डायरी | टिकापुरमा हाम्रो पार्टीको पदाधिकारी चयनको प्रक्रिया चल्दै थियो । म पनि महासचिवको दौडमा थिए । घम्साघम्सिले तनाबमा थिए ।दिनभरिको प्रयास सफल हुन सकेको थिएन । हामि तिन जना प्रतिस्पर्धामा थियो । थकान र तनाब यति थियो कि बोलि फुट्न मुस्किल थियो । रात पर्यो । मेरो पक्षमा नारा जुलुस हुन थाल्यो । अन्तमा म र संघिय माननिय गंगाराम चौधरी महासचिवमा चयन भयौ । मेरा शुभचिन्तकहरुको फेसबुक र फोनमा बधाईको ओईरो आईलाग्यो ।
केहिबेरमा मलाई दिईएको बधाई डिलिट हुन थाल्यो । अनि फेरि फोनको ओईरो लाग्यो, दाई सरि फेसबुकमा बधाई दिईयो तर तपाई महासचिव हुन सक्नु भएन । गलत भयो भन्दै सबैले दुख पोख्न थाल्नु भो । म स्तब्ध भएँ । जबाफ दिने अवस्था थिएन तर पनि भने महासचिवको प्रमाणपत्र बुझिसके । यस्तो किन भयो खोज्दै जाँदा मलाई जिउँदै मारिएको रहेछ, मैले सम्मान गर्नेहरुले फेसबुकमा (ठाकुर बाहेक महासचिव ) लेखे । मेरा शुभचिन्तकले दिएको बधाई फिर्ता लिनु भो ।
म के गर्न सक्थे र । लेख्नेले लेखिसके । मरेको घोषणा गरिसके ।महासचिवको प्रमाणपत्र बोकेर म कोठा पुगे । एकलै निकैबेर रोएँ । म जिउँदो छु ! हो । म जिउँदै छु भन्दै आफैले आफुलाई सम्झाए ।
अन्तमा यस्तो पिडादायि अवस्थामा मलाई साथ दिने हाम्रो पार्टिको सम्पुर्ण नेतृत्व, महाधिवेशन प्रतिनिधि ज्यु हरु । मलाई बधाई दिनेहरुमा नमन । मलाई जिउँदै मृत्यु घोषणा गर्नेहरुप्रति हार्दिक अभार । म खुला किताब हुँ । कसैप्रति रिसराग राख्दैन ।
ठाकुर सिंह थारु
महासचिब (नागरिक उन्मुक्ती पार्टी )