REPORTING पेन

नेपालका विभिन्न विधा र विषयका विश्वसनीय ताजा समाचारहरू, घटनाहरू, अपडेटहरू र जनचासोका विषयहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो विशेष श्रेणी। यहाँ तपाईंले सामाजिक, राजनीतिक, आर्थिक र स्थानीय सबै खाले खबरहरू सहज रूपमा पाउन सक्नुहुन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव नेपालमा

१२ कार्तिक २०८०


नेपाल भ्रमणको लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका हुन् । गुटेरेसलाई स्वागत गर्नका लागि पराराष्ट्रमंत्री नारायणप्रकाश साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले गुटेरेसलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । महासचिव एन्टोनियो गुटेरेस नेपालमा ४ चारदिने औपचारिक भ्रमणकालागि आयका हुन् ।
महासचिव एन्टोनियो गुटेरेस आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शिष्टाचार भेट गरेका छन् । महासचिव एन्टोनियो गुटेरेस पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का , नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसंग छुट्टाछुट्टै भेटवार्ता गर्ने योजना रहेको छ ।
भेटवार्ता पश्च्यत महासचिव एन्टोनियो गुटेरेस ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्ने छन । महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साझ रात्रिभोजको आयोजना छन उक्त रात्रिभोजमा सास्कृतिक कार्यक्रम समेत गरिने छ। भोली गुटेरेस नाम्चे ,अन्नपुर्ण आधार सिविर पोखरा ,र लुम्बिनी भ्रमण जाने छन।
मङ्गलबार दिउसो ०४ बजे गुटेरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेपाल भ्रमणमा आएका गुटेरेस नेपालको दिगो विकास,जलवायु परिवर्तन, शान्ति प्रक्रिया लगायतका बिषयमा छलफल गर्ने मन्त्रालयले जनायको छ ।

महासचिव एन्टोनियो गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामाऔपचारिक भ्रमणकालागी नेपालआएका हुन।

बिज्ञापन-AI-ADCustom Text

नेपालगञ्ज शिक्षण अस्पतालमा सेवा होइन, पहुँचकै शासन ! अस्पतालमाथि गम्भीर आरोप

१६  श्रावण  २०८२, रिपोर्टिंग  नेपाल ,बाँके —

नेपालगञ्जस्थित एक निजी शिक्षण अस्पतालमा गएका बिरामीका आफन्तले उपचारको नाममा “अनावश्यक खर्च”, “सेवामा लापरबाही” र “नागरिकसँग विभेद” गरिएको गम्भीर आरोप लगाएका छन्।

नेपालगञ्ज–१३, बाँकेमा रहेको सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेज द्वारा सञ्चालित नेपालगञ्ज शिक्षण अस्पताल मा गएका बिरामीका आफन्तले ‘निःशुल्क भनिएको आमा सुरक्षा कार्यक्रम’को नाममा महँगो प्याकेज थोपारिएको, डाक्टर नदेखिने, र सेवा विभेद गरिएको गम्भीर आरोप सार्वजनिक गरेका छन्।

बर्दिया जिल्ला अस्पतालले श्रावण ११ गते अत्यावश्यक सर्जरीका लागि गर्भवती महिलालाई नेपालगञ्ज शिक्षण अस्पतालमा रिफर गरेको थियो। बर्दिया जिल्ला अस्पतालको  आकस्मिक रिफर सिफारिस सहित श्रावण ११ गते गर्भवतीलाई नेपालगञ्जको उक्त शिक्षण अस्पतालमा भर्ना गरियो। तर बिरामी पक्षका अनुसार, अस्पताल पुगेको झण्डै १० घण्टासम्म सम्बन्धित विशेषज्ञ चिकित्सकलाई देख्न सकिएन।

“डाक्टरको अनुहार देख्न त पाइएन, तर ठाउँ ठाउँमा आमा सुरक्षा कार्यक्रम भनेर सजिएका ठूला ब्यानर मात्र देखियो,” बिरामीका आफन्त  कृष्ण शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

शाहीका अनुसार, अप्रेसनका लागि ‘सरकारी सुविधा’ भनिए पनि अन्ततः ५३ देखि ६० हजारसम्मको ‘सर्जरी प्याकेज’ प्रस्ताव गरियो। पहिल्यै बुक गरिसकेको क्याबिन समेत पहुँचवाला व्यक्तिलाई दिइएको र आफूहरूलाई स्ट्यान्डर्ड स्टाप क्यबिन भनेर पुरानो हलको फोहोर  ढुसि गनाउने कोठा अनि बिरामीका लागि सिढी विनाको अग्लो फोल्डिङ्ग सिष्टमनै बिग्रेको सुत्नै गाह्रो सन्तुलनमै नआउने थोत्रो बेड भएको फोहोर कोठा दिइएको थियो l  “त्यो कोठा उपचारको लागि होइन, सजायको लागि जस्तो थियो,” भन्ने  गुनासो पनि उनले गरेका छन्।

अस्पतालको प्रवेशद्वारदेखि भित्तासम्म ‘निःशुल्क आमा सुरक्षा कार्यक्रम’ लेखिएको ब्यानर टाँसिएको भए पनि पनि वास्तविकता भने ५३ हजारदेखि ६० हजार रुपैयाँसम्मका ‘सर्जरी प्याकेज’ थोपारिन्थ्यो। अप्रेसन गरेकै दिन सामान्य सिरिन्ज, क्यानुला आइ भि सेट, औषधी सामग्रीहरु , अब यो प्याकेज भित्र पर्दैन भन्दै क्यानुला, सलाइनजस्ता सामान्य उपकरण छुट्टै किन्न लगाइ उपचार खर्च अझै  महँगो बनाई ५०/६० हजारको प्याकेज लाखौंमा परिणत गर्ने गरिएको पोस्टमा लेखेका छन्  l

भुक्तभोगीका अनुसार, यस समस्या बारे  गुनासो अस्पताल प्रशासनसँग गरिएको थियो। प्रशासन अधिकृत कुमार अधिकारीले कोठा परिवर्तन गर्ने वाचा गरेका थिए तर त्यो पनि पूरा नभएको गुनासो छ । शाहीले थप लेखेका छन्, “यदि त्यो कोठा परिवर्तन मात्रै गरिदिएको भए पनि यो पीडादायी अनुभवलाई सार्वजनिक गर्ने थिएन।”

