCustom Text

दसैंको टिकाको शुभसाइत

१७ आश्विन २०८० ,काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको निष्कर्स निकालेको छ ​।

पञ्चाङ्ग निर्णायक समितिले मंगलबार विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​

बिज्ञापन-AI-ADCustom Text

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

गोरखा । गोरखा दरबारको दशै घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली आज बिहान ८ः०० बजेको शुभसाइतमा दरबारका सुसारेले हनुमानढोका दरबार पठाएका छन् ।

उक्त डोली बाजागाजासहित र्‍याली निकाली गोरखा दरबार बाट फूलपातीको बिदाइ गरि काठमाडौंको हनुमानढोका दरबारका लागि बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि साँझ हर्षोल्लासका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि घटस्थापनाको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले बताउनुभयो ।

बिज्ञापन-AI-ADCustom Text

| एक सोझो ब्यक्तिको जग्गा हडप्ने दाउ : बारबर्दियाको वडाका कर्मचारी जंग बहादुर थारुले रातमा धम्कायर बनाय तमसुक

१२ मंसिर २०८०, रिपोर्टिंग  नेपाल ,बर्दिया  — बारबर्दिया नगरपालिका–६ का वडास्तरीय कर्मचारी जंग बहादुर थारुले सोझा व्यक्तिलाई आर्थिक रूपमा ठग्न योजनाबद्ध तमसुक बनाएका छन्। रकम रु. १,५०,००० (करिब एक लाख पचास हजार ) मात्रै दिनुपर्ने अवस्थामा, उनले ब्याजदर ३ प्रतिशत मासिक (वार्षिक ३६%) कायम गर्दै तमसुकमा तीन लाख भन्दा बढीको दायित्व जबर्जस्ती राखेका छन्।

पीडितले जनाएअनुसार, “सहयोगको आशामा ऋण मागेको थिएँ, कारण बस उनीहरुको भाका मादिना सक्ने अवस्था भएन जग्गा बेच्ने प्रक्रियामा लागेको थिए , ऋण तिर्न तर रातिको करिब ११/१२  मेरो घरमा आएर , धम्क्याएर सिधै तमसुकमा हस्ताक्षर गर्न लगाइयो। मलाइ पढ्न दिएनन , के लेखिएको तेतिबेला थाहा पाइन । मोबाइलमा खिचेर राखेको थिए भोलिपल्ट बिहान  हेर्दा  थाहा भयो, मैले मागेकोभन्दा तीनगुनासम्म बढी तिर्नुपर्ने तमसुक रहेछ।”

तमसुकमा न त कानुनी साक्षीको उपस्थित थियो, न त कुनै ऋण हस्तान्तरणको प्रमाण। अदालतमा मान्य नहुने यो दस्तावेज जबरजस्ती बनाइएको र पीडितलाई आर्थिक र मानसिक दबाब दिने माध्यम बनाइएको हो – स्थानिएको दाबी छ ।

स्थानीय स्रोतका अनुसार यो पहिलो घटना होइन। बारबर्दियामा अशिक्षित र गरीब वर्गलाई उच्च ब्याजदर देखाएर तमसुक बनाउने, त्यसपछि जग्गा हडप्ने रणनीति अपनाउँदै आएका छन्।

सम्बन्धित निकाय पालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको छ र स्थानीय स्तरमै यो घटना गम्भीर बहसको विषय बनेको छ। यदि दोष प्रमाणित भयो भने, कर्मचारीमाथि पदको दुरुपयोग, ठगी, र कागजी अपराध अन्तर्गत कारबाही हुनसक्नेछ।

बिज्ञापन-AI-ADCustom Text

जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियामा राजस्व बुझाउन अब बैंकमा लाइन लाग्नु पर्दैन |आफैले विद्युतीय माध्यमबाट राजस्व बुझाउन सकिने

१४ मंसिर २०८०

जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दिया बाट दिइने सेवा प्रवाह (राहदानी, संस्था दर्ता तथा नविकरण, हातहतियार नामसारी तथा नविकरण लगायत)मा लाग्ने राजस्व बुझाउने कार्य विद्युतीय सेवा ( अनलाईन) मार्फत तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस प्रक्रिया बाट विद्युतीय सेवा (अनलाईन) मार्फत राजश्व बुझाउन सकिनेछ |

१. सर्वप्रथम महालेखा नियन्त्रक कार्यालय https://rajaswa.fcgo.gov.np मा गई लग-इन गर्ने, नयाँ प्रयोगकर्ता हो भने नयाँ प्रयोगकर्ता दर्तामा क्लिक गर्ने

२ . आफ्नो इमेल राख्नुहोस ,

३. प्राप्त टोकन नं. राख्नुहोस

४. मागेको विवरण आफ्नो स्थायी लेखा नं.. नामथर, ठेगाना, मोबाइल नं. राखी Submit मा क्लिक गर्ने,

५. दाँया छेउमा दिएको निर्देशन बमोजिम आफ्नो पासवर्ड राखी लग इन गर्ने,

६. यसरी दर्ता प्रकृया पूरा हुन्छ । त्यसपछि निलो अक्षरमा लेखिएको ड्यासबोर्डमा क्लिक गर्ने,

७. बाँया छेउमा लेखिएको नयाँ भौचर तयार गर्नेमा क्लिक गरी, आफूले सेवा लिन गइरहेको कार्यालय रहेको प्रदेश, जिल्ला र कार्यालय छनौट गरी Next बटनमा क्लिक गर्ने,

८. त्यसपछि, भुक्तानी विवरण देखाउने छ । त्यसमा वापतमा क्लिक गरी आफूले कुन शिर्षकमा राजश्व तिर्न/ / जम्मा गर्न गइरहेको हो त्यो शिर्षक छान्ने र लाग्ने रकम निश्चित गर्ने । त्यसपछि पुनः Next बटनमा क्लिक गर्ने,

९. यसरी कारोबार संकेत नं. सहितको भौचर तयार हुन्छ ।

१०.यसरी तयार भएको भौचरको दायाँ छेउको माथि Connect IPS सुविधा लिएकाले सोहीमा क्लिक गरी सिधै राजश्व जम्मा गर्न सकिन्छ भने Connect IPS सुविधा नलिएकाले तयार भएको भौचरमा कारोबार संकेत नं. टिपी आफूले चलाइरहेको मोबाइल बैंकिङ्ग वा इ-सेवा एप्समा गई Government Payment भित्र EBP Number भनी लेखिएकोमा कारोबार संकेत नं. र Amount (NPR) मा लाग्ने रकम लेखि राजश्व जम्मा गर्न सकिन्छ ।

बिज्ञापन-AI-ADCustom Text

बाँके प्रहरी प्रमुख सुवास बोहराको २ नम्मरी धन्दाको पर्दाफास गर्ने पत्रकारलाई धम्कि

२३ चैत्र २०८०, बाके | रबिन्द्र न्यौपाने

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष एवं सेतोखरी र सद्भाव दैनिक पत्रिकाका सञ्चालक, प्रकाशक तथा सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न धम्कीपूर्ण दवाव दियको बिषयलाई लियर आज नेपाल पत्रकार महासंघ बाकेले घोर भत्सर्ना गर्दै कारबाहीको माग राखी प्रेस बिज्ञप्ती निकालेको छ।

समाचारका विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवाष बोहराले दिएको धम्की प्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भीर ध्यानाकर्षण हुनुका साथै पदिय जिम्मेवारी बिर्सिएर शक्तिको आडमा समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतङ्कित पार्ने बोहराको कदमको कडा शब्दमा भत्सर्ना गर्दै बोहोरालाई कारबाही नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने प्रेस बिज्ञप्तिमा बताइयको छ।

त्यसै गरि नेपाल प्रेस युनियन बाके,प्रेस चौतारी नेपाल बाके,प्रेस सेन्टर बाके ,प्रगतिशिल पत्रकार संघ बाकेले पनि यस घटनाको घोर आपत्ती जनाउदै प्रेस बिज्ञप्ती निकालेको छ भनेबाँकेका १३ वटा पेशागत संघसंस्थाक प्रमुख तथा मानव अधिकारवादी नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष वरीष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल उच्च बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक बसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, मानवअधिकार एलाइन्स केन्द्रिय समिति सदस्य प्रभात ठकुरी, फियान नेपालका संयोजक सुरेश गौतम, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बलबहादुर चन्द, कानून पत्रकार समाजका अध्यक्ष अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरु विकास आचार्य, सुनिता शर्मा र हिराबहादुर श्रेष्ठद्वारा पनि यस बिषय लाई लियर ध्यानाकर्षण भएको जनाउदै संबिधान प्रदत्त अधिकारको सम्मान गरियोस भनि संयुक्तरुपमा विज्ञप्ती जारी गरेका छन् l

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले पनि बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको यस बिसयको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको व्यहोरा जानकारी गराएको छ ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको