जिवनशैली-समाज

health tips, fashion, food, yoga, मानव समुदाय र त्यसका सामाजिक गतिविधिहरू, जनजीवन, परम्परा, सामाजिक समस्या, सांस्कृतिक कार्यक्रम, सामाजिक न्याय र जनजीवनसँग सम्बन्धित समाचार,सेवा,दान  ,सहयोग 

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको प्रश्न , हामीलाई निस्सा खोइ ?

१२ कार्तिक २०८०, बर्दिया | छैन भनेर पनि कसरि भन्नु बस्ने बास छैन भनौ भने बसेकै छौ २ / ४ कट्ठा जोत भोग गरि धौ धौ हातमुख जोडेकै छौ तर हाम्रो यो दिनचार्य र यसरि जोतभोग गर्न लागेको पनि बर्सौ भयो तर आफ्नो नाममा कहिले हुनेहो केहि थाहा छैन | सरकारले भुमि आयोग गठन गरेको छ छिटै भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउनुहुन्छ भनेको सुनिन्छ तर यसो भन्न लागेको पनि ७ वर्ष हुन लाग्यो अहिले सम्म के भैरहेको छ हामीलाई केहि थाहा छैन हजुर एक सुकुम्बासी बस्तीमा बस्ने बारबर्दिया बासीले हामीलाई गुनासो गरे | यसै बिषयमा अर्का एक छिमेकीले भन्दै थिए हामि र हाम्रो परिवारको जिन्दगि यस्तै हालतमा बित्ने भो हजुर भोट माग्ने बेला आउछन , भोट माग्दा भन्छन “जितेपछि तुरुन्त जग्गा दिन्छु ढुक्क हुनुस” जितेपछि कता जान्छन कता कमसे कम हाम्रो नाममा जग्गा भयको भय यो जग्गा देखायारा सानो तिनो ब्यापार गर्न सकिन्थ्यो कि ? खै कसले सुनिदिने हाम्रो पिडा |

यो पिडा र गुनासो हो बारबर्दिया नगरपालिकामा बस्ने भूमिहीन सुकुम्बासी जनताहरुको | २०७४ सालमा बनेको स्थानीय सरकारले लागत संकलन गर्ने भनेर बारबर्दिया नगरपालिकामा कर्मचारी खटाइ लागत संकलन गरेको थियो , लागत संकलन गरेको केहि समय पश्चात निस्सा वितरण गरिने भानिएता पनि तेसबेला जनताले निस्सा प्राप्त गर्न सकेनन |

जग्गा वितरण गर्नु भनेको तेती सजिलो बिसय पनि होइन र स्थानीय सरकारको निर्देसनामा तुरुन्त वितरण हुने पनि होइन तर तुरुन्त निस्सा वितरण हुन्छ भनेर सुनेका सुकुम्बासी बसोबासी तथा स्थानीयले दोस स्थानीय सरकारलाई नै दिए | यसबारे जनतालाई स्पस्ट पार्न नसक्नु , यस प्रक्रिया बारे के भैरहेकोछ जनतामा सुचनाहरु अध्धाबधिक हुन नसक्नु र यसबारे स्थानीय मिडिया र स्थानीय सरकार बीच समन्वय नहुनु अनि लागत संकलन गरेपश्चात निस्सा वितरणको निम्ति प्रक्रियालाई छिटो छरितो रुपमा अगाडी बढाउन नसक्नुको कारण जनतालाइ थाहा नहुनु यस अघिको सरकारको कमजोरी भयको ठहर स्थानीय हरुको रहेको छ | तेतिबेला निस्सा वितरण गर्न नसक्ता तेसको प्रतक्ष्य असर २०७९ सालको स्थानीय निर्वाचनमा मावोबादी पार्टीले बेहोर्नु पर्यो | जनतालाई यथार्थ बुझाउन हामि चुक्यौ एक मावोबादी नेताले हामीलाई जानकारी गराय |

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको बारम्बार र अत्त्याधिक आइरहने गुनासो भनेकै लागत संकलन गरेर पनि हाल सम्म किन निस्सा वितरण नगरेको र फाइल कहा पुग्यो , यस बारे केके भैरहेको छ फाइल गायब गरेकी के गरे भन्ने नै हो |

बारबर्दियाको नगर प्रमुख  छबिलाल थारुले  राष्ट्रिय भूमि आयोग सञ्चालन भयकै बेला बारबर्दियामा लागत संकलन भयको तर त्यो दर्ता अनलाइन प्रक्रियामा नभएको कारणले गर्दा सबै कार्य रोकिन गएको जानकारी गराउनु भयो | ” हामिले स्थानीय सरकारमा नेतृत्व गरे पश्चात यसलाई  द्रुत गतिमा अनलाइन सिस्टममा बनाइसकेका छौं अब दशैँ तिहार पछी सम्पूर्ण काम सुरुहुनेछ” बारबर्दियाका नगर प्रमुख थारुले बताउनु भयो |

बारबर्दियाका भूमिहीन सुकुम्बासीहरुको समस्याको समाधान कसरि हुदैछ यसबारे बारबर्दियाका नगर प्रमुख सित गरियको सम्पूर्ण अन्तर्वार्ता यस भिडियो हेर्नुहोस |

बिज्ञापन-AI-ADCustom Text

न्यायका निम्ति भारती मानन्धरले पुन: अनसन सुरु गरिन

१२ कार्तिक २०८०, काठमाडौँ | पिडित भारती मान्धर को श्रीमान चेतन मान्धर को २०७२ असार मा हत्या भयको थियो । रास्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगल भनेर चिनिने योगराज ढकाललाई संबिधान दिवसको दिन असोज ०३ गते आम माफी दियका थिए ।

आफ्नो श्रीमान चेतन मानन्धरको हत्याको आरोपितले आम माफी पाएको बिरोधमा भारती मानन्धरले दशैं सकिए लगतै आज बाट पुन : रिले अनसन शुरु गरेकी छिन ।

बिज्ञापन-AI-ADCustom Text

काठमाडौंमा तास खेलिरहेका ७ जना पक्राउ

९ कार्तिक २०८०

]काठमाडौंको टेकुमा तास खेलिरहेका सात जनालाई करिब चार लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्मर १२ टेकु स्थित कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ वर्षीय रिक्की देउला लगायत  ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । नगद तीन लाख ८६ हजार २ सय रूपैयाँ ताससहित पक्राउ गरेको हो।

बिज्ञापन-AI-ADCustom Text

दशैलाई बिदागर्दै बारबर्दिया नगरपालिका वडा नम्मर ८ का थारु महिलाहरु |

६ कार्तिक २०८०

दशैलाई बिदागर्दै बारबर्दिया नगरपालिका वडा नम्मर ८ का थारु महिलाहरु | तस्बिर : रबिन्द्र न्यौपाने

बिज्ञापन-AI-ADCustom Text

देवचुलि नगरपालिकाको अकला देवि मन्दिरमा फुलपाती भित्राउने कार्य सम्पन्न

भैरब ढुंगाना _४ कार्तिक २०८०

बर्दघाट सुस्ता पूर्व | नवलपरासी जिल्लाको देवचुलि नगरपालिका वार्ड न ११ धारापानीमा अवस्थित अकला देवि मन्दिरमा श्रद्धालु भक्तजन हरुबाट आज फुलपाती भित्राउने शुभ कार्य सम्पन्न भयकोछ । घटस्थापनाका दिन दुर्गा माताको मुर्ति प्रा‍ण प्रतिस्थापना गरि नवरात्री पुजा आरम्भ गरियको एस मन्दिरमा आज टोलबासीको सक्रियतामा बाजागाजा सहित फुलपा  ती भित्राउने कार्य सम्पन्न भएको हो ।

बिक्रम सम्बत २०२२ सालमा पुर्नवासले जग्गा वितरण गरि बस्ती बिस्तारका क्रममा बसोबास गर्ने ब्यक्तीहरु पानी लिन मुलधारा भन्ने स्थानमा गयेको र घना जंगल का कारण बाटो बिर्सेर अन्यत्र पुगेका थिय । केही गरि बाटो पत्ता लगाउन नसकेर उक्त स्थान मा रहेको शिलालाई नै भगवान सम्झी आराधना गरेपछी शकुशल परिवार सङ्ग भेट भएको खुशियाली मा कृष्ण प्रसाद धिताल ,नेत्र बहादुर बस्नेत ,मान बहादुर कार्की , नर बहादुर कडरिया र राम चन्द्र धिताल गरी ६ जना परिवार  ले २०२२ सालमा बोका वली दिएर औसि-एकाद्शी नपरेमा प्रत्येक बर्षको  पहिलो मंगलबार बलि पुजा गर्ने प्रण अनुसार हाल सम्म पनि उक्त पुजा नियमित चल्दै  आएको छ ।

केहि बर्ष देखि स्थानीय युवाहरूको  सक्रियतामा मन्दिरका निम्ति सुधारोन्मुख काम भइरहेको देख्न  सकिन्छ । केहि भौतिक  संरचना निर्माण भै सकेका छन भने अझै पनि धेरै संरचनाहरु  निर्माण गर्न बाकी रहेको तेहाका युवाहरुले बतायका छन् ।

लामो इतिहास र धर्मिक आस्था बोकेको त्यस स्थानको प्रचार प्रसार र पर्बर्धनमा स्थानीय स्तरका सम्बन्धित निकाय र सरोकारवाला हरुको साथ् र सहयोगको कमि हुदा मन्दिरको भौतिक पुर्बाधार्हरु निर्माणमा कठिन भैरहेको छ ।