यस घटनाले नेपालको निजी स्वास्थ्य संस्थामा उपचार सेवासम्बन्धी पहुँच, समानता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।  यस घटनाले स्पष्ट देखाएको छ कि  निजी अस्पतालहरूमा सेवा होइन, ‘पैकेजको व्यापार’ हाबी हुँदैछ।
‘निःशुल्क सेवा’को नाममा विज्ञापन गरिए पनि व्यवहारमा जनतालाई ठगिने, पहुँच नहुनेहरूलाई विभेद गरिने, र आपतकालीन अवस्थामा समेत डाक्टर अनुपस्थित हुने प्रवृत्तिले स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

पछिल्ला वर्षहरूमा नागरिकको ‘सार्वजनिक स्वास्थ्य प्रणाली’ माथि विश्वास घट्दै गएको बेला निजी अस्पतालहरूलाई विकल्पको रूपमा हेरिँदै आएको छ। तर त्यही निजी संस्थाहरूमा पनि पैसा नभएकालाई दोस्रो दर्जाको व्यवहार गरिनु दुःखद पक्ष हो।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया–५ मा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न, तीन कोठे पहुँचयुक्त शौचालयको उद्घाटन

०२ मंसिर  २०८२ रिपोर्टिंग  नेपाल | बारबर्दिया नगरपालिका–५ स्थित जनप्रिय आधारभूत विद्यालय जब्दहवामा हालै यौन तथा प्रजनन् स्वास्थ्य (Sexual and Reproductive Health) सम्बन्धी विशेष मेला आयोजना गरिएको छ। विद्यालयले विद्यार्थीहरूमा यौन स्वास्थ्य अधिकारबारे जानकारी अभिवृद्धि र सचेतना फैलाउन उक्त मेलाको आयोजना गरेको जनाएको छ।

मेलामा यौन शिक्षा तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित विभिन्न स्टलहरू राखिएका थिए। यहाँ सन्देशमूलक सामग्री, चित्र, सूचना तथा जानकारीमूलक पोष्टरहरूको प्रदर्शनी गरिएको थियो, जसले विद्यार्थीहरूमा आफ्ना अधिकार, स्वास्थ्य र सुरक्षित व्यवहारबारे बुझाइ विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

उक्त अवसरमा परियोजनाको सहयोगमा निर्माण गरिएको तीन कोठे पहुँचयुक्त शौचालयको पनि उद्घाटन गरिएको थियो। करिब १५ लाख १९ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यस शौचालय समयानुकूल, पहुँचयुक्त र प्रयोगमैत्री छ।

कार्यक्रममा उपस्थित बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले जनप्रिय आधारभूत विद्यालयले छोटो समयमा उल्लेखनीय सुधार गरेकोमा प्रशंसा गर्दै भने, “विद्यार्थीहरूको प्रस्तुति र क्षमताले मलाई अत्यन्तै खुशी बनाएको छ। नगरपालिका विद्यालयहरूमा स्वच्छता प्रवर्द्धनका लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेको छ। विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधिलाई स्थानीयकरण गरी सबै विद्यालयमा लागू गरिसकिएको छ। आवश्यक भौतिक संरचना निर्माणको काम पनि निरन्तर रूपमा भइरहेको छ। पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै छात्र–छात्राहरूको समग्र विकासमा जोड दिइरहेको छ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले पनि विद्यार्थीहरूको प्रस्तुति हेरेर उनीहरू यस विषयमा सचेत हुँदै गएको स्पष्ट भएको बताए। निर्माण भएको तीन कोठे शौचालय समयानुकूल, पहुँचयुक्त र उपयोगी भएको भन्दै यसको सही सदुपयोगसँगै स्वास्थ्य र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले जोड दिनुभयो।

कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञप्रसाद पोखरेलले संस्था विगतदेखि नै सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको बताउँदै, “हामी निरन्तर रूपमा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यसरी शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ,” भन्नुभयो।

मेलाको आयोजना कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको साझेदारीमा सञ्चालित ‘किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार कार्यक्रम’ अन्तर्गत गरिएको हो। मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषयमा आफ्ना भनाइ, नृत्य, गीत र नाटक प्रस्तुत गरे। कार्यक्रम विद्यार्थीहरूले सचेत र सुसंस्कृत तरिकाबाट सञ्चालन तथा व्यवस्थापन गरेका थिए, जसले मेलालाई अझ आकर्षक र शिक्षाप्रद बनाएको थियो।

विद्यालयले यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने मात्र होइन, व्यवहारिक दृष्टिले सुधार र सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। आगामी दिनमा पनि यस्ता मेलाहरू नियमित रूपमा आयोजना गरिने विद्यालयले जनाएको छ।

बिज्ञापन-AI-ADCustom Text

२७औं साधारण सभा सम्पन्न, १५ लाख लागतमा निर्मित खुला जिमशालाको उद्घाटन

 कोहलपुर-२, बाँके / २ ०८२  श्रावण  १७, शनिबार ,  रिपोर्टिंग  नेपाल  सम्बाददाता 
श्री सिद्धिबिनायक ग्रामीण सामुदायिक बन उपभोक्ता समिति, कोहलपुर–२ बाँकेको २७औं साधारण सभा तथा २१औं सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ।

सोही अवसरमा १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको खुला जिमशालाको पनि उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले खुला जिमशाला वन क्षेत्र, वातावरण तथा स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको उपयोगी संरचना भएको भन्दै यसको प्रयोग र संरक्षणमा समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो।

उहाँले कार्यक्रमकै क्रममा समितिलाइ  वडाबाट आवश्यक सहयोग हुने र नगरपालिकामा समेत समन्वय गरेर पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा समिति पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता तथा विभिन्न पक्षको सहभागिता रहेको थियो।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान–दिवस: २२ उत्कृष्ट स्वयंसेविका पुरस्कृत, १३० जनालाई प्रोत्साहन सामग्री वितरण

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेविकाको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रम ‘स्वस्थ समुदाय निर्माणमा महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका’ भन्ने मूल नारा सहित  सुरु भयो।  जनचेतनामूलक नारासहित गरिएको  बजार परिक्रमा तथा र्‍यालीमार्फत स्थानीय बासिन्दालाई स्वास्थ्य–सन्देश फैलाइएको थियो।

समुदायमा लामो समयदेखि निस्वार्थ सेवामा समर्पित २२ जना उत्कृष्ट महिला समुदाय स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ।

स्वास्थ्य शाखाका अनुसार, यी स्वयंसेविकाहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, रोग नियन्त्रण र स्वास्थ्य–शिक्षा अभियानमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्।

त्यस्तै, नगर क्षेत्रमा क्रियाशील १३० जना स्वयंसेविकालाई झोला, छाता र टर्च वितरण गरी उनको निरन्तर सेवा–भावना र समर्पणप्रति कदर गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख छबिलाल थारुले चुनौतीपूर्ण परिस्थितिमा समेत समुदायलाई नजिकबाट सेवा पुर्‍याउने स्वयंसेविकाको भुमिकालाई ‘नगरपालिकाको स्वास्थ्य क्षेत्रको मेरुदण्ड’को रूपमा वर्णन गर्नुभयो।

उहाँले भन्नुभयो—
“बारबर्दिया नगरका स्वास्थ्य सूचकहरू पछिल्ला वर्षहरूमा निरन्तर सुधारिएको छ। यसको श्रेय सबैभन्दा धेरै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नै जान्छ। उनीहरूको समर्पणलाई थप ऊर्जा दिन नगरपालिका निरन्तर साथ रहनेछ।”

उहाँले आगामी वर्षहरूमा क्षमता अभिवृद्धि तालिम, प्रोत्साहन कार्यक्रम, आवश्यक सामग्री तथा प्राविधिक सहयोग अझ सुदृढ बनाइने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले महिला स्वास्थ्य स्वयंसेविकालाई “समुदाय र स्वास्थ्य संस्थाबीचको जीवित पुल”को संज्ञा दिँदै उनको कार्यक्षमता र भूमिकाको प्रशंसा गर्नुभयो।“घर–आँगनमै पुगेर जोखिम रोकथामदेखि स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउनु, खोप तथा स्वास्थ्य सेवा पहुँच विस्तार गर्नु—यी सबै क्षेत्रमा स्वयंसेविकाका प्रयास अमूल्य छन्। नगरपालिका सदैव उनीहरूको साथमा हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखले सम्मान पत्र हस्तारण गर्दै

स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वयंसेविकाको सक्रियताका कारण केही वर्षयता बारबर्दिया नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन देखिएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार—
“स्वयंसेविकाले कहिल्यै पछि नहट्ने स्वभाव, निरन्तर फाँट–स्तरमा काम गर्ने प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारी नै बारबर्दिया नगरको स्वास्थ्य प्रगतिसँग प्रत्यक्ष जोडिएको छ।”

उहाँले सम्मान–कार्यक्रम स्वयंसेविकाको मनोबल अभिवृद्धिमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यो परम्परा निरन्तर अघि बढाइने जानकारी दिनुभयो।

स्वास्थ्य शाखाले कार्यक्रम सफल बनाउन साथ–सहयोग गर्ने १३० जना स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

आजको दिवसले बारबर्दियामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई औपचारिक रूपमा मान्यता दिएको मात्र होइन, उनीहरूको निष्ठा, समर्पण र समुदाय–सेवाप्रतिको दृढतामा पनि नयाँ ऊर्जा भरिदिएको जनाइएको छ।

बिज्ञापन-AI-ADCustom Text

बारबर्दियामा एकै मञ्चमा ११ वडाका १३०५ महिलाको अष्टिम्की कार्यक्रमा सहभागिता

बारबर्दिया  / २ ०८२  श्रावण  ३०,  रिपोर्टिंग  नेपाल  सम्बाददाता  —

बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको यस कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट उल्लेख्य सहभागिता रहेको थियो। बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रममा हजारौं महिला दिदीबहिनीहरूले सामूहिक रूपमा एउटै मञ्चमा उपस्थित भएर नगरपालिकाद्वारा आयोजना गरिएको अष्टिम्की कार्यक्रम सफल पारेका छन् l

नगरपालिकाले सहभागिताको निम्ति सम्पूर्ण इच्छुक नगरवासीलाइ आव्हान गरेको थियो l नगरपालिकाको आव्हानलाइ स्वीकार्दै सम्पूर्ण वडाबाट ८७ वटा समूहमा १३०५ जनाको उपस्थिति थियो ।

ती समूहमार्फत करिब १३०५ जना महिलाले सामूहिक रूपमा कार्यक्रम स्थलमा उपस्थित भइ धार्मिक, संस्कृति परम्परा संरक्षणका लागि अष्टिम्की कार्यक्रममा भाग लिए। यसरी एउटै स्थानमा सयौं महिलाहरू परम्परागत ढंगले उपस्थित भई पूजामा सहभागी हुँदा कार्यक्रम अत्यन्त आकर्षक देखिएको थियो।

सहभागी महिलाहरू आफ्नै परम्परागत थारु पहिरन, गहना र पूजा सामग्रीसहित कार्यक्रम स्थलमा आएका थिए। उनीहरूले समूहगत रूपमा अष्टिम्की विशेष कार्यक्रम मा पुजा गर्दै एक–अर्कासँग अनुभव आदान–प्रदान पनि गरेका थिए। पूजामा सहभागी दिदीबहिनीहरूले उत्साहपूर्वक उपस्थितमा यसरी ठूलो संख्यामा भेला हुन पाउनु नै विशेष अवसर भएको अनुभव बाँडे।

कार्यक्रमलाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले यस अष्टिम्की विशेष कार्यक्रम लाई गाउँ–गाउँमा गरिँदै आएका सांस्कृतिक अभ्यासबारे जानकारी लिन र फरक–फरक ढंगले मनाइने पर्वलाई एउटै स्थानमा ल्याएर सांस्कृतिक आदानप्रदान गर्ने अवसरका रूपमा व्याख्या गर्नुभयो। उहाँले यसबाट कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने र नयाँ पुस्तामा पनि संस्कृतिप्रति अपनत्व बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुखले थारु समुदायको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षणमा यो कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

भिडियो हेर्नुहोस 

प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले बारबर्दिया नगरपालिकाले विगतदेखि नै थारु समुदायका चाडपर्वहरूको संरक्षणमा जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष अष्टिम्की विशेष कार्यक्रम त्यही प्रयासको निरन्तरता हो।

अष्टिम्की विशेष कार्यक्रम सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथी, नगर उपप्रमुख रत्ना कुमारी पाण्डे र  प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईं विशिष्ट अतिथि र विभिन्न राजनीतिक दल लगायतका प्रतिनिधिहरूले आतिथ्य ग्रहण गरेका थिए।

कार्यक्रमका बीचमा वडाबाट आएका स्थानीय समूहहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। स्थानीय समूहहरूले प्रस्तुत गरेको थारु समुदायको परम्परागत नृत्यले कार्यक्रममा सहभागीहरूलाई थप आकर्षित बनाएको थियो।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सुदिन थारुले थारु समुदायको अष्टिम्की विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुरयाएकोमा बारबर्दिया नगरपालिकालाई धन्यवाद दिनुभयो। उहाँले नगरप्रमुख छबिलाल थारुले थारु समुदायको संस्कृति र परम्पराप्रति देखाउनुभएको चासोको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमले समुदायको पहिचानलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाने, अष्टमीको दिन व्रत बस्ने, बेलुकी कृष्णको पूजा गरेर फलफूल, दूध र दही मात्र खाने र भोलिपल्ट पूजा सामग्री नदी वा खोलामा विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

थारु समुदायले अष्टिम्कीलाई धार्मिक आस्थाको रुपमा मान्ने हुदा नगरपालिकाले यस पर्बलाइ सांस्कृतिक अभ्यासका रूपमा प्रस्तुत गरीएकोहो।

यसरी नगरपालिकाको आयोजनामा सम्पन्न अष्टिम्की विशेष कार्यक्रममा ठूलो संख्यामा महिलाहरूको सहभागिता, परम्परागत पहिरन र सामूहिक पूजा अर्चनाको प्रयासले स्थानीय स्तरमै महत्वपूर्ण सांस्कृतिक गतिविधिको रूप लिएको छ । सहभागी महिलाहरूको सक्रियता, स्थानीय नेतृत्वको संलग्नता र सांस्कृतिक प्रस्तुति कार्यक्रमका मुख्य विशेषता बनेका छन् ।

नगरपालिकाले यस्ता कार्यक्रमलाई नगरबासीको चाहना अनुसार अझै निरन्तरता दिने जनाएको छ।

बिज्ञापन-AI-ADCustom Text

योग अभियानलाई नयाँ उचाइ: सिद्धार्थ टोलमा ५५औँ केन्द्र सञ्चालनमा

१९  मंसिर  २०८२  रिपोर्टिङ नेपाल सम्बाददाता , मिति २०८२ मंसिर २० गते, शनिबारका दिन  नेपालगञ्ज उप–महानगरपालिका–१० मा योग समिति नेपालले आफ्नै शाखा स्वरूप ५५ औँ सिद्धार्थ टोल योग केन्द्रको भव्य उद्घाटन गरेको छ। कार्यक्रमको अध्यक्षता योग समिति नेपालका परिकल्पनाकार तथा अध्यक्ष योग गुरु आयुर्वेचार्य श्रदय गिरिराजले गर्नुभयो भने, प्रमुख अतिथिका रूपमा अधिवक्ता प्रलाद बहादुर कार्की उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निर्मला शाह, सचिव तथा कार्यक्रम सञ्चालक चिरञ्जीवी ज्ञवाली, योग प्रशिक्षक जानकी ज्ञवाली, अनिता श्रेष्ठ, भुमा पाण्डे लगायत सचिवालय तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त अवसरमा योग गुरु गिरिराजले ५५औँ योग केन्द्रको स्थापना तथा व्यवस्थापन समिति गठन भएको दिनलाई ऐतिहासिक भनेर उल्लेख गर्दै, उपस्थित सम्पूर्ण योग अभियन्ताहरूप्रति शुभकामना र आशीर्वाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, नव–गठित समिति केवल संगठनात्मक संरचना मात्र नभई योगलाई घर–घरमा पुर्‍याउने, समाजलाई स्वस्थ, सजग र अनुशासित बनाउने, र तन–मन–आत्मालाई एकाकार गर्दै मानवताको सेवा गर्ने सामूहिक संकल्पको प्रतीक हो। समाजमा परिवर्तन शब्दले नभई अभ्यासले हुने बताउँदै उहाँले “म पनि योग गर्छु, म पनि समाजलाई केही दिन्छु, म पनि सकारात्मक परिवर्तन ल्याउन लाग्छु” भन्ने प्रतिज्ञा सबैले गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रमकै क्रममा ५५औँ सिद्धार्थ टोल योग केन्द्रको व्यवस्थापन समिति सार्वजनिक गरियो, जसको नेतृत्व भागिरथी पाण्डे (भुमा पान्डे) ले प्रमुख संयोजकका रूपमा सम्हाल्नेछिन्। समिति सञ्चालन तथा समन्वयमा चन्द्रा केसी (संयोजक), लक्ष्मी उप्रेती (सह–संयोजक), स्मृति घिमिरे (उप–संयोजक),सरिता ज्ञवाली लगायत सक्रिय सदस्यहरू सरिता ज्ञवाली, पुस्प राज पौडेल, भरत पान्डे, रितिक शाही, मनोज पान्डे, सीता उप्रेती र पवन ठाकुर रहनेछन्। केन्द्रको दीर्घकालीन योजनालाई रणनीतिक रूपमा अगाडि बढाउन अनिता कुमारी श्रेष्ठ, युवराज शर्मा, प्रलाद बहादुर कार्की, चम्पा लाल बोथरा, डा. गोपाल श्रेष्ठ, डा. पियुष कनोडिया, डा. अनिल कुमार चौधरी, डा. तुषार शाह, भानुभक्त पाण्डे र शक्ति बल्लभ आचार्य सल्लाहकारको भूमिकामा रहनेछन्।

वक्ताहरूले ५५औँ योग केन्द्रले नियमित योग अभ्यासमार्फत समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन र सकारात्मक सोच विस्तार गर्ने विश्वास व्यक्त गरे। योग गुरु गिरिराजले नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि बधाई दिँदै, केन्द्रलाई अझ मजबुत र प्रभावकारी बनाइ लैजाने नेतृत्व क्षमताप्रति पूरा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम जय योग, जय मानवता नारासहित सम्पन्न भएको थियो।

बिज्ञापन-AI-ADCustom Text

योग समिति नेपालको सातौं दीक्षान्त समारोह: दीक्षित भए २१२ प्रशिक्षक

८ भाद्र २०८२ नेपालगंज / यशु के.सी. –

शनिबारको बिहान एक हलमा हर्ष र उत्साहको वातावरण छाएको थियो। हलभरि नयाँ प्रशिक्षकहरू उत्साहित अनुहार लिएर बसेका थिए भने, विभिन्न केन्द्रका प्रशिक्षक, संयोजक, विशिष्ट अतिथि तथा समाजसेवीहरूको उपस्थितिले समारोहको महत्त्व अझ बढाएको थियो।

योग समिति नेपालले आफ्नो सातौं दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह २०८२ साल भाद्र ७ गते सम्पन्न गर्दै २१२ जना नयाँ योग प्रशिक्षकहरूलाई दीक्षित गर्‍यो। यस अवसरमा प्रमुख अतिथि माननीय आदेश कुमार अग्रवाल, विशिष्ट अतिथिमा नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी बाकेका धर्मराज जोशी, अतिथिमा बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्मा, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी , योग समिति नेपालका सल्लाहकार एवं समाजसेवी नन्द लाल बैस्य हुनुहुन्थ्यो भने खजुरा गाउँपालिका तथा अन्य गाउँपालिका र वडा अध्यक्षहरू, योग समिति नेपालका आजीवन एवं साधारण सदस्यहरू, प्रशिक्षकहरुलगाएतको उपस्थितिमा दीक्षित कार्यक्रम सम्पन्न भएको थियो।

योग समिति नेपालले गरेको दीक्षान्त समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री आदेश कुमार अग्रवालले योगको महत्व र स्वास्थ्यप्रद प्रभावबारे विशेष रूपमा जोड दिनुभयो।

भिडियो फाइल
भिडियो फाइल

कार्यक्रममा मन्त्री अग्रवालले भन्नुभयो, “योग समिति नेपालले केवल बाँके जिल्लामा मात्र होइन, विभिन्न जिल्लाहरुमा योग प्रशिक्षक तयार गर्दै आएको छ । योगको माध्यमबाट हरेक घरमा सकारात्मक उर्जा पुर्‍याउने यो प्रयास अतुलनीय छ । म गिरिराज भट्टराईलाई आफ्नो हृदयदेखि नमन गर्दै धन्यबाद दिन चाहन्छु, जसले मानिसहरूलाई आफ्नो शरीर र मस्तिष्कलाई स्वस्थ राख्ने मार्गदर्शन दिनुभयो।”

मन्त्री अग्रवालले थप गर्नुभयो, “मैले यस अघि योग समिति नेपाललाई बचन दिएको थिएँ कि यदि जग्गाको व्यवस्था भए, म भवन निर्माणको निम्ति सहयोग गर्नेछु। त्यस अनुसार मैले १० लाख रुपैयाँको सानो सहयोगको रूपमा बजेट विनियोजन गर्दै कामको सुरुवात गरेको छु। हजुरहरूको जुन घर–घरमा योग पुर्‍याउने योजना छ र हरेक नेपालीको स्वास्थ्य कायम राख्ने उद्देश्य छ, त्यसलाई म पूर्ण समर्थन गर्दछु र यस प्रयासलाई तालमा ताल मिलाउँदै तपाईहरूको साथमा रहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु।”

नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले आफ्नो मन्तव्यमा योगलाई सर्वोत्कृष्ट कर्मको रूपमा वर्णन गर्दै यसको महत्व औँल्याउनु भयो ।

मानिस जन्मिसकेपछि जन्म र मृत्युको बीचमा कुनै न कुनै कर्म नगरी बस्न सक्दैन। चाहे अफिसको काम होस् चाहे घरको वा पैदल हिँडेपनि कुनै पनि कर्म बिना मानिस रहन सक्दैन। तर मानिसले गर्ने कर्ममध्ये योग सबैभन्दा सर्वोत्तम कर्म हो त्यसैले हामीले  बुझ्नु जरुरी छ कि जब मानसिक र शारीरिक दुवै रुपमा हामि स्वास्थ्य हुन्छौँ, तब मात्र हामी आफ्नै घर, परिवार, देश र जनताको निम्ति प्रभावकारी कर्म गर्न सक्छौं।”

भिडियो फाइल

उहाँले थप गर्नुभयो, “शरीरको यी दुवै पक्षलाई स्वस्थ राख्न योग आवश्यक छ र घर–घरमा योग पुर्‍याउने अभियान यही योग समिति नेपालले गर्दै आएको छ। आजको दीक्षान्त समारोह त्यसको अभिन्न अंग हो। यसै सन्दर्भमा म योग समिति नेपाल र यसका सम्पूर्ण टिम तथा खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईलाई विशेष धन्यवाद दिन चाहन्छु।”

समारोहमा प्रमुख बिषयको रूपमा नेपालगञ्ज उपमहानगरपालिकाले पनि सहयोगको प्रतिबद्धता देखाएको छ। प्रमुख प्रशान्त बिष्टले भवन निर्माणको निम्ति ६ लाख रुपैयाँ र योगका लागि आवश्यक सामाग्री खरिद तथा नयाँ केन्द्र खोल्दा आवश्यक पर्ने म्याट र सामाग्रीका लागि थप २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

उहाँले सबैको सहयोगले योग समितिको भवन निर्माण सफल होस् भन्ने कामना गर्दै आगामी दिनमा पनि सक्दो बजेट विनियोजन गर्ने बाचा गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नव–दीक्षित प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै योगको प्रभावकारिता र केन्द्रहरूको विस्तारको महत्त्वलाई औँल्याउनु भएको थियो ।

जोशीले भन्नुभयो, “योग समिति नेपालबाट आयोजित यस कार्यक्रमामा सहभागी भएर सुन्ने, हेर्ने र बोल्ने अवसर प्रदान गर्नु भएकोमा अध्यक्षसहित सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। दीक्षित हुनुभएको नवयोग प्रशिक्षक र सम्मानित प्रशिक्षकहरूले आफ्नो ज्ञान, सीप र यस क्षेत्रमा पुर्‍याएको योगदानले अझै सफलता चुमोस् र योगप्रति आकर्षण थप बढोस् भन्ने शुभकामना दिन्छु।”

भिडियो फाइल

उहाँले योग केन्द्रहरूको संख्या बढिरहेको र प्रशिक्षणको अवसर गाउँ–घरमा पुर्‍याइरहेको कुरा पनि औँल्याउनुभयो। “यदि योग प्रशिक्षक उत्पादन हुँदैनथ्यो भने सबैले सदरमुकाममै पुगेर मात्र सिक्नुपर्ने बाध्यता हुन्थ्यो। तर अब प्रशिक्षक उत्पादन र उपलब्ध भएकोले आफ्नै स्थानमै योग सिक्ने अवसर प्राप्त भएको छ। यसैले योग समितिको यो कार्य अत्यन्तै प्रशंसनीय छ र साँच्चै राम्रो कार्यक्रम भएको छ।”

प्रमुख जिल्ला अधिकारी जोशीले बाँके जिल्ला प्रशासन कार्यालयमा सुरुमा पाँच दिनको लागि सुरु गरिएको योग अभ्यास तीन महिनासम्म चल्दै कर्मचारी मित्रहरूलाई लाभान्वित बनाएको स्मरण गर्दै, आगामी दिनमा पनि यस निरन्तरतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले अन्त्यमा योग समिति नेपालको उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम सफल र प्रेरणादायी भएकोमा खुशी व्यक्त गर्नुभयो।

योग समिति नेपाल का सल्लाहकार एबम समाजसेवि नन्दलाल वैश्यले योग समिति नेपाल र यसका संस्थापक खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको योगदानको उच्च प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “आज योग समिति नेपालले जुन सम्मान दिएको छ, त्यो राज्य र नागरिकको स्वास्थ्य र जीवनको लागि गरेको योगदानको मूल्यांकन हो। आज २१२ जना दीक्षित हुनुभएको छ, जुन गर्वको कुरा हो। कुनै दिन हामी पाँच जनाले मात्र योग सुरु गरेका थियौं, तर आज यहाँसम्म पुग्न धेरैको योगदान रहेको छ, त्यसको लागि सबैलाई धन्यवाद।”

भिडियो फाइल

वैश्यले योगगुरु भट्टराईको योगदानको विशेष उल्लेख गर्दै भन्नुभयो, “हिजोको दिनमा न सरकारले न राज्यले यो योगको निम्ति कुनै सहयोग गर्यो। सबैभन्दा ठूलो योगदान योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईको हो। उहाँको इमानदारी र निरन्तरताले नै आज यो सम्भव भएको हो। कुनै गुरुले आफ्नो खल्तीबाट संस्था संचालन गर्दैन, तर योग समिति नेपाल संचालन गर्दा योगगुरु भट्टराईले आफ्नो खल्तीबाट ५० हजार रुपैयाँ लगानी गरेर संस्था सञ्चालन गर्नुभयो। उहाँको योगदानको प्रशंसा गरे पनि कम हुन्छ।”

उहाँले सरकारसँग पनि आग्रह गर्नुभयो, “नेपाल सरकारले योग समिति नेपालको भवन निर्माणका निम्ति आगामी दिनमा पुग्दो बजेट लगानी गर्ने व्यवस्था गर्नुपर्छ, ताकि यसले दीर्घकालीन सेवा प्रदान गर्न सकोस्।”

शुभकामना मन्तब्य राख्ने क्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले समारोहको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष धामीले भन्नुभयो, “दीक्षित हुनुभएका योग प्रशिक्षकहरू जुन स्थानबाट सुरु गर्नुभएको छ, चाहे त्यो कर्मथलो होस् वा जन्मथलो, त्यसलाई योगमय बनाउन तपाईंहरूलाई अनुरोध गर्दछु। जहाँ कर्म गरिरहनु भएको छ, त्यस स्थानमा सकारात्मक उर्जा र स्वास्थ्य फैलाउनुहोस्।

भिडियो फाइल

उहाँले दीक्षान्त समारोहमा सहभागी प्रशिक्षकहरूको समर्पण र योगका माध्यमबाट स्वास्थ्य र सकारात्मक जीवन शैली प्रवद्र्धन गर्ने कार्यको प्रशंसा गर्दै, आगामी दिनमा पनि यस प्रयास निरन्तर जारी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

बोल्ने क्रममा बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठीले योगको महत्व र स्वास्थ्य प्रवद्र्धनमा संस्था र अध्यक्षको योगदानको प्रशंसा गर्नुभयो।

प्रमुख त्रिपाठीले भन्नुभयो, “आफ्नो व्यापार–व्यवसाय छोडेर पनि नेपाल र विश्वभरिका नागरिकको स्वास्थ्य कायम रहोस्, कसैलाई रोग नलागोस भन्ने भावना र योगदानका लागि योग समिति नेपालका अध्यक्षलाई म समान गर्न चाहन्छु। हाम्रो पालिकामा अहिले करिब ६० हजार जनसंख्या छ, जसमा हरेक दिन ३–४ जनालाई क्यान्सर, मृगौला पीडित, मधुमेह, मुटु रोग र प्रेसर जस्ता समस्या देखिन्छ। यसले मलाई धेरै चिन्तित बनाउँछ।”

भिडियो फाइल

उहाँले थप गर्नुभयो, “जब मैले महसुस गरे कि योग र ध्यानबिना स्वास्थ्य कायम राख्न सकिँदैन, त्यसपछि मैले सोचें कि हाम्रो पालिकामा पनि योगलाई स्वास्थ्यमा समाहित गर्नुपर्छ। टोल–टोलमा योग सञ्चालन गरि रोग लाग्नबाट जनतालाई बचाउनुपर्छ। विगत २–३ वर्षदेखि यो अभियान निरन्तर जारी छ र अहिले हाम्रो पालिका पूर्ण रूपमा योगमय बन्ने क्रममा छ । टोल–टोलमा योग प्रशिक्षण सञ्चालन भैरहेको छ र नयाँ प्रशिक्षक उत्पादन भइरहेका छन्।”

प्रमुख त्रिपाठीले समारोहमा उपस्थित बढैयाताल टिमको मेहनत र योगदानको पनि प्रशंसा गर्दै भन्नुभयो, “योग समिति बाट दीक्षित हुने र बिगतदेखि बढैयाताललाई योगमय बनाउन धेरै मिहिनेत गर्ने हाम्रो सिंगो टिम आज यस कार्यक्रममा उपस्थित छ। यस टिमका साथै योग समिति नेपाललाई म धेरै–धेरै धन्यवाद दिन चाहन्छु।”

उहाँले आफु पनि योग प्रशिक्षक रहेको बताउदै योगको महत्वलाई जोड दिँदै, समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक ऊर्जा फैलाउन योग प्रशिक्षणको निरन्तरतामा सबैको सहयोग आवश्यक रहेकोमा बल दिनुभयो।

अन्त्यमा सभाध्यक्ष तथा योग समिति नेपालका अध्यक्ष, खम्बा योगगुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले समापन मन्तव्य व्यक्त गर्नुभयो।

अध्यक्ष भट्टराईले भन्नुभयो, “आज यहाँ २१२ जना दीक्षित हुनुभएको छ। यो केवल एक समारोह होइन, ७ वर्षको अथक मेहेनत, समर्पण र लगनशीलताको प्रतीक हो। यस यात्रामा विभिन्न चिकित्सक, समाजसेवी र क्षेत्रमा योगदान पुर्‍याउने हरेक व्यक्तिको सहभागिता अमूल्य छ। प्रशिक्षक मात्र होइन, सहजीकरण गर्ने सबैले योगलाई टोल–टोल, घर–घरमा पुर्‍याउने जिम्मेवारी बोक्दै यहाँसम्म ल्याउन ठूलो भूमिका खेलेका छन्। आज यी प्रशिक्षकहरूले आफ्नो ज्ञान, समर्पण र आत्मबलबाट समुदायलाई सशक्त बनाउँदै छन्।”

उहाँले खजुरा र बढैयाताल गाउँपालिकामा टोल–टोलमा फैलिरहेको योग प्रशिक्षणको प्रशंसा गर्नुभयो। “योग केवल व्यायाम होइन । यो हाम्रो आन्तरिक शक्ति, मानसिक शुद्धि, शरीरको स्वास्थ्य र विचारको स्पष्टता दिन्छ। यही कारणले हरेक घरमा एक प्रशिक्षक अभियान सुरु गरेका छौं। यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभाव, प्रशिक्षक र समर्थकलाई मेरो हृदयदेखि धन्यवाद।”

गुरु भट्टराईले अझ जोड दिँदै भन्नुभयो, “स्वास्थ्य नै धन हो, शान्ति नै शक्ति हो। आउनुहोस्, हामी सबै मिलेर योग गरौं, हाम्रो घर, हाम्रो टोल, हाम्रो समाज, र अन्ततः हाम्रो राष्ट्रलाई स्वास्थ्यपूर्ण र सबल बनाऔं। यस अभियानमा समर्पित प्रमुख प्रशिक्षक, प्रशिक्षक र सदस्यहरू जसले आफ्नो समय, शक्ति र आत्मबल लगाएर हरेक ठाँउमा तालिम सञ्चालन गर्नुभएको छ, म उहाँहरूलाई सम्झिन चाहन्छु—कोही नयाँ केन्द्र खोल्न गएका, कोही सञ्चालनमा खटिएका, कोही आफ्नो केन्द्र बचाउन लागिपरेका। सम्पूर्ण साधारण सदस्य, आजीवन सदस्य, वडाका संयोजक, राष्ट्रिय र अन्तर्राष्ट्रिय संयोजकहरू लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउनुहुने सबैलाई म आशीर्वाद र धन्यवाद दिन चाहन्छु।”

भिडियो फाइल

समारोहमा योगको बिकास र बिस्तारमा उत्कृष्ट योगदान दिनेलाई बिभिन्न विधामा सम्मानित गरि पुरुस्कार प्रदान गरिएको थियो भने उपस्थित अतिथि हरुलाई मायाको चिनो प्रदान गरिएको थियो l 

योग समिति नेपालद्वारा आयोजना गरिएको सातौँ दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोहको सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी योग समिति नेपालका केन्द्रीय सचिव चिरञ्जीवी ज्ञवालीले वहन गर्नुभएको थियो। ज्ञवालीले प्रारम्भदेखि अन्त्यसम्मको सम्पूर्ण कार्यसूचीलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो

चिरञ्जीवी ज्ञवाली

अतिथि  सत्कार मन्दरा शर्माले गर्नुभएको थियो भने योग समिति नेपालको उपाध्यक्ष लोक माया सुवेदीले  स्वागत मन्तब्य दिनुभेयको थियो l

भिडियो फाइल

दीक्षित हुने २१२ प्रशिक्षार्थीहरुलाई बिशेष प्रशिक्षणमा टंक पौडेल, दीपक थापा, प्रेम के.सी., तालिमका प्रबक्ता सबिता शर्मा, उपाध्यक्ष निर्मला शाह, अन्तरदेशीय संयोजक प्रमोद कुमार अग्रवाल, बसन्त गौतम, सुनिता पन्थी, मेघराज बराललगायतका प्रशिक्षकहरूले सक्रिय योगदान दिनुभयो।

त्यस्तै, मुख्य प्रशिक्षकका रूपमा पुस्पा खनाल, सागर ज्ञवाली, कमला क्षेत्री, बेदबहादुर वलि, रामकुमार दहित, रामचन्द्र तिवारी, उषा नेपाल, जीव नारायण बेल्बासे, अनिता कुमारी श्रेष्ठ, भुवन श्रेष्ठ, इन्दा श्रेष्ठ, हिराधर गैरे र चक्र मल्लले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएको थियो।

दीक्षान्त समारोहमा २१२ जनालाई दीक्षित गरियो। यो अवसरमा सम्पूर्ण प्रशिक्षकहरूलाई उहाँहरूको अथक परिश्रम, समर्पण र योगदानप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै बधाई अर्पण गरिएको थियो।

दीक्षान्त समारोहको समापनपछि, योग समिति नेपालले प्रशिक्षक र दीक्षितलाई सम्मान गर्दै दोस्रो चरणको कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रमको व्यवस्था गरेको थियो।

समारोहमा उपस्थित सबैले योगको महत्व, स्वास्थ्य र समुदाय सेवा प्रतीकको रूपमा यस अभियानको प्रेरणादायी प्रभाव परेको  महसुस गरेकाछन ।

आजको दिन योगमा समर्पित, प्रेरित र उत्साही अनुहारहरूको लागि मात्र होइन, सम्पूर्ण समुदाय र देशका लागि ऐतिहासिक दिन थियो ।यो समारोह केवल एक कार्यक्रम मात्र नभएर, सात वर्षको अथक प्रयास, निरन्तरताको प्रतीक र समर्पित नेतृत्वको सम्मानको अवसर थियो।

आजको कार्यक्रमको मुख्य उद्देश्य अहिलेको अस्त–व्यस्त मानव जीवनशैली, तनाव, मानसिक समस्या र नसर्ने रोगको जोखिमलाई ध्यानमा राख्दै, योगलाई घर–घरमा पुर्‍याउने अभियानलाई उत्साह प्रदान गर्नु थियो। विश्व स्वास्थ्य संगठनले पनि योगलाई मानव जीवनका लागि स्वस्थ जीवन यापनको प्रमुख साधनको रूपमा मान्यता दिएको छ। यही उद्देश्यका साथ योग समिति नेपालले “घर–घर, टोल–टोलमा योग” अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले ८ हजार प्रशिक्षक तयार गरी आठ लाख परिवारलाई योगमा जोड्ने लक्ष्य अघि सारेको छ। आजको दीक्षान्त समारोह पश्चात हालसम्म योग प्रशिक्षकको संख्या ५७५ पुगेको छ।

बिज्ञापन-AI-ADCustom Text

बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ | बारबर्दिया बेलभार

Aug 17, 2023 #reportingnepal

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु

१२ भाद्र २०८२ / बारबर्दिया — बारबर्दिया नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ सेवा घरदैलो कार्यक्रम सञ्चालनका लागि तीनदिने नव नियुक्त नर्सहरुको अभिमुखिकरण र सेवा प्रवेश तालिम सुरु भएको छ। भाद्र १२ गतेदेखि १४ गतेसम्म नगरकार्यपालिका हलमा हुने तालिमको आयोजना नगरपालिका स्वास्थ्य शाखा, जयनगरले गरेको हो भने सहजीकरण नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, टेकु, काठमाडौंले गरेको छ।

नेपालकै छैठौं नर्सिङ कार्यक्रमको रुपमा सुरु भएको यस अभियान अन्तर्गत बारबर्दियामा १४ जना नर्स नियुक्त भएका छन्। यसमा ११ जना सामुदायिक नर्स, २ जना विद्यालय नर्स र १ जना सामुदायिक नर्स अधिकृत रहेका छन्। नियुक्त नर्सहरु नगरपालिकाका सबै ११ वटै वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन्। विद्यालय नर्सहरुले किशोरी विद्यार्थीलाई लक्षित गर्दै जनता माध्यमिक विद्यालय रम्मापुर र धर्मभक्त माध्यमिक विद्यालय कतर्नियामा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, नगरपालिका र विद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ।

तालिमको उद्घाटन समारोहमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले विद्यालय र सामुदायिक स्वास्थ्य सेवाको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “नर्सहरुको भूमिका समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउन र स्वास्थ्य सचेतना फैलाउन अत्यन्त महत्वपूर्ण छ। सुरक्षित मातृत्व, बाल–किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य र रोग नियन्त्रणमा उनीहरुको योगदान अमूल्य हुनेछ।”

वरिष्ठ अस्पताल नर्सिङ प्रशासक वाला राईले स्थानीय तहस्तरमा प्रभावकारी समन्वय र समितिको भूमिकाको महत्वबारे धारणा राख्दै भन्नुभयो, “सामुदायिक नर्सको कार्य प्रभावकारी हुन स्थानीय समुदाय, विद्यालय र नगरपालिकाबीचको सहकार्य आवश्यक छ। त्रिपक्षीय सम्झौता यस कार्यलाई थप बलियो बनाउनेछ।”

सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम परिवार केन्द्रित अवधारणामा आधारित छ। यस अन्तर्गत नर्सहरुले स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा, रोग रोकथाम र व्यवहार परिवर्तनका कार्यक्रम घरमै पुगेर सञ्चालन गर्नेछन्। कार्यक्रमले मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा विस्तारमा विशेष योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

यसअघि भक्तपुर, वर्दिबास, चन्द्रागिरी, वालिङ र इटहरीमा लागू भइसकेको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि बारबर्दिया नगरपालिकामा औपचारिक रूपमा सुरु गरिएको हो। नगरपालिकाले यस अभियान मार्फत स्थानीय जनतामा स्वास्थ्य सम्बन्धी चेतना बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको मुख्य आधारका रूपमा प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“स्वस्थ र सुसक्षम समाज निर्माण गर्न शिक्षा र स्वास्थ्य दुवै स्तम्भलाई मजबुत बनाउनु आवश्यक छ। विद्यालय र समुदायमा नर्सिङ सेवा उपलब्ध गराउनु भनेको हाम्रो समाजको भविष्य सुरक्षित बनाउने कदम हो। बारबर्दियाका सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार राख्छन्। नगरपालिकाले नर्सहरुको उच्च मनोबल कायम राख्न र प्रभावकारी सेवा विस्तारमा निरन्तर साथ दिनेछ।”

मेयर थारुले नर्सहरुलाई आफ्नो जिम्मेवारी उच्च मनोबलसहित निर्वाह गर्न प्रेरित गर्दै, नगरपालिकासँग सहकार्य र सहयोगका लागि नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखालाई धन्यवाद ज्ञापन गर्नुभयो। 

नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य समिति, विद्यालय, परिवार र समुदायसँग सहकार्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। तालिममा सहभागी नर्सहरुले आगामी दिनमा आफ्नो कार्य प्रभावकारी बनाउन आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्राप्त गर्नेछन्।

यस कार्यक्रमको सफल कार्यान्वयनले बारबर्दियामा मातृ–शिशु स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र समुदायमा रोग नियन्त्रण सेवा विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन-AI-ADCustom Text

बिज्ञापन

Custom Text

भर्खरै राखिएको