बारबर्दियामा एकै मञ्चमा ११ वडाका १३०५ महिलाको अष्टिम्की कार्यक्रमा सहभागिता

बिज्ञापन-ATCustom Text

बारबर्दिया  / २ ०८२  श्रावण  ३०,  रिपोर्टिंग  नेपाल  सम्बाददाता  —

बिज्ञापन-AI-ADCustom Text

बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको यस कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट उल्लेख्य सहभागिता रहेको थियो। बारबर्दिया नगरपालिकाले आयोजना गरेको अष्टिम्की विशेष कार्यक्रममा हजारौं महिला दिदीबहिनीहरूले सामूहिक रूपमा एउटै मञ्चमा उपस्थित भएर नगरपालिकाद्वारा आयोजना गरिएको अष्टिम्की कार्यक्रम सफल पारेका छन् l

नगरपालिकाले सहभागिताको निम्ति सम्पूर्ण इच्छुक नगरवासीलाइ आव्हान गरेको थियो l नगरपालिकाको आव्हानलाइ स्वीकार्दै सम्पूर्ण वडाबाट ८७ वटा समूहमा १३०५ जनाको उपस्थिति थियो ।

ती समूहमार्फत करिब १३०५ जना महिलाले सामूहिक रूपमा कार्यक्रम स्थलमा उपस्थित भइ धार्मिक, संस्कृति परम्परा संरक्षणका लागि अष्टिम्की कार्यक्रममा भाग लिए। यसरी एउटै स्थानमा सयौं महिलाहरू परम्परागत ढंगले उपस्थित भई पूजामा सहभागी हुँदा कार्यक्रम अत्यन्त आकर्षक देखिएको थियो।

सहभागी महिलाहरू आफ्नै परम्परागत थारु पहिरन, गहना र पूजा सामग्रीसहित कार्यक्रम स्थलमा आएका थिए। उनीहरूले समूहगत रूपमा अष्टिम्की विशेष कार्यक्रम मा पुजा गर्दै एक–अर्कासँग अनुभव आदान–प्रदान पनि गरेका थिए। पूजामा सहभागी दिदीबहिनीहरूले उत्साहपूर्वक उपस्थितमा यसरी ठूलो संख्यामा भेला हुन पाउनु नै विशेष अवसर भएको अनुभव बाँडे।

कार्यक्रमलाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले यस अष्टिम्की विशेष कार्यक्रम लाई गाउँ–गाउँमा गरिँदै आएका सांस्कृतिक अभ्यासबारे जानकारी लिन र फरक–फरक ढंगले मनाइने पर्वलाई एउटै स्थानमा ल्याएर सांस्कृतिक आदानप्रदान गर्ने अवसरका रूपमा व्याख्या गर्नुभयो। उहाँले यसबाट कला–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने र नयाँ पुस्तामा पनि संस्कृतिप्रति अपनत्व बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुखले थारु समुदायको सम्मान र सांस्कृतिक सम्पदाको संरक्षणमा यो कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

भिडियो हेर्नुहोस 

प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले बारबर्दिया नगरपालिकाले विगतदेखि नै थारु समुदायका चाडपर्वहरूको संरक्षणमा जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष अष्टिम्की विशेष कार्यक्रम त्यही प्रयासको निरन्तरता हो।

अष्टिम्की विशेष कार्यक्रम सामाजिक विकास समितिकी संयोजक श्यामकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। आर्थिक विकास समितिका संयोजक रामफेरन थारुले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरप्रमुख छबिलाल थारु प्रमुख अतिथी, नगर उपप्रमुख रत्ना कुमारी पाण्डे र  प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईं विशिष्ट अतिथि र विभिन्न राजनीतिक दल लगायतका प्रतिनिधिहरूले आतिथ्य ग्रहण गरेका थिए।

कार्यक्रमका बीचमा वडाबाट आएका स्थानीय समूहहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। स्थानीय समूहहरूले प्रस्तुत गरेको थारु समुदायको परम्परागत नृत्यले कार्यक्रममा सहभागीहरूलाई थप आकर्षित बनाएको थियो।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सुदिन थारुले थारु समुदायको अष्टिम्की विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुरयाएकोमा बारबर्दिया नगरपालिकालाई धन्यवाद दिनुभयो। उहाँले नगरप्रमुख छबिलाल थारुले थारु समुदायको संस्कृति र परम्पराप्रति देखाउनुभएको चासोको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमले समुदायको पहिचानलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाने, अष्टमीको दिन व्रत बस्ने, बेलुकी कृष्णको पूजा गरेर फलफूल, दूध र दही मात्र खाने र भोलिपल्ट पूजा सामग्री नदी वा खोलामा विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

थारु समुदायले अष्टिम्कीलाई धार्मिक आस्थाको रुपमा मान्ने हुदा नगरपालिकाले यस पर्बलाइ सांस्कृतिक अभ्यासका रूपमा प्रस्तुत गरीएकोहो।

यसरी नगरपालिकाको आयोजनामा सम्पन्न अष्टिम्की विशेष कार्यक्रममा ठूलो संख्यामा महिलाहरूको सहभागिता, परम्परागत पहिरन र सामूहिक पूजा अर्चनाको प्रयासले स्थानीय स्तरमै महत्वपूर्ण सांस्कृतिक गतिविधिको रूप लिएको छ । सहभागी महिलाहरूको सक्रियता, स्थानीय नेतृत्वको संलग्नता र सांस्कृतिक प्रस्तुति कार्यक्रमका मुख्य विशेषता बनेका छन् ।

नगरपालिकाले यस्ता कार्यक्रमलाई नगरबासीको चाहना अनुसार अझै निरन्तरता दिने जनाएको छ।

बिज्ञापन-BACustom Text
Custom Text
Custom Text
Custom Text
Custom Text

Custom Text
Custom Text
Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here