आगामी दिनमा यस मन्दिरको प्रचार प्रसार पर्बर्धन र भौतिक पूर्वाधार निर्माणका निम्ति सम्बन्धित स्थानीय निकायहरुले कुनै ठोस योजना तयार गरि सहयोग गरिदिनुपर्ने धारणा अकला देवि मन्दिरमा  उपस्थित श्रद्धालु भक्तजनहरुले राखेका छन् ।

बिज्ञापन-AI-ADCustom Text

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

गोरखा । गोरखा दरबारको दशै घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली आज बिहान ८ः०० बजेको शुभसाइतमा दरबारका सुसारेले हनुमानढोका दरबार पठाएका छन् ।

उक्त डोली बाजागाजासहित र्‍याली निकाली गोरखा दरबार बाट फूलपातीको बिदाइ गरि काठमाडौंको हनुमानढोका दरबारका लागि बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि साँझ हर्षोल्लासका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि घटस्थापनाको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले बताउनुभयो ।

बिज्ञापन-AI-ADCustom Text

दसैंको टिकाको शुभसाइत

१७ आश्विन २०८० ,काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको निष्कर्स निकालेको छ ​।

पञ्चाङ्ग निर्णायक समितिले मंगलबार विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।​​

बिज्ञापन-AI-ADCustom Text

नेपालगंज – बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

१७ आश्विन २०८०

हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्वको अवस्था देखिएकोले हिजो दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य द्वारा कर्फ्युको आदेश जारी गरिएको छ  ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश
मिति २०८०/०६/१४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीको कारण उत्पन्न परिस्थिती एवम मिति २०८०/०६/ १६ गते मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको ऱ्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिती देखिएकोले नेपालगंज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस -याली गर्न, हुलहुज् गर्न र हिडडुल गर्न समेत नपाईने गरी आज मिति २०८०/०६/१६ गते दिउसो १:०० बजे देखि अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही समेत गर्न सक्नेछ ।
कर्फ्यू आदेश जारी गरिएको सीमा क्षेत्र
पूर्वमा – राप्ती नदि पुल
पश्चिममा -खजुरा रोडको ईन्द्रपुर जाने बाटो
उत्तरमा – राँझा चोक
दक्षिणमा – जमुनाहा नाका

बिज्ञापन-AI-ADCustom Text

बाँसगढी नगरपालिकाका कर्मचारीले गरे अनिश्चीतकालिन पेन डाउन

५ भाद्र २०८०, बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।

पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।

उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।

यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।

पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।

उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।

यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।

स्रोत : खोज नेपाल न्युज

बिज्ञापन-AI-ADCustom Text

बुहारी कुटपिट गर्ने ससुरा भर्थारी थारु पक्राउ

३२ श्रावण २०८०, बर्दिया , बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते दिनको करिब ४ बजे मदिरा सेवन गरि आफ्नी बुहारीलाई निर्घात रुपमा कुटपिट गरेका छन् |

भर्थरी थारुको श्रीमतीका भनाइ अनुसार भर्थरीले श्रीमती सित ५०० रुपिया लागि मोबाइलमा फिलिम हालेर  बुहारीलाई मोबाइलमा फिलिम लगाइदे हेर्छु भनेर  भन्दा बुहारीले मैले जान्दिन आफै लगाउ भन्दै घरभित्र गए पछी ससुरा भर्थरीले बुहारीलाई कुटपिट गर्न सुरु गरेका थिए | बुहारीलाई घरभित्रै बाट कुटपिट गर्दै घर बाहिर बाटोमा घिसार्दै निर्मम तरिकाले हात र लात प्रयोग गरि कुटपिट गर्दा समेत वरपरका छरछिमेक सित गुहार माग्दा धेरैले रमिते बनेर हेरेको र एक महिलाले बचाउन जादा भर्थरी थारुले ति महिलालाई समेत हातपात गर्न खोजेको तेहाको एक स्थानीय महिलाले जानकारी गराइन |

पिडित महिला आफ्नो ज्यान बचाउनका लागि त्यहा बाट भागेर आफ्नी नन्दको घरमा बसेको र आज उपचार र चेक जाचको लागि बुहारीलाई अस्पताल लगिएको पिडितकी सासु ले बताइन |

पिडित महिलाको श्रीमान रोजगारीको सिलसिलामा ताप्लेजुंग जिल्लामा छन् भने घरमा पिडितको सासु , एक छोरी र ससुरा भर्थारी थारु बस्दै आयका छन् |

प्रदेश सांसद राजकुमार चौधरीले प्रहरीलाई निर्देशन दिए पश्चात कुटपिट गर्ने ससुरा भर्थारी थारुलाइ पक्राउ गरि बिहान ८ बजे तिर इलाका प्रहरी कार्यालय बासगढ़ी बर्दियामा लगिएको छ |

समाचार स्रोत : खोज नेपाल न्युज डट कम (www.khojnepalnews.com)

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